Matrika Poudel
प्रधानमन्त्रीको राजिनामा राष्ट्रपति समक्ष
यसैबीच राष्ट्रपति डाक्टर रामवरण यादवले प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री पदबाट दिनुभएको राजिनामा नेपालको अन्तरिम संविधान अनुरुप स्वीकृत गर्नुभएको छ । प्रधानमन्त्री नेपालले साँझ सात बजे राष्ट्रपति भवनमा गई आफ्नो राजिनामा राष्ट्रपतिलाई बुझाउनुभएको थियो । राष्ट्रपति कार्यालायमा उहाँ आफ्ना केही सहयोगीहरुसहित जानुभएको थियो । राजिनामा बुझाएपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच केहीबेर अलग्गै कुराकानी भएको थियो । राष्ट्रपति यादवले नयाँ प्रधानमन्त्रीको निर्वाचन नभएसम्म प्रधानमन्त्री नेपाललाईनै प्रधानमन्त्रीको रुपमा काम गर्न निर्देशन दिनुभएको छ ।
अब माओवादीले पहल गर्छःबाबुराम
प्रधानमन्त्रीले राजिनामा दिइसकेको अवस्थामा एकीकृत नेकपा माओवादीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल थाल्ने भएको छ । संविधानसभाको सबैभन्दा ठूलो दलको हैसियतमा सहमतिको सरकारको नेतृत्वका लागि पहल गरिने माओवादी उपाध्यक्ष बाबुराम भट्टर्राईले बताउनुभयो । उहाँले बहुमतिय सरकारको कल्पना अहिले आफ्नो पार्टीले नगरेको पनि स्पष्ट पार्नुभयो । नेपाली टिभीसँग टेलिफोन कुराकानी क्रममा उपाध्यक्ष भट्टर्राईले कांग्रेस, एमाले लगायत सबै साना ठूला दलहरुसँग सहमतिको सरकारका लागि पहल गर्ने बताउनुभयो । माओवादीबाट सहमतिको सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा पार्टीले उपयुक्त समयमा निर्णय गर्ने जानकारी समेत उहाँले दिनुभयो । ...नागाल्याण्डका गृहमन्त्री नेपालमा पक्राउ
प्रतिबन्धित भारतीय रुपैयाँसहित त्रिभूवन विमानस्थलबाट बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएका भारतको नागाल्याण्ड राज्यका गृहमन्त्री इमकोङ एल इमचेन छुटेका छन् । इमचेन जेट एअरको विमानबाट साँझ पौने चार बजे भारत प्रस्थान गरेका हुन् । उनलाई प्रहरीले प्रतिबन्धित भारतीय रुपैयाँसहित त्रिभूवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । नेपालमा प्रतिबन्धित एक हजार र पाँच सयका झण्डै अढाई लाख भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको हो । इमचेनबाट नियन्त्रणमा लिइएको रुपैयाँ भने अनुसन्धान विभागमा पठाइएको छ ।...माओवादीलाई प्रहार गर्दै राजिनामा
प्रधानमन्त्री माधवकुमार नेपालले आफूसग स्पष्ट बहुमत हुदा हुदै पनि शान्ति र संविधानका लागि भनेर प्रधानन्त्री पदबाट राजिनामा दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले राजिनामाको घोषणा गर्नुभएको हो । प्रमुख विपक्षी माओवादीप्रति तीखो प्रहार गर्दै उहाले आफ्नो राजिनामाले माओवादीलाई शान्ति मिल्ने व्यंग्य गर्न समेत चुक्नुभएन । प्रस्तुत छ प्रधानमन्त्रीको सम्बोधनको पूर्ण अंश...एशियाको सपना अन्त्य,रोनाल्डो रोए
करोडौं एशियाली प्रशंसकहरुलाई निराश र स्तव्ध पार्दै जापान विश्वकपको क्वाटर फाइनल नपुग्दै घर फर्किन बाध्य भएको छ । मंगलवार राती दक्षिण अफि्रकामा भएको खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेसँग पेनाल्डी सुटआउटमा पराजित भएपछि एशियाको एकमात्र आशा बोकेको जापान रुँदै बाहिरिएको हो । जापाको पराजयसँगै यसपालीको विश्वकपमा अब एशियाको प्रतिनिधित्व समाप्त भएको छ । ९० मिनेटको पूरै समयमा कुनै पनि टिमले गोल गर्न नसकेपछि थप ३० मिनेटको समय पनि जापान र पाराग्वै दुवै गोलरहित बराबरीमा रोकिए । त्यसपछिको पेनाल्डीमा जापानका एक खेलाडीले प्रहार गरेको गोल क्रसबारमा ठोकिएर बाहिरिएपछि जापानको सपना चकनचुर भयो ।...प्रधानमन्त्रीका लागि गच्छदारको लबिङ
मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक) का अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफ्नो नेतृत्वमा नया सरकारको दावी गर्नुभएको छ । उहाले मंगलबार बिहान एमाले अध्यक्ष झलनाथ खनालसंग भेटी आफ्नो नेतृत्वलाई सहयोग गर्न आग्रह गर्नुभएको हो । पछिल्लो समयमा गच्छदारले अव सरकारको नेतृत्व मधेसी दलहरुले गर्न पाउनुपर्ने जिकीर गर्दै आउनुभएको थियो । उहाले माओवादी र एमाले दुवैले सरकारको नेतृत्व गरिसकेको र मधेसवादी दलहरुले सरकारको नेतृत्व गर्न नपाएको उल्लेख गर्दै आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताउनुभएको हो ।...असार १५ मा पनि रोपाइ भएन
असार १५ ले छपक्कै छोप्यो नेपाली किसानहरुलाई । तर मनसुनको गडबडीका कारण अधिकांश खेतका गराहरु आजको दिन पनि बाँझै रहेका छन् । असारको १५ मा जताततै रोपाइ र असारे गीतको चटारो हुनुपर्नेमा यस पटक त्यस्तो हुन नसकेको देखिएको छ । यता असारको १५ लाई पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीहरुले रोपाईं महोत्सवका रुपमा मनाईरहेका छन् । ...चालिसे आयरल्याण्डको पनि नेपाली दूत
संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत डाक्टर सुरेशचन्द्र चालिसे आयरल्याण्डको पनि नेपाली दूत तोकिनुभएको छ । उहाँले आयरल्याण्डका राष्ट्रपति मेरी म्याकलिज समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति म्यालिजले राष्ट्रपति भवन डब्लिनमा एक भव्य समारोहको आयोजना गर्नुभएको नेपाली दूतावासले जनाएको छ । सो अवसरमा राजदूत चालिसेले राष्ट्रपति रामवरण यादवको तर्फाट आयरल्याण्डका जनताको सुख सम्बृद्धि र प्रगतिका लागि शुभकामना सन्देश दिनुभएको थियो । ...यसपाली पनि भोटो लिन कोही आएन
सबैभन्दा लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको जात्रा आइतबार भोटो देखाएर सम्पन्न भएको छ ।ललितपुरको थट्टीटोलबाट जावलाखेल पुर्याएको चौथो दिन राष्ट्राध्यक्षसमक्ष भोटो देखाइ यो जात्रा सम्पन्न भएको हो । भोटा देखाउने कार्यक्रममा राष्ट्राध्यक्षको हैसियतले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।...अर्जेन्टिना र जर्मनीको भिडन्त हुने भो
स पटकको विश्वकपमा हालसम्मकै सबैभन्दा रोमान्चक खेलमा इङल्याण्डलाई इतिहासकै सबैभन्दा फराकिलो अन्तरमा पराजित गर्दै जर्मनीले क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको छ । खेलको बिसौं मिनेटमा मिरोस्लोभ क्लोसले जर्मनीको लागि पहिलो गोल गरेका थिए । इङल्याण्डलाई घर फर्काउन जर्मनीका थोमस दोस्रो हाफमा तीन मिनेटको अन्तरमा 2 गोल गोल गरेका थिए । त्यस्तै पोडल्स्कीले एक गोल गरेर जर्मनीको खातामा जम्मा चार गोल भित्रिएको थियो ।...माओवादीमा प्रचण्डको प्रस्ताव अस्वीकृत
एकीकृत नेकपा माओवादीमा अन्ततः अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन वैद्यको लाइन परास्त भएको छ । ११ दिनसम्म बसेको माओवादी पोलिटव्युरो बैठकले आफै प्रधानमन्त्री बन्ने अवस्था नआएमा प्रतिपक्षमा बसेर संघर्ष चर्काउने अध्यक्ष प्रचण्डको प्रस्तवालाई अस्वीकृत गर्दै पार्टीको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार गठनको लागि अघि बढ्ने निर्णय गरेको छ ।...बिधवाले विहे गर्न पाउने कि नपाउने ?
