Matrika Poudel
फिनल्याडमा मनिषालाई गुन्द्रकु र तामा
हनिमुन मनाउन फिनल्याण्ड पुगेकी बलिउड अभिनेत्री मनिषा कोइरालाले आफूलाई विश्वको जुनसुकै कुनामा पुगे पनि नेपाली भनेर चिनाउन पाउँदा गौरव लाग्ने गरेको बताएकी छन् । फिनल्याण्डको उत्तरी क्षेत्रमा हनिमुन मनाएर राजधानी हेलसिन्की फर्किएपछि गैरआवासीय नेपाली संघ फिनल्याण्डले आयोजना गरेको एक कार्यक्रममा उनले सबै प्रवासी नेपालीहरुलाई नेपाली हुनुको गौरव सुनाएकी हुन् । हनिमुनका लागि फिनल्याण्ड पुगेका मनिषा र उनका पति सम्राट दाहाल नेपालको पर्यटन वर्ष२०११ सफल पार्ने एक कार्यक्रममा समेत सहभागि भएका थिए ।
साउन १७ गते मुलुकले प्रधानमन्त्री पाउने
एकीकृत नेकपा माओवादीका अध्यक्ष एबं प्रधानमन्त्री पदका प्रत्याशी पुष्कमल दाहाल प्रचण्डले साउन १७ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउने दावी गर्नुभएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग शनिवार विहान भएको भेटपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले तेस्रो पटकमा आफू प्रधानमन्त्री निर्वाचित हुने बताउनुभयो । संसदमा तेस्रो पटक प्रधानमन्त्री पदका लागि सोमवार चुनाव हुदैछ । सिंहदरवारस्थित अध्यक्ष नेम्वाङको कार्यकक्षमा भएको भेटमा उहाँहरुबीच वर्तमान राजनीतिक गतिरोध र प्रधानमन्त्री निर्वाचनबारे छलफल भएको थियो । ...गौतम प्रधानमन्त्रीको विशेष सल्लाहकार
कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमलाई आफ्नो परराष्ट्र मामिला र शान्ति प्रक्रियाका विशेष सल्लाहकार नियुक्त गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभाको सभाध्यक्ष पदका लागि सिफारिस गर्न गौतमलाई यो पदमा नियुक्त गरिएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीलाई पहिलेदेखिनै यस विषयमा सल्लाह दिदै आउनुभएका गौतम हालै विशेष सल्लाहकार बन्नुभएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।...बेलायती प्रमलाई नेपाल भ्रमण गराउने
बेलायती रक्षामन्त्री एन्ड्र्यु रोवाथनले आफ्ना प्रधानमन्त्रीलाई चाँडैनै नेपाल भ्रमण गराउन पहल गर्ने बताउनुभएको छ । बेलायतका लागि नेपाली राजदूत डाक्टर सुरेशचन्द्र चालिसेसँगको भेटमा रक्षामन्त्री रोवाथनले यस्तो जानकारी गराउनुभएको हो । बेलायती रक्षामन्त्रालय हृवाइटहलमा भएको भेटमा राजदूत चालिसेले सन् १८१६ मा बेलायत र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भए यता एकजना पनि बेलायती प्रधानमन्त्री नेपाल भ्रमणमा नगएको प्रसंग उठाउनुभएको थियो । ...आदिवासीका कुरा उठाउन लेखी जर्मनीमा
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जर्मनी पुग्नुभएको छ । संयुक्त राष्ट्रसँंघले आयोजना गरेको सो महासभा जर्मनीको बोनमा हुँदैछ । यहि अगस्ट २ देखि ६ तारिखसम्म बोनमा हुने महासभामा विश्वका आदिवासी जनजाति नेताहरुको सहभागिता रहने महासंघले जनाएको छ । महासंघका अध्यक्ष लेखीले विश्वका आदिवासीहरुको तर्फाट जलवायु परिवर्तनको बारेमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको आदिवासी जनजाति महासंघका कार्यालय सचिव कुमार प्रधानले जनाएका छन् । ...रोहितलाई अध्यक्ष प्रचण्डको आश्वासन
माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकार बनाउन कुनै पनि दलसँग 'अनावश्यक' सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।'हामी मधेसी, जनजाति, दलित तथा सीमान्तकृत समूदायको माग र भावनाको कदर गर्दछौं,' शुक्रबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष अध्यक्ष नारायणमान बिजुक्छेसँग भएको भेटपछि दाहालले भने, 'तर सरकार बनाउन कुनै पनि दलसँग 'अनावश्यक' सम्झौता गर्दैनौं ।' आइतबार हुने प्रधानमन्त्रीको निर्वाचनका लागि समर्थन जुटाउन दाहालसहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भक्तपुरस्थित विजुक्छे निवासमा पुगेका थिए ।...माथिल्लो तामाकोशीमा सन्चयकोषको ऋण
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कार्यान्वयनका लागि कर्मचारी संचयकोष , नेपाल विद्युत प्राधिकरण र अपर तामाकोशी हाइड्रोपावर लिमिटेड बिच रिण लिने दिने सम्बन्धमा त्रिपक्षीय रिण सम्झौतामा हस्ताक्षर भएको छ । ऋण सम्झौता अनुसार कर्मचारी संचयकोशले १० अर्ब दिर्घकालिन ऋण दिएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा त्रीपक्षीय हस्ताक्षर भएको हो । उर्जा मन्त्री प्रकाश शरण महतले यो ऋण सम्झौता मात्र नभएर र्दुगामी आर्थिक रुपान्तरणको क्षेत्रमा आयोजना कोसेढुङ्गा सावित भएको बताउनुभयो । ...न्यायधीसले घुस खाएको निहिताको आरोप,अख्तियार जाने घोषणा
अन्तर्राष्ट्रिय चासोका पात्र बनेका कुख्यात अपराधी चार्ल्स शोभराजले अन्ततः हिमाली राज्य नेपालको जेलको चीसो छिँडीमा आफ्नो बाँकी जीवन बिताउन पर्ने ठहर भएको छ । सर्वोच्च अदालतले फ्रान्सेली नागरिक चार्ल्स शोभराजमाथि लागेको अभियोग सदर गर्दै उनलाई र्सवस्व सहित जन्म कैदको फैसला सदर गरेको हो । उनीमाथि हत्या गरेको तथा जाली पासपोर्ट बनाएको अभियोग लागेको थियो । उनको यो अभियोग पुनरावेदन अदालत पाटनले सदर गरेको थियो । जसविरुद्घ शोभराज सर्वोच्च अदालत गएका थिए ।...म्याराडोनालाई हटाउदा राष्ट्रपति दुःखी
अर्जेन्टिनी फुटवलका प्रशिक्षक एबं शताव्दीकै महान खेलाडी डिएगो म्याराडोनाले अर्जेन्टिनी फुटवल संघलाई आफूलाई धोखा दिएको आरोप लगाएका छन् । अर्जेन्टिनी फुटवल संघले शुरुमा आफूलाई थप चार वर्षा लागि प्रशिक्षक बन्न आग्रह गरेर, अन्तिममा धोखा दिएको भन्दै दुःख व्यक्त गरेका छन् । म्याराडोनालाई प्रशिक्षक पदबाट हटाएकोमा अर्जेन्टिनाकी राष्ट्रपति क्रिष्टिना फर्नाण्डेजले म्याराडोनालाई प्रशिक्षबाट हटाएको घनाप्रति अशन्तोष व्यक्त गर्दै आफूलाई यसबाट दुःख लागेको बताउनुभएको छ । ...बहुमतिय सरकार असफल हुने चेतावनी
नेपालस्थित राष्ट्रसंघीय शान्ति मिसन अनमिन प्रमुख करिन ल्याण्डग्रेनले सरकार बनाउने प्रक्रिया लम्बिदै जाँद्या अनमिनको म्याद पनि सकिदै जाने र सेना समायोजनका लागि समय नपुग्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टर्राईसँग विहिवार उहाँकै निवास शान्ति नगरमा भएको भेटमा अनमिन प्रमुख करिनले बहुमतिय सरकार कमजोर हुनसक्ने समेत बताउनुभएको थियो । माओवादी उपाध्यक्ष भट्टर्राईका राजनीतिक सहयोगी विश्वदीप पाण्डेका अनुसार उहाँले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्न आग्रह गर्नुभएको ष्थियो । ...माओवादीद्धारा प्रतिरोधमा उत्रिने चेतावनी
एकीकृत नेकपा माओवादीका भोजपूरा राज्य समिति सदस्य एबं वाइसिएलका क्षेत्रिय इन्चार्ज खसेरी यादवको अज्ञात समूहले गोली हानी हत्या गरेको छ । सो हत्याको विरोधमा माओवादीले विहिवार बारा जिल्ला बन्द आव्हान गरेको थियो । यसैबीच माओवादीले आफ्ना कार्यकर्ता हत्याको श्रृङ्खला नरोकिएको भन्दै प्रतिरोध रणनीति अपनाउन बाध्य हुने चेतावनी दिएको छ । बाराको परशुरामपुरस्थित आफ्नै निवासमा बुधवार राती अज्ञात समूहको गोली प्रहारबाट मारिएका यादवलाई राष्ट्रिय शहीद घोषणा गर्न पनि माओवादीले माग गरेको छ ।...सरकारलाई इराकका नेपालीको आग्रह
इराकमा नेपालीहरुका लागि रोजगारीको राम्रो अवसर आएको भन्दै इराकमा बस्ने नेपालीहरुले नेपाल सरकारले कुटनीतिक पहल गरेर इराकमा रोजगारीका थप अवसर सिर्जना गर्नुपर्ने बताएका छन् । इराकमा कार्यरत नेपालीहरुका तर्फाट नेपाली टिभीलाई इराकको पिपिआइमा कार्यरत श्याम गुरुङले पठाएको पत्रमा इराकमा पहिलेको जस्तो खतरा नरहेको बताइएको छ । धादिङको गुम्दी गाविसका स्थायी बासिन्दा श्याम हाल इराकको पिपि आइ कम्पनी मार्फ केबिर कम्पनीमा कार्यरत रहेका छन् । ...अमेरिकामा कार दुर्घटनामा परि एक नेपालीको मृत्यु
अमेरिकाको टेक्सासमा कार दुर्घटना हुँदा ललितपुर बागडोलका २६ वर्षीय विपिन थापाको मृत्यु भएको छ । विपिनसँगै यात्रा गरिरहेका अर्का एक लामा थरका युवा भने सामान्य घाइते भएका छन् ।गत आइतबार विहान अन्दाजी सवा एक बजे टेक्सासस्थित अर्विङ नजिकै स्थानीय हाइवे १८३ र १६१ को इन्टरसेक्सन नजिकै कार दुर्घटनामा थापाको घटनास्थलमै मृत्यु भएको हो । मृतकका नातेदार बेलु थापाका अनुसार विपिन आफैले कार चलाइरहेका थिए । ...नेपालका जंगलमा बाघको संख्या बढ्यो
