Matrika Poudel

image

अन्तराष्ट्रिय वक्तृत्वकलामा नेपाली टोली

दीपक पौडेल/दोहा- विश्वभरिका विद्यालयहरूमाझ हुदै आएको विश्व स्कुल वक्तृत्वकला चाम्पियनसिप -वर्ल्ड स्कुल डिवेटिङ च्याम्पियनसिप- डब्लुएसडिसी) को हालै दोहामा सम्पन्न २२ औं संस्करणमा नेपालले पनि सहभागिता जनाएको छ ।नेपालले सहभागिता जनाएको यो पहिलो पटक हो । पहिलो चरणका ८ प्रतिस्पर्धामा बुल्गेरियामाथि विजय र अन्य प्रतिस्पर्धामा पराजय ब्यहोर्दै प्रारम्भिक चरणबाट बाहिरिएको नेपाली टोलीलाई यसपालीको सहभागिता नै उपलब्धिमुलक बनेको छ ।
Full story

होलीले भिजायो नयाँ चोली

image
आपसी मेलमिलाप र सदभावनाको सन्देशका साथ होली पर्व आइतबार पहाडी क्षेत्रमा परम्परागत रूपमा विभिन्न रङ, अविर र लोला खेली मनाइदैछ । सडक, गल्ली, चोक र घर-घरमा सहपाठीहरुका साथ रङ छ्यापेर तथा अविर दलेर होली मनाउनेहरु प्रशस्त देखिन्छन् । तराई क्षेत्रमा भने यो पर्व सोमबार मनाइने गरिन्छ । होली पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।...
Full story

माधव नेपाल कंश, म कृष्णः प्रचण्ड

image
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारका प्रधानमन्त्री कंश भएकाले आफू कृष्ण बनेर यो सरकार ढाल्न अघि बढ्नु परेको बताउनुभएको छ । शहीद सप्ताहका अवसरमा शनिवार विहान पोखरामा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कृष्णको अगाडि कंशहरुको जालझेल धेरै समय नटिक्ने दावी गर्नुभयो । उहाँले एक साताभित्रैमा माधव नेपालको नेतृत्वको सरकार हटाएर नयाँ राष्ट्रिय संयुक्त सरकार गठन गरिने बताउनुभयो । ...
Full story

क्रिकेटमा नेपाललको नयाँ इतिहास

image
नेपालले क्रिकेटमा नयाँ इतिहास रचेको छ । आइसिसी विश्व लिग डिभिजन फाइमा नेपालले विश्वकै वैभवशाली मुलुक अमेरिकालाई पराजित गरेको छ । त्रिभुवन विश्व विद्यालय क्रिकेट मैदानमा भएको अत्यन्त रोमान्चक खेलमा नेपालले अमेरिकालाई पराजित गर्दै क्रिकेटमा नयाँ इतिहास रचेको हो । करीव ३० हजार घरेलु दर्शकहरुको लगातार हुटिङ चलिरहदा नेपालले २१ बल बाँकी रहदै अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । यसअघि शुक्रवार भएको सोही मैदानको खेलमा अमेरिकाले पाँच विकेटलेनै चखाएको पराजयलाई नेपाली टोलीले शनिवार फिर्ता गरेको छ । ...
Full story

११ लाख पर्यटक भित्र्याउने पर्यटन वर्ष शुरु

image
एक वर्षमा ११ लाख पर्यटक भित्र्याउन महत्वकांक्षी लक्ष्य सहित नेपाल पर्यटन वर्ष २०११ को शुभारम्भ भएको छ । पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ शुरु भएको पर्यटन वर्ष २०११ को सैनिक मन्च टुँडिखेलमा आयोजित एक भव्य समारोहकाबीच प्रधानमन्त्री माधवकुमार नेपालले शुभारम्भ गर्नुभएको थियो । शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट ल्याइएको शान्तिद्धीप प्रज्ज्वलन गरेर प्रधानमन्त्री नेपालले पर्यटन वर्ष आरम्भ र्नुभएको थियो । शान्ति द्धीपलाई नेपालका प्रशिद्ध म्याराथन धावकहरुले लुम्बिनीबाट ल्याएका हुन् । ...
Full story

रोममा पुगेपछि खगेन्द्रको उचाइ बढ्यो

image
विश्वकै सबैभन्दा होचो मानिसका रुपमा गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउनका लागि हाल इटलीको राजधानी रोममा पुगेका नेपालका खगेन्द्र थापा मगरको वास्तविक उचाइ पहिले भनिए भन्दा २ इन्च बढि पाइएको छ । उनलाई २० इन्च अग्लो भनेर प्रचार गरिए पनि उनको उचाइ २२ इन्च भएको पुष्टि भएको छ । उनको तौल भनें ५ केजीनै पुष्टि भएको छ । इटलीको रोममा मंगलवार गरिएको परीक्षणमा खगेन्द्रको उचाइ ५६ सेन्टिमिटर अर्थात २२ इन्च पाइएको हो ।...
Full story

त्रिशुल र शंख सहित हजारौं बाहुन सडकमा

image
नयाँ संविधानमा ब्राम्ण समुदायको पनि मौलिक पहिचान कायम हुनुर्ने, जातिय आधारमा कसैलाई पनि संघीय राज्यमा अग्राधिकार दिन नहुने लगायतका पाँच सूत्रिय माग राखी ब्राम्हण सेवा समाज रुपन्देहीले प्रधानमन्त्री माधब कुमार नेपाललाई ज्ञापन पत्र बुझाएको छ । समाजले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा मार्फत प्रधानमन्त्री का साथै संबिधान सभाका सभामुख सुभाष चन्द्र नेम्वांग ,राज्यब्यबस्था समितीका सभापति राम नाथ ढकाल लगायतलाई ज्ञापन पत्र पठाएको हो । ...
Full story

बिबादपछि केन्द्रीय समिति यथावत

image
पार्टीमा तिब्र विवाद भएपछि एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बिस्तार रोकिएको छ । काठमाडौंमा विहिवार सम्पन्न केन्द्रीय समिति बैठकले तत्काललाई बिस्तार नगर्ने निर्णय गरेको हो । यसअघि स्थायी समिति बैठकले हाल कायम रहेको १ सय ३८ सदस्यीय केन्द्रीय समितिलाई बिस्तार गरि २ सय २५ सदस्यीय बनाउने प्रस्ताव केन्द्रीय समिति समक्ष राखेको थियो । त्यस्तै ४५ सदस्यीय केन्द्रीय समितिलाई ९० सदस्यको बनाउने प्रस्ताव पनि राखिएको थियो । ...
Full story

नेपाल भ्रमण गर्ने ओबामाको चाहना

image
अमेरिकी राष्ट्रपति बाराक ओबामाले उपयुक्त समय मिलाएर नेपालको भ्रमण गर्ने चाहना व्यक्त गर्नुभएको छ । अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर शर्मासँगको औपचारिक भेटमा राष्ट्रपति ओबामाले नेपालको सरकारका बारेमा पनि जिज्ञासा राख्नुभएको बताइएको छ । आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा राजदूत शर्माले अमेरिकी राष्ट्रपतिसँग अलग्गै भेट गर्नुभएको थियो । ...
Full story

राष्ट्रपतिको जोड, जेठ १४ मै संविधान

image
राष्ट्रपति रामवरण यादवले घोषित मितिमा मुलुकको मूल कानून संविधान निर्माण गरी राष्ट्रलाई राजनीतिक निकास दिने ऐतिहासिक मौकाको सदुपयोग गर्न मुलुकबासीसँग आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधरणसभाको नेपालगन्जमा उदघाटन गर्दै राष्ट्रपति यादवले समयमै संविधान निर्माण गरी मुलुकमा उत्पन्न हुनसक्ने चुनौतीको सामना गर्न सम्बद्ध पक्षको ध्यानाकर्षा गराउनुभयो ।...
Full story

एक सेना एक नीति

image
सत्तारुढ मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले एकिकृत माओवादीको लडाकु समायोजन प्रकृया अगाडि बढाउन एक सेना एक नीति अबलम्बन गर्नु पर्ने माग गरेको छ । समायोजनको मापदण्ड बृहत शान्ति सम्झौतामा उल्लेख गरिएको स्टयायर्डड नर्मसका आधारमा गरिनुपर्ने फोरम लोकतान्त्रिकले निर्णय गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार सम्पन्न केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।...
Full story

काग्रेसको आशिर्वाद माओवादीलाई

image
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कांग्रेसको आर्शिवाद पाएर मात्र माओवादी टिकिरहेको आरोप लगाउनु भएको छ । जंगलमा भौतारिइरहेका माओवादीलाई सरकारसम्म ल्याउने कांग्रेसी नै भएको ...
Full story