उमेरै नपुगी श्रीमानको मृत्यु भएपछि बिभिन्न अप्ठेराहरु पन्छाउदै जीवनयापन गरिरहेका मुलुकभरका बिधवा महिलाले विहिवार र शुक्रवार एक अर्कासँग आफ्ना दुःख साटासाट गरे । एकल महिला समूहले राजधानीमा आयोजना गरेको दर्ुइ दिने अन्तर्राष्ट्रिय सम्मेलनमा देशभरका ६६ जिल्लाका एक सय चार एक महिला र १३ देशका ४७ प्रतिनिधिले भाग लिएका थिए । ...माओवादी नेतामाथि हत्याको अभियोग
अमेरिकाको बोष्टनमा हुन लागेको एक कार्यक्रममा जान लाग्नुभएका पोलिटव्यूरो सदस्य अग्नि सापकोटालाई केहि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले विरोध गरेकाले भ्रमण स्थगित भएपछि माओवादीले गईसकेका तीन नेतालाई पनि फिर्ता वोलाउने निर्णय गरेको हो । सापकोटा युद्धकालमा व्यक्ति हत्यामा संलग्न रहेको अभियोग मानवअधिकारवादीहरुले लगाएका छन् ।...नेपालमा 'लिभिङ टुगेदर' प्रचलन बढ्दो
बिहे नगरे पनि सँगै बस्ने र श्रीमान श्रीमतीको जस्तै सम्बन्ध राख्ने प्रचलन नेपालमा हृवात्तै बढेको खुलासा भएको छ । राष्ट्रिय महिला आयोगले र्सार्वजनिक गरेको एक तथ्यांक अनुसार बिहे नगरे पनि सँगै बस्ने महिला पुरुषहरुको संख्या शहरी क्षेत्रमा २६ प्रतिशत पुगिसकेको छ । विशेष गरि पश्चिमा देशहरुमा लिभिङ टुगेदर संस्कृतिका रुपमा स्थापित यो प्रचलन नेपालमा भित्रिएको भनें धेरै भएको छैन । बिना बिहे सँगै बसेर समस्यामा परेका २६ ओटा मुद्धा अध्ययन गरि तयार पारेको प्रतिवेदन आयोगले शुक्रवार पहिलो पटक छलफलका लागि प्रस्तुत गरेको थियो । ...स्पेन,पोर्चुगल र चिली अन्तिम १६ मा
स्पेन,पोर्चुगल र चिली विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् । समूह चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार राति चिलीलाई २-१ ले पराजित गर्दै स्पेन समूह एसको विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।पहिलो हाफको अन्त्य तिर मार्गोले दोहोरो पहेलो कार्ड खाएपछि १० खेलाडीमा समिति चिलीलाई पराजित गर्न स्पेनका डेभिड भिल्लाले २४ औं र ऐन्ड्रेस इनेष्टाले ३७ औं मिनेटमा गोल गरे । । ...बिधवा विवाह संबिधानमै सुरक्षित हुनुपर्ने
पतिको मृत्युपछि सेतो पहिरन लगाउनुपर्ने, दोस्रो विहे गर्न नपाइने र घर परिवारको मानसिक हिंसा सहनुपर्ने व्यथितीबाट मुक्ति पाउनुपर्ने माग गर्दै संगठित भएका नेपालका एकल महिलाहरुले आफ्ना समस्यालाई अन्तर्राष्ट्रियकरण गरेका छन् । विहिवारदेखि काठमाडौंमा शुरु भएको एकल महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीहरुले नेपालमा एकल महिलाहरुको अवस्था विस्तारै सहज भन्दै गएको बताए पनि ग्रामिण क्षेत्रमा भनें अझै कुनै सुधार हुन नसकेको बताएका छन् । ...भ्रष्टाचारीहरुको नाइके बन्नुपरेको गुनासो
प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नै सरकारका मन्त्री र कर्मचारीहरुको भ्रष्ट आचारणका कारण आफू भ्रष्टहरुको संरक्षकका रुपमा बद्नाम हुनुपरेको स्वीकार गर्नुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपाललाई भ्रष्टहरुको देशमा सूचिकृत गरेपछि मन्त्री र सचिवहरुलाई एकै ठाउँमा भेला गराएर प्रधानमन्त्रीले भ्रष्टहरुले गर्दा आफू पनि भ्रष्टको रुपमा बद्नाम हुनुपरेको बताउनुभयो ।...राजिनामाको आश गर्दा बैठक स्थगित
प्रधानमन्त्रीको राजिनामा पर्खिएर बस्दा एकीकृत नेकपा माओवादीको पोलिटव्युरो बैठक लगातार स्थगित भएको छ । एक सातादेखि जारी पोलिटव्युरो बैठकमा सदस्यहरुले अध्यक्ष प्रचण्डको मौखिक राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने क्रम सकिए पनि बैठक टुंगिन सकेको छैन । बैठकमा बोल्ने अधिकांश सदस्यहरुले अध्यक्ष प्रचण्डको प्रस्तावको विपक्षमा आफ्नो अभिमत दिएपछि नैतिक दबाबमा पर्नुभएका अध्यक्षले तीन दिनदेखि बैठक स्थगित गर्दै आउनुभएको छ । ...प्रधानमन्त्री बन्न गच्छादारको लबिङ
उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले माधवकुमार नेपालले राजिनामा दिएपछि प्रधानमन्त्रीका लागि साना दलहरुको तर्फाट आफ्नो दावी पेश गर्ने हुनुभएको छ । संविधानसभामा प्रतिनिधित्व गर्ने १६ ओटा दलहरुको विहिवारको बैठकमा गच्छदारले अबको प्रधानमन्त्रीका लागि आफूलाई र्समर्थन गर्न ती दलका नेताहरुलाई आग्रह गर्नुभएको स्रोतले जनाएको छ । ...बेलायतमा नेपाली विद्यार्थीको मृत्यु
अध्ययनको सिलसिलामा नेपालबाट बेलायत पुगेका एकजना विद्यार्थीको स्थानीय एक अस्पतालमा उपचारका क्रममै अकस्मात मृत्यु भएको छ । म्याग्दी सदरमुकाम बेनीका स्थायी बासिन्दा २० वषिर्य शन्तोष श्रेष्ठको यहि २३ जुनको विहान फ्रम्ली फार्क अस्पतालमा निधन भएको एनआरएन युकेका सल्लाहकार शेरवहादुर सुनारले बताउनुभएको छ । लन्डन कलेज अफ इन्जिनिरिङ्ग एण्ड म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थी श्रेष्ठ मुटु रोगबाट पीडित रहेको बुझिएको छ । ...सरकारद्धारा १८ सय शहीद घोषित
नेपालमा शहीहरुको संख्या १० हजारभन्दा माथि पुगेको छ । मन्त्रिपरिषदको बुधवार बसेको बैठकले सशस्त्र द्धन्द्धको क्रममा राज्य र माओवादीबाट मारिएका थप १८ सय ३६ जनालाई शहीदको सम्मान दिने निर्णय गरेपछि शहीदहरुको संख्या १० हजार नाघेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको बैठकले द्धन्द्धको क्रममा माओवादीबाट मारिएका व्यक्तिहरुलाई शहीदको सम्मान दिएको बताइएको छ । यसअघि माओवादी नेतृत्वको सरकारले द्धन्द्धकालमा राज्यबाट मारिएका आफ्ना कार्यकर्तालाई शहीद घोषणा गरेको थियो । ...मनिषा र सम्राटको मधुमास मरिससमा
रिल लाइफमा धेरै पटक विहे र हनिमुन मनाइसकेकी बलिउड अभिनेत्री मनिषा कोइरालाका लागि मोरिसस कुनै नयाँ ठाउँ होइन । किनकी धेरै हिन्दी चलचित्रहरुमा बेहुली बनेकी मनिषाले मोरिससमा धेरै हिरोसँग हनिमुन मनाइसकेकी छिन् । तर रियल लाइफका हिरोसँग भनें उनको पहिलो रियल हनिमुन हुने भएको छ मोरिससमै । दुवै परिवारले स्पष्ट नबताए पनि मनिषाका पारिवारिक सदस्यहरुका अनुसार नवविवाहित जोडी सम्राट दाहाल र मनिषा कोइराला दाहाल उपयुक्त समय मिलाएर हनिमुनका लागि मोरिसस जाने भएका छन् ।...इङल्याण्ड सहित चार टिम नकआउटमा
