Matrika Poudel

image

बिरोधपछि २ जनाको पदक फिर्ता

सरकारले दोस्रो जनआन्दोलन दमनमा संलग्न रही मानवअधिकार उल्लंघनको अभियोग खेपिरहेका सशस्त्र प्रहरीका डिआइजी दुर्जकुमार र्राई र एसपी कुवेरसिंह रानालाई दिएको पदक फिर्ता लिएको छ । विभुषण छनौट समितिको मंगलवार बसेको बैठकले डिआइजी र्राई र एसपी रानालाई दिएको पदक विवादित बनेको भन्दै फिर्ता लिएको हो । २०६२/६३ को जनआन्दोलनका बेला राइ आफैंले गोली हानेर तीनजना आन्दोलनकारीको हत्या गरेको ठहर रायमाझी आयोगले गरेको थियो ।
Full story

समायोजनबारे खनाल नेपाल छलफल

image
नेकपा एमालेले माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनर्स्थापनाको बारेमा आफ्नो आधिकारिक धारणा तय गरेको छ । एमाले स्थायी समितिको सोमवारको अनौपचारिक बैठकमा अध्यक्ष भलनाथ खनालले सेना समायोजनको बारेमा प्रधानमन्त्री माधवकुमार नेपाल लगायत सेना समायोजन विशेष समिति र प्राबिधिक समितिका एमालेका सदस्यहरुसँग छलफल गर्नुभएको थियो । बैठकमा विशेष समितिका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री नेपालले हालसम्म भएका प्रगतिहरुको बारेमा जानकारी गराउनुभएको थियो । ...
Full story

२ दिनभित्र राजिनामा नआए बेइमानी

image
एकीकृत नेकपा माओवादीले तीन दलबीच भएको तीन बुँदे सहमति अनुसार अब २ दिनभित्र प्रधानमन्त्रीले राजिनामा नगरे राजनीतिक बेइमानी हुने ठहर गरेको छ । तीन बुँदे सहमतिको आफूखुसी गलत व्याख्या गरिएकोमा समेत माओवादीले आपत्ति जनाएको छ । आज विहान बसेको माओवादीको स्थायी समिति बैठकले प्रधानमन्त्रीलाई सहमति अनुरुप २ दिनभित्र राजिनामा गरेर सहमतिको वातावरण बनाउन आग्रह गरेको छ । माओवादी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा प्रधानमन्त्रीले २ दिनभित्र राजिनामा नदिए के गर्ने भन्ने बारेमा छलफल भएको थियो ।...
Full story

राजिनामा पहिले कि पछिमा बिबाद

image
जेठ १४ गते भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल गर्नबसेको तीन प्रमुख ठुला दलहरुको बैठक विना निश्कर्षटु्रङगिएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा आईतवार बसेको तीन दलको बैठकमा सहमति कार्यान्वयनको विषयमा प्रारम्भिक छलफल भए पनि कुनै सहमति बन्न नसकेपछि बैठक भोली दिउसो १ बजे पुनः बस्ने गरि स्थगित भएको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । बैठकमा माओवादीबाहेकका दलहरुले सहमतिको एक नम्बर बुँदामा संविधान र शान्तिसँग सम्बन्धित विषयहरुमा सहमति भएपछि प्रधानमन्त्रीले राजिनामा दिने तर्क प्रस्तुत गर्नु भएको थियो ।...
Full story

कांग्रेस सहमतिपछि राजिनामाको पक्षमा

image
नेपाली कांग्रेसले सहमति भएपछिमात्र प्रधानमन्त्रीले राजिनामा दिने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको आइतवारको बैठकले शुरुमै प्रधानमन्त्रीले राजिनामा दिदा शान्ति प्रक्रिया र संविधान लेखनका अरु विषय ओझेलमा पर्ने भन्दै माओवादीलाई चाँडो सहमतिमा आउन आग्रह गरेको छ । सिंहदरवारस्थित कांग्रेस ससदीय दलको कार्यालयमा भएको बैठकमा नेताहरुले माओवादीसँग भएका सहमतिको बारेमा सभासदहरुलाई जानकारी गराएका थिए । प्याकेजमै सबै विषयमा समाधान भएपछिमात्र प्रधानमन्त्रीले राजिनामा दिने कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बताउनुभयो । ...
Full story

१४ बुदे हृयुष्टन घोषणापत्र जारी गर्दै एनआरएन सम्मेलन सम्पन्न

image
गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको आयोजना र राष्ट्रि्रय समन्वय परिषदहरु संयुक्त राज्य अमेरिका एवम क्यानाडाको आथित्यमा एनआरएन चौथो क्षेत्रिय सम्मेलन ह्युस्टन घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेपालको द्रुदतर विकासका लागि ज्ञान र लगानी प्रवाह" को मुल नारा सहित टेक्सास राज्यको ह्युस्टन शहरमा सम्पन्न यो चौथो गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन २०१० ले १४ बुदे घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा थपिएको १ वर्षो अवधिमा संबिधानसभाले लोकतान्त्रिक मूल्य मान्यता सहितको संविधान निर्माण गरोस भनिएको छ । ...
Full story

प्रधानन्त्रीको राजिनामा तत्काल नआउने

image
प्रधानमन्त्री माधवकुमार नेपालले भनें दिन तोकेर राजिनामा दिने बारेमा कुनै पनि सहमति नभएको बताउनुभएको छ । आज विहान सत्तारुढ दलहरुको बैठकमा सत्ताधारी नेताहरुको जिज्ञासामा प्रधानमन्त्रीले सहमति कायम भएपछिमात्र राजिनामा दिने कुरा भएको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री नेपालले पाँच दिन वा सात दिनभित्र राजिनामा दिने कुनै मौखिक सहमति पनि नभएको बताउनुभयो । उहाँले माओवादी शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन ठोस प्रतिबद्धता सहित आउँछ भनें राष्ट्रिय सहमतिको सरकारको लागि बाटो खोल्ने कुरामात्र भएको बताउनुभयो ।...
Full story

तीन दलका शीर्ष नेताहरु बैठकमा

image
तीन दलबीच भएको तीन बुँदे सहमति कार्यन्वयन गर्नका लागि आज विहानैबाट तीब्र छलफल शुरु भएको छ । प्रमुख तीन दल एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच आज विहानैदेखि छलफल चलिरहेको छ । माओवादीले यसअघि भएको सहमति बमोजिम प्रधानमन्त्रीको तत्काल राजिनामा मागेको छ भनें अन्य दलले पनि सोही सहमति अनुरुप माओवादीले सेना सामायोजन लगायतका विषयमा प्रतिबद्धता मागेका छन् । संविधानसभा भवनमा तीन दलका नेताहरुबीच भएको वार्ता सकारात्मक ढंगले अघि बढेको नेताहरुले बताएका छन् । ...
Full story

एनआरएनको चौथो क्षेत्रीय भेला शुरु

image
शुक्रबारबाट एन्आरएन्को चौथो क्षेत्रीय सम्मेलन संयुक्त राज्य अमेरीकाको टेक्सास स्टेट वेस्टचेज म्यारीट होटलमा शुरु भएको छ । सो सम्मेलन मे २८ देखि ३० सम्म सञ्चालन हुनेछ । पछिल्लो तीन क्षेत्रीय सम्मेलन कतारको दोहा, जर्मनीको बोन र थाईल्याण्डको बैङ्ककमा भएको थियो ।...
Full story

आज दोस्रो गणतन्त्र दिवस मनाइदै

image
आज जेठ १५ गते, नेपाल राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको ऐतिहासिक दिन । गणतन्त्र दिवसको अवसरमा हामी प्रवासमा रहनुभएका नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । आजभन्दा ठिक दुइ वर्षघि अर्थात २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्र मुलुक घोषणा गरि राजतन्त्रको बिधिवत अन्त्य गरेको थियो । दोस्रो गणतन्त्र दिवसका अवसरमा आज बिभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । राजधानीको टुँडिखेलस्थित सैनिक मन्चमा गणतन्त्र दिवस मनाइएको छ । ...
Full story

बिघटनबाट यसरी जोगियो संविधानसभा

image
प्रधानमन्त्रीले अबिलम्ब राजिनामा दिने सहमति भएपछि अन्ततः संविधानसभा असामयिक हत्याबाट हुनबाट जोगिएको छ । प्रधानमन्त्रीको राजिनामालाई प्रमुख शर्त बनाएको माओवादी र प्याकेजमै समाधानको अडानमा रहेका सत्तारुढ कांग्रेस एमालेबीच शुक्रवार मध्यरातमा मध्यमार्गी सहमति भएको थियो । तीन दलबीच भएको तीन बुँदे सहमतिपछि संविधानसभाको आयु एक वर्षथपिएको छ । तीन दलका शीरेष नेताहरु माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले हस्ताक्षर गरेको सम्झौतामा शान्ति र संविधान निर्माणका बाँकी काम मिलेर अघि बढाउने र राष्ट्रिय सहमतिको सरकारका लागि प्रधानमन्त्रीले अबिलम्ब राजिनामा दिने सुनिश्चित गरिएका छ । ...
Full story

प्रधानमन्त्रीले राजीनामा दिने

image
ऐतिहासिक जनआन्दोलनको जनादेश, नेपालको अन्तरिक संविधान २०६३, लोकतन्त्र दिगो शान्ति तथा बिस्तृत शान्ति सम्झौता अनुरुप हामीहरु निम्नलिखित प्रतिवद्धता गदैर्छा । काठमाडौ, जेष्ठ १४ - दलहरुबीच सहमति भएको छ । सहमति पत्रको व्यहोरा १. शान्ति प्रक्रियालाई सार्थक निस्कर्षमा पुर्याउन यस सम्बन्धमा बाँकी कामहरु अविलम्ब सम्पादन गर्न तथा नयाँ संविधान निर्माणको ऐतिहासिक जिम्मेजवारी पुरा गर्न सहमति र सहकार्यका साथ अघि बढ्न हामी दृढ प्रतिज्ञ छौ । ...
Full story

महासचिव मुनद्धारा मिल्नका लागि आव्हान

image
संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनले संविधानसभाको म्याद सकिन लाग्दा पनि नेपालका राजनीतिक दलहरु अझै सहमतिमा पुग्न नसकेकोमा गम्भिर चिन्ता व्यक्त गर्नुभएको छ । महासचिव मुनका तर्फाट जारी गरिएको वक्तव्यमा नयाँ संबिधान बनाउने काममा संविधानसभाले गरेको प्रगति र संविधानसभा आफैंले पनि शान्ति प्रक्रियाको महत्वपर्ूण्ा तथा कठिनताका साथ हासिल गरेको उपलब्धीको रक्षा गर्नु मुख्य दायित्व भएको उल्लेख छ । महासचिव मुनले संविधानसभा तथा शान्ति प्रक्रियालाई जोगाउने उद्धेश्यमा पुनः ऐक्यबद्ध हुन राजनीतिक दलका नेताहरुलाई आग्रह गर्नुभएको छ ।...
Full story

संविधानसभाको भविष्य फैसला आज

image
ऐतिहासिक संविधानसभाको भविष्य आज दिनभरीमा टुंगो लाग्दैछ । यदि संविधासनभाको म्याद थप्न सरकारले ल्याएको प्रस्तावमा एकीकृत नेकपा माओवादीले र्समर्थन नजनाएमा संविधानसभा स्वतः बिघटन हुनेछ र देश गम्भिर राजनीतिक र संवैधानिक संकटमा फस्नेछ । नेपाली जनताले आफ्नो संविधान बनाउनका लागि पाएको यो अवसर यदि नेताहरुले सहमति जुटाउन सकेनन् भने खेर जानेछ । संविधानसभाले आज बेलुकासम्ममा नयाँ संविधान जारी गर्नुपर्ने थियो । तर राजनीतिक दलहरुबीच कुनै पनि सहमति नहुँदा आज अन्तिम दिन पनि संविधानसभा के हुन्छ भन्ने बारेमा अन्यौल कायमै छ । ...
Full story

एनआरएन युकेको टोली अमेरिकातर्फ

image
गैरअवासीय नेपाली संघको चौथो क्षेत्रिय सम्मेलन शुक्रवारदेखि संयुक्त राज्य अमेरिकाको टेक्सास्थित हक्स्टनमा शुरु हुने भएको छ । सम्मेलनले खुल्ला विश्वविद्यालयको अवधारणाई पारित गर्ने बताइएको छ । सम्मेलनमा सहभागी हुनका लागि बिभिन्न देशबाट गैरआवासीय नेपालीहरु अमेरिका पुगेका छन् । यसैक्रममा एनआरएन युकेको एक प्रतिनिधिमण्डल विहिवार अमेरिका प्रस्थान गरेको छ । एनआरएन युकेका संयोजक सूर्य गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा क्याप्टेन हितमान गुरुङ, आइसिसी सदस्य लक्ष्य गुरुङ सामेल हुनुहुन्छ ।...
Full story

