Nepali TV: कांग्रेसले हतियार बोके माओवादी सिद्धिने कांग्रेसले हतियार बोके माओवादी सिद्धिने ================================================================================ Matrika Poudel on 18/02/2010 11:45:00 'मलाई लाग्छ, माओवादीले एकपटक क्यान्टोनमेन्टबाट हतियार झिक्छ,' उनले भने- त्यसबेला कांग्रेस पनि हतियार लिएर हिँड्यो भने माओवादीको म पनि रहन्न । तरुण दस्ताले हतियार नबोक्ने भए पनि वाईसीएललाई तह लगाउने उनको दाबी थियो । माओवादीको शिविरमा अहिले १३ हजारमात्र रहेको तर १९ हजार जनाको तलब बुझिरहेको उनले बताए । 'त्यो पनि लडाकुले पाएको भए हुन्थ्यो,' उनले भने- माओवादीले भोलि लेबनानमा हविबुल्लाहजस्तो बदमासी गर्न सक्छ । रिपोर्टर्स क्लब नेपालको अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा नेता खड्काले माओवादी र उसको दस्ता वाईसीएलको आतंकवादी गतिविधि विरुद्ध लड्न तरुण दस्ता आवश्यक रहेको औंल्याए । 'माओवादीले मुलुकमा शान्तिपर्ूण्ा निकास चाहेको भए वाईसीएल भंग गरिसक्थ्यो,' उनले भने- त्यसलाई टक्कर दिन मैले कांग्रेस केन्द्रीय समितिमा केही दिनमा प्रस्ताव दर्ता गर्दैछु । नेता खड्काले राज्यले अराजकता नियन्त्रण गर्न नसकेको र कांग्रेसका नेविसंघ र तरुण दल लथालिंग भएकाले नयाँ दस्ता चाहिएको स्पष्ट गरे । उनले भने- अब तरुण दल र नेविसंघ विघटन गरिदिए हुन्छ । कार्यकर्ताको अंगभंग हुँदा, सम्पत्ति लुटिँदा र मारिँदा समेत कांग्रेस विज्ञप्ति निकालेर बसेको भन्दै नेतृत्वको आलोचना गरे । आफू संविधान घोषणा लगत्तै संसदीय निर्वाचनमा जानुपर्ने भएकाले त्यस अघि नै पार्टर्ीीे बाह्रौं महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको उनले बताए । 'वैशाखको अन्त्यसम्म महाधिवेशन गर्न सके भविष्यमा आउने चुनौतीको सामना गर्न सकिन्छ भन्ने मेरो धारणा हो,' उनले भने- तर प्रजातान्त्रिक पार्टर्ीी बहुमतको निर्ण्र्ाास्वीकार गर्नुपर्छ । कांग्रेसमा नेतृत्वको खडेरी नभएको र आगामी महाधिवेशनमा आफू सभापतिमा लड्ने उनले बताए । 'आठ वर्षो गुमनाम जीवनपछि मैले जिल्ला जिल्ला पुगेर साथीहरुको विचार बुझिरहेको छ,' उनले भने- प्रजातान्त्रिक आन्दोलनमा खुनपसिना बगाएको व्यक्तिका नाताले मलाई जुनसुकै पदमा लड्ने अधिकार छ । कांग्रेसलाई मेरो आवश्यकता छ । आफू बीपी कोइरालाले पत्याएको मान्छे भए पनि २०५८ सालपछि पार्टर्ीी कुनै भूमिका नदिएको गुनासो गरे । 'म बीपीले पत्याएको मान्छे हुँ, बन्दुक पनि चलाएको छु, जेल र निर्वासन भोगेको छु, जन्मकैद पनि पाएको हुँ,' उनले भने- २०५८ मा भ्रष्टाचारको मुद्दा लगाइएपछि मलाई पार्टर्ीी कुनै भूमिका दिएन । कार्यक्रममा कांग्रेस नेता खड्काले आफूलाई सरकारमा एमालेकरण भएको भन्ने विश्वास नभएको र सरकारको विकल्प खोज्ने बेला पनि नभएको बताए । 'कांग्रेसको भागमा स्थानीय विकास, परराष्ट्र, ऊर्जा, स्वास्थ्य जस्ता महत्वपर्ूण्ा मन्त्रालय छन्,' उनले भने- यसमा मन्त्रीहरुको क्षमतामा निर्भर हुन्छ । यति हुँदाहुँदै पनि सरकारमा गृह प्रशासनको प्रभाव हुनु स्वाभाविकै हो । नेपाली कांग्रेसको केन्द्रीय समितिमा सरकारबारे आलोचना नभएको उनको भनाइ थियो । उच्चस्तरीय राजनीतिक संयन्त्रले निकास निकाल्ने कुनै विश्वास नभएको उनले बताए । 'यो संयन्त्र भन्ने कुन जन्तु हो -' उनले भने- यसबारे केन्द्रीय समितिमा अहिलेसम्म छलफल भएको छैन । संविधानसभाको म्याद थप्न नहुने उनले बताए । 'संविधानसभाको म्याद थप्ने कुनै आधार छैन, यसको म्यान्डेट २ वर्षमात्र हो,' उनले भने- ६०१ लाई कति दिन पालेर राख्ने -