Nepali TV: संवैधानिक समितिको बैठक स्थगित संवैधानिक समितिको बैठक स्थगित ================================================================================ Matrika Poudel on 24/02/2010 11:11:00 सभापति निलाम्बर आर्चायले अन्य समितिका प्रतिबदेन छिटो तयार पारी पर्ठाईदिन संबिधानसभासंग आग्रह गर्दै सबै समितिका प्रतिबेदन प्राप्त भएपछि प्रतिबेदनमा छलफल गर्न कम्तिमा चार हप्ता समय चाहिने बताए । संबिधानसभाको कार्यतालिका अनुसार संबैधानिक समितिले फाल्गुन २१ गते भित्र आफ्नो मस्यौदा प्रतिबेदन बुझाउनु पर्न छ । यसैवीच संबिधानसभाका अध्यक्ष सुवास नेम्वांगले राजनीतिक दललाई संबिधान बनाउने कार्यमा जिम्मेवारका साथ लाग्न आग्रह गर्नु भएको छ । आफ्नै कार्यकक्ष सिंहदरबारमा मंगलबार संचारकर्मीसंग कुरागर्दै उहाँले नयाँ संबिधान जारी गर्ने बिषयमा दलहरुले अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।