माधवको जागिर जोगाउन म्याद नथप्ने

image
यसैबीच संविधानसभामा एक तिहाइ सदस्यहरु रहेको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीले यथास्थितीमा संविधानसभाको म्याद नथप्ने निर्णय गरेको छ । विहिवार अपरान्ह बसेको माओवादी स्थायी समितिको बैठकले माधव नेपाल सरकारको जागिर बचाउनका लागि मात्र संविधानसभाको म्याद थप्न नहुने निष्कर्षनिकालेको बैठकपछि प्रवक्ता दिनानाथ शर्माले बताउनुभयो । उहाँले राष्ट्रपति र संविधानसभा अध्यक्ष पनि संविधानसभाको म्याद नथप्ने पक्षमा रहेकाले अहिलेको अवस्था आएको दावी समेत गर्नुभयो ।...
Full story

न्यायका लागि सोनी उच्च अदालत जाने

image
हङकङमा एक वर्षघि प्रहरीको गोलीबाट मारिएका नेपाली युवक दिलवहादुर लिम्बुको हत्यालाई त्यहाँका एक अदालतले कानुन सम्मत ठहर गरेको छ । त्यहाँको छानबीन सम्बन्धी कोरोनर्स कोर्टले ड्युटीमा खटिएका प्रहरीलाई आक्रमण गरिएकोले आत्मरक्षाका लागि गोली चलाउनुपरेको ठहर गरेको छ । सन् २००९ मा हङकङमा भएका चर्चित घटनाहरुमध्ये यो पनि एक भएकाले यसको फैसलाको बेला समाचार संकलनका लागि स्थानीय सन्चारमाध्यमहरुको ठूलो जमघट भएको थियो । गत वर्षमार्च १७ मा भएको सो घटनामा तीस वषिर्य नेपाली युवा लिम्बुको प्रहरीको गोलीबाट मृत्यु भएको थियो । ...
Full story

नेताहरुलाई मिल्न राष्ट्रपतिको आग्रह

image
राजनीतिक सहमतिको मिलन विन्दू पहिल्याउन राष्ट्रपति डा. रामवरण यादवले गरेको प्रयास पनि असफल भएको छ । एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुलाई शीतल निबासमा बोलाएर राष्ट्रपतिले गरेको सहमतिको प्रयास नेताहरुको आ-आफ्नै अडानका कारण असफल भएको हो ।भेटमा राष्ट्रपति यादवले सहमतिमा संविधानसभाको म्याद थप्न दलका नेताहरुलाई आग्रह गर्नुभएको थियो । ...
Full story

२५५४ औं बुद्ध जयन्ती मनाइदै

image
१३ जेठ, काठमाडौं । शान्तिका नायक गौतम बुद्धको २५५४ औं जयन्ती शान्तिको कामना गर्दै विहीबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । बुद्धको जन्म, ज्ञानप्राप्ती र महापरिनिर्वाण वैशाख पूर्णिमाको दिन परेकोले आजको दिन नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीहरुले अहिंसाको प्रतीक तथा बुद्धको जयन्ती मनाउने गर्दछन् ।बुद्ध जयन्तीको अबसरमा बुद्धको जन्मस्थल लुम्बिनीलगायत विभिन्न गुम्बा तथा स्तुपहरुमा दीप प्रज्वलनलगायत विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।वि.सं. २००८ जेठ आठ गतेदेखि बुद्ध जयन्तीको अवसरमा सार्बजनिक विदा दिन सुरु गरिएको थियो ।...
Full story

प्रधानमन्त्रीलाई शर्त स्वीकार्य नहुने

image
प्रधानमन्त्री माधवकुमार नेपालस“ग बेलायतका अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री आलम डंकनले विहिवार उहा“को निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा बेलायती राज्यमन्त्री डंकनले बेलायत र नेपालका बीचमा लामो सम्बन्ध रहिआएको चर्चा गर्दै नेपालको विकासलाई महत्व दिएका कारण नै आफूले नया“ सरकार बन्नासाथ पहिलो विदेश भ्रमणमा नेपाललाई छानेको जानकारी गराउनुभयो । ...
Full story

मसँग व्ल्याकमेलिङ नगरःप्रधानमन्त्री

image
काठमाडौ, १२ जेठ । प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभाको म्याद थप्ने विषयलाई ब्ल्याकमेलिङ नगर्न आग्रह गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको २४ औं प्राज्ञसभालाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले व्ल्याकमेलिङका अगाडि आफूले घुँडा नटेक्ने बताउनुभयो । प्रधानमन्त्री नेपालले संविधानसभाको म्याद थपलाई ब्ल्याकमेलिङको बिषय नबाउन माओवादीलाई आग्रह गर्दै शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।...
Full story

बाटो खोल्न नेपाललाई सूदको सुझाव

image
काठमाडौ, १२ जेठ । राजनीतिक दलहरुबीच सहमतिको लागि अन्तिम प्रयास भइरहेका बेला भारतीय राजदूत राकेश सूदले प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर सहमतिको लागि बाटो खुल्ला गरिदिन सुझाव दिनुभएको छ । मंगलवार विहानै प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका राजदूत सूदले प्रधानमन्त्रीसँग यस्तो आग्रह गर्नुभएको स्रोतले जनाएको छ । दलहरुबीचको बैठकमा प्रधानमन्त्रीलाई पनि सहभागी गराउन लागिएको समयमा राजदूत सूदले प्रधानमन्त्रीलाई अकस्मात भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ...
Full story

'पृथ्वीनारायण शाहका सन्तान राष्ट्रप्रमुख'

image
काठमाडौं, ११ जेठ । दलहरुबीचको आपसी खिचातानीका कारण संविधानसभा समयमै संविधान जारी गर्न असफल भएको भन्दै शिवसेना नेपालले मंगलवार आफ्नो पार्टिको तर्फाट नयाँ 'नेपालको संबिधान २०६७' जारी गरेको छ । शिव सेना नेपालले मंगलवार रिपोर्र्टर्स क्लबमा पत्रकार सम्मेलन गरि नयाँ संविधान जारी गरेको हो । शिबसेना द्धारा जारी संबिधानमा नेपाललाई हिन्दु राज्य घोषणा गरिएको छ । सो संविधानमा राष्ट्राध्यक्ष पृथ्वीनारायण शाहका सन्तान रहने ब्यवस्था छ । त्यसैगरी त्यस संविधानमा गाबिसलाई स्यत्तता प्रदान गरिएको छ ।...
Full story

अनिष्ट रोक्न आदिवासीहरु धर्नामा

image
नेपाल आदिवासी जनजाती महासंघले संविधानसभा बिघटन हुने अनिष्ठ संकेत देखा परेको भन्दै मंगलवारदेखि आकस्मिक धर्ना शुरु गरेको छ । संविधानसभा भवनको पश्चिमतर्फमहासंघका पदाधिकारीहरु धर्नामा बसेका छन् । संविधानसभा बिघटन गरि मुलुक गम्भीर संकटमा पर्न लागेकोले अनिश्चितकालिन धर्ना शुरु गरिएको महासंघका अध्यक्ष राजकुमार लेखीले बताउनुभयो । महासंघको संघीय परिषद सचिवालयको मंगलवार विहान बसेको आकस्मिक बैठकले म्याद थप नभएसम्म धर्ना दिने निर्ण्र्ाागरेको थियो । ...
Full story

बेलायती मन्त्रीको पहिलो छनोट नेपाल

image
काठमाडौं, ११ जेठ । बेलायतका नवनियुक्त अन्तर्राष्ट्रिय विकास मन्त्री एलन डनकनले आफ्नो पहिलो विदेश यात्रा नेपालबाट शुरु गर्ने हुनुभएको छ । डनकन दुइ दिने औपचारिक भ्रमणका लागि बुधवार काठमाडौं आउने हुने डिएफआइडीले जनाएको छ । भ्रमणका क्रममा मन्त्री डनकनले प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत प्रमुख दलका नेताहरुसँग भेट गर्नुहुनेछ । त्यस्तै उहाँले संविधानसभाका सदस्यहरुसँग अन्तरक्रिया पनि गर्नुहुनेछ ।...
Full story

जेठ १४ पछि प्रधानमन्त्री स्वतः पदमुक्त

image
काठमाडौं, ११ जेठ ।जेठ १४ गते संविधानसभाको म्याद थपिएन भनें के होला - अहिले आम नेपाली र नेपालप्रति चासो राख्ने विदेशीहरुले पनि यहि प्रश्न गरिरहेका बेला संविधानसभा अध्यक्ष सुवास नेम्वाङले स्पष्ट तर खतरनाक जवाफ दिनुभएको छ । संविधान तथा कानुनविद समेत रहनुभएका अध्यक्ष नेम्वाङले जेठ १४ गते मध्यान्हसम्म संविधानसभाको म्याद नथपिए संसद, संविधानसभा र सरकार स्वतः बिघटन हुने बताउनुभएको छ । त्यस्तो अवस्थामा काम चलाउ सरकारले मुलुक सन्चाल गर्ने अवस्था आउने पनि उहाँले बताउनुभयो ।...
Full story

सहमतिमा जान राष्ट्रपतिको सुझाव

image
काठमाडौं, ११ जेठ । प्रधानमन्त्री माधवकुमार नेपालले तीन दलबीच सहमति भएमा आफू राजिनामा दिन तयार रहेको बताउनुभएको छ । तर शर्त मानेर भनें राजिनामा नदिने उहाँले स्पष्ट पार्नुभएको छ । राजनीतिक गतिरोधको निकासका लागि भएका सहमतिको प्रयास र संविधानसभाको म्याद थपका लागि भएको प्रगतिका बारेमा राष्ट्रपति डाक्टर रामवरण यादवलाई जानकारी गराएर फर्किने क्रममा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । राष्ट्रपति भवन शितल निवासमा भएको भेटपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै आफू सहमतिको लागि सहयोगमात्री भएको बताउनुभयो ।...
Full story

पहिले राजिनामा अनि म्याद थप

image
काठमाडौं,१० जेठ । एकीकृत नेकपा माओवादीले सहमतिय प्रणालीमा नगएसम्म संविधानसभाको म्याद थप नगर्ने निर्णय लिएको छ । माओवादी केन्द्रीय समिति बैठकले संविधानसभालाई कोमामा राखेर संविधानसभाको म्याद थप्नुको औचित्य नभएको निष्कर्षनिकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका निर्णय र्सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले संविधानसभालाई जिवन्त राख्न र यसलाई क्रियासिल गराउन आफ्नो पार्टी दृढ रहेको तर त्यसका लागि वर्तमान सरकारको बिघटन पहिलो र अनिवार्य शर्त हो भन्नुभयो । ...
Full story

आदिवासी जनजाती म्याद थप्ने पक्षमा

image
काठमाडौं, १० जेठ । यसैबीच नेपाल आदिवासी जनजाती महासंघले अल्पकालका लागि संविधानसभाको म्याद थप गर्न आग्रह गरेको छ । सोमवार विज्ञप्ति जारी गर्दै महासंघको संघीय परिषद सचिवालयका तर्फाट अध्यक्ष राजकुमार लेखीले सोमवार एक वक्तव्य जारी गरि संविधानसभा बिघटन गरेर मुलुकमा राजनीतिक सून्यता ल्याउन नहुनेमा जोड दिनुभएको छ । निर्धारित समयमा संविधान नबनेको परिस्थितीमा संविधानसभाकेा कार्यकाल अल्पकालका लागि थप्नु उपयुक्त हुने लेखीले बताउनुभएको छ ।...
Full story

तीर्थाटनमा लुकेको धर्म-राजनीति

image
मात्रिका पौडेल/काठमाडौं,१० जेठ । बिशुद्ध धार्मिक भ्रमणको लागि भनेर मध्यपश्चिमको प्रमुख शहर नेपालगन्ज पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहले त्यहाँ गएर जे बोले र जे गरे, त्यसले के स्पष्ट गर्‍यो भनें उनी नेपाली जनताको भावना बुझ्न खोजिरहेका छन् । ८५ प्रतिशतभन्दा बढि नेपाली जनता हिन्दू भए पनि नेपालमा हिन्दू धर्मको नाममा कुनै पनि दंगा फसाद वा राजनीति अहिलेसम्म प्रभावकारी भएको छैन । विश्वका प्रायः सबै देशहरु कुनै न कुनै रुपमा धर्मको आधारमा चलिरहेका छन् । मुस्लिम बाहुल्य भएका प्रायः सबै देशहरुमा सरिया कानुननै प्रभावकारी हुन्छ भनें राजनीतिमा पनि इश्लामको बोलवाला हुन्छ । ...
Full story

बेहुला बेहुलीले आफ्नो नचिनेपछि

image
पोखरा, जेष्ठ १० - उस्तै अनुहार । उचाइ, लवाइ र बोली पनि दुरुस्तै । विवाहको मण्डपका दुई जोडी देख्नेहरूमात्रै होइन, स्वयं बेहुला-बेहुली पनि झुक्किए । कतिबेला भाइसँग दिदी बस्न जान्थिन्, घरी बहिनीसँग दाजु । जन्ती र माइती भने गलल्ल हाँस्थे । सबै भन्थे, 'यस्तो विवाह देखेकै थिएनौं ।' जुम्ल्याहा दाजुभाइ र जुम्ल्याहा नै दिदीबहिनीको आइतबार एकसाथ भएको विवाहले सबैलाई तान्यो । विवाहको खबर सुनेपछि थुप्रै सञ्चारकर्मी निमन्त्रणाबिनै पुगेका थिए । विवाहस्थलमा भेटिएका बूढापाकाले यस्तो विवाह बिरलै हुने बताए । पोखरा-७ नुवारथोकका जुम्ल्याहा २९ वर्षका राम र लक्ष्मण बरालको कास्की भलामका २५ वर्षका जुम्ल्याहा दिदीबहिनी गंगा र जमुना पौडेलसँग हिन्दु परम्परा अनुसार बिहे सम्पन्न भएको हो ।...
Full story

