Nepali TV: नयाँ नेपालको संघीय नक्सा पारित नयाँ नेपालको संघीय नक्सा पारित ================================================================================ Matrika Poudel on 21/01/2010 04:44:00 तर राजनीतिक दलहरुले निर्वाचन र सरकार निर्माणको उम्मेदवारी दिँदा यस्तो अग्राधिकार सुनिश्चित गरिदिनु पर्ने छ । समितिमा बुधबार भएको मतदानमा उपसमितिबाट प्रस्तावित १४ प्रदेशको नक्सामा परिमार्जसहित एउटै प्रस्ताव बहुमत पुगेको हो । यस्तो प्रस्तावको पक्षमा माओवादी र एमालेका सभासदहरुले मतदान गरेका थिए । कांग्रेस र मधेसी दलका सभासद भने उपसमितिले प्रस्ताव गरेका १४ र ६ प्रदेशका दुवै वैकल्पिक प्रस्ताव संविधानसभाको पूर्ण बैठकमा लैजाने पक्षमा मतदान गरेका थिए । त्यसमा मधेसी दलका सभासद परिमार्जनसहित लानुपर्ने पक्षमा थिए भने कांग्रेस सभासदहरु हुबहु लानुपर्नेमा थिए । परिमार्जसहितको १४ प्रदेशको पक्षमा समितिका २३ सदस्यले मतदान गरेका थिए । उपसमितिले यसअघि प्रस्ताव गरेको खप्तड र कर्णालीको माथिल्लो भाग समेटेर जडान प्रदेश र सुनकोसी र किराँतको माथिल्लो भागमा शेर्पा प्रदेश थप गरी समितिले नक्सा परिमार्जन गरेको छ । जडानको राजधानी हुम्ला र शेर्पाको राजधानी सोलुको सल्लेरी हुने प्रस्ताव छ । यसअघि प्रस्तावित थरुहट र लुम्बिनीजोडेर थारुवान–अवध–लुम्बिनी तथा मधेस र विराट जोडेर मिथिला–भोजपुरा–मधेस नामसहितको प्रदेश बनाउने बहुमतले निर्णय गरेको छ । मधेसवादी दलका सभासदहरुले भने चितवनलाई तराईको भूभागमा जोडनुपर्ने माग गरेका छन । संघीय राजधानीबारे समिति निष्कर्षमा पुगेको छैन । माओवादीले चितवनमा राजधानी सार्ने प्रस्ताव गरको थियो । समितिले केन्द्र सरकारले प्रस्ताव गरी संघीय संसदको दुई तिहाइबाट पारित गरेको स्थानमा राजधानी रहने निर्णय गरेको छ । समितिमा बुधबार राति अबेरसम्म मतदान र छलफल भएको थियो । त्यसत्रmममा सभासदहरुबीच निकै चर्काचर्कीसमेत भएको थियो ।