Matrika Poudel

image

कोइरालाको अस्तु तिलिचो तालमा पुग्यो

नेपाली कांग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अस्तु भोलि १३ औँ दिनको पुण्यतिथिमा संसार कै अग्लो स्थानमा रहेको तिलिचो तालमा सेलाइँदैछ। यसका लागि मनाङबाट ४५ जनाको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ। टोलीको नेतृत्व पूर्व राज्यमन्त्री रामबहादुर गुरुङले गरेका छन्। तिलिचो ताल समुद्री सतहबाट ४ हजार ९ सय १९ मिटर अग्लो स्थानमा अवस्थित छ।बुधवार उपल्लो मनाङमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा शोकसभाको कार्यक्रम आयोजना गरिएको थियो।
Full story

शिक्षण अस्पताल आजबाट खुल्यो

image
चिकित्सक र विद्यार्थीहरुको आन्दोलनका कारण तीन सातादेखि बन्द रहेको त्रिभुवन विश्वविद्यायल शिक्षण अस्पताल आजदेखि सन्चालनमा आएको छ । सरकारले प्रहरी लगाएर अस्पताल खुलाउन खोज्दा विहिवार झडप समेत भएको थियो । सरकारले शिक्षण अस्पतालमा भइरहेको भ्रष्टाचार, अनियमितता र प्रवेश परीक्षामा भएको धाँधलीका सम्बन्धमा एक छानबीनआयोग गठन गरेपछि उपचार कार्य सुचारु भएको हो । यद्यपी चिकित्सकहरुको आन्दोलन भनें रोकिएको छैन ।...
Full story

ज्ञानेन्द्र र किसुनजी म्याद नाघेका औषधी,राष्ट्रपति शासन असम्भव

image
राष्ट्रपति डाक्टर रामवरण यादवले पूर्व राजा ज्ञानेन्द्र र कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टर्राईका धारणा म्याद नाघेको औषधी भएको भन्दै त्यसको पछि नलाग्न आव्हान गर्नुभएको छ । बुधबार रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको नवनिर्वाचित केन्द्रीय समितिका सदस्य मात्रिका पौडेलको प्रश्नमा राष्ट्रपतिले त्यस्तो आव्हान गर्नुभएको हो । नेपाली जनताको चेतना स्तर धेरै अगाडि गइसकेको छ भन्दै उहाँले पर्ूव राजा र भट्टर्राईका धारणको कुनै अर्थ नहुने बताउनुभयो ।...
Full story

प्रधानमन्त्रीलाई बेलायतको सन्देश

image
बेलायतका प्रधानमन्त्री ग्रोडन ब्राउनले नेपालका प्रधानमन्त्री माधवकुमार नेपाललाई पत्र पर्ठाई तोकिएकै समयमा शान्ति र संविधानको कार्यभार पूरा गर्न शुभकामना दिनुभएको छ । बेलायती प्रधानमन्त्रीका शान्ति सम्बन्धि विशेष दूत ज्याक म्याककोनेले बुधवार प्रधानमन्त्री माधवकुमा नेपालसँग भेटी सो शुभकामना सन्देश हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको भेटमा बेलायती प्रधानमन्त्रीका विशेष दूतले तोकिएको समयभित्र संविधान जारी गर्न र शान्ति प्रक्रियालाई टुंगो लगाउन यो सरकार सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो ।...
Full story

षडयन्त्र विरुद्ध प्रमुख तीन दल एकमत

image
जब राती अनि बुढी ताती भने जस्तै संविधान जारी गर्ने मिति धकेलिदै गएपछि प्रमुख राजनीतिक दलका नेताहरु सहमतिका लागि असिन पसिन गर्न थालेका छन् । देशका प्रमुख तीन राजनीतिक दल एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले बुधवार एक संयुक्त कागजमा हस्ताक्षर गरि जेठ १४ गतेनै नयाँ संविधान जारी गर्ने प्रतिवद्धता जनाएका छन् । गिरिजाप्रसाद कोइरालाको निधनपछि दोस्रो पटक बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि तीन दलका शीर्ष नेताहरुले संयुक्त वक्तव्य जारी गरि तोकिएकै मितिमा संविधान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।...
Full story

क्लवको अध्यक्षमा पुनः ऋषि धमला

image
रिपोर्र्टर्स क्लब नेपालको बाह्रौं वाषिर्क साधारण सभाले तीन वर्षो कार्यकालका लागि पुनः ऋषि धमलालाई अध्यक्षमा निर्वाचित गरेको छ । सोमबार रिपोर्र्टर्स क्लब नेपालका देशभरिका प्रतिनिधिले धमलाले १२ वर्षम्म क्लबलाई कुशलतापूर्वक हा"केको र क्लबलाइ साझा, व्यावसायिक र सञ्चार क्षेत्रको केन्द्रविन्दु सफल बनाएको भन्दै निर्विरोध निर्वाचित गरेका हुन् । धमला क्लवका संस्थापक अध्यक्ष हुन् । ...
Full story

गिरिजाको सपना प्रचण्डले पूरा गर्ने

image
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल -प्रचण्ड) ले शान्ति र संविधानका लागि मुलुकमा फेरि क्रमभंग चाहिएको बताउनुभएको छ । मंगलबार रिपोर्र्टर्स क्लब नेपालको बाह्रौं वाषिर्क समारोहमा आयोजित 'शान्ति र संविधान ः गिरिजाबाबुको सम्मान' विषयक राष्ट्रिय साक्षात्कार कार्यक्रममा अध्यक्ष दाहालले शान्ति प्रक्रियाको प्रमुख स्टेक होल्डरको नाताले आफूले शान्ति र संविधानको जिम्मा लिने बताउनुभयो । 'बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गिरिजाप्रसाद कोइराला हुनुहुन्न, त्यसको अर्को एक मात्र स्टेक होल्डरका नाताले म गणतन्त्र, संविधानसभा र संघीयताको जिम्मा मै लिन्छु,' प्रचण्डले भन्नुभयो ...
Full story

माओवादीद्धारा सरकारको नेतृत्व माग

image
एकीकृत नेकपा माओवादीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन अन्य राजनीतिक दलहरुलाई निर्णायक कदम चाल्न आग्रह गरेको छ । मंगलवार सम्पन्न माओवादी स्थायी समिति बैठकले आगामी संसदको हिउँदे अधिवेशनलाई लक्षित गरि राष्ट्रिय सरकारलाई आत्मसाथ गरि अघि बढ्न औपचारिक रुपमा आग्रह गरेको हो । कांग्रेस, एमाले र मधेशी जनअधिकार फोरम लगायतका दलहरुसँग छलफल गरिरहेको माओवादीले सरकार फेरेर संबिधान बनाउन सबै दललाई आग्रह गरेको छ । ...
Full story

जनताको ज्यान भन्दा कुर्सी प्यारो हो ?

image
मात्रिका पौडेल/विवेक गुमाएपछि मान्छे पशुको कोटीमा रुपान्तण हुन्छ । आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारीबाट बिमुख भएपछि त्यो मान्छे अराजक र भ्रष्ट बन्छ । अझ भनौं जब सेवा, धर्म र सर्त्कर्मको बाटो छाडेर अन्यत्र लाग्छ अनि त्यो मान्छे अधम हुन्छ । यो कुनै शास्त्र वा भावनाको कुरा होइन । दक्षिण एशियाकै उत्कृष्ट मध्येमा एक ठहरिएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा गएर त्यहाँको दारुण दृष्य हेर्ने जो कोहीले पनि यहि कुरा भन्न बाध्य हुन्छ । वास्तवमा सेतो एप्रोन रुपी खोल ओढेका डाक्टरहरु अधम हुन् । ...
Full story

लण्डनमा कोइरालाको श्रद्धान्जलीसभा

image
कांग्रेस सभापति एबं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोक जनाउँदै एन.आर.एन.युकेले यहि मार्च २८ मा लण्डनमा श्रद्धान्जलीसभाको आयोजना गरेको छ । अल्डरसटको भेटघाट रेष्टुरेण्टमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि युकेका लागि नेपाली राजदूत डा.सरेशचन्द्र चालिसे हुनुहुन्थ्यो । एन.आर.एन.युकेका अध्यक्ष सूर्य गुरुङले अध्यक्षता गरेको उक्त कार्यक्रमको सञ्चालन कोअर्डिनेटर भक्त गुरुङले गर्नुभएको थियो र कार्यसमितिका सदस्य जिव वेलवासेलसम्पूर्ण अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । सम्पूर्ण अतिथिहरुलाई कार्यसमितिका सदस्य राजकुमार त्रिपाठीले धन्यवाद दिनुभएको थियो ।...
Full story

फिरौती तिरेर क्याम्पस प्रमुख मुक्त

image
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख राजितराम पाठक अपहरण परेको चार दिन पछि अपहरण मुक्त हुनु भएको छ । तर्राई जनतान्तिक पार्टी मधेशका जिल्ला अध्यक्ष आर्दशले फोन गरेर छलफल का लागि आफुलाई भारतको रुपैडियामा बोलाएर अपहरण गरेको उहाँले बताउनु भयो । चार दिन पछि अपहरण मुक्त भएका क्याम्पस प्रमुख पाठकले सोमवार आफ्नै निबासमा पत्रकार सम्मेलन गरेर तर्राई जनतान्तिक पार्टी मधेशका कार्यकर्ताहरुले महेन्द्र बहुमुखी क्याम्पसमा आंशिक कोटामा उपप्राध्यापक नियुक्ती गर्दा अनियमिता गरेको र पार्टीलाइ चन्दा दिन भन्दै प्राध्यापक र कर्मचारीबाट २ लाख रुपैया उठाएर ५० हजार मात्र दिएको आरोप लगाएको बताउनु भएको छ । ...
Full story

सरकार बचाउन प्रधानमन्त्रीको सूलह

image
माओवादीले सरकारको विकल्प खोज्न अन्य दलहरुलाई सहमत गराइरहेका बेला प्रधानमन्त्री माधवकुमार नेपाल भनें आफूलाई झन बलियो बनाउने अभियानमा जुट्नुभएको छ । प्रधानमन्त्री नेपालले बिभिन्न राजनीतिक दलहरुसँगको परामर्शलाई तीब्र बनाउनुभएको छ । सोमवार पनि उहाँले सत्तारुढ सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, मजदूर किसान पार्टी लगायतका अन्य साना दलहरुसँग अलग अलग छलफल गर्नुभएको थियो ।...
Full story

माधव नेपाल विरुद्ध प्रचण्ड प्रहार जारी

image
संविधान जारी गर्न अब ठिक ६० दिनमात्र बाकी रहेको बेला राजनीतिक दलहरु दुइ पक्षिय, त्रिपक्षिय र बहुपक्षिय छलफलमा जुटेका छन् । सोमवार एकीकृत नेकपा माओवादी र नेकपा एमालेका शीर्ष नेताहरुबीच राजनीतिक गतिरोध अन्त्यका लागि प्याकेजमै समाधान निकाल्ने सहमति भएको छ । माओवादी संसदीय दलको कार्यालयमा भएको बैठकमा माओवादीले भन्दै आएको राष्ट्रिय सरकार तथा एमाले लगायतका दलहरुले भन्दै आएको सेना समायोजन तथा राज्य पुनसंरचना आयोग गठनका मुद्धालाई प्याकेजमै सहमति गर्ने निर्णय भएको हो ।...
Full story

दुबइमा पनि कोइरालाको शोकसभा

image
नेपाली कांग्रेसका सभापति एबं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोक व्यक्त गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइले श्रद्धान्जली सभाको आयोजना गरेको छ । दुबइको उडुपी रेष्टुरेन्टमा आयोजित शोक तथा श्रद्धान्जली सभामा युएइका लागि नेपाली राजदूत अर्जुनवहादुर थापाले एक राष्ट्रसेवक कर्मचारीका रुपमा स्वर्गीय कोइरालासँग काम गर्दाका अनुभवहरु सुनाउनुभएको थियो । सो कार्क्रममा एनआरएन युएइका अध्यक्ष चुडामणी ढकालले कोइराला नेपालको मात्र नभएर दक्षिण एशियाकै साझा नेता भएको बताउनुभयो ।...
Full story

महानायकको शोकमा केश कुण्डन

image
कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको दशौं पुण्य तिथिमा पाल्पामा विद्यार्थीहरुले केश मुण्डन गरि अशौच बारेका छन् । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा सामुहिक केश मुण्डन गरिएको हो । नेपाली कांग्रेस मर्सर्थित बद्यार्थीले आफ्ना प्रिय नेताको शोक बार्नका लागि सामुहिक केश मुण्डन गरेका हुन् ।स्वतन्त्र बिद्यार्थी युनियन सभापति हरिबोल भट्टर्राई, नेविसंघ इकाइ सभापति केशब बश्याल लगायत बिद्यार्थी नेताले क्याम्पस पोषाकमै केश खौरिएका थिए ।...
Full story

