Matrika Poudel
राजिनामा दिन नहुने कांग्रेसको ठहर
नेपाली कांग्रेसले माओवादीको सडक आन्दोलनको अगाडि सरकारले घुँडा टेक्न नहुने ठहर गरेको छ । शुक्रवार साँझ सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री माधवकुमार नेपाललाई राजिनामा नदिन आग्रह गरेको हो । बैठकले वर्तमान सरकारप्रतिको कांग्रेसको र्समर्थन पुनः दोहोर्याएको छ । बैठकले विद्यालय तथा सरकारी भवनहरु कब्जा गरेर बसेका माओवादी कार्यकर्ताहरुलाइ तत्काल त्यहाँबाट हटाउन सरकारसँग माग गरेको बैठकपछि कांग्रेस महामन्त्री विमलेन्द्र निधीले जानकारी दिनुभयो ।
संवेदनशील क्षेत्रमा सेना परिचालन
सुरक्षा परिषदले संवेदनशील क्षेत्रको सुरक्षा जिम्मा नेपाली सेनालाई दिएको छ । शुक्रबार सिंहदरवारमा बसेको बैठकले बैंक, जलविद्युत, हवाईलगायतका संवेदनशील क्षेत्रको सुरक्षा जिम्मा सेनालाई दिने निर्णय गरेको हो । एकीकृत नेकपा माओवादीले हजारौं कार्यकर्तालाई काठमाडौंमा उतारेर आन्दोलनको तयारी गरेपछि राजधानी तनावग्रस्त बनेको छ । माओवादीले करीव ५ लाख कार्यकर्ता र जनता शनिवार खुल्लामन्चमा उतार्ने दावी गरेको छ ।...दुवै पक्षलाई संयमित हुन अमेरिकाको आग्रह
माओवादी प्रदर्शन हिंसात्मक हुनसक्ने टिप्पणीहरु भइरहँदा अमेरिकाले सरकार सबै पक्षलाई प्रदर्शनहरूमा आत्मसंयम अपनाउन, सहमतिका लागि कार्य गर्न, र वर्तमान राजनीतिक गतिरोधको निकास खोज्न आग्रह गरेको ...तीन दलबीच वार्ता र सहमति प्रयास जारी
माओवादीको आमहड्ताल फिर्ता गराउन प्रयास स्वरुप बसेको तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ । बैठकमा सहमतिका लागि कांग्रेस र एमालेले घोषित आमहड्ताल फिर्ता लिन आग्रह गरेको भएपनि माओवादीले सहमति नभएसम्म फिर्ता नलिने अडान राखेको छ ।माओवादीले प्रधानमन्त्रीको राजिनामा सहित ६ वटै बुंदामा प्याकेजमै सहमति भएमात्र आमहड्ताल फिर्ता लिने सर्त कांग्रेस र एमाले समक्ष राखेका छन् ।...शान्ति प्रक्रिया भंग हुने खतरा बढ्यो
संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अनमिनल नेपालको शान्ति प्रक्रिया गम्भिर र खतरापूर्ण अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ । अनमिनले शुक्रवार विज्ञप्ति जारी गर्दै कठिन परिस्थितीमा पुगेको शान्ति प्रक्रियालाई टुंग्याउन दलहरुलाई अपिल गरेको छ । अनमिन प्रमुख करिन लेनग्रेनले सहमति निर्माण गर्न आग्रह गर्नुभएको छ । माओवादीले मे १ को अवसरमा गर्न लागेको प्रदर्शन र र्याली गम्भिर र खतरापूर्ण रहेको भन्दै अनमिन प्रमुख लेनग्रेनले यबाट अनपेक्षित परिणाम आउनुको साथै भोलि के हुन्छ भन्ने अनिश्चितता थपेको बताउनुभएको छ ।...बजार पसल बन्द, दिउसै त्रास फैलियो
माओवादीले जवरजस्ती ठूलो मात्रामा चन्दा मागेको भन्दै राजधानीको मुख्य बजार क्षेत्र शुक्रबार दिउँसो देखि नै बन्द गरिएको छ । यसले राजधानीबासीमा त्रास फैलिएको छ । शनिबार गर्ने भनेको मे दिवसको प्रदर्शन र अनिश्चितकालिन आमहड्ताल घोषणाबाट त्रसित व्यवसायीले थप चन्दा मागका सामना गर्नु परेपछि व्यापार व्यवसाय नै बन्द गर्नु परेको बताएका छन् । राजधानीको मुख्यबजारहरु न्यूरोड, इन्द्रचोक, असन, पुतलीसडक लगायतका क्षेत्रमा रहेका पसल तथा व्यापारिक केन्द्रहरु बन्द गरिएका छन् । काठमाडौंमा दिउसै त्रास र भयको वातावरण देखिएको थियो ।...'सहमति हुन्छ भनें राजिनामा दिन्छु'
प्रधामन्त्री माधवकुमार नेपालले आफ्नो राजिनामाले समाधान नदिने भन्दै माओवादी हिंसाको सामना गर्नुको विकल्प नरहेको बताउनुभएको छ । १६ औं र्सार्क शिखर सम्मेलनमा भाग लिएर थिम्पुबाट आज विहान स्वेदश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री नेपालले माओवादीले सत्ता कव्जा गर्ने नियत राखेर आन्दोलन गरेकाले आफ्नो राजिनामाले समाधान नहुने बताउनुभयो । बिभिन्न स्थानमा बरामद भएका लाठी, बम, बोतल, पेट्रोल, खुकुरी लगायतका सामाग्रीहरुले पनि माओवादीको आन्दोलन हिंसात्मक हुँदैछ भन्ने स्पष्ट देखिएको उहाँको भनाई थियो ।...गेष्टहाउसबाट विष्फोटक पदार्थ बरामद
प्रहरीले सुन्धारास्थित एक गेष्ट हाउसबाट भारी मात्रामा पेट्रोल बम बनाउन प्रयोग हुने सामाग्री बरामद गरेको छ । प्रहरीले उक्त सामाग्रही माओवादीले शनिबारदेखि सुरु हुने आफ्नो निणयक आन्दोलनलाई ध्यानमा राखेर ल्याएको आशंका गरेको छ । प्रहरीले बिहीबार दिउँसो छापामा मार्दा सुन्धाराको सेती-महाकाली गेष्टहाउसबाट ४ सय लिटर पेट्रोल, दश बोरा खाली बोत्तल, गुलेली एक बोरा, गुच्चा दुई बोरा बरामद गरेको छ । त्यसैगरी काठको भूष सात बोरा, कैची सात थान, कपडा पनि बरामद गरेको छ । ...थाइ मोडेलको माओवादी आन्दोलन
एकीकृत माओवादीले आफ्नो आन्दोलनलाई शान्तिपूर्ण बनाउन कार्यकर्ता परिचालनमा विशेष ध्यान दिने भएको छ । आन्दोलन हिंसात्मक हुनसक्ने भन्दै आतंक फैलिरहेको बेला विहिबार बिहान बसेको पार्टी केन्द्रिय पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सरकार दमनको तयारीमा लागेको आरोप लगाउँदै शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई कुण्ठित नगर्न आग्रह गरेको छ । माओवादीले कार्यकर्ताहरु बसिरहेको स्थानमा प्रहरीले बल प्रयोग गरी निकाल्न थालेकोमा पनि बैठकले आपत्ति जनाएको छ । यस्तै गरि शनिबार मे दिबस मनाउन जनप्रदर्शनका लागि एकीकृत नेकपा माओवादीका कार्यकर्ता काठमाडौं आउने क्रम जारी छ । ...माधव नेपाललाई मनमोहनको समर्थन
दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन र्सार्क शिखर सम्मेलनमा भाग लिन भुटानको राजधानी थिम्पु पुग्नुभएका प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय समकक्षी मनमोहन सिंहसँग भेटवार्ता गर्नुभएको छ । थिम्पुको र्सार्क भिलेजस्थित इण्डिया हाउसमा भएको भेटमा भारतीय प्रधानमन्त्री सिंहले प्रधानमन्त्री नेपाललाई सहमतिबाटै अघि बढ्न सुझाव दिनुभएको छ । नेपालमा राजनीतिक संकट गहिरिदै गएको बेला दुइ देशका प्रधानमन्त्रीबीच विहिवार विहान वार्ता भएको हो । ...तीन दलका नेता जनताको कठघरामा
