Nepali TV: अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा ================================================================================ Matrika Poudel on 19/09/2009 13:45:00 नवलपरासीको हात्तिखोरकी पूजा परियार र दाङ्ग तुल्सीपुरकी पार्वती परियारलाई फिर्तिकेन्द्रमा लगिएको र उनीहरू छिट्टै नेपाल फर्किने दुतावासले जनाएको छ । उनीहरूले अरवी घरमालिकहाँ आफ्नो शारिरिक शोषण हुने त्रासले भागेर दुतावासमा आएको बताएका थिए । पूजाले घर मालिक्नीको यातना र मालिकनीको छोराको यौनपिपाशु बक्रदृष्टि शहन नसकेर भागेको बताइन् । खाडी क्षेत्रमा जान नेपाल सरकारले निषेध गरेको भएपनि केहि एजेन्टहरूले दिल्ली र मुर्म्बई लगायतका भारतिय शहरहरूको बाटो हुँदै नेपाली महिलाहरूलाई खाडी मुलुक पठाउने गरेका छन् । पछिल्लो समयमा कतारमा पनि दर्जनौं महिलाहरू घरमालिक कहाँबाट भागेर दुतावासको शरणमा गएका छन् ।