संविधानसभाको आयु भोलि तोकिने

image
काठमाडौं, १० जेठ । संविधानसभाको म्याद थप गर्ने विषयमा प्रमुख दलहरुबीच सहमति भइ नसके पनि त्यसको सकारात्मक संकेत भनें दलहरुले दिएका छन् । संविधानसभाका तीन ठूला दल एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमवार अपरान्ह बसेको उच्चस्तरीय बैठकमा यसबारेमा छलफल भएको हो । राजधानीको होटल एभरेष्टमा बसेको बैठकमा संविधानसभाको म्याद थप्न कांग्रेस र एमालेले माओवादी समक्ष प्रस्ताव राखेका थिए । माओवादीले भनें पहिले प्रधानमन्त्रीको राजिनामा आउनुपर्ने बताएको थियो ।...
Full story

म्याद थप्न माओवादीलाई दबाब

image
संविधानसभाको अवधि अब चार दिनमात्र बाँकी रहदा राजनीतिक दलहरुबीच यसको म्याद थपका लागि छलफल तीब्र बनेको छ । प्रमुख विपक्षी दल एकीकृत नेकपा माओवादी वर्तमान सरकारलाई कायम राखेर संविधानसभाको म्याद नथप्ने अडानमा देखिएपछि सत्तारुढ दलहरुले माओवादीलाई मनाउने प्रयास थालेका छन् । आज विहानै सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुबीच यसबारेमा गम्भिर छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुवै दलका नेताहरुबीच सहमतिका बैकल्पिक उपायका बारेमा कुराकानी भएको नेताहरुले बताएका छन् । ...
Full story

बेपत्ता डाक्टरको खोजीमा उदासिनता

image
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर भक्तमान श्रेष्ठको अपहरणको विरोधमा आइतबार मुलुकभरका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक र अन्तरंग बाहेकका सबै सेवा बन्द गरिएको छ । पाँच दिन अघि बेपत्ता हुनुभएका भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर भक्तमान श्रेष्ठको अवस्था अझै अज्ञात रहेको छ । बेपत्ता चिकित्सिकको खोजीमा सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले बन्द आव्हृावान गरेको हो । ...
Full story

नेपालगन्जमा पूर्व राजाको भव्य स्वागत

image
नेपालगन्ज, ९ जेठ । राजतन्त्र हटाएर गणतन्त्र स्थापना गर्ने राजनीतिक दलहरु वारकी पारको लडाइमा व्यस्त रहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाह भनें धार्मिक भ्रमणका नाममा देश दौडाहामा निस्किनुभएको छ । केही समयअघि जनकपूर जाँदा र्सवसाधारणको भव्य स्वागत पाएपछि उत्साहित बन्नुभएका पूर्व राजा ज्ञानेन्द्र आइतवार मध्यपश्चिमको प्रमुख शहर नेपालगन्जमा पुग्नुभएको छ । प्रसिद्ध बागेश्वर मन्दिरको दर्शन तथा पूजा अर्चनका लागि जानुभएका पूर्व राजा ज्ञानेन्द्रलाई राजतन्त्र पक्षधरहरुले नेपालगन्जको राँझा बिमानस्थलमा भव्य स्वागत गरेका थिए । ...
Full story

माओवादीको प्रस्ताव एमालेलाई अमान्य

image
काठमाडौं, ९ जेठ । एकीकृत नेकपा माओवादीले सरकार बिघटनका लागि अघि सारेको शर्तमा एमालेले ठाडै असहमति जनाएपछि दलहरुबीच सहमतिको सम्भावना कम हुँदै गएको छ । आइतवार विहान भएको माओवादी र एमाले नेताहरुबीचको वार्तामा माओवादीले प्रधानमन्त्रीको राजिनामा र सहमतिको सरकार गठनमा प्रतिबद्धता आएमा संविधानसभाको म्याद थप्ने धारणा राखेको थियो । तर एमालेले सरकार र संविधानसभा अलग अलग विषय भएकाले संविधानसभाको म्याद थपलाई प्रधानमन्त्रीको राजिनामासँग लेनदेनको विषय बनाउन नहुने अडान राखेको थियो । ...
Full story

माओवादी बैठकमा तीन धारको उदय

image
एकीकृत नेकपा माओवादीको बैठकमा तीन धार देखिएपछि एक दिनका लागि डाकिएको केन्द्रीय समिति बैठक लम्बिएको छ । बैठकमा बोल्ने सदस्यहरु अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन वैद्य र अर्का उपाध्यक्ष बाबुराम भट्टर्राईको पक्षम बिभाजित भएपछि बैठक लम्बिएको हो । बैठकमा अध्यक्ष प्रचण्डले सहमतिको अन्तिम प्रयत्न गर्दा पनि नभएमा युद्धमा फर्किने र यसबीचमा त्यसको तयारी गर्ने प्रस्ताव गर्नुभएको छ । उपाध्यक्ष बैद्यले भने अब कांग्रेस र एमालेसँग सहमतिको सम्भावना नरहेको भन्दै तत्कालै युद्धमा फर्किनुपर्ने प्रस्ताव गर्नुभएको छ । ...
Full story

अध्यक्षद्धारा प्रधानमन्त्रीसँग सोधपुछ

image
काठमाडौं,८ जेठ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभा चाहेको थिइन भनी दिएको अभिव्यक्तिका सम्बन्धमा प्रधानमन्त्रीसँग सोधपुछ गर्नुभएको छ । शनिवार राजधानीको गोकर्ण रिसोर्टमा भएको एमालेका स्थायी समितिको अनौपचारिक बैठकमा अध्यक्ष खनालले सो अभिव्यक्तिका सम्बन्धमा प्रधानमन्त्रीसँग जानकारी लिनुभएको एमाले स्रोतले जनाएको छ । प्रधानमन्त्री नेपालको सो अभिव्यक्तिप्रति नेताहरुले आलोचना गरेको स्रोतले जनाएको छ ।...
Full story

दुर्घटनामा १६०को मृत्यु, नेपाली परेनन्

image
भारतको मेङ्ग्लोरस्थित बाजपेयी विमानस्थलमा शनिवार विहान एयर इण्डियाको एउटा बिमान दुर्घटना हुँदा कम्तिमा एक सय ६० जनाको मृत्यु भएको छ । यस भयानक दुर्घटनामा परेका आठ जना बाँच्न सफल भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । संयुक्त अरब इमिरेट्सको दुबइबाट मैंगलोरका लागि उडेको बिमान विहान साँढे ६ बजे अवतरणका क्रममा धावनमार्गमा चिप्लिएपछि खोँचमा खसेको थियो ।...
Full story

आप्पाले तोडे आफ्नै विश्व किर्तिमान

image
किर्तिमानी आरोही आप्पा शेर्पाले शनिवार २० औं पटक सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै किर्तिमान भंग गरेका छन् । शनिवार विहान ८ बजेर ३४ मिनेट जाँदा ५० वषिर्य आप्पाले सगरमाथाको आरोहण गरेको पर्यटन मन्त्रालयले जनाएको छ । आप्पा विश्वमै सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने किर्तिमानी आरोही हुन् । आप्पालाई पर्यटनमन्त्री शरदसिंह भण्डारीले केही दिनअघि बिदाइ गर्नुभएको थियो । यसैबीच सबैभन्दा कान्छो उमेरमा सगरमाथा आरोहण गर्ने तेम्बा छिरि शेर्पाको रेकर्ड अमेरिकाका अर्का बालकले तोडेका छन् ।...
Full story

नत्र युद्धमा फर्किने प्रचण्डको चेतावनी

image
प्रधानमन्त्री माधवकुमार नेपालले आफू संविधानसभाकै पक्षमा नरहेको खुलासा गरेको भोलिपल्टै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका नेताहरुलाई भेटी प्रधानमन्त्रीको भनाइले आफूहरुलाई गम्भिर बनाएको बताउनुभएको छ । उहाँले यस्तै हो भनें सरकार युद्धको तयारीमा छ भन्ने बुझेर माओवादी पार्टी युद्धमा फर्किन बाध्य हुनसक्ने संकेतयुक्त चेतावनी समेत उहाँले दिनुभएको छ । ...
Full story

नेपाल खतरनाक मोडमा पुगेको ठहर

image
अत्यन्त छोटो समय लिएर नेपाल आइपुग्नुभएका नर्वेका विकासमन्त्री इरिक सोल्हेमले नेपालका प्रमुख राजनीतिक दलहरुबीच तत्कालै महत्वपूर्ण सहमति नभएमा शान्ति र संविधान दुवै गुम्न सक्ने खतरा औंल्याउनुभएको छ । शुक्रवार विहान काठमाडौं आएर सोही साँझ नर्वे फर्किने क्रममा काठमाडौंको बत्तिसपुतलीस्थित होटल द्धारिकाजमा पत्रकार सम्मेलन गरि उहाँले यस्तो खतरा औंल्याउनुभएको हो । दिनभरी नेपालका प्रमुख दलका नेता र सरकारका उच्च अधिकारीहरुसँग परामर्श गर्नुभएका नर्वेली मन्त्रीले दलहरुबीच सहमतिको विकल्प नरहेको बताउनुभयो । नेपालमा शान्ति र स्थायित्व भएमात्र युरोपेली देशहरुले यहाँको विकासमा थप सहयोग दिन सक्ने उहाँले बताउनुभयो ।...
Full story

जनविद्रोहका लागि अहिले प्रतिकुल

image
संविधानसभाको म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा महत्वपूर्ण निर्णय लिनका लागि शुक्रवार बसेको एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक लम्बिएको छ । शुक्रवारै सकिने भनिएको बैठकमा नेताहरुले बोल्ने क्रम नसकिएपछि बिना निर्णय बैठक शनिवारसम्मका लागि स्थगित भएको हो । विहान ११ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो ।...
Full story

शिविर खाली भएपछिमात्र राजिनामा

image
प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीले लडाकु शिविर खाली गरेमात्र राष्ट्रिय सरकार बन्न सक्ने बताउनुभएको छ । नत्र यहि सरकार निरन्तर चल्ने दावी समेत उहाँले गर्नुभएको छ । रौतहटको बागमतीमा निर्माण हुन लागेको पुल शिलान्यास गर्न गृहजिल्ला पुग्नुभएका प्रधानन्त्री नेपालले संविधानसभाको म्याद नथपिए देशमा भयावह अवस्था आउने र त्यसको जिम्मेवार माओवादी हुने बताउनुभयो । उहाँले माओवादीलाई हठ त्यागेर वार्तामा आउन र सेना समायोजनमा सहयोग गर्न आग्रह गर्नुभयो । ...
Full story

सशस्त्र समूहले हतियार बुझायो

image
तराइमा सशस्त्र गतिबिधि गर्दै आएको अखिल तराइ मुक्ति मोर्चाका कार्यकर्ताहरुले शुक्रवार आफूसँग भएका हतियार सहित सरकार समक्ष आत्मसमर्पण गरेका छन् । सरकारसँग वार्तामा रहेको सो समूहका कार्यकर्ताले वीरगन्जमा आयोजित एक कार्यक्रममा शान्ति तथा पुनर्निर्माण मन्त्री रकम चेम्जोङ समक्ष हतियार बुझाएका हुन् । सरकारसँग ६ बुँदे सम्झौता गरेको मोर्चाले सम्झौतामा गरेको प्रतिबद्धता अनुरुप बिभिन्न प्रकारका १८ ओटा बन्दूक, तीनओटा सकेट बम र ३० किलो बारुद बुझाएको हो । वार्ता संयोजक विवेक चौधरीले आफूहरुसँग रहेका सबै हतियार सरकारलाई बुझाएको बताएका छन् ।...
Full story

टेलिफोन वार्ता राष्ट्रपतिलाई जानकारी

image
प्रधानमन्त्री माधवकुमार नेपालले विहिवार राष्ट्रपति डा. रामवरण यादवस“ग भेटवार्ता गर्नुभएको छ । यो उहा“हरुबीचको नियमति भेट हो । भेटका अवसरमा उहा“हरुका बीचमा मुलुकको वर्तमान अवस्थाका बारेमा छलफल भएको थियो । प्रधानमन्त्री नेपालले निधारित मितिमा संविधान बन्न नसकेका कारण सरकारले नेपालको अन्तरिम संविधान- २०६३ मा आठौ“ संशोधन विधेयक व्यवस्थापिका-संसद्मा पेस गरी एक वर्षसमायावधि बढाउन लागेको जानकारी दि“दै त्यसका लागि दलहरुका बीचमा सहमति बन्ने विश्वास व्यक्त गर्नुभयो ।...
Full story

धुलिखेलबाट अध्यक्ष प्रचण्डको यु टर्न

image
जेठ १४ गतेपछि माओवादीले आफ्नै संविधान जारी गर्छ र देशमा आतंक मच्चिन्छ भन्ने हल्ला चलिरहेको बेला एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले त्यस्ता हल्ला असत्य भएको दावी गर्नुभएको छ । दुइ दिनको धुलिखेल बसाइपछि विहिवारराजधानी फर्किने क्रममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले जेठ १४ मा संविधानसभाको म्याद नथपिए पनि त्यो भंग नहुनेबरु केही समयका लागि निष्त्रिmय मात्र रहने बताउनुभयो । ...
Full story

