Nepali TV: संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजित ================================================================================ Matrika Poudel on 05/09/2010 09:11:00 निरन्तर तटस्थ वसेर मुलुकलाइ अनिर्णयको वन्दि वनाउन नहुने भन्दै प्रधानमन्त्री निर्वाचनमा तटस्थ वस्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आइतवार अलग्गिएको छ । तराइ मधेस लोकतान्त्रिक पार्टीको संसदीय दलको कार्यालयमा वसेको मोर्चाको वैठकमा फोरमले तटस्थ वसिरहने मोर्चाको निर्णयमा पुनर्विचार गर्नुपर्ने दवाव दिएका थिए । प्रधानमन्त्री निर्वाचनका विषयमा मोर्चावाट अलग स्वतन्त्रर् ढगले गर्ने भन्दै वैठकवाट फोरमका नेताहरु वाहिरीएका थिए । दक्षिण कोरीयामा कामदारको विचल्ली ================================================================================ Matrika Poudel on 05/09/2010 08:33:00 वैदेशिक रोजगारका लागि दक्षिण कोरीया पुगेका २ सय भन्दा वढी नेपाली कामदार विचल्लीमा परेका छन् । कोरीयाको इन्छन् क्षेत्रमा कृषि कामका लागि रोजगार अनुमति प्रणाली इपीएस् अर्न्तर्गत आएका नेपाली कामदारहरु मालिकको अमानवीय व्यवहारका कारण यसरी विचल्लीमा पर्ने गरेका हुन् । कोरीयामा कृषिका लागि राम्रो ठाउ मानिएको इन्छन् क्षेत्रमा हाल दुइ सयभन्दा वढी नेपाली कामदारहरु कार्यरत छन् । उनीहरुलाइ १४ घण्टा भन्दा वढी काम लगाइ ओभरटाइमको पैसा पनि नदिइने गरेको खुलासा भएको छ । अवैध रुपमा कुवेत जाने महिलाको उद्घार ================================================================================ Matrika Poudel on 05/09/2010 07:38:00 अवैध रुपवाट कुवेत लगिन लागेकी सुनसरी इनरुवाकी एक महिलालाइ दिल्लीस्थित नेपाली राजदूतावासले उद्घार गरी घर फिर्ता पठाएको छ । दुइ दिनअघि दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलवाट उद्घार गरीएकी सीमा रिषीदेवीलाइ दूतावासले प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा आइतवार घर पठाएको हो । तीन छोरीकी आमा २७ वर्षीया सीमाले गतसाउनमा नक्कली राहदानी वनाइ सुनसरीको इटहरी घर भएकी मिना नाम वताउने एजेन्टले आफूलाइ १५ दिन लगाएर दिल्ली पुर्‍याएको वताइन् । भारतीय दूतावासको कदम मर्यादाविपरीत ================================================================================ Matrika Poudel on 04/09/2010 11:38:00 संचारमन्त्री शंकर पोखरेलले भारतीय राजदूतद्घारा नेपाली आमसञ्चार क्षेत्रमाथि गरेको हस्तक्षेपलाई कुटनैतिक मर्यादा विपरीत भएको वताउनुभएको छ । संचारमन्त्री पोखरेलले नेपाली आमसञ्चार स्वतन्त्र भएकोले कहिकतैवाट हुने हस्तक्षेप निन्दनीय हुने भएकोले दुतावासको कदम मर्यादाविपरीत भएको उल्लेख गर्नुभयो । उहाले भारतीय राजदूत राकेस सूदले गरेको कार्यवारे परराष्ट्र मन्त्रालयले छानविन गरीरहेको वताउदै कुनै पनि मुलुकलाइ नेपाली आमसञ्चार माध्यमप्रति गुनासो भए कानुनी वाटो लिन सक्ने वताउनुभयो । सभापति पदमा कोइरालाको उम्मेदवारी घोषणा ================================================================================ Matrika Poudel on 04/09/2010 11:14:00 नेपाली कांग्रेसका कार्यवाहक सभापति शुसिल कोइरालाले पार्टीको बाह्रौ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको छ । महाराजगंज स्थित आफ्नै निवासमा संचारकर्मीहरुबीच कार्यवाहक सभापति कोइरालाले कांग्रेस महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नु भएको हो । हारेको हैन संसदले निर्णय दिन नसकेको ================================================================================ Matrika Poudel on 04/09/2010 09:49:00 नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलले प्रधानमन्त्रीको निर्वाचन आफूले हारेको नभइ व्यवस्थापिका ससदले निर्णय दिन नसकेको वताउनुभएको छ । प्रधानमन्त्रीको लागि पाचौ पटकसम्म भएको निर्वाचनमा कसैले पनि नजितेको हुनाले आफूले हारेको नभइ व्यवस्थापिका संसदले निर्णय दिन नसकेको वताउनुभयो । समाचार कपोलकल्पित भएको महराको भनाइ ================================================================================ Matrika Poudel on 04/09/2010 06:58:00 भन्ने समाचार आधारहिन र कपोलकल्पित भएको दावी गर्नुभएको छ । हिजो राति भारतवाट प्रसारण हुने एक नेपाली टेलिभिजनले महरा र चिनिया अधिकारीसंग भएको वार्तालाइ प्रशारण गरेपछि सो कुरा वाहिर आएको हो । अब तटस्थ नबस्ने ओलीको भनाइ ================================================================================ Matrika Poudel on 04/09/2010 05:54:00 नेकपा एमालेका बरिष्ठ नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि हुने छैटौं चरणको चुनावपछि एमाले तटस्थ नबस्ने बताउनुभएको छ । उहाँले सहमतिका लागि लिइएको तटस्थताको अडान राम्रो भए पनि परिणाम सकारात्मक नआएका कारण तटस्थ बसिरहन जरुरी नभएको बताउनुभएको छ । उपचारका लागि दिल्ली पुगेर शनिवार विहान स्वदेश फर्किनुभएका एमाले नेता ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अब बहुमतिय प्रणालीबाटै सरकार गठन गरेर अघि बढ्नुपर्ने बताउनुभयो । कामचलाउ सरकार र जम्वो टोली ================================================================================ Matrika Poudel on 03/09/2010 06:35:00 वडापत्रमा उल्लेखित प्रावधानविपरीत काम चलाउ प्रध्ाानमन्त्री माधवकुमार नेपाल जम्वो टोली लिएर ६५ औ राष्टसंघीय महासभामा भाग लिन न्यूयोर्क जानुहुने भएको छ । महासभामा जाने करिव दुइ दर्जनको नाम तय भइसकेको छ भने टोलीमा अन्य सदस्य थपिन वाकी रहेका छन् । राष्ट्रसंघले अतिकम विकसित मुलुकका तीन सहभागीको खर्च वेहोर्नेछ । तर नेपालमा भने भ्रमण टोलीको सदस्य संख्या कम्तीमा ३० पुग्ने आकलन गरीएको छ । गृहमन्त्रीको लाज ================================================================================ Matrika Poudel on 03/09/2010 06:04:00 गृहमन्त्री भिम रावलले दुइ दुइ महिनासम्म कामचलाउ मन्त्रिपरीषद्को मन्त्री भएर काम गर्नुपर्दा आफूलाइ लाज लाग्न थालिसकेको वताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उहाले प्रध्ाानमन्त्रीले नै राजीनामा दिइसकेको अवस्थामा मन्त्रीले के राजीनामा दिनु भन्ने भाव प्रकट गर्नुभयो ।