युवा नीति कार्यान्वयनमा जोड

image
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा नीति कार्यान्वयनका लागि आवश्यक पहल शुरु गरेको जनाएको छ । गत माघ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले युवा नीति २०६६ स्वीकृत गरे पछि मन्त्रालयले नीति कार्यान्वयनको कार्य अगाडि बढाएको हो । युवा तथा खेलकुद मन्त्रालयबाट सोमवार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहँदै खेलकुद तथा युवा मन्त्री गणेश नेपालीले परिवर्तनका संवाहक युवाका लागि सरकारले नीति मार्फ विभिन्न कार्यक्रम सन्चालन गर्ने जानकारी दिनुभयो । ...
Full story

संवैधानिक समितिको बैठक स्थगित

image
छलफलका लागि प्रतिवेदन उपलब्ध नभएपछि संवैधानिक समितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकमा सदस्यहरुले अन्य समितिका प्रतिबेदनहरु नआउदा सम्म बैठक नबोलाउन सभापतिलाई आग्रह गरेपछि बैठक अनिश्चित बनेको हो । ...
Full story

माओवादीको धम्कीबाट नडराउने

image
प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीको धम्कीबाट नडराउने दृढता व्यक्त गर्नु भएको छ । माओवादीले जंगल छाडेको धेरै वर्षभइसकेकाले शिष्ट व्यवहार गर्नु पर्ने र धम्कीपर्ूण्ा भाषा बोल्न छाडनु पर्ने प्रधानमन्त्री नेपालले आग्रह गर्नुभयो ।...
Full story

राप्रपानेपालको धर्ना

image
संवैधानिक राजतन्त्र र हिन्दू राज्य जनमत संग्रहबाट टुङ्गो लगाउनु पर्ने माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मंगलबार सिंहदरबारमा धर्ना दिएको छ । सिंहदरवार घेराउका क्रममा जिल्ला प्रशासन कार्यालय अगाडि भएको झडपमा राप्रपा नेपालका उपाध्यक्ष किशोरी महत्तो, युवा मोर्चाका उपाध्यक्ष किशोर गुरुङलगायत घाइते भएको सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । ...
Full story

सहमति नजुटेपछि बैठक स्थगित

image
विस्तारित केन्द्रीय समितिमा थपिने ३८ सदस्यको नाममा सहमति नजुटेपछि एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक विहीबार सम्मका लागि स्थगित गरीएको छ । अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा थपिने ३८ सदस्यको प्रस्तावित नाममा स्थायी समिति, पोलिटव्यूरो र केन्द्रीय सदस्यहरु पक्ष-विपक्षमा देखिएका कारण थप सदस्यहरुको टुंगो लगाउन नसकिएको स्रोतले जनाएको छ । योग्य नेतालाई पाखा लगाउने गरीएको भन्दै बैठकमा आपत्ती प्रकट भएपछि केन्द्रीय समिति र पोलिटव्युरो विस्तारमा विवाद भएको छ ।...
Full story

आफू युवा दस्ताको पक्षमा नरहेको काँग्रेस नेता देउवाको भनाइ

image
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफू युवा दस्ता निर्माणको पक्षमा नरहेको बताउनुभएको छ । नेता देउवाले युवा दस्ता गठन भए देश अशान्त हुने बताउँदै जनताको जिउधनको रक्षा र शान्ति स्थापनाको लागि वाईसिएल र युथफोर्सको पनि विघटन गर्नुपर्छ भन्नुभयो । ...
Full story

रक्षामन्त्री भण्डारी चीन जानु हुने

image
रक्षामन्त्री विद्या भण्डारी चिनियाँ समकक्षी लियाङ ग्वाङलीको निमन्त्रणामा मार्च तेस्रो साता चीन जानु हुनेछ । मन्त्री भण्डारीका प्रेस सल्लाहकार सुवास देवकोटाका अनुसार मिति र एजेण्डा निश्चित हुन बाँकी छ । ...
Full story

राप्रपा नेपालको धर्नामा एक दर्जन कार्यकर्ता पक्राउ

image
संवैधानिक राजतन्त्र र हिन्दू राज्य जनमत संग्रहबाट टुङ्गो लगाउनु पर्ने माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार सिंहदरबारमा धर्ना दिएको छ । धर्ना दिने क्रममा राप्रपा नेपालका एक दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नयाँबानेश्वर-माइतीघर सडकखण्डमा यातायातका साधनलाई अबरोध पुर्‍याउन खोजेपछि र निषेधित क्षेत्र तोडन खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।...
Full story

माओवादीले राज्य समितिहरुको सुझावका आधारमा आन्दोलनको स्वरुप तय गर्ने

image
एकीकृत नेकपा माओवादीले राज्य समितिहरुको सुझावका आधारमा केन्द्रीय समिति बिस्तार र आन्दोलनको स्वरुप तय गर्ने भएको छ । मंगलबार विहान पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको माओवादी स्थायी समिति बैठकले केन्द्रीय समितिमा थप गर्ने सदस्यहरुको नामावली र आन्दोलनको स्वरुपबारे सुझाव दिन राज्य समिति इन्चार्जहरुलाई निर्देशन दिएको छ ।एकीकृत नेकपा माओवादीले राज्य समितिहरुको सुझावका आधारमा केन्द्रीय समिति बिस्तार र आन्दोलनको स्वरुप तय गर्ने भएको छ । मंगलबार विहान पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको माओवादी स्थायी समिति बैठकले केन्द्रीय समितिमा थप गर्ने सदस्यहरुको नामावली र आन्दोलनको स्वरुपबारे सुझाव दिन राज्य समिति इन्चार्जहरुलाई निर्देशन दिएको छ ।...
Full story

फोरम र थरुहटबीचको सम्बन्ध चिसियो

मधेसी जनअधिकार फोरमसँग आन्दोलनको लागि सहकार्य गर्ने घोषणा गरेको थरुहट संयुक्त संघर्ष समितिले फोरम नेतृत्वसँग सम्बन्ध चिसिदै गएको बताएको छ । समितिका संयोजक लक्ष्मण थारुले फोरम नेतृत्वले सहमति विपरित मन्तव्य दिन थालेकाले आफूहरुलाई सशंकित बनाएको बताउनु भयो । फोरम नेतृत्वले सहमति विपरित मन्तब्य दिन थालेकाले हामीलाई सशंकित बनाएको उहाँको भनाइ छ । ...
Full story

गणतन्त्र र राजतन्त्रबीच द्वन्द्व चर्काउने काम देउवा

image
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले देशमा अझै पनि गणतन्त्र र राजतन्त्रबीच द्वन्द्व चर्काउने काम भइरहेको बताउनुभएको छ । उहाँले देश गणतन्त्र र संघियतामा गइसकेका बेला फेरि राजतन्त्रको विषयलाई लिएर बन्द हडताल गर्ने पार्टीलाई जनताले तह लगाउनु पर्ने बताउनुभयो ।...
Full story

गिनिज बुकमा नाम लेखाउन होचा खगेन्द्र बेलायत प्रस्थान

image
विश्व कै सबैभन्दा होचा खगेन्द्र थापा मगर गिनिज बुक अफ दी वर्ल्डमा आफनो नाउँ लेखाउन आइतवार बेलायत प्रस्थान गर्नुभएको छ । बाग्लुङ्ग स्थायी घर भएका१८ वषिर्य २० इन्च मात्र उचाईका हुनुहुन्छ । खगेन्द्र थापा मगर प्रतिष्ठानले आइतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि खगेन्द्रको सम्मानमा बिदाई कार्यक्रम समेत गरेको छ । ...
Full story

केन्द्रीय समितिको विस्तार गर्ने जिम्मा अध्यक्षलाई

image
माओवादी पोलिटब्युरो र केन्द्रीय समितिको विस्तारमा सहमति नभएपछि त्यसको टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहालले लिनु भएको छ । केन्द्रीय समिति एक सय ७५ र पोलिटब्युरो ६० को वरिपरि र स्थायी समिति करिब २० जना बनाउन बसेको बैठकले दुइ दिनसम्म पनि निर्क्याल गर्न नसकेपछि दाहाललाई टुंगो लगाउने जिम्मा दिइएको हो । थप्ने ३७ जना केन्द्रीय सदस्यका लागि दुइ सयभन्दा बढीको नाम प्रस्ताव गरिएको छ ।...
Full story