देश शान्तिबाट हिंसातर्फअघि बढ्न लागेको बेला र सबैतिर आतंक सिर्जना भइरहेको बेला देशका प्रमुख तीन दलका शीर्ष नेताहरु बुधवार दिनभरी नागरिकको कठघरामा उभिएका छन् । संविधानसभाको ६ सय १ सिटमध्ये २ तिहाईभन्दा बढि संख्या ओगट्ने एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुलाई बुधवार नागरिक समाजले अलग अलग मन्चमा उभ्याएर जनताका प्रश्न गरेको छ । नागरिक संघर्ष समितिले बुधवार अपरान्ह ललितपूरमा आयोजना गरेको कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल र नेपाली कांग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलले नागरिक अगुवाहरुले राखेका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।...राजतन्त्र फर्के पनि पारस राजा नहुने
पूर्व युवराज पारस शाहले जनताले चाहे राजसंस्था पुनर्स्थापित हुनसक्ने प्रतिकृया दिनु भएको छ । बुधबार धार्मिक तथा सामाजिक कामका सिलसिलामा बीरगंज पुग्नु भएका पूर्व युवराज पारसले राजसंस्था पर्ुनस्थापित भएपनि आफू ब्यक्तिगत रुपमा राजा हुन नचाहेको बताउनु भएको छ । संचारकर्मीहरुसंगको करिब २० मिनेटको समयमा उहाले बारम्बार जनताको चाहना अनुसार अघि बढ्ने बताउनु भएको थियो । उहाँले नेपालमा शान्ति र विकास चाहिएको बताउनु भएको छ ।...हतियार र लडाकु कमाण्डर पक्राउ
प्रहरीले सोमबार राति ग्रिनेड सहित एक माओवादी कमाण्डरलाई पक्रेको छ । उदयपुरको कटारीबाट काठमाण्डौं जांदै गरेको ना.४.ख ३५१ नम्बरको बसलाई प्रहरीले भरतपुरमा चेकजाँच गर्दा माओवादी कमाण्डर पक्राउ परेको प्रहरीले जनाएको छ ।पक्राउ परेका माओवादी सेनाका प्लाटुन कमाण्डर सन्तोष र्राईको साथबाट ग्रिनेड र धारिलो खुकुरी बरामद भएको छ । प्रहरीका अनुसार बसमा सवार ५२ जनालाई खानतलासी गर्ने क्रममा खोटाङ घर भएका र्राईसंग विष्फोटक सामग्रि बरामद भएको थियो ।...सेना परिचालन हुनसक्ने चेतावनी
सूचना तथा सन्चारमन्त्री एबं नेपाल सरकारका प्रवक्ता शंकर पोखरेलले माओवादीको आन्दोलन हिंसात्मक भएमा सरकारले सेना परिचालन गर्ने चेतावनी दिनुभएको छ । देशभर खुकुरी र लाठी तालिम दिएर माओवादीले आन्दोलन शान्तिपूर्ण नहुने संकेत दिएको भन्दै प्रवक्ता पोखरेलले त्यहि भएर सरकारले नेपाली सेनालाई पनि हाइए र्एलर्ट गराएको बताउनुभयो । मंगलवार सुनसरीको इनरुवामा एमाले कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै एमाले केन्द्रीय कमिटी सचिव समेत रहनुभएका पोखरेलले एमाले उपाध्यक्ष बामदेव गौतम नालायक र अयोग्य नेता भएकाले माओवादीको भाषा बोल्न थालेको आरोप पनि लगाउनुभयो ।...आन्दोलन हिंसात्मक नहुने बाबुरामको दावी
हिंसा अन्त्य अभियानका अगुवाहरुले मंगलवार एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टर्राईलाई भेटी मे दिवशको "जनपर््रदर्शन" हिंसात्मक नबनाउन आग्रह गरेका छन् । भट्टर्राई निवास शान्ति नगरमा भएको भेटमा यसअघि अभियानका अगुवा कुलचन्द्र गौतमले नेताहरुको अभिव्यक्ति आन्दोलनमा असंयमीत र उत्तेजना फैलाउने किसिमको नगर्न अनुरोध गर्नुभयो । अभिनेता मदनकृष्ण श्रेष्ठले ए. माओवादी द्वारा आगामी मे दिवशको दिनमा गर्ने भनिएको जनप्रदर्शन शान्पिूर्ण बनाउन आग्रह गर्दै ...प्रधानमन्त्री नेपाल थिम्पु प्रस्थान
र्सार्क सम्मेलनमा भाग लिनका लागि प्रधानमन्त्री माधवकुमार नेपाल आज विहान भुटानको राजधानी थिम्पु पुग्नुभएको छ । १६ औं र्सार्क शिखर सम्मेलन बुधवारदेखि थिम्पुमा हुँदैछ । प्रधानमन्त्री नेपाल १३ सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै थिम्पु प्रस्थान गर्नुभएको हो । भुटान जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधामन्त्रीले शिखर सम्मेलनमा जलवायु परिवर्तन सम्बन्धी मुद्धालाइ महत्वका साथ उठाउने बताउनुभयो । प्रधानमन्त्री नेपाल शुक्रवार स्वदेश फर्किने कार्यक्रम छ । भुटानमा पहिलो पटक शिखर सम्मेलन हुन लागेको हो । ...प्रचण्डलाई पोलपोट नबन्न माधवको सुझाव
प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी अध्यक्ष प्रचण्डलाई पोलपोट बन्ने बाटोमा नजान आग्रह गर्नुभएको छ । उहाँले माओवादी अहिले जुन बाटोमा गइरहेको छ, त्यो बाटो अन्ततः कम्बोडियाको खमेर रुज जस्तै हुने बाटो हो भन्नुभयो । नेकपा एमालेका तत्कालिन अध्यक्ष एबं नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको ११ औं स्मृति दिवसमा अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री नेपालले प्रचण्डका कोही सच्चा र्समर्थक छन् भनें उनीहरुले पोलपोट बन्नबाट उनलाई रोक्नुपर्ने बताउनुभयो । ...शान्ति र संविधानबारे अमेरिकाको चासो
प्रधानमन्त्री माधवकुमार नेपालस"ग दक्षिण एसियासम्बन्धी अमेरिकी उपसहायक विदेशमन्त्री र्रबर्ट ओ ब्लेकले सोमवार उहा"कै निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ । भेटका क्रममा उपसहायक विदेशमन्त्री ब्लेकले नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, सहमतिको राजनीति, लोकतान्त्रिक प्रक्रियाको संस्थागत विकासलगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो ।प्रधानमन्त्री नेपालले थुप्रै जोखिमहरु मोलेर विगतमा सुरु गरिएको शान्ति प्रक्रियालाई र्सार्थक निष्कर्षा पुर्याउन आफू सधै" प्रयत्नशील रहेको चर्चा गर्दै माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनःस्थापनाबिना यस कार्यलाई टुंगोमा पुर्याउन नसकिने भएको हु"दा त्यसका लागि सम्बन्धित सबैले जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।...माओवादीद्धारा आमहड्ताल घोषणा
