Nepali TV
	<description>Nepali TV</description>
Nepali TV
फिनल्याडमा मनिषालाई गुन्द्रकु र तामा
							<description>हनिमुन मनाउन फिनल्याण्ड पुगेकी बलिउड अभिनेत्री मनिषा कोइरालाले आफूलाई विश्वको जुनसुकै कुनामा पुगे पनि नेपाली भनेर चिनाउन पाउँदा गौरव लाग्ने गरेको बताएकी छन् । फिनल्याण्डको उत्तरी क्षेत्रमा हनिमुन मनाएर राजधानी हेलसिन्की फर्किएपछि गैरआवासीय नेपाली संघ फिनल्याण्डले आयोजना गरेको एक कार्यक्रममा उनले सबै प्रवासी नेपालीहरुलाई नेपाली हुनुको गौरव सुनाएकी हुन् । हनिमुनका लागि फिनल्याण्ड पुगेका मनिषा र उनका पति सम्राट दाहाल नेपालको पर्यटन वर्ष२०११ सफल पार्ने एक कार्यक्रममा समेत सहभागि भएका थिए । </description>
साउन १७ गते मुलुकले प्रधानमन्त्री पाउने
							<description>एकीकृत नेकपा माओवादीका अध्यक्ष एबं प्रधानमन्त्री पदका प्रत्याशी पुष्कमल दाहाल प्रचण्डले साउन १७ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउने दावी गर्नुभएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग शनिवार विहान भएको भेटपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले तेस्रो पटकमा आफू प्रधानमन्त्री निर्वाचित हुने बताउनुभयो । संसदमा तेस्रो पटक प्रधानमन्त्री पदका लागि सोमवार चुनाव हुदैछ । सिंहदरवारस्थित अध्यक्ष नेम्वाङको कार्यकक्षमा भएको भेटमा उहाँहरुबीच वर्तमान राजनीतिक गतिरोध र प्रधानमन्त्री निर्वाचनबारे छलफल भएको थियो । </description>
गौतम प्रधानमन्त्रीको विशेष सल्लाहकार
							<description>कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमलाई आफ्नो परराष्ट्र मामिला र शान्ति प्रक्रियाका विशेष सल्लाहकार नियुक्त गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभाको सभाध्यक्ष पदका लागि सिफारिस गर्न गौतमलाई यो पदमा नियुक्त गरिएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीलाई पहिलेदेखिनै यस विषयमा सल्लाह दिदै आउनुभएका गौतम हालै विशेष सल्लाहकार बन्नुभएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।</description>
बेलायती प्रमलाई नेपाल भ्रमण गराउने
							<description>बेलायती रक्षामन्त्री एन्ड्र्यु रोवाथनले आफ्ना प्रधानमन्त्रीलाई चाँडैनै नेपाल भ्रमण गराउन पहल गर्ने बताउनुभएको छ । बेलायतका लागि नेपाली राजदूत डाक्टर सुरेशचन्द्र चालिसेसँगको भेटमा रक्षामन्त्री रोवाथनले यस्तो जानकारी गराउनुभएको हो । बेलायती रक्षामन्त्रालय हृवाइटहलमा भएको भेटमा राजदूत चालिसेले सन् १८१६ मा बेलायत र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भए यता एकजना पनि बेलायती प्रधानमन्त्री नेपाल भ्रमणमा नगएको प्रसंग उठाउनुभएको थियो । </description>
आदिवासीका कुरा उठाउन लेखी जर्मनीमा