राप्रपाको बन्दले उपत्यकाको जनजीवन प्रभावित

image
संवैधानिक राजतन्त्र, संघीयता र धर्मनिरपेक्ष राज्य बारे जनमत संग्रह गर्नु पर्ने माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज काठमाडौं उपत्यका बन्दको आहृवान गरेको छ । बन्दका क्रममा राप्रपा नेपालका ५ सय कार्यकर्ता पक्राउ परेका छन । उपत्यकाका बिभिन्न स्थानबाट प्रहरीले आफना दुइ सय कार्यकर्ता पक्राउ गरेको राप्रपा नेपालका प्रचार प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो । ...
Full story

शहिद स्मारक फुटबलमा नेपाल पुलिस क्लब विजयी

image
नेपाल पुलिस क्लबले शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा पुलीसले ब्याइज युनियनलाई तीन-शुन्य गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । ...
Full story

बहालवाला न्यायाधीशमाथि छानबिन गरिने

image
न्यायपरिषदले भ्रष्टाचार र खराब आचरणको आरोप लागेका ७० जना वहालवाला न्यायाधीशमाथि छानबिन बढाएको छ । छानबिनको दायरमा रहेका न्यायाधीश पुनरावेदन र जिल्ला अदालतका हुन । उनीहरु विरुद्ध परेका उजुरीका आधारमा अनुसन्धान शुरु गरिएको परिषदले जनाएको छ । न्यायाधीशमाथिका उजुरी सुन्ने, छानबिन गर्ने र कारवाही प्रक्रिया अघि बढाउने अधिकारप्राप्त निकाय न्यायपरिषदले ती न्यायाधीशमाथि छानबिन गर्नेछ । ...
Full story

प्रधानमन्त्रीसँग स्पष्टीकरण लिइने

image
व्यवस्थापिका संसद अन्तगतको राज्यव्यबस्था समितिले सरकारका काम कारबाही र संबैधानिक निकायका रिक्त पदाधिकारी नियुक्त हुन नसकेको लगायतका बिषयमा प्रधानमन्त्रीसँग आइतबार स्पष्टिकरण लिने भएको छ । त्यसका लागि समितिको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाललाई बोलाइएको समिति सभापति रामनाथ ढकालले जानकारी दिनुभयो । ...
Full story

प्रधानमन्त्री र कांग्रेस सभापतिबीच संविधानसभाको म्याद नथप्ने सहमति

image
एकीकृत नेकपा माओवादीले संविधानसभाको म्याद थप गर्नु पर्ने प्रस्ताव अगाडि सारिरहेको बेला प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाबीच संविधान सभाको म्याद नथप्ने सहमति भएको छ । कोइराला निवास महाराजगञ्जमा आइतवार भएको भेटवार्तामा तोकिएकै समयमा संविधान जारि गर्नु पर्ने भन्दै उहाँहरुले संविधानसभाको म्याद कुनै पनि हालतमा नथप्ने सहमति गर्नुभएको छ ।...
Full story

सरकार ढाल्न खोजिए प्रतिकार गर्ने

image
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तीन ठूला दलका शिर्ष नेताहरु उच्चस्तरीय राजनीतिक संयन्त्र मार्फत सरकार ढाल्ने खेलमा लागे मधेसवादी दलले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने चेतावनी दिनुभएको छ । राजधानीमा शनिबार आयोजित साक्षत्कार कार्यक्रममा मेधसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारले संयन्त्र राजनीतिक सहमति, शान्ति र संविधानका निम्ति सहजकर्ताका रुपमा क्रियाशिल नभई सरकार ढाल्ने खेलमा लागेकाले मधेसवादी दल पनि हस्तक्षेपकारी भूमिकाका लागि तयारीमा रहेको बताउनुभयो...
Full story

माओवादीभित्र नाताबादको चर्को बिरोध

image
केन्द्रीय कमिटी, पोलिटव्युरो र स्थायी समिति सदस्यहरुको चयनमा विवाद भएपछि माओवादी केन्द्रीय समिति बैठक स्थगित भएको छ । राष्टिय कार्यकर्ता प्रशिक्षण भेलाबाटै केन्द्रीय समिति बिस्तार गरिने भनिए पनि विवादकै कारण हुन सकेको थिएन । शनिवारदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले आफ्नै भाइ नारायण दाहाललाई पोलिटव्युरो सदस्य बनाउने प्रस्ताव राख्नुभएको स्रोतले जनाएको छ । ...
Full story

एनडिएफ डेनमार्कको अध्यक्षमा घनश्याम

image
नेकपा एमालेसँग आबद्ध डेनमार्कस्थित नेपालीहरुको पहिलो सम्मेलन डेनमार्कको राजधानी कोपेनहागेनमा सम्पन्न भएको छ । नेपाल लोकतान्त्रिक मच्न डेनमार्कको प्रथम सम्मेलनले घनश्याम गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुशील घिमिरे, महासचिवमा मिलन सुवेदी, सचिवमा जयलाल पौडेल र कोषाध्यक्षमा रमेश श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कृष्ण गिरी, राम कँडेल, यज्ञ सापकोटा, खेम शिवाकोटी, शिव चापागाइ र मधु कोइराला चयन भएको एनडिएफ डेनमार्कले जनाएको छ ।...
Full story

एमालेबाटै प्रधानमन्त्रीको राजिनामा माग

image
प्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको सरकारले समयमा संविधान निर्माण गर्न, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन र बृहत् राष्ट्रिय एकता कायम गर्न असफल भएकाले तुरुन्त राजीनामा दिएर सहमतिको बाटो खोलिदिन एमाले केन्द्रीय नेताहरूले माग गरेका छन्। पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेताहरूले नेपालको नेतृत्वमा अझै पनि सरकार कायम राख्नुलाई समय बर्बाद गर्नु मात्र भएको टिप्पणी गरेका छन्।...
Full story

सशस्त्रको गाडीमा माओवादी अवरोध

image
सशस्त्र प्रहरीको तालिमका लागि बन्दोबस्तीका सामा लिएर आएको ट्रकलाई माओवादीले भारतबाट हतियार भित्र्याउन लागिएको आरोप लगाउँदै धादिङको नौबिसेमा रोक्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको छ । शनिवार रातीदेखिनै माओवादी कार्यकर्ताहरुले नौबिसेमा सशस्त्र प्रहरीको ट्रक रोकेर राखेका थिए । शनिवार विहान नागढुंगामा गाडी रोक्ने प्रयास गरेपछि प्रहरीले लाठी प्रहार गरेको थियो । ...
Full story

६० औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइदै

image
६० औं प्रजातन्त्र दिवस आज देशभर विविध कार्यक्रम गरी मनाईदैछ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप १०४ वर्षे लामो निरङ्कुश जहानीया राणाशासन अन्त्य भएको स्मृतिमा हरेक वर्ष फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिएको छ । दिवसको अबसरमा सैनिकमन्च टुँडिखेलमा आज विहान बिशेष कार्यक्रम आयोजना गरिएको छ ।प्रजातन्त्र दिवसको अबसरमा सन्देश दिँदै राष्ट्रपति डा. रामबरण यादवले सबै ज्ञात अज्ञात सहिदप्रति सम्मान गर्दै श्रद्धान्जली अर्पण गर्नुभएको छ ।...
Full story

कांग्रेसले हतियार बोके माओवादी सिद्धिने

image
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले माआवादीलाई दरबारियाले जन्माएको, दिल्लीले हुर्काएको र कांग्रेसले फैलाएको आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा उनले जंगलमा रहेको माओवादीलाई कांग्रेसले दधिची बनेर सत्तामा पुर्‍याएको समेत दाबी गरे ।संविधान बनेपछि मात्र शिविरका लडाकुको समायोजन गर्ने माओवादी भनाइले मुलुक फेरि द्वन्द्वमा जाने खतरा रहेको उनले औंल्याए । ...
Full story

खेलाडीको लागि यसो गरे कसो होला

image
बंगलादेशको ढाकामा हालै सम्पन्न दक्षिण एशियाली खेलकुदको १२ औं संस्करणमा नेपाली खेलाडीहरुले देशको इज्जत राखिदिए । सातौ दिनसम्म निराशाजनक रहेको १२ औं सागमा अन्तिम समयमा आएर नेपाल आमाका छोरा छोरीले एकपटक फेरि नेपाल र नेपालीको सान राख्न सफल भए । देश सबैतिर लथालिंग र भताभुंग भएको बेला नेपाली खेलाडीहरुको मनोबल उच्च रहने कुरै थिएन । एकातिर खेलका नाममा मन्त्री र पदाधिकारीहरुले आफन्तलाई सरकारी भत्तामा बंगलादेश लगेका थिए भनें अर्कोतिर खेलाडीहरुलाई कुनै व्यवस्था थिएन ...
Full story

