Nepali TV: जनयुद्ध दिवस मनाइदैं जनयुद्ध दिवस मनाइदैं ================================================================================ admin on 13/02/2010 07:29:00 एकीकृत नेकपा माओवादीले आज देशभर १५ औं जनयुद्ध दिवस तथा नवौं जनमुक्ति सेना स्थापना दिवस मनाइरहेको छ । १५ वर्षअघि आजकै दिन अर्थात २०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आत्रmमण गरि सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादीले जनवादी राज्य सत्ता स्थापना गर्ने घोषणा सहित थालेको जनयुद्धका त्रmममा करीव १६ हजार नेपालीको ज्यान गएको थियो । माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउदै आएको छ । जनयुद्ध दिवस तथा जनमुक्ति सेना दिवसकै अवसर पारेर आज माओवादी जनमुक्ति सेना नेपालले काठमाडौंको दशरथ रंगशालामा भलिबल र फुटवलको राष्टि«य प्रतियोगिता आयोजना गरेको छ । माओवादीले आजको दिनलाई आफ्नो दिवसका रुपमा मनाउने गरेको छ ।