Nepali TV: बलात्कृत महिला प्रहरी संसदमा सार्वजनिक बलात्कृत महिला प्रहरी संसदमा सार्वजनिक ================================================================================ Matrika Poudel on 01/12/2009 12:43:00 सभासदहरु समक्ष आफू बलात्कृत हुँदाको घटना सुनाउँदै सन्तुलीले आफूलाई चरेश मिसाइएको मासु खुवाएर ३ जना प्रहरीले सामुहिक बलात्कार गरेको बताएकी थिइन् । आफूमाथि भएको सामूहिक बलात्कारका दोषीलाइ प्रहरी अधिकृतहरुले नै संरक्षण दिएको सुन्तलीको आरोप थियो । घटनाका बारेमा जानकारी गराउंदा जिल्ला प्रमुख ढकवहादुर थापाले उल्टो आफैंलाइ कारवाही गर्ने धम्की दिएको सुन्तलीले समिति समक्ष बताएकी छिन् । बयान दिदा दिदै रुन थालेकी सुन्तलीले दोषीमाथि हदैसम्मको कारवाही नभएमा आफूमाथि न्याय नहुने बताइन् । सो बैठकमा स्पष्टिकरण दिनुहुंदै प्रहरी नायब महानिरीक्षक पार्वती थापा मगरले आरोपित ६ जना विरुद्ध मुद्दा दर्ता गरिएको भन्नुभयो । प्रहरीको कारवाही पछि उनीहरुको स्वत निलम्बन भएको उहांले जानकारी दिनुभयो ।