Nepali TV: मिथिला राज्य जायज - भट्टर्राई मिथिला राज्य जायज - भट्टर्राई ================================================================================ Admin on 19/12/2009 12:06:00 जनकपुरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष भट्टर्राईले माओवादीले गरेको गणराज्यको घोषणा सांकेतिक र दवावमूलकमात्र भएको दाबी गर्नुभयो । मैथिल जनताले चाहेमा स्वायत्त मिथिला राज्यको पक्षमै माओवादी रहेको बताउँदै काँग्रेस र एमाले संघीयता विरोधी पार्टी रहेको आरोप भट्टर्राईले लगाउनुभयो । उहाँले मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, तर्राई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टीतिर संकेत गर्दै काँग्रेस र एमालेको पछि पछि लागेर मन्त्री बन्ने लोभमा केही मधेसवादी दलहरु पनि संघीताको विरोध गरेको बताउनुभयो । भट्टर्राईले संघीयताको छिनोफानो संविधानसभाबाटै बताउनुभयो । माओवादीले सुरु गरेको तेश्रो चरणको आन्दोलन र स्वायत गणराज्य घोषणा अभियान संविधानसभालाई बल दिन नै भएको दाबी उपाध्यक्ष भट्टर्राईले गर्नुभयो ।