विश्वकप फुटबलको बुधवार भएका अलग अलग खेलहरुमा जीत हासिल गर्दै जर्मनी, इङल्याण्ड र अमेरिका अन्तिम १६ अर्थात दोस्रो चरणमा प्रवेश गरेका छन् । त्यस्तै जर्मनीसग पराजित भएर पनि घाना अंक तालिकामा माथि रहेका कारण दोस्रो चरणमा प्रवेश गरेको छ । स्टाइकर जर्माइन डेफोले पहिलो हाफमा गरेको गोलको मद्धतले इङल्याण्डले स्लोभेनियालाई एक सून्य अन्तरमा पराजित गर्दै समूह सी को उपबिजेता बनेर नक आउट चरणमा प्रवेश पाएको हो ।...महाधिवेशनपछिमात्र सरकारको नेतृत्व
उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसले महाधिवेशनपछि मात्र सरकारको नेतृत्व लिनु उपयुक्त हुने धारणा राख्नुभएको छ । मंगलवार रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा कोइरालाले अहिले त्यो जिम्मेवारी लिने बेला नभएको बताउनुभयो । पार्टी एकीकरणपछि पनि कांग्रेसमा मेलमिलाप भइनसकेको, जिल्ला र गाउँमा संगठन बलियो नभएको र विभिन्न गुटबन्दी बाँकी रहेकाले भदौमा हुने पार्टी महाधिवेशनमा नयाँ नेतृत्व आएपछि सरकारको जिम्मा लिनु उपयुक्त हुने उहाँको भनाइ थियो । ...जापानले नेपाललाई सहयोग बढाउने
प्रधानमन्त्री माधवकुमार नेपालस“ग आज नेपालका लागि जापानका कार्यवाहक राजदूत ताडासी फुजिवाराले भेट गर्नुभएको छ । भेटमा उहा“हरुबीच नेपाल-जापानबीचको घनिष्ट सम्बन्ध, दुइपक्षिय हितका मामिलका सम्बन्धमा कुराकानी भएको थियो । त्यस अवसरमा प्रधानमन्त्री नेपालले संविधानसभाको समयावधि थप गरिएपछि शान्ति प्रक्रियालाई र्सार्थक निष्कर्षा पुर्याएर नया“ संविधान निर्माण गर्ने दिशामा मुलुकलाई अगाडि बढाउन राजनीतिक दलहरुबीच सहमति जुटाउन आफूले गर्दै आएको पहलबारे चर्चा गर्नुभएको थियो ।...'कर्मचारीले मलाई कलंकित बनाए'
प्रधानमन्त्री माधवकुमार नेपालले कर्मचारीतन्त्रको पैसामा मरिहत्ते गर्ने प्रबृत्तिका कारण नेपालको सबै भन्दा भ्रष्ट प्रधानमन्त्रीका रुपमा चित्रित हुनुपरेकोमा दुःख ब्यक्त गर्नुभएको छ । सिंहदरबारमा आज सरकारले बिगतमा गरेको कामकारबाहीका बारेमा सचिवहरुसंग समिक्षा गर्ने क्रममा उहाँले कर्मचारीतन्त्रको भ्रष्ट प्रबृत्तिका कारण विकास निर्माण र सुशासनमा समस्या परेको बताउनु भयो । कर्मचारीतन्त्रका कारण आफुले विकास निर्माण र सुशानका लागि पटक पटक ताकेता र चासोब्यक्त गर्दापनि काम हुन नसकेको भन्दै प्रधानमन्त्री नेपालले जोरपाटीको सडक, गणतन्त्र स्तम्भ हाल सम्म निर्माण हुन नसकेको बताउनु भयो ।...काका बाहिरिए पनि ब्राजिल भित्रियो
विश्वकप फुटवलको उन्नाइसौं संस्करणमा हरेक दिन एकपछि अर्को गरि अप्रत्याशित नजिताहरु आउने सिलसिलामा आइतवार साबिक बिजेता इटली न्युजिल्याण्डसँग बराबरीमा रोकिएको छ । विश्वकपको इतिहासमा ब्राजिलपछि र्सबाधिक दोस्रो बिजेता मुलुक इटाली आइतवार रातीको खेलमा तुलनात्मक रुपमा कमजोर टिम न्युजिल्याण्डसँग एक एक अंक बाढ्न बाध्य भएपछि उसको दोस्रो चरण प्रवेश अनिश्चित बनेको छ । अब उसले स्लोभाकियालाई हराउन सकेन भनें यसअघिको विश्व बिजेता इटाली पहिलो चरणबाटै घर फर्किन बाध्य हुनेछ ।...'प्रधानमन्त्रीका लागि मरिहत्ते गर्दिन'
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भावी प्रधानमन्त्रीकाबारेमा आफ्नो पार्टीले व्यक्तिको नाम तय गरि नसकेको बताउनुभएको छ ।अध्यक्ष प्रचण्डले अब बन्ने राष्ट्रिय संयुक्त सरकारको नेतृत्व पार्टीभित्रै अमुक व्यक्तिले मात्र गर्ने भन्ने गलत प्रचार भएको बताउनु भएको छ ।...प्रधानमन्त्रीका लागि कांग्रेसमा विवाद
सत्तारुढ नेपाली कांग्रेसभित्र भावी प्रधानमन्त्री कसलाई बनाउने भन्ने बारेमा विवाद सिर्जना भएको छ । प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा नदिदै कांग्रेसभित्र नेतृत्वलाई लिएर विवाद चर्किएको हो । उता कार्यवाहक सभापति सुशील कोइराला भनें सरकारको नेतृत्वको दावी नगर्न नेताहरुलाई निर्देशन दिदै भोलि स्वास्थ्य परीक्षणका लागि अमेरिका प्रस्थान गर्ने हुनुभएको छ । केन्द्रीय कार्य समितिको आइतवारको बैठकमा आफ्नै नेतृत्वमा सरकार गठन गर्न छलफल अघि बढाउने निर्ण्र्ााभए पनि कसको नेतृत्वमा गर्ने भन्ने विषयमा विवाद कायमै रहेको छ ।...बिदाइका आँशु झार्दै डोली चढि्न मनिषा
२०६७ साल असार ५ गते । आम नेपालीका लागि यस दिनको खास महत्व नहुन सक्छ । तर नेपालको खानदानी राजनीतिक घराना कोइराला परिवार र विश्वकै दोस्रो चलचित्र उद्योग बलिउडका लागि भनें यस दिनको चीर प्रतिक्षा थियो । हो, नेपाली राजनीतिको सदावहार शक्तिकेन्द्र कोइराला परिवारको चौथो पुस्ताकी जेष्ठ सन्तान एबं बलिउडकी परिपक्व नायिका मनिषा कोइराला अब कुमारी रहिनन् । मनिषाको कुमारित्व बारेमा विवाद र बहस हुन सक्छन् तर हिन्दू धार्मिक परम्परा र ऐन कानुन अनुसार भन्ने हो भनें अब मनिषा कोइराला सुश्रीबाट श्रीमती बनेकी छिन्, त्यसैले अब उनी कुमारी रहिनन् ।...तीन दललाई सरकारको चुनौतिपूर्ण आग्रह
सरकारले तीन बुँदे सहमति कार्यन्वयन बारेमा स्पष्ट मार्गचित्र पेश गर्न प्रमुख तीन दल माओवादी, कांग्रेस र एमालेलाई आग्रह गरेको छ । तीन बुँदे कार्यन्वयनको स्पष्ट मार्गचित्र नआएमा अब यहि सरकारले बजेट र नीति कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी पनि दिइएको छ । शनिवार विदाको दिन प्रधानन्त्री निवास बालुवाटारमा बसेका मन्त्रिपरिषदको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा तीन बुँदे सहमतिपछि सरकार कामचलाउ भएको, प्रधानमन्त्रीले राजिनामा खल्तिमा बोकेर हिँडेको जस्ता र्सार्वजनिक टिप्पणीले सरकार कमजोर भएको विषयमा छलफल भएको थियो । ...किर्गिस्तान दंगामा नेपाली विद्यार्थी अलपत्र
सोभियत संघ बिघटन र कम्युनिस्ट शासन पतनपछि रुसबाट स्वतन्त्र बनेको किर्तिस्तानमा भएको जातिय दंगाका कारण नेपाली विद्यार्थीहरु विस्थापित भएका छन् । किर्गिस्तानको ओश शहरमा हध्ययनरत करिव २० जना नेपाली विद्यार्थीहरु भारतीय दूतावासको सहयोगमा उद्धार गरि हाल राजधानी विस्केकमा पुर्याइएका छन् । विस्केकमा अलपत्र परेका नेपाली विद्यार्थीलाई स्वेदश फर्काउनका लागि मस्कोस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली संघसँग सहयोग मागेको छ ।...यो सरकारको आयु समाप्तः अध्यक्ष खनाल