तयार रहन सेना प्रहरीलाई निर्देशन

image
जेठ १४ गते संविधानसभाको म्याद थपिएन भने के होला भन्ने आशंकाहरु उत्पन्न भइरहेका बेला राष्ट्रिय सुरक्षा परिषदले नेपाली सेना लगायतका सुरक्षा निकायहरुलाइ र्सतर्क अवस्थामा राख्न सरकारलाई सिफारिस गरेको छ । सुरक्षा परिषदको विहिवार बसेको बैठकले संविधानसभाको म्याद नथपिएको अवस्थामा उत्पन्न हुन सक्ने अवस्थालाई ध्यानमा राखेर सबै सुरक्षा निकायलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरेको छ । बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान बिभागका प्रमुखहरुलाई समेत बोलाइ तयार रहन निर्देशन दिइएको स्रोतले जनाएको छ । ...
Full story

घर फर्किनेलाई ४ लाखको प्याकेज

image
सेना समायोजनमा जाने माओवादी सेनाका लडाकुहरुको संख्या तोक्ने सम्बन्धी विवाद चलिरहेको बेला सेना समायोजन सम्बन्धी प्राबिधिक समितिले आफ्नो प्रतिवेदन विशेष समितिमा बुझाएको छ । विशेष समिति अर्न्तर्गत बनेको प्राबिधिक समितिले बुझाएको गोप्य प्रतिवेदनमाथि विशेष समितिमा छलफल हुनेछ । प्राबिधिक समितिले स्वेच्छिक अवकाशमा जान चाहने माओवादी लडाकुहरुलाई तीन ला ७५ हजारदेखि बढिमा ४ लाख रुपैया दिन सकिने प्रस्ताव राखेको छ । समितिले पुनस्थापनामा जान चाहने लडाकुहरुका लागि अन्य आकर्ष प्रस्तावहरु पनि तयार पारेको समितिका सदस्य दिपकप्रकाश भट्टले नेपाली टिभीलाई बताउनुभयो । ...
Full story

साना दलले ठूला दललाई मिलाउदै

image
राजनीतिक सहमतिका लागि दवाव दिने उद्देश्यले संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलले ठूला तीन दलसँग विहीबार दिउँसो संयुक्त छलफल गर्दैछन् ।संयुक्त छलफल संविधानसभा भवन नयाँबानेश्वरमा दिउँसो एक बजे हुनेछ । छलफलमा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुलाई संविधानसभाको म्याद थप्न र सहमतिको संस्कार अंगाल्न आग्रह गर्ने नेकपा मालेका महासचिब सीपी मैनालीले जानकारी दिनुभयो । सहमतिको मुख्य विषय पहिल्याउन छलफल केन्द्रीत हुने उहाँले बताउनुभयो ।...
Full story

मेघालयका नेपाली भाषी भाग्न थाले

image
भारतको उत्तर पूर्वी राज्य मेघालय र आसामाको सिमानामा पर्ने विवादि लांगपी गाउँका नेपालीहरु खासीहरुको आक्रमणमा परेपछि विस्थापित हुन थालेका छन् । खासी समुदायको आक्रमणमा परि हालसम्म तीन जना नेपाली भाषीहरुको मृत्यु भइसकेको छ । खासी जातिय संगठनहरुले नेपाली भाषी भारतीय र कामको लागि नेपालबाट कोइलाखानीमा पुगेका नेपालीहरुलाई १५ दिनभित्र देश छाड्न अल्टिमेटम दिएका छन् । लांगपी गाउँका नेपाली भाषीहरु विस्थापित भइसकेका छन् भनें मेघालय तथा आसामका नेपाली भाषीहरु पनि त्रासमा बाँचिरहेका छन् ।...
Full story

माओवादीको नयाँ प्रस्ताव पनि अमान्य

image
सत्तारुढ नेपाली कांग्रेसले सेना समायोजन र संविधानसभाको म्याद थप सम्बन्धी एकीकृत नेकपा माओवादीको नयाँ प्रस्ताव पनि अस्वीकार गरेको छ । माओवादीले आफ्ना लडाकु, नेपाली सेना र प्रहरी सबैलाई मिसाएर नयाँ सुरक्षा अंग गठनको प्रस्ताव राखेको थियो भनें संविधानसभाको म्याद थप्नका लागि तत्काल प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामालाई पहिलो शर्त राखेको थियो । नेपाली कांग्रेसका पदाधिकारीहरुको बुधवार बसेको बैठकले माओवादीबाट विश्वस्त हुने अवस्था नरहेको ठहर गरेको बैठकपछि प्रवकता अर्जुन नरसिंह केसीले बताउनुभयो । ...
Full story

तनाव छल्दै प्रचण्ड धुलिखेलतिर

image
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज विहान अचानक पर्यटकीय स्थल धुलिखेल पुग्नुभएको छ । दुइ दिनपछि शुरु हुने केन्द्रीय समितिको बठकका एजेण्डा तय गर्न अध्यक्ष प्रचण्ड ताम्सालिङ राज्य समितिका इन्चार्ज अग्नी सापकोटा र परिवारका सदस्यका साथमा धुलिखेलमा द्धारिका होटलमा पुग्नुभएको छ । बेला बेलामा तनाव र भीडभाड छल्नका लागि एकान्त ठाउँमा जान चाहने अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि कहिले रसुवा त कहिले नाङ्लेभारे पुग्ने गर्नुभएको थियो । ...
Full story

बद्नामीको पीडा पोख्दै बिदा भए सहवीर

image
जीवनको अन्तिम घडीमा अपमान र बद्नामीको पीडा सुनाउदै सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक सहवीर थापाले देहत्याग गरेका छन् । दोस्रो जनआन्दोलनका बेला तत्कालिन शाही सरकारको पालामा सशस्त्र प्रहरीको महानिरीक्षक रहेका सहवीर थापालाई जनआन्दोलन लगत्तै बनेको अन्तरिम सरकारले जनआन्दोलन दमनको दोषी करार गर्दै निलम्बन गरेको थियो । आफूमाथि पुर्वाग्रह पूर्वक कारवाही गरिएको भनेर दुःखेसो पोख्दै आएका थापा क्यान्सरबाट थलिएका थिए । ...
Full story

सकडबाट संविधान चिया गफमात्रै

image
सूचना तथा सन्चारमन्त्री एबं सरकारका प्रवक्ता शंकर पोखरेलले सडकबाट जनसंविधान घोषणा गर्ने माओवादीको भनाइलाई चियाको कपबाट निस्किएको तुफानको संज्ञा दिनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सन्चारमन्त्री पोखरेलले जेठ १४ मा संविधानसभाको म्याद नथपिए पनि देशमा कुनै संकट नआउने दावी समेत गर्नुभयो । उहाले अन्तरिम संविधानमा सहमति गरि जेठ १४ भित्र नया संविधान जारी गर्ने प्राबधान राखिएको र सहमतिकै आधारमा संविधानसभाकेा म्याद थप्न सकिने बताउनुभयो ।...
Full story

कांग्रेस र माओवादी आ आफ्नै अडानमा

image
बोलचालनै बन्द भएको अवस्थालाई तोड्दै प्रमुख विपक्षी दल एकीकृत नेकपा माओवादी र सत्तारुढ सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच मंगलवार विहान वार्ता भए पनि कुनै सहमति भनें हुन सकेन । काठमाडौंको ठमेलस्थित होटल बैशालीमा भएको करीव २ घण्टा लामो छलफलमा दुवै दलका नेताहरु आ आफ्नो अडानबाट पछि नहटेकाले वार्ता निष्कर्षवहीन भएको हो । छलफलमा कांग्रेस नेताहरुले संविधानसभाको म्याद थप्नुको विकल्प नरहेको भन्दै माओवादीलाई अडान परिवर्तन गर्न आग्रह गरेका थिए ।...
Full story

प्रधान सेनापति देश दौडाहामा

image
नेपाली सेनाका प्रधानसेनापति छत्रमान सिंह गुरुङ देशभरका व्यारेकहरुको भ्रमणमा निस्कनुभएको छ । संखुवासभाबाट शुरु भएको उहाको देश दौडाहामा सोमवार दोलखा पुगेको छ । हेडक्वार्टरका दर्ुइ जना जर्नेल सहित देश दौडाहामा निस्कनुभएका प्रधान सेनापतिले सेनाका बिभिन्न व्यारेकहरुमा गई जवान र अधिकृतहरुलाई सामुहिक सम्बोधन र आवश्यक निर्देशन दिनुभएको छ । आफ्नो ब्रिफिङका क्रममा सेनापतिले राजनीतिक भाषण भनें नगरेको सैनिक स्रोतले जनाएको छ ।...
Full story

आवश्यकता परे युद्धमा जाने चेतावनी

image
माओवादी अध्यक्ष पुष्पकमल दाहालले लर्डाईं नजितेसम्म आन्दोलन नरोकिने बताउनुभएको छ । सोमबार एकीकृत माओवादिको आह्वानमा राजधानीको सभागृहमा भएकोृ प्रतिपक्षी दस दलसंगको अन्तक्रिया कार्यक्रममा दाहालले आन्दोलन नया उचाईमा लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । उहाले आन्दोलनका केही कार्यक्रमहरु स्थगित मात्र गरेको फिर्ता गरेको होइन भन्नुभयो । कठपुतली सरकारसंग सम्झौता होला भन्ने आशाले आन्दोलन स्थगित गरेको होईन भन्दै उहाले जवसम्म प्रतिगमनकारी र प्रतिकृयावादीहरु समाप्त हुँदैनन् र जनता विजयी हुदैनन् आन्दोलन त्यति वेलासम्म जारी राख्ने बताउनुभयो । ...
Full story

साउदीबाट १६ नेपाली चेली फर्काइए

image
बिभिन्न मेनपावर र एजेण्ड मार्फत घरेलु कामदारका लागि साउदी अरेबिया पुगेका १६ जना नेपाली महिलाहरु त्यहाँ शोषणमा परेपछि सोमवार काठमाडौं आइपुगेका छन् । अत्यधिक कामको बोझ, घर मालिकको कुटपीट तथा काम गरेको पारिश्रमिक नपाएपछि नेपाली दूतावासको शरणमा पुगेका उनीहरुलाई कानुनी उपचारपछि दूतावासले स्वदेश पठाएको हो । स्वदेश फर्किनेमध्ये तीनजना विरामी रहेकाले उनीहरुको टिकटको व्यवस्था पनि दूतावासलेनै गरेको थियो । ...
Full story

युनिटीका सन्चालकलाई पक्राउ आदेश

image
सरकारले युनिटी समूहका सन्चालकहरुलाई पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । नेटवर्किङ व्यापार गर्दै आएको कम्पनी युनिटीको कारोबार ठगीमा आधारित भएको भन्दै प्रशासनले यसका सन्चालकहरुलाई नियन्त्रणमा लिने भएको हो । गृह मन्त्रालयका प्रवक्ता जयमुकुन्द खनालका अनुसार सम्बन्धित सबै जिल्ला प्रशासनहरुमा यस्तो निर्देशन दिइ सकिएको छ । सन्चालकहरु भाग्न सक्ने भएकाले सचेत रहन र उनीहरुलाई नियन्त्रणमा लिन निर्देशन दिइएको खनालले बताउनुभयो । ...
Full story

एमआरपी छपाइका लागि पुनः टेण्डर

image
परराष्ट्र मन्त्रालयले मेसिन रिडेबल पासपोर्ट एमआरपी छपाइका लागि सोमवार टेन्डर आव्हान गरेको छ । टेण्डरमा छिमेकी मुलुक भारत र चीनका कम्पनीलाई पनि भाग लिन बन्देज लगाइएको छैन । यसअघि र्सार्वजनिक खरिद ऐन उल्लंघन गरि भारतीय सरकारी कम्पनीलाई छपाइको जिम्मा दिने सरकारी निर्णयको चर्को आलोचना भएपछि पासपोर्ट छपाइ प्रक्रियानै रद्ध भएको थियो । विज्ञहरुले छिमेकी मुलुकलाई टेण्डर प्रतिस्पर्धामा भाग लिन दिन नहुने बताए पनि मन्त्रालयले आव्हान गरेको टेण्डरमा त्यस्तो बन्देज राखिएको छैन । ...
Full story

नविन बिचारक मदनको सम्झना

image
आज जेठ तीन गते । नेपाली राजनीतिक इतिहासमा जेठ ३ गतेको आफ्नै इतिहास छ । आजभन्दा ठिक १७ वर्षघि आजकै दिन नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रतिको चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो । विश्वभर कम्युनिस्ट शासनहरु धमाधम ढलेर साम्यवादको पतन भइरहेका बेला नब्बेको दशकमा नेपालबाट नयाँ खालको कम्युनिस्ट बिचार प्रतिपादन गरेर मदन भण्डारीले छोटो समयमै विश्वभर चर्चा कमाएका थिए । मदन भण्डारीले विश्वभरबाट कम्युनिजम पतन भइरहेको बेला जनताको बहुदलिय जनवाद नामक नया बिचारमार्फ नेकपा एमालेलाई राजनीतिको मूलधारमा स्थापित गराउन सफल भएका थिए ।...
Full story