मुलुकमा बाघको संख्या बढेको छ । एक अध्ययन अनुसार गतवर्ष मुलुकभर १ सय २१ रहेको बाघको संख्या यसवर्ष १ सय ५५ पुगेको छ ।बाघ संरक्षण दिवसको अवसरमा बिहीबार राजधानीको पर्यटन बोर्डमा वन मन्त्रालय लगायत विभिन्न निकायले गरेको कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।राष्ट्रिय निकुञ्ज विभाग र बाघ संरक्षणमा काम गर्ने विभिन्न निकायहरुले गरेको अध्ययनले बाघको संख्या बढेको देखाएको छ । वन मन्त्रालयका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र बरण्डाबार क्षेत्रमा १ सय २५, बर्दिया राष्ट्रिय निकुञ्जमा १८,शुक्ला फाँटा बन्यजन्तु आरक्षमा ८ र पर्सा निकुञ्जमा ४ वटा बाघ भेटिएको छ ।...नेपालकै महँगा फुटबलर बने शन्तोष
'ए' डिभिजन लिगका उत्कृष्ट स्ट्राइकर सन्तोष साहुखल सर्वाधिक पारिश्रमिक पाउने फुटबलर बनेका छन्। मनाङले उनलाई मासिक ५० हजारमा अनुबन्धन गरेको छ। सन्तोषले लिगमा नबिल थ्री स्टारबाट खेल्दै सर्वाधिक १९ गोल गरेका थिए। मनाङले २०६२ मा बसन्त थापालाई यसअघि सबैभन्दा बढी मासिक ३० हजार पारिश्रमिक दिन्थ्यो।अन्य क्लबबाट मनाङ आउने खेलाडीको समान धारणा पाइयो। टोली र आर्थिक नै प्रमुख कारण रहेको उनीहरूको भनाइ छ। 'म एउटाले टिम धान्ने होइन। राम्रा खेलाडीले क्लब छोडेपछि म मात्र बस्ने कुरा आएन,' सन्तोषले भने, 'प्रस्ताव पनि राम्रो आयो।'...नेपाली टिभीलाई इराकका नेपालीको आभार
इराकमा कार्यरत नेपालीहरुले आफ्नो रोजगारीको रक्षाका लागि नेपाल सरकारले चालेको कदमको स्वागत गर्दै, आफ्नो आवाज नेपाल सरकारसम्म पुर्याइदिएकोमा नेपाली टिभी युकेलाई पनि आभार प्रकट गरेका छन् । इराकमा कार्यरत नेपाली कामदारहरुलाई अमेरिकी सेन्ट्रल कमाण्डको आदेशपछि यहि साउन २४ अर्थात अगष्ट ९ भित्र इराक छाड्न सम्बन्धित कम्पनीले निर्देशन दिएपछि उनीहरुको रोजगारी र जीवन रक्षाको लागि नेपाली टिभीले नेपाल सरकारका सम्बद्ध अधिकारीहरुको ध्यानाकर्षण गराउँदै सरकारको आधिकारिक धारणा मागेको थियो ।...नयाँ सैन्य भर्तिका लागि बाटो खुल्ला
सर्बोच्च अदालतले नेपाली सेनालाई नयाँ सैन्य भर्ति गर्ने बाटो खुल्ला गरिदिएको छ । सैन्य भर्ना विरुद्ध परेको रिट सर्बोच्चले खारेज गरिदिएपछि सेनालाई नयाँ भर्तिको बाटो खुल्ला भएको हो । सर्बोच्च अदालतका न्यायाधीसद्धय बलराम केसी र गौरी ढकालको इजलासले सैन्य भर्ति रोक्नका लागि परेको रिट खारेज गरिदिएको छ । सैन्य भर्ना शान्ति सम्झौता विपरित रहेको भन्दै अधिवक्त श्रीकृष्ण सुवेदीले रिट दायर गरेका थिए । सर्बोच्चको फैसलापछि नेपाली सेनामा भर्ना लिन अब बाटो खुलेको सैनिक प्रवक्ता रमिन्द्र क्षेत्रीले बताउनुभयो । ...पाकिस्तानको पहाडमा विमान ठोक्कियो
पाकिस्तानको कराँचीबाट इस्लामाबादतर्फ जाँदै गरेको एउटा यात्रुवाहक बिमान पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा कम्तिमा १ सय ५० यात्रु बेपत्ता भएका छन् । उक्त विमान कराँची नजिकैको मारगाला पहाडमा दुर्घटनाग्रस्त भएको बिबिसीले जनाएको छ । खराब मौसमका कारण विमान पहाडमा ठोक्किएको पाकिस्तानी अधिकारीहरुलाई उधृत गर्दै बिबिसीले जनाएको छ । एयर ब्लू कम्पनीको क्त बिमान कम्पनीले खाडी देश तथा बेलायत र आन्तरिक उडान भर्दै आएको छ । मारगाला पहाडडी क्षेत्रमा धुँवाको मुस्लो देखिएको स्थानीय बासिन्दाले बताएका छन् । ...मधेशी मोर्चा अब तटस्थ नबस्ने दावी
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी १७ साउनमा हुने प्रधानमन्त्रीय चुनावमा मधेशी मोर्चासम्वद्ध चार दल तटस्थ नबस्ने घोषणा गनुभएको छ । रिपोर्र्टर्स क्लब नेपालद्वारा बुधवार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष यादवले लडाकु समायोजन र वाईसीएलको अर्धसैन्य संरचना भंग गर्ने विश्वसनीय आधार दिएमा माओवादीलाई र्समर्थन गर्ने समेत स्पष्ट पार्नुभयो । तर यादबले मधेशको मुद्दामा कांग्रेस र माओवादी मध्ये जसले विश्वसनीय आधिकारिक धारणा र्सार्वजनिक गर्छन्, उनैलाई मधेशी मोर्चाले र्समर्थन गर्ने समेत दाबी गर्नुभयो । ...पूर्व राजा ज्ञानेन्द्रद्धारा दुःख व्यक्त
पूर्व राजा ज्ञानेन्द्र शाहले गत सोमवार आफू सहभागि भएको कार्यक्रममा सन्चारकर्मीमाथि भएको दुर्व्यवहारप्रति दुःख व्यक्त गर्नुभएको छ । पूर्व राजाका निजी सचिव फणिराज पाठकले एक विज्ञप्ति जारी गरि सोमवार भक्तपूरको चित्तपोलमा भएको सो घटनाप्रति दुःख व्यक्त गर्नुभएको जनाउनुभएको हो । भक्तपूरको चित्तपोलस्थित भंगालमा आयोजित महायज्ञको समापनमा पूर्व राजा गएका बेला सन्चारकर्मीहरुले उहाँको प्रतिक्रिया लिन खोज्दा उहाँका अंगरक्षक र प्रहरीले पत्रकारमाथि आक्रमण गरेका थिए । ...इराकमा नेपाली कामदार जान पाउने
सरकारले विगत ८ वर्षेखि इराकमा नेपाली कामदार पठाउन लगाउदै आएको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । प्रधानमन्त्री माधवकुमार नेपालले सम्बद्ध अधिकारीहरुलाई इराकमा लगाइएको प्रतिबन्ध फुकुवा गरि हाल इराकमा कार्यरत नेपालीहरुको रोजगारीको रक्षा गर्ने कदम चाल्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिनुभएको छ । इराकमा इराकमा काम गरिरहेका नेपालीहरुलाई अमेरिकी सेन्टर कमाण्डले अवैध कामदार भन्दै स्वदेश फर्किन निर्देशन दिएको छ । ...प्रचण्डको मात्र नेतृत्व पनि असफल हुने
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टर्राईले कांग्रेस वा एमालेमध्ये एउटा दलको सहभागिता बिनाको सरकारको नेतृत्व नगर्न अध्यक्ष पुष्पकमल दाहाललाई सुझाव दिनुभएको छ । माओवादी सम्बद्ध उच्च स्रोतका अनुसार उपाध्यक्ष भट्टर्राईले मधेशवादीले र्समर्थननै गरे पनि त्यस्तो सरकारको नेतृत्व गरेर शान्ति र संविधान सम्भव नभएको भन्दै वृहत सहमतिको पक्षमा लाग्न आग्रह गर्नुभएको छ । यद्यपी भट्टर्राईको यस्तो आग्रहलाई अध्यक्ष प्रचण्डले भनें आफूप्रतिको असहयोगका रुपमा लिनुभएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।...एमालेका कांग्रेस परस्तलाई नांगेझार पार्ने
एमाले अध्यक्ष झलनाथ खनालले एमाले बहुमतिय सरकार बनाएर मृत्युकुण्डमा नलाने उद्घोष गर्नुभयो । सोमबार वर्तमान राजनितिक जटिलता र यसको निकास विषय विचार गोष्ठीमा शान्ति र संविधानको सुनश्चिता दिए जसको नेतृत्व पनि स्वीकार्य हुने पनि स्पष्ट पार्नु भएको छ । उहाले बहुमतको सरकारले देशलाइ निकास दिन नसक्ने जानकारी दिनुभयो । अध्यक्ष खनालले देशको कार्यभार र चुनौती अध्ययन नगरि कार्यदिशा तय गर्नु खतरा भएको धारणा व्यक्त गर्नुभयो ।...डिस्टर्ब गरेकाले कुटेको तपस्वीको वयान
तपस्वी भनिएका रामबहादुर बम्जनले १७ जना सर्वसाधारणलाई नियन्त्रणमा लिइ कारवाहीस्वरुप आफैंले कुटेको स्वीकारेका छन् ।रतनपुरीको हलखोरिया जंगल -तपस्या स्थल) मा कुटपिटको घटनाबारे आइतवार थप बुझ्न गएका प्रहरी र संचारकर्मीको टोलीसँंग बम्जनले ती सर्वसाधारणहरुले आफ्नो तपस्या स्थल वरिपरि आएर तपस्या भंग गर्न खोजेकोले कारबाहीस्वरुप आफैंले उनीहरुलाई कुटपिट गरेको स्वीकारे ।'प्रतिरक्षाका लागि आफूले पालैपालो थप्पड लगाएर चेतावनी स्वरुप सामान्य कारवाही गरें' उनले भने,...इराकमा रहेका हजारौं नेपाली रनभूल्ल
इराकमा काम गरिरहेका नेपालीहरुलाई अमेरिकी सेन्टर कमाण्डले अवैध कामदार भन्दै स्वदेश फर्किन निर्देशन दिएको छ । सेन्टर कमाण्डको निर्देशनपछि इराकमा रहेका नपाली कामदारहरुले नेपाल फर्किने तयारी गरेका छन् । कमाण्डले नेपाली र फिलिपिनो कामदारलाई साउन २४ अर्थात अगष्ट ९ भित्र इराक छाड्न निर्देशन दिइसकेको छ । अमेरिकी सेनाको सहयोगका लागि कम्पनी नियुकत गर्ने निकायले् २० दिनभित्र त्यस्ता सबै कामदार हटाउन मंगलवार चेतावनी पत्र पठाएको थियो ।...परपुरुषसँग बस्नका लागि श्रीमानको हत्या
श्रीमानको हत्या अभियोगमा थुनामा रहेकी समीना तामाङले प्रेमीसँग बस्न हत्या गरेको बयान दिएकी छिन्।महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासतमा रहेकी उनले 'बिहे नै गरेको छैन भनेर झुक्याई विवाह गरेकाले प्रेमीसँग बस्न श्रीमानको हत्या गरेको' बयान दिएको अनुसन्धान अधिकृत पुष्कर चन्दले बताए।१८ वर्षीया समीना र ३७ वर्षीय हर्षबहादुर थापा(विक)बीच डेढ महिनाअघि मात्र बिहे भएको थियो। चन्दका अनुसार समीनाले 'श्रीमती र २ सन्तान हुँदाहुँदै झुक्याएर बिहे गरेपछि वास्ता नगरेकाले हत्या गरेको' बयान दिएकी छिन्।...प्रेममा पागल लडाकु, हत्यामा उत्रिए
प्रेममा पागल बनेका रुपन्देहीको सैनामैनामा रहेको माओवादी शिबिरका लडाकु बिकाश भनिने माधब घिमिरेले आफ्नै दर्ुइ सहकर्मिको हत्या गरेको पुष्टी भएको छ । सैनामैनामा रहेको कृष्णसेन स्मृती ब्रिगेडका दुइ सेनाहरु रबी भनिने चन्द्र बहादुर बोहोरा र मुस्कान भनिने बिष्णु न्यौपानेको मृत शरीर बुटवल नगर पालिका वडा नम्बर १४ चारपाला सामुदायिक बन भित्र असार ३० गते बुधबार फेला परेको थियो । दुइ लडाकुको शब फेला परेपछी रुपन्देही प्रहरीले अनुसन्धान सुरु गर्दा शिबिरकै अर्का सेना बिकाश र मानब भनिने २२ बर्षा माधब घिमिरेले हत्या गरेको ठहर अनुसन्धान टोलीले गरेको थियो । ...बेलायतद्धारा गोर्खा सैनिकलाई सम्मान