सत्तारुढ नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारको आयु समाप्त हुन लागिसकेको घोषणा गर्दै छिट्टै सहमतिय सरकार गठन हुने दाबी गर्नुभएको छ । रिपोर्र्टर्स क्लब नेपालद्वारा शनीवार आयोजित विशेष साक्षात्कार कार्यक्रममा अध्यक्ष खनालले सरकारको राजनीतिह हैसियत अत्यन्तै कमजोर रहेको समेत बताउनुभयो । प्रधानमन्त्री माधवकुमार नेपाललाई राजीनामा नदिन सल्लाह दिएको भोलिपल्ट अध्यक्ष खनालको यस्तो अभिव्यक्ति आएको हो । ...विश्वकपमा फुटवल महारथीहरु ढल्दै
यसपालीको विश्वकप फुटवलमा हरेक दिन अप्रत्याशित नतिजाहरु आइरहेका छन् । विश्वकप उपाधीका प्रवल दावेदार मानिएका जर्मनी र इङल्याण्डलाई दोस्रो चरणमा पुग्न कठिन भएको छ । आज राती भएको खेलमा इङल्याण्ड अल्जेरियासँग गोलरहित बराबरीमा रोकिएको छ । समूहको शीर्ष स्थानमा पुग्नका लागि दुवैले गोल गर्न अनिवार्य थियो तर दुवै पक्षले गोल गर्न नसकेपछि अब इङ्ल्याण्डले अन्तिम खेल जसरी पनि जित्नै पर्नेछ । त्यस्तै अमेरिका र स्लोभानियाको खेल निकै रोचक भयो ।...मनिषाको टिकाटालो सम्राट दाहालसँग
बलिउड नायिका एबं नेपालको कोइराला खानदानकी चेली मनिषा कोइरालाको ३९ वर्षो उमेरमा आज विहेको पक्का भएको छ । दर्जनौं हिन्दी चलचित्रमा अभिनय गरेर ख्याती कमाएकी नायिका कोइरालाले धेरै विदेशी पुरुषहरुसँगको लभ अफेयर र रोमान्सपछि अन्ततः नेपाली युवकसँगै विहे गरेकी हुन् । उनको आज अपरान्ह नेपाली व्यवसायी सम्राट दाहालसँग टिकाटालो भएको हो । काठमाडौंबाट करीव १४ किलोमिटर उत्तरपूर्वमा अवस्थित गोकर्ण रिसोर्टमा आयोजित एक भव्य पारिवारिक समारोहमा बलिउड नायिका मनिषा र व्यवसायी दाहालको टिकाटालो उनका पिता पर्ूवमन्त्री प्रकाश कोइरालाले गरेका थिए । ...कांग्रेसमा प्रधानमन्त्रीको लागि विवाद
प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा नदिदै नेपाली कांग्रेसभित्र भावी प्रधानमन्त्रीका लागि विवाद चर्किएको छ । कांग्रेसको विवादकै कारण प्रधानमन्त्रीको राजिनामा रोकिएको समेत कांग्रेस नेताहरुले खुलासा गरेका छन् । केही दिनदेखि काठमाडौंमा जारी रहेको कांग्रेस केन्द्रीय कार्य समितिको शुक्रवारको बैठकमा प्रधानमन्त्रीका दावेदार कांग्रेस नेताहरुबीच आरोप प्रत्यारोप चलेको छ । कांग्रेसबाट प्रधानमन्त्रीका लागि बरिष्ठ नेता शेरवहादुर देउवा, संसदीय दलका नेता रामचन्द्र पौडेल र महामन्त्री केबी गुरुङले दावी गरेका छन् । ...किपरको ध्यान बलको साटो प्रेमिकातिर
विश्वकप उपाधीको दावेदार मानिएको स्पेन शुरु खेलमै स्वीटजरल्याण्डसँग अप्रत्याशित रुपमा पराजित हुँदा स्पेनिश र्समर्थकहरु स्तव्ध भइरहेका बेला स्पेनी गोलकिपरमाथि फ्यानहरुले गम्भिर अभियोग लगाएका छन् । स्पेनी गोलकिपर इकेर क्यासिलासले विपक्षीको बल रोक्ने बेलामा उनकी पत्रकार प्रेमिकालाई ध्यान दिएकाले स्वीटजरल्याण्डले सहज गोल गरेको आरोप स्पेनिसहरुले लगाएका छन् । गोलकिपर इकरकी २५ वषिर्या पत्रकार प्रेमिका सारा कारबोनेरा गोलकिपर नजिकै रहेको टचलाइनमा उभिएकी इकरको ध्यान बलमा नभएर प्रमिकातिर गएकाले गोल खानुपरेको आरोप फ्यानहरुले लगाएका छन् ।...बाबुरामद्धारा प्रधानमन्त्रीको मैदान खाली
भावी प्रधानमन्त्रीको रुपमा चर्चाको शिखरमा रहनुभएका एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टर्राईले आफू प्रधानमन्त्रीको दावेदार नरहेको स्पष्ट पार्नुभएको छ । राजनीतिक सहमति अहिलेको मुख्य आवश्यकता भएको बताउँदै उहाँले आफूले प्रधानमन्त्रीको दावी नगर्ने घोषणा गर्नुभएको हो । राजधानीमा शुक्रवार आयोजित एक अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष भट्टर्राईले शान्ति र संविधानप्रति सबैलाई प्रतिबद्ध हुन आग्रह गर्दै प्रधानमन्त्रीको दावी नगर्ने बताउनुभयो । ...प्रधानमन्त्रीको राजिनामा एमालेले रोक्यो
प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिन लागेको चर्चा चलिरहेका बेला उहाँकै पार्टी नेकपा एमालेका नेताहरुले तत्काल राजिनामा नदिन सुझाव दिएका छन् । शुक्रवार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका एमाले नेताहरुले अहिले राजिनामा दिदा झन अस्थिरता र अराजकता उत्पन्न हुने भन्दै सहमतिको स्पष्ट खाका नआएसम्म राजिनामा दिन नहुने बताएका हुन् । पार्टी अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल, सचिव बिष्णु पौडेल, स्थायी समिति सदस्य भरतमोहन अधिकारी लगायतका नेताहरु प्रधानमन्त्रीलाई भेट्न विहान बालुवाटार पुगेका थिए ।...नेपालमा पाकिस्तानी गजलको स्वाद
राजधानीवासीले बुधबार पृथक् संगीतको स्वाद प्रत्यक्ष लिन पाएका छन् । पाकिस्तानी पप गायक सज्जाद अलीले संगीत पारखीलाई पप, सुफी र परम्परागत पाकिस्तानी लोकगीतको मज्जा दिए । पाकिस्तान-नेपाल मैत्री सम्बन्धको स्वर्ण जयन्ती अवसरमा पाकिस्तानी दूतावासद्वारा आयोजित कन्सर्टमा ४४ वर्षे गायकले सहभागीलाई आफूसँगै नचाउने पनि पारे । ३१ वर्षे करिअरमा २४ एल्बम निकालेका सज्जादले करिब दुई घन्टाजति लोकपि्रय गीत सुनाए । ...गोन्जालोको हृयाटि्कमा डिएगो 'म्याड'
गोन्जालो हाइगुनको ह्याट्रिकले दक्षिण अफ्रिकामा जारी विश्वकप फुटबलमा बिहीबार अर्जेन्टिनाले दक्षिणकोरियालाई ४-१ हराएको छ । उनले खेलको ३३ औं, ७७ औं र ८० औं मिनेटमा गोल गरे ।जोहानेसबर्गको सकरसिटी रंगशालामा भएको खेलको पहिलो आत्मघाती गोल दक्षिणकोरियाका पार्क चू योंगले १६ औं मिनेटमा गरेका थिए । दक्षिणकोरियाका लि चूंग योंगले मध्यान्तर हुनुभन्दा एक मिनेट अघि गरेको एक गोलले नै उसले चित्त बुझाएको छ ।...कांग्रेस र एमालेलाई चलाउने अर्कै शक्ति
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई चलाउने शक्ति अरुनै भएकाले ती दलका नेताले चाहेर पनि कुनै सहमति हुने अवस्था नदेखिएको दावी गर्नुभएको छ । उहाँले कांग्रेस र एमालेका नेताहरु स्वविवेकमा निर्णय गर्ने हैसियतमा नरहेको आरोप समेत लगाउनुभएको छ । काठमाडौंमा विहिवार आयोजित दुइ बेग्ला बेग्लै कार्यक्रममा निकै निराश र केही आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएका अध्यक्ष प्रचण्डले अब सहमति हुन्छ भन्नेमा आफू विश्वस्त नरहेको बताउनुभयो ।...कटवालको लडाइ कम्युनिस्ट विरुद्ध