भारत भ्रमणपछि राष्ट्रपति फिर्ता

image
भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति डा. रामबरण यादव विहीबार अपरान्ह स्वदेश र्फकनुभएको छ ।राष्ट्रपति यादवलाई स्वागतका गर्नका लागि उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नु भएको थियो । विमानस्थलमा सञ्चारकर्मीहरुसंग बोल्दै राष्ट्रपति यादवले भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने प्रतिक्रिया दिनुभयो ।...
Full story

सेना जातीय राज्यको विरोधमा उभियो

image
नेपाली सेनाले जातिय आधारमा संघीयतामा नजान संविधानसभाका सदस्यहरुलाई सुझाव दिएको छ । नेपाली सेनाको हेडक्वार्टर अवलोकन गर्न गएको संसदको राज्य व्यवस्था समितिका सदस्यहरुलाई सेनाको बारेमा ब्रिफिङ गर्ने त्रmममा ्रधान सेनापति छत्रमान सिंह गुरुङले जातिय आधारमा संघीयतामा नजान सुझाव दिनुभएको बताइएको छ ।...
Full story

आफ्नै कार्यकर्ताबाट प्रकाशमान कुटिए

image
आन्तरिक विवाद मिलाउन नसकेको भन्दै पार्टी कार्यालयको मूल गेटमा बसेका कार्यकर्ताहरुले कांग्रेस उपसभापति प्रकाशमान सिंहलाई पार्टी कार्यालयभित्र प्रवेश गर्न रोक्न खोज्ने क्रममा झडप भएको छ । पार्टीको आन्तरिक विवाद समाधान समितिका संयोजक रहेका सिंहलाई ओखलढुङ्गा र संखुवासभाका असन्तुष्ट कार्यर्ताहरुले रोक्न खोज्दा सिंहले कार्यकर्ताहरुलाई धकेलेपछि तनाव उत्पन्न भएको हो ।ओखलढुङ्गाका असन्तुष्ट कांग्रेस कार्याकर्ताहरुले उहाँलाई केन्द्रीय समितिको बैठकका लागि सानेपास्थित पार्टी मुख्यालय प्रवेश गर्ने क्रममा रोकेपछि सिंहले धकेलेपछि कार्यकर्ताहरु सिंहमाथि जाईलागेका थिए ।...
Full story

संविधान बनाउन घण्टी जुलुश

image
संविधान बनाउन सय दिन बाँकी रहेको प्रति खबरदारी गर्दै पोखरामा नागरिक समाजका अगुवाहरुले बुधबार घण्टी जुलुश प्रदर्शन गरेका छन् । शान्तिका लागि नागरिक समाज सञ्जालको आयोजनामा तोकिएको अवधिमा संविधान निर्माणका लागि खबरदारी गर्दै घण्टी बजाएर बजार परिक्रमा गरिएको हो । ...
Full story

राष्ट्रपति यादव तीर्थाटनमा

image
राष्ट्रपति रामवरण यादवसँग भारतीय समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंह यादवले बुधबार भेटवार्ता गर्नुभएको छ । भेटपछि नेपाली पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले समान संस्कृति र परापूर्वकालदेखिको सुमधुर सम्बन्ध रहेको नेपालमा दिगो शान्ति, स्थिरतासहितको सुदृढ लोकतन्त्र र समृद्धि कायम होस भन्ने पक्षमा आफूहरु रहेको बताउनुभयो ।...
Full story

पत्रकार हत्या र धम्की प्रति राष्ट्र संघको चिन्ता

image
संयुक्त राष्ट्र संघले नेपालका सञ्चार उद्यमी जमिम शाहको हत्या र सञ्चार संथाहरुमा आईरहेको धम्की प्रति चिन्ता प्रकट गर्दै त्यस्ता ब्यक्तिलाई कानुनको कठघरमा उभ्याउन माग गरेको छ । राष्ट्र संघको सञ्चार हेर्न अङ्ग युनेस्ककोका प्रमुख इरिना बोकोभले बुधबार एक विज्ञप्ति प्रकाशित गरि त्यस्तो माग गर्नु भएको हो ।...
Full story

गर्भनर नियुक्ति अझै टुङ्गो लागेन

image
सरकारले नेपाली सेनाका सहायक रथी कुमार बुढाथोकीलाई रथीमा बढुवा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले बढुवाको निर्णय गरेको हो । बैठकले प्रधान सेनापति छत्रमान सिंह गुरुङ्गको आगामी अक्टोबर ४ देखी ८ तारिख सम्मको वेलायत भ्रमणलाई पनि अनुमोदन गरेको छ ।...
Full story

द्धन्द पिडीतहरुद्धारा प्रशासनमा धर्ना

image
रुपन्देहीका द्धन्द पिडीतहरुले आज जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा धर्ना दिएका छन् । प्रशासन अगाडी शान्तिपूर्ण धर्नामा सहभागी हुन जिल्लाका कुना कुनाबाट द्धन्द पिडीतहरु आएका थिए । धर्ना बिहान ११ बजे देखी ३ बजे सम्म भएको थियो । सशस्त्र द्वन्दका समयमा द्वन्दरत पक्षबाट बेपत्ता, हत्या, यातना, विस्थापित, सम्पत्ति क्षती गर्राई मानव अधिकारको गम्भिर उलंघन गर्ने दोषीलाई जवाफदेही बनाई न्यायको कठघरामा उभ्याई पिडीतलाई क्षतिपूर्ती दिने भनि विस्तृत शान्ति सम्झौतामा भए अनुरुपको काम नभएको भन्दै चरणबद्ध आन्दोलनको पहीलो दिन धर्ना कार्यक्रम गरेको न्यायका लागि द्वन्द पिडीत समाज नेपाल, रुपन्देहीका अध्यक्ष्म आत्माराम पन्तले बताउनु भयो...
Full story

भारतमा नेपाली राष्ट्रपतिको भव्य स्वागत

image
भारतले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवलाई नयाँ दिल्लीमा भव्य स्वागत गरेको छ । भारतीय समकक्षी प्रतिभा पाटिलको मैत्रीपूर्ण निमन्त्रणमा सोमवार चार दिने भ्रमणका क्रममा नयाँ दिल्ली पुग्नुभएका नेपालका राष्ट्रपतिलाई भारतले विशेष महत्व दिएर स्वागत गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । यसअघि राष्ट्र प्रमुखका रुपमा नेपालका राजाहरुलाई स्वागत गर्दै आएको भारतले पूर्व राजाहरुलाई भन्दा पनि बढि महत्व दिएर राष्ट्रपति यादवको सम्मान गरेको छ ।...
Full story

बेलायत जान खोज्ने विद्यार्थीको पैसा फस्यो

image
बेलायत सरकारले नेपाली विद्यार्थीले अवैध विश्वविद्यालय र कलेजमा पठाएको पैसा फिर्ताको पहल गर्न नसक्ने जनाएको छ । भिसा लेटर लिएका र त्यसका लागि आवेदन गरेका करिब ५ हजार विद्यार्थीको पौने २ अर्ब फिर्ता हुने/नहुने अनिश्चित भएको बेला युके बोर्डर एजेन्सीबाट नेपाल आएका दुई अधिकारीले यस्तो प्रतिक्रिया दिएका हुन् ।...
Full story

जमिमका हत्याराको पहिचान भयो

image
जमिम शाहको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका सई प्रकाश क्षेत्री नेपालस्थित अमेरिकी दुतावासमा नेपाल प्रहरीको तर्फबाट समन्वय अधिकृत(लियाजो अफिसर)को रुपमा कार्यरत रहेको खुलेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गर्नु अगाडिसम्म उनी दुतावासको सुरक्षा समन्वयकर्ताको रुपमा सक्रिय थिए। प्रहरी स्रोतका अनुसार महानिरीक्षकको सचिवालयले उनलाई २ वर्षदेखि दुतावासमा खटाएको थियो।...
Full story

एनआरएनलाई परिचयपत्र वितरण सुरु

image
सरकारले गैरआवासीय नेपाली (एनआरएन)लाई परिचय पत्र आजदेखि वितरण गर्न सुरु गरेको छ ।उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा एनआरएनका अध्यक्ष देवमान हिराचनलाई परिचयपत्र दिँदै परिचयपत्र वितरणको औपचारिक सुरुवात गर्नुभएको हो ।सो अवसरमा मन्त्री कोइरालाले विदेशमा रहेका नेपालीले नेपालको आर्थिक विकासमा अझ योगदान गर्ने अपेक्षा गर्दै एनआरएनको सुविधाको लागि सरकारले जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।...
Full story