सडकबाटै सत्ता कव्जा गर्ने अभियानमा लागेको एकीकृत नेकपा माओवादीले बैशाख १९ गतेदेखि अनिश्चितकालिन आम हड्ताल घोषणा गरेको छ । सामान्य आन्दोलनलाई सरकारले ध्यान नदिएकाले अनिश्चितकालिन आम हड्तालमा उत्रिनुपरेको माओवादीले जनाएको छ । माओवादीले सोमवार राजधानीमा आयोजना गरेको बृहत पत्रकार अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले आन्दोलन काठमाडौं सहित देशभरका सदरमुकाम र शहरमा केन्द्रित हुने जानकारी दिनुभयो । ...केपी ओली जनमतसंग्रहको पक्षमा
कांग्रेसले नयाँ निर्वाचन र एमालेले संविधानसभाको म्याद थप गर्ने कुरा उठाइरहेका बेला ती दलका प्रभावशाली नेताहरुले भनें अब जनमत संग्रहमा जानुपर्ने बताएका छन् । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओली र कांग्रेसका बौद्धिक नेता प्रदीप गिरीले देशमा गृहयुद्ध रोक्न जनमत संग्रहमा जान सकिने बताउनुभएको छ । ओली र गिरीले नेपाल बार एशोसियसनका पर्ूव अध्यक्ष शम्भु थापाको प्रस्तावमा सहमति जनाउँदै जनमत संग्रहमा जाने निष्कर्षनिकाल्नुभएको हो । सन्चारिका समूहद्धारा काठमाडौंमा आयोजित कार्यक्रममा एमाले नेता ओलीले जनमत संग्रहमा गए पनि त्यो भन्दा पहिले माओवादीलाई निशस्त्र बनाउनै पर्ने बताउनुभयो ।...सरकारलाई अध्यक्ष प्रचण्डको चेतावनी
एकीकृत नेकपा माओवादीले शान्ति र नयाँ संविधानका लागि जनदबाब स्वरुप गर्न लागेको आन्दोलनलाई सरकारले उत्तेजित पारेर दमन गर्ने षडयन्त्र गरेको आरोप लगाएको छ । आन्दोलनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने कुरा पार्टीले स्पष्ट पारे पनि सरकारले वक्तव्य बाजी गरेर उत्तेजना फैलाउन खोजेको आरोप समेत माओवादीले लगाएको छ । काठमाडौंको नयाँ बजारस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा शनिवार बसेको केन्द्रीय पदाधिकारीहरुको बेठकले भ्रम छरेर दमन गर्ने सरकारको षडयन्त्रलाई स्पष्ट पार्नुपर्ने निष्कर्षनिकालेको छ । ...बलजफ्ती छाड्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री माधवकुमार नेपालले आरोप प्रत्यारोपबाट होइन बहस र छलफलबाट सहमतिमा पुग्न आग्रह गर्नुभएको छ । उहाँले सहमतिको यात्रामा चुनौतिहरु थपिएको भन्दै यसको फाइदा उठाएर पुरातनबादी शक्तिहरुले टाउको उठाउने दुस्प्रयास गरेको बताउनुभएको छ । लोकतन्त्र दिवसको अवसरमा सैनिकमन्च टुँडिखेलमा शनिवार आयोजित विशेष कार्यक्रममा उहाँले जनतामा पनि आशंका र अन्यौलता थपिएको बताउनुभयो । ...'माओवादी सत्ता कव्जाको बाटोमा'
एकीकृत नेकपा माओवादीले आन्दोलनका नाममा कार्यकर्ताहरुलाइ लाठी र खुकुरी सहित सडकमा उतारेर देशमा अस्तव्यस्त सिर्जना गर्ने तथा त्यहि आधारमा सत्ता कव्जा गर्ने रणनीति बनाएको ठहर सरकारले गरेको छ । मन्त्रिपरिषदको हिजो र आज लगातार बसेको बैठकमा माओवादीको सत्ता कव्जा सम्बन्धी योजनाको बारेमा गृहमन्त्री भीम रावलले जानकारी गराएपछि सरकार गम्भिर भएको हो । माओवादी जबर्जस्ती सत्ता कव्जा गर्ने रणनीतिबाट अघि बढेको भन्दै सरकारले पनि आफ्नो तयारी गरेको छ । ...गृहमन्त्रीलाई २४ घण्टाभित्र बर्खास्त गर्न नेविसंघको माग
नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघले २४ घण्टाभित्र गृहमन्त्री भीम रावललाई सरकारका नहटाइएमा कांग्रेसले माधव नेपाललाई प्रधानमन्त्रीबाटै हटाउनुपर्ने माग गरेको छ । राजधानीका बिभिन्न क्याम्पसहरुमा एमाले सम्बद्ध अनेरास्ववियुका विद्यार्थीहरुसँगको झडपछि आफ्ना कार्यकर्तामाथि गृहमन्त्री रावलको निर्देशनमा प्रहरीले कुटपीट गरेको भन्दै नेविसंघले यस्तो माग गरेको हो । कांग्रेसको बुइ चढेर एमालेले सरकारको नेतृत्व गरेको भन्दै नेविसंघले अहिले गृहमन्त्रीकै निर्देशनमा आफ्ना कार्यकर्ता कुटिएको आरोप लगाएको छ ।...जेठ १४ पछि गृहयुद्ध हुने गच्छदारको दावी
उपप्रधानमन्त्री एबं मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले माओवादीले एकतर्फी रुपमा शान्ति सम्झौता भंग गरेको आरोप लगाउँदै अब देशमा गृहयुद्ध हुने चेतावनी दिनुभएको छ । उहाँले माओवादी सत्ता कव्जा रणनीतिबाट अघि बढेको बताउँदै उसको त्यो सपना पूरा हुन नदिइने समेत स्पष्ट पार्नुभएको छ । रिपोर्टस क्लवका पदाधिकारी र पत्रकारहरुसँग विहिवार भौतिक योजना तथा निर्माण मन्त्रालयमा कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले माओवादी विरुद्ध देशका सबै लोकतन्त्रवादी शक्तिहरु एकजुट हुने र जेठ १४ गतेपछि गृहयुद्ध हुन सक्ने बताउनुभयो । ...कांग्रेस नेताहरुद्धारा बैठक बहिस्कार
निर्णय प्रक्रिया र एजेण्डाका बिषयमा असहमति जनाउदै नेपाली काँग्रेसका आधार्दजन केन्द्रीय सदस्यले निर्णय पुस्तिकामा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । बुधवार ललितपुर स्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा छलफलका लागि प्रवेश गर्राईएको एजेण्डा माथि असहमति जनाउदै ६ जना केन्द्रीय सदस्यहरुले निर्णय पुस्तीकामा हस्ताक्षर नगरेका हुन् । उनिहरुले पार्टीको १२ औ महाधिवेशन, बिवादीत जिल्लाको विषयमा लगायतमा निर्णय सम्बन्धी प्रस्ताव बैठकमा पेस गर्न भनेका थिए । ...दलाई लामा अधर्मी र भँडुवा भएको आरोप
संसारभरका बुर्द्धधर्मका अनु्यायीहरुले दलाई लामालाई भगवानको जीवित अवतारका रुपमा पूजा गर्छन् । अझ कतिपय उनका अनुयायीहरुले त दलाई लामाको पाउको धूलो समेत निधारमा लगाउछन् । तर चीनले भने दलाई लामा अधर्मी र देसद्रोही व्यक्ति भएको आरोप लगाएको छ । हालै उत्तरी चीनमा गएको विनाशकारी भुकम्पमा ज्यान गुमाएकाहरुको शान्तिका लागि पर््रार्थना गर्न दलाइ लामाले चीन भ्रमण गर्ने इच्छा व्यक्त गरिरहेकै बेला चीनले यस्तो अभियोग लगाएको हो । ...माओवादीलाई एक्ल्याउने प्रयास नगर
उपराष्टपति परमानन्द झाले माओवादीलाई एक्ल्याएर देशमा संविधान पनि नबन्ने र शान्ति प्रक्रिया पनि सफल नहुने दावी गर्नुभएको छ । रिपोर्टस क्लवले उपराष्टपति कार्यालयमै आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उपराष्टपति झाले कांग्रेस र एमाले दुवै पार्टी भन्दा माओवादी एक्लो पार्टी ठूलो भएकोले उसलाई अलग राखेर सहमति पनि नहुने र मुलुक अघि बढ्न पनि नसक्ने बताउनुभयो । उहाँले जेठ १४ मा संविधान जारी नहुदैमा देशमा कुनै संकट भनें नआउने दावी गर्नुभयो । ...तीन दलले लोकतन्त्र दिवस पर्खिए
