Nepali TV: केही माग्न हैन सम्बन्ध सुधार्न केही माग्न हैन सम्बन्ध सुधार्न ================================================================================ Admin on 26/12/2009 13:17:00 चीन प्रस्थान गर्नुअघि विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री नेपालले आफू दर्ुइपक्षीय सम्बन्ध सुधार र उच्चस्तरीय भेटघाटका लागि जान लागेको बताउनुभयो । केही माग्न नभई दर्ुइ देशबीचको सम्बन्ध सुधारमा आफ्नो भ्रमण केन्दित रहने प्रधानमन्त्री नेपालले बताउनुभयो । उहाँले मन्त्रीस्तरमा विभिन्न परियोजनका कुरा हुन सक्ने उल्लेख गर्दै युथ एक्सेन्च र अन्य आर्थिक एवम् प्राविधिक परियोजनाहरुमा दर्ुइ पक्षबीच समझदारी पत्रमा हस्ताक्षर हुने बताउनुभयो । चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिने पनि प्रधानमन्त्रीले बताउनुभयो । मुलुक भित्र राजनीतिक सहमतिको वातावरण बन्दै गएको भन्दै प्रधानमन्त्रीले संसद संचालन हुनु र संवैधानिक समितिका विवादास्पद मुद्दाहरुको किनारा लाग्नु सहमतिको संकेत रहेको भन्नुभयो । प्रधानमन्त्रीको टोलीमा श्रीमती गायत्री नेपाल, उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालार्,अर्थमन्त्री सुरेन्द्र पाण्डे, उर्जामन्त्री प्रकाशशरण महत परराष्ट्र सचिव मदन भट्टर्राई र अर्थसचिव रामेश्वर खनाल लगायतका छन् । भ्रमणका क्रममा नेपालले चीनसंग आर्थिक तथा प्राबिधिक सहयोगका लागि आग्रह गर्न छन् । नेपाललाई १५ करोड युयान प्रदान गर्ने सम्बन्धी आर्थिक तथा प्राबिधिक सम्झौतामा हस्ताक्षर हुने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार राजन भट्टर्राईले जानकारी दिनुभयो । यस्तै, व्यापार घाटा, हाईड्रोपावरमा सहयोग, बिभिन्न मार्गहरु निर्माण, भन्सार नाका खोल्ने लगायतका बिषयमा पनि छलफल हुने बताईएको छ ।