Nepali TV: रोममा पुगेपछि खगेन्द्रको उचाइ बढ्यो रोममा पुगेपछि खगेन्द्रको उचाइ बढ्यो ================================================================================ Matrika Poudel on 26/02/2010 12:08:00 दर्ुइ इन्च बढी उचाइ भए पनि उनीनै विश्वका सबैभन्दा होचा व्यक्तिमा रुपमा दर्ज हुने सम्भावना भने यथावतनै रहेको छ । बाग्लुङको थुल्लुबासकोट गाविस वडा नम्बर ६ का १८ वषिर्य खगेन्द्र गत साता गिनिज बुकमा नाम लेखाउन इटली लागेका थिए । रोममा खगेन्द्रसँगै होचो दावी गरिएकी भारतकी १७ वषिर्या किशोरी ज्योती र चीनका पिङपिङको पनि तौल र उचाइ एबम् स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरुको तौल र उचाइ बारे भनें केही पनि बताइएको छैन । बिभिन्न सन्चारमाध्यमहरुका अनुसार ज्योतीको उचाइ २३ इन्च र पिङ पिङको उचाइ २९ दशमलव ५ इन्च रहेकाले खगेन्द्रनै सबैभन्दा होचो मानिएका छन् । खगेन्द्र युरो टेलिभिजनको सहयोगमा गिनिज बुकमा नाम लेखाउन गत आइतवार आफ्ना बाबुसँगै रोम प्रस्थान गरेका थिए । उनीहरुलाई रोममा बस्नका लागि प्रवासी नेपाली एशोसियसनका उपाध्यक्ष क्षेत्रकुमार श्रेष्ठले सहयोग गरिरहेको रोमबाट बाबु रुपवहादुरले बताएका छन् ।