गोर्खा सैनिकले संयुक्त अधिराज्य बेलायतको लागि गरेको बलिदानको कदर गर्दै बेलायत सरकारले त्यस्तो बलिदान गर्ने गोर्खा सैनिकका परिवारहरूलाई गत वर्षजुलाइ १ तारिखमा स्थापना गरिएको नया“ विभुषण एलिजावेथ ट्रष्ट मेमेरियल स्क्रोलले विभूषित गरेको छ । गोर्खालीहरुलाई यो सम्मान पहिलो पटक प्रदान गरिएको हो । ब्रिटिश सेनाका कर्र्णोल एन्ड्रयु म्याक फारनेलले धरानमा २०६७ साउन ६ गते आयोजित एक कार्यक्रममा उक्त सम्मान मृतक सेनाका परिवारका सदस्यहरूलार्इ प्रदान गर्नुभएको थियो । ...कांग्रेसका गाउ तथा नगर अधिवेशन जारी
नेपाली कांग्रेसको गाउँ तथा नगर अधिवेशन देशव्यापी रुपमा सुरु भएको छ । गाउँ अधिवेशनका लागि राजधानीमा रहेका केन्द्रिय नेताहरु जिल्ला फर्केका छन् । महाधिवेशन प्रतिनिधिले केन्द्रिय महाधिवेशनको निर्वाचन प्रभावित पार्ने हुँदा नेताहरु गाउँ तहदेखिकै निर्वाचनमा सकि्रय हुन जिल्ला पुगेका हुन् । यसपालि केन्द्रिय महाधिवेशनमा तीन हजारभर्दा बढी प्रतिनिधिले भाग लिनेछन् । कार्याहक सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले सभापतिमा लड्ने र्सार्वजनिक गरिसकेकाले गाउँ अधिवेशनबाटै दर्ुइ पक्षबीच भिडन्त हुने भएको छ ।...नेपालमा आज गुरु पूर्णिमा मनाइदै
आज गुरु पूणिर्मा पर्व गुरुहरुको आदर सम्मान गरेर मनाइदैछ । हिन्दू धर्मको महानग्रन्थ बेदका रचियता बेद व्यासको जन्मजयन्तीलाई गुरु पूणिर्माका रुपमा मनाउने प्रचलन छ । गुरुले अज्ञानरुपी आफ्ना शिष्यलाई ज्ञान दिने भएकाले विशेष गरि विद्यार्थीहरुले गुरुलाई फूलामाला अर्पण गर्दै उनीहरुबाट आशिर्वाद थाप्ने प्रचलन रहेको छ । आफ्ना छोरा शुकदेव सहित सबै ऋषिलाई बेदा बेदाङ्ग पढाएकाले व्यासलाई प्रथम र्सवश्रेष्ठ गुरु मानिन्छ । ...सबै कम्युनिस्ट एक हुनुपर्ने प्रचण्डको ठहर
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाभित्र रहेको सबै कम्युनिस्टहरु एकजुट हुँने हो भनें दक्षिणपन्थी र यथास्थितीवादीहरु पराजित हुने बताउनुभएको छ । कम्युनिस्टहरुलाई एक हुन नदिन बिभिन्न षडयन्त्र भइरहेको भन्दै उहाँले यहि कारण संविधानसभामा बहुमतमा रहेर पनि कम्युनिस्ट नेतृत्वमा सरकार गठन हुन नसकेको बताउनुभयो । नेकपा एकीकृतद्धारा प्रकाशित पुँजी नामक पुस्तकको विमोचन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्टहरु एकजुट हुँदा अबको निर्वाचनमा आफू प्रधानमन्त्रीमा निर्वाचित हुने बताउनुभयो ।...कथित बुद्धद्धारा जंगलमा दाउरे कुटिए
बाराको रतनपुरी जङगलमा निराहार तपस्यामा बसेको भनेर चर्चामा आएका तपस्वी राम बहादुर बम्जनले जङगलमा दाउरा लिन गएका व्याक्तिहरुलाई नियन्त्रणमा लिएर कुटपिट गरेको स्थानियवासिन्दाले बताएका छन । गत बिहीबार दाउरा लिन गएका मनहर्वाका राममोहन माझी, प्रभात चौधरी, देवनारायण चौधरी, परदेश चौधरी लगायतका १७ जनालाई तपस्वी बम्जन र उनका अनुयायीहरुले नियन्त्रणमा लिएर कुटपिट गरि हिजो छाडेको गाँउलेहरुलेे बताएका छन । ...कांग्रेसले नाफा खाजेको खनालको दावी
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सत्ता सहयात्री नेपाली कांग्रेसमाथि नाफाको राजनीति गर्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले कांग्रेसलाई साफानाफाको राजनीति छाडेर मूल्यमान्यता र मिसनको राजनीति गर्न सुझाव दिनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसका अवसरमा शनिवार केन्द्रीय कार्यालय बल्खुमा आयोजित रक्तदान कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष खनालले उहाँले यस्तो कुरा बताउनुभएको हो । ...प्रधानमन्त्री चयन गराउन नेम्वाङ सक्रिय
पटक पटक निर्वाचन गराउँदा पनि प्रधानमन्त्री पदको निर्वाचन नटुंगिएपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले गम्भिर परामर्श थाल्नुभएको छ । अहिलेकै अवस्था कायम रहेमा साउन १७ गतेका लागि निर्धारित तेस्रो चरणमा पनि प्रधानमन्त्रीको चयन हुन नसक्ने अवस्था देखिएपछि सभामुख नेम्वाङले दलहरुसँग परामर्श थाल्नुभएको हो । उहाँले यसै सिलसिलामा आज विहानै प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटेर अबको उपायका बारेमा छलफल गर्नुभएको थियो । नेम्वाङले माओवादी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड, कांग्रेस नेता रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग पनि प्रधानमन्त्री चयनको बारेमा छलफल गर्नुहुने भएको छ ।...एमालेले गाइजात्रा देखाएको वैद्यको आरोप
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य किरणले माओवादीको नेतृत्वमा सरकार गठन भएमात्र शान्ति र संविधान निर्माण हुनसक्ने बताउनुभएको छ । जनयुद्धको नविन यर्थाथमा आधारित उपन्यासकार मञ्जु वमद्धारा लेखिएको संघर्षको गोरेटो उपन्यास र्सार्वजनिक कार्यक्रममा उपाध्यक्ष बैद्यले यस्तो बताउनु भएको हो । उपाध्यक्ष वैद्यले अन्तरीम संविधानमै दुइ तिहाइ हुदाँहुँदै बहुमतिय खेलतिर लाग्नु गलत भएको धारणा व्यक्त गर्नुभयो । उहाँले एमालेले जितिसकेका आफ्नै अध्यक्षलाइ हराएर विचित्रको परिणाम दिएरदर्ुइ तिहाइको ढोङ्ग रचेको आरोप लगाउनु भयो । ...प्रचण्डको २४२ विरुद्ध रामचन्द्रको १२३
व्यवस्थापिका संसद आज पनि प्रधानमन्त्री चयन गर्न असफल भएको छ । प्रधानमन्त्री पदका लागि आज भएको दोस्रो चरणको निर्वाचनमा पनि दुवै उम्मेदवारले आवश्यक मत जुटाउन नसकेपछि तेस्रो पटक निर्वाचन हुने भएको छ । व्यवस्थापिका संसद कार्यव्यवस्था समितिले तेस्रो चरणको निर्वाचन आगामी साउन १७ गतेका लागि तोकेको छ । प्रधानमन्त्रीका उम्मेदवारले आफ्नो पक्षमा बहुमत जुटाउनका लागि १० दिनको समय पाएका छन् । आजको निर्वाचनमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बहुमतको नजिक पुगे पनि कम्तिमा १० मतको अभाव भएकाले आज टुंगो लाग्न नसकेको माओवादी स्थायी समिति सदस्य गिरिराजमणी पोखरेलले बताउनुभयो ।...केटीको लफडामा गायक परियार पक्राउ
युवतीको विषयलाई लिएर भएको विवादमा राजधानीको नयाँ बसपार्कस्थित एक पसलमा तोडफोड गरेपछि चर्चित लोक गायक राजु परियारलाई प्रहरीले विहीबार राति नियन्त्रणमा लिएको छ । अत्यधिक मदिरा सेवन गरेका गायक परियारले युवतीको विषयमा विवाद भएपछि उक्त पसलमा तोडफोड गर्न थालेपछि गायक परियारलाई सोह्रखुट्टे प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिने क्रममा परियारले प्रहरीमाथि हातपात गर्नुका साथै प्रहरी भ्यानमा समेत तोडफोड गरेका थिए ।...रेडियो संचालकको हत्या, तुलसीपुरमा मौन आतंक
सामुदायिक एफएम रेडियो तुलसीपुर संचालक समितिमा अध्यक्ष देवीप्रसाद धिताल हेमराज को गोली हानी हत्या भएको विरोधमा आज बिहानैदेखि तुलसीपुर बजार बन्द गरीएको थियो । यसैगरी रेडियो तुलसीपुरले आज विहानैदेखि दिनभर शोकधुन बजाएको थियो । ...म्याराडोना कम्युनिस्ट नेता भेट्न व्यस्त
विश्व फुटवलका महान हस्ती डिएगो म्याराडोनालाई आफ्नै राष्ट्रपतिले भेट गर्न व्यग्रता पर्ुवक प्रतिक्षा गरिरहेका बेला उनी भनें भनेजुएलाका कम्युनिस्ट राष्ट्रपति हृयुगो चाभेजसँग भेट गर्न पुगेका छन् । म्याराडोनालाई अर्जेन्टिनाको फुटवल महासंघले पुनः चार वर्षा लागि राष्ट्रिय फुटबलको प्रशिक्षक बन्न औपचारिक आग्रह गरिसकेको छ । उनले अर्को साता राष्ट्रपतिलाई भेटेर सो आग्रह स्वीकार गर्ने भएका छन् । ...तेस्रो चरणको भिडन्त साउन १७ मा
संसदको कार्यव्यवस्था परामर्श समितिले प्रधानमन्त्रीको लागि तेस्रो निर्वाचन यही साउन १७ गते दिउँसो ४ बजे तोकेका छन् । शुक्रबार प्रधानमन्त्रीको निर्वाचन प्रकृया सुरु हुनु अघिबसेको समितिको बैठकले तेस्रो निर्वाचनको मिति र समय तोकेको हो । पहिलो निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल दुवैले बुधबार पहिलो चरणको निर्वाचनमा कसैले पनि बहुमत नल्याएपछि ...प्रचण्ड र पौडेलसँग मधेशवादीको च्याँखे
नयाँ सरकारको ताला चाबी बोकेर बस्नेमध्येका प्रमुख चार मधेशवादी दलहरुले भोलि हुने प्रधानमन्त्रीको निर्वाचनमा कसलाई भोट दिने भन्ने बारेमा विहिवार पनि कुनै निर्णय गर्न सकेनन् । शान्ति, संविधान र मधेशी मुद्धामा र्समर्थन गर्ने दलका उम्मेदवारलाई मत दिने सहमति उनीहरुले गरेका छन् । विहिवार बसेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले त्यसका लागि साझा आधारपत्र तयार पारेको छ । सो आधारपत्र उनीहरुले विहिवारै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई दिएका छन् ।...शुक्रवारको प्रधानमन्त्री चुनाव व्यायाम