लामो समयपछि बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक तीन पछि बस्ने गरि विना निष्कर्षटुंगिएको छ । संयन्त्र बैठकमा तीन दलले ६ विषयमा गम्भिर छलफल गरेको बताएका छन् । बुधवार माओवादी संसदीय दलको कार्यायमा सबेको संयन्त्र बैठकम वाइसिएलको अर्धसैनिक संरचना बिघटन, माओवादीद्धारा कव्जा गरिएका सम्पत्ति फिर्ता, संविधान लेखनका विषमयमा छलफल भएको नेताहरुले बताएका छन् । संयन्त्र बैठकमा शान्ति प्रक्रियाको टुंगो, राज्य पुनसंरचना आयोग गठन र राष्ट्रिय सरकारका विषयमा पनि छलफल भएको नेताहरुले बताएका छन् । ...मन्त्रीनै देश टुक्राउन लागेको खुलासा
सद्भावना पार्टीका अध्यक्ष एबं आपूर्ति मन्त्री राजेन्द्र महतोले सघियता सहितको सविधान समयमै नआए देसलाई टुक्रिनबाट कसैले बचाउन नसक्ने बताउनू भएको छ । "राज्यले जनभावना अनुसार मधेशलाई समग्र स्वायत्त मधेश एक प्रदेश संघीयता अर्न्तर्गत घोषणा नगरे आफू मधेशलाई छुट्टै मुलुक बनाउन गृहकार्यमा जुटेको खुलासा समेत उहाँले गर्नुभयो ।...सरकारलाई सडकबाटै ढाल्ने दावी
एकीकृत नेकपा माओवादीका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारलाई अब सडकबाटै ढाल्ने चेतावनी दिनुभएको छ । राष्ट्रिय सहमतिको सरकार बनाउन जनताले सडकबाटै सरकारलाई बिघटन गर्ने उहाँको दावी छ । माओवादी सम्बद्ध दर्राई मुक्ति मोर्चा र प्राध्यापकहरुको अलग अलग भेलालाई शनिवार सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले जनताले आन्दोलन नचर्काएसम्म यो सरकार कायम रहने भएकाले जनदबाब आवश्यक रहेको बताउनुभयो ।...३ हजार लडाकु समायोजन गर्ने सहमति
माओवादी लडाकुको तीन हजारको संख्यामा सुरक्षा निकायमा समायोजन गर्न माओवादी बाहेकका अन्य प्रमुख राजनीतिक दलहरु सहमत भएका छन् । माओवादी अस्थायी शिविरमा रहेका लडाकुको रेखदेख, पुनस्थापन तथा समायोजन सम्बन्धी बिशेष समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकमा माओवादी बाहेकका प्रमुख राजनीतिक दलका शिर्षनेताहरुले सरकारी लडाकुको व्यवस्थापन सम्बन्धी ३० दिन सहितिको कार्ययोजनालाई सहमति जनाएका हुन् । सत्तारुढ दलका साथै प्रतिपक्ष दल मधेसी जनअधिकार फोरम नेपालले पनि सरकारी कार्ययोजनालाई र्समथन जनाएको छ । ...एकेडेमीबाट रागिनीको राजिनामा
नेपाल ललितकला एकेडेमीको कुलपतिमा बरिष्ठ कलाकार किरण मानन्धर नियुक्त हुनुभएको छ । कुलपति मानन्धरलाई शुक्रवार प्रधानमन्त्री माधवकुमार नेपालले पद तथा गोपनियताको सपग्रहण गराउनुभयो । प्रधानमन्त्री कार्याल्यमा भएको सो समारोहमा संस्कृति मन्त्री मिनेन्द्र रिजालको पनि उपस्थिती रहेको थियो । यसैबीच नेपालको कला र संस्कृतिको क्षेत्रलाई राजनिति गर्ने अखाडा बनाएको भन्दै नेपाल ललित कला परिषदबाट रागिनी उपाध्याय ग्रेलाले राजीनामा दिनुभएको छ ।...सेना समायोजनमा माओवादी लचिलो
एकिकृत माओवादीले वर्तमान सरकार रहेसम्म संविधानसभाको म्याद थप्न सहमति जनाउन नसकिने निर्ण्र्ाागर्दै सरकार बिरुद्ध अविश्वासको प्रस्ताव हाल नल्याउने निर्णय गरेको छ । आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन राजनीतिक पर्रार्मश गर्ने जनाउदै माओवादीले संविधानसभाको म्याद थप्ने विषयमा बर्तमान सरकारलाई सहमति नजाउने जनाएको छ । माओवादी पोलिटव्युरो बैठकको समापनपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित्र पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यो सरकारको बिघटननै माओवादीको एकमात्र शर्त रहेको स्पष्ट पार्नुभयो । ...खनाल पक्षधर सभासद नेपालको पक्षमा
२ वर्षेखिको माथापच्चीपछि अन्ततः २०६७ जेठ १४ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी नहुने पक्का भएको छ । प्रमुख राजनीतिक दलहरुनै निर्धारित मितिमा संविधान जारी नहुने निष्कर्षा पुगेका छन् । संविधान जारी गर्नका लागि ४३ दिनमात्र बाँकी रहेको बेला विहिवार विभिन्न राजनीतिक दलका बैठक र नेताहरुका मुखबाट समयमा संविधान जारी नहुने निष्कर्षनिस्किएको हो । जेठ १४ मा संबिधान नबन्ने निश्चित भएपछि त्यससको असर सत्तारुढ दल नेकपा एमालेमा सबैभन्दा पहिले परेको छ ।...परिचयपत्र हेरेरमात्र लडाकुलाई भत्ता
सरकारले माओवादी सेनाका लडाकहरुको केही समयदेखि रोकिएको भत्ता वितरण शुक्रवारदेखि शुरु गरेका छ । सरकार, अनमिन र माओवादी कमाण्डरको रोहबरमा तलबभत्ता वितरण गर्ने सहमति भएपछि नवलपरासीको झ्याल्टुङडाँडास्थित चौथो डिभिजनबाट तलब भत्ता वितरण शुरु गरिएको हो । अनमिनको प्रमाणिकरणमा योग्य ठहर भएका सबै जनसेना शिविरमा नरहेका र सरकारले दिएको तलबभत्ता दुरुपयोग भएको भन्दै सरकारले तीन महिनादेखि तलबभत्ता रोकेको थियो । ...मधेश एक प्रदेश नभए देश टुक्राउने
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जनभावना अनुसार स्वायत्त मधेश एक प्रदेश घोषणा नभए मधेशलाई छुट्टै मुलुक बनाउने धम्की दिनुभएको छ । मेची महाकाली मधेश स्वाभिमान यात्रामा नवलपरासी जिल्लाको परासी बजार पुगेका अध्यक्ष महतोले आमसभालाई सम्बोधन गर्दै यस्तो चेतावनी दिनुभएको हो । आमसभालाई सम्बोधन गर्दै अध्यक्ष महतोले मुलुकलाई बचाउन संघीयतामा जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । ...नेपाल आउनासाथ अमेरिकी राजदूत दंग
नेपालका लागि नयाँ अमेरिकी राजदूतका रुपमा स्कट् एच डिलिसी विहिवार काठमाडौं आइपुग्नुभएको छ । नेपाल आए लगत्तै उहाँले नेपाल र अमेरिकाबीचकेा मित्रता आफ्नो कार्यकालमा थप विकास हुने बताउनुभयो । तत्कालिन राजदूत न्यान्सी जे पावेल अमेरिका फर्केपछि ३ महिनाभन्दा लामो समयदेखि काठमाडौंस्थित दूतावासमा अमेरिकी राजदूत थिएनन् । नेपाल आए लगत्तै राजदूत डिलिसीले आफूलाई नेपाल जस्तो सुन्दर देशमा आउन पाउँदा निकै खुसी लागेको बताउनुभयो । ...विवादपछि कांग्रेसको बैठक स्थगित