सरकार हतियार भित्र्याउने दाउमा

image
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले सरकार शान्ति स्थापना गर्नुभन्दा द्वन्द्व चर्काएर कमिसनमा हतियार भित्राउने खेलमा लागेको दावी गर्नुभएको छ । नेपाली सेना र माओवादी जनसेनालाई समायोजन गरेर राष्ट्रिय सेना नबनाएसम्म देशमा स्थायी शान्ति नहुने उहाँको धारणा छ ।...
Full story

राष्ट्रपति यादवको पहिलो विदेश भ्रमण

image
राष्ट्रपति रामवरण यादव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिको हैसियतमा सोमवारदेखि चार दिन लामो भारत भ्रमणमा निस्कनुभएको छ । नेपालका प्रथम राष्ट्रपति यादवको यो प्रथम विदेश भ्रमण हो । भारतीय राष्ट्रपति प्रतिभा पाटिलको मैत्रीपूर्ण निमन्त्रणा स्वीकार गर्दै राष्ट्रपति यादव सद्भावना भ्रमणका क्रममा भारत जानु भएको हो । राष्ट्रपति यादव विहान सवा ११ बजे नेपाल बायु सेवा निगमको विशेष विमानबाट दिल्ली प्रस्थान गर्नुभएको थियो ।...
Full story

जमिमको हत्यामा प्रहरी पनि संलग्न

image
सञ्चार उद्यमी जमिम शाहको हत्यामा संलग्न सबैको पहिचान गरिसकेको जिकिर गर्ने प्रहरीले आज पत्रकार सम्मेलन गरी आरोपीहरुको तस्बिर सार्वजनिक गर्दैछ। हत्याको अनुसन्धानको क्रममा एक प्रहरीसमेत पक्राउ परेका छन्। प्रहरीले सई प्रकाश क्षेत्रीलाई अभियुक्तहरुसँग सम्बन्ध रहेको देखिएको भन्दै अनुसन्धानका लागि पक्राउ गरी हिरासतमा राखेको छ। पक्राउ क्षेत्री महानगरीय प्रहरी आयुक्त कार्यालयको मातहतमा खटिएका थिए। ...
Full story

लेखा समितिद्वारा परराष्ट्रमन्त्रीसँग सोधपुछ

image
मेसीनले पढन सक्ने पासपोर्ट छपाईमा भइरहेको ढिलाइबारे र्सार्बजनिक लेखा समितिले परराष्ट्रमन्त्री र परराष्ट्र सचिबसँग आज सोधपुछ गरेको छ । सिंहदरबारमा आज बसेको बैठकमा परराष्ट्रमन्त्री सुजाता कोइराला र परराष्ट्र सचिव मदन भट्टर्राईसँग सोधपुछ गरिएको हो । समयमै पासपोर्ट जारी हुन नसके उत्पन्न हुने जटिलताबारे कानुनमन्त्री प्रेमबहादुर सिंहसँग पनि लेखा समितिले सोधपुछ गरेको थियो ।...
Full story

मापदण्ड पुगेका लडाकुहरुलाई सुरक्षा निकायमा राख्न सकिने देउवाको भनाई

image
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मापदण्ड पुगेका माओवादी लडाकुहरुलाई सुरक्षा निकायमा राख्न सकिने बताउनु भएको छ । उहाँले दलहरुबीच मापदण्ड पुगेका लडाकुलाई सुरक्षा निकाय अर्न्तर्गतका सेना, जनपद, सशस्त्र र अन्य कुनै सुरक्षा निकाय स्थापना गरी राख्न सकिने सहमति भएको जनाउनु भएको हो ।...
Full story

आज ग्याल्बो ल्होसार

image
नेपालको उच्च पहाडी भेग र हिमालमा बस्ने शेर्पा समुदायले ग्याल्बो ल्होसार पर्वलाई नयाँ वर्षो रुपमा आज विषेश हर्षोल्लासका साथ मनाउँदै छन । ल्होसार पर्वका अवसरमा सरकारले आज र्सार्वजनिक बिदा समेत दिएको छ । शेर्पा समुदायले नयाँ वर्षा रुपमा बाघ वर्षाई स्वागत गर्दै शुभकामना आदान-प्रदान गर्दै ल्होसार पर्व मनाउने गर्छन । ...
Full story

पशुपतिनाथको वेभसाइट

image
भगवान पशुपतिनाथ सम्बन्धि जानकारीका लागि वेभसाइट सार्वजनिक गरिएको छ । संस्कृति मन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष डा. मीनेन्द्र रिजालले शुत्रवार महाशिवरात्रि पर्वकै अवसरमा वेभ साइटको लोकार्पण गर्नुभयो ।...
Full story

शिवबुटी कि गाँजा ?

image
एक रुपैयाँ मुल्य पर्ने चुरोट १० रुपैयाँमा , त्यो पनि शिवबुटीको नाममा । हो पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीमा बाबाहरुले बेच्ने गरेको चुरोटको मुल्य हो यो । पाशुपत क्षेत्रको मृगस्थलीमा महाशिवरात्री पर्व व्यसनी युवाहरुका लागि गाँजा पर्व नै भएको छ । एका तर्फ दर्शनका लागि श्रद्धालु भत्तmजनको भीड त अर्को तर्फ व्यसनी युवाहरुको जमात । ...
Full story

तय समयमै संविधान चाहियो

image
राष्टिय प्रजातन्त्र पार्टीका केिन्द्रय अध्यक्ष कमल थापाले तोकिएको समयमा संविधान निर्माण भएन भने देशलाई ठूलो खतरा हुने बताउनु भएको छ । तोकिएको समय सिमामा संविधान बनेन भने राजनैतिक र संवैधानिक रित्तmता हुने उहाँले भन्नुभयो । संविधान निर्माणका चुनौतिहरु र समय सिमा विषयक अन्तरत्रिmयामा बोल्दै उहाँले संविधान निर्माण कार्यप्रति काङग्रेस ,एमाले र माओवादीका केही नेता बिच भित्रभित्रै समय थप्ने कुरा भएको जुन राष्ट«का लागि घातक भएको आरोप लगाउनु भयो । ...
Full story

साग खेल सोचे भन्दा राम्रो

image
खेलकुद मन्त्री गणेश नेपाली यसपटकको साग खेल सोचे भन्दा राम्रो भएको वताउनुभएको छ । उहाले नेपाली खेलाडीहरुका लागी सरकारले आजिवन भक्ताको वारेमा गम्भिर भएर सोच्ने बताउनुभएको छ । विहीवार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री नेपालीले सरकारले गोल्डमेडल जित्ने खेलाडीहरुलाई आजिवन भक्ताको व्यवस्थाका लागी नयाँ कार्यनीति ल्याउन पहल गर्ने बताउनुभयो । ...
Full story

पशुपतिमा दर्शन सहज

image
आज हिन्दु धर्माबलम्बीहरुको महान पर्व महाशिवरात्री । हिन्दुका आराध्यदेव भगवान पशुपतिनाथको आज भव्य पुजा अर्चना हुँदैछ । पशुपतिनाथ मन्दिर लगायत देश भरका शिवालयमा भक्तजनको भीड लागेको छ । हिन्दु धर्माबलम्बीहरु आज व्रत बसेर भगवान शिवको आराधना गर्ने गर्दछन् । शिवलाई प्रसन्न गर्नका लागि आजको दिनलाई विशेष महत्का साथ शिवलिंगको पुजा गर्ने चलन छ । राजधानी काठमाडौंमा रहेको पशुपतिनाथ मन्दिरमा अबेर राति देखि नै भक्तजन दर्शनका लागि पंक्तिमा बसेका थिए । महाशिवरात्रीका अवसरमा पशुपति मन्दिरमा आउने दर्शनार्थीलाई सजिलो बनाउन पहिलोपटक चारै ढोका खोलिएको छ । ...
Full story

मालपोत प्रमुख मुक्त

image
चार दिनअघि अपहरणमा परेका महोत्तरी मालपोत कार्यालयका प्रमुख लालदेव यादवलाई प्रहरीले अपहरण मुक्त गर्राई शुक्रबार बिहान र्सार्वजनिक गरेको छ । सोमबार साँझ अपहरणमा परेका मालपोत प्रमुख यादवलाई बिहीबार साँझ धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाबाट अपहरण मुक्त गर्राई शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्राई र्सार्वजनिक गरिएको छ । मुखियापट्टी मुसहरनिया भारतीय सिमा नजिक पर्दछ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक संजय राज शर्माले बिहीबार साँझ ९ बजे उनलाई अपहरण मुक्त गराउन सफल भएको जानकारी दिनुभयो । ...
Full story