एमाले अध्यक्ष झलनाथ खनालले शुक्रबार हुने निर्वाचनमा पनि प्रधानमन्त्री चयन नहुने दाबी गर्नु भएको छ । नयाँ सरकार गठनको बिषयलाई लिएर बिहीबार पार्टी मुख्यालय बल्खुमा पत्रकार सम्मेलन गरी खनालले भोलिको निर्वाचन केवल व्यायम मात्र हुने स्पष्ट पार्नुभयो । एमाले अध्यक्ष खनालले भोलि हुने प्रधानमन्त्रीको निर्वाचनले राष्ट्रिय सहमतिको र सामान्य बहुमत चुन्न नसक्ने भएकाले दुर्घटनाग्रस्त निर्वाचन हुने उद्घोष गर्नुभयो । उहाँले एमाले बहुमतीय ढाँचामा नजाने र बहुमतीय ढाँचाको सरकार बनाउने प्रयास भनेको फेरी पनि शान्ति र संविधान निर्माणको बाधक तत्व रहेको जिकिर गर्नुभयो ।...एमालेमा गम्भिर विवादको आरम्भ
द’इ तिहाइ बहुमतको र्समर्थन नपाएपछि प्रधानमन्त्रीको निर्वाचन प्रक्रियाबाटै बाहिरिएको छ । नेकपा एमालेमा संकट झन गहिरिएको छ । पार्टी अध्यक्ष झलनाथ खनालको पक्षमा ३ सय ९१ जना सभासदको स्पष्ट र्समर्थन छँदाछँदै माधव नेपाल र केपी ओली पक्षले ४ सय १ जनाको लिखित हस्ताक्षरको अत्तो थापेर पार्टीको हातमा आएको प्रधानमन्त्री पद खोसेको भन्दै संस्थापन पक्षले आक्रोश व्यक्त गरेको छ । एमाले केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा खनालका प्रस्तावक माधवकुमार नेपालले खनालको उम्मेदवारीको प्रस्ताव फिर्ता लिनुभएको थियो । ...पौडेलको पक्षमा बहुमत जुटाउने प्रयास
नेपाली कांग्रेसले प्रधानमन्त्रीका लागि भोलि शुक्रवार हुने दोस्रो चरणको निर्वाचनमा आफ्ना उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन थप पहल गर्ने भएको छ । कांग्रेसको आज विहान बसेको पदाधिकरी बैठकले हिजोको मतदानका बेला तटस्थ बसेका दलहरुसँग पौडेललाई मतदानका लागि आग्रह गर्ने निर्णय गरेको छ । कांग्रेसले अहिलेको २२ दलिय गठबन्धनलाई कायमै राख्ने भन्दै नेकपा एमाले सहितका अन्य दलहरुसँग छलफल चलाउने भएको छ । भोलिको चुनावमा कसैलाई पनि मत नदिने घोषणा गरेको एमालेलाई आफ्नो पक्षमा पार्न प्रयास गरिने पनि कांग्रेस नेताहरुले बताएका छन् । ...अब प्रचण्ड र रामचन्द्रको प्रतिस्पर्धा
संसदमा प्रधानमन्त्री चयनका लागि आज भएको मतदानमा कसैलेपनि स्पष्ट बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ । आज भएको मतदानमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कागे्रसका रामचन्द्र पौडेलले बहुमतका लागि आबस्यक तीन सय भोट ल्याउन नसकेपछि पुनः मतदान हुने भएको हो । मत विभाजनका क्रममा आज भएको मतदानमा माओवादी उमेदवार प्रचण्डको पक्षमा २४२ मत, विपक्षमा ११४ र तटस्थमा २३६ मत परेको थियो । ...सामान्य बहुमत त मैसँग छः नेपाल
कामचलाउ सरकारकारका प्रधानमन्त्री तथा नेकपा -एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले वहुमत हुँदाहुँदै पनि राष्ट्रिय सहमितका लागि आफुले पदबाट राजीनामा दिएको बताउनु भएको छ । व्यवस्थापिका संसदको आज बसेको बैठकमा प्रधानन्त्रीमा एमालेका प्रत्याशी झलनाथ खनालका लागि प्रस्ताव गर्दै उहाँले सहमतिका साथ नयाँ सरकार बनाएर शान्ति र संविधानका साथ जाने पहल गरेको बताउनु भयो । ...संसदमा नयाँ प्रधानमन्त्रीको चुनाव हुँदै
प्रधानमन्त्री चयनका लागि बुधबार व्यवस्थापिका संसदमा मतदान हुदैछ । प्रधानमन्त्रीका लागि मुख्य तीन दलले उम्मेदवारी दर्ता गराएका छन् । विहान ११ बजेपछि बस्ने संसदको बैठकमा मत विभाजनका आधारमा प्रधानमन्त्री चयन गरिनेछ । बैठकको सुरुमा दर्ता क्रम अनुसार प्रस्तावकले प्रस्ताव राख्ने र समर्थकले समर्थन जनाउने तथा छलफलमा भाग लिन चाहने सभासदले बोल्ने क्रम सकिएपछि कुनै प्रस्तावकले उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।...दुइ तिहाइ नपाए एमालेले मैदान छाड्ने
नेकपा एमालेले दुइतिहाइ बहुमत आउने अवस्था नदेखिएमा प्रधानमन्त्री पदका लागि लागि अध्यक्ष झलनाथ खनालले दिनुभएको उमेदवारी फिर्ता लिने निर्णय गरेको छ । एमाले केन्द्रिय कमिटिको मङ्गलबारको बैठकले दुइतिहाइ बहुमतको सरकारमा मात्र सहभागि हुने निर्णय गरेको हो । केन्द्रिय कमिटिको बैठकमा कांग्रेसलाइ र्समर्थन गर्नुपर्ने र सामान्य बहुमत भएपनि आफै नेतृत्व गर्नुपर्ने दुइखाले अलग अलग बिचार आएपछि सहमतिका लागि बिचको बाटो रोजिएको. हो । पार्टि केन्द्रीय कार्यलय बल्खुमा बसेको बैठकले भोली सम्म ४०१ जना सभासद्को लिखीत हस्ताक्षर उपस्थीत गराएमा मात्र उमेद्धारी कायमै रहने समेत स्पष्ट पारेको छ । ...प्रधानमन्त्रीमा प्रचण्ड सहित तीनको दावी
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ प्रधानमन्त्री बन्नका लागि तीन ठूला दलका शीर्ष नेताहरुले आ आफ्नो उम्मेदवारी मनोनयन गराउनुभएको छ । संयुक्त मधेशी मोर्चा सहित अन्य साना दलहरुले प्रधानमन्त्री पदका लागि उम्मेदवारी नदिएपछि अब मुख्य तीन दलका नेताहरुबीच प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्री पदका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र नेपाली कांग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलको मात्र उम्मेदवारी परेको संविधानसभा संसद सचिवालयले जनाएको छ । ...छबीको स्मृतीमा माओवादीको भण्डाफोर
नेकपा एमालेले १२ दिन अगाडी ओखलढुङ्गामा हत्या गरीएका आफ्ना नेता छविलाल कार्कीको स्मृतिमा आज देशव्यापी रुपमा सोकसभा र माओवादीको भण्डाफोर गर्ने भएको छ । छवि कार्कीको हत्या माओवादीले गरेको आरोप लगाँउदै एमालेले भण्डाफोर गर्न लागेको हो । आज अपरान्ह एमालेले देशव्यापी रुपमा माओवादीको भण्डाफोर गर्दै विरोध सभाहरु गर्ने भएको छ । यसै सिलसिलामा सोमबार साझँ काठमाडौँमा एमालेले माओवादी विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । ...पौडेललाई भोट हाल्न कांग्रेसको हृवीप
प्रधानमन्त्रीमा संसदीय दलका नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको कांग्रेसले पौडेलको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।गलबार ह्वीप जारी गर्दै सचेतक लक्ष्मणप्रसाद घिमिरेले पौडेलको पक्षमा मतदान गर्न आफ्ना सभासदहरुलाई आग्रह गरेका छन् । 'प्रधानमन्त्री पदको निर्वाचनको लागि २०६७ साउन ५ गते दिनको ११ बजे बस्ने व्यवस्थापिका संसदको बैठकमा अनिवार्य उपस्थित भइ नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार माननीय रामचन्द्र पौडेलको पक्षमा मतदान गर्नुहुन यो निर्देश (ह्वीप) जारी गरिएको छ,' घिमिरेले जारी गरेको ह्वीपमा उल्लेख छ ।...खामलाई निलम्बन गर्ने माओवादी तयारी
जनमुक्ति सेनाका पा"चौं डिभिजनका कमाण्डर एवं पार्टीका केन्द्रीय सदस्य कालीबहादुर खाम 'बिबिध' माथि एमाओवादीले कारबाहीको तयारी गरिरहेका बेला देशभरका छापामार कमाण्डरहरु काठमाडौंमा जम्मा भएका छन् । यार्सागुम्बा तस्करी र चिनिया" व्यापारी लुटपाटमा खामको संलग्नता देखिएपछि माओवादी नेतृत्व उनीमाथि कारबाही गर्ने अन्तिम चरणमा पुगेका बेला अस्थायी शिविरका कमाण्डरहरुलाई हेडक्वार्टरमा झिकाइएको माओवादी स्रोतले जनाएको छ । साउन १ गते बसेको स्थायी समिति बैठकले खामको बारेमा छानबिन गर्न वर्षान पुन र जनार्दन शर्मालाई जिम्मा दिएको थियो । खाम शर्मा निकटस्थ मानिन्छन् ।...एमालेमा खनाल ओली बिबाद चर्कियो
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा त्रि्र विवाद उत्पन्न भएको छ । बहुमतिय सरकारको प्रधानमन्त्री दावी गर्ने कि नगर्ने भन्ने विवाद चर्किएपछि बैठक लम्बिने संकेत देखिएको छ । पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा जारी रहेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष झलनाथ खनालाई प्रधानमन्त्रीको उम्मेदवार उठाउने संस्थापन पक्षको तयारी विरुद्ध माधव नेपाल र केपी ओली पक्षधर सदस्यहरु एकजुट भएको बताइएको छ । आफ्नै पार्टीका बरिष्ठ नेताको बहुमतको सरकार हुँदा हुँदै राजिनामा गर्न लगाएर पार्टी अध्यक्षले प्रधानमन्त्री बन्ने खेल खेल्नु अनैतिक हुने भन्दै सो पक्षले सहमतिको बाहेक अरु सरकारमा एमाले जान नहुने अडान राखेको छ । ...सार्कोजी नेपाल भ्रमण गर्न इच्छुक
फ्रान्सका राष्टपति निकोलस साकोर्जी नेपाल भ्रमण गर्न इच्छुक देखिनुभएको छ । पेरीसस्थित इलिस प्यालेसमा हालै राष्टपति सार्कोजी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा नवनियुक्त राजदूत मोहनकृष्ण श्रेष्ठले भ्रमणको प्रस्ताव गर्नुभएको थियो । राष्ट्रपतिले फ्रान्स सरकारका तर्फाट दूतावासलाई सबैखाले सहयोग रहने समेत बताउनुभएकोे तियो । सन् १९८३ मा फ्रँन्सका तत्कालीन राष्ट्रपति फांस्वा मितेरापछि नेपालमा उच्चस्तरीय भ्रमण हुन सकेको छैन । ...सरकारको नेतृत्वमा माओवादी लचिलो
संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीले भनें सरकारको नेतृत्वको विकल्प खुला राख्ने निर्णय गरेको छ । शनिवार बसेको पार्टी स्थायी समिति बैठकले पार्टीभित्र र बाहीर समेत सरकारको नेतृत्वको विकल्प खुला राख्ने निर्णय गरेको हो । यसअघि पार्टी अध्यक्ष प्रचण्डको नाममा दावी गर्दै आएको माओवादी आफ्नो पहिलोको अडानबाट लचिलो बनेको हो । बैठकपछि प्रवक्ता दिनानाथ शर्माले शान्ति र संविधान सुनिश्चित गर्न पार्टीले सबै विकल्प खुला राख्ने निर्णय गरेको जानकारी दिनुभयो । ...ब्रिटिश गोर्खाका हत्यारा तालिवानतिर
एक नेपालीसहित तीनजना बेलायती सैनिकको हत्या गर्ने अफगान सैनिक तालिवान विद्रोही समूहमा प्रवेश गरेका छन् । २१ वर्षीय हत्यारा अफगान सैनिक तलिव हुसैनले तीनजना बेलायती सैनिकको आफूले ग्रिनेड विस्फोट गर्राई हत्या गरेको स्वीकार गरेका छन् । एक गोर्खा सहित तीन बेलायती सैनिकको हत्या गरी तालिवानी विद्रोही समूहमा प्रवेश गरेको बताउने हत्यारा हुसैनले बेलायती सैनिकले अफगान सैनिकको भावनाविपरीत काम गरेकाले आफूले हत्या गरेको जनाएका छन् ।...मसाल र राष्ट्रिय जनमोर्चामा बिभाजन
भूमिगत कम्युनिस्ट नेता मोहनविक्रम सिंहले नेतृत्व गरेको पार्टी नेकपा मसाल र त्यसको बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा आजबाट बिधिवत रुपमा बिभाजित भएको छ । राष्ट्रिय जनमोर्चाका महासचिव एबं मसालका पोलिटव्युरो सदस्य डिलाराम आचार्यको नेतृत्वमा सो पार्टीका केही नेता कार्यकर्ताहरु अलग भएका छन् । उनीहरुले शुक्रवार अपरान्ह काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक भेलामार्फ पार्टी बिभाजनको घोषणा गरिएको हो । डिलाराम आचार्य पूर्व सांसद समेत हुन् । ...कांग्रेसबाट रामाचन्द्र पौडेल र्सवसम्मत
लामो समयदेखिको विवाद र बहसपछि अन्ततः नेपाली कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारमा आफ्नो पार्टीबाट संसदीय दलका नेता रामचन्द्र पौडेलको नाम र्सवसम्मत रुपमा चयन गरेको छ । केन्द्रीय कार्य समितिको शनिवार बसेको बैठकले आगामी सरकारको नेतृत्व दावी गर्दै प्रधानमन्त्रीमा पौडेलको नाम तय गरेको हो । बैठकमा यसअघि प्रधानमन्त्रीको दावी गर्दै आउनुभएका बरिष्ठ नेता शेरबहादुर देउवाले पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन प्रस्ताव गर्नुभएको थियो भनें अर्का दावेदार केबी गुरुङले र्समर्थन गर्नुभएको थियो । ...अर्जेन्टिनालाई अझै म्याराडोनाको खाँचो
अर्जेन्टिनी फुटवल महासंघले महान खेलाडी डिएगो म्याराडोनालाई २०१४ मा ब्राजिलमा हुने विश्वकप फुटबलसम्मको लागि प्रशिक्षक पदमा रहिरहन आग्रह गरेको छ । दक्षिण अफि्रकामा सम्पन्न विश्वकपमा अर्जेन्टिनालाई क्वाटर फाइनलसम्म पुर्याएका म्याराडोनालाई महासंघले गरेको आग्रहमा आगामी विश्वकपमा अर्जेन्टिना छनोट भएको खण्डमा उनलेनै विश्वकपका लागि टोली तयार पार्ने समेत उल्लेख छ । यो प्रस्ताव सहित संघका अध्यक्ष जुलियो ग्रोण्डोनाले आगामी साता म्याराडोनालाई भेट्ने बताइएको छ । म्याराडोनाले भनें महासंघको यस प्रस्तावबारे केही बताएका छन् ।...बिबिधलाई पक्राउ गर्न प्रचण्डको स्वीकृति
एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एबं जनमुक्ति सेनाका डिभिजन कमाण्डर कालिवहादुर खाम बिबिध विरुद्ध प्रहरीले चारओटा मुद्धा लगाउने तयारी गरेको छ । बिबिधलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी शक्ति परिचालन गरिएको छ । पछिल्लो पटक चिनियाँ नागरिकलाई लुटपाट गर्न संल्गन भएको अभियोग लागेका माओवादी नेता बिबिधमाथि यसअघिका घटनालाई समेत समेटेर चारओटा मुद्धा लगाउने तयारी भएको हो । यसअघि कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको अपहरणपछि हत्या संलग्न भन्दै अदालतले पक्राउ पर्ुर्जी जारी गरेका बिबिध हालसम्म प्रहरीको नजरमा फरार रहदै आएका छन । ...मारिएका गोर्खा सैनिकको परिवार शोकमा
अफगानिस्तानमा अफगान सैनिकको गोली लागि मृत्यु भएका ब्रिटिश सेनामा कार्यरत गोरखा सैनिक अर्जुन पूर्जाको परिवार अहिले शोकमा डुबेको छ । छोरा अफगानिस्तानमा रहेको जानकारी समेत नपाएका उनका बाबु आमा एकनासले रोइरहेका छन् भनें बहिनी सुशिला बाबु आमालाई सान्त्वना दिन नसकेर आफैं रोइरहेकी छन् । तीन दिनदेखि केही नखाइ शोकमा डुबेका गोर्खाली सैनिक अर्जुनका परिवारलाई सान्त्वना दिन अहिले गाउँलेहरुको भीड लाग्ने गरेको छ । बेलायती सेनामा कार्यरत जेठो छोरा अर्जुनको गत मंगलवार अफगानिस्तानमा एक अफगान सैनिकको गोली प्रहारबाट मुत्यु भएपछि पोखरा लामाचौरका यमवहादुर पर्ुजाको घर शोकमा डुबेको हो । घरको जेठो छोराको ३४ वर्षो युवा उमेरमै मृत्यु भएको खबरले बाबु यमवहादुर र आमामात्र होइन, ८६ वषिर्या हजुरआमा बैसरा पुन समेत शोकमा डुबेका छन् । बाबु यमवहादुर सकी नसकी आफ्नो पीडा आफन्तहरुलाई सुनाइरहेका छन् ।...प्रधानमन्त्रीको नाममा कांग्रेस बिभाजित
सरकारका जाने वा नजाने र गएमा कसको नेतृत्वमा जाने भन्ने विवादले कांग्रेसको केन्द्रीय कार्य समिति बैठक प्रभावित भएको छ । हिजोको बैठकमा नेताहरुबीच विवाद भएपछि आज फेरि बैठक बोलाइएको छ । केही नेताहरुले माओवादीलाई अलग राखेर सरकारको नेतृत्व गर्नुभएको अर्थ नहुने बताउँदै आएका छन् । केन्द्रीय सदस्य सुजाता कोइराला, नरहरी आचार्य लगायतका नेताहरुले यस्तो बिचार राखेका छन् । अर्कोतिर गोविन्दराज जोशी लगायतका नेताहरुले पनि सरकारमा जानुको औचित्य पुष्टि गर्न नेतृत्वलाई चुनौति दिएका छन् । ...शोभराजकी प्रेमिका अदालतसँग अशन्तुष्ट
सिरियल किलरका उपनामले विश्वभरि चिनिएका कुख्यात अपराधि चार्ल्स सोभराजको फैसला फेरि सरेको छ । विभिन्न हत्या अभियोगमा जेलमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्दामा बुधबार हुने भनिएको फैसला सरेको हो । मुद्दामाथिको छलफल नसकिएकाले आगामी साउन १४ गतेमात्र फैसला सुनाइने भएको हो । न्यायधिशद्धय रामकुमार प्रसाद शाह र गौरी ढकालको संयुक्त इजलासले साउन १४ गते मुद्दामाथिको निर्णय सुनाउने भएको हो । यसअघि असार ३० गते फैसला सुनाउने निर्णय, न्यायधिशद्धयको इजलासले गरेको थिया े। ...बालक हत्याका अभियुक्त लामा पक्राउ
गोठाटार गोलीकाण्डका प्रमुख अभियुक्त रत्न लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले घटनाको पाच महिनापछि लामालाई काभ्रे गएर पक्राउ गरेको हो । बुधबार बिहान पक्राउ परेका लामालाई महाशाखाका अधिकारीले काठमाडौं ल्याईसकेका छन् । सडकमा गिट्टी थुपारेको विषयमा विवादमा लामा समूहले गोली चलाउदा सात वर्षीय बालक सन्तोष कार्कीको मृत्यु भएको थियो । घटनामा एक जना घाइते भएका थिए । प्रहरीले घटनामा संलग्न रत्नका छोरा पाल्देन लामा र उनका सहयोगी रामेश्वर श्र्रेष्ठ र पासाङ लामालाई पक्राउ गरेको थियो । ...खाम माओवादी सर्म्पर्कमा नरहेको दावी
चिनिया व्यापारीको २६ लाख लुट्ने गिरोहका योजनकार भनेर प्रहरीद्धारा अभियोग लगाइएका एकीकृत माओवादीका केन्द्रीय सदस्य एबं जनमुक्ति सेनाका डिभिजन कमाण्डर कालिवहादुर खाम बिबिध २ महिनादेखि पार्टीको सर्म्पर्कमा नरहेको माओवादीले जनाएको छ । एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले खाम पार्टीको सर्म्पर्कमा नरहेकाले उनलाई पक्राउ गर्ने जिम्मेवारी प्रहरीको भएको बताउनुभएको छ । कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको अपहरण गरि चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको तेस्रो शिविरमा यातना दिई हत्या गरेको अभियोग लागेका खाममाथि पछिल्लो समयमा लुटपाट, डकैती र सरकारी कागज किर्ते गरेको अभियोगमा प्रहरीले खोजि गरिरहेको छ । ...डिएगो स्वस्थ, क्यास्ट्रोलाई भेट्ने चाहना
यसपटकको विश्वकपमा खेलाडीभन्दा बढि चर्चामा रहेका कोही पात्र हुन् भनें डिएगो म्याराडोना र अक्टोपस पाउलनै हुन् । असीको दशकका जादूमय खेलाडी म्याराडोना अर्जेन्टिनी टोलीको प्रशिक्षक बनेर जोहानेर्सवर्गमा पुग्दा विश्वको ध्यान लिओनल मेसीभन्दा डिएगो म्याराडोनातिर तानिएका थियो । अर्जेन्टिनालाई विश्वकप दिलाएर फर्किने म्याराडोनाको सपना क्वाटरफाइनलमै चकनाचुर भएपछि धेरैले अब म्याराडोना फेरि लागु औषधको सेवनमा फर्किने दावी गरेका थिए । तर उनका व्यक्तिगत चिकित्सकले म्याराडोना लागु औषध र रक्सीको लतमा नर्फककेको बताउँदै उनको स्वास्थ्यस्थिती पर्ूण्ा रुपमा ठिक रहेको बताएका छन् । ...ओलीले विरोध गरेपनि खनाल प्रधानमन्त्री