नेपाली कांग्रेसको विहिवारका लागि निर्धारित केन्द्रीय कार्यसमिति बैठक अकस्मात स्थगित भएको छ । जिल्ला तहका विवाद चर्केपछि कार्यवाहक सभापति सुशील कोइरालाले बैठक स्थगित गर्नुभएको हो । बैठक बस्नुअघिनै रामेछाप लगायतका जिल्लाका कार्यकर्ताहरुले मुख्य द्धारमै विरोध प्रदर्शन गरेका थिए । जिल्ला तहमा देखिएको विवाद समाधान गर्न कांग्रेसले विहिवारै तीन सदस्यीय कार्यदल गठन गरेको छ । सहमहामन्त्री एबं प्रवक्ता अर्जुन नरसिंह केसीको संयोजकत्वमा गठित कार्यदलमा चिरन्जिवी वाग्ले र दिपकुमार उपाध्याय सदस्य रहेका छन् ।...'अतिवादसामु आत्मसपर्पण गर्दिन'
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, हामीले आजदेखि विक्रम सम्बत् २०६६ साललाई विदा गरी २०६७ सालमा प्रवेश गरेका छौ नव वर्षो यस अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पर्ूण्ा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु । नया" वर्षहामी सबैको जीवनमा सुख, समृद्धि र उज्याला सम्भावनाहरू बोकेर प्रवेश गर्न सकोस् भन्ने कामना गर्दछु । हामी ऐतिहासिक जनआन्दोलनको सफलतापश्चात संविधानसभामार्फ देशमा दिगो शान्तिको स्थापना गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न अग्रसर छौ" ...माओवादीले माने एमाले छाड्न तयार
नेकपा एमालेका सचिव विष्णु पौडेलले शान्ति र संविधानका बिषयमा माओवादी सहमत भए एमाले सरकारको नेतृत्व छोड्न तयार रहेको बताउनुभएको छ ।राजधानीमा बुधबार आयोजित साक्षत्कार कार्यक्रममा एमाले नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि माओवादी शान्ति र संविधान निर्माणप्रति प्रतिवद्ध हुनुपर्ने बताउनुभयो ।‘शान्ति र संविधानका बिषयमा माओवादी सहमत भए सकारका बिषयमा छलफल गर्न सकिन्छ,’ पौडेलले भन्नुभयो ‘राष्ट्रिय सहमतिको सरकारका लागि माओवादीले शान्ति प्रकृयाको पुर्णता र संविधान निर्माणका लागि प्रतिवद्धता जाहेर गर्नुपर्छ । ...अध्यक्ष प्रचण्डलाई कविताको दबाब
समयमै संविधान जारी गर्न दवाव दिने उद्देश्यले पारिजात स्मृति केन्द्रले बुधबारदेखि प्रमुख दलका शीर्ष नेताहरुको निबासमै गएर कविता बाचन सुरु गरेको छ । पहिलो दिन केन्द्रले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निबास नयाँबजारमा गएर कविता बाचनमार्फत् ध्यानाकर्षण गराएको छ । १५ जना कविहरुले समयमै संविधान जारी गरी शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन समन्वयकारी भूमिका खेल्न आग्रह गरेका थिए ।...आमा नहुनेहरुको भीड मातातीर्थमा
जन्म दिने आमाप्रति श्रद्धा र भक्ति जाहेर गर्दै आज हिन्दू धर्माबलम्बीहरुले मातातीर्थ औंसी धुमधामसाथ भनाइरहेका छन् । मातातीर्थ औंसीलाई आमाको मुख हेर्ने दिनका रुपमा समेत चिनिन्छ । संयोगबस आज नयाँ वर्षर आमाको मुख हेर्ने दिन सँगै परेको छ । बैशाख कृष्ण अमावस्य भनेर संस्कृतमा उल्लेख भएको यस पर्वमा छोराछोरीहरुले आमाप्रति श्रद्धाभक्ति प्रकट गर्छन् । आफ्नी आमालाई मिठा मिठा खानेकुरा खुवाएर खुसी पार्ने प्रचलन यस पर्वमा रहेको छ । स्त्री जातीमा आमाको स्थान निकै उच्च हुने भएकाले यस पर्वका दिन छोरोछोरीहरुले फलफूल, मिष्ठान्न परिकार र बस्त्र आभुषण दिएर आमालाई सम्मान गर्छन् । ...प्रधानमन्त्रीसँग भारतीय दूतको गुनासो
नेपाल सरकारले मेसिन रिडेबल पासपोर्ट छाप्न दिने आफ्नो निर्णय फिर्ता लिएकोमा भारतले अशन्तोष व्यक्त गरेको छ । नेपालका लागि भारतीय राजदूत राकेश सूदले मंगलवार प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी भारत सरकारको अशन्तुष्टि सुनाउनुभएको हो । प्रधानमत्री निवास बालुवाटारमा भएको भेटमा राजदूत सूदले नेपालको निर्णय दुर्भाग्यपूर्ण भन्नुभएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टर्राईलाई समेत थाहा नभई भएको भेटमा के के कुरा भए भन्ने बारेमा कुनै जानकारी दिइएको छैन ।...नेपालीलाई बाराक ओबामाको सन्देश
अमेरिकी राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री हिलारी क्लिन्टनले नेपाली जनतालाई नयाँ वर्ष२०६७ का उपलक्ष्यमा शुभकामना दिनुभएको छ । अमेरिकी जनताको तर्फाट दिइएको शुभकामनामा नयाँ वर्षो स्वागत गरिरहेका नेपाली जनतालाई बधाइ भनिएको छ । ओबाको सन्देशमा नेपालको मित्र तथा साझेदार भएका नाताले आउने वर्षा नेपालमा नयाँ संविधानको घोषणा हुनुको साथै प्रजातन्त्रलाई मजबुत बनाउने क्रम जारी रहने अपेक्षा गरिएको छ । उहाँले आउने नयाँ वर्षा नेपाल र अमेरिकाबीचको मित्रतालाई अझ बलियो बनाइने बताउनुभएको छ । ...सेना समायोजनमा माओवादी बाधक
शान्ति तथा पुनर्निर्माण मन्त्री रकम चेम्जोङले सेना समायोजनमा माओवादीनै बाधक बनेको आरोप लगाउनुभएको छ । उहाँले माओवादीले लडाकुहरुलाई समायोजन र पुनर्स्थापन गर्न नचाहेको दावी समेत गर्नुभएको छ । अपांग साइकल यात्री चित्र पौडेल र दिनेश गुरुङलाई राष्ट्रिय झण्डा हस्तारण सहित विदाइ गर्ने क्रममा मन्त्री चेम्जोङले सेना समायोजन विशेष समितिलाई माओवादीले भूमिकाविहीन बनाउन खोजेको बताउनुभयो । ...नेविसंघद्धारा अखिलका नेता काटिए
सत्तारुढ दल नेपाली कांग्रेसका कार्यकर्ताहरुको खुकुरी प्रहारमा अर्को सत्तारुढ दल एमालेका कार्यकर्ता गम्भिर घाइते भएका छन् । कांग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भीम गुरुङ नेतृत्वको हतियारधारी समूहले गरेको खुकुरी प्रहारबाट एमाले सम्बद्ध अनेरास्ववियुका उपत्यका अन्चल सचिव एबं त्रिचन्द्र क्याम्पसका अध्यक्ष समिक बडाल सहित ४ विद्यार्थी गम्भिर घाइते भएका हुन् । काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र बहुमुखी क्याम्पसमा सोमवार विहान अनेरास्ववियुका कार्यकर्ताहरु छलफलमा बसिरहेको बेला एक्कासी हतियारधारीहरुले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।...कटवाल नेपाली सेनाका प्रवक्ता हुन् ?