युरोपेलीसँग प्रधानमन्त्री अशन्तुष्ट

image
प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकारका लागि युरोपेली युनियन लगायतका मुलुकले दिएको दबाबप्रति अशन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले ती मुलुकहरुले आफूहरुलाई सिकाउन वा सुझाव दिन चाहेमा त्यो स्वीकार्य नहुने बताउनुभएको छ । पछिल्लो समयमा माओवादीले अनिश्चितकालिन आम हड्ताल फिर्ता लिएपछि युरोपेली युनियनका राजदूतहरुले माओवादी सहितको राष्ट्रिय सरकारका लागि दबाब दिदै आएका छन् । प्रधानमन्त्री नेपालले बेलायतको फाइनान्सियल टाइम्स नाम पत्रिकासँगको अन्तर्वार्तामा नेपालका लागि कोही पनि प्रभु नभएको बताउनुभएको छ ।...
Full story

हिमानी दरवारमा, पारस गोरखनाथ

image
पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाहले नेपाल एकीकरणको ऐतिहासिक स्थल गोरखाको भ्रमण गरेका छन् । अलग अलग रुपमा गोरखा पुगेका पूर्व युवराज र पूर्व युवराज्ञीले अलग अलग ठाउँको भ्रमण गरेका थिए । पारस आफ्ना जिजुबुबा बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई बरदान दिने गोरखनाथ र गोरखकाली माताको दर्शन गरेका थिए । उता पूर्व युवराज्ञी हिमानीले भनें शाहबंशको गोरखा दरवार क्षेत्रको अबलोकन गरेकी थिइन् । दुवैजनाको यो निजी भ्रमण भए पनि साथमा सुरक्षाकर्मी पनि थिए । ...
Full story

माधवलाई राहत, बामदेवलाई आहत

image
नेकपा एमालेले माओवादीको धम्कीका अगाडि झुकेर राजिनामा नगर्न प्रधानमन्त्री एबं पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई निर्देशन दिएको छ । प्रधानमन्त्रीलाई राजिनामा गराउने आशा गरिएको बैठकले उल्टो थप बल प्रदान गरेपछि तत्काल माओवादीको माग पूरा नहुने भएको छ । शनिवारदेखि शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकले सेना समायोजन र शान्ति प्रक्रियाको विषयमा माओवादीको स्पष्ट प्रतिबद्धता नआएसम्म प्रधानमन्त्रीले राजिनामा दिन नहुने ठहर गरेको छ । त्यसको लागि बैठकमा अध्यक्ष झलनाथ खनालले कार्ययोजना समेत पेश गर्नुभएको छ ।...
Full story

कांग्रेस बैठकमा नेतृत्वको प्रश्न

image
संविधानसभाको म्याद थप्ने वा नथप्ने र थपेमा कति महिना थप्ने भन्ने बारेमा आधिकारिक धारणा तय गर्न नेपाली कांग्रेसको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक आज बसेका छ । संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकमा संविधानसभाको म्याद थप गर्नेमा अधिकांश सभासद र नेताहरुले सहमति जनाएको तर अवधिको बारेमा भनें मतभेद रहेको बताइएको छ । कांग्रेस बैठकले संबिधानसभाको म्याद थप्नुको विकल्प नरहेको ठहर गरेको बैठकमा सहभागी एक सभासद गगन थापाले नेपाली टिभीलाई बताउनुभयो ।...
Full story

माओवादी तेस्रो धक्काको तयारीमा

image
एकीकृत नेकपा माओवादीले जेठ ११ गतेभन्दा अघिनै माधवकुमार नेपालको सरकारले राजिनामा नदिएमा तेस्रो धक्का दिने र त्यसैबाट सबै छिनोफानो गर्नुपर्ने ठहर गरेको छ । माओवादीको आइतवार बसेको आकस्मिक पोलिटव्युरो बैठकमा अध्यक्ष पुष्पकमल दाहालले तेस्रो धक्काको योजना सहितको प्रस्ताव पेश गर्नुभएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले जेठ ११ गतेसम्ममा राजनीतिक सहमति नभएमा जनताको दबाबबाट तेस्रो धक्का दिने प्रस्ताव पेश गर्नुभएको एक नेताले बताएका छन् ।...
Full story

नेपाली टिभी अब अफगानिस्तानमा पनि

image
युद्धग्रस्त अफगानिस्तानमा खटिएका ब्रिटिश गोर्खाहरुले अब सैनिक क्याम्पभित्रै नेपाली टिभी हेर्न पाउने भएका छन् । बेलायती रक्षामन्त्रीद्वारा सञ्चालित बिएफबीएस् टिभीले आफ्नो दशौं च्यानलका रुपमा नेपाली टिभी लिएपछि गोर्खाहरुलाई सो अवसर जुरेको हो ।...
Full story

साना दललाई प्रचण्डको नेतृत्व स्वीकार

image
माओवादीसहितका दश दलको बैठकले भावी दिनका कार्यक्रम गरिँदा संयुक्तरुपमा गर्ने निर्णय गरेका छन्। संविधान लेखन, सेना समायोजन, संयुक्त सरकार गठन जस्ता कामका लागि दबाब दिन संयुक्त कार्यक्रम गर्ने सहमति उनीहरुले गरेका हुन। उनीहरुले आफ्ना कार्यक्रमको 'बटमलाइन' डेमोक्रेसी हुनेमा पनि सहमति जनाएका छन्।मधेशी जनअधिकार फोरम लगायतका साना दश दलहरुले माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा अघि बढ्न सहमति समेत जनाएका छन् । ...
Full story

अल्टिमेटमप्रति सरकारको आपत्ति

image
सूचना तथा संचार मन्त्री शङ्कर पोखरेलले शान्ति र सुशासनका लागि व्यापारी वर्गले प्रस्तुत गरेका मागलाई ससम्मान गर्नुपर्ने तर कसैको पक्ष वा विपक्षमा लागेर राज्यलाई कर नतिर्ने गरिएको उदघोषको आलोचना गर्नुभएको छ । रिर्पोर्टस क्लब नेपालले शनिबार गरेको साक्षत्कार कार्यक्रममा संचार मन्त्री पोखरेलले संविधान लेखनको काममा सरकारको कुनै भूमिका नहुने पनि जानकारी दिनुभयो । उहाँले संविधान लेखनको काम संविधानसभाको भएको र त्यसमा ठूलो दलको हैसियतले एकीकृत नेकपा माओवादी को मुख्य भूमिका रहने उल्लेख गर्नुभयो । ...
Full story

एमाले केन्द्रीय कमिटी बैठक शुरु

image
नेकपा एमाले केन्द्रीय कार्यसमितिको बैठक आजबाट पार्टी मुख्यालय बल्खुमा सुरु भएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्नबसेको बैठकमा अध्यक्ष झलनाथ खनालले संकटपूर्ण राष्ट्रिय राजनीतिलाई निकास दिने बारे ८ पृष्ठ लामो विशेष प्रस्ताव पेश गर्नुभएको छ । दलहरुबीच सहमतीको आधार शान्ति प्रकृया संविधान लेखन तथा राष्ट्रिय सहमतीको सरकार बनाउने विषय प्रस्ताव पेश गरिएको छ ।एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले बैठकमा प्रधानमन्त्रीको राजीनामा माग गरी विवादमा आएका पार्टी उपाध्यक्ष बामदेव गौतमका विषयमा पनि छलफल भएको जानकारी दिनु भएको छ ।...
Full story

प्रम नेपाल माओवादीप्रति झन कठोर

image
प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीको उग्रवामपन्थी व्यवहारको अगाडि आत्मर्समर्पण गरेर राजिनामा नदिने बताउनु भएको छ । एमालेको भातृ संगठन युवा संघ नेपालको २१ औं स्थापना दिवसको अवसरमा राजधानीमा शनिबार आयोजित कार्यक्रममा उहाँले आफुले कुनै पनि असंवैधानीक कार्य नगरेकोले राजीनामा नदिने जीकिर गर्नुभयो । प्रधानमन्त्री माधव कुमार नेपालले लोकतन्त्र शान्ति र सहमतिको बाटोमा माओवादीलाइ आउन आवहृान पनि गर्नुभयो । उहाँले माओवादीले कुनै पनि हालतमा सत्ता कब्जा गर्न नसक्ने र अब उधारो प्रतिबद्धता पनि नपत्याउने जीकिर गर्नुभयो । ...
Full story

सुशील एकाबिहानै प्रचण्ड निवासमा

image
दलहरुबीच संवादहीनता बढिरहेको बेला एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाबीच आज विहान राजनीति गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको छ । नयाँ बजारस्थित दाहाल निवासमा भएको छलफलमा संविधानसभाको म्याद थप्ने, माओवादी लडाकु समायोजन, राष्ट्रिय सरकार जस्ता विषयमा प्याकेजमै सहमति खोज्ने सहमति भएको बताइएको छ । करीव आधा घण्टाको भेटमा प्याकेज समाधानको बारेमा छलफल भए पनि कुनै सहमति भने नभएको बताइएको छ । ...
Full story

४ महिनामा सेना समायोजन नहुने

image
नेपालस्थित राष्ट्रसंघीय शान्ति मिसन अनमिनले ४ महिनाभित्र सेना समायोजन हुन नसक्ने बताएको छ । अनमिनको म्याद ४ महिना थपिएको भोलिपल्टै शुक्रवार अनमिन मुख्यालय नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा अनमिन प्रमुख करिन ल्याण्डग्रेनले चार महिनाको समय पर्याप्त नभएको बताउनुभयो । उहाँले दलहरुको अविश्वासले गर्दा शान्ति प्रक्रिया र संविधान निर्माण घरापमा परेको बताउनुभयो । विहिवार रातीमात्रै राष्ट्रसंघ मुख्यालय न्यूयोर्कबाट काठमाडौं आइपुग्नुभएकी अनमिन प्रमुख ल्याण्डग्रेनले पटक पटक अनमिनको म्याद थप्नुपर्दा राष्ट्रसंघ सुरक्षा परिषद पनि शन्तुष्ट नभएको बताउनुभयो । ...
Full story

'माओवादी मेरो हत्या गर्न खोज्दैछ'

image
नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादीले आम हड्ताल फिर्ता लिन २ दिन ढिला गरेको भए उसको समाप्ति आइसकेको थियो भन्ने दावी गर्नुभएको छ । ओलीले अझै पनि माओवादीले संविधानसभाको म्याद थप गर्न नमाने आफूहरु फरक बाटोबाट जाने चेतावनी समेत दिनुभयो । भक्तपूरको दूधपाटीमा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै एमाले नेता ओलीले फरक बाटो कस्तो हुने भन्ने बारेमा केही पनि बताउनुभएन । ...
Full story

संविधानसभाको आयु १ वर्ष थप्ने प्रस्ताव

image
संविधानसभाका आयु अब १४ दिनमात्र बाँकी रहेको बेला सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले संविधानसभाको अवधि एक वर्षथप्ने प्रस्ताब पारित गरेको छ । शुक्रवार विहान बसेका एमाले संसदीय दलको बैठकमा अध्यक्ष एबं संसदीय दलका नेता झलनाथ खनालले संविधानसभाको म्याद थप्नका लागि राखेका प्रस्तावमा सभासदहरुले सहमति जनाएका थिए । केही सभासदले संविधानसभाको म्याद ६ महिनामात्र थप्न सुझाब दिए पनि अधिकांश सभासदहरुले १ वर्षचाहिने बताएका थिए । ...
Full story

सेना समायोजनको बैठक बहिस्कार

image
सेना समायोजन विशेष समितिको आज विहान बसेको बैठकले प्राबिधिक समितिको म्याद चार महिना थप्ने निर्णय गरेको छ । प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बसेको समितिको बैठकले प्राबिधिक समितिलाई काम गर्न समय नपुग भएको भन्दै चार महिना अवधि थप्ने निर्णय गरेको हो । माओवादीका सदस्यहरु भनें आजको बैठकमा उपस्थित भएका थिएनन् । विशेष समितिलाई सघाउन गठन गरिएको प्राबिधिक समितिले समायोजनका सबै प्रक्रियाहरुको बारेमा प्रतिवेदन बुझाउनेछ । ...
Full story

माओवादीप्रति प्रधानमन्त्री थप आक्रोशित

image
प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीद्वारा कुटपिटबाट सख्त घाइते बनाइएका ओखलढुंगाका शिक्षक मीनबहादुर खड्कालाई शुक्रबार विहान शिक्षण अस्पताल गई भेट गर्नुभएको छ । ओखलढुंगाको कुन्तादेवी प्रावि धुसेनी, विलन्दुका प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका सदस्य खड्कालाई माओवादीका सभासद् वालकृष्ण ढुंगेलको अगुवाइमा स्थानीय डुडेखोलामा कुटपिट गरी मरणासन्न अवस्थ्ामा ढुंगाले पुरेर छोडिएको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको थियो ।घाइते खड्कालाई भेटेपछि सम्वाददाताहरुस“ग कुरा गर्दै प्रधानमन्त्री नेपालले यस घटनाबाट माओवादीका नेता-कार्यकर्ताका व्यवहारमा कुनै परिवर्तन नआएको स्पष्ट भएको बताउनुभयो । ...
Full story

