Nepali TV: राजनीतिक संयन्त्रप्रति ओलीको आपत्ति संयन्त्र असंवैधानिक भएको दाबी राजनीतिक संयन्त्रप्रति ओलीको आपत्ति संयन्त्र असंवैधानिक भएको दाबी ================================================================================ Admin on 08/01/2010 10:31:00 विराटनगर विमानास्थलमा शुक्रबार सञ्चारकर्मीहरुसंग कुरा गर्दै ओलीले संयन्त्रले केहि गर्न नसक्ने टिप्पणी गर्नुभयो । उहाँले वर्तमान सरकारलाई कठपुतली सरकार भन्ने र त्यहि सरकार निर्माण गर्ने मान्छे बसेर निर्माण गरीएको संयन्त्रवाट मुलुक र सरकार कसरी चल्न सक्छ भनेर प्रश्न गर्नभयो । संयन्त्र गठन प्रति व्यंग्य गर्दै ओलीले संयन्त्रले पार्टि चलाउने कि सरकार चलाउने भन्नुभयो । नेता ओलीले माओवादीको अतिवादी सोच परिवर्तन हुनुपर्ने भन्दै यदी माओवादी सच्चिदैनन भने पोलपोर्टको जस्तै सरकारमा पुगेर पनि पतन हुने बताउनुभयो ।