Nepali TV: झाँक्रीद्धारा रक्षामन्त्रीको राजिनामा माग झाँक्रीद्धारा रक्षामन्त्रीको राजिनामा माग ================================================================================ Matrika Poudel on 22/01/2010 08:13:00 प्रेस चौतारी पाल्पा शाखाले शुक्रबार तानसेनमा गरेको पत्रकार भेटघाटमा झाँक्रीले भनिन् "मियो बिनाको दाईँ हुँदैन त्यसैले मियो उखेल्न खोज्नेलाई नै उखेलेर फालिदिनु पर्छ।" सेनालाई विवादमा ल्याउने काम गरेको भन्दै झाँक्रीले रक्षामन्त्रीले सेनामा राजनीतिकरण गर्न खोजेको आरोप समेत लगाइन्। सरकार र पार्टीको नेतृत्व गर्नेहरुबाटै संविधान बन्दैन भनेर सार्वजनिक कार्यक्रममा बोल्नु गैरजिम्मेवार अभिव्यक्ति भएको उनको भनाइ थियो। तीन दलीय उच्चस्तरीय संयन्त्रको विरोध गर्नेहरुलाई उनले दक्षिणपन्थीको संज्ञा दिइन्। माघ १० गतेदेखि अनेरास्ववियुले संविधान निर्माणका लागि देशव्यापी दवावको कार्यक्रम गर्ने उनले बताइन्।