Nepali TV: सशस्त्रको गाडीमा माओवादी अवरोध सशस्त्रको गाडीमा माओवादी अवरोध ================================================================================ Matrika Poudel on 20/02/2010 05:03:00 लाठी प्रहारबाट माओवादी सभासद एबं केन्द्रीय सदस्य पुष्पविक्रम मल्ल सहित केही कार्यकर्ता घाइते भएको माओवादीले जनाएको छ । माओवादीले अवरोध गरेको गाडीलाई भने प्रहरीले स्कर्टिक गरेर सशस्त्र प्रहरीको मुख्यालय हलचोक भित्र्याएको छ । सशस्त्र प्रहरीले भारतबाट हतियार ल्याएको भन्दै एकीकृत नेकपा माओवादीका कार्यकर्ताले चितवनबाट पिछा गर्दै धादिङको नौबिसेमा गाडी रोकेका थिए । रातभर नौबिसेमा रोकिएको गाडी सशस्त्र प्रहरीले शनिबार विहान बलपूर्वक काठमाडौंतर्फ अघि बढाएको थियो । संयुक्त राष्ट्रसंघ, मानवअधिकारकर्मी र पत्रकारको रोहबरमा गाडी चेकजाँच गर्न माओवादीले माग गरेको थियो । बलपूर्वक गाडी राजधानीतर्फ पठाइएपछि संयुक्त राष्ट्रसंघ, मानव अधिकारकर्मी, पत्रकार र माओवादी नेताहरु नौबिसेदेखि नै गाडीको पिछा गर्दै काठमाडौं हिँडेका थिए । गाडी रोक्ने र छुटाउनेहरुबीचको विवादले स्थिति तनावपूर्ण भएपछि माओवादी केन्द्रीय नेताहरु जनार्दन शर्मा ‘प्रभाकर’, लेखराज भट्टलगायत नेताहरु नौबिसे पुगेका थिए । नौबिसेदेखि थानकोटसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।वाइसीएल अध्यक्ष गणेशमान पुन ‘रश्मी’ले सशस्त्र प्रहरीले शान्ति सम्झौता बिपरित हतियार र बिस्फोटक पदार्थ ल्याएकाले गाडीहरु नियन्त्रमा लिनुपरेको बताउनुभयो ।सशस्त्र प्रहरीले भने गाडीमा हतियार नभइ बन्दोबस्तीका सामग्रीमात्र रहेको दावी गरेको छ । सशस्त्र प्रहरी बल सुचना शाखाका प्रमुख अजय छत्कुलिले सशस्त्र प्रहरीको तालिम केन्द्र नबलपरासीको बर्दघाटबाट तालिमका लागि आवश्यक सामग्री मात्र ल्याइएको बताउनुभयो । ‘गाडीमा हतियार छैन,’ छतकुलीले भन्नुभयो, ‘नयाँ भर्ना भएका जवानहरुको लागि आवश्यक पर्ने तालिमका सामग्री मात्र छन् ।’ उहाँले कसैले भन्दैमा बिच बाटोमै गाडी देखाउन नमिल्ने जिकीर गर्नुभयो ।