नेपाली चेलीलाई सघाउन लुम्ले इच्छुक

image
बेलायतको भ्रमणमा रहनुभएकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालासँग प्रसिद्ध ब्रिटिश अभिनेत्री जोआना लुम्लेले भेट गरि माइती नेपालको बारेमा जानकारी लिएकी छन् । ब्रिटिश गोर्खाहरुको अभियानमा साथ दिएर नेपालीहरुको मनमा बस्न सफल अभिनेत्री लुम्लेले लण्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा नेपालीहरुको सहयोगका लागि आफू जहिले पनि तयार रहेको बताउनुभयो । ब्रिटिस मिडिया बी बी सी रेडियो तथा टि भिले हाई प्रोफाईलका बृटिस समाजसेवी प्रतिष्ठित व्यक्तित्वहरुलाई बोलाई बिशेष कार्यक्रम आयोजना गरेको थियो । ...
Full story

तीन दललाई २ दिनको अल्टिमेटम

image
उद्योग वाणिज्य महासंघले राजनितिक दललाई निकास खोज्नका लागि २ दिनको अल्टिमेटम दिएको छ । अबको ४८ घण्टा भित्र राष्ट्रिय सहमतिबाट दलहरुले निकास नदिए सरकारलाई कर पनि नतिर्ने र दलहरुलाई चन्दा पनि नदिने चेतावनी उद्योगी व्यवसायीहरुले दिएका छन् । महासंघले प्रधानमन्त्रीको राजिनामा स्पष्ट शव्दमा नमागे पनि उसको निर्णयको बोली भनें राजिनामा आउनुपर्नेमै सोझिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले बिहिबार आयोजना गरेको देशको वर्तमान परिस्थितका विषयक आकस्मिक भेलामा यस्तो निर्ण्र्ााभएको हो । ...
Full story

प्रधानमन्त्रीको राजिनीतिक परामर्श जारी

image
प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभाको समयावधि बढाउने सम्बन्धमा संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुस“ग आज पनि परामर्श जारी राख्नु भएको छ । आज उहा“ले सात वटा दलका नेताहरुस“ग परामर्श गर्ने कार्यक्रम रहेको छ । विहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा उहा“ले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुस“ग परामर्श गर्नुभएको छ । त्यसपछि क्रमशः मधेसी जनअधिकार फोरम, राष्ट्रिय जनमोर्चा, राप्रपा नेपाल, नेपाल परिवार दल, नेपाली जनता दल र सद्भावना पार्टीका नेताहरुस“ग परामर्श गर्नुहुनेछ ।...
Full story

अनमिनको अवधि ४ महिना थपियो

image
नेपाल सरकारको निर्णय स्वीकार गर्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले नेपालस्थित राष्ट्रसंघीय शान्ति मिसन अनमिनको म्याद चार महिना थप्ने निर्णय गरेको छ । राष्ट्रसंघ हेडक्वार्टरमा आज राती सम्पन्न बैठकले अनमिनको म्याद थप्ने निर्ण्र्ाागरेको हो । नेपालको शान्ति प्रक्रिया लम्बिदै गएकाले अनमिनको म्याद पनि थपिएको हो । तीन वर्षघि अनमनि नेपालमा आएको थियो । अनमिन प्रमुक करिन ल्याण्डग्रेन आजै साँझ राष्ट्रसंघ हेडक्वार्टरबाट काठमाडौं आइपुग्ने पनि अनमिनले जनाएको छ । ...
Full story

भर्ति गर्न नेपाली सेनालाई बाटो खुल्ला

image
सर्बोच्च अदालतले नेपाली सेनाले प्राबिधिक पदमा भर्ना गर्न पाउने आदेश दिएको छ । सैनिक भर्ति विरुद्ध परेको रिटमा न्यायाधीसद्धय तपवहादुर मगर र कृष्णप्रसाद उपाध्यायको संयुक्त इजलासले बुधवार यस्तो आदेश दिएको हो । अब सेनाले र्सार्वजनिक गरिसकेको रिक्त पदमा भर्ना लिन पाउने बाटो खुलेको छ । सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले गत बैशाख ६ गते गोरखापत्रमा विज्ञापन प्रकाशित गरि रिक्त पद पर्ूर्ति भर्ना खुला भएको आव्हान गरेको थियो । ...
Full story

माओवादी नेतृत्व रोहितलाई अमान्य

image
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले तत्काल माओवादी नेतृत्वको संयुक्त राष्ट्रिय सरकार नबन्ने दाबी गर्नुभएको छ । रिपोर्र्टर्स क्लब नेपालको विशेष साक्षात्कार कार्यक्रममा नेता बिजुक्छेले भन्नुभयो 'अराजक व्यवहार र सत्ताकब्जाको रणनीति त्यागे माओवादीलाई सरकारमा सहभागी गराउन सकिन्छ तर सरकारको नेतृत्व दिन सकिँदैन ।'कार्यक्रममा बिजुक्छेले छुट्टै सेना र हतियार भएको पारेटीलाई सरकारको नेतृत्व दिनु आत्मघाती हुने जिकिर गर्नुभयो । 'अहिले माधवकुमार नेपालले राजीनामा दिन आवश्यक छैन, सरकारलाई नेमकिपाको पूर्ण र्समर्थन छ र कुनै पनि हालतमा र्समर्थन फिर्ता लिँदैन,' उहाँले भन्नुभयो । ...
Full story

सुकिला मुकिलासँग प्रचण्डको क्षमायाचना

image
काठमाडौंबासी र बुद्धिजीवीलाई 'सुकिला मुकिला'को संज्ञा दिँदै युद्धको घेराका लागि तयार रहन दिएको आफ्नो अभिव्यक्तिका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालले माफी माग्नु भएको छ । गत शनिवार खुलामञ्चको सभालाई सम्बोधन गर्दै दाहालले काठमाडौंका सुकिलामुकिला, अलि कमाएर खाएर बसेका बुद्धिजीवीहरुलाई पनि चुनौती दिन चाहान्छु भन्नु भएको थियो । विहिवार याक एन्ड एती होटेलमा आयोजीत नागरिक समाज र बुद्धिजीविसंगको बृहत अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले आफु पनि बुद्धिजीवि भित्रै पर्ने भएकाले विरोध गर्ने मानसिकता नभएको जानकारी गराउनु भयो । ...
Full story

जेठ १४ नजिकिदा सभाध्यक्षलाई चटारो

image
संविधानसभाको म्याद थपका लागि प्रधानमन्त्री माधवकुमार नेपालले दलहरुसँग परामर्श थालिरहेकै बेला संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ पनि सक्रिय हुनुभएको छ । अध्यक्ष नेम्वाङले विहिवार विहान प्रमुख विपक्षी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी यसबारेमा छलफल गर्नुभएको छ । प्रधानमन्त्रीको राजिनामा भन्दा अघि सरकारसँग वार्ता नगर्ने अडानमा रहेको बेला माओवादी अध्यक्षसँग संविधानसभा अध्यक्षको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।...
Full story

संविधानसभाको म्याद थप्न परामर्श जारी

image
माओवादीले प्रधानमन्त्रीको राजिनामाका लागि नागरिक समाजलाई गुहारिरहेकै बेला प्रधानमन्त्री माधवकुमार नेपाले भनें आफ्नै नेतृत्वमा संविधानसभाको म्याद थप्ने प्रयास जारी राख्नुभएको छ । मंगलवार राष्ट्रपतिलाई भेटेर संविधानसभाको म्याद थप्ने पहल थाल्नुभएका प्रधानमन्त्री नेपालले बुधवार ११ ओटा राजनीतिक दलहरुसँग परामर्श गर्नुभयो ।परामर्शमा सहभागी दलका नेताहरुले संविधानसभाबाटै संविधान निर्माण गर्नुपर्ने प्रधानमन्त्री नेपालको धारणाप्रति सहमति जनाउँदै त्यसका लागि दलहरुका बीचमा सहमति कायम गर्नुपर्ने र बा“की रहेका कार्यसूचीका बारेमा गहन छलफल हुनुपर्ने सुझाव दिएका छन् । ...
Full story

एमालेद्धारा बामदेवमाथि कारवाही

image
नेकपा एमालेले पार्टीको हित विपरित अभिव्यक्ति दिएको र आफ्नै पार्टीका बरिष्ठ नेता प्रधानमन्त्री माधवकुमार नेपालको विरुद्ध र्सार्वजनिक रुपमा ज्ञापनपत्र बुझाएर बिधान उल्लंघन गरेको भन्दै उपाध्यक्ष बामदेव गौतममाथि कारवाहीको तयारी गरेको छ । एमाले स्थायी समितिको सोमवारदेखि शुरु भएको बैठकमा बामदेवमाथिको कारवाहीका बारेमा छलफल भएको हो । मंगलवारको बैठकले उपाध्यक्ष गौतमलाई आफ्ना भनाइहरुप्रति गल्ति महशुस गरि आत्मालोचना गर्न निर्देशन दिएको बैठकपछि एमाले महासचिव इश्वर पोखरेलले संवाददाताहरुलाई जानकारी गराउनुभयो । ...
Full story

प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

image
प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभाको म्याद बढिमा एक वर्षथप्नका लागि राजनीतिक परामर्श शुरु गर्नुभएको छ । संविधासनभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीले यो सरकारका राजिनामा अघि संविधानसभाको म्याद थप्ने कुरामा सहमति नजनाउने निर्णय गरेको भोलिपल्टै प्रधाममन्त्रीले परामर्श थाल्नुभएको हो । प्रधानमन्त्री नेपालले मंगलवार राष्ट्रपति डाक्टर रामवरण यादवलाई भेटी जेठ १४ गते संविधान बन्ने अवस्था नरहेकोले अब संविधानसभाको म्याद थप्ने प्रस्ताव राख्नुभएको हो । ...
Full story

प्रचण्डलाई गृहमन्त्री रावलको जवाफ

image
माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री भीम रावलबीच जुहारी चलेको छ । अध्यक्ष प्रचण्डले शनिवार खुल्लामन्चबाट ६ दिनको आम हड्ताल ट्रेलरमात्र भएको र वास्तविक नाटक जेठ १४ भित्रै मन्चन हुने अभिव्यक्ति दिए लगत्तै गृहमन्त्री रावल पनि मैदानमा उत्रिनुभएको छ । मंगलवार नेपाल प्रहरीका अधिकृतहरुलाई डि ब्रिफिङ गर्ने क्रममा गृहमन्त्री रावलले यदि माओवादीको यो आन्दोलन ट्रेलरमात्र हो भनें सुरक्षाकर्मीको कार्य पनि ट्रेलरमात्रै थियो भन्नुभयो । सुरक्षा निकायमा कुनै पनि विशेष अभियान सकिएपछि त्यसको समिक्षा गर्नका लागि बस्ने बैठकलाई डि ब्रिफिङ भनिन्छ ।...
Full story

राजसंस्था फर्किने थापाको दावी

image
जेठ १४ गतेसम्म संविधानसभाको म्याद नथपिए देशमा कि राष्ट्रपति शासन कि त माओवादीको जनव्रि्रोहमार्फ सत्ता कव्जाको चर्चा चलिरहेका बेला राजावादी शक्तिहरु भनें राजसंस्था ब्युँतिन सक्ने सपना देख्न थालेका छन् । राजंस्थाको पक्षमा रहेका एकमात्र राजनीति दल राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेठ १४ पछि जसको शक्ति उसको भक्ति हुने अवस्था आउने भएकाले राजसंस्था फर्किन पनि सक्ने बताउनुभयो । भारतको मुम्बइमा आयोजित हिन्दूवादीहरुको अन्तर्राष्ट्रिय भेलामा सहभागी भएर मंगलवार स्वदेश फर्किनुभएका अध्यक्ष थापाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै संविधासनभाको म्याद थप्नु असंवैधानिक हुने बताउनुभयो । ...
Full story

संविधानसभाको म्याद थप्न परामर्श शुरु

image
प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभाको म्याद थप्नेबारे संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुस“ग परामर्श सुरु गर्नुभएको छ । यसक्रममा उहा“ले मंगलवार नेपाल सद्भावना पार्टी -आनन्दीदेवी) का अध्यक्ष तथा सभासद् श्यामसुन्दर गुप्तास“ग कुराकानी गर्नुभएको छ ।भेटका अवसरमा अध्यक्ष गुप्ताले दलहरुका बीचमा लोकतान्त्रिक मूल्य र संवैधानिक मान्यता अनुसार सहमति निर्माण हुनुपर्ने र संविधानसभाभित्रैबाट संविधान बन्नुपर्ने आफ्नो पार्टीको मान्यता रहेको जानकारी दिनुभयो । ...
Full story

प्रचण्डको पत्र पर्खदै प्रधानमन्त्री

प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीबाट आफूले सकारात्मक जवाफ पाउने आशा व्यक्त गर्नुभएको छ । आइतवार माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वार्ताका लागि पत्र लेख्नुभएका प्रधानमन्त्री नेपालले सोमवार यस्तो प्रतिक्रिया दिनुभएको हो । नेकपा एमाले स्थायी समितिको बैठकमा भाग लिएर र्फकने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उहाँले सकारात्मक जवाफको आशा गरेको बताउनुभयो । पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा बसेको एमाले स्थायी समितिको बैठकमा माओवादीको मागका सम्बन्धमा छलफल भएको थियो ।...
Full story