संसद माताहतको न्यायालय अमान्य

image
न्यायपालिकालाई संसदको माताहतमा ल्याउन संविधानसभामा बहस चलिरहेको बेला नवनियुक्त प्रधान न्यायाधीस रामप्रसाद श्रेष्ठले त्यसको विरोध गर्नुभएको छ । उहाँले न्यायपालिका संसदमा माताहतमा राखिए निरंकुशता हावी हुने बताउनुभएको छ । राष्ट्रपति रामवरण यादवसँग पद तथा गोपनियताको सपथग्रहणपछि आइतवार पदभार ग्रहण गर्ने क्रममा प्रधान न्यायाधीस श्रेष्ठले सो कुरा बताउनुभएको हो । उहाँले न्यायलयलाई संसदको माताहतमा राखिए सन्चार लगायत कुनै पनि क्षेत्र सुरक्षित र स्वतन्त्र हुन नसक्ने ठोकुवा गर्नुभयो । ...
Full story

४७ को संविधान व्युँताउन किसनुजीको माग

image
यसैबीच नेपाली कांग्रेसका संस्थापक नेता एबं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राईले २०४७ सालको संविधानलाई पुनर्जीवन दिन नागरिक समाज र राजनीतिक दलहरुलाई आव्हान गर्नुभएको छ । सन्त नेता भट्टर्राईले आइतवार एक प्रेस विज्ञप्ति जारी गरि जेठ १४ मा नयाँ संविधान जारी नहुने र त्यसपछि देश भयावह संकटमा फस्ने दावी गर्दै २०४७ को संविधान व्युँताउन आव्हान गर्नुभएको हो । ...
Full story

माओवादी कार्यालयमा बम विष्फोटन

image
नेपालगञ्जको वडा नम्बर १६ स्थित कोरियन पुलमा रहेको एकीकृत नेकपा माओवादीको जिल्ला कार्यालयमा आज बिहान ५ बजे बम विस्फोट भएको छ । विस्फोटबाट कार्यालय भबनको झ्याल, कुर्सी, टेबुलका साथै कार्यालयमा रहेको मोटरर्साईकलमा समेत क्षति पुगेको छ । बम बिस्फोटको आबाजबाट तीन जनाको कान सुन्न क्षमतामा गम्भिर असर परेको प्रहरीले जनाएको छ भने कार्यालमा नै बस्ने सीमा ओली सामान्य घाइते भएका छिन ।...
Full story

माओवादीको असली अनुहार हेर्नुछ

image
समकालिन नेपाली राजनीतिका महानायक गिरिजाप्रसाद कोइरालाको नाममा सरकार र एकीकृत नेकपा माओवादीबीच जुहारी चल्न थालेको छ । माओवादी स्थायी समिति बैठकले कोइरालाको सपना पूरा गर्न लागि पर्ने निर्णय गरेको लगत्तै प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीको अब परीक्षा शुरु भएको जवाफ दिनुभएको छ । ...
Full story

चीट चोरेको फोटो खिच्दा हातपात

image
बर्दियाको राधाकृष्ण थारु बंगालामुखी मावि, गुलरिया केन्द्रमा सञ्चालन भइरहेको एसएलसी परीक्षामा परीक्षार्थीले निर्वाध रुपमा 'चिट' चोरिरहेको तस्वीर लिन खोज्दा प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य तथा गोरखापत्र दैनिककी समाचारदाता गीता अधिकारीमाथि हातपात गरिएको छ । परीक्षा केन्द्रका निरीक्षक ऋषिराम शर्माले 'फोटो खिच्न कसले आदेश दियो -' भन्दै हातपात गर्नुका साथै तस्वीर मेटाउन दबाव दिएका छन् । ...
Full story

प्रधानमन्त्रीद्धारा राजनीतिक परामर्श

image
प्रधानमन्त्री माधवकुमार नेपालले पछिल्लो परिस्थितिका बारेमा राजनीतिक दल र विज्ञहरुस"ग परामर्श सुरु गर्नुभएको छ । आइतवार प्रधानमन्त्री नेपालले वर्तमान राजनीतिक अवस्थाका बारेमा दलित जनजाति पार्टी अध्यक्ष विशेन्द्र पासवान, नेपाः पार्टीका अध्यक्ष केशवमान श्रेष्ठ, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल र राष्ट्रिय जनुमक्ति पार्टीका अध्यक्ष एमएस थापास"ग छलफल गनुभएको छ । शनिवार प्रधानमन्त्री नेपालले नेकपा -संयुक्त)ं का अध्यक्ष चन्द्रदेव जोशी, महासचिव सुनिल मानन्धर र वातावरणमन्त्री ठाकुर शर्मास"ग कुराकानी गर्नुभएको थियो ।...
Full story

जेभिएरका विद्यार्थी विश्वकै उत्कृष्ट

image
युनिभर्सिटी अफ क्याम्बिज्र इन्टरनेसनल एक्जामिनेसनमा ए र एएस लेभलका विभिन्न विषयमा नेपाल तथा विश्वउर्त्कष्ट विद्यार्थीलाई क्याम्ब्रिज आउट स्टान्डिङ एचभिर अवार्ड इन नेपाल २०१० प्रदान गरिएको छ । व्रिटिस काउन्सिल र क्याम्ब्रिज इन्टरनेसनल एक्जामिनेसन्सले काठमाडौंमा कार्यक्रम गरी विश्व र नेपालमा उत्कृष्ट हुने विद्यार्थीलाई यस्तो अवार्ड प्रदान गरेको हो । काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेशल कलेज यसपाली पनि उत्कृष्ट कलेजमा परेको अवार्ड वितरणपछि सो कलेजका प्रबन्धन निर्देशक लोकवहादुर भण्डारीले बताउनुभयो । ...
Full story

यो शिविरमा नेता अभिनेताहरुको भीड

image
राष्ट्रपति डा. रामवरण यादबले योग गुरु रामदेवको योग शिविरको शनिबार विहान काठमाडौंको टुँडिखेलमा उदघाटन गर्नु भएको छ ।आजदेखि सुरु योग शिविर १९ गतेसम्म चल्ने छ । शिविरमा रामदेवलाई उहाँका शिश्य आचार्य बालकृष्णले साथ दिनु हुनेछ । बालकृष्ण स्याङजा जिल्ला निवासी हुनुहुन्छ ।शिविरमा करिब ६० हजारले एकैपटक योगाभ्यास गर्नसक्ने व्यवस्था मिलाइएको योग प्रशिक्षक अम्बर श्रेष्ठले जानकारी दिनुभयो । योग अभ्यासका लागि ५ सय, एक हजार र दुई हजार दरका टिकटको व्यवस्था गरिएको छ ।...
Full story

रामदेव नेपालमा, गौतम बुद्ध नेपालकै

image
विश्वप्रसिद्ध योग गुरु स्वामी रामदेव एक साता लामो योग प्रशिक्षणका लागि शुक्रवार साझ काठमाडौं आइपुग्नुभएको छ । रामदेवको यो दोस्रो नेपाल आगमन हो । उहाले यसअघि पनि योग प्रशिक्षण दिनुभएको थियो । रामदेवले शनिवारदेखि ६ दिनसम्म काठमाडौंको सैनिकमन्च टुडिखेलमा हरेक विहान २ घण्टा योग प्रशिक्षण दिनुहुनेछ ।...
Full story

मनिषा पनि हिन्दू अधिराज्यकै पक्षमा

image
बलिउडकी लोकप्रिय नायिका मनीषा कोइरालाले नेपाली केटासगै विवाह गर्न चाहेको बताएकी छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा कोइरालाले भनिन्- म अब छिट्टै विवाह गरछु र त्यो विवाह नेपालमै हुन्छ । किनभने म नेपाल छाड्न चाहन्न । मनीषाले आफू राम्रो स्त्रिmप्ट आए नेपाली फिल्ममा काम गर्न तत्पर भएको बताइन् । 'म यहा"का निर्देशक, कलाकार, क्यामराम्यानको कामबाट प्रभावित छु ।...
Full story

गोर्खाली फौज अफगानिस्तानमा खटिने

image
बेलायतले थप गोर्खा सैनिकलाई युद्धग्रस्त अफगानिस्तानमा पठाउने भएको छ । उत्तर एट्लान्टिक सन्धी संगठन नेटोको अधिनमा १२ सय गोर्खाली फौजलाई अफगानिस्तानको दक्षिण क्षेत्रमा परिचालन गरिने भएको छ । बेलायती सरकारले हालै उक्त योजनाका सम्बन्धमा जानकारी पत्र नेपाल सरकारलाई पठाइसकिएको काठमाडौंस्थित परराष्ट्र मन्त्रालयलाई उधृत गर्दै एएफपीले जनाएको छ ।...
Full story

माओवाद र सौन्दर्यको रोचक फ्युजन

image
थान काठमाडौंको नारायणगोपालचोक । समय विहान १० बजे । पात्रहरु एकीकृत नेकपा माओवादीकी बरिष्ठ नेतृ एबं सभासद हिसिला यमी । नेपाली चलचित्र जगतकी र्सवाधिक लोकप्रिय नायिका करिश्मा मानन्धर, मेलिना मानन्धर, पत्रकार ऋषि धमला आदि । कार्यक्रम व्युटी पार्लरको शुभारम्भ । दर्शकवृन्द यो फ्युजन हो राजधानीमा सयौं मध्येको एक भ्यू व्युटी पार्लरको उद्घाटन समारोहको । राजनीतिमा सुन्दरताको आवश्यकता कति प्रतिशत छ - यसको जवाफ आजसम्मका कुनैपनि राजनीतिशास्त्री वा सौर्न्दर्यशास्त्रीले दिएका छैनन् । ...
Full story

राजाले धमिलो पानीमा माछा मार्न खोजे

image
प्रमुख विपक्षी दल एकीकृत नेकपा माओवादीले पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुबीचको विवादबाट फाइदा उठाउन खोजेको निष्कर्षनिकालेको छ । माओवादीको शुक्रवार विहान बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले पूर्व राजाको अभिव्यक्तिलाई आपत्तिजनक भन्दै उनको मनसायलाई परास्त गर्न सबै दल एकजुट भएर अघि बढ्नुपर्ने निष्कर्षपनि निकालेको छ । अध्यक्ष पुष्पकमल दाहालको निवास नयाँ बजारमा बसेको बैठकले पूर्व राजाको अभिव्यक्तिलाई गम्भिर रुपमा लिनुपर्ने ठहर गरेको बैठकपछि माओवादी माओवादी उपाध्यक्ष बाबुराम भट्टर्राईले बताउनुभयो । ...
Full story

चीनमा रक्षामन्त्री भण्डारीको व्यस्तता

image
चीन भ्रमणमा रहनुभएकी रक्षा मन्त्री बिद्यादेवी भण्डारीको चैत १२ गते चीनका रक्षा मन्त्री जनरल लियाड ग्वाड लिएसग भेटवार्ता भएको छ । चीनको राजधानी बेइजिडको पाई भवनमा भएकोर् २ देशका रक्षामन्त्रीबीचको भेटवार्तामा २ पक्षीय सहयोगलाई अझ सुदृढ बनाउने सहमति भएको छ । चिनिया रक्षा मन्त्री जनलर लियाडले नेपालले एक चीनबारे लिएको अडान तथा तिब्बत चीनको अभिन्न अंग हो भन्नेबारे लिएको अडानलाई सह्राना गर्नुभएको थियो । ...
Full story

गृहमन्त्री र आइजिपीको राजिनामा माग

image
भौतिक योजना तथा निर्माण राज्य मन्त्री संजय शाहले जनकपुर घटनामा गृहमन्त्री आइजिपिले राजिनामा गर्नु पर्ने बताएका छन । राज्य मन्त्री शाहले जनकपुर घटनामा गृहमन्त्री र आइजिपि जिम्मेवार भएको आरोप समेत लगाएकाछन । रिर्पोटस्र क्बलमा गरिएको पत्रकार सम्मेलनमा राज्यमन्त्री शाहले जननपुरमा आफूमाथि पनि प्रहरीले बन्दुक तेस्याएको बताउदैुसरकारको मन्त्रीमाथि त यस्तो दुव्यबर्हार हुन्छ भने अरु सर्व साधारणमाथि के होला ु भने ।...
Full story

ज्ञानेन्द्रलाई जनकारवाही गर्ने चेतावनी

image
एकीकृत माओवादीका उपाध्यक्ष नारााणकाजी श्रेष्ठ प्रकाशले पूर्व राजा ज्ञानेन्द्रलाई जनकारवाही गर्ने चेतावनी दिनुभएको छ । राजतन्त्र कायमै रहेको भनी दिएको अभिव्यक्तिको जवावमा आफनो पार्टीले ज्ञानेन्द्र शाहलाई जनकावाही गर्न लागेको उहाँको भनाइ थियो । रिपोर्र्टर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष प्रकाशले पूर्व राजाको हैसियतमा प्रतिकान्तिकारी बाटोमा लागे ज्ञानेन्द्रले जनकारी भोग्नुपर्ने बताउनुभयो । ...
Full story

