Nepali TV: सहयोग माग्न प्रधानमन्त्रीलाई सुझाव सहयोग माग्न प्रधानमन्त्रीलाई सुझाव ================================================================================ Admin on 26/12/2009 13:24:00 चीनको औपचारीक भ्रमणका लागि शनिबार त्यस तर्फप्रस्थान गर्नु अघि उनीहरुले यातायात, विद्युत तथा अन्य क्षेत्रमा सहयोग माग गर्न सुझाब दिएका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले एसियाको एकताको विशेष पहल गर्न सुझाब दिएको बताउनुभयो । दलका प्रतिनिधिहरुले बिकास निर्माण, ब्यापार घाटा, हाईड्रोपावरमा सहयोग, बिभिन्न मार्गहरु निर्माण, भन्सार नाका खोल्ने लगायतका बिषयमा कुरा राख्न सुझाब दिएको नेता पौडेलले बताउनुभयो । राष्ट्रिय प्रजातान्त्र पार्टर्ीी अध्यक्ष पशुपति शम्शेर राणाले नेपालले चीन विरोधी कुनै पनि गतिविधि नगर्ने विषयमा आस्वस्त पार्न सुझाब दिनुभएको छ । बौद्धमार्गीहरुले नेपालमा बसेर चीन विरोधी गतिविधि रोक्न पटक पटक आग्रह गरेको थियो । प्रधानमन्त्री भएपछि पहिलो पटक चीनको भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री नेपालले सुझाब संकलनका लागि २२ दललाई बोलाए पनि बैठकमा १७ दलको मात्र उपस्थिति थियो ।