राजिनामा बारे सत्ता पक्ष अझै मौन

image
सरकारमा सहभागी राजनीतिक दलहरुले माओवादीलाई समेत मिलाएर शान्ति प्रक्रिया र संबिधान लेखनको विषयलाई टुंगोमा पुर्‍याउनुपर्ने ठहर गरेका छन् । प्रधानमन्त्री माधवकुमार नेपालको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ दलहरुको बैठकले सबै दलहरु मिलेर अहिलेको राजनीतिक गतिरोध अन्त्य गर्नुपर्ने ठहर पनि गरेको छ । बैठकमा माओवादीले आम हड्ताल फिर्ता लिएपछिको अवस्थाका बारेमा दलका शर्ीष्ा नेताहरुबीच छलफल भएको थियो । ...
Full story

प्रचण्डलाई ओलीको जवाफी गोली

image
माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारको सकारात्मक प्रतिक्रियाका लागि २ दिनको अल्टिमेटम दिए लगत्तै वर्तमान सरकारका निर्माताका रुपमा चर्चित एमाले नेता केपी शर्मा ओलीले नकारात्मक प्रतिक्रिया दिनुभएको छ । शनिवार अपरान्ह राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता ओलीले माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार कुनै पनि हालतमा बन्न नसक्ने बताउनुभयो । उहाँले माओवादी नेतृत्वको सरकार मीठो कल्पनामात्र हो भन्नुभयो । उहाँले संवैधानिक तरिका बाहेक अरु बाटोबाट माधवकुमार नेपालको राजिनामा नआउने पनि स्पष्ट पार्नुभयो । ...
Full story

पत्रकार/बुद्धिजीवलाई प्रचण्डको धम्की

image
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको २ दिनभित्र सत्ताधारीहरुले निकास दिएनन् भनें उनीहरुको दर्ुगती हुने चेतावनी दिनुभएको छ । उहाँले अब माओवादी वार्तामा नजाने र उनीहरुको प्रतिक्रिया पर्खेर बस्ने बताउँदै बल अब सत्ताधारीहरुको कोर्टमा पुगेकाले उनीहरु जसरी गोल हान्छन् त्यसैगरि फर्काउन माओवादी तयार रहेको स्पष्ट पार्नुभएको छ । आम हड्ताल फिर्ता लिएपछिको अवस्थाका बारेमा कार्यकर्ता र जनतालाई स्पष्ट पार्न शनिवार काठमाडौंको खुल्लामन्चमा आयोजित जनसभालाई सम्बोधन गदै अध्यक्ष दाहालले ६ दिनको हड्ताललाई रिहर्सलको संज्ञा दिनुभयो । ...
Full story

हड्ताल फिर्ता, कार्यकर्ता आक्रोशित

image
माधव नेपालको सरकारले राजिनामा नदिएसम्म आम हड्तालबाट पछि नहट्ने भनिरहेको एकीकृत नेकपा माओवादीले शुक्रवार अचानक आम हड्ताल फिर्ता लिएको छ । जनस्तरबाट प्रतिकार शुरु भएको र जनता विरुद्ध जनता भिडाउने षडयन्त्र हुन थालेपछि माओवादीले आम हड्ताल फिर्ता लिएको हो । शुक्रवार राती सम्पन्न माओवादीको स्थायी समिति बैठकले आम हड्ताल फिर्ता लिने निर्ण्र्ाागरेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास नयाँ बजारमा बसेको स्थायी समिति बैठकले आम जनताको चाहनालाई मध्यनजर गरि आम हड्ताल फिर्ता लिने निर्ण्र्ाागरेको थियो ।...
Full story

हड्ताल फिर्ताबाट प्रधानमन्त्री खुसी

image
प्रधानमन्त्री माधवकुमार नेपालले आम हड्ताल फिर्ता लिएकोमा एकीकृत नेकपा माओवादीलाई धन्यवाद दिदै यसले संवाद, सहमति र सहकार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । माओवादीले आम हड्ताल फिर्ता लिएको भोलिपल्ट शनिवार एक विज्ञप्ति जारी गर्दै उहाँले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने र नयाँ संविधान लेख्ने कार्य दलहरुबीचको सहमति बिना सम्भव नरहेको बताउनुभएको छ । प्रधानमन्त्रीले अनावश्यक हठ त्यागेर सबैलाई मान्य हुने सहमतिमा आउनु बाहेक अरु विकल्प माओवादीसँग नरहेको स्पष्ट पार्नुभएको छ । ...
Full story

शान्तिसभामा दशौं हजार जनता सहभागी

image
देश ६ दिनदेखि आम हड्तालको चपेटामा परेका बेला आज देशभर नागरिक तहबाट शान्तिसभाको आयोजना गरिएको छ । काठमाडौंको बसन्तपुरमा आयोजना गरिएको शान्तिसभामा दशौं हजार पेशा व्यवसायी र र्सवसाधारण नागरिक भेला भएका थिए । कुनै पनि राजनीतिक दलका कार्यक्रम भन्दा नागरिकहरुले आयोजना गरेको संक्षिप्त शान्तिसभामा धेरै मानिसको सहभागिता थियो । माओवादी अवरोधका बाबजुद ५० हजारभन्दा बढि र्सवसाधारण काठमाडौंको बसन्तपुरमा भेला भएका थिए । बसन्तपु, इन्द्रचोक, नयाँ सडक लगायतका सबै क्षेत्रमा शान्तिकामी नेपालीहरुको भीड लागेको थियो ।...
Full story

माओवादी नेताहरुसँग राजदूतको भेट

image
एकीकृत नेकपा माओवादीले कुटनीतिक नियोगका प्रमुखहरुसँगको छलफललाई पनि अघि बढाएको छ । प्रधानमन्त्री माधवकुमार नेपालले विदेशी राजदूतहरुसँग छलफल गरे लगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष डाक्टर बाबुराम भट्टर्राईले बिभिन्न देशका राजदूतहरुसँग आफ्नो आन्दोलनको बारेमा जानकारी गराउनुभएको छ । अध्यक्ष दाहालसँग विहिवार विहानै नेपालका लागि भारतीय राजदूत राकेश सुद र स्वीस राजदूतले भेट गर्नुभएको थियो ।...
Full story

ठाउँ ठाउँमा प्रतिकार, झडपमा मृत्यु

image
एकीकृत नेकपा माओवादीको आम हड्तालको आज पाँचौ दिन देशभरमा तनाव उत्पन्न भएको छ । काठमाडौं लगायत देशका बिभिन्न स्थानमा आम हड्ताल गराउने माओवादी र विरोधमा उत्रिएकाहरुबीच झडप शुरु भएको छ । झडपका क्रममा मकवानपूरको मनहरीमा एमाले सम्बद्ध युथफोर्सका कार्यकर्ता सुदिप कार्कीको मृत्यु भएको छ । त्यस्तै पर्वत, धनकुटा लगायतका जिल्लामा पनि वाइसिएल र युथफोर्सबीच झडप भएको छ । काठमाडौंका बुढानिकलण्ठ र कपन लगायतका ठाउँमा स्थानीय बासिन्दाले बन्द खुलाउन माग गर्दै प्रदर्शन गरेका छन् । ...
Full story

तीन दलको मुख फेरि तीन तिर

image
देशलाई अनिर्णयको बन्दीबाट मुक्त गराउन पत्रकार महासंघ, मिडिया सोसाइटी र उद्योगीहरुको पहलमा भएको तीन दलका शीर्ष नेताहरुको वार्ता बुधवार पनि असफल भएको छ । तीन दल आ आफ्नो अडानमा कायम रहेकाले सहमति हुन नसेकेको हो । राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल र्‍याडिसनमा भएको करीव तीन घण्टा लामो तीन दलको वार्ता विहिवार फेरि जारी राख्ने सहमति गर्दै विना निष्कर्षटुंगिएको हो । बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले आम हड्ताल फिर्ता लिएर सहमतिमा आउन माओवादीलाई आग्रह गरेका थिए भनें माओवादीले आम हड्ताल र वार्ता सँगै अघि बढाउने बताएको थियो । ...
Full story

भोलिदेखि आम हड्तालको रुप फेरिने

image
माओवादी आम हड्ताल लम्बिदै जाँदा झडप, प्रतिकार, तोडफोड र आगजनीका घटनाहरु बढ्न थालेका छन् । आम हड्तालको चौथो दिन देशका बिभिन्न ठाउँमा प्रतिकार जुलुसहरु निस्कने क्रममा ठाउँ ठाउँमा झडप भएका छन् । कतिपय धनकुटा, भक्तपूर र जुम्लामा एमाले र माओवादी कार्यकर्ताहरुबीच झडप भएको छ भनें पोखरामा माओवादी कार्यकर्ताहरुबीचमै झडप भएको छ । त्यस्तै बुटवलमा माओवादीले नगरपालिका कार्यालय कव्जामा लिएको घोषणा गरेपछि त्यसलाई हटाउने क्रममा प्रहरीसँग झडप भएको छ । माओवादीले आम हड्तालको स्वरुप विहिवारदेखि परिवर्तन हुने जनाएको छ । ...
Full story

राजिनामा प्रधानमन्त्रीबाट धेरै टाढा

image
एकीकृत नेकपा माओवादीले प्रधानमन्त्रीको राजिनामालाई प्रमुख माग बनाएर चार दिनदेखि आम हड्ताल जारी राखेकै बेला प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो राजिनामाको अहिले कुनै गुन्जायस नरहेको स्पष्ट पार्नुभएको छ । तीन राजनीतिक दलबीच हुने सहमतिपछि भनें आफू जुनसुकै निकासको लागि पनि बाधक नहुने समेत स्पष्ट पार्नुभएको छ । नेपालस्थित विदेशी कुटनीतिक निकायका प्रमुखहरुसँगको भेटपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री नेपालले एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउन देशलाई बन्दी बनाउन नहुने समेत बताउनुभयो । ...
Full story

हड्ताल फिर्ता लिएमात्र सहमति

image
नेपाली काग्रेसका कार्यबाहक सभापति शुशिल कोइरालाले माओवादीले जारी राखेको अनिश्चितकालिन आमहडताल फिर्ता नलिएसम्म कुनै पनि हालतम सहमति बन्न नसक्ने बताउनु भएको छ । उहाले दलहरुविचको विश्वासको संकट नै जारी राजनीतिक गतिरोधको प्रमुख कारण रहेको समेत बताउनु भयो । रिपोर्र्टर्स क्लब नेपालले थालेको सहमति शान्ति र संविधान निर्माणको अभियान कार्यक्रममा बोल्दै उहाँले भन्नु भयो- पहिला विश्वासको संकट अन्त्य गर्नु पर्‍यो ।...
Full story

कांग्रेसले मुठभेड निम्त्याएको आरोप

image
एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले तत्कालै पार्टीले थालेको अनिश्चितकालिन आमहडताल तत्काल टुङगिने संभावना नरहेको बताउनु भएको छ । उहाले भन्नु भयो- अहिले कै अवस्थामा एक दुइ तिन आन्दोलन फिर्ता हुदैन । माओवादी आन्दोलनको विषयलाई लिएर चौतर्फी अलग अलग बहस चलिरहको बेला रिपोर्र्टर्स क्लब नेपालले थालेको सहमति शान्ति र संविधान निर्माणको अभियान कार्यक्रममा बोल्दै उहाँले आन्दोलन छिटै टुङग्याउने भन्ने माओवादी मान्यता रहे पनि अन्य दलहरुको अडानका कारण तत्कालै टुङगीने भन्ने संभावना नरहेको स्पष्ट पार्नु भयो । ...
Full story

भक्तपुरमा वाइसीएल-युथफोर्स झडप, दुई राउन्ड गोली प्रहार

बन्दको समर्थन र विरोधमा प्रदर्शन भइरहेका बेला भक्तपुरमा दुई राउण्ड गोली चलेको छ । सूर्यबिनायक, तौमडी , दरवार स्क्वायर हुदै चोंछेतिर बढेको प्रर्दशनलाई लक्षित गरेर युथ फोर्सले भक्तपुर नगरपालिका वडा नं. ९ मा गोली चलाएको माओवादीले दाबी गरेको छ । माओवादीले थप दुई राउण्ड गोली र म्यागजीन आफूहरुले नियन्त्रणमा लिएको बताएको छ । तर युथ फोर्सले भने माओवादीले गोली चलाएको दाबी गरेको छ । एमाले सम्बद्ध युवा संघका अध्यक्ष महेश बस्नेतले बन्दको प्रतिकारमा उत्रेको प्रदर्शनमाथि माओवादीतर्फबाट गोली चलेको बताए ।...
Full story