नेपालको इतिहाँसमै सबैभन्दा विवादस्पद प्रधान सेनापतिका रुपमा चर्चित पूर्व सेनापति कटवालले ७३ वर्षो प्रयोगले विश्वमै कम्युनिस्ट नीति पूर्ण रुपमा असफल भएको बताउनुभएको छ । उहाँले यस विरुद्ध नेपालमा बिचारको लडाइ रहेको दावी समेत गर्नुभएको छ । निजी भ्रमणका सिलसिलामा हाल अमेरिकामा रहनुभएका कटवालले क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा बिभिन्न नेपाली संघ संस्थाले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बिचार व्यक्त गर्नुभएको हो ।...विश्वकप फुटबलका अप्रत्याशित नतिजा
दक्षिण अफि्रकामा जारी १९ औं विश्वकप अर्न्तर्गत बुधवार रातीका खेलमा केही अप्रत्याशित नजिता निस्किएका छन् । विश्वकप उपाधीको प्रबल दावेदार मानिएको स्पेन अप्रत्याशित रुपमा आफूभन्दा निकै कमजोर टिम स्वीटजरल्याण्डसँग पराजित भएको छ । युरो च्याम्पियन तथा विश्वकपको दावेदार मध्येको एक स्पेनलाई पराजित गर्दै स्वीस टोलीले यस पटकको प्रतियोगिताकै अपसेट परिणाम निकालेको छ । पछिल्ला १२ खेल जित्दै अन्तर्राष्ट्रिय फुटबलमा लगातार बिजयको किर्तिमान राखेको स्पेनमो बिजय यात्रा यहि खेलबाटै भंग हुन पुगेको छ ।...लम्जुङका विद्यार्थीमा अनौठो रोग
लमजुङ जिल्लाको सदरमुकाम बेंशीशहरको पूर्वी भेगमा रहेको बाँझाखेत गाविस वडा नं. ६ भाचोकस्थित हिमज्योति प्राथमिक विद्यालयका विद्यार्थीहरुमा विगत दिनदेखि सामूहिक रुपमा स्वास्थ्य सम्बन्धि समस्या देखिएपछि पठनपाठन अवरुद्ध हुन पुगेको छ । त्यस विद्यालयका विद्यार्थीहरुमा टाउको दुख्ने, आँखाबाट आँसु बग्ने, शरीर तात्ने र सिंगान बग्ने जस्ता समस्याहरु देखिने गरेको छ । तीनदिन यता २७ जना विद्यार्थीहरुमा यस्तो लक्षणहरु देखिएको भएपनि पाँच जना विद्यार्थीहरु बेहोश नै भएको लमजुङबाट सृजना घिमिरेले जनाएकी छिन् ।...सरकार असफल भएको स्वीकारोक्ति
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफ्नै पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरेको सरकार असफल भएको स्वीकार गर्नुभएको छ । एमाले नेतृत्वको सरकार पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन र संविधान निर्माण गर्न असफल भएको खनालले बताउनुभएको छ । एमालेको केन्द्रीय प्रचार बिभागद्धारा बुधवार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष खनालले सहमति र सहकार्यको अभावमा सरकारले शान्ति र संविधानलाई निष्कर्षा पुर्याउन नसकेको बताउनुभयो । ...पूर्व राजाको धार्मिक यात्रा वारामा पुग्यो
पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्ना धार्मिक भ्रमणलाई त्रि्रता दिनुभएको छ । जनकपूरबाट शुरु भएको पूर्व राजा ज्ञानेन्द्रका धार्मिक यात्रा पोखरा, नेपालगन्ज हुँदै बारा पुगेको छ । पूर्व राजा ज्ञानेन्द्र बारा र पर्साको सिमाना पर्ने परवानीपुरमा पुगी बैष्णवी दुर्गा मन्दिरमा पूजा गर्नुभएको छ । उहाँले सो अवसरमा बैष्णमी मन्दिरको उद्घाटन समेत गर्नुभएको थियो । पूर्व राजा ज्ञानेन्द्र विहान साँढे नौ बजे काठमाडौंबाट सिमरा बिमानस्थलमा उत्रिनुभएको थियो । ...अध्यक्ष प्रचण्डमाथि पदलोलुपको आरोप
एकीकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्यहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहालमाथि पदको लोभ गरेको र व्यक्तिवादी भएको आरोप लगाएका छन् । अध्यक्षको नेतृत्व असफल हुन लागेको भन्दै पोलिटव्युरो सदस्यहरुले बितेको एक वर्ष पार्टीका लागि गम्भिर क्षति भएको समेत बताएका छन् । मंगलवारदेखि शुरु भएको माओवादी पोलिटव्युरो बैठकमा अध्यक्ष प्रचण्डद्धारा पेश गरिएको राजनीतिक प्रतिवेदनमाथि छलफलमा भाग लिने सदस्यहरुले यस्तो आरोप लगाएका हुन् । ...अध्यक्ष प्रचण्डको निराशाजनक प्रतिवेदन
एकीकृत नेकपा माओवादीले सहमतिय सरकारको सम्भावना लगभग समाप्त भएको ठहर गरेको छ । माओवादीले अब सहमतिको नाममा पार्टीको नीति र बिचारभन्दा टाढा जाने भन्दा पनि सके आफैंले नेतृत्व लिने, नसकेमा जनताको बीचमा जाने नीति लिएको छ । मंगलवारबाट शुरु भएको माओवादी पोलिटब्युरो बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिय सरकारको सम्भावना क्षीण बनेको बताउनुभएको छ । पोलिटव्युरो बैठकमा पार्टीको कार्यदिशा र कार्य योजनाबारे प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले सहमतिको सरकारको सम्भावना टाढिइ सकेको बताउनुभएको छ । ...डिफेन्डिङ च्याम्पियन झण्डै रोकियो
स्न २००६ को विश्वकप फुटबल बिजेता डिफेन्डिङ च्याम्पियन इटाली यस पटकको विश्वकपको पहिलो खेलमै पाराग्वेसँग बराबरीमा रोकिएको छ । सोमवार मध्यराती दक्षिण अफि्रकाको ओरन्टो रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा पाराग्वेले ६३ औं मिनेटमा एक गोल चखाएपछि इटाली आक्रमक बनेको थियो । खेलको अन्तिमतिर इटालीले एक गोल फर्काएपछि दुवैले बराबरी अंक बाँडेका छन् । सोही समूहको अर्को खेलमा एशियाली मुलुक जापानले अफि्रकी मुलुक क्यामरुनलाई एक सूख्य गोलको अन्तरमा पराजित गरेको थियो ।...घानाका खेलाडीमाथि यौन प्रतिबन्ध
आइतवार पहिलो खेलमै र्सर्बियालाई पराजित गरेर उत्साहित बनेका घानाका राष्ट्रिय फुटवल टोलीका सदस्यहरुलाई विश्वकप सम्पन्न नहुँदासम्म यौन सर्म्पर्क राख्न प्रतिबन्ध लगाइएको छ । घाना फुटबल संघले सबै खेलाडीमाथि विश्वकप अवधिभर यौनसर्म्पर्क राख्बाट कडाइका साथ प्रतिबन्ध लगाएको संघका प्रवक्ता रेण्डी अब्बेले बताएका छन् । घानाका खेलाडीहरुले आफू बस्ने होटलको कोठामा महिला आगन्तुकलाई बोलाउने स्वीकृति समेत नदिइएको बताइएको छ । ...अमेरिकामा आदिकवी भानुभक्त प्रदर्शन
आदिकवि भानुभक्त आचार्यको स्मृतिमा निर्माण हुने भानु स्मृति संग्रहालय र भानु पुस्तकको सहयोगार्थ अमेरिकाको बाल्टिमोरमा जुन १३ को दिन आदिकविको जीवनीमा आधारित चलचित्र आदिकवि भानुभक्तको पर््रदर्शन गरिएको छ । तनहुँ अमेरिका सोसाइटीको आयोजनामा गरिएको चलचित्र पर््रदर्शनीमा बाल्टिमोर आसपासका नेपालीहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा मेरिल्याण्ड तथा पेन्सिलभेनिया राज्यका लागि नेपाली अवैतनिक वाणिज्यदूत तथा लोक गायक प्रेमराजा महत तथा तनहुँ अमेरिका सोसाइटीका अध्यक्ष लगायतले भानुभक्त र तनुहप्रतिको आफ्नो सानिध्यता व्यक्त गर्नु भएको थियो ।...के मास हिस्टेरिया यौन चाहना हो ?