माओवादी सभासद पनि एसएलसी दिदै

image
बुर्जुवा शिक्षा चाहिदैन भन्दै बिद्यालय छाडेर जनयुद्धमा होमिएकी रुकुमकी माओबादी नेतृ एब सभासद कमला रोका एसएलसी परिक्षा दिदै छिन । एकीकृत माओबादीबाट संबिधान सभाको सदस्य भए पछि शैक्षिक योग्यताको महत्व महशुस गरेकी रोकाले हिमालय उच्च मा.बि किँदा स्थित केन्द्रबाट परिक्षा दिई रहेकी छिन । नीति निर्माण गर्ने तहमा पुगे पछि बन्दुक, बारुद र कान्ति मात्रै सबै चिज होईन रहेछ भन्ने निश्कर्षा उनी पगेकी हुन । शैक्षिक योग्यता नहुदा चाहे जति काम गर्न सक्ने अबस्था नभए पछि उनी शैक्षिक योग्यता बढाउने तर्फलागेकी हुन ।...
Full story

कतार अलखोरमा मनोरन्जन साँझ हुने

image
अलखोर कतारमा रहेको संन्ध्याग्रुपले नयाँ बर्ष२०६७ मा भव्य मनोरन्जन कार्यक्रमको आयोजना गर्ने भएको छ । बिगतका नयाँ बर्षा झैँ आफ्नो नियमित कार्यक्रम अर्न्तर्गत ग्रुपले यो कार्यक्रम गर्न लागेको हो । मनोरन्जन साझँ २०६७ नाम दिइएको सो कार्यक्रम अलखोर स्र्पोटस क्लवको हलमा आगामि अप्रिल ९ तारिखका दिन आयोजना गर्ने तयारी भइरहेको कार्यक्रम संयोजक धनेस्वर जि.सि.ले बताएका छन् । कतारमा श्रमरत नेपाली कलाकारहरुको उपस्थिति रहने बताइएको छ । यो पटक दर्शकहरुले पहिले भन्दा धेरै नयाँ खुराकहरु पाउने ग्रुपले जानकारी दिएको छ । ...
Full story

भारत भ्रमणपछि गच्छदार हिन्दूवादी

image
उपप्रधानमन्त्री एबं मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले कुनै पनि हालतमा नेपाललाई हिन्दू राष्ट्र कायम गरेरै छाड्ने बताउनुभएको छ । अन्तरिम संविधानबाटै धर्म निरपेक्ष भइसकेको अवस्थामा सरकारका बरिष्ठ व्यक्तिबाटै यस्तो अभिव्यक्ति आएको यो पहिलो पटक हो । यसअघि उपराष्ट्रपति परमानन्द झाले पनि नेपाल हिन्दू राष्ट्र कायम भएमा आफू खुसी हुने प्रतिक्रिया दिनुभएको थियो ।...
Full story

पुन: राजा बन्न सक्ने शाहको संकेत

image
पूर्व राजा ज्ञानेन्द्र शाहले नेपालबाट राजतन्त्र अझै समाप्त नभएको दावी गर्नुभएको छ । २ वर्षघिनै संविधानसभाबाट नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेपछि राजपाठ गुमाएर स्वेच्छाले राजगद्धी त्याग्नुभएका पर्ूव राजाले राजतन्त्र समाप्त भएको भन्नु हाइपोथेसिस अर्थात अनुमानको कुरामात्र भएको भन्दै पुन राजतन्त्र स्थापना हुने संकेत गर्नुभएको छ । एभिन्युज टेलिभिजनलाई दिनुभएको अन्तर्वार्तामा पर्ूव राजा ज्ञानेन्द्र शाहले जनताले चाहेमा राजतन्त्र पुनर्स्थापित हुने बताउनुभयो । ...
Full story

एसएलसीमा साँढे ४ लाख परीक्षार्थी

image
विद्यालय शिक्षाको फलामे ढोका मानिने एसएसली प्रवेशिका परीक्षा विहिवारदेखि नेपालभर एकैपटक शुरु भएको छ । एसएलसी परीक्षाको पहिलो दिन विद्यार्थीहरुले अंग्रेजी विषयका परीक्षा दिएका छन् । यस वर्षो परीक्षा चैत २० गतेसम्म चल्नेछ । यो परीक्षा राष्ट्रियस्तरको दोस्रो अन्तिम परीक्षा हो । आगामी दुइ वर्षछि एसएलसी परीक्षा राष्ट्रिय नभई क्षेत्रियस्तरमा सन्चालन हुनेछ । अबको राष्ट्रियस्तरको परीक्षा कक्षा १२ हुनेछ । अहिलेको एसएलसीको योग्यता १२ कक्षा पास गरेपछि प्राप्त हुने गरि शैक्षिक कार्यक्रम परिवर्तन गरिएको छ । ...
Full story

राष्ट्रपतिको गाउँमा पूर्व राजाको स्वागत

image
पूर्व राजा ज्ञानेन्द्र शाहले पनि बुधवार राम नवमीकै अवसरमा जनकपूर गई प्रसिद्ध रामजानकी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ । विहान १० बजे काठमाडौंबाट बुद्ध एयरको नियमित उडानमार्फ जनकपूर पुग्नुभएका पूर्व राजा ज्ञानेन्द्र शाहको र्समर्थनमा जनकपूर विमानस्थलमा ठूलो भीड लागेको थियो । पूर्व राजाका र्समर्थकहरुले राजा आउ देश बचाउ, राजा जनता एक हौं भन्ने नारा लगाएका थिए । उनीहरुले संवैधानिक राजतन्त्र र हिन्दू अधिराज्य पुनर्स्थापनाको माग समेत गरेका थिए ।...
Full story

कांग्रेसमा नेतृत्वको होडबाजी शुरु

image
पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएको चार दिन नबित्दै नेपाली कांग्रेसमा नेतृत्वको होडबाजी शुरु भएको छ । स्वर्गीय सभापति कोइरालाको बाँकी रहेको सपना पूरा गर्ने बाचा गरेका नेताहरुनै नेतृत्व हत्याउन अग्रसर भएका छन् । मंगलवार कार्यवाहक सभापति सुशील कोइरालाको निवासमा भएको बैठकमा बरिष्ठ नेता शेरवहादुर देउवा अनुपस्थित भएर नेतृत्वको होडबाजीको संकेत गरिसक्नुभएको थियो । त्यसको भोलिपल्टै बुधवार सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको पदाधिकारीहरुको बैठकमा पनि नेताहरुले को बरिष्ठ भन्ने विवाद झिकेको एक नेताले बताएका छन् । ...
Full story

शिक्षण अस्पताल ठप्प, विरामी अलपत्र

image
नेपालको सबैभन्दा ठूलो र सबैभन्दा बढी विरामीको चाप हुने सरकारी अस्पताल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मंगलवारदेखि बन्द भएको छ । शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थी र प्रशासनबीचको विवादका कारण शिक्षण अस्पताल बन्द भएको हो । बुधवार पनि अस्पताल खुलाउने प्रयास जारी रहेको छ, तर विरामीहरु अलपत्र अवस्थामै छन् । चिकित्सक र विद्यार्थीको आन्दोलनको कारण १० दिनदेखि बहिरंग सेवा बन्द भएको शिक्षण अस्पतालमा बुधवार पनि आकस्मिक सेवा समेत बन्द भयो । थाहा नपाएर गएका केही विरामीलाई सामान्य प्रशिक्षार्थी चिकित्सकले उपचार प्रदान गरे पनि अस्पतालमा उपचार सेवा ठप्प थियो । ...
Full story

रामनवमी पर्वमा राम मन्दिर रंगिए

image
हिन्दु धर्मालम्वीहरुले भगवान रामको पुजाआजा गरी बुधवार रामनवमी पर्व मनाहेका छन् । रामनवमीका अवसरमा आज देशभरका राम मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । जनकपुरको रामजानकी मन्दिरमा देश विदेशबाट आएका भक्तजनको ठूलो भीड लागेको छ । त्रेता युगमा भगवान रामले अयोध्यामा जन्म लिएको दिनका रुपमा रामनवमी पर्वलाई भारत र नेपालमा मनाउने गरिन्छ । हिन्दु धर्ममा मर्यादा पुरुषका रुपमा भगवान रामलाइ लिने गरिन्छ । भगवान विष्णुको अवतारको रुपमा भगवान रामलाइ पूजा गर्ने गरिन्छ ।...
Full story

सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु

image
सहकाल र वर्षातका देवता भनिने सेतो सेतो मच्छिन्द्रनाथको रथ जात्रा मंगलवार चैते दशैंको अष्टमी तिथीबाट शुरु भएको छ । सेतो मच्छिन्द्रको रथ तान्ने यो जात्रा चैत शुक्ल पूणिर्माका दिन समापन हुने संस्कृतिविदहरुले बताएका छन् । रथ तान्ने दिन राष्ट्र प्रमुखका रुपमा राष्ट्रपति डाक्टर रामवरण यादवले मच्चिन्द्रनाथको जात्रा अवलोकन गर्नुभएको थियो । काठमाडौं रानीपोखरीको तीनधारापाठशा बाट मंगलवार साँझ रथ तानिएको छ । उक्त रथलाई जमल, घण्टाघर, रत्नपार्क,भोटाहिटी हुँदै असन लगेर राखिन्छ ।...
Full story

मलेसियाका व्यापारी नेपाल आउन इच्छुक

image
नेपाल भ्रमणमा आएका मलेसियाका उद्योगी-व्यवसायीहरुले आज प्रधानमन्त्री माधवकुमार नेपालस"ग भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरुले नेपालमा आफूले गर्नसक्ने सम्भाव्य लगानीका बारेमा कुराकानी गरेका थिए । मलेसिया नेपाल बिजिनेस काउन्सिलका टान श्री डाटो असेह बिन चे माटको नेतृत्वमा रहेको सो प्रतिनिधिमण्डलले आफूहरु नेपालको लगानी गर्न इच्छुक रहेको बताएको थियो । ...
Full story

संयन्त्रको संयोजकमा एमालेको फरकमत

image
सत्तारुढ नेकपा एमालेले प्रमुख तीन दलको सहमतिमा उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक चयन गर्नुपर्ने निष्कर्ष निकालेको छ । जारी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याई तोकिएको समयमा नयाँ संविधान जारी गर्न संयन्त्रलाई निरन्तरता दिनुपर्ने पक्षमा एमाले रहेको सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले अध्यक्ष झलनाथ खनालले संयन्त्रको संयोजक कांग्रेसले दावी गर्दैमा नपाउने बताउनुभयो ।...
Full story

'राष्ट्रपति शासनको हल्ला निराधार'

image
राष्ट्रपति डा. रामवरण यादवले तोकिएको समयमा संविधान जारी नभए मुलुकमा राष्ट्रपति शासन लागू हुने भनेर चलाईएको हल्ला निराधार भएको बताउनुभएको छ । राष्ट्रपति शासनको विषयमा हल्ला कसले र किन चलाएको आफूलाई थाहा नभएको भन्दै राष्ट्रपति यादवले यी सबै भ्रमपूर्ण कुरा भएको भन्दै अस्विकार गर्नुभयो ।...
Full story

शिक्षण अस्पताल आजबाट पूरै बन्द

image
चिकित्सक र विद्यार्थीको आन्दोलनको कारण १० दिनदेखि बहिरंग सेवा बन्द भएको शिक्षण अस्पतालमा मंगलबार आकस्मिक सेवा समेत बन्द भएको छ । व्यवस्थापन पक्षले माग सुनुवाइमा चासो नदेखाएको भन्दै आवासीय चिकित्सक काममा नफर्केपछि आजदेखि आकस्मिक सेवा समेत बन्द भएको हो । ...
Full story

कोइरालाको निधनबाट सोनिया स्तव्ध

image
भारतीय काँग्रेस आईका अध्यक्ष सोनीया गाँन्धीले नेपाली काँग्रेसका सभापति तथा लोकतान्त्रिक आन्दोलनका कमाण्डर गिरिजाप्रसाद कोइरालाको निधनबाट आफु र भारतीय जनता स्तब्ध भएको बताउनु हुदै दुःख व्यक्त गर्नु भएको छ । भारतीय सत्तारुढ दल काँग्रेसआईका नेतृ गान्धीले आज उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालालाई शोक सन्देश पठाउदै सभापति कोइरालाको निधनबाट भारत दुःखी भएको जनाउनु भएको हो ।...
Full story