सेना दिवस मनाइयो

image
विभिन्न कार्यक्रमको आयोजना गरि शुक्रवार मुलुकभर सेना दिवश भव्यताका साथ मनाईएको छ । प्रत्येक वर्षमहाशिवरात्रीका दिन नेपाली सेनाको स्थापना दिवश मनाउने प्रचलन छ । सेना दिवसको अवशरमा शुक्रवार काठमाडौको सैनिक मञ्च टुडीखेलमा विभिन्न कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा नेपाली सेनाको कलाकौशलता तथा सक्षमता प्रदर्शनलाई राष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्च अधिकारीहरुले अवलोकन गरेका थिए । कार्यक्रममा राष्ट्रपति डाक्टर रामबरण यादव, प्रधानमन्त्री माधबकुमार नेपाल, मन्त्रीहरु, संविधान सभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनैतिक नियोगका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । ...
Full story

नाबालकसहित एकै परिवारका चार जनाको हत्या

पश्चिम पाल्पाको ठिमुरे गाविस-१ बुढीचौरमा एकै घरका ४ जनाको अज्ञात समूहले खुकुरी हानी हत्या गरेको छ । २७ वर्षीया तुलसा घर्ती र उनका ६ वर्षीया छोरी सन्ध्या र ५ वर्षीय छोरा सञ्जीवको हत्या भएको छ । छोरी भेटन आएकी तुलसाकी आमा ५५ वर्षीया यम कुमारी बगालेको समेत हत्या भएको छ । गाउँलेले हत्या मंगलबार राति भएको बताएका छन । प्रहरीले भने २७ गते बेलुकामात्रै खबर पाएको थियो । प्रहरी नायब उपरीक्षक पवनकुमार गिरीको नेतृत्वमा टोली बुधबार राति घटनास्थल पुगेको थियो । छिमेकी पदमा बगालेका अनुसार मंगलबार राति झरी परेकोले उनीहरु ७ बजे नै खाना खाएर सुतेका थिए । अर्का दिन दिउँसो अबेरसम्म घरका मान्छे देखिएन । ...
Full story

काँग्रेस महाधिवेशनको टुङ्गो आज लाग्ने

image
नेपाली काँग्रेसको १२ औं महाधिवेशनको टुङ्गो आज लाग्ने भएको छ । ललितपुरको सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा आज बस्ने केन्द्रीय कार्य समितिको बैठकले महाधिवेशनको टुङ्गो लगाउनेछ । बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले पार्टीको बाह्रौँ महाधिवेसन आगामी जेठ २८ गते गर्ने प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको थियो । ...
Full story

कोइराला अस्वस्थ्य पछि संयन्त्र बैठक स्थगित

image
हरेक साताको विहीबार बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ । बैठक बस्न नसक्नुको कारण नेताहरुले खुलाएका छैनन । ...
Full story

संविधानअघि नै माओवादी लडाकुको समायोजन गर्नुपर्ने गच्छदारको भनाइ

image
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नयाँ संविधानअघि नै माओवादी लडाकुको समायोजन तथा पुनर्स्थापन गरिनु पर्ने बताउनु भएको छ । संविधान घोषणा हुनुभन्दा कम्तीमा १५ दिन अगावै लडाकु पुनर्स्थापन कार्य पूरा गर्नु पर्ने २२ दलीय गठबन्धनको धारणा रहेको उहाँले बताउनुभयो । काँग्रेस, एमाले र एकीकृत माओवादी इमान्दार भएर लागेमा तोकिएको समयभित्रै संविधान बन्ने कुरामा आफू ढुक्क रहेको गच्छदारको भनाई छ । उहाँले संविधानसभाका सबै समितिले प्रतिवेदन बुझाईसकेको उल्लेख गदै संविधान मस्यौदा गर्नमात्र बाँकी रहेको भन्नुभयो । ...
Full story

नेपाली टोली फर्के

image
बंगलादेशमा सम्पन्न ११ औं दक्षिण एसियाली खेलकुदमा भाग लिन गएको नेपाली टोली बुधबार स्वदेश फर्किएको छ । १२ दिनसम्म सञ्चालन भएको दक्षिण एसियाली खेलकुदको महाकुम्भमा भाग लिन गएका खेलाडी, प्रशिक्षक, पदाधिकारी र पत्रकारहररुसहितको टोली स्वदेश फर्किएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । ...
Full story

संविधानको प्रारम्भिक खाका तयार गर्ने उपसमितिलाई ४ दिनको समयावधी थप

संविधानसभा अर्न्तर्गतको संवैधानिक समितिले नयाँ संविधानको प्रारम्भिक खाका तयार गर्न आफ्नो मातहतको उपसमितिलाई ४ दिनको समयावधी थप गरेको छ । संवैधानिक समितिको बुधबार विहान बसेको बैठकले फागुन २ गते बस्ने समितिको अर्को बैठकमा आफ्नो खाका पेश गर्न उपसमितिलाई निर्देशन दिएको छ । संवैधानिक समितिको यसअघिको बैठकले २ दिन भित्र खाका तयार पार्न एकीकृत नेकपा माओवादीका सभासद वर्षान पुन अनन्तको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । ...
Full story

मौसममा आजदेखि सुधार आउने

image
पश्चिमी वायुको प्रभावका कारण बदली भएको देशभरको मौसममा विहीबारदेखि पूरै सुधार आउने जल तथा मौसम विज्ञान विभाग मौसम पूवानुमान महाशाखाले जनाएको छ । बुधबारदेखि मौसममा केही सुधार आएपनि दिनभर आंशिक बादल लाग्ने र काठमाडौं उपत्यका, पूर्वी र मध्यक्षेत्रमा दिउँसो हल्का वषा हुने महाशाखाको अनुमान छ । ...
Full story

जेठ १४ मा संविधान घोषणा नहुने निश्चितप्रायः

image
निर्धारित कार्यत्ाालिका भित्र संविधानको मस्यौदा तयार गर्न नसक्ने अवस्था देखिएपछि संविधानको घोषणा मिति पर र्सर्ने लगभग निश्चितप्रायः भएको छ । कार्यतालिका परिवर्तनका लागि संविधानसभाको संवैधानिक समितिले प्रारम्भिक खाका तयार गदैछ । संविधानसभाको कार्यतालिका अनुसार गत शुक्रबारदेखि संविधानको पहिलो मस्यौदा लेख्न शुरु गरिनु पथ्र्यो । तर संविधान लेखनका लागि आवश्यक एघार मध्ये दश प्रतिवेदनहरु नै संवैधानिक समितिमा पुग्न सकेका छैनन । प्राकृतिक श्रोत, आर्थिक अधिकार तथा राजश्व बाँडफाँड समिति बाहेक अरु कुनै प्रतिवेदन समितिमा पुगेकै छैन । ...
Full story

हत्यारालाई कारबाही तथा शान्ति सुरक्षाको माग गर्दै पत्रकारहरुद्वारा विरोध प्रदर्शन

image
स्पेसटाइम नेर्टवर्कका अध्यक्ष जमीम शाहका हत्यारालाई कारबाही तथा शान्ति सुरक्षाको माग गर्दै नेपाल पत्रकार महासंघको अगुवाईमा विभिन्न सञ्चार संस्थाहरुले मंगलबार राजधानीमा विरोध प्रदर्शन गरेका छन । भृकुटीमण्डपबाट सुरु भएको विरोध प्रदर्शन बसन्तपुर पुगेर सम्पन्न भएको छ । प्रदशनमा श्रमजिवि पत्रकारहरुको सहभागिता रहेको थियो । स्पेसटाइम नेर्टवर्कका अध्यक्ष तथा च्यानल नेपाल टेलिभिजनका सञ्चालक जमीम शाहको हतियारधारी समूहले लाजिम्पाटमा गोली हानी आइतबार हत्या गरेपछि पत्रकारहरु आन्दोलित भएका हुन । ...
Full story

शरणार्थी फिर्ता लैजान भुटानलाई प्रधानमन्त्रीको आग्रह

image
प्रधानमन्त्री माधवकुमार नेपालले भुटानी शरणार्थीहरुको स्वदेश फिर्तीका लागि तत्काल पहल गर्न भुटान सरकारसँग आग्रह गर्नु भएको छ । आफ्नै निवास बालुवाटारमा बुधबार विहान भुटानका अर्थमन्त्री लिम्पो खान्दु वाङचुकसँगको भेटमा प्रधानमन्त्री नेपालले तत्काल ससम्मान स्वदेश र्फकने वातावरण बनाउन आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार तेस्रो देशमा पुनर्स्थापना गर्दा पनि शरणार्थी समस्या समाधान नभएको भन्दै प्रधानमन्त्री नेपालले भुटान सरकारको ध्यानाकर्षा गराउनुभएको थियो । ...
Full story

