Nepali TV: इराकी सेनाद्धारा तीन नेपाली पक्राउ इराकी सेनाद्धारा तीन नेपाली पक्राउ ================================================================================ Matrika Poudel on 06/03/2010 10:38:00 पक्राउ परेका ती सुरक्षाकर्मी 'ग्रिन जोन' भित्र रहेको अमेरिकी सञ्चार कम्पनीमा काम गर्ने गरेको बताइएको छ।'आफ्नो हतियार पड्काउने तीन जनालाई घेराबन्दी गरेर पक्रेका छौं, ती सबै नेपाली हुन्'- सेनाका प्रवक्ता कासिम अट्टाले भनेका छन्। त्यसबेला सुरक्षा गार्डहरु पार्टी गरिरहेका थिए- उनले बताए।उनीहरुले गरेको गोली प्रहारबाट कोही पनि घाइते भएका छैनन्- उनले जनाएका छन्।इराकमा १२ नेपाली मारिएपछि नेपाल सरकारले त्यहाँ काममा जान प्रतिबन्ध लगाएको छ।नेपाल सरकारले अवैध भनेको इराकमा बिभिन्न माध्यमबाट सयौं नेपालीहरु सुरक्षागार्ड लगायतका बिभिन्न क्षेत्रमा कार्यरत छन् ।