रामेछापको खिम्तीस्थित जनजागृति माध्यमिक बिद्यालयका केही छात्राहरुमा पाँच वर्षघि एकैसाथ अनौठो रोग देखा पर्दा राजधानी काठमाडौंदेखि सिंगो देशमा ठूलै चर्चा पाएको थियो । कक्षा कोठामा पढ्दा पढ्दैका छात्राहरु एक्कासी रुँने, चिच्याउने र मनपरी शव्द बोल्ने गर्न थालेपछि शिक्षकहरु समेत डराएका थिए । रोगको नाम थाहा नभएको यो सामुहिक समस्या राष्ट्रिय समाचार बनेको थियो । त्यसपछि यो समस्या रामेछापमा मात्र सिमिति रहेन । प्युठान, तनहु, कास्की, तेह्रथुम लगायत धेरै जिल्लामा एकपछि अर्को गरि यस्तै घटना भए । ...बेलायती हुल्याहालाई फिर्ता पठाइयो
एक बेलायती हुल्याहालाई दक्षिण अफ्रिकी प्रहरीले पक्राउ गरेको छ। उसलाई स्वदेश फिर्ता पठाइएको छ। त्यस क्रममा विश्वकप हेर्न आएका पाहुनाहरू लुटिने घटनाले निरन्तरता पाएको छ।एउटा अदालतले विदेशी पत्रकारलाई लुटेको आरोपमा तीन चोरलाई कुल ३४ वर्षको सजाय सुनाएको छ। एउटा बेग्लै घटनामा उरुग्वेका फुटबल अधिकारी, न्युजिल्यान्डका पत्रकारको सामान उनीहरूको होटलबाट चोरिएको छ।पक्राउ परेका हुल्याहा ४२ वर्षको साम्प्रदायिक घटना गराउने आरोप लागेको बेलायती पुरुष थिए।...बेल्जियममा नेपाल मेला सम्पन्न
बेल्जियमस्थित नेपााली दूतावास र एनआरएन बेल्जियमको आयोजना तथा बेल्जियमस्थित बिभिन्न नेपाली संघ संस्थाहरुको सहयोगमा नेपाल मेला २०१० सम्पन्न भएको छ । बेल्जियमको लुभेन शहरमा आयोजित नेपाल मेलाको उद्घाटन नेपाली राजदूत प्रमेशकुमार हमाल तथा लुभेन शहरका मेयर लुइस टोवाकले संयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रममा बेल्जियमस्थित नेपाली संघ संस्थाहरुले आफ्ना समुदायका नेपाल झल्काउने झाँकीहरु प्रदर्शन गरेका थिए ।...जेन्टलमेन सहमतिमा एमालेबाट धोखा
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजिनाको विषयमा भएको सहमति बारे एमाले नेताहरुले ढाँटेको आरोप लगाउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको वाषिर्क साधारणभाका लागि राजधानीमा भेला भएका उद्योगी व्यवसायीहरुलाइ आइतवार स्वागत गर्दै अध्यक्ष प्रचण्डले एमलो नेताहरुसँग भएको जेन्टलमेन सहमतिमा पाँच दिनभित्र प्रधानमन्त्रीले राजिनामा दिने सहमति भएको थियो भन्नुभयो । तर एमाले नेताहरुले आन्तरिक सहमति नभएको भनेर ढाँटिरहेको दावी उहाँको थियो । ...यो झरी,जब कसैलाई बन्छ अमृतसरी
मात्रिका पौडेल । काठमाडौं काकाकुल बनेको छ । सिर्फ एक घैला पानीका लागि सुक्न लागेका काठमाडौं उपत्यकाका ढुंगेधाराहरुमा दुइ दिनदेखि लाइन बसिरहेका छन्, केही किशोरी अझ भनौं राजधानीबासी युवतीहरु । आज विहान ललितपूरको कुम्भेश्वरमा पुग्दा एक हुल नेवार युवतीहरु घैला भर्ने आफ्नो पालो कुरेर ढुंगेधाराको छेउमै गफिएर बसेका थिए । कुम्भेश्वरबाट मोटरसाइकलमा हान्निएर नेपाली टिभीको कार्यालयको बाटो तताउँदै थिएँ, अचम्मै भयो । भ्यागुताको विहे गर्नु पनि परेन, हरहर महादेउ पानी देउ भन्नु पनि परेन, खडेरीले हपक्कै भएको काठमाडौंमा अचानक स्यार्र पानीको वर्षा भयो । ...एमआरपी ढिलाइले रोजगार प्रभावित
मुलुकको कुल अर्थतन्त्रमा झण्डै २४ प्रतिशत योगदान रहेको बैदेशिक रोजगार मेसिन रिडेवल पासपोर्ट जारी गर्न भएको ढिलाई र खुल्ला सीमानाका कारण प्रभावित हुदै गएको छ । फरेन ईम्प्लोइमेन्ट एशोसिएसन नेपालले राजधानीमामा गरेको पत्रकार सम्मेलनमा बोल्दै बैदेशिक रोजगार ब्यवसायीहरुले त्यस्तो गुनासो गरेका हुन । पत्रकार सम्मेलनमा बोल्दै एसोसिएसनका अध्यक्ष प्रेमबहादुर कटुवालले एमआरपी जारी गर्न भएको ठिलाई र खुल्ला सीमानालाई ब्यवस्थित गर्न नसकिएकोले बैदेशिक रोजगार ब्यवसाय बदनाम र प्रभावित हुँदै गएको बताउनु भयो । ...नेमकिपाद्धारा सरकारलाइ समर्थन फिर्ता
नेपाल मजदूर किसान पार्टीले प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वको सरकारलाई दिएको र्समर्थन फिर्ता लिएको छ । सरकार संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउन पूर्ण असफल भएको भन्दै पार्टीले र्समर्थन फिर्ता लिएको हो । सो पार्टीको केन्द्रीय सचिवालयमा शनिवार बसेको बैठकले सरकार निर्माण पूर्व गरिएको १८ बुँदे सम्झौता कार्यन्वयन नगरेको समेत पार्टीले ठहर गरेको छ । मजदूर किसान पार्टीको तर्फबiट संविधानसभामा प्रत्यक्ष २ र समानुपातिक ३ जना गरि ५ जना सभासद रहेका छन् ।...अध्यक्ष प्रचण्डलाई असिमित अधिकार
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा विकेन्द्रित भएको अधिकार पुनः आफ्नै अधिनमा फिर्ता लिनुभएको छ । पार्टीको सम्पूर्ण नीति निर्णय गर्ने जिम्मा अब अध्यक्ष प्रचण्डले पाउनुभएको छ । नेताहरुले एउटै विषयमा फरक फरक अभिव्यक्ति दिदा पार्टीमा अराजकता बढेको ठहर गर्दै अध्यक्ष प्रचण्डले प्राधिकार सहितका निर्ण्र्ााअधिकार आफैंले लिनुभएको हो । हालैका पदाधिकारी र स्थायी समिति बैठकले पनि सरकारमा जाने, सेना समायोजन लगायतका सबै विषयमा पार्टीको आधिकारिक धारणा बनाउने जिम्मा पनि प्रचण्डलाईनै दिएको स्रोतले जनाएको छ ।...दक्षिण अफ्रिका र मेक्सिको बराबरीमा
विश्वकप फुटबल २०१० को पहिलो दिनका खेलहरु बराबरीमा सकिएका छन् । पहिलो खेलमा आयोजक दक्षिण अफ्रिका र मेक्सिको १-१ गोल र दोस्रो खेलमा फ्रान्स र उरुग्वे गोल रहित भएपछि दुबै खेल बराबरीमा टुङ्गिएको थियो ।मध्यराति भएको केपटाउनको ग्रीन प्वाइन्टमा भएको दोस्रो खेलमा फ्रान्सले उरुग्वेमाथि दवाब सृजना गरेपनि गोल गर्न सकेन । अधिकांश समय दुवै टोलीले बल नियन्त्रण गर्न समय खर्चेका थिए । विश्वकपको पहिलो रेडकार्ड उरुग्वेका निकोलस लोडेरियाले पाएका थिए । उनले खेलको ८० औं मिनेटमा रेडकार्ड पाएपछि उरुग्वे १० खेलाडीमा समित भएको थियो । ...नेल्सन मण्डेलाकी पनातिनीको मृत्यु