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माओवादी र कांग्रेसले एक अर्कोलाई र्समर्थन गर्ने अवस्था नरहेकोले अबको सरकारको नेतृत्व एमाले अध्यक्ष झलनाथ खनालले गर्ने दावी गर्नुभएको छ । बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले केपी ओली पक्षले विरोध गरे पनि अध्यक्ष खनाल प्रधानमन्त्री बन्ने बताउनुभयो । ओलीलाई माओवादीको विरोध गर्दैमा सबै समस्याको समाधान हुन्छ भन्ने भ्रम रहेको आरोप लगाउँदै गौतमले आफूहरु माओवादीलाई समेत सहभागी गराएर शान्ति र संविधानलाई टुंगोमा पुर्याउने पक्षमा रहेको स्पष्ट पार्नुभयो । खनाललाई माओवादीले पनि प्रधानमन्त्रीमा स्वीकार गर्न सक्ने भएकाले अबको विकल्प अरु नभएको समेत गौतमले बताउनुभयो ।...अफगानिस्तानमा गोर्खा सैनिकको मृत्यु
बेलायती दूतावासले मंगलबार बिहानको घट्नामा एक जना बेलायती सेनामा कार्यरत गोर्खा सैनिक मारिएको जनाएको छ । अफगान सुरक्षा फौजले प्रहार गरेको गोली लागि ती गोर्खा सैनिकसहित अन्य दुई बेलायती सैनिकसमेत मारिएको उल्लेख गरेको छ ।ती सैनिक शाही गोर्खा राइफलको फष्ट बटालीयनमा कार्यरत थिए । मारिने सैनिकहरुको नाम भने दिइएको छैन । उक्त घट्नाप्रति अफ्गानी राष्ट्रपति हमिद कारजाइले माफी मागेको पनि उल्लेख छ ।बीबीसीका अनुसार यस प्रकारले अफगानी सुरक्षा फौजले बेलायती सेनामाथि आक्रमण गरेको यो तेस्रो पटक हो । ...गौतम राष्ट्रसंघीय महासभाको उम्मेदवार
सरकारले संयुक्त राष्ट्रसंघका पर्ूव सहायक महासचिव कुलचन्द्र गौतमलाई राष्ट्रसंघीय महासभाको प्रेसिडेन्ट पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । कामचलाउ मन्त्रिपरीषद्को सोमबारको बैठकले उहालाई सन् २०११ को सेप्टेम्बरदेखि २०१२ सेप्टेम्बरसम्मको एकवर्षपदावधिका लागि हुने निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो । मन्त्रिपरीषद्ले गौतमलाई प्रेसिडेन्टमा जिताउन व्यापक कूटनीतिक लबिङ गर्ने निर्णय गरेको जानकारी उर्जामन्त्री प्रकाशशरण महतले दिनुभएको छ । यसपटक एसिया महाद्घीपवाट प्रेसिडेन्ट चुनिने पालो छ । एसियाली अर्कोर् मुलुक कतारले न्यूयोर्कस्थित आफ्ना राजदूतलाई प्रेसिडेन्टको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।...नयाँ प्रधानमन्त्रीको चुनाव साउन ५ मा
नयाँ प्रधानमन्त्री चयनका लागि साउन ५ गते संसदमा मतदान हुने भएको छ। सहमतिको सरकार बनाउन राष्ट्रपतिले दिएको म्याद सोमबार सकिएपछि मंगलबार बहुमतीय सरकार चयनको मिति तोकिएको हो। कार्य व्यवस्था परामर्श समितिको मंगलबारको बैठकले साउन ४ गते प्रधानमन्त्रीको नाम प्रस्ताव दर्ता र ५ गते ११ बजे प्रधानमन्त्रीको चुनाव गर्ने तय गरेको छ।'साउन ५ गते प्रधानमन्त्रीको निर्वाचन गर्ने निर्णय भएको छ' बैठकपछि संवाददातासँग कुरा गर्दै कानुनमन्त्री प्रेमबहादुर मन्त्री सिंहले भने।...अक्टोपसले अब भविष्यवाणी नगर्ने
यसपटकको विश्वकपमा धेरै स्टार खेलाडीहरुले सोचे अनुरुपको नतिजा ल्याउन सकेनन् । तर आफूले नखेले पनि शतप्रतिशत नतिजा मिलाएर विश्वकप फुटवलको स्टार बनेको अक्टोपस पाउलले भनें सन्यास लिएको घोषणा गरेको छ । अब अक्टोपसले कुनै पनि भविष्यवाणी गर्नेछैन । अक्टोपसलाई राखिएको जर्मनी एक्वारियममका प्रवक्ताले पाउल नामको सो अक्टोपसले सन्यास लिने र प्रशिक्षकसँग खेल्नुका साथै आफूलाई हेर्न आउने केटाकेटीसँग रमाएर समय बिताउने बताएका छन् । विश्वकपमा जर्मनीको सहभागिता रहेको हरेख खेलको परिणामको सही भविष्यवाणी गरेपछि यस समुद्री जीवप्रति विश्वको ध्यान आकषिर्त भएको थियो ।...माओवादीको सैन्य कमाण्डर लुटपाटमा
कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको अपहरणपछि शक्तिखोर शिविरमा लगेर हत्या गरेको आरोप झेलिरहेका माओवादीका एब केन्द्रीय नेता चिनियाँ व्यापारी लुटपाटमा संलग्न बनेको खुलासा भएको छ । माओवादीका केन्द्रीय सदस्य एबं जनमुक्ति सेनाका डिभिजन कमाण्डर कालिवहादुर खाम बिबिधमाथि राजधानीको एक गेष्ट हाउसमा चिनिया व्यापारी लुटपाटको योजनाकार भएको प्रहरीले जनाएको छ । लुटपामा संलग्न रहेका बिबिधका सवारी चालक सहित आठ जना माओवादी कार्यकर्ता समातिएपछि उनको संलग्नता खुलासा भएको हो ।...महिलाको चिच्याहट आनन्द कि अभिनय
नेपालमात्र होइन दक्षिण पुर्वी एशियामा सहवासको समयमा महिलाले ठूलो स्वरमा चिच्याउने वा यौन आनन्दको मजा लिने कुरा पश्चिमाहरुको तुलनामा निकै कम हुने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन् । तर पछिल्लो समयमा दक्षिण पूर्वी एशियाका महिलाहरको यौन जीवनमा पनि निकै ठूलो परिवर्तन आएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । तर बेलायमा गरिएको एउटा अध्ययनले यौन सम्बन्धको बेला महिलाहरुले निकाल्ने ठूलो स्वर यौन आनन्दका लागि नभएर अभिनयमात्र हो भन्ने ठहर गरेको छ । अन्तरंग क्षणको समय बेडरुममा जोडतोडले स्वर निकाल्ने महिलाहरूले यौनआनन्दको सट्टा अभिनय गरिरहेका हुन्छन् भन्ने तथ्य एउटा अनुसन्धानले पुष्टि गरेको छ । बेलायतका अनुसन्धानकर्ताले यो कुराको अध्ययन गरेका हुन् । ...साउदी अरब पुगेका १५ नेपाली अलपत्र
बैदेशिक रोजगारका लागि साउदी अरब पुगेका १५ नेपाली विचल्लीमा परेका छन् । काठमाण्डौं स्थिति शिखर इन्टरनेशनल मेनपवार र्सर्भिसबाट गत हप्ता साउदी पुगेका नेपालीहरु वेवारिसे बनेका छन् । कम्पनीले भनेको सेवा र सुविधा नपाएपछि उनीहरु यतिखेर विचल्लीमा परेका हुन् । पिडित व्यक्तिहरु समस्यामा परेपछि रोजगारमञ्चलाई टेलिफोन मार्फ जानकारी गराउदै आफूहरुलाई तत्काल स्वदेश झिकाउनका लागि पहल गर्न रुदै अनुरोध गरेका छन् । यसरी समस्यामा पर्नेहरुमा शिव बहादुर कार्की, इश्वर भण्डारी, मुक्त बहादुर महत, बालकृष्ण पौडेल, लाक्पा सिंह घिसिङ्ग, टंक प्रसाद पौडेल र टेक बहादुर भुजेल लगायतका १५ नेपालीहरु छन् । ...नेदरल्याण्डलाई हराउदै स्पेन विश्वबिजेता
आन्द्रेस इनेस्टाले अतिरिक्त समयको अन्त्यतिर गरेको गोल मदतले स्पेनले सोमबार बिहान पहिलोपल्ट विश्वकप उपाधि जितेको छ । उसले विश्वकप २०१० को फाइनलमा नेदरल्यान्ड्सलाई १-० ले हराएर पहिलोपल्ट ट्रफी चुमेको हो । खेल गोलरहित बराबरीमा रहेको स्थितिमा विश्वकप छिनोफानो टाइब्रेकरमा हुने सम्भावना बढेको थियो । इनेस्टाले दस खेलाडीमा सीमित नेदरल्यान्ड्सविरुद्ध नजिकको दूरीबाट सेस फाब्रेगासको पासमा गोल गरे । ...उरुग्वेलाई हराउँदै जर्मनी तेस्रो स्थानमा
उरुग्वेलाई ३-२ ले पराजित गर्दै जर्मनीले विश्वकपमा कास्य पदक जितेको छ। जर्मनीले तेस्रो स्थानमा चित्त बुझाएको यो चौथो पटक हो। अरु कुनै पनि देशले दुई पटक भन्दा बढी तेस्रो स्थान पाउन सकेको छैन। उरुग्वेले भने १९५४ र १९७० पछि यस पालि तेस्रो पटक तेस्रो स्थानको लागि भएको खेल जित्न असफल भएको हो। प्रतिस्पर्धात्मक खेलमा जर्मनीका मुलरले १९ औँ मिनेटमा गोल गरी अग्रता दिलाएका थिए। काभानीले २८ औँ मिनेटमा बराबरी गोल गरेपछि मध्यान्तरसम्म खेल एक-एकको बराबरीमा टुंगिएको थियो। ...छबीको हत्या माओवादीले गरेको आरोप
राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरुबीच छलफल चलिरहेका बेला ओखलढुंगामा भएको एमाले नेता छबि कार्कीको हत्याले एकीकृत माओवादी र एमालेबीचको सम्बन्ध पुनः बिग्रिएको छ । एमालेका सगरमाथा अन्चल कमिटी सदस्य एबं राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य छबी कार्कीको हत्या माओवादीले गरेको भन्दै एमालेले माओवादी विरुद्ध आन्दोलनको घोषणा गरेको छ । माओवादीले भनें छबीको हत्यामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । मृतक छबी कार्कीको शवलाई शनिवार ओखलढुंगाबाट मिनि बसमा राखेर काठमाडौं ल्याइएको थियो । ...मिस इकलेजको उपाधी सोनिलीलाई
काठमाडौंका निजी कलेजमा अध्ययनरत छात्राहरुलाई समेटेर आयोजना गरिएको मिस इकलेज प्रतियोगिताको ताज इन्सेन्टिभ कलेजकी छात्रा सलोनी नेमाफुकीले पहिरन सफल भएकी छन् । शुक्रवार काठमाडौंमा आयोजित मिस इकलेज प्रतियोगिताको उपाधी सोनालीले जितेकी हुन् । त्यस्तै क्याम्पियन कलेजकी सोनिया श्रेष्ठ प्रतियोगिताको फस्ट रनर अप भएकी छन् भनें सेन्ट जेभियर कलेजकी नमिता आचार्य सेकेन्ड रनर अप भएको आयोजकले बताएका छन् । हृवाइट हाउस कलेजीकी शुभेच्छा खड्का भिओर्स च्वाइसमा परेकी छिन् । ...एमाले नेता अधिकारी गम्भिर विरामी
