Nepali TV: बिरोधपछि २ जनाको पदक फिर्ता ================================================================================ Matrika Poudel on 31/05/2010 14:43:00 सरकारले दोस्रो जनआन्दोलन दमनमा संलग्न रही मानवअधिकार उल्लंघनको अभियोग खेपिरहेका सशस्त्र प्रहरीका डिआइजी दुर्जकुमार र्राई र एसपी कुवेरसिंह रानालाई दिएको पदक फिर्ता लिएको छ । विभुषण छनौट समितिको मंगलवार बसेको बैठकले डिआइजी र्राई र एसपी रानालाई दिएको पदक विवादित बनेको भन्दै फिर्ता लिएको हो । २०६२/६३ को जनआन्दोलनका बेला राइ आफैंले गोली हानेर तीनजना आन्दोलनकारीको हत्या गरेको ठहर रायमाझी आयोगले गरेको थियो । समायोजनबारे खनाल नेपाल छलफल ================================================================================ Matrika Poudel on 31/05/2010 13:43:00 नेकपा एमालेले माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनर्स्थापनाको बारेमा आफ्नो आधिकारिक धारणा तय गरेको छ । एमाले स्थायी समितिको सोमवारको अनौपचारिक बैठकमा अध्यक्ष भलनाथ खनालले सेना समायोजनको बारेमा प्रधानमन्त्री माधवकुमार नेपाल लगायत सेना समायोजन विशेष समिति र प्राबिधिक समितिका एमालेका सदस्यहरुसँग छलफल गर्नुभएको थियो । बैठकमा विशेष समितिका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री नेपालले हालसम्म भएका प्रगतिहरुको बारेमा जानकारी गराउनुभएको थियो । २ दिनभित्र राजिनामा नआए बेइमानी ================================================================================ Matrika Poudel on 31/05/2010 07:08:00 एकीकृत नेकपा माओवादीले तीन दलबीच भएको तीन बुँदे सहमति अनुसार अब २ दिनभित्र प्रधानमन्त्रीले राजिनामा नगरे राजनीतिक बेइमानी हुने ठहर गरेको छ । तीन बुँदे सहमतिको आफूखुसी गलत व्याख्या गरिएकोमा समेत माओवादीले आपत्ति जनाएको छ । आज विहान बसेको माओवादीको स्थायी समिति बैठकले प्रधानमन्त्रीलाई सहमति अनुरुप २ दिनभित्र राजिनामा गरेर सहमतिको वातावरण बनाउन आग्रह गरेको छ । माओवादी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा प्रधानमन्त्रीले २ दिनभित्र राजिनामा नदिए के गर्ने भन्ने बारेमा छलफल भएको थियो । राजिनामा पहिले कि पछिमा बिबाद ================================================================================ Matrika Poudel on 30/05/2010 14:47:00 जेठ १४ गते भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल गर्नबसेको तीन प्रमुख ठुला दलहरुको बैठक विना निश्कर्षटु्रङगिएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा आईतवार बसेको तीन दलको बैठकमा सहमति कार्यान्वयनको विषयमा प्रारम्भिक छलफल भए पनि कुनै सहमति बन्न नसकेपछि बैठक भोली दिउसो १ बजे पुनः बस्ने गरि स्थगित भएको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । बैठकमा माओवादीबाहेकका दलहरुले सहमतिको एक नम्बर बुँदामा संविधान र शान्तिसँग सम्बन्धित विषयहरुमा सहमति भएपछि प्रधानमन्त्रीले राजिनामा दिने तर्क प्रस्तुत गर्नु भएको थियो । कांग्रेस सहमतिपछि राजिनामाको पक्षमा ================================================================================ Matrika Poudel on 30/05/2010 14:33:00 नेपाली कांग्रेसले सहमति भएपछिमात्र प्रधानमन्त्रीले राजिनामा दिने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको आइतवारको बैठकले शुरुमै प्रधानमन्त्रीले राजिनामा दिदा शान्ति प्रक्रिया र संविधान लेखनका अरु विषय ओझेलमा पर्ने भन्दै माओवादीलाई चाँडो सहमतिमा आउन आग्रह गरेको छ । सिंहदरवारस्थित कांग्रेस ससदीय दलको कार्यालयमा भएको बैठकमा नेताहरुले माओवादीसँग भएका सहमतिको बारेमा सभासदहरुलाई जानकारी गराएका थिए । प्याकेजमै सबै विषयमा समाधान भएपछिमात्र प्रधानमन्त्रीले राजिनामा दिने कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बताउनुभयो । १४ बुदे हृयुष्टन घोषणापत्र जारी गर्दै एनआरएन सम्मेलन सम्पन्न ================================================================================ Matrika Poudel on 30/05/2010 10:03:00 गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको आयोजना र राष्ट्रि्रय समन्वय परिषदहरु संयुक्त राज्य अमेरिका एवम क्यानाडाको आथित्यमा एनआरएन चौथो क्षेत्रिय सम्मेलन ह्युस्टन घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेपालको द्रुदतर विकासका लागि ज्ञान र लगानी प्रवाह" को मुल नारा सहित टेक्सास राज्यको ह्युस्टन शहरमा सम्पन्न यो चौथो गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन २०१० ले १४ बुदे घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा थपिएको १ वर्षो अवधिमा संबिधानसभाले लोकतान्त्रिक मूल्य मान्यता सहितको संविधान निर्माण गरोस भनिएको छ । प्रधानन्त्रीको राजिनामा तत्काल नआउने ================================================================================ Matrika Poudel on 30/05/2010 05:39:00 प्रधानमन्त्री माधवकुमार नेपालले भनें दिन तोकेर राजिनामा दिने बारेमा कुनै पनि सहमति नभएको बताउनुभएको छ । आज विहान सत्तारुढ दलहरुको बैठकमा सत्ताधारी नेताहरुको जिज्ञासामा प्रधानमन्त्रीले सहमति कायम भएपछिमात्र राजिनामा दिने कुरा भएको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री नेपालले पाँच दिन वा सात दिनभित्र राजिनामा दिने कुनै मौखिक सहमति पनि नभएको बताउनुभयो । उहाँले माओवादी शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन ठोस प्रतिबद्धता सहित आउँछ भनें राष्ट्रिय सहमतिको सरकारको लागि बाटो खोल्ने कुरामात्र भएको बताउनुभयो । तीन दलका शीर्ष नेताहरु बैठकमा ================================================================================ Matrika Poudel on 30/05/2010 05:34:00 तीन दलबीच भएको तीन बुँदे सहमति कार्यन्वयन गर्नका लागि आज विहानैबाट तीब्र छलफल शुरु भएको छ । प्रमुख तीन दल एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच आज विहानैदेखि छलफल चलिरहेको छ । माओवादीले यसअघि भएको सहमति बमोजिम प्रधानमन्त्रीको तत्काल राजिनामा मागेको छ भनें अन्य दलले पनि सोही सहमति अनुरुप माओवादीले सेना सामायोजन लगायतका विषयमा प्रतिबद्धता मागेका छन् । संविधानसभा भवनमा तीन दलका नेताहरुबीच भएको वार्ता सकारात्मक ढंगले अघि बढेको नेताहरुले बताएका छन् । एनआरएनको चौथो क्षेत्रीय भेला शुरु ================================================================================ Matrika Poudel on 29/05/2010 11:24:00 शुक्रबारबाट एन्आरएन्को चौथो क्षेत्रीय सम्मेलन संयुक्त राज्य अमेरीकाको टेक्सास स्टेट वेस्टचेज म्यारीट होटलमा शुरु भएको छ । सो सम्मेलन मे २८ देखि ३० सम्म सञ्चालन हुनेछ । पछिल्लो तीन क्षेत्रीय सम्मेलन कतारको दोहा, जर्मनीको बोन र थाईल्याण्डको बैङ्ककमा भएको थियो । आज दोस्रो गणतन्त्र दिवस मनाइदै ================================================================================ Matrika Poudel on 29/05/2010 07:51:00 आज जेठ १५ गते, नेपाल राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको ऐतिहासिक दिन । गणतन्त्र दिवसको अवसरमा हामी प्रवासमा रहनुभएका नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । आजभन्दा ठिक दुइ वर्षघि अर्थात २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्र मुलुक घोषणा गरि राजतन्त्रको बिधिवत अन्त्य गरेको थियो । दोस्रो गणतन्त्र दिवसका अवसरमा आज बिभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । राजधानीको टुँडिखेलस्थित सैनिक मन्चमा गणतन्त्र दिवस मनाइएको छ ।