उपत्यकामा चिसो बढयो

image
काठमाडौं उपत्यकालगायत मुलुकभर मंगलबार विहानैदेखि पानी परेको छ । पानी परेपछि मौसम चिसो भएको छ । मौसमविदहरुका अनुसार पानी पर्ने क्रम तीन दिनसम्म जारी रहने छ । सामान्यतः माघ महिनामा पानी पर्ने गरेपनि विगत दस वर्षदेखि नियमित हिउँदे वर्षा नभएको अवस्थामा मंगलबार पानी पर्नुलाई सुखद मान्नु पर्ने मौसमविदहरुको भनाई छ । ...
Full story

व्यवस्थापिका संसदको छैटौं अधिवेशन अन्त्य

image
व्यवस्थापिका संसदको छैटौं अधिवेशन सोमबारबाट अन्त्य भएको छ । बैठक अन्त्यको लागि सरकारले राष्ट्रपति समक्ष गरेको आग्रह अनुसार राष्ट्रपतिबाट प्राप्त स्थगन पत्र सदनमा पढेर सुनाइएको थियो । मन्त्रिपरिषद बैठकको निर्णयअनुसार सरकारले राष्ट्रपतिलाई सोमबार नै पत्र पर्ठाई स्थगनको आग्रह गरेको थियो । ...
Full story

तोकिएको समयमा प्रगति बिवरण बुझाउन मन्त्रालयहरुलाई निर्देशन

व्यबस्थापिका संसद अर्न्तर्गतको र्सार्वजनिक लेखा समितिले बिभिन्न समयमा दिइएको निर्देशन र निर्ण्र्ाातोकिएको समयमा कार्यसम्पादन गरी प्रत्येक महिना प्रगति बिवरण बुझाउन मन्त्रालयहरुलाई दोहोराएर निर्देशन दिएको छ । र्सार्वजनिक लेखा समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा सरकारको बढदो बेरुजुका विषयमा छलफल गरी त्यस्तो निर्देशन दिइएको समितिका सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । ...
Full story

हत्याबारे प्रहरीमा पनि छानविन हुनु पर्ने परराष्ट्रमन्त्री कोइरालाको भनाइ

image
उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले टेलिभिजन सञ्चालक जमिम शाहको हत्याबारे प्रहरीमा पनि छानविन हुनु पर्ने बताउनुभएको छ । कडा सुरक्षा घेराबीच पनि हत्यारा उम्कनुले प्रहरी प्रशासनको गतिविधीमा समेत शंका उब्जिएको उहाँले बताउनुभयो । गोली प्रहारबाट हत्या गरिएका शाहका परिवारलाई समवेदना दिन शाह निवास पानीपोखरी जानु भएकी मन्त्री कोइरालाले यस्तो आशंका व्यक्त गर्नुभएको हो ।...
Full story

पाइलटहरुले जहाज नउडाउने

image
सेवा र सुविधा वृद्धिको माग गर्दै नेपाल वायुसेवा निगमका पाइलटहरुले फागुन ४ देखि जहाज नउडाउने घोषणा गरेका छन । आन्तरिक उडान गर्न निजी क्षेत्रका अन्य वायुसेवा कम्पनीका पाइलटका तुलनामा कम सेवा सुविधा पाइरहेको निगमका पाइलटहरुको गुनासो छ ।...
Full story

सागमा राजेन्द्रले दिलाए नेपाललाई आठौं स्वर्ण

image
एथलेटिक्स खेलाडी राजेन्द्र भण्डारीले नेपाललाई आठौँ स्वर्ण दिलाएका छन । बंगलादेशमा भइरहेको साग खेलमा मंगलबार ४ हजार २ सय मिटरको म्याराथनमा भण्डारीले स्वर्णपदक जितेका हुन । ...
Full story

सागमा नेपाललाई थप स्वर्णपदक

image
बंगलादेशको ढाकामा जारी ११ औ दक्षिण एशीयाली खेलकुद प्रतियोगिता -साग) अर्न्तर्गत उसुमा नेपालले सोमबार थप एक स्वर्ण पदक हात पारेको छ । आङ्गबाबु लामाले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका हुन । यसअघि आइतबार विनिता महर्जनले उसु र सुनील लामाले कराँतेमा नेपाललाई स्वर्ण्र्ााक दिलाएका थिए । सोमबार नै भएको कराँतेको खेलमा दीपक विष्ट सेमीफाइनल प्रवेश गरेका छन । विष्टले बंगलादेशका मोहमद रहमानलाई १०-१ को फराकिलो अन्तरले हराउँदै कम्तीमा काश्य पदक पक्का गरेका छन । २५ माघ, काठमाडौं । आगामी जेठ १४ गते नयाँ संविधान जारी गर्न निर्धारित समय र्सार्नर संविधानसभाको र्याद थप गर्नऔपचारिक सुरुवात भएको छ । ...
Full story

नेपालगञ्जका मुसलमानहरुद्वारा अमेरिकी कम्पनीविरुद्ध प्रदर्शन

image
अमेरिकाको नाइक कम्पनीद्वारा उत्पादन गरिएको जुत्तामा मुस्लिम समुदायको धार्मिक आस्थामा चोट पुग्ने गरी अरबी भाषामा अल्लाहा शब्द लेखेकोमा नेपालगन्जका मुस्लमानहरुले प्रदर्शन गरेका छन । धार्मिक प्रेसर ग्रुपको आहृवानमा प्रदर्शनमा उत्रिएका मुस्लिम समुदायले अमेरिकाका राष्ट्रपति वाराक ओवामाको पुत्ला समेत जलाएका छन । विरोध प्रदर्शनको अनुगमनमा गरिरहेको राष्ट्रिय मानवअधिकार आयोगको जीप समेत आन्दोलनकारीले तोडफोड गरेका छन । ...
Full story

हत्यामा अन्तराष्ट्रिय सञ्जालको संलग्नता रहेको प्रहरीको ठहर

image
स्पेसटाइम नेर्टवर्कका अध्यक्ष जमीम शाहको हत्यामा अन्तराष्ट्रिय सञ्जालको संलग्नता रहेको प्रहरीले ठहर गरेको छ । गृह मन्त्रालयमा सोमबार बसेको सुरक्षा समितिको आकस्मिक बैठकले हत्याराहरु पेशेवर रहेको प्रारम्भिक ठहर पनि गरेको छ । प्रहरीले घटनाको तीव्र अनुसन्धान भइरहेको र अभियुक्तको नजिक पुगेको दावी गरेको छ । काठमाडौं प्रहरी प्रमुख गणेश केसीले अनुसन्धान तीब्र पारिएको र हत्याराको खोजिका लागि सबै संयन्त्र परिचालन गरिएकाले अब साँघुरो घेरा मात्र बाँकी रहेको बैठकपछि भन्नुभयो । उहाँले घटनामा अन्तराष्ट्रिय अपराधिक समुहको हात हुनसक्ने अनुमान गर्नुभयो । ...
Full story

पूर्व राजा तीर्थाटनमा, २ लाख रुपैया दान

image
पूर्वराजा ज्ञानेन्द्र शाहले पनौतीमा लगाइएको दुइ महायज्ञमा सोमबार दुइ लाख नगद दान गर्नु भएको छ । पनौतीमा लागेको मकर मेलामा स्नान गर्न आउनु भएका शाहले माइती विद्याश्रम बनाउन लगाइएको महायज्ञ तथा इन्द्रेश्वर क्याम्पसमा एमए कक्षा संचालन गर्न लगाइएको दुइ छुट्टछुट्टै महायज्ञमा एक-एक लाख नगद दान गर्नु भएको हो । ...
Full story

धर्मपुत्रीका नाममा बालबच्चाको व्यापार

नेपालबाट धर्मपुत्र धर्मपुत्रीका नाममा बालबच्चाको व्यापार हुने गरेको आरोप स्वीटजरल्याण्डका एक एनजिओकर्मीले लगाएपछि नेपालका सरोकारवालाहरुले आपत्ति जनाएका छन् । नेपालबाट बालबालिका सम्बन्धी काम गरिरहेका संस्थाहरुले धर्मपुत्र धर्मपुत्रीको कारोबार गरेर पैसा कमाएको आरोप लागेपछि शनिवार पत्रकार सम्मेलन गरि सरोकारवालाहरुले आपत्ति जनाएका हुन् । आमा बाबु भएका बालबालिकालाई गैर कानूनी रुपमा अनाथ बनाउँदै विदेश पढाएको प्रतिवेदन र्सार्वजनिक गर्ने अर्न्तदेशीय टेरेडेस होम्स नामक विदेशी सस्थाका नेपाल प्रमुख जोसेफ एललाई देश निकाला गर्न अनाथ बालबालिक संरक्षण सम्बन्धी सस्थाहरुले माग गरेका छन । ...
Full story