नेकपा एमालेका स्थायी समिति सदस्य एबं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी गम्भिर विरामी परि नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ । प्रधानमन्त्री माधवकुमार नेपाल आजै साँझ नर्भिक अस्पताल गई नेता अधिकारीको स्वास्थ्यस्थितीबारे जानकारी लिनुभएको छ । नेता अधिकारीको छातीमा समस्या भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अधिकारीलाई दमको रोग रहेको अस्पतालले जनाएको छ । नेता अधिकारीलाई सिसियुमा राखी उचार भइरहेको र उहाँको अवस्था स्थिर रहेको पनि अस्पतालले जनाएको छ । ...स्पेनले जित्ने अक्टोपसको भविष्यवाणी
समुद्री जीव अक्टोपसले विश्वकपमा गरेका भविष्यबाणी मिल्दै आएको बेला यस पटकको विश्वकप स्पेनले जित्ने भविष्यबाणी गरेको छ । अहिलेसम्म यस विश्वकपमा जर्मनीले खेलेका सबै ६ ओटा खेलको सही भविष्यवाणी गरेको अक्टोपसले शनिवार हुने उरुग्वे र जर्मनीबीचको तेस्रो स्थानका लागि हुने खेलमा जर्मनी बिजयी हुने भविष्य वाणी समेत गरेको छ । अक्टोपसले फाइनलमा स्पेनले नेदरल्याण्डलाई हराउने भविष्य बाणी गरेको अन्तर्रर्ााट्रय समाचार संस्था एपीले जनाएको छ । ...रामचन्द्रलाई आफ्नै सभासदको दबाब
नेपाली कांग्रेसका युवा नेता तथा सभासदहरुले बहुमतको सरकार बनाउने र त्यस्तो सरकारको नेतृत्व लिने प्रक्रियामा सामेल नहुन आफनो नेतृत्वलाई दबाब दिएका छन् । भावी प्रधानमन्त्रीका रुपमा चर्चामा रहनुभएका संसदीय दलका नेता रामचन्द्र पौडेललाई शुक्रवार भेटी सभासदहरुले गणितीय आधारमा बहुमतको सरकार गठन भएमा सरकारको नेतृत्व लिन नहुने सुझाव दिएका हुन् । पौडेललाई भेट्न सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा पुगेका २ दर्जनभन्दा बढि कांग्रेस सभासदहरुले बहुमतको सरकार असफल हुने र त्यसले देशको समस्या समाधान नहुने भएकलो त्यस्तो खेलमा नलाग्न सुझाव दिएको सभासदहरुले बताएका छन् । ...सिडिओ तानिएपछि भन्सार आन्दोलन फिर्ता
भन्सार अधिकृत मानवहादुर पौडेललाई दुर्व्यवहार गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी शशिशेरख श्रेष्ठलाई गृहमन्त्रालयले मन्त्रालयमा फिर्ता बोलाएपछि देशभरका भन्सार कर्मचारीहरुको आन्दोलन फिर्ता भएको छ । जिल्ला अदालतमा आफूलाई सहयोग हुने गरि बयान नदिएको झोकमा मोरङका सिडिओ श्रेष्ठले भन्सार अधिकृत पौडेललाई परिवार सहित पक्राउ गरि आफ्नो निवासमा ल्याएर दुर्व्यवहार गरेका थिए । पौडेलमाथि गरिएको दुर्व्यवहारको बिरोधमा देशभरका भन्सार कर्मचारी र भन्सार एजेण्डटहरुले आन्दोलन गरेपछि श्रेष्ठलाई सरकारले तत्काल काठमाडौं बोलाएको हो ।...डा.भक्तमानका अपहरणकारीहरु पक्राउ
डाक्टर भक्तमान श्रेष्ठको अपहरण भीमसेन पण्डित समूहद्घारा भएको निष्कर्षनिकाल्दै प्रहरीले दुइ लाई गिरफ्तार गरेको छ । पाचभन्दा बढी विशिष्ट व्यक्ति अपरहणको आरोपमा प्रहरी कारवाहीमा परिसकेका पण्डित तथा रोहित अग्रवाल डाक्टर श्रेष्ठको अपहरणको मुख्य योजनाकार भएको प्रहरी ठहर छ । डाक्टर श्रेष्ठको अपहरणमा ९ व्यक्ति संलग्न भएको तथा तीमध्ये ६ जनाकोमात्र पहिचान हुन सकेको छ । प्रहरीले मुख्य योजनाकार पण्डित र अग्रवाललाई पक्राउ गर्न सकेको छैन ।...५ दिनमा सहमति नभए बहुमतिय प्रणाली
मुलुक सरकारविहीन रहन नसक्ने भन्दै संविधानसभामा प्रतिनिधित्व गर्ने अधिकांश दलका शीर्ष नेताहरुले राष्ट्रपति डाक्टर रामवरण यादवले सहमतिका लागि थप गरेको पाँच दिनभित्र सहमति बन्न नसके बहुमतीय आधारमा नयाँ सरकार बन्ने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालले भावी सरकारको नेतृत्व कसले गर्ला भन्ने विषयमा विहिवार राखेको विशेष साक्षात्कारमा बोल्दै नेताहरुले त्यस्तो धारणा राखेका हुन् ।...मनिषा दम्पतीको हनिमुन फिनल्याण्डमा
बलिउड अभिनेत्री एबं नेपालको खानदानी राजनीतिक परिवारकी सदस्य मनिषा कोइराला विवाहपछि मधुमास मनाउन मोरिसस छाडेर युरोपको रमणीय मुलुक फिनल्याण्ड पुगेको खुलासा भएको छ । हनिमुन मनाउन मनिषा र सम्राट दाहालको जोडी फिनल्याण्ड पुगेको अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ । एएफपीले मनिषा र सम्राटको जोडीलाई हनिमुन मनाइरहेकै अवस्थामा फिनल्याण्डको रमणीय स्थल साइभीमा फेला पारेको हो ।...विश्वविजेतालाई हराउदै स्पेन फाइनलमा
तीन पटकको विश्वकप विजेता जर्मानीको यात्रालाई पूर्णविराम लगाउदै स्पेन पहिलोपल्ट विश्वकपको फाइलनमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको अन्तिम सेमीफाइनल खेलमा फुटबल महारथी जर्मनीलाई एक शुन्य गोलले हराउदै स्पेन फाइनलमा प्रवेश गरेको हो । खेलअवधिभर जर्मनीलाई दबाबमा राखे पनि स्पेनले पहिलो हाफसम्म गोल लगाउन सकेन । दोस्रो हाफको २७ औ मिनेटमा स्पेनका कार्लेस पुयोलले गरेको गोल नै निर्णायक बन्यो । स्पेनले फाइनलमा बुधबार बिहानको विजेता नेदरल्याण्डसग आइतबार प्रतिस्पर्धा गर्नेछ । ...राजतन्त्र गए पनि जन्मोत्सव 'राजाकै'
गणतन्त्र आएपनि नेपालमा राजतन्त्र पुनर्वहाली हुनुपर्छ भन्ने नेपाली नागरिक कम छैनन् । उनीहरु ग्ाद्धीच्यूत भइसकेका पूर्व राजा ज्ञानेन्द्रलाई राजाकै रुपमा मान सम्मान र पूजा गर्छन् । असार २३ गते पूर्व राजा ज्ञानेन्द्रको जन्मदिन यस्तै दृष्य देखियो, यस्तै भावना साटासाट गर्ने हजारौं र्सवसाधारण निर्मल निवास पुगे । पूर्व राजा ज्ञानेन्द्र शाहको ६४ औं जन्मत्सव भव्यताका साथ मनाइएको छ । बुधबार निर्मल निवासमा हजारौंको सङ्ख्यामा उच्चपदस्थ व्यक्ति देखि साधु , शन्त र र्सवसाधरण पूर्व राजालाई शुभकामना दिन उपस्थित भएका थिए ।...नेपाली सेनासँग उपराष्ट्रपति आशावादी
आफू सबैतिरबाट एक्लिएको बताउँदै आउनुभएका उपराष्ट्रपति परमानन्द झाले नेपाली सेनाप्रति आफू नतमस्तक रहेको बताउनुभएको छ । प्रधान सेनापति छत्रमान सिंह गुरुङसँगको भेटमा उहाँले नेपाली सेनालेमात्रै यो देशको राष्ट्रियता र अखण्डता बचाउन सक्ने बताउनुभएको हो । उपराष्ट्रपति झालाई भेट्न सेनापति गुरुङ बुधवार अपरान्ह उपराष्ट्रपति भवनमा पुग्नुभएको थियो । भेटका अवसरमा प्रधान सेनापति गुरुङले देशको सुरक्षा अवस्था र नेपाली सेनाको संरचनाका बारेमा जानकारी गराउनुभएको सैनिक जनसर्म्पर्क नर्देशनालयले जनाएको छ । ...तीन दशकपछि नेदरल्याण्ड फाइनलमा
३४ वर्षछि युरोपेली मुलुक नेदरल्याण्डस विश्वकप फुटवलको फाईनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाईनल खेलमा मंगलवार राति दक्षिण अमेरीकी प्रतिद्धन्द्घी उरुग्वेलाई तीन दुइले पराजित गर्दै नेदरल्याण्डस विश्वकपको उपाधि नजिक पुगेको हो । दक्षिण अफि्रकाको केपटाउनस्थित ग्रीनफाईन स्टेडियममा नेदरल्याण्डसलाई विजयी वनाउन जिओभानी भान ब्रोङ्खस्टले १८ औ, वेस्ले स्नर्ेइडरले ७० औ र आर्जेन रोबेनले ७३ औ मिनेटमा गोल गरेका थिए । पराजित टिमका लागि उरुग्वेका डियागो फोर्लानले र म्याक्समिलानोले एक एक गोल गरेका थिए । ...ट्रेड युनियनका नेताहरु देश दौडाहामा
नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रका महासचिव एवम् सभासद् अच्युतराज पाण्डेले मजदुर वर्गको हकअधिकार संरक्षणको लागि राज्यको नीति निर्माण तहमा मजदुरको प्रतिनिधित्व हुनुपर्ने बताउनुभएको छ ।रिपोर्र्टर्स क्लब नेपाल मकवानपुर शाखाले मंगलबार हेटौंडामा आयोजना गरेको साक्षात्कार कार्यक्रममा महासचिव पाण्डेले लामो समयदेखि मजदुरहरुले देशको लागि योगदान गरेको भएपनि उनीहरुको समस्याको सुनुवाई नभएको गुनासो गर्नुभयो । ...एमाले बैठकमा राजिनामाको बहस
पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक मंगलवारबाट शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा बसेको बैठकमा अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीले राजिनामा दिइसकेको अवस्थामा अब पार्टीले खेल्ने भूमिकाको बारेमा मौखिक प्रतिवेदन पेश गर्नुभएको छ । अध्यक्ष खनालले बहुमतिय सरकार असफल भएकाले अब सहमतिय सरकार बाहेक अरु विषयमा एमालेले सोच्न नहुने बताउनुभएको छ...बेलायतमा नेपालको पर्यटन प्रवर्धन
नेपाली दुतावास, लण्डन, नेपाली हिमालयन संगठन, स्कटल्याण्ड र स्कट नेपाली फ्रेण्डसीप सोर्साईटीको संयोजकत्वमा अवरदीन, स्कटल्याण्डमा तीन जुलाई २०१० मा नेपाल भ्रमण वषै २०११ लाइ प्रबर्धन गर्ने उद्देश्यका साथ बृहत पर्यटन प्रबर्धन कार्यक्रम आयोजना गरीएको छ । सो कार्यक्रम टाउन हाउस अफ अबरदीनमा बेलायतका लागि नेपाली राजदूतसुरेश चन्द्र चालिसेको आतिथ्यमा भएको थियो । राजदूत चालिसेलाई स्वागत गर्न पाउदा आफू हषिर्त भएको स्कट धर्मगुरुले पिटर स्टफेनले बताउनुभयो । ...प्रधानमन्त्रीको राजिनामापछि संकट थपियो
