Nepali TV: लेबनानमा नेपाली महिलालाई प्रतिबन्ध लेबनानमा नेपाली महिलालाई प्रतिबन्ध ================================================================================ Matrika Poudel on 27/11/2009 05:17:00 सरकारले आठ महिना अघि लेबनानमा कामदार जान खुल्ला गरेको थियो। इजरायलले लेबनानमा आक्रमण गरेपछि कामदारको सुरक्षाका लागि गत डिसेम्बर २८ देखि कामदार जान रोक लगाएको थियो। गत वैशाख २८मा कामदार जान फेरि खुल्ला गरिएको थियो। व्यवसायीले कामदारको सुरक्षाका लागि सेल्टर स्थापना गर्ने निर्णयपछि कामदार खुल्ला गरिएको थियो। लेबनानमा महिला कामदार बढी कार्यरत छन्। गत वर्ष १ हजार ५ सय २० जना कामदार लेबनान गएका थिए। यो वर्षको नौ महिनामा १ हजार २ सय कामदार लेबनान गएका थिए। खाडी मुलुकमा नेपाली महिला कामदारहरु असुरक्षित भएका समाचार आइरहेका बेला सरकारले यो निर्णय गरेको हो । साउदी अरब, कतार र दुबइमा पनि ठूलो संख्यामा नेपाली महिला कामदारहरु अवैध ढंगले काम गरिरहेका छन् । बेला बेलामा पीडित महिलाहरु दूतावासको शरणमा पुग्ने गरेका छन् ।