नेपाली सेनालाई भड्काएर शान्ति प्रक्रिया बिथोल्ने षड्यन्त्रमा लागेका पूर्वप्रधानसेनापति रुक्मांगद् कटवालले नेपाली सेनालाई नै गम्भीर विवादमा तान्ने प्रयास गरेका छन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी रमीन्द्र क्षेत्री हुन् । सेनाले संगठनको आधिकारिक धारणा र्सार्वजनिक गर्नुपरेमा यिनै सहायकरथी रमीन्द्रमार्फ र्सार्वजनिक गर्छ । तर, पछिल्लो समयमा नेपाली सेनाको आधिकारिक भनाइ भन्दै पूर्वप्रधानसेनापति रुक्मांगद् कटवालले ठाउ "कुठाउ" सेना भड्काउने खालका कुरा बोल्न थालेपछि नेपाली सेनाको सक्कली प्रवक्ता को भन्ने प्रश्न खडा भएको छ । ...एमआरपी फिर्ताः सुजातालाई चोट
सर्बोच्च अदालतको आदेश र सत्तारुढ दलकै विरोधपछि अप्ठेरोमा परेको सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) भारतमा छपाइ गर्ने 'विवादास्पद' निर्णय फिर्ता लिएको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले प्रतिस्पर्धा (अन्तर्राष्ट्रिय टेन्डर) बाट पासपोर्ट छपाइ प्रक्रिया तत्काल सुरु गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । टेन्डरबाटै पासपोर्ट छपाउन अघि बढेको प्रक्रिया एकाएक खारेज गरी भारतसँग सम्झौताको निर्णय गरेपछि विवाद भएको थियो । संसदको सार्वजनिक लेखा समितिको निर्देशनलाई समेत उल्लंघन गरी भारतलाई दिने अडानमै सरकार थियो । ...सगरमाथामा अस्तु लैजान नपाइने
बुद्धमार्गीहरुले विश्वको सर्बोच्च शिखर सगरमाथामा कुनै पनि मृतक व्यक्तिको अस्तु लैजान नदिने भएका छन् । नेपाली कांग्रेसका सभापति एबं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र पहिलो पटक सगरमाथा आरोहण गर्ने स्वर्गीय सर एडमन्ड हिलारीको अस्तु लैजान खोज्दा त्यस क्षेत्रका बुद्धमार्गीहरुले अस्वीकार गरेका छन् । बुद्ध धर्मका अनुयायीहरुले सगरमाथा उनीहरुको देवता भएकाले कुनै पनि मृतकको अस्तु त्यहाँ राख्न नहुने जनाएपछि कार्यक्रम स्थगित भएको हो । ...लडाकुको भविष्य अब शीर्ष नेतामा
माओवादी सेनाका लडाकुहरुको समायोजन कसरी गर्ने भन्ने विषयको टुंगो अब प्रमुख ६ राजनीतिक दलका शीर्ष नेताहरु सहितको बैठकले सोमवार लगाउने भएको छ । प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बसेको सेना समायोजन समितिको शुक्रवारको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा प्राबिधिक समितिले सेना समायोजन प्रक्रिया सम्बन्धी विस्तृत प्रतिवेदन पेश गरेको थियो । सोही प्रतिवेदनमाथिको छलफलपछि अब शीर्ष नेताहरुलाई समेत राखेर कति लडाकुलाई समायोजन गर्ने भन्ने बारेमा टुंगो लगाउने निर्णय भएको समायोजन समितिका सदस्यद्धय रामशरण महत र जनार्दन शर्मा प्रभाकरले सन्चारकर्मीहरुलाई जानकारी दिनुभयो । ...शान्ति र विकासमा डेनमार्कको चासो
डेनिस विकास मन्त्री जोन पिनले शुक्रबार प्रधानमन्त्री माधवकुमार नेपाल संग प्रधानमन्त्री कार्यालय सिहंदरबारमा भेटवार्ता गर्नु भएको छ । भेटपछि विकास मन्त्री जोन पिनले संचारकर्मी संग सरकार र अन्य राजनितिक दल बिचको असमझदारी हटाइ शान्ति प्रक्रिया प्रति लचिलो भएर लाग्नुपर्ने बताउनु भएको छ । यस्तै गरि प्रधानमन्त्री माधवकुमार नेपालका परराष्ट्र मामिलाका सल्लाहाकार राजन भट्टर्राईले विकास मन्त्री जोन पिनले द्धन्द कालमा मानवअधिकारको क्षेत्रमा उल्लङघन गर्नेलाइ कारवाही हुनुपर्ने माग राख्नु भएको संचारकर्मीलाइ जानकारी गराउनु भयो ।...बरिष्ठ पत्रकार भूर्तेलद्धारा आत्महत्या
बरिष्ठ पत्रकार एबं चर्चित स्तम्भकार भरत भूर्तेल काठमाडौंको पशुपति होटलमा झुण्डिएर आत्महत्या गरेका अवस्थामा फेला परेका छन् । केही दिनअघिमात्र राष्ट्रपति डाक्टर रामवरण यादवको जीवनी लेखेर छापाखानामा बुझाएका पत्रकार भूर्तेल तीन दिनदेखि गौशालास्थित पशुपति होटलको ३०१ नम्बर कोठामा बस्दै आएको प्रहरीले जनाएको छ । उनले दिउँसो २ बजेतिर कोठाको बाथरुममा झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले उनको आत्महत्यालाई रहस्यमय भनेको छ । ...सेना चुप नलाग्ने कटवालको चेतावनी
नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालले आगामी १४ जेठपछि मुलुकमा हिंसात्मक झडप भएर 'रगतको खोलो बग्ने' स्थिति उत्पन्न भएमा नेपाली सेना चुप लागेर नबस्ने दाबी गरेका छन् । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला नेतृत्वको नबनिर्वाचित पदाधिकारीहरुसँग खुमल्टारस्थित आफ्नै निवासमा कुराकानी गर्दै पूर्व सेनापति कटवालले त्यस्तो अवस्थामा सेना 'बार्दलीबाट चियाएर नबस्ने' पनि चेतावनी दिएका हुन् । ...प्रधानमन्त्री नेपाल संसदको कठघरामा
राष्ट्रसंघीय शान्ति मिसन अनमिनको म्याद नथप्ने अडानमा रहनुभएका प्रधानमन्त्री माधवकुमार नेपाललाई संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिले अनमिनको म्याद र भूमिका दुवै थप्न निर्देशन दिएको छ । समितिको विहिवारको बैठकमा प्रधानमन्त्री नेपाललाई बोलाएर यस्तो निर्देशन दिइएको हो । शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन अनमिनको भूमिका अझै आवश्यक रहेको ठहर गर्दै समितिले सरकारलाई अनमिनको म्याद र भूमिका थप गर्न निर्देशन दिएको छ ।...हत्यापछि सेनाले प्रमाण लुकाएको ठहर
व्यवस्थापिका संसदको महिला तथा बालबालिका समितिले वर्दियाको बाँसपानीमा एक बालिकासहित तीन महिला मारिएको घटना रहस्यमय भएको भन्दै सेनाले प्रमाण नष्ट गर्न भूमिका खेलेको ठहर गरेको छ। डा. हरिहर वस्तीसहितको टोलीले गरेको स्थलगत अध्ययनपछि जारी प्रारम्भिक प्रतिवेदनमा घटनालाई 'रहस्यमय' भनिएको छ। घटनास्थलमा घटना भए लगत्तै प्रहरीलाई आफ्नो हिसाबले तयार पारेको मुचुल्कामा सेनाले हस्ताक्षर गर्न लगाएको प्रतिवेदनमा उल्लेख छ। ...झण्डा बोकेर पुष्कर सगरमाथातिर लागे