सूचना तथा सन्चारमन्त्री एबं सरकारका प्रवक्ता शंकर पोखरेलले प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिएपछि झनै जटिलता थपिएको बताउनुभएको छ । प्रधानमन्त्रीले राजिनामा दिएपछि सबै समस्या हल हुन्छ भन्नेहरुले अब आफूले के गर्न चाहेको हो भन्ने स्पष्ट पार्ने बेला आएको बताउँदै उहाँले दलहरुले सोचे जस्तो सजिलो अब झनै नहुने दावी गर्नुभयो । ...न्याय माग्न महिला जर्नेल आयोगमा पुगे
नेपाली सेनाको जंगी अड्डाले अन्यायपुर्वक अवकास दिएको भन्दै दुइ सहायकरथी गीता बस्नेत र ललिता जोशीले न्यायका लागि राष्ट्रिय महिला आयोगमा उजुरी दिएका छन् । नेपाली सेनाका सैनिक स्वास्थ्य महानिर्देशनालय अर्न्तर्गत सैनिक अस्पतालमा कार्यरत सहायकरथीद्धय गीता र ललिता प्राबिधिकतर्फाट सहायकरथी हुन् । सैनिक ऐन अनुसार तीन वर्षो एक कार्यकाल नथपी जंगी अड्डाले अवकास दिएपछि गीता र ललिताले महिला आयोगका अध्यक्ष नैनकला थापालाई भेटी आफ्नो गुनासो सुनाएका हुन् ।...राष्ट्रिय सरकारको नेतृत्व कांग्रेसले गर्ने
कामचलाउ सरकारकी उपप्रधान एवम् परराष्ट्रमन्त्री तथा नेपाली काग्रेसकी प्रभावशाली नेतृ सुजाता कोइरालाले नेपाली काग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने ठोकुवा गर्नु गर्नु भएको छ ।पोखरामा रिपोर्र्टर्स क्लब नेपाल पोखरा शाखाले आयोजना गरेको साक्षात्कारमा बोल्दै कोइरालाले काग्रेसको नेतृत्वमा माओवादी सम्मिलित राष्ट्रियसहमतिको सरकार बनाउँन अन्तिम प्रयास भईरहेको जानकारी दिनु भएको हो ।माओवादीको र्समर्थन विना नयाँ संविधान र शान्ति प्रक्रिया टुङ्गोमा नपुग्नेभन्दै कोइरालाले माओवादीलाई बाहिर राखेर सरकार गठन गर्न नहुँने समेतबताउनु भयो । ...'प्रचण्ड आधिकारिक उम्मेदवार होइनन्'
एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य टोपवहादुर रायमाझीले भावि सरकारको नेतृत्व अध्यक्ष प्रचण्ड बाहेक अरुपनि हुन सक्ने बताउनु भएको छ । नेता रायमाझीले पोलिटव्युरो बैठकले कुनैपति व्यक्ती नतोकेकाले विकल्प खुल्ला रहेको स्पष्ट पार्नुभयो ।आइतबार राजधानीमा आयोजित साक्षत्कार कार्यक्रममा नेता रायमाझीले प्रचण्डलाई नै वा कुनै व्यक्तीलाइ तोकेर हिड्ने प्रवृति गलत रहेको जिकिर गर्नुभयो । सहमतिय सरकार बाहेक अरुको बिकल्प नभएको बताउँदै रायमाझीले त्यसको नेतृत्व माओवादीले नै गर्नर्ुपर्ने धारणा व्यक्त गर्नुभयो । ...रामेछापका तामाङ विशिष्ठ श्रेणीमा दोस्रो
शिक्षा मन्त्रालयले एसएसली बोर्डका सर्बोत्कृष्ट विद्यार्थीहरुको नाम र्सार्वजनिक गर्न छाडे पनि विद्यालयहरु आफैंले आफ्ना विद्याथीहरुलाई बोर्ड प्रथम, द्धितीय घोषणा गर्न थालेका छन् । बुटवलका विद्यार्थी सुजन केसीलाई बोर्ड प्रथम घोषणा गरिए लगत्तै भक्तपूरको कौशलटारस्थित आदर्श जनप्रेमी उच्च माविले आफ्ना विद्यार्थी इन्द्र तामाङ यस वर्षविशिष्ठ श्रेणीमा दोस्रो भएको दावी गरेको छ । कुल ८०० पुर्णाङकमा ७४२ अर्थात ९२ दशमलब सात पाँच प्रतिशत अंक ल्याई विशिष्ठ श्रेणीमा दोस्रो स्थान हासिल गर्न सफल भएका इन्द्र तामाङ रामेछाप डडुवाका स्थायी बासिन्दा हुन् । ...लोकतान्त्रिक योद्धाको विश्राम
नेपाली कांग्रेसका बयोबृद्ध नेता बलबहादुर र्राईको ९० वर्षको उमेरमा आइतवार निधन भएको छ । दुवै मृगौला काम नलाग्ने भएर अचेत अवस्थामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पालमा भर्ना गरिएका र्राईको अपरान्ह सवा चार बजे निधन भएको हो । र्राईको भोलि गृह जिल्ला ओखलढुङ्गामा अन्त्यष्टि हुने भएको छ । नेता र्राईको जन्म १९७७ साल फागुन ६ गते ओखलढुंगा जिल्लाको मोली गाविसमा भएको हो । ...माओवादीको बोलि फेरियोः प्रम
काम चलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो राजीनामापछि एकीकृत माओवादीको बोली फेरिएको आरोप लगाउनुभएको छ । काठमाण्डौको किर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठान अवलोकनपछि संचारकर्मीसगँको कुराकानीमा प्रधानमन्त्री नेपालले यस्तो आरोप लगाउनुभएको हो । सरकार वहुमतमा रहेको अवस्थामा पनि शान्ति र संविधानका लागि राष्ट्रिय सहमति जुटाउन आफूले राजीनामा गरेपनि प्रमुख प्रतीपक्षी माओवादीको बोली फेरिएकोप्रति प्रधानमन्त्री नेपालले आपत्ति प्रकट गर्नुभयो ।...प्रचण्डको लागि माओवादीको कसरत
संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत माओवादीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठनका लागि पहल शुरु गरेको छ । अध्यक्ष प्रचण्ड सहितका तीन जना उपाध्यक्षहरुले शनिवार दिनभरी बिभिन्न दलहरुसँग अलग अलग छलफल गर्नुभएको थियो । माओवादी र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच भएको छलफलमा कांग्रेस नेताहरुले माओवादी नेतृत्वमा सरकार बन्न नसक्ने बताएका थिए । कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा माओवादी नेताहरुले ठूलो पार्टीको हैसियतमा माओवादीले सरकारको नेतृत्व पाउनुपर्ने बताए पनि कांग्रेसले अस्वीकार गरेको थियो । ...विश्व फुटवलको बाघ स्तव्ध हुँदै बाहिरियो
विश्व फुटवलको बाघ मानिने ब्राजिल नेदरल्याण्डसँग स्तव्ध बन्दै क्वाटर फाइनलबाटै बाहिरिएको छ । पाँच पटकको विश्वबिजेता ब्राजिललाई यस पटक पनि उपाधीको एक नम्बर दावेदार मानिएको थियो । खेलको दशौं मिनेटमा ब्राजिलका रोबिन्होले एक गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ६८ औं मिनेटमा नेदरल्याण्डका बेस्लीले बराबरी गराइदि ए । नेदरल्याण्डलाइ ब्राजिलले आत्मघाती गोल उपहार दिएको लगत्तै ब्राजिलका मेलोले रातो कार्ड पाएर बाहिरिएका थिए । ...नेपालका सबैलाई महासचिव मुनको आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनले नेपालमा अब आम सहमतिको सरकार गठन हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री माधवकुमार नेपालले दिनुभएको राजिनामापछि महासचिव मुनले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । महासचिव पुनले जारी गर्नुभएको वक्तव्यमा शान्ति प्रक्रियाका सबै प्रतिबद्धताहरुको कार्यन्वयनलाई प्राथमिकता दिने आम सहमतिको सरकार गठन गर्नका लागि अत्यधिक प्रयास गर्न नेपालका सबै पक्षहरुलाई आव्हान गर्नुभएको छ ।...प्रचण्डको विकल्प नखोज्ने अनन्तको दावी
एकीकृत माओवादीका स्थायी समितिका सदस्य वर्षान पुन -अनन्त) ले राष्ट्रिय सहमतिमा बन्ने सरकारको नेतृत्वबारे पार्टीले विकल्प खुला नगसरकारको नेतृत्व गर्ने बताउँदै उहाँले संविधानसभाको सबैभन्दा ठूलो पार्टी, अग्रगामी एजेन्डा, शान्ति प्रक्रियाको संवेदनशीलता, लडाकु समायोजनका निम्ति माओवादी र प्रचण्डकै नेतृत्व आवश्यक छ भन्नुभयो । ...सर्बोच्चद्धारा गोर्खा भर्ति रोक्न आदेश
सर्बोच्च अदालतले सम्झौता विपरित सिंगापुर र बु्रनाईका लागि हुदै आएको गोर्खा भर्ती रोक्न बुधबार बेलायत सरकारका नाममा आदेश दिएको छ । बेलायतले सिंगापुर र ब्रुनाईका लागि गोर्खा भर्ती लिदै आएको दाबी गर्दै त्यसलाई तत्काल रोक्न माग गर्दै दायर रिटमा अदालतले यो आदेश दिएको हो । सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौताले बेलायत र भारतमा गरिने गोर्खाभर्तीलाई मात्र मान्यता दिएको छ । बेलायतले त्यहा भर्ती भएका गोर्खालीलाई सिंगापुर र बु्रनाई पठाउनु अनुचित भन्दै त्यसलाई तत्काल रोक्न न्यायाधीसद्घय बलराम केसी र प्रेम शर्माको संयुक्त इजलासले बुधबार आदेश दिएको हो ।...माओवादी नेतृत्वका लागि एमालेका शर्त
नेकपा एमालेले माओवादीले पहिलेका सम्झौताहरु कार्यन्वयन गरेमात्र उसको नेतृत्वको सरकारका बारेमा सोच्न सकिने बताएको छ । उसले शान्ति प्रक्रिया र संविधान निर्माणमा माओवादी स्पष्ट हुनुपर्नेमा समेत जोड दिएको छ । विहिवार बसेको एमाले स्थायी समितिको बैठकले जेठ १४ गते भएको तीन बुँदे सहमति तथा अन्नपूर्ण होटलमा भएको ६ बुँदे एजेण्डाको कार्यन्वयनतर्फमाओवादी अघि बढेमा उसको नेतृत्वमा सरकारमा जाने विषयमा छलफल गर्न सकिने निर्णय गरेको हो । एमालेले राष्ट्रपतिले आव्हान गरेको समयसिमाभित्रै नयाँ सरकार बनाउनुपर्नेमा जोड दिएको छ । ...प्रचण्डद्धारा प्रधानमन्त्री बन्ने घोषणा
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको जनादेश अनुसार अबको सरकारको नेतृत्व माओवादीले गर्न पाउनुपर्ने बताउनुभएको छ । उहाँले प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामापछि शान्ति र संविधान निर्माणको बाटो खुलेको दावी समेत गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीको राजिनामापछि आएको अवसरलाई उपयोग गर्न समेत सबै दलहरुलाई आव्हान गर्नुभएको छ । काठमाडौंमा विहिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब बन्ने सरकारको नेतृत्व आफैंले गर्ने बताउनुभयो । ...Author info
Matrika Poudel
