Nepali TV: मर्यादाभित्र बस्न विद्यालाई निर्देशन मर्यादाभित्र बस्न विद्यालाई निर्देशन ================================================================================ Matrika Poudel on 21/01/2010 10:20:00 प्रधानमन्त्री र सेना समयोजन सम्बन्धी विशेष समितिका निर्णय नमान्ने भन्ने रक्षामन्त्रीका अभिब्यक्ति प्रति संकेत गर्दै प्रधानमन्त्रीले पदिय मर्यादा भुल्न नहुने बताउनुभयो । यसो भनिरहँदा उहाँले रक्षामन्त्रीको नाम भने लिनुभएन । उहाँले माओवादीका अस्थायी शिविर बन्द गरेपछि मात्रै नयाँ संविधान जारी गरिने उल्लेख गर्दै माओवादीसँंग हतियार रहँदा सम्म राजनीतिक दलका रुपमा स्वीकार गर्न नसकिने बताउनुभयो । प्रधानमन्त्री नेपालले माओवादीलाई हतियार त्यागेर नागरिक दलको रुपमा आउन आग्रह समेत गर्नुभयो । प्रधानमन्त्री नेपालले जेठ १४ गते नयाँ सबिधान जारि गर्ने बताउँदै संविधान जारी भएपछि २०६७ मंसिरमा संसदीय निर्वाचन गर्न तयारीमा सरकार रहेको जानकारी दिनुभयो । त्यसका लागि सरकारले निर्वाचन आयोग तथा सुरक्षा निकायलाई पनि निर्देशन दिइसकेको उल्लेख प्रधानमन्त्रीले गर्नुभयो । युवा संघ नेपालको केन्द्रीय समिति बैठक भत्तmपूरको मनोहरास्थित सुकुम्बासी बस्तीमा उद्घाटन भए पनि आन्तरिक विवादका कारण केन्द्रीय कार्यालयमा सारिएको स्रोतले जनाएको छ । बैठकले संघको कार्यविभाजन गर्ने अध्यक्ष महेश बस्नेतले बताउनुभयो ।