Nepali TV: माओवादीले जंगली प्रवृत्ति देखाएको प्रधानमन्त्रीको आरोप माओवादीले जंगली प्रवृत्ति देखाएको प्रधानमन्त्रीको आरोप ================================================================================ Admin on 08/01/2010 10:26:00 प्रधानमन्त्री नेपालले माओवादीको जंगली प्रवत्ति अन्त्य नभएसम्म मुलुकमा शान्ति स्थापना हुन नसक्ने बताउनुभयो । सहमतिका लागि सरकार हदैसम्मको लचक भएको भन्दै उहाँले त्यसका लागि आफू कहिल्यै नथाक्ने उल्लेख गर्नुभयो । चितवनको कसरामा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले माओवादीलाई राजनीतिक समस्याको निकास राजनीतिक तवरले खोज्न आग्रह गर्नुभयो । माओवादीलाई आन्दोलन छाडेर सहमतिको राजनीति सुरु गर्न आग्रह गर्दै प्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्माण पछि देशले निकास पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।