संविधानसभाद्धारा शोक प्रस्ताव पारित

image
महानायक गिरिजाप्रसाद कोइरालाको निधनप्रति संविधानसभाले सोमबार शोक प्रस्ताव पारित गरेको छ । कोइराला कांग्रेसका समानुपातिक सभासद् थिए । कोइरालाको निधनका कारण आइतबारको बैठक पनि स्थगित भएको थियो । कोइरालाको निधनले मुलुक स्तब्ध भएको भन्दै संविधानसभाले लोकतान्त्रिक संविधान जारी गरी उनको सपना साकार पार्नुपर्ने ठहर गरेको छ । 'संविधानसभाका माननिय सदस्य, नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएको घटनाबाट सिंगो मुलुक स्तब्ध हुनु परेको छ भने राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ,' शोक प्रस्तावमा भनिएको छ, ...
Full story

नेपाललाई हिन्दू राज्य बनाउन आव्हान

image
काठमाडौं, चैत ९ । भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिंहले नेपाललाई हिन्दू राष्ट्र बनाउन आफ्नो पार्टीको सहयोग रहने बताएका छन् । 'दुनिया"मा कति राष्ट्र धर्म सापेक्ष छन् । कसैले औंला उठाएन,' सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कक्षमा सिंहले भने- जो हिन्दुत्वमा विश्वास गर्छ, ऊजति धर्म सापेक्ष कोही हु"दैन ।नेता सिंहले नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाइएकोमा व्यक्तिगत रुपमा पीडा भएको र नेपाल फेरि हिन्दू राष्ट्र भएको दिन आफूजति खुसी कोही नहुने बताए । '...
Full story

चिताको धुँवासँगै उडे महानायक

image
नेपाली राजनीतिका महानायक गिरिजाप्रसाद कोइराला चिताको धुँवासँगै कहिल्यै नफर्किने गरि यस धर्तीमा बिलिन हुनुभयो । लाखौं करोडौं नेपाली जनलाई टुहुरो पारेर महानायक गिरिजाप्रसाद कोइरालाले अन्ततः यस धर्तीबाट महाप्रस्थान गर्नुभएको छ । आइतवार साँझ लाखौं शुभेच्छुकहरुलाई रुवाउँदै पशुपति आर्यघाटमा बलिरहेको चिताको धुवाँसगै महानायक कोइराला सदा सदाका लागि अलप हुनुभयो । कोइरालाको दाहसंस्कार गर्ने बेला सयौं रोपनी जग्गामा फैलिएको पशुपत क्षेत्र निकै साँघुरो भएको थियो । दशरथ रंगशालाबाट अपरान्ह ३ बजे शवयात्रा सहित पशुपति आर्यघाटमा पुर्‍याइएपछि हिन्दू परम्परा अनुसार उहाँको अन्तिम संस्कार गरिएको थियो ।...
Full story

भारतीय नेताहरुद्धारा प्रधानमन्त्रीसँग भेट

image
भूतपूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई श्रद्धान्जली दिन नेपाल आएका भारतीय नेताहरुले प्रधानमन्त्री माधवकुमार नेपालस"ग आज उहा"कै निवास बालुवाटारमा भेट गर्नुभएको छ । उहा"ले भूतपूर्व प्रधानमन्त्री कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नेपालमार्फ नेपाल र नेपाली जनतालाई समवेदना दिनुभएको छ ।भारतीय लोकसभाका सभामुख श्रीमती मीरा कुमार, अर्थमन्त्री प्रणव मुखर्जी र विदेशमन्त्री एसएम कृष्णाले प्रधानमन्त्री नेपालस" ग शिष्टाचार भेट गर्नुभएको थियो । ...
Full story

महानायकको अन्तिम महाप्रस्थान

image
नेपाली राजनीतिक महानायक गिरिजाप्रसाद कोइरालाको शव यात्रा त्रिपुरेश्वरस्थित रंगशालाबाट सुरु भएको छ । दिउँसो तीन बजे सुरु भएको शव यात्रा सुन्धारा-रत्नपार्क-डिल्लीबजार-मैतिदेवी-पुरानो बानेश्वर-गौशाला हुँदै पशुपति पुगेर सकिने छ । हजारौंको समुदायको शव यात्रामा सहभागी छन् । शव यात्रामा सहभागीहरुले बीर गिरिजाप्रसाद कोइराला-जिन्दावाद, 'गिरिजाबाबुको अभियान, शान्ति र संविधान' जस्ता नाराहरु लगाइरहेका छन् । ...
Full story

अलबिदा गिरिजाबाबु, हामी बिर्सने छैनौं

image
हार्न कहिल्यै नचाहने र पछाडि फर्केर हेर्दिन भन्ने गिरिजाप्रसाद कोइरालाले जीवनमा पछाडि फर्केर त कहिल्यै हेर्नुपरेन तर मृत्युसँग भनें हार खानै पर्‍यो । ६० वर्षेखि लगातार नेपालको राजनीतिमा प्रभाव पारिरहने कोही नेता थियो भनें त्यो गिरिजाप्रसादमात्र थिए । अब गिरिजाप्रसाद कोइरालाको अग्लो र हँसिलो अनि आत्मविश्वासी अनुहार नेपाली जनताले कहिल्यै हर्ेन पाउने छैनन् । समकालिन नेपाली राजनीतिका महानायक गिरिजाबाबु अब हामीबीच कहिल्यै नआउने गरि बिदा भएका छन् । ...
Full story

गिरिजाबाबुले हात जोडेको अन्तिम क्षण

image
मृत्यु शैयामा छट्पटाईरहेका बेलासम्म पनि स्वर्गिय गिरिजाप्रसाद कोइरालाले राष्ट्रिय सहमति गरेर अघि बढ्न आग्रह गर्नुभएको थियो । उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका स्वर्गिय कोइरालाले आफ्नो जीवनको अन्तिम घडिमा पनि प्रधानमन्त्री माधवकुमार नेपाललाई राष्ट्रिय सहमतिका गरेर अघि बढ्नुस् भन्दै हात जोड्नु भएको छोरी सुजाताले भन्नुभयो ।...
Full story

'गिरिजाबाबु म सधैं ऋणी रहनेछु'

image
नेपाली काङ्ग्रेसका सभापति, नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष तथा भूतपूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८६ वर्षो उमेरमा आज भएको निधनबाट म अत्यन्तै स्तब्ध र मर्माहत भएको छु । यस दुःखपूर्ण घडीमा म नेपाल सरकारका साथै मेरो व्यक्तिगत तर्फाट उहा "प्रति उच्च सम्मानसहित हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । पा"च पटकसम्म मुलुकको कार्यकारी नेतृत्व र सङ्क्रमणकालमा राष्ट्रप्रमुखको समेत भूमिका निर्वाह गर्नुभएका गिरिजाप्रसाद कोइरालाको निधनबाट मुलुकले लोकतान्त्रिक आन्दोलनको अथक योद्धा, धरोहर र अभिभावक गुमाएको छ ।...
Full story

कोइरालाको निधनः पूर्व राजा शोकमग्न

image
पूर्व राजा ज्ञानेन्द्र शाहले गिरिजाप्रसाद कोइरालाको निधनबाट एउटा युगको अन्त्य भएको टिप्पणी गर्नुभएको छ । कोइरालाको निधनबाट आफू शोकमग्न भएको बताउँदै पूर्व राजाले कोइराला नेपाली राजनीतिका एक शिखर व्यक्ति हुनुहुन्थ्यो भन्नुभएको छ । पूर्व राजाले आज आफ्नो तर्फाट कोइराला परिवारलाई एक समवेदना सन्देश पठाइ कोइरालाको निधनबाट देशले एक अनुभवी र दृढ निश्चयी नेता गुमाएको बताउनुभएको छ । पूर्व राजाको सन्देश उहाँका निजी सचिव पशुपतिभक्त महर्जनले लैजानुभएको थियो ।...
Full story

क्रान्तिनायक कोइरालाको देहावसान

image
नेपालको समकालिन राजनीतिका शिखर पुरुष नेपाली कांग्रेसका सभापति एबं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज दुःखद निधन भएको छ । कोइरालाको देहाबसान आज अपरान्ह १२ बजेर १० मिनेट जाँदा भएको नेपाली कांग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवाले बताउनुभएको छ । हिजो रातीदेखिनै अचेत हुनुभएका पूर्व प्रधानमन्त्री कोइरालालाई आज अपरान्हसम्म पनि होसमा ल्याउनका लागि चिकित्सकहरुले भरमग्दूर प्रयत्न गरेका थिए । तर ८८ वषिर्य पूर्व प्रधानमन्त्री अचेत अवस्थामै आज अपरान्ह लाखौं करोडौं नेपाली जनतालाई रुवाउँदै यस संसारबाट बिदा हुनुभयो । ...
Full story

प्रचण्डको फोनपछि प्रधानमन्त्री हच्किए

image
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोकसेवा आयोग लगायतका संवैधानिक निकायमा नियुक्तिका लागि बस्न भनिएको संवैधानिक परिषदको बैठक आज विहान अचानक स्थगित भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बस्ने भनिएको बैठक गणपुरक संख्या नपुगेर स्थगित भएको भनिए पनि भित्री कारण चाहिँ माओवादीको चेतावनी भएको स्रोतले जनाएको छ । संवैधानिक निकायमा कांग्रेस र एमालेले भागबण्डा गरि नियुक्ति गर्न थालेपछि माओवादीले आपत्ति जनाएको छ । ...
Full story

रक्षामन्त्री विद्या भण्डारीको पुत्ला दहन

image
रक्षामन्त्री विद्यादेवी भण्डारीलाई बर्खास्तीको माग गर्दै दलित समुदायका अगुवाहरुले शुक्रवार काठमाडौंमा प्रदर्शन गरेका छन् । बर्दिया राष्ट्रिय निकुन्जभित्र मारिएका ३ जना दलित महिलाहरुलाई रक्षामन्त्री भण्डारीले चोरी शिकारी गर्ने क्रममा सेनाको गोलीबाट मारिएको भनी दिएको बयानप्रति उनीहरुले त्रि्र आपत्ति जनाएका छन् । नयाँ बानेश्वर चोकमा आयोजित प्रदर्शनका क्रममा दलितहरु एनजिओकर्मीहरुले रक्षामन्त्री भण्डारीको पुत्ला समेत जलाएका थिए । केही दिनअघि बर्दिया राष्ट्रिय निकुन्जभित्र नेपाली सेनाका जवानहरुको गोली लागी तीन दलित महिलाको मृत्यु भएको थियो ।...
Full story

बाँकेका आगलागी पीडितको मृत्यु

image
बाँकेको राप्तीपारी नरैनापुर गाबिसको खोदवामा मंगलबार भएको आगलागीमा परेर गम्भीर र्घाईते भएका ९ वषिर्य बालक बाहुर यादवको उपचारका क्रममा भारतमा मृत्यु भएको छ । र्घाईते बालक यादवको उपचारका लागि भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको हो । हिजो दिउसो अचानक भएको भिषण आलगालीमा ८९ घर २१ गोठ, एक भैसी एक गाई र २ बाख्रासहित सम्पूर्ण अन्नपात, लत्ता कपडा, भाँडाकुडासहित सम्पूर्ण सम्पत्ति डढेर नष्ट भएको थियो । हरेक वर्षो गर्मीयाम सुरु नहुँदै यो क्षेत्रका ९ गाविस आगलागीको चपेटामा पर्दै आउने गरेका छन् । ...
Full story

कलेज बंक गरेर डिस्कोमा मस्ती

image
कलेज जान भनेर घरबाट हिडेका छोराछोरीहरु अन्तै नराम्रो काममा हिडिरहेको पनि हुनसक्छन् । नेपाल प्रहरीले शुक्रबार काठमाडौको सुन्धारास्थित बेबीलोन डिस्कोमा छापा मार्दा यस्तै दृष्य देखियो । डिस्कोमा स्कुल/कलेजकै पोशाकमा सयौं छात्र छात्रा यौनजन्य कृयाकलापमा संलग्न रहेको भेटिएका थिए । पढ्न भनेर स्कुल र कलेज गएका छात्र छात्राहरु डिस्कोमा भेटिएपछि अभिभावकहरु चिन्तित बनेका छ ।प्रहरीले छापा मार्दा अधिकांश विद्यार्थीहरु आ आफ्ना जोडी बनाएर अश्लि क्रियाकलापमा व्यस्त देखिएको एक प्रहरी अधिकारीले बताए । ...
Full story

दाहालद्वारा राजनीतिक भेटघाट तीब्र

image
काठमाडौं, ५ ।चैतप्रधानमन्त्री माधबकुमार नेपाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विहीबार विहान भेटवार्ता भएको छ । प्रधानमन्त्री नेपालको निजि निबास कोटेश्वरमा भएको भेटमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री नेपाललाई पदबाट राजिनामा दिएर सहमतिको बाटो खोलिदिन आग्रह गर्नु भएको थियो । ...
Full story