विश्वकप आयोजक राष्ट्र दक्षिण अफि्रकामा भव्य खुसियाली छाइरहेको बेला आज विहान दुःखद घटना भएको छ । दक्षिण अफि्रकाका महान नेता नेल्सन मण्डेलाकी पनातिनी जेनानी मण्डेलाको कार दुर्घटनामा निधन भएपछि मण्डेला परिवारमात्र होइन सिंगो दक्षिण अफि्रकामा शोक छाएको छ । १३ वषिर्या जेनानी सोवेतोमा आयोजित विश्वकप कन्सर्टमा भाग लिई फर्किने क्रममा दुर्घटनामा ज्यान गएको हो । मण्डेलाका ९ जना पनाति पनातिनामध्येकी जेनानी कान्छी हुन् ।...बहर दाउनभन्दा माओवादी मनाउन गाह्रो
नेकपा एमालेका बरिष्ठ नेता केपी शर्मा ओलीले माओवादीलाई सही बाटोमा ल्याउनु बहर गोरु दाउनुभन्दा पनि कठिन बनेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा शुक्रवार विहान पत्रकारहरुसँग कुरा गर्दै नेता ओलीले गोरुको बहर दाउन र मैनालाई बोलाउन सजिलो होला तर उग्रपन्थीहरुलाई तह लगाउन निकै गाह्रो भएको बताउनुभयो । नेता ओलीले माओवादीकै कारण प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामा नआएको बताउनुभयो । ओलीले माओवादी आवश्यकता भन्दा बढि कराउँदै हिडेकाले पनि राजिनामा गर्न गाह्रो परेको धारणा व्यक्त गर्नुभयो । ...मृतक सिपाहीकी पत्नीको हिलेमै धर्ना
नेपाली सेनाले धनकुटाको हिलेस्थित दुइ नम्बर बाहिनीमा तालिमका क्रममा एक सिपाहीको मृत्यु भएको घटनालाई लिएर दुइ सैनिकलाई पदबाट बर्खास्त गरेको छ । त्यस्तै अन्य सात सैनिकलाई कैद र बढुवा रोक गरेको छ । सैनिक जनसर्म्पर्क निर्देशनालयका अनुसार सिपाही शेरवहादु भण्डारीको मृत्युमा संलग्न भएको अभियोगमा जमदार जमदार रामकुमार तामाङ र अमल्दार दिलवहादुर गौतमलाई सात वर्षकैद सहित जागिरबाट बर्खास्त गरेको छ ।...विश्वको फुटवल महाकुम्भ आजबाट
फुटवलका पारखीहरुका लागि चार वर्षलामो प्रतिक्षा अब समाप्त भएको छ । विश्वकै र्सबाधिक लोकप्रिय खेल फुटबलको महाकुम्भ विश्वकप दक्षिण अफि्रकाको राजधानी जोहानेशवर्गमा आज साँझ शुरु हुदैछ । सन् १९३० मा दक्षिण अमेरिकी राष्ट्र उरुग्वेबाट शुरु भएको विश्वकपको १९ औं संस्करण दक्षिण अफि्रकामा हुन लागेको हो । दक्षिण अमेरिका र युरोपको एकाधिकार जस्तै बनेको फुटवल महाकुम्भको आयोजना अफि्रकी महादीपमा पहिलो पटक हुन लागेको हो । विश्वकप फुटबल महासंग्रामको आज जोहानेशवर्गस्थित ओरन्टो रंगशालामा भव्य समारोहका बीच हुदैछ । ...'प्रचण्डका कारण राजिनामा रोकियो'
नेकपा एमालेका महासचिव इश्वर पोखरेलले माओवादी अध्यक्ष प्रचण्डको बालहठका कारण प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामा रोकिएको बताउनुभएको छ । आफू बाहेक आफ्नै पार्टीका अरु नेतालाई पनि प्रधानमन्त्री मान्न नसक्ने प्रचण्डको पदलोलुपता र बालहठका कारण तीन बुँदे सहमति कार्यन्वयनमा बाधा उत्पन्न भएको महासचिव पोखरेलको भनाइ छ । एमाले सम्बद्ध उत्पीडित जातिय मुक्ति समाजका नवनिर्वाचित केन्द्रीय पदाधिकारीहरुलाई सपथग्रहण गराएपछि पत्रकारहरुसँग कुरा गर्दै महासचिव पोखरेलले विहिवार यस्तो प्रतिक्रिया दिनुभएको हो । ...प्रचण्डको नेतृत्व कांग्रेसलाई अस्वीकार्य
यसैबीच नेपाली कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व स्वीकार्य नहुने स्पष्ट पारेको छ । कांग्रेसले प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने समेत स्पष्ट पारेको छ । विहिवार सम्पन्न कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले माओवादीले आज विहान गरेको निर्णबाट सहमतिका लागि बाधा उत्पन्न गरेको ठहर समेत गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले माओवादीले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व प्रचण्ड बाहेक अरुले गर्न नसक्ने निर्णय गरेर सहमतिमा ब्रेक लगाएको ठहर गरेको बैठकपछि प्रवक्ता अर्जुन नरसिंह केसीले बताउनुभयो । ...माओवादी निर्णयःप्रचण्डको विकल्प प्रचण्ड
एकीकृत नेकपा माओवादीले राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्री पार्टी अध्यक्ष पुष्पकमल दाहाललेनै गर्ने निर्णय गरेको छ । यदि दाहालको नेतृत्वमा सरकार बन्न नसकेको अवस्थामा प्रतिपक्षमै बस्ने संकेत पनि माओवादीले दिएको छ । माओवादीको विहिवार दाहाल निवास नयाँ बजारमा बसेको केन्द्रीय पदाधिकारी बैठकले दाहालको विकल्प मान्य नहुने स्पष्ट पारेको छ । राष्ट्रिय सरकारको नेतृत्वमा दाहालको विकल्पमा पार्टीकै उपाध्यक्ष बाबुराम भट्टराइको नाम चर्चामा रहेका बेला बैठकले यस्तो निर्णय गरेको हो । ...एमाले अध्यक्ष मन्चमै लडेर घाइते
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल आज विहान एउटा कार्यक्रममा प्रमुख अतिथी भएका बेला मन्चबाट लडेर घाइते हुनुभएको छ । राजधानीको बालाजुस्थित पिपुल्स डेन्टल कलेजको कार्यक्रममा भाग लिन जानुभएका अध्यक्ष खनाल सो कलेजका संस्थापकको फोटोमा माल्यार्पण गर्ने क्रममा लड्नुभएको थियो । अध्यक्ष खनालको खुट्टामा चोट लागेको चिकित्सकहरुले बताएका छन् । प्रमुख अतिथी खनालनै लडेर घाइते भएपछि उहाँलाई तत्कालै सोही अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार गरिएको थियो ।...नेपालका नेताहरुलाई राजनको उपदेश
नेपालका लागि भारतीय पर्ूव राजदूत केभी राजनले राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रक्रिया र संविधान लेखनलाई निस्कर्षमाा पुर्याउन आग्रह गर्नुभएको छ । रिपोर्र्टर्स क्लब नेपालद्वारा बुधवार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व राजदूत राजनले बिश्वकै युनिक शान्तिप्रक्रियालाई निस्कर्षा पुर्याउने नेपाली नेताहरुको प्रयासलाई भारतको पूर्ण र्समर्थन रहेको पनि स्पष्ट पार्नुभएको छ । नेपालको राजनीति सहमतिय बाटोमा जाने कुरामा आफू विश्वस्त रहेको पनि उनले बताउनुभयो । ...अमेरिकामा पनि कटवालको ललकार
उषा भट्ट, भर्जिनिया । नेपाली सेनाको इतिहासकै सबैभन्दा बढी विवादास्पद अवकाश प्राप्त प्रधान सेनापति रुक्माङ्गत कटवालले मुलुकमा जारी संघीयता र राज्य पुनःसंरचना प्रक्रियाका बारे आफ्नो तीव्र असन्तुष्टी व्यक्त गर्नुभएको छ । संघीयताका कारण देश टुक्रन सक्छ भन्दै कटवालले राजनीतिक दलहरुको भूमिकाप्रति पनि असन्तुष्टी जाहेर गर्नुभएको छ । नीजि भ्रमणका क्रममा अमेरिकामा रहेका कटवालले यही जुन ६ तारिख आइतवार यहाँ आयोजित एक कार्यक्रममा यस्तो असन्तुष्टी व्यक्त गर्नुभएको हो । ...बाबुराम भट्टराइको गम्भिर आपत्ति