							<description>नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जर्मनी पुग्नुभएको छ । संयुक्त राष्ट्रसँंघले आयोजना गरेको सो महासभा जर्मनीको बोनमा हुँदैछ । यहि अगस्ट २ देखि ६ तारिखसम्म बोनमा हुने महासभामा विश्वका आदिवासी जनजाति नेताहरुको सहभागिता रहने महासंघले जनाएको छ । महासंघका अध्यक्ष लेखीले विश्वका आदिवासीहरुको तर्फाट जलवायु परिवर्तनको बारेमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको आदिवासी जनजाति महासंघका कार्यालय सचिव कुमार प्रधानले जनाएका छन् । </description>
रोहितलाई अध्यक्ष प्रचण्डको आश्वासन
माथिल्लो तामाकोशीमा सन्चयकोषको ऋण
							<description>माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कार्यान्वयनका लागि कर्मचारी संचयकोष , नेपाल विद्युत प्राधिकरण र अपर तामाकोशी हाइड्रोपावर लिमिटेड बिच रिण लिने दिने सम्बन्धमा त्रिपक्षीय  रिण सम्झौतामा हस्ताक्षर भएको छ । ऋण सम्झौता अनुसार कर्मचारी संचयकोशले १० अर्ब दिर्घकालिन ऋण दिएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा त्रीपक्षीय हस्ताक्षर भएको हो । उर्जा मन्त्री प्रकाश शरण महतले यो ऋण सम्झौता मात्र नभएर र्दुगामी आर्थिक रुपान्तरणको क्षेत्रमा आयोजना कोसेढुङ्गा सावित भएको बताउनुभयो । </description>
न्यायधीसले घुस खाएको निहिताको आरोप,अख्तियार जाने घोषणा
							<description>अन्तर्राष्ट्रिय चासोका पात्र बनेका कुख्यात अपराधी चार्ल्स शोभराजले अन्ततः हिमाली राज्य नेपालको जेलको चीसो छिँडीमा आफ्नो बाँकी जीवन बिताउन पर्ने ठहर भएको छ । सर्वोच्च अदालतले फ्रान्सेली नागरिक चार्ल्स शोभराजमाथि लागेको अभियोग सदर गर्दै उनलाई र्सवस्व सहित जन्म कैदको फैसला सदर गरेको हो । उनीमाथि हत्या गरेको तथा जाली पासपोर्ट बनाएको अभियोग लागेको थियो । उनको यो अभियोग पुनरावेदन अदालत पाटनले सदर गरेको थियो । जसविरुद्घ शोभराज सर्वोच्च अदालत गएका थिए ।</description>
म्याराडोनालाई हटाउदा राष्ट्रपति दुःखी
							<description>अर्जेन्टिनी फुटवलका प्रशिक्षक एबं शताव्दीकै महान खेलाडी डिएगो म्याराडोनाले अर्जेन्टिनी फुटवल संघलाई आफूलाई धोखा दिएको आरोप लगाएका छन् । अर्जेन्टिनी फुटवल संघले शुरुमा आफूलाई थप चार वर्षा लागि प्रशिक्षक बन्न आग्रह गरेर, अन्तिममा धोखा दिएको भन्दै दुःख व्यक्त गरेका छन् । म्याराडोनालाई प्रशिक्षक पदबाट हटाएकोमा अर्जेन्टिनाकी राष्ट्रपति क्रिष्टिना फर्नाण्डेजले म्याराडोनालाई प्रशिक्षबाट हटाएको घनाप्रति अशन्तोष व्यक्त गर्दै आफूलाई यसबाट दुःख लागेको बताउनुभएको छ । </description>
बहुमतिय सरकार असफल हुने चेतावनी
							<description>नेपालस्थित राष्ट्रसंघीय शान्ति मिसन अनमिन प्रमुख करिन ल्याण्डग्रेनले सरकार बनाउने प्रक्रिया लम्बिदै जाँद्या अनमिनको म्याद पनि सकिदै जाने र सेना समायोजनका लागि समय नपुग्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टर्राईसँग विहिवार उहाँकै निवास शान्ति नगरमा भएको भेटमा अनमिन प्रमुख करिनले बहुमतिय सरकार कमजोर हुनसक्ने समेत बताउनुभएको थियो । माओवादी उपाध्यक्ष भट्टर्राईका राजनीतिक सहयोगी विश्वदीप पाण्डेका अनुसार उहाँले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्न आग्रह गर्नुभएको ष्थियो । </description>