कर्णालीमा बस खस्दा १८ को मृत्यु

image
काठमाडौँ, चैत ५ कालिकोटको मान्माबाट सुर्खेततर्फ गुडेको ना ३ ख ५८६८ नम्बरको बस दैलेखको पिपलबोट गाविसको कैतुबाट आज बिहान कर्णाली नदीमा खस्दा भएको दुर्घटनामा यो समाचार तयार पार्दासम्म १८ जनाको शव भेटिएको छ। १० जनाको उद्धार गरिएको छ। बसमा कति जना सवार थिए भन्ने यकिन हुन सकेको छैन। ७० जनाभन्दा बढी यात्रु सवार भएको हुनसक्ने भनिएको कारण मृतक र घाइतेको संख्या बढ्न सक्ने जनाएको छ। ...
Full story

एमालेद्धारा सल्लाहकार परिषद गठन

image
काठमाडौं, ४ चैत । नेकपा एमालेले पार्टीलाई आवश्यक सल्लाह सुझाव दिनका लागि ५८ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद गठन गरेको छ । पारेटी स्थायी समितिको बुधवार बसेको बैठकले केन्द्रीय समितिको आधा आकारको जम्बो सल्लाहकार परिषद गठन गरेको हो । महाधिवेशन सम्पन्न भएको एक वर्षछि गठित सल्लाहकार परिषदमा अधिकांश पूर्व केन्द्रीय सदस्य र पूर्व सल्लाहकारहरु छन् ।...
Full story

अस्पतालमा बस्न मानेन् कोइराला

image
काठमाडौं, ४ चैत । चार दिनको अस्पताल बसाइपछि पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अक्सिजन लिइरहेकै अवस्थामा बुधवार घर फर्किनुभएको छ । आफू ठिक भइसकेको भन्दै कोइरालाले अस्पतालमा बस्न नमानेपछि डाक्टरहरुको निगरानीमा राख्ने गरि उहाँलाई डिस्चार्ज गरिएको हो । कोइरालालाई गंगालाल अस्पतालबाट घर फर्काउने बेला एक झलक हर्ेनका लागि ठूलो संख्यामा कार्यकर्ताको उपस्थिती रहेको थियो । ...
Full story

माओवादीलाई सन्चारमन्त्रीको चुनौति

image
नेपालगन्ज ४ चैत । सुचना तथा संचारमन्त्री शंकर पोख्रेलेले माओबादीले बिशेष अधिबेशन बोलाए बर्तमान सरकार झनै बलियो हुने दाबी गर्नु भएको छ । प्रेस चौतारी बाँकेले आज नेपालगंजमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संचारमन्त्री पोख्रेलले भर्खरै मात्र २२ दलको बैठकले बर्तमान सरकारले नै शान्ति प्रक्रियालाई तार्किक निर्स्कषमा पुर्याउने तथा नयाँ संबिधान जारी गर्ने प्रतिबद्धता ब्यक्त गरेको माओबादीले बिशेष अबिधेशन बोलाए पनि सरकारलाई केहि फरक नपर्ने बताउनु भयो । ...
Full story

कृतज्ञ हुँदै फर्किन् पिडित चेली

image
दिपक पौडेल ।दोहा- बैदेशिक रोजगारीको शिलसिलामा घरायसी कामदारको रुपमा कतारमा कार्यरत झापाको पृथ्वीनगर- ७, सोमबारेकी सरिता खवास स्वास्थ्यको खरावीका कारण मुलुक र्फकनुपर्ने भएपछि केहि नेपाली युवाहरुको सक्रियतामा उनको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग गरिएको छ । गम्भिर स्वास्थ्य समस्याका कारण पिडित चेली खवासलाई स्वास्थ्योपचार्रार्थ ६ हजार ९० कतारी रियाल संकलन गरी पिडितकी आमा चन्द्रकला खवासको नाममा आइर्एमईमार्फ पर्ठाईएको सहयोग संकलनमा सकृय युवा डम्बर बहादुर लिबाङ्ग लिम्बूले जनाएका छन् ।...
Full story

प्रधानमन्त्रीले २५ दलसँग छलफल गर्दै

image
शान्तिप्रक्रिया र संविधान निर्माणबारे अन्यौल उत्पन्न भइरहेको बेला संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलसँग प्रधानमन्त्री माधबकुमार नेपालले मंगलबार संयुक्त छलफल गर्दै हुनुहुन्छ । छलफलका लागि प्रधानमन्त्री नेपालले दिउँसो २५ दलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आह्वान गर्नुभएको छ ।...
Full story

नेपाली किशोरी बेलायती सुन्दरी दौडमा

image
नेपाली मूलकी एक किशोरी मिस युनिभर्स ग्रेट ब्रिटेनको अन्तिम चरणमा पुग्न भएको समाचारले प्रवासी नेपालीहरुलाई उत्साहित पारेको छ । लन्डनमै जन्मे हर्ुककी नेपाली किशोरी प्रेना थापा 'मिस युनिभर्स ग्रेट बि्रटेन' को अन्तिम चरणमा पुग्न सफल भएकी हुन् । इंर्ग्यान्ड, स्कटल्याण्ड र वेल्सका हजारौं सुन्दरीमध्येबाट छानिएर प्रेना अन्तिम चरणमा पुगेको पत्रकार नविन पोखरेलले जनाएका छन् । ...
Full story

चैते माओवादी बढेपछि प्रचण्ड चिन्तित

image
पार्टीभित्र चैते माओवादीहरु बढ्दै जान थालेपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले उनीहरु विरुद्ध चर्को प्रहार गर्नुभएको छ । माओवादी पार्टी युद्धबाट शान्ति प्रक्रियामा आएपछि ठूलो पार्टी बनेको बेला धेरै प्रकारमा मान्छेहरु प्रवेश गरेको र उनीहरुमध्ये कतिपयको नियत ठिक नभएको उहाँको ठम्याइ छ । माओवादी पार्टीको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासंघको चौथो राष्ट्रिय सम्मेलनलाई सोमवार किर्तिपुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब चैतेहरुको अग्निपरीक्षा लिइने बेला आएको बताउनुभयो । ...
Full story

टुँडिखेलको रुखमुनी राक्षसी अन्त्य

image
घोडेजात्रा पर्व सोमबार काठमाडौं उपत्यकामा परम्परागत रुपमा मनाइएको छ । हरेक वर्षचैते औंशीमा घोडेजात्रा मनाइने गरिन्छ । घोडेजात्राका अवसरमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मन्चमा नेपाली सेनाले विशेष अश्वकला प्रदर्शन गरि घोडेजात्रा सम्पन्न गरेको छ । घोडेजात्रा अवलोकन गर्न राष्ट्रपति डाक्टर रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री माधवकुमार नेपाल, संविधानसभा अध्यक्षसुवास नेम्वाङ लगायत विशिष्ठ व्यक्तिहरु टुँडिखेलमा पुग्नुभएको थियो । ...
Full story

गएल दिनको तलव फिर्ता गरे भट्टराईले

image
काठमाण्डौ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले संविधानसभाको बैठकमा गयल भएको दिनको तलब फिर्ता गर्नुभएको छ । स्वकीय सचिव विश्वदीप पाण्डे मार्फत उहाँले आइतबार दिउँसो संविधानसभा सचिवालयमा चार हजार रुपैयाँ फिर्ता गर्नुभएको उपसचिव केशवबाबु अर्यालले जानकारी दिनुभयो । ...
Full story

माओबादी सभासद पार्टीबाट निलम्बित

image
माओबादीको कोचिला राज्य समितिले आफनो पार्टीबाट संबिधानसभामा निर्बाचित झापा क्षेत्र नम्बर ७ का सभासद विश्वदिप लिङ्गदेनलाई अनियमितताको आरोपमा निलम्बन गरेको छ । नेकपा एमालेका प्रभावशाली नेता केपी ओलीलाई चुनाब हराएर चर्चित बनेका लिंग्देनामथी करोडौ अनियेमिताताको आरोप लागेको छ शुक्रबार सांझ कोचिला राज्य समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको समिति सदस्य गगन पुरीले जानकारी दिए । बैठकमा पार्टीका केन्द्रीय समिति सचिब सिपी गजुरेलको समेत उपस्थिति थियो । ...
Full story

प्रधानमन्त्री अचानक रोहित निवासमा

image
प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे बीच शनिबार बिजुक्छे निवास कमलबिनायकमा भेटवार्ता भएको छ ।माओवादीले सरकार बिरुद्ध अविस्वास प्रस्ताब ल्याउने र तेस्मा नेमकिपाले साथ दिने हल्ला चले लगत्तै प्रधानमनत्रि रोहित निवास पुग्नु भएको हो . सवा एक घण्टा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, जेठ १४ भित्र नयाँ संविधान सकाउने, लडाकु समायोजन र स्थानीय निकाय पुनः स्थापना गर्ने बारेमा छलफल भएको प्रधानमन्त्री माधवकुमार नेपालले जानकारी दिनु भयो । ...
Full story

युथफोर्स द्वारा बिराटनगर बन्द

image
फागुन २८- मोरङ जिल्ला इन्चार्ज परशुराम बस्नेतलाई हतियारधारी समूहले हानेको विरोधमा युथफोर्सले शनिबार पनि विराटनगर बजार बन्द गराएको छ। बजार बन्दको क्रममा केही सवारी साधन तोडफोड भएका छन्। बजारमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको छ। अपराधीलाई कारवाही गर्न र सुरक्षाको माग गर्दै युथफोर्सका कार्यकर्ताहरुले बिराटनगरको जनआन्दोलन चोकमा विरोध प्रदर्शन गरेका छन्। ...
Full story

साउदीका राजकुमार नेपाल घुम्न इच्छुक

image
साउदी अरेबियाका राजकुमार अल्वालिद बिन तलालले नेपाल घुम्ने इच्छा राखेका छन् । नेपालका लागि साउदीका राजदूत हमिद अन्सारीले नेपाल भ्रमण गर्न दिएको निमन्त्रणा उनले स्वीकार गरेका छन् । रियादस्थित नेपाली दूतावासका प्रवक्ता एवं प्रथम सचिव खड्गप्रसाद दाहालका अनुसार राजकुमार अल्बालिदालाई राजदूत अन्सारीले भेट गरी निमन्त्रणा दिएका थिए । त्यतिखेर राजकुमारले नेपाल भ्रमण गर्ने समय मिलेपछि खबर गर्ने जानकारी दिएका थिए । ...
Full story

नेपालस्थित भारतीय दुताबास लस्करको निशानामा

image
२९ फागुन, काठमाडौं । आतङ्ककारी सङ्गठन लस्कर-ए-तोएबाले आक्रमणको तारो बनाएको दावी गर्दै नेपालस्थित भारतीय दूतावासले आफ्नो सुरक्षा सतर्कता बढाएको छ । लस्कर-ए-तोएबाले नेपालमा आधार क्षेत्र विस्तार गरेको भारतको दावी छ । काठमाडौंस्थित भारतीय दूतावासलाई आतंककारी संगठनहरुले आक्रमणको तारो बनाएको विश्वाससिलो सूचना प्राप्त भएको भारतीय अधिकारीहरुलाई उदृत गर्दै इकोनोमिक्स टाइम्स दैनिकले उल्लेख गरेको छ । ...
Full story

समायोजनबारे सेनाले मुख खोल्यो

image
काठमाडौं, २८ फागुन । माओवादी लडाकुहरुको समायोजनका बारेमा विवाद चलिरहेको बेला नेपाली सेनाले लडाकुहरुको समूहगत समायोजन अमान्य हुने स्पष्ट पारेको छ । राजनीतिक दलहरु र माओवादीबीच सेना समायोजनका बारेमा विवाद चलिरहेको बेला नेपाली सेनाले पहिलो पटक आफ्नो धारणा स्पष्ट पारेको हो । नेपाली सेनाका प्रधान सेनापति छत्रमान सिंह गुरुङले माओवादी लडाकुहरुलाई सेनामा समायोजन गर्नभन्दा अन्त व्यवस्थापन गर्नुपर्नेमा जोड दिदै यदि समायोजननै गर्ने हो भने पनि व्यक्तिगत रुपमा मापदण्ड पुगेकालाई मात्र गर्न सकिने बताउनुभएको छ ।...
Full story

एमालेका ओली पक्षलाई जिम्मेवारी

image
नेकपा एमालेले पार्टीभित्रको विवाद मिलाउन नेताहरुको कार्य विभाजनमा हेरफेर गरेको छ । केपी ओली पक्षले कार्यविभाजनमा पक्षपात भएको आरोप लगाइरहेका बेला विहिवारको केन्द्रीय समिति बैठकले ओली पक्षधर केही नेताहरुलाई नयाँ जिम्मेवारी दिएको हो । बैठकमा महासचिव इश्वर पोखरेलले नेताहरुको नयाँ कार्यविभाजन पेश गर्नुभएको थियो । नयाँ कार्यविभाजन अनुसार यसअघि अध्यक्ष झलनाथ खनाल प्रमुख रहेको पार्टी स्कूल विभागको प्रमुखमा ओली पक्षका पोलिटव्युरो सदस्य बेदुराम भुषाललाई जिम्मेवारी दिइएको छ । ...
Full story