राष्ट्रपति डाक्टर रामवरण यादवले सगरमाथा शान्ति आरोहण २०१०का टोली नेता विश्व साइकल यात्री पुष्कर शाहलाई बुधवार चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको छ । साइकल चढेर विश्वका १ सय ५० देशको यात्रा पूरा गरेका दोलखा मकैवारी गाविसका पुष्कर शाहले ती सबै राष्ट्रका झण्डा र नेपालको झण्डा विश्वको सर्बोच्च शिखर सगरमाथामा फहराउने उद्धेश्यका साथ सगरमाथाको आरोहण गर्न लागेका हुन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति यादवले नेपालको झण्डा हस्तान्तरण गर्दै पुष्कर शाहलाई बधाइ दिनुभएको थियो । ...मधेशवादी दल पहाडे नेताको गुलाम
काँग्रेस, एमाले र माओवादीले नयाँ संविधान बनाउन नचाहेको आरोप वाणिज्य तथा आपू्ती मन्त्री राजेन्द्र महतोले लगाउनुभएको छ । मन्त्री महतोले २ वर्षा हुन नसकेको संविधान निर्माणको काम अबका ५१ दिनमा हुन्छ भन्नु हास्यास्पद हुने बताउनुभएको छ । मधेश स्वाभिमान यात्राका क्रममा राजविराज आइपुगेका मन्त्री महतोले बुधवार विहान राजविराजमा आयोजीत पत्रकार सम्मेलनममा सो कुरा बताउनुभएको हो ।...सभाध्यक्षले जेठ १४ पछिको कल्पना नगर्ने,डेढ महिनामा संविधान बन्ने
यदि जेठ १४ गते संविधान जारी भएन भनें त्यसको भोलिपल्ट देशमा के होला - यो प्रश्न आम नेपालीले गरिरहेका छन् । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले भनें त्यो दिनको कल्पना पनि गर्न नसकिने प्रतिक्रिया दिनुभएको छ । रिपोर्टस क्लवका नवनिर्वाचित पदाधिकारीहरुसँगको साक्षात्कारमा अध्यक्ष नेम्वाङले आफू जेठ १४ मैं संविधान जारी हुन्छ भन्ने विश्वासमा रहेको बताउनुभयो ।...खुलामन्चबाट प्रचण्डको खुल्ला चुनौति
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिक सर्बोच्चताको आन्दोलन अब निर्णायक मोडमा पुगेको दावी गर्नुभएको छ । उहाँले आगामी बैशाख १८ गते मे दिवसका अवसरमा काठमाडौंमा लाखौं जनता उतारेर ठूलो आन्दोलन गर्ने चेतावनी पनि दिनु भएको छ । जनआन्दोलन दिवसको अवसरमा मंगलवार काठमाडौंको शहीदमन्च टुँडिखेलमा माओवादीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले रिमोटबाट चल्ने सरकार रहेसम्म संविधान नबन्ने बताउनुभयो ।...भारतमा माओवादीको भीषण हमला
भारतमा विद्रोही माओवादीको दबाब बढ्दै जान थालेको छ । मंगलवार माओवादी छापामारहरुको आक्रमणमा परि भारतको छत्तिसगढस्थित दन्तेवडामा ७३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । सो भिडन्तमा परि ४० प्रहरी घाइते भएका छन् । माओवादी आक्रमणबाट एक सय ५० भन्दा बढी प्रहरी जवान बेपत्ता रहेको सन्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुमध्ये केही साँझसम्ममा सर्म्पर्कमा आएका छन् । ...जनजाती महासंघमा एमाले पक्षधर बिजयी
नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा नेकपा एमाले पक्षधर आदिवासी जनजातीहरुले अधिकांश पदमा बिजय हासिल गरेका छन् । महासंघका अध्यक्षमा एमाले निकटका राजकुमार लेखी ३१ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एकीकृत माओवादीका राजवहादुर र्राईले २२ मत पाएका थिए । कुल ५६ मध्ये ३ मत बदर भएको थियो । लेखी थारु कल्याणकारिणीसभाको महासचिव पनि छन् । त्यस्तै महासंघका महासचिवमा पनि एमाले सम्बद्ध आङकाजी शेर्पा बिजयी भएका छन् ।...मनिषाको विहे नेपाली केटासँगै तय
विश्वकै दोस्रो ठूलो चलचित्र उद्योग बलिउडकी चर्चित नायिका एबं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय वीपी कोइरालाकी नातिनी मनिषा कोइरालाले अन्ततः नेपाली युवकसँगै विहे गर्ने निश्चित भएको छ । आफ्ना कान्छा हजुरबुबा गिरिजाप्रसाद कोइरालाको निधनका कारण केही दिन ढिला गरि उनले विहेको टुंगो लगाएकी हुन् । बलिउड नायिका मनिषाको विहे नेपाली व्यापारी सम्राट दाहालसँग हुन लागेको हो । ...आज ऐतिहासिक जनआन्दोलन दिवस
आज चैत २४ गते । नेपालमा भएका दुइओटा जनआन्दोलन आजकै दिन भएका थिए । २०४६ सालमा चैत २४ गते जनआन्दोलनलेउत्कर्षरुपमा लिएको थियो । जुन आन्दोलन चैत २६ गते तत्कालिन राजा वीरेन्द्रसँगको सम्झौतामा बहुदलीय व्यवस्था लिएर टुंगिएको थियो । चैत २४ गतेकै दिन २०६२ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहको निरंकुश कदम विरुद्ध ऐतिहासिक जनआन्दोलन शुरु भएको थियो ।...घर फर्किने लडाकुलाई २० लाख माग
एकीकृत नेकपा माओवादीले सेनामा समायोजन नहुने माओवादी लडाकुहरुलाई २० लाख रुपैया दिइनुपर्ने प्रस्ताव राखेको छ । सेना समायोजन विशेष समितिको बैठकमा माओवादीले राजनीतिमा जान चाहने लडाकुहरुलाई प्रति व्यक्ति २० लाख रुपैया मागेपछि सेना समायोजन बैठक अवरुद्ध भएको छ । माओवादीको उक्त प्रस्तावलाई सरकार र अन्य दलहरुले भनें अस्वीकार गरेका छन् ।...सुजाता कोइरालाको बोलि फेरियो
उपप्रधानमन्त्री एबं परराष्ट्रमन्त्री सुजाता कोइरालाले आफू नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने पक्षमा रहेको बताउनुभएको छ । रिपोर्र्टर्स क्लवद्धारा सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएकी कोइरालाले कांग्रेस नेतृत्व नहुँदासम्म यहि सरकार रहनुपर्ने बताउनुभयो । यद्यपी सहमतिका लागि पद त्याग गर्न सबै तयार हुनुपर्ने भन्दै प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिए हुन्थ्यो भन्ने आशय पनि उहाँले प्रकट गर्नुभयो । ...दबाबमा परेको प्रधानमन्त्रीको खुलासा
प्रधानमन्त्री माधवकुमार नेपालले भारतसँगको पूरानो कुटनीतिक सम्बन्ध र राजनीतिक दबाबका कारण मेसिन रिडेबल पासपोर्ट एमआरपी भारतलाई छाप्न दिनुपरेको खुलासा गर्नुभएको छ । व्यवस्थापिका संसदको र्सार्वजनिक लेखा समिति समक्ष बयान दिने क्रममा प्रधानमन्त्री नेपालले कस्तो राजनीतिक दबाबमा परेर एमआरपी भारतलाई छाप्न दिनुपरेको भन्ने बारेमा भनें स्पष्ट पार्नुभएन । ...रेखाले भनिन्, नेताहरु बिचरा हुन्