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले केही दिन पहिले राप्रपा नेपालका अध्यक्ष कमल थापासंग आफ्नो भेटघाट भएको भन्दै बुधबारको (२६ जेठ, २०६७, माओवादी सांस्कृतिक राजाको पक्षमाः थापा) राजधानी दैनिकमा प्रकाशित समाचार झुट र भ्रमपूर्ण रहेको बताउनुभएको छ ।'मेरो कमल थापासंग थुप्रै महिना यता कुनै पनि प्रकारको भेटघाट र कुराकानी भएको छैन, त्यसैले त्यो समाचार पूर्ण रुपमा झुठो हो ।'- डा. भट्टराईले भन्नुभयो ।...भक्तमानको अपहरण,रिहाइ दुवै रहस्यमय
गृहमन्त्री भीम रावलले सञ्चार उद्यमी जमिम शाह, अरुण सिंघानिया हत्याकाण्ड, डाक्टर भक्तमान श्रेष्ठ अपहरणलगायत अपराधका घटना आर्थिक लेनदेनका कारण भएको दावी गर्नुभएको छ । आज रिपोर्र्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गृहमन्त्री रावलले यस्ता घटनामा संगठित आपराधिक गिरोह संलग्न रहेको बताउनुभयो । उहाँले बीपी कोइराला क्यान्सर अस्पतालका निर्देशक भक्तमान श्रेष्ठको अपहरण काण्डमा विभिन्न पक्षको संलग्नता रहेको प्रारम्भिक प्रतिवेदन रहेको जानकारी दिँदै हिन्दुवादी दलको दावीप्रति आशंका ब्यक्त गर्नु भयो । ...जल, जमिन र जंगल बचाउन आव्हान
राष्ट्रपति डाक्टर रामवरण यादवले वितेको ६० वर्षत्यतिकै खेर गएको भन्दै अझै पनि बिगतका गल्तिबाट पाठ सिक्न नसक्दा देश अघि बढ्न नसकेको बताउनुभएको छ । उहाँले ६० वर्षयता राजनीतिक धार स्थापित गर्न पनि नेपाल असफल भएको र वन जंगल जोगाउन पनि नसकिएको स्वीकार गर्नुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघको चौथो महाधिवेशनको मंगलवार काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति यादवले जंगल, जमिन र जलस्रोत जोगाउन नसके अब नेपाल मरुभूमीमा परिणत हुने चेतावनी समेत दिनुभयो ।...राष्ट्रिय खेलाडीकी आमा कुवेतमा अलपत्र
बिगत दुइ वर्षेखि गैरकानुनी रुपमा कुवेतमा घरेलु कामदारका रुपमा रहेकी माया मल्ललाइ नेपाल पठाउन कुबेतस्थित नेपाली दूतावासमा निवेदन परेको छ । नेपालको राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लकी आमा मायालाई घर मालिकले शारिरिक र मानसिक यातना दिएको, अभद्र व्यवहार गरेको र आफ्नो ज्यान खोखिममा परेपछि सो घरबाट भागेको बताइएको छ । कुवेतको कानुन अनुसार मालिकको घर छाडेर भाग्ने कामदार गैरकानुनी हुन्छन् । त्यस्ता व्यक्तिलाई पुलिसले फेला पारेमा जेल सजाय हुने भएकाले माया मल्ल लुकेर बस्नुपरेको बताइएको छ । ...किराती नेताहरु हातहतियार सहित पक्राउ
प्रहरीले पाँच केन्द्रीय नेता पक्राउ गरेको दुई दिन पछि फेरि किराँत जनवादी वर्कस पार्टीका सहसचिव हाङ्सा किराती सहित २० कार्यकर्तालाई धरानबाटै पक्राउ गरेको छ । किरातीलाई धरान-१५ बाझगारवाट पक्राउ गरिएको उनको पारिवारिक श्रोतले जनाएको छ । पक्राउ पर्नेहरुमा हाङसा सगै उनकी वहिनी रमा राई, उनका सात वर्षीया छोरा अमिर, हांसाका वुहारी पर्ने अरविना राई लगायत रहेका छन् । उनीहरुलाई भने प्रहरीले धरान-१० रमाइलो चोकबाट सोमबार पक्राउ गरेको हो ।...माओवादीले धोखा दिएको आरोप
नेकपा एमालेका स्थायी समिति सदस्य एबं जेठ १४ गतेको तीन बुँदे सम्झौताका सूत्रधार मानिनु हुने प्रभावशाली नेता केपी शर्मा ओलीले प्रचण्डसँग आफ्नो कुनै गोप्य सम्झौता नभएको दावी गर्नुभएको छ । ५ दिनभित्र प्रधानमन्त्रीको राजिनामा गराउने भनी ओलीले प्रचण्डलाई आश्वासन दिएको कुरा बाहिर आइरहेका बेला ओलीले यदि त्यस्तो सम्झौता थियो भनें माओवादीले किन र्सार्वजनिक गरेको भनी उल्टो प्रत्रि्रश्न गर्नुभएको छ । ...डाक्टरको अपहरणमा माओवादी हात ?
वीपी कोइराला क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर भक्तमान श्रेष्ठको अपहरण भएको १४ दिन पुगिसक्दा पनि अहिलेसम्म उनको अवस्थाबारे अत्तोपत्तो छैन । बिभिन्न अनुसन्धानहरुले श्रेष्ठको अपहरण माओवादीबाट भएको आशंका गरेका छन् । माओवादीकै सदस्य रहेको डाक्टर श्रेष्ठसँग माओवादीका महासचिव रामवहादुर थापा बादल लगायतका नेताहरु पछिल्लो समयमा रिसाएको र अपहरणमा माओवादीको संलग्नता रहेको दावी गरिएको छ । ...'हरियो वनःमन्त्री बोहोराको धन'
वनमन्त्री दिपक बोहोरोको संलग्नतामा तराइका चुरे लगायत हरियो बन धमाधम फँडानी हुन थालेपछि संसदको प्राकृतिक स्रोत समितिले छानबीन थालेको छ । मन्त्रीले २० करोडभन्दा बढि रकम लिएर बन फडानीको लागि स्वीकृति दिएको आरोप लागेपछि संसदीय समितिले छानबीन थालेको हो । त्यसबारे सत्य तथ्य अध्ययनका लागि प्राकृतिक स्रोत समितिले एक उपसमिति गठन गरेको समितिका सभापति शान्ता चौधरीले बताउनुभयो । मंगलबार बसेको समितिको बैठकले वन फडानी र त्यसलाई रोक्ने उपायका बारेमा छलफल गरेको थियो ।...सभासद पासवानद्धारा भत्ता फिर्ता
दलित जनजाती पार्टीका एकमात्र सभासद एबं अध्यक्ष विश्वेन्द्र पासवानले संविधानभाको २ वर्षे कार्यकालमा बुझेको १ लाख २० हजार ७ सय रुपैया भत्ता मंगलवार फिर्ता गर्नुभएको छ । संविधान नलेखिएको अवस्थामा जनताको पसिनाबाट प्राप्त हुने भत्ता लिन उपयुक्त नहुने भन्दै उहाँले भत्ता बापतको रकम फिर्ता गर्नुभएको हो । मंगलवार उहाँले संसद सचिवालयमा सो रकम फिर्ता गर्नुभएको हो । उहाँले अन्य सभासदहरुलाई पनि भत्ता फिर्ता गर्न आग्रह गर्नुभएको छ ।...माओवादीद्धारा मोर्चाबन्दीको प्रयास
एकीकृत नेकपा माओवादीले कांग्रेस र एमाले बाहेकका अन्य दलहरुसँग छलफल थालेको छ । बुधवारसम्म प्रधानमन्त्रीको राजिनामा गराउने प्रतिबद्धताबाट कांग्रेस र एमाले बिचलित भएको भन्दै माओवादीले अन्य २३ दलसँग छलफल गरेको हो । माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा आज विहान भएको छलफलमा माओवादीले भोलिसम्ममा प्रधानमन्त्रीको राजिनामा नआए अब कठोर कदम चाल्ने जानकारी गराएको थियो । सो अवसरमा माओवादीले कांग्रेस र एमालेलाई बेलैमा दबाब दिन साना दलहरुलाई आग्रह गरेको थियो । ...Author info
Matrika Poudel
