Nepali TV: तराइमा पनि चीसो, जनजीवन कष्ठकर तराइमा पनि चीसो, जनजीवन कष्ठकर ================================================================================ Matrika Poudel on 31/12/2009 11:02:00 चिसो बढे पछि नेपालगन्ज, कोहलपुर, बर्दियाको गुलरीया वजारमा पसलहरु पनि कम खुलेेका छन् । बांकेको रांझा स्थित मौसम विज्ञान विभागको फिल्ड कार्यालयले यो वर्षै अत्याधिक चिसो बढेको जनाएको छ । नेपालगन्जको तापक्रम ४ ड्रि्री सेल्सीयस पुगेको छ अत्याधिक चिसो कारण शहरका बिभिन्न स्थानहरुमा र्सब साधारणहरुले आगो ताप्न थालेका छन । जाडोमा बालबालिका, बृद्धबृद्धालाई असर गर्न सक्ने भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयले सावधानी अपनाउन अनुरोध गरेको छ । यसै बिच बाक्लो हुस्सुका कारण पश्चिम नेपालको नेपालगंज र र्सखेत बिमानस्थलबाट आज कुनै उडान भएन । बाक्लो हुस्सुका कारण बिमान स्थल स्थल नखुलेका कारण नखुलेका कारण नेपालगन्जबाट राजधानी लगायत मध्य पश्चिमका दर्ुगम जिल्लाहरुमा हुने कुनै पनि उडान नभएको उड्डयन कार्यालय नेपालगन्जलले जनाएको छ ।