पारसलाई पर्खिदा हिमानीको प्रवेश

image
काठमाडौं, २७ फागुन । फागुन २६ गते बुधवार, टेलिभिजन पत्रकार र फोटो पत्रकारहरु संयुक्त राष्ट्रका राजनीतिक मामिला सम्बन्धी उपमहासचिव बी लीन पास्कोको आगमनको समाचार तथा तस्वीर लिनका लागि त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थलमा जम्मा भएका थिए । नेपाली टेलिभिजन युकेका मात्रिका पौडेल र मोहन थापा, कान्तिपुर टिभीका हरहरी उपाध्याय र बिनिता रिजाल, इमेजका शरस्वती कर्माचार्य र लक्ष्मण डंगोल, फोटो पत्रकार किरण पाण्डे, राम हुमागाइ लगायत करीव डेढ दर्जन पत्रकारहरु विमानस्थलको भिभिआइपी आगमन गेट अगाडि जम्मा भइसकेका थिए । ...
Full story

हतास गिरिजाबाबु आफन्तको पर्खाइमा

image
नेपाली कांग्रेसका सभापति एबं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यस्थिती स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । कोइरालालाई थप उपचाकरो लागि नयाँ दिल्ली लैजाने योजना भने तत्कालको लागि स्थगित भएको छ । कोइराला आफैंले पनि उपचारका लागि भारत नजाने आशय प्रकट गरेपछि उहाँलाई निवासमै उपचार गरिने कोइरालाका निजी चिकित्सक डाक्टर अर्जुन कार्कीले बताउनुभयो । कोइरालाको अवस्थाका बारेमा बुधवार बिभिन्न अफवाहहरु फैलाइए पनि राष्ट्रसंघका उपमहासचिवसँगको भेटको दृष्य सन्चारमाध्यमहरुमा आएपछि कोइराला चिन्ताजनक अवस्थामा नपुगेको स्पष्ट भएको छ ।...
Full story

धेरै सोच्ने बानीले नेपाल बिग्रियो

image
काठमाडौं, २७ फागुन । नेपालीहरु किन पछाडि परेका होलान - नेपाल किन बिग्रिएको होला - यसको आ आफ्नै प्रकारको विश्लेषण हुनसक्छ उपप्रधानमन्त्री एबं परराष्ट्रमन्त्री सुजाता कोइरालाले भनें धेरै सोच्ने भएर नेपाल र नेपालीले विकास गर्न नसकेको ठहर गर्नुभएको छ । करीव दश दिन लामो युरोप भ्रमणपछि विहिवार स्वेदश फर्किनुभएकी उपप्रधानमन्त्री कोइरालाले धोरै सोच्दा सोच्दै नेपाल पछाडि परेको बताउनुभयो । मेसिन रिडेबल पासपोर्ट, एमआरपी भारतमा छपाउने आफ्नो योजनामा प्रधानमन्त्री र अन्य दलहरु असहयोगी भएपछि आक्रोशित बन्नुभएकी कोइरालाले सोच्दा सोच्दै नेपाल पछि परेको बताउनुभयो ।...
Full story

नेपाली नेताहरु विरुद्ध खनिए पास्को

image
२७ फागुन, काठमाण्डौ । नेपाल भ्रमणमा रहेका राष्ट्रसंघीय राजनीतिक मामिलाका उप-महासचिव बीलीन पास्कोले शिविरमा रहेका एकीकृत नेकपा माओवादीको लडाकुको विवरण दिन नमिल्ने स्पष्ट पार्नुभएको छ । नेपाल नीति तथा अध्ययन केन्द्रले विहीबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा पास्कोले सरकारले अनमिनसँग शिविरमा रहेका लडाकुको विवरण मागेको प्रसंगमा लडाकुको संख्या दिन नमिल्ने भन्दै गोप्य रहने प्रष्ट पार्नुभयो ।...
Full story

उपराष्ट्रपतिको खर्च सरकारले नदिने

image
काठमाडौं, २६ फागुन । उपराष्ट्रपति परमानन्द झाले पर्सिदेखि गर्ने भारत तीर्थयात्राको खर्च सरकारले नव्यहोर्ने भएको छ । सिंहदरवारमा बुधबार विहान बसेको मन्त्रिपरिषद बैठकले निजी भ्रमण भएकाले खर्च नव्यहोर्ने निर्णय गरेको हो । बैठकपछि पर्यटनमन्त्री शरदसिंह भण्डारीले उपराष्ट्रपतिका सुरक्षा गार्ड र सहयोगी कर्मचारीहरुको खर्च भने सरकारले व्यहोर्ने बताउनुभयो । उपराष्ट्रपति झा शुक्रवारदेखि तीर्थाटनका लागि भारत जाँदै हुनुहुन्छ । उहाँको यात्राको खर्च उपराष्ट्रपति कार्यालयले मागे पनि सरकारले नदिने निर्णय गरेको हो । ...
Full story

कोइराला सिकिस्त, नयाँ दिल्ली लगिने

image
काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका सभापति एबं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यमा गम्भिर समस्या देखिएको छ । लामो समयदेखि फोक्सोको समस्या झेल्दै आउनुभएका कोइरालालाई मंगलवारदेखि रोगले च्यापेर सिकिस्त हुनुभएको बताइएको छ । कोइरालालाई अहिले चौबिसै घण्टा अक्सिजन दिएर राखिएको कोइरालाको पारिवारीक स्रोतले जनाएको छ । गम्भिर बन्दै जानुभएका कोइरालालाई तत्कालै भारतको नयाँ दिल्लीमा थप उपचारका लागि लैजाने तयारी भइरहेको छ । ...
Full story

संविधानसभा अगाडि नागरिक खबरदारी

image
काठमाडौं, २५ फागुनसमयमै संविधान जारी हुनुपर्ने माग गर्दै नागरिकहरुले संविधान सभास्थल बानेश्वरमा मंगलवार धर्ना र नागरिक सभा मार्फ खबरदारी गरेका छन् । उनीहरुले तोकिएको समयमै संविधान जारी हुनुपने माग गर्दै यसअघि पनि पटक पटक धर्ना र जुलुसहरु गर्दै आएका छन् । मंगलबार दिउँसो २ बजेदेखि शुरु भएको धर्ना र खबरदारी सभामा बिभिन्न जिल्लाबाट आएका नागरिकहरु पनि सहभागी भएका थिए । संविधानसभाले संविधान जारी गर्ने कार्यतालिका दशौं पटक संशोधनका लागि बैठक बस्नुअघि नागरिकहरुले सभा भवन अगाडि धर्ना दिएका थिए ।...
Full story

क्रिकेटका नायकहरु भैरहवामा सम्मानित

image
मनोरञ्जन शर्मा भैरहवा,२५फागुन । दुई हप्ता अघि काठमाडौंमा सम्पन्न आईसीसी वल्र्ड लिग डिभिजन ५ ,२०१० प्रतियोगितामा बिजयी नेपाली टोली सदस्यहरु मध्ये क्षेत्र नम्बर ४ भैरहवाका चारजना क्रिकेटर र टिमका सहायक प्रशिक्षकलाई आज भैरहवामा सम्मान गरीएको छ । उक्त प्रतियोगिता भरी उत्कृष्ट प्रदर्शन गरी आफुहरुलाई नायकका रुपमा उभ्याउन सफल खेलाडीहरु शक्ति गौचन, बसन्त रेग्मी, राहुल कुमार बिक, अमृत भट्टराई र नेपाली टिमका सहायक प्रशिक्षक जगत टमाटालाई क्षेत्रिय क्रिकेट विकास समिति क्षेत्र नम्बर चार भैरहवा र जिल्ला क्रिकेट संघ रुपन्देहीले आयोजना गरेको संयुक्त कार्यक्रममा नगद पुरस्कार सहीत सम्मानित गरीएको हो । ...
Full story

उपराष्ट्रपति झाको बदलिदो अनुहार

image
उपराष्ट्रपति परमानन्द झाले हिमाल, पहाड र तराइको समान विकास नगरेसम्म देश सम्बृद्ध नहुने भएकाले अब तेरो मेरो नभनी सबै क्षेत्रका विकासमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । यसअघि आफुलाई मधेशी जताले उपराष्ट्रपति बनाएको बताउने उपराष्ट्रपतिले पछिल्लो समयमा आएर आफूलाई पहाड र हिमालका जनताको पक्षमा उभ्याउन खोज्नुभएको विश्लेषण गरिएको छ । आइतवार र सोमवार पोखरामा आयोजित बिभिन्न कार्यक्रममा सहभागी बन्नुभएका उपराष्ट्रपतिले तराइको तुलनामा पहाड र हिमालका जनता भौतिक विकासमा धेरै पछाडि रहेको बताउनुभयो ।...
Full story

यो सरकार कुहिएको फर्सी जस्तै

image
एकीकृत नेकपा माओवादीका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार कुहिएको फर्सी हो भन्नुभएको छ । उहाँले कुहिएको फर्सीले अरुलाई पनि दुर्घन्धित पार्छ भन्दै वर्तमान सरकार नढालेसम्म संविधान जारी नहुने समेत बताउनुभएको छ । एक सयौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सोमवार काठमाडौंको खुल्ला मन्चमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कुहिएको फर्सी खस्नमात्र बाँकी रहेको बताउनुभयो । ...
Full story

ज्ञानेन्द्रले भने, जय हिन्दू राज्य नेपाल

image
पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलका साथ सोमबार सहस्र रुद्रचण्डी अखण्ड महायज्ञ भइरहेको स्थल वनकाली पुगे । उनको स्वागतमा देखिए- कांग्रेस नेता खुमबहादुर खड्का । पहिला पार्टी संवैधानिक राजतन्त्रको पक्षमा उभिएका बेला गणतन्त्रको वकालत गरेर विवादमा तानिएका खड्काले उनलाई राम्रै झुकेर अभिवादन गरे । बाक्लो सुरक्षा घेराबीच यज्ञस्थलमा करिब आधा घन्टा उनीहरूबीच संवाद पनि भयो । कुराकानी नसुनिए पनि दुवैले उत्तिकै टाउको हल्लाएका थिए । ...
Full story

प्याव्सन अध्यक्षमा राजेश खड्‍का बिजयी

image
भैरहवा, २४ फागुन । निजी तथा आबासिय बिद्यालय अर्गनार्इजेशन नेपाल प्याब्सनको दशौ महाअधिबेशनले अध्यक्ष पदमा पुर्ब अध्यक्ष समेत रहनु भएका जेम्स स्कुल ललितपुरका राजेश खडका लार्इ सर्बसम्मत तथा निर्बिरोध चयन गरेको छ । मनोनयन को अन्तिम समय सम्म अन्य कसैले अध्यक्ष्मा दाबी नगरे पछी खडका निर्बिरोध हुनु भएको हो । मनोनयन दर्ता भन्दा १ घन्टा अघि सम्म बर्तमान अध्यक्ष्ा भोज बहादुर शाहले समेत अध्यक्ष्ामा उम्मेदवारी दिने बतार्इएता पनि अन्तिम समयमा भने उहाले उम्मेदवारी दिनु भएन्।...
Full story

नारी दिवसको एक शताब्दी

image
काठमाडौँ, फागुन २५-नारी हकहितको पक्षमा भएगरेका कामहरुको समिक्षा गर्दै विश्वव्यापी रुपमा मनाइँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने क्रमले आज सय वर्ष पूरा गरेको छ।सन् १९१० मा विभिन्न १७ देशका १०० जना समाजवादी महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले हरेक वर्ष विश्वभरका महिलाहरुले आठ मार्चलाई महिला अधिकार आन्दोलन दिवसमा रुपमा मनाउन सुरु गरेको यात्राले आज एक शताब्दी पूरा गरेको हो। ...
Full story

नेपाली पासपोर्टमा कतार पुगे बंगाली

image
कतार, २२ फागुन । नेपाली पासपोर्ट प्रयोग गरेर, त्यो पनि काठमाडौंकै बाटोबाट बैदेशिक रोजगारीका लागि एक बंगलादेशी युवक कतार आएका छन् । कतार आएपनि ३ दिनसम्म विमानस्थलमा अलपत्र परेर अन्ततः नेपाली दुतावासमा शरण लिन आएका ती युवालाई नेपाल फर्काइएको छ । उनीलाई कतार पठाउने गिरोहवारे छानवीन गरी आवश्यक कारवाही गर्न नेपाली दुतावासले सम्बन्धित निकायहरूका पत्राचार गरेको छ । नेपाली भूमि र नेपाली राहदानी प्रयोग गरी कतार आउन सफल भएका बंगलादेश पवना जिल्ला हाटकलीका २८ बषिर्य नागरिक नजरुल मण्डललाई गत विहिवार दुतावासकै कर्मचारी दिल बहादुर सुनारको निगरानीमा नेपाल फिर्ता पठाइएको राजदुत सूर्यनाथ मिश्रले बताउनुभयो । ...
Full story