रातो रिङरोडले माओवादीमा उत्साह

image
एकीकृत नेकपा माओवादीले आन्दोलनकारीहरुमा निराशा भरिन लागिरहेकै बेला कार्यकर्ताहरुमा उर्जा थप्ने प्रयासस्वरुप मंगलवार चक्रपथमा बृहत प्रदर्शन गरेको छ । रातो चक्रपथ नाम दिएर माओवादीले २७ किलोमिटर लामो राजधानीको चक्रपथलाई कार्यकर्ताहरुको साङ्लो बनाएर घेराउ गरेको थियो । आम हड्तालका क्रममा काठमाडौंका बिभिन्न स्थानमा बाँडिएर बसेका माओवादी कार्यकर्ताहरु अपरान्ह ४ बजे चक्रपथ क्षेत्रमा चेन बनाएर उभिएका थिए । उनीहरुलाई उर्जा भर्न माओवादी अध्यक्ष पुष्पपकमल दाहाल प्रचण्ड सहितका बरिष्ठ नेताहरु ट्रकमा बसेर रातो चक्रपथको अवलोकन गरेका थिए । ...
Full story

हड्ताल लम्बिदा आन्दोलनकारी विरामी

image
माओवादीको अनिश्चितकालिन आम हड्ताल लम्बिदै जाँदा आन्दोलनका लागि गाउँ गाउँबाट ल्याइएका कार्यकर्ताहरु धमाधम विरामी पर्न थालेका छन् । अधिकांश बिरामीमा झाडापखाला र बान्ता आउने समस्या देखिएको छ । बिभिन्न क्याम्पमा राखिएका कार्यकर्ताहरु समूह समूहमै विरामी पर्न थालेका छन् । उनीहरु मध्ये कतिपको उपचार क्याम्पमा गरिएको छ भनें अरुलाई अस्पताल लगिएको छ । काठमाडौंमा मात्रै करीव एक हजार कार्यकर्ता विरामी परेको भए पनि माओवादीले तथ्यांकलाइ गोप्य राखेको छ । दुषित पिउने पानी र वातावरणको बेमेलका कारण विरामी परेको आशंका गरिएको छ । ...
Full story

आन्दोलनकारी आक्रोशित, जनता त्रसित

image
एकीकृत नेकपा माओवादीको अनिश्चितकालिन आम हड्ताल लम्बिदै जाँदा देशभरको जनजीवन कष्ठकर बन्दै गएको छ भनें अर्थतन्त्र धरासायी हुन थालेको छ । आम हड्ताल लम्बिदै जाँदा आन्दोलनकारीहरुमा समेत निराशा उत्पन्न हुन थालेको छ । कतिपय आन्दोलनकारीहरु पैदलयात्रा गरि आ आफ्नो जिल्ला फर्किन थालेका छन् भनें कतिपय आन्दोलनकारीहरु विरामी परेका छन् । काभ्रे, नुवाकोट, धादिङ लगायतका छिमेकी जिल्लाका आन्दोलनकारीहरु विशेष गरि र्सवसाधारणहरु बभिन्न बाटो प्रयोग गरि घर फर्किन थालेका छन् ।...
Full story

केटाकेटी उफार्दैमा राजिनामा आउदैन

image
नेकपा एमालेका स्थायी कमिटी सदस्य एबं वार्ता टोली संयोजक केपी शर्मा ओलीले सकडमा दुइ चार हजार केटाकेटी उफार्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने बताउनुभएको छ । उहाँले माओवादीले प्रधानमन्त्रीको राजिनामा मागेर आन्दोलन जारी राखेसम्म उसँग सहमति पनि हुन नसक्ने स्पष्ट पार्नुभएको छ । पार्टी अध्यक्ष झलनाथ खनाल सहितका नेताहरुले माओवादीसँग सकारात्मक छलफल चलिरहेको बताइरहेका बेला ओलीले आफू वार्ता टोलीको संयोजक भएकाले आफू बाहेकको वार्ताको कुनै अर्थ नहुने पनि स्पष्ट पार्नुभयो ।...
Full story

बामदेवलाई कारवाही गर्न दबाब

image
माओवादीले एमाले नेतृत्व सरकारलाई सडकबाट विस्थापन गर्न आम हड्ताल शुरु गरेकै दिन एमालेका बरिष्ठ उपाध्यक्ष बामदेव गौतम लगायतका केही नेताहरुले प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामा माग्दै अध्यक्ष झलनाथ खनाल समक्ष ज्ञापनपत्र पेश गरेका छन् । पार्टी अध्यक्ष अध्यक्ष खनाललाई इमेलमार्फ ज्ञापनपत्र पठाउँदै उपाध्यक्ष बामदेव गौतम लगायत ६० जना नेताको नाम र्सार्वजनिक गरिएको थियो । तर ज्ञापनपत्र सन्चारमाध्यमहरुमा र्सार्वजनिक भए लगत्तै ६० जनामध्ये अधिकांश नेताहरुले आफूहरुले हस्ताक्षर नगरेको भन्दै गौतममाथि कारवाहीको माग गरेका छन् ।...
Full story

माओवादीलाई नेपाली सेनाको चेतावनी

image
नेपाली सेनाले आन्दोलनरत एकीकृत नेकपा माओवादीलाई पहिलो पटक सचेत गराउँदै चेतावनीयुक्त वक्तव्य दिएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले आइतवार एक वक्तव्य प्रकाशित गरि नेपाली सेनाको हालसम्मको धैर्यता र संयमतालाई कमजोरी नठान्न चेतावनी दिएको छ । माओवादी आन्दोलनकारीहरुले बिभिन्न ठाउँमा नेपाली सेनाका जवानहरुलाई समातेर कुटपीट गर्ने तथा बेइज्जतीपुर्वक समातेर मानवअधिकार आयोगलाई बुझाउने क्रियाकलाप गरेको भन्दै सेनाले आपत्ति जनाएको हो । ...
Full story

बामदेवबारे एमाले के भन्छ ?

image
२०६७ वैशाख १८ गतेको मितिमा हाम्रो पार्टीका अध्यक्ष कमरेडलाई सम्वोधन गरेर पार्टीाक उपाध्यक्ष क. वामदेव गौतम लगायतका कमरेडहरुको नाममा एउटा ज्ञापन-पत्र प्रेषित गरिएको कुराप्रति पार्टीको गम्भीर ध्यानाकर्षा भएको छ । मुलुक यतिवेला अत्यन्त ठूलो संकटको अवस्थामा छ । संकटको समाधानका लागि नेकपा -एमाले), नेपाली काँग्रेस र एनेकपा -माओवादी)वीच वार्ता चलिरहेको छ । सहमतिको दस्तावेज तयार पार्नका लागि तीनवटै पार्टीको संयुक्त कार्यदल निरन्तर लागिरहेको छ र हामीहरु राष्ट्रिय सहमतिमा पुग्न निरन्तर प्रयत्नशील भइरहेका छौं । ...
Full story

आम हड्तालमा सडक माओवादीमय

image
त्रास र आशंकाको बीच एकीकृत नेकपा माओवादीले आजबाट देशव्यापी रुपमा आम हड्ताल शुरु गरेकेा छ । माओवादीले आव्हान गरेको आम हड्तालको पहिलो दिन आज विहानैदेखि राजधानी काठमाडौं लगायत देशभरको जनजीवन ठप्प भएको छ । शनिवार राती अबेरसम्म पनि प्रमुख तीन दलबीच सहमति हुन नसकेपछि माओवादीले यसअघिनै घोषणा गरेको आम हड्ताललाई निरन्तरता दिएको हो । आम हड्ताललाई सफल बनाउन विहानैदेखि हजारौं माओवादी कार्यकर्ताहरु सडकमा निस्किएर नाराबाजी गरिरहेका छन् । ...
Full story

सडकबाट कराउँदैमा राजिनामा नदिने

image
प्रधानमन्त्री माधवकुमार नेपालले आज साँझ देशवासीका नाममा विशेष सम्बोधन गर्दै आफू संकटको बेला सबैका साथ पाएर प्रधानमन्त्रीको कुर्सीमा पुगेको भन्दै सरकार बनेकै दिनदेखि अपमान र विरोध झेल्दा पनि बिचलित नभएको बताउनुभएको छ । उहाँले बिगतमा माओवादीको नेतृत्वमा आफ्नो पाटी नेकपा एमाले सरकारमा सहभागि भएको स्मरण गर्दै माओवादी आफैंले राजिनामा दिएपछि बाध्यात्मक अवस्थामा प्रधानमन्त्री बन्नुपरेको पनि बताउनुभयो । उहाँले सरकार बनाउने क्रममा माओवादीले निषेधको राजनीति शुरु गरेर सहमतिको राजनीतिलाई भंग गरेको आरोप समेत लगाउनुभयो ।...
Full story

सेना माधव नेपालको खल्तिमा छैन

image
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अहिलेसम्म सबै परिवर्तन सडकबाटै भएको र यो सरकारलाई पनि सडकबाटै फाल्ने दावी गर्नुभएको छ । उहाँले संविधानको कागजी जालोमा जनता नफस्ने बताउँदै लाखौं जनताले सडकमा उत्रिएर अहिलेको सरकारलाई सत्ताच्युत गर्ने चेतावनी समेत दिनुभएको छ । मजदूर दिवसको अवसरमा माओवादीले राजधानीको खुल्लामन्चमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री माधव नेपाल थिम्पुबाट फर्किएपछि सेना परिचालनको धम्की दिनुले आफूलाई आर्श्चर्यचकित बनाएको बताउनुभयो ।...
Full story

हतियारको बलमा देशको मुहार फेरिदैन

image
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादीलाई आमहड्तालको कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभएको छ ।मजदुर दिवसको अवसरमा एमाले निकट मजदुर संगठन जिफन्टले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष खनालले माओवादी आन्दोलनले शान्तिप्रक्रिया र संविधान निर्माणमा असर पुगेको टिप्पणी गर्नुभयो । शान्तिपूर्ण तरिकाले आफ्ना मागमा छलफल अघि बढाउन माओवादीलाई उहाँको सुझाव थियो । ...
Full story

माओवादी प्रदर्शनले राजधानी राताम्मे

image
१ सय २१ औं अन्तर्राष्ट्रिय श्रमिक मजदूर दिवसका अवसरमा सिंगो नेपाल राताम्य बनेको छ । एकीकृत नेकपा माओवादीले काठमाडौं लगायत देशका सातओटा शहरमा एकै पटक लाखौं कार्यकर्ता र आफ्ना र्समर्थकहरुलाई सडकमा उतारेपछि अन्य दलहरुले मजदूर दिवस कोठाभित्रै मनाउन बाध्य भए । माओवादीले ठूलो तयारी र करोडौं रुपैया खर्च गरेर काठमाडौंमा लाखौं र्समर्थकहरुको पर््रदर्शन गराउन सफल भएको छ । तेस्रो जनआन्दोलनका लागि भनेर गाउँ गाउँबाट ल्याइएका कार्यकर्ता र जनताको भीडले काठमाडौंको खुल्लामन्चदेखि रत्नपार्कसम्मको क्षेत्र भरिएको थियो ।...
Full story

आन्दोलनमा शिविरका लडाकु प्रयोग भए

image
प्रधानमन्त्री माधवकुमार नेपालस"ग संयुक्त राष्ट्रसंघका दुइ जना अधिकारीहरुले शनिवार विहान छुट्टाछुट्टै भेट गर्नुभएको छ । उहा"हरुले नेपालको शान्ति प्रक्रियाका बारेमा कुराकानी गर्नुभएको थियो । राष्ट्रसङ्घका उपमहासचिव अजय छिब्बरले नेपालमा जारी शान्ति प्रक्रियालाई निष्कर्षा पुर्‍याउनका लागि दलहरुले संयम र बुद्धिमानी अपनाउनुपर्नेमा जोड दिनुभयो । उहा"ले नेपालको शान्ति प्रक्रिया गम्भीर मोडमा रहेको चर्चा गर्दै दलहरुले यसलाई सफलतामा पुर्‍याउनेमा राष्ट्रसंघ विश्वस्त रहेको जानकारी दिनुभयो ।...
Full story

माधव नेपाललाई २२ दलको काँध

image
एकीकृत नेकपा माओवादीले सडकबाटै सरकार ढाल्ने चेतावनी दिइरहेका बेला सत्तारुढ २२ राजनीतिक दलले सडकबाट राजिनामा माग्दैमा प्रधानमन्त्रीले राजिनामा दिनु उचित नहुने ठहर गरेको छ । माओवादीले विगतका सहमति र सम्झौताको पालना गरि नागरिक पार्टी नबनेसम्म उसलाई सरकार हस्तान्तरण गर्नु अनुचित हुने ठहर गर्दै २२ दलले माओवादी हिंसाको मिलेरै सामना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सत्तारुढ दलका नेताहरु सहभागी हुनुहुन्थ्यो ।...
Full story

मजदूर दिवसमा माओवादीको प्रदर्शन

image
आज विश्व श्रमिक दिवस । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरन्जनको अधिकार माग्दै एक सय २१ वर्षघि अमेरिकाको सिकागो शहरका मजदूरहरुले आन्दोलन शुरु गरेको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउने गरिएको छ । नेपालमा पनि अन्तर्राष्ट्रिय मजदूर दिवस आज बिभिन्न राजनीतिक दल आबद्ध मजदूर संगठनहरुले आ आफ्नै ढंगले मनाइरहेका छन् । तर एकीकृत नेकपा माओवादीले मजदूर दिवसलाई आफ्नो आन्दोलनका रुपमा मनाउने लाखौं कार्यकर्ता र र्समर्थकहरुलाई काठमाडौं ल्याएपछि अन्य संगठनका कार्यक्रमहरु कोठामा सिमित भएका छन् । ...
Full story