Nepali TV: उपप्रधानमन्त्रीद्धारा जनमतसंग्रह माग उपप्रधानमन्त्रीद्धारा जनमतसंग्रह माग ================================================================================ Matrika Poudel on 02/01/2010 08:58:00 रिपोर्टर्स क्लब नेपालको साक्षात्कारका कार्यक्रममा उपप्रधानमन्त्री कोइरालाले जनता मुलुकमा कस्तो खालको संघीयता चाहन्छन् भन्ने कुरा चार, पाँचजना नेता या दुइ तीनओटा पार्टीले गरेर नहुने बताउनुभयो । ' आफू एकीकृत र अखण्ड नेपालको पक्षमा रहेको बताउँदै उहाँले मुलुक नै विखण्डन हुने अवस्था आउन दिनुनहुने स्पष्ट पार्नुभयो । उहाँले मुलुक संघीयतामा जानेनै हो भने पनि उत्तर-दक्षिण मिलाएर तीनदेखि पाँच गणराज्य बनाउनुपर्ने धारणा राख्नुभयो । संघीयताबारे जनमत संग्रहसम्बन्धी प्रस्ताव कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको हो कि तपाईंको हो भन्ने सञ्चारकर्मीको पटक पटकको प्रश्नमा उहाँले भन्नुभयो- यो मेरो व्यक्तिगत धारणा हो । कांग्रेसले संविधानसभामा बुझाएको १६ वटा राज्य प्रस्तावमा समेत आफ्नो असहमति रहेको उहाँले बताउनुभयो । उहाँले जनमत संग्रह गरेर पनि नयाँ संविधान १४ जेठ २०६७ भित्रै जारी गर्न सकिने धारणा राख्नुभयो । कार्यक्रममा उहाँले निकट भविष्यमै भारतीय विदेशमन्त्री नेपाल आउन लागेको र उहाँसँग पनि शान्ति र संविधानकै बारेमा छलफल हुने जानकारी दिनुभयो ।