विश्व साइकल यात्रामा निस्केर १५ वटा मुलुक घुमीसकेका शारिरीक रुपमा असक्त विश्व साइकल यात्री चित्र पौडेलले बैशाख १५ देखि अन्य १५ मुलुकको भ्रमण निस्कने उद्घोष गरेका छन् । रिपोर्र्टर्स क्लव नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा उनले आप\mनो भावी योजनाको बारे बताएका हुन् । विश्वका ११० मुलुकको यात्रा गरेर गिनिज बुकमा काम लेखाउने लक्ष्य राखेको पौडेलको भनाइ थियो । ...भारतले बाबुरामलाई बोक्योःप्रचण्ड
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत आफूलाई प्रधानमन्त्री बन्न नदिने षडयन्त्रमा लागेको दावी गर्नुभएको छ । आइतवार विहान आफ्नै निवास नयाँ बजारमा प्रिन्ट मिडियाका पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले भारतले बाबुराम भट्टर्राईलाई प्रधानमन्त्रीको रुपमा उभ्याएर माओवादीमा बिभाजन ल्याउन खोजेको आरोप समेत लगाउनुभयो । ...राजेन्द्र महतोको स्वाभीमान यात्रा
समयमै संविधान निर्माण र उक्त संविधानमा विगतमा मधेशमा भएको आन्दोलनका एजेण्डाहरु स्थापित गर्नका निम्ति सद्भावना पार्टीद्वारा आयोजित मेची-महाकाली मधेश स्वाभिमान यात्रा झापाको विर्तामोडबाट शुभारम्भ भएको छ । झापाको विर्तामोड स्थित मुक्ति चौकबाट पार्टीका राष्ट्रीय अध्यक्ष तथा वाणिज्य तथा आपूर्ति मंत्री राजेन्द्र महतोले अभियान थाल्नुभएको हो । ...नेपाल मेरो मामाघरः स्वामी रामदेव
योग गुरु स्वामी रामदेवले आफू नेपालमा राजनीति गर्न वा राजनीतिक प्रभाव बिस्तार गर्न नभई बिसुद्ध योग सिकाउनमात्र आएको स्पष्ट पार्नुभएको छ । रामदेवको नेपाल आगमनबारे भारतीय र नेपाली मिडियाहरुमा बिभिन्न समाचार प्रवाह भएपछि त्यसको खण्डन गर्दै स्वामी रामदेवले नेपाल आफ्नो मामाघर भएकाले अरु कुनै स्वार्थ नरहेको स्पष्ट पार्नुभएको छ । ...झलनाथद्धारा प्रधानमन्त्रीको बचाउ
नेकपा एमालेका सभासदहरुले प्रधानमन्त्री हटाउन हस्ताक्षर अभियान चलाएको हल्ला चलिरहेको बेला सो पार्टीका अध्यक्ष झलनाथ खनालले सो हल्ला निराधार भएको स्पष्ट पार्नुभएको छ । नेकपा एमाले भक्तपूर जिल्ला अधिवेशनको शनिवार उद्घाटन गर्दै अध्यक्ष खनालले प्रधानमन्त्रीलाई राजिनामा गराउने बारेमा एमालेमा कुनै छलफल नभएको र सम्भावना पनि नरहेको स्पष्ट पार्नुभयो । ...कोइरालाको सपना सबैले पूरा गर्ने
स्वर्रर्गीय गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्ने दायित्व अब नेपाली कांग्रेसको मात्र रहेन । देशका सबै राजनीतिक दलका शीर्ष् नेताहरुले कोइरालाको सपना पूरा गर्ने अठोट व्यक्त गरेका छन् । कांग्रेस सभापति एबं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा शनिवार काठमाडौंको खुल्ला मन्चमा आयोजित शोकसभामा प्रधानमन्त्री माधवकुमार नेपाल सहित शीर्ष नेताहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । ...देशभरका नदीमा कोइरालाको अस्तु
नेपाली कांग्रेसका सभापती तथा पूर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालाको स्वर्गारोहण भएको १३ औं दिनको पुण्य तिथीका अवसरमा आज भैरहवामा श्रद्धाञ्जली सभा गरिनुको साथै उहांको भष्म स्थानिय डन्डा नदीको र्स्वर्गद्वारी घाटमा प्रवाह गरिएको छ । यस अघि स्थानिय बुद्धचोकमा आयोजित श्रद्धाञ्जली शोकसभामा सहभागीले स्व.कोईरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुको साथै उहा"को तस्वीरमा मार्ल्यापण गरि काठमाडौंबाट पर्ठाईएको भष्मलाई गाडीमा राखेर नगरपरिक्रमा गरिएको थियो । ...कोइराला दक्षिण एशियाकै महान नेता
नेपाली कांग्रेसका सभापति एबं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन भएको आज १३ दिन पुगेको छ । हिन्दू परम्परा अनुसार आज तेह्रौं दिनको पुन्य तीथिमा उहाँको आत्माको चीर शान्तिका लागि काजकिरिया गरिएको छ । १३ दिनदेखि आसौच बारेर बस्नुभएकी कोइरालापुत्री सुजाताले आज पशुपतिको बनकालीमा १३ दिनको काजकिरिया गर्नुभएको छ । बैदिक परम्परा अनुसार ब्राम्हणले पुराण पाठ गरेर किरिया बसेका कृयापुत्री रामशरण नेपाललाई पनि चोख्याएका थिए ।...हिमाल बचाउन नेपाल र भुटान मिल्ने
पूर्व प्रधानमन्त्री कोइरालाको तेह्रौं दिनको पुन्य तीथिमा आयोजित कार्यक्रममा भाग लिन नेपाल आएका भुटानी प्रधानमन्त्री जिग्मे वाङचुक थिन्ले र प्रधानमन्त्री माधवकुमार नेपालबीच विहिवार प्रधानमन्त्रीको कार्यालय सिहंदरबारमा भेटवार्ता भएको छ । भेटमा भुटानमा हुन गइरहेको र्सार्क शिखर सम्मेलनमा जलवायु परिवर्तनका विशेषलाई मुख्य प्रथमिकता दिने छलफल भएको छ । प्रधानमन्त्री माधवकुमार नेपाललाई उहाँले जलवायु परिवर्तनका विषयमा हिमालय भएका देशहरु गम्भिर ढगंले लाग्नु पर्ने बताउनु भएको छ ।...आप्पाले १९ औं पटक सगरमाथा चढ्ने
विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको १९ औँ पटक सफल आरोहण गरेका आप्पा शेर्पाले फेरि सगरमाथा चढ्ने घोषणा गरेका छन् ।नेपाल पर्यटन बोर्डले बिहीबार राजधानीमा आयोजना गरेको पत्रकारसम्मेलनमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरतसिंह भण्डारीले सगरमाथाको चुचुरोबाट पर्यटनवर्ष २०११ को सन्देश विश्वभर फैलाउन "नेपाल पर्यटनवर्ष-२०११" झण्डा हस्तान्तरण गर्नुभयो ।आरोहण दललाई शुभकामना दिंदै मन्त्री भण्डारीले सरकारले सगरमाथालाई सफा राख्न उच्चस्तरिय कार्यदल गठन गरिएको र सोही अनुसार नीति तथा कार्यक्रम ल्याइने बताउनुभयो ।...हत्या र लुटपाटका अभियुक्त पक्राउ
बाँकेको पुरैनीका प्रेमलाल साहुको हत्या र लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका चार जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाँकेले र्सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनको आयोजना गरि बाँके प्रहरीले बासुदेवपुरका २२ बषिर्य भोला माउत, ४० बषिर्य कल्लु माउत, २५ बषिर्य शोभाराम माउत र २५ बषिर्य विष्णु माउतलाई र्सार्वजनिक गरेको हो । साहुको सोमबार राति साढे ९ बजेतिर नेपालगन्जबाट र्साईकलमा पुरैनी स्थित घर तर्फगइरहेको अवस्थामा साहुको पुरैनीगाउमा छुरा प्रहार गरि हत्या गरिएको थियो ।...Author info
Matrika Poudel
