Nepali TV: संयन्त्र कि षडयन्त्र संयन्त्र कि षडयन्त्र ================================================================================ Admin on 09/01/2010 10:36:00 विराटनगर विमानास्थलमा शुक्रबार सञ्चारकर्मीहरुसंग कुरा गर्दै ओलीले संयन्त्रले केहि गर्न नसक्ने टिप्पणी गर्नुभयो । उहाँले वर्तमान सरकारलाई कठपुतली सरकार भन्ने र त्यहि सरकार निर्माण गर्ने मान्छे बसेर निर्माण गरीएको संयन्त्रवाट मुलुक र सरकार कसरी चल्न सक्छ भनेर प्रश्न गर्नभयो । संयन्त्र गठन प्रति व्यंग्य गर्दै ओलीले संयन्त्रले पार्टि चलाउने कि सरकार चलाउने भन्नुभयो । नेता ओलीले माओवादीको अतिवादी सोच परिवर्तन हुनुपर्ने भन्दै यदी माओवादी सच्चिदैनन भने पोलपोर्टको जस्तै सरकारमा पुगेर पनि पतन हुने बताउनुभयो ।अर्को तर्फराष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपालका अध्यक्ष कमल थापाले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई संविधानसभाको म्याद बढाउने षडयन्त्र गर्न गठन गरिएको आरोप लगाउनु भएको छ ।श्ुक्रबार बिहान महाराजगञ्ज कोइराला निवासमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा संयन्त्र गठन भएको केही घण्टा पछि अध्यक्ष थापाले यस्तो आरोप लगाउनु भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपालको क्षेत्र नम्बर ५ कार्य समिति काठमाडौंको चौथो अधिवेशनको शुक्रवार उद्घाटन गर्दे अध्यक्ष थापाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल सदस्य रहने गरी नवगठित उच्चस्तरीय संयन्त्रका बारेमा अध्यक्ष थापाले यस्तो टिप्पणी गर्नु भयो ।