कतारका एमालेले नयाँ नेता छाने

image
दिपक पौडेल/२३ फागुन, दोहा कतार । ५१ सदस्यीय नयाँ कार्यसमितिको चयन र विश्वब्यापीरुपमा एकरुपता ल्याउनका लागि नाम नै परिवर्तन गर्दै प्रवासी नेपाली सर्म्पर्क मञ्च दोहा, कतारको चौंथो राष्ट्रिय सम्मेलन गत २६ फरवरीमा सम्पन्न भएको छ । 'प्रवासबाट मुलूकको अग्रगामी परिवर्तन र रुपान्तरणका लािग चौथो राष्ट्रिय सम्मेलन युगान्तकारी परिवर्तन सहित दीर्घकालिन शान्तिका लागि निर्धारित समयमा नयाँ संविधान' भन्ने मूल नाराको साथ नेकपा एमालेका महासचिवर् इश्वर पोखरेल र केन्द्रिय सदस्य एवं विदेश विभाग प्रवास इन्चार्ज तुल बहादुर गुरुङ्गले सो सम्मेलनको उद्घाटन गर्नुभएको थियो । ...
Full story

सहमति भए एक महिनामै संविधान

image
नेपालगन्ज २२ फागुन । माओबादीका उपाध्यक्ष डा बाबुराम भटटर्राईले राष्ट्रिय सहमती हुन सके एक महिना मै संबिधान निर्माण हुन सक्ने बताउनु भएको छ । क्रान्तिकारी पत्रकार संघ बाकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भटटर्राईले एकृकित माओबादीको जेठ १४ गते भित्रै पूर्ण र अग्रगामी संबिधान निर्माण हुनु पर्छ भन्ने प्रष्ट धारणा रहेको बताउनु भयो । ...
Full story

इराकी सेनाद्धारा तीन नेपाली पक्राउ

image
इराकमा कार्यरत तीन नेपाली सुरक्षा गार्ड पक्राउ परेका छन् । अति संवेदनशील क्षेत्र ग्रीनजोनमा फायरिङ गरको आरोपमा ती सुरक्षा गार्डहरुलाई पक्राउ गरिएको इराकी अधिकारीलाई उधृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । पक्राउ परेका नेपाली सुरक्षा गार्डको नाम र ठेगाना भने खुलाइएको छैन । अन्तर्राष्ट्रिय संघ संस्थाहरुको भवन रहेका ग्रीन जोनमा सुरक्षाकर्मीहरु एक समारोहमा व्यस्त रहेको बेला फायरि भएको बताइएको छ । ...
Full story

भारतको निर्देशनमा अनमिनको विरोध

image
दाङ, २२ फागुन । एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य एबं पूर्व मन्त्री कृष्णवहादुर महराले भारतको निर्देशनमा अनमिनको बिरोध भइरहेको बताउनुभएको छ । उहाँले सरकारले अनमिनको आलोचना गर्नुमा पनि भारतको निर्देशन रहेको आरोप लगाउनुभयो । तत्कालिन सरकार र माओवादीको वार्ताका क्रममा माओवादीका वार्ता टोली संयोजक समेत रहनुभएका महराले अनमिन जस्तो संस्थाको आलोचना गरेर सरकारले शान्ति प्रक्रियालाई बिथोल्न खोजेको बताउनुभयो । ...
Full story

कांग्रेस र एमालेबीच गम्भिर विवाद

image
काठमाडौं, २२ फागुन । सरकार सन्चालन र महत्वपूर्ण नियुक्तिहरुलाई लिएर सरकारका नेतृत्वकर्ता एमाले र सरकारमा सहभागी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबीच गम्भिर विवाद सिर्जना भएको छ । विवादकै कारण लामो समयदेखि राष्ट्र बैंकको गभर्नर नियुक्ति हुन सकेको छैन । त्यस्तै महिनौदेखि लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग जस्ता संवैधानिक आयोगहरुमा पनि कांग्रेस एमाले विवादकै कारण नियुक्ति हुन सकेको छैन ।...
Full story

पदक बिजेतालाई बग्गीमा घुमाइयो

image
हालै बंगलादेशको ढाकामा सम्पन्न ११ औं दक्षिण एशियाली खेलकुद सागमा पदक जित्ने खेलाडीहरुलाई शुक्रवार भव्य अभिनन्दन सहित नगर परिक्रमा गराइएको छ । प्रतियोगिता सकिएको एक महिनापछि राष्ट्रिय खेलकुद परिषदले खेलाडीको सम्मानमा यो कार्यक्रम आयोजना गरेको हो । राष्ट्रिय खेलकुद परिषदको आँगन रंगशालाबाट शुरु भएको र्‍यालीको सबैभन्दा अगाडि हालसम्म चार स्वर्ण्र्ाादक जितिसकेका दिपक विष्ट थिए । तेक्वान्दो खेलाडी विष्टलाई बग्गीमा राखिएको थियो । ...
Full story

नसके पद छाड्ने प्रधानमन्त्रीको घोषणा

image
काठमाडौं, ३१ फागुन । उद्योगी व्यवसायीहरुले सुरक्षा नपाए कारखानाको चाबी सरकारलाई बुझाउने घोषणा गरे लगत्तै प्रधानमन्त्रीले उद्योगीहरु आफैंले डरका कारण डनहरुलाई पैसा दिएर पालेको आरोप लगाउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री नेपालले उद्योगी व्यवसायीलाई आतंकित बनाउने डन राजधानीमा कोही छन् भनें तीनलाई आफूले तह लगाइदिने बताउनुभयो । तर उद्योगीहरुले डरका कारण सरकारलाई थाहै नदिई डनलाई खुरु खुरु पैसा दिइरहेको बताउनुभयो । ...
Full story

प्रधानमन्त्रीकै कारण समायोजनमा ढिलाई

image
काठमाडौं, २१ फागुन । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम. पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री माधबकुमार नेपालको कारणले सेना समायोजनको प्रक्रिया अबरुद्ध भएको बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता सिटौलाले प्रधानमन्त्री नेपालले सेना समायोजन विशेष समितिमा ठोस प्रस्ताव ल्याउन नसक्नुले पनि लडाकु ब्यवस्थापनको कार्य अगाडि बढन नसकेको दावी गर्नु भयो । अझै एक पटक प्रधानमन्त्रीकालागि अवसर छ उहाले खुट्ट दहृ्रो टेकेर ठोस प्रस्ताव ल्याएर शान्ति प्रक्रिया निश्कर्षमा पुर्‍याउन सक्नु भयो भने नयाा संविधान तोकिएकै समयमा बन्छ ।...
Full story

एमाले बैठकमा सरकारको आलोचना

image
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले ब्रि्रदो शान्ति सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै सरकारको आलोचना गरेको छ । एमालेले जनतालाई सुरक्षाको प्रत्याभूति दिन सरकारलाई आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा विहिवार बसेको केन्द्रीय समिति बैठकले सरकार र त्यसमा सहभागी मन्त्रीहरुलाई शान्ति सुरक्षा दिलाउने काममा लाग्न निर्देशन दिएको हो । बैठकमा पार्टी अध्यक्ष झलनाथ खनालले शान्ति सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै त्इस विषयमा सरकारलाई ध्यानाकर्षा गराउन सरकारलाई विशेष निर्देशन दिने प्रस्ताव पेश गर्नुभएको थियो ।...
Full story

राजिनामा दिन्न, डटेर सामना गर्छु

image
काठमाडौं, फागुन २० । गृहमन्त्री भीमबहादुर रावलले विशेष सुरक्षा कार्यक्रम असफल बनाएर मुलुकमा अस्थिरता र अराजकता मच्चाउने षड्यन्त्र भइरहेको बताएका बताउनुभएको छ । 'अस्थिरता र अराजकता मच्चाउन चाहने तत्वले षड्यन्त्र गरिरहेको सूचना आफूले पाएको बताउदै गृहमन्त्री रावलले यसमा केही स्वार्थी सुरक्षाकर्मी, राजनीतिकर्मी र कर्मचारी पनि सामेल भएको दावी गर्नुभयो । रिपोर्टस क्लवमा विहिवार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रावलले एकाध घटनालाई लिएर आफूले राजीनामा नदिने स्पष्ट पार्नुभयो । ...
Full story

लडाकुको पुनः प्रमाणीकरण हुनुपर्ने

image
भक्तपूर, २० फागुन ।रक्षामन्त्री विद्यादेवी भण्डारीले माओवादी लडाकुहरुको पुनः प्रमाणीकरण गर्नुपर्ने बताउनुभएको छ । विहिवार भक्तपूरमा स्थानीय सन्चारकर्मीहरुसँग कुरा गर्दै एमाले उपाध्यक्ष समेत रहनुभएकी भण्डारीले धेरै लडाकुले शिविर छाडिसकेकाले वास्तविक लडाकु पहिचान गर्न पुनः प्रमाणीकरण गर्नुपर्ने बताउनुभयो । सरकारले लडाकुको भरणपोषण गर्नुपरेकाले उनीहरुको वास्तविक संख्या यकिन हुन जरुरी भएको उल्लेख गर्दै रक्षामन्त्री भण्डारीले अनमिनले प्रस्तुत गरेको विवरण अहिले नमिलेको दावी समेत गर्नुभयो । ...
Full story

मगर महिलाद्धारा मगरात राज्यको माग

image
गोरखा, २० फागुन । नेपाल मगर महिला संघको केन्द्रीय अध्यक्षमा गंगा खासु मगर निर्वाचित हुनुभएको छ । मगर महिला संघको चौथो राष्ट्रिय महाधिवेशनले गंगाको नेतृत्वमा १५ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन गरेको हो । गोरखामा सम्पन्न महाधिवेशनले बरिष्ठ उपाध्यक्षमा मनु थापा मगरलाई निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा त्रिपना बुढा मगर, हिरु राना मगर र महासचिवमा पूर्णमाया पुलामी मगरलाई चयन गरेको छ भनें सचिवमा विनिता आलेमगर चयन हुनुभएको छ । ...
Full story

बाबाको आश्रममा अभिनेत्रीको चर्तिकला

image
एक भारतीय गुरु ओछ्यानमा दुई महिलासँग बसेको भिडियो प्रसारण भएपछि दक्षिण भारतस्थित उनको आश्रममा क्रुद्ध गाउँलेहरुले तोडफोड गरेका छन्। नेपाल लगायत ३३ देशमा आफ्ना भक्तहरु रहेको दावी गर्ने स्वामी परमहंस नित्यानन्द आक्रमणको बेला कर्णाटकस्थित सो आश्रममा थिएनन्। थप आक्रमण हुने संभावनालाई ध्यानमा राखी अहिले त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ। ३३ वर्षका नित्यानन्दसँग देखिएकी दुई महिलामध्ये एक प्रख्यात तमिल अभिनेत्री रन्जिता रहेको पछि खुलेको छ। ...
Full story

सेना ४६ मा झरे लडाकु पनि आधा हुने

image
पोखरा, २० फागुन । सरकारले नपाली सेनाको संख्या घटाए माओवादी पनि आफ्ना लडाकुहरुको संख्या घटाएर समायोजन गर्न तयार हुने भएको छ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टर्राईले विहिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा र्सार्वजनिक गर्नुभएको हो । हाल ९५ हजारको संख्यामा रहेका नेपाली सेनालाई घटाएर ४६ हजारमा झार्न सरकार तयार हुने हो भनें आफूहरु पनि १९ हजार लडाकुलाई आधा संख्यामा झार्न तयार रहेको उहाँले बताउनुभयो । ...
Full story

कुवेतका राजालाई चाहियो गोर्खाली फौज

image
विश्वमा शान्ति स्थापना कार्यमा लागेर ख्याती कमाएको नेपाली सेनाले अब कुवेतका राजा र राजदरवारको पनि सुरक्षा गरिदिने भएको छ । गोर्खालीका नाममा ख्याती कमाएका नेपाली सैनिकको सुरक्षा माग गर्दै कुवेत सरकारले कुवेतस्थित नेपाली दूतावासमार्फ नेपाल सरकारसँग प्रस्ताव राखेको छ । नेपाल सरकारले वहालवाला सैनिकलाई अवकाश दिई कुवेती राजाको अंगरक्षकमा पठाउने भएको उच्च सरकारी स्रोतले जनाएको छ । कुवेतका अमिर सबाह अल अहमत अल जबर अल सबाहले एक महिनाअघि आफ्नो दरवार सुरक्षार्थ दर्ुइ सय नेपाली सैनिक माग गरेका थिए । ...
Full story

