Nepali TV: राज्य गम्भीर नभएको आरोप राज्य गम्भीर नभएको आरोप ================================================================================ Admin on 18/12/2009 09:52:00 नेपाल पत्रकार महासंघले बिहीबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले मुलुकमा प्रेस स्वतन्त्रताको अवस्था जटिल रहेको भन्दै पत्रकारहरुलाई यो मुद्दालाई लिएर आफ्नो आन्दोलन जारी राख्न सुझाव दिएका छन् । उनीहरुले पत्रकारमाथिको आक्रमणको घटनामा राज्य गम्भीर नहुँदा र दोषीमाथि कारवाही नहुँदा पत्रकारमाथिको आक्रमणको घटना बारम्बार दोहोरिएको बताए । नेपाल पत्रकार महासंघका सभापति धर्मेन्द्र झाले राज्यले संस्थागत रुपमा दण्डहीनतालाई प्रश्रय दिइरहेको आरोप लगाउनुभयो । प्रेस काउन्सिलका अध्यक्ष नारायण शर्माले पत्रकार असुरक्षित हुनु् भनेकै आम नागरिक असुरक्षित हुनु रहेको बताउनुभयो । रुकुमकी पत्रकार टिका विष्टमाथि आक्रमण भएपछि प्रेस स्वतन्त्रता र पत्रकार सुरुक्षाको माग गर्दै पत्रकार महासंघ विगत एक सातादेखि आन्दोलनरत छ ।