Nepali TV: जथाभावी नबोल्न नेतालाई आग्रह जथाभावी नबोल्न नेतालाई आग्रह ================================================================================ Admin on 09/01/2010 10:23:00 राजधानीमा शुक्रवार आयोजित नयाँ संविधान निर्माणका लागि नागरिक समाजको ऐक्यबद्धता विषयक गोलमेच अन्तरक्रियामा बोल्दै नागरिक समाजका प्रतिनिधिलेे यस्तो आग्रह गरेका हुन । मानवअधिकारकर्मी, नागरिक समाजका अगुवा तथा विभिन्न पेशामा रहेका व्यक्तिहरुले संविधान निर्माणका लागि राजनीतिक दलमाथि दबाब सृजना गर्न आहृवान गरेका छन । नयां संविधान जारी गर्ने समय नजिकिदै गर्दा जिम्मेवार राजनीतिक दल विच देखिएको मतभेद र अविश्वासले चिन्ता उब्जाएको अन्तरक्रियामा जारी साझा अपीलमा उल्लेख छ । आगामी जेठ १४ गते भित्र संविधान निर्माणका लागि सृजनात्मक दबाब दिन अपील गरिएको छ ।