दिपक र देबुलाई सरकारको सहयोग

image
सरकारले तेक्वान्दो खेलाडी दीपक विष्टलाई १० लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले साफ खेलमा चार पटक स्वर्ण विजेता विष्टलाई १० लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको हो । यस्तै सरकारले ढाकामा सम्पन्न ११ औं दक्षिण एशियाली खेलकुदमा घाइते भएकी जुडो खेलाडी देबु थापाको उपचार गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले जानकारी दिए ।...
Full story

सुरक्षा नपाए मारवाडीहरु पलायन हुने

image
काठमाडौ, १६ फागुन । मारवाडी समुदायले जनतालाई शान्ति सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेको छ । बुधबार रिपोर्टर्स क्लबमा मारवाडी सेवा समिति र नेपाल राष्ट्रिय मारवाडी परिषद्को संयुक्त पत्रकार सम्मेलन गर्दै मारवाडी समुदायका अगुवाहरुले जनकपुरका मिडिया उद्यमी एवं समाजसेवी अरुण सिंघानियाका हत्यारालाई तत्काल कानुनको दायरामा ल्याएर कडा कारबाही गर्न समेत माग गरेका छन् ।...
Full story

होचा खगेन्द्रले युवतीलाई भनेःआइ लभ यु

image
पोखरा, १९ फागुन । विश्वकै होचा व्यक्तिको रुपमा गिनिज बुकमा नाम दर्ता गराएर बाग्लुङका १८ वषिर्य खगेन्द्र थापा मगर इटलीको रोमबाट पोखरा पर्खिएका छन् । उनको नाम गिनिज बुकमा औपचारिक रुपमा भनें ६ महिनापछि मात्र लेखिनेछ । उनलाई विश्वकै होचो र सानो मानिसको मेडल लगाइए पनि प्रमाणपत्र दिइएको छैन । पोखरामा पुग्नासाथ खगेन्द्रलाई स्वागतको ओइरो लागेको छ । बुधवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा खगेन्द्र थापा प्रतिठानका अध्यक्ष मीनवहादुर रानाले अब ६ महिनापछि उनी विश्वकै होचो व्यक्तिका रुपमा नाम राख्न सक्षम हुने बताउनुभयो । ...
Full story

माओवादीलाई केपी ओलीका तीन गोली

image
चितवन, १९ फागुन । नेकपा एमालेका स्थायी समिति सदस्य एबं पार्टीको तर्फाट अन्य दलसँग वार्ता गर्न गठित समितिका संयोजक केपी ओलीले माओवादी नेतृत्वमा सरकार गठनका लागि तीन शर्त अघि सार्नुभएको छ । बुधवार चितवनमा एमाले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता ओलीले तीन शर्त पूरा नगरेसम्म माओवादी नेतृत्वको सरकार गठन असम्भव रहेको बताउनुभयो । ओलीले अघि सारेका तीन शर्तमा माओवादीले अहिले जारी हिंसा त्यागेर शान्तिपूर्ण क्रियाकलाप मात्र गर्नुपर्ने, व्रि्रोह र बलजफ्ती त्यागेर संवैधानिक प्रक्रिया अंगाल्नुपर्ने र पार्टीलाई सशस्त्र व्यक्तिको जत्था होइन नागरिकको पार्टी बनाउनुपर्नेछ । ...
Full story

पत्रकारहरुको प्रर्दशनमा प्रहरी हस्तक्षेप

image
काठमाडौ, १९ फागुन । सन्चारकर्मी र उद्यमिको श्रृंखलाबद्ध हत्याको विरोधमा आन्दोलनरत नेपाल पत्रकार महासंघले आफ्नो घोषित आन्दोलनको कार्यत्रmम अन्तर्गत बुधवार राजधानीमा आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ । जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन गएका पत्रकारहरुलाई प्रहरीले बल प्रयोग गर्दै करिव आध घण्टासम्म कार्यालय परिसर जानबाट रोकेको थियो । आधा घण्टाको बल प्रयोगपछि अन्ततः पत्रकारहरुले सुरक्षा घेरा तोडेर प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए । ...
Full story

प्रचण्ड निवासमा झलनाथको गोप्य प्रवेश

image
राजनीतिक सहमति खोज्ने प्रयास जारी रहेकै बेला नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज विहानै भेटेर मुठभेडको बाटो नरोज्न सुझाव दिनुभएको छ । प्रचण्ड निवास नयाँ बजारमा भएको भेटमा अध्यक्ष खनालले जेठ १४ मा संविधान जारी नभएमा त्यसको सबैभन्दा महँगो मूल्य माओवादीलेनै चुकाउनुपर्ने चेतावनी समेत दिनुभएको स्रोतले जनाएको छ ।...
Full story

गोदावरीमा पनि भ्यागुताको धार्नी पुगेन

image
करीब दश महिनादेखिको राजनीतिक गतिरोधको अन्त्यका लागि प्याकेजमै समाधान खोज्न बसेको तीन दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको मंगलवारको बैठक बिना निष्कर्षटुंगिएको छ । बुधवार बस्ने बैठकले केही निर्णय लिने अपेक्षा गरिएको छ । ललितपूरको बडिखेल गाविसस्थित गोदावरी भिलेज रिसोर्टमा बसेको बैठकमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले आ आफ्नो दलको धारणा राखेका थिए । मंगलवारको बैठकमा विशेष गरि सेना समायोजन र राज्यको पुनसंरचना बारे बढि छलफल भएको बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले बताउनुभयो ।...
Full story

येचुरीको घोषणाः जेठ १४ मै संविधान

image
भारतीय कम्यूनिष्ट पार्टी माक्र्सवादीका पोलिटब्युरो सदस्य सिताराम येचुरीले निर्धारित समयमै नेपालमा नयाँ संविधान जारी हुने विश्वास ब्यत्तm गर्नु भएको छ । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै येचुरीले संविधानसभाको निर्वाचन हुनेमा पनि विगतमा आशंका गरिएको बेला पनि आफूले निर्वाचन हुन्छ भनेर ठोकुवा गरेको स्मरण गर्नुभयो । अहिले पनि तोकिएकै समयमा संविधान जारी हुनेमा आशंका गरिए पनि जेठ १४ गते संविधान जारी हुने बताउनुभयो । ...
Full story

हतियारधारीलाई छुटाउन बस आगजनी

image
हतियार सहित पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाईको माग गर्दै चुरेभाबर राष्ट्रिय एकता पार्टीको एक समूहले मंगलबारदेखि आब्हान गरेको अनिश्चितकालीन पूर्ब पश्चिम राजमार्ग बन्दका क्रममा बिहान सर्लाही खण्डको गणेश चोकमा एक मिनीबसमा आगजनी गरेका छन् । बन्द अबज्ञा गरेको भन्दै उनीहरुले बर्दिबासबाट वीरगंजतर्फ जान थालेको ना३ख १४७७ नम्बरको मिनीबसमा आजगनी गरेका थिए । रिजर्वमा बर्दिबास आएको बस रित्तै फर्किरहेको अबस्थामा बिहान ७ बजे केहि ब्यक्तिले आगजनी गरेको प्रहरीले जनाएको छ ।...
Full story

फेरि अर्का सन्चार उद्यमी मारिए

image
प्रसिद्ध सन्चार उद्यमी जमिम शाहको हत्या भएको एक महिना नपुग्दै जनकपूरमा अर्का सन्चारकर्मी अरुण सिंहानियाको गोली हानी हत्या गरिएको छ । सोमवार साँझ जनकपूरको शिव चोकमा जनकपूर टुडे दैनिक पत्रिकाका प्रकाशक तथा रेडियो मिथिलाका सन्चालक सिंहानियाको अज्ञात समूहले हत्या गरेको हो । सन्चार उद्यमी सिंहानियाको हत्यापछि जनकपूर बजार स्वस्फूर्त रुपमा बन्द भएको छ भनें सवारी साधन पनि चलेका छैनन् । हत्यापछि र्सवसाधारण र उद्योगी व्यवासायी आतंकित बनेका छन् । ...
Full story

नेपालका प्रथम धावक रहेनन्

नेपालका प्रथम म्याराथन धावक गजराज जोशीको ८७ वर्षो उमेरमा आइतवार राती निधन भएको छ । भारतको नयाँ दिल्लीमा सन् १९५१ मा भएको प्रथम एशियाली खेलकुदमा ...
Full story

हिन्दू राज्यका लागि कालीबाबाको हवन

image
नेपाललाई पुनः हिन्दू अधिराज्य कायम गर्न बरदान मिलोस भन्ने कामना गर्दै सोमवारबाट विराट महायज्ञ शुरु भएको छ । नेपालमा पहिलो पटक आयोजना गरिएको सहस्र रुद्रचण्डी महायज्ञ एक सातासम्म निरन्तर चल्ने बताइएको छ । आराध्यदेव पशुपतिनाथस्थित वनकालीमा आयोजित महायज्ञको सातै दिन ब्रम्हार्षी स्वामी कालीदास बाबाले हवन गर्ने कार्यक्रम रहेको छ । नौ दिन नौ रात निरन्तर रुपमा दैनिक ११ लाख हवन, दीप प्रज्ज्वलन सहित हुने सहस्र रुद्रचण्डी अखण्ड महायज्ञको शुभारम्भ कालिदास बाबाले गर्नुभएको थियो ।...
Full story

नेपाली नेतालाई सम्झाउन येचुरी अस्त्र

image
नेपालको सत्ता राजनीति पेचिलो बन्दै गएका बेला भारतीय राजनीतिका प्रभावशाली कम्युनिस्ट नेता सिताराम यचुरी काठमाडौंमा आइपुग्नुभएको छ । विशेष गरि नेपालका संसदवादी र माओवादी राजनीतिक दलहरुलाई एक ठाउँमा ल्याउने र शान्ति प्रक्रिया प्रारम्भ गर्नेमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका यचुरीको यस पटकको नेपाल आगमनलाई अर्थपूर्ण रुपमा लिइएको छ । आइतवार साँझ एशिया फाउण्डेशनमा अध्यक्ष राहुल वरुवाका साथमा नेपाल आउनुभएका यचुरीले सोही राती प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटी पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुभएको थियो ।...
Full story

पुरस्कार पाएको भोलिपल्टै कारवाही

image
अमेरिकालाई पराजित गरि नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न सफल नेपाली खेलाडी राहुल विश्वकर्मा म्यान अफ दि म्याच घोषित भएको भोलिपल्टै आइसीसीको कारवाहीमा परेका छन् । आईसीसी विश्व क्रिकेट लिग डिभिजन-फाइभको फाइनलमा आचारसंहिता उल्लंघन गरेको आरोपमा नेपाली स्पिनर राहुल विश्वकर्माले आइतबार औपचारिक चेतावनी पाएका छन् । आईसीसी म्याच रेफ्री डेविड ज्युक्सले राहुललाई अमेरिकी ब्याट्सम्यान आउट हुँदा पेभेलियनको बाटो देखाएको आरोपमा कारबाही अगाडि बढाएका हुन् । ...
Full story

माओवादीद्वारा प्रहरी चौकी आक्रमण/ ७ प्रहरी घाइते

माओवादी कार्यकर्ताले आइतबार राति दैलेखको कुसापानीस्थित प्रहरी चौकीमा आक्रमण गरेका छन् । आक्रमणमा प्रहरी नायव निरीक्षक सहित ७ प्रहरी घाइते भएका छन् । प्रहरी चौकी ...
Full story

लडाकुहरुलाई प्रचण्डको गोप्य प्रशिक्षण

image
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले जनमुक्ति सेना माओवादीको मेरुदण्ड भएकाले यसलाई पहिलेनै समायोजन गरेर जनताको संविधान नबन्ने बताउनुभएको छ । माओवादी जनमुक्ति सेनाका लडाकुहरुलाई गोप्य प्रशिक्षण दिन चितवनको शक्तिखोर पुग्नुभएका प्रचण्डले स्थानीय सन्चारकर्मीहरुसग कुरा गर्दै संविधानभन्दा अगाडि सेना समायोजन गर्नुपर्छ भन्नेहरुको नियत ठिक नरहेको स्पष्ट पार्नुभयो । ...
Full story

लण्डनका एमालेमाझ महासचिव पोखरेल

image
लन्डन । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रमुख विपक्षी माओवादीका सामु तीनवटा विकल्प रहेको बताउनुभएको छ । ‘पहिलो– वर्तमान सरकारमा सामेल हुने, दोस्रो– संसद्मा तीन सय दुई संख्या पु¥याएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने वा तेस्रो– सत्ताकब्जा गरेर देखाउने’– उहा“ले भन्नुभयो– ‘त्यसबाहेक माओवादीस“ग अर्को कुनै विकल्प छैन ।’...
Full story