संविधान सभाको म्याद थपिए अमान्य

image
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान सभाको म्याद थपेर बनाइने नयाँ संविधान जनताले नस्वीकार्ने बताउनुभएको छ । संविधान सभाको म्याद थपिएर बन्ने संविधान जनताको संविधान नभई टिके संविधान हुने उहाँको दावी छ । राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको राजधानीमा शनिवार आयोजित काठमाडौं जिल्ला स्तरीय भेलालाई संबोधन गर्नुहुँदै अध्यक्ष थापाले तय समयमै संविधान बनाउनका लागि प्रमुख तीन दल गम्भीर नभएको आरोप लगाउनुभयो । ...
Full story

गृहमन्त्री भिम रावल चीन प्रस्थान

image
गृहमन्त्री भिम रावल सुरक्षा अङ्गका प्रमुखसहित ६ दिने भ्रमणका लागि शनिबार चीन प्रस्थान गर्नु भएको छ । भ्रमण टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत, नेपाल प्रहरीका महानिरीक्षक रमेशचन्द ठकुरी, अनुसन्धान विभागका प्रमुख अशोक देव भट्ट, परराष्ट्र मन्त्रालयका सहसचिब धनन्जय शाह, गृहमन्त्रालयका प्रवक्ता जयमुकुन्द खनाल लगायत सहभागि हुनुहुन्छ । ...
Full story

राष्ट्रपति कोइराला भेट

image
राजनीतिक गतिरोध हटाउने उद्देश्यले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएपछि पहिलो पटक राष्ट्रपति डाक्टर रामवरण यादवले संयन्त्रका संयोजक तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेट गर्नु भएको छ । आइतबार बिहान कोइराला निवास महाराजगञ्ज पुगी राष्ट्रपति डाक्टर यादवले सभापति कोइरालालाई भेटनु भएको हो । ...
Full story

आज उपराष्ट्रपति झाको शपथग्रहण

image
निष्क्रिय अवस्थामा रहनु भएका उपराष्ट्रपति परमानन्द झा आज राजकीय सम्मानका साथ सपथ लिनु हुने भएको छ । सपथ ग्रहण आज अपरान्ह राष्ट्रपति कार्यालयमा गरिने छ । राष्ट्रपति कार्यालयमा हुने सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री, प्रधान न्यायाधीश, संवैधानिक निकायका प्रमुखहरु तथा राजनीतिक पार्टी प्रमुखहरुको उपस्थिति रहनेछन् । निष्क्रिय अवस्थामा रहनु भएका झालाई सक्रिय बनाउन अन्तरिम संविधानमा संशोधन गरिएको थियो ।...
Full story

उपराष्ट्रपतिले मैथिली भाषामा सपथग्रहण गर्ने

image
निष्कृय उपराष्ट्रपति परमानन्द झाले मैथिली भाषामा सपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयमा शनिबार पत्र पठाउनुभएको छ । अन्तरिम संविधान सातौ संसोधन अनुसार नेपाली वाहेक मातृभाषामा सपथ ...
Full story

आहामा पुलिसले आर्मीलाई हरायो

image
पोखरामा जारी आहा गोल्डकप फुटवलको उपाधी लगातार तेस्रो पटक पनि नेपाल पुलिस क्लवनै हात पारेको छ । शनिवार भएको खेलमा पुलिसले नेपाल आर्मीलाई एक गोल ख्वाएर पराजयको स्वाद चखाएको नेपाली टिभीका संवाददाता ओम हमालले जनाएका छन् । अन्त्यन्त प्रतिस्पर्धाको खेलमा निर्धारित समयभित्र दुवै टिमले गोल गर्न नसकेपछि आधा घण्टा थपिएको थियो । थपिएको समयको २७ औं मिनेटमा नेपाल पुलिसका योगेश श्रेष्ठले गोल गरेपछि आहा गोल्डकप चुम्ने आर्मीको सपना यसपाली पनि पूरा हुन सकेन । ...
Full story

बेलायतका सेनापति सिधै पोखरा प्रस्थान

image
बेलायतका सेनाध्यक्ष डेभिड जुलियान रिचर्ड ६ दिने नेपाल भ्रमणका त्रmममा शनिबार काठमाडौ आइपुग्नु भएको छ । प्रधानसेनापति छत्रमान सिंह गुरुङ्गको निमन्त्रणामा नेपाल भ्रमणमा आउनु भएका डेभिडलाई बलाध्यक्ष रथी तोरणजंग बहादुर सिंहले त्रिभूवन अन्तराष्टि«य बिमानस्थलमा स्वागत गर्नु भएको थियो । बेलायती सेनाध्यक्ष डेभिड शनिबार नै पोखरास्थित बृटिश गोर्खा क्याम्प प्रस्थान गर्नु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।...
Full story

एकीकरणमै थापा र राणाको फरक स्वर

image
करीव ६ वर्षअघि सत्ताको विवादमा फुटेका पूर्व पन्च नेताहरु शनिवारबाट पुनः पार्टी एकीकरणमा सहमत भएका छन् । राष्टि«य प्रजातन्त्र पार्टी र राष्टि«य जनशक्ति पार्टीबीच शनिवार एकीकरणको घोषणा गरिएपछि यी दुई पार्टी एक भएका हुन् । यद्यपी पार्टीको राष्टि«य महाधिवेशन नभएसम्म दुई पार्टीको केन्द्रीय समिति भने अलग अलगनै रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । न्य पार्टीहरुको एकीकरण केन्द्रीय तहबाट हुने गरे पनि राप्रपा र जनशक्ति पार्टीको एकीकरण भनें गाउँ तहबाट गरिने भएको छ । ...
Full story

स्वास्थलाभको कामना गर्दै फर्किए नेताहरु

image
राजनीतिक समस्याको निकास खोज्न कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निवासमा पुगेका उच्चस्तरीय संयन्त्रका सदस्यहरु कोइरालाको स्वास्थ्यस्थिती बुझेर फर्किएका छन् । शनिवार विहानका लागि निर्धारित उच्चस्तरीय संयन्त्रको बैठकले माओवादीले उठाएका राजनीतिक मागहरुको बारेमा छलफल गर्ने कार्यक्रम थियो । संयन्त्रका संयोजक कांग्रेस सभापति कोइरालाको स्वास्थ्यमा समस्या देखिएकाले उहाँसँग सामान्य कुराकानी मात्र भएको र स्वास्थ्यलाभको कामना गरि फर्किएको एमाले अध्यक्ष झलनाथ खनालले बताउनुभयो । ...
Full story

जेठमा संविधान नबन्दा आकाश खस्दैन

image
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति कायम गरी निर्धारित समय भित्रै संबिधान जारी हुने बताउनु भएको छ । सहमति भएको खण्डमा ६ महिना समय थप्न समेत सकिने उहाँको भनाइ छ । भैरहवामा शुरु भएको राष्ट्रिय औधोगिक ब्यापार मेला तथा पर्यटन महोत्सब २०६६ को भैरहवामा उद्घाटन गर्दै उहाँले शान्तिप्रक्रिया ,संबिधान निमार्ण्र्ाा सेना समायोजन संगसंगै गर्नु पर्ने भन्दै त्यसका लागि जेठ १४ गतेको समय प्रयाप्त रहेको बताउनुभयो । ...
Full story

'संयन्त्र पावर सेन्टर होइन षडयन्त्र हो'

image
उपप्रधानमन्त्री एबं मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले उच्चस्तरीय संयन्त्र षडयन्त्र गर्ने अखडामात्र हो भन्दै त्यसको कुनै औचित्य नरहेको बताउनुभएको छ । सुनसरीको इनरुवामा पत्रकारहरुसग कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले संयन्त्रले सरकार ढाल्न नसक्ने बताउनुभयो । काम नपाएका नेताहरुले सरकार विरुद्ध षडयन्त्र गर्न गठन गरेको संयन्त्र पावर सेन्टर होइन भन्दै गच्छदारले सरकार ढाल्ने षडयन्त्र सफल हुन नदिने घोषणा पनि गर्नुभयो । ...
Full story

उच्चस्तरीय संयन्त्र पावर सेन्टर हो

image
एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले उच्चस्तरीय राजनीतिक संयन्त्र समग्र पावर सेन्टर भएकाले यसस“ग सरकार परिवर्तन गर्न सक्ने हैसियत रहेको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा उपाध्यक्ष वैद्यले संयन्त्रमा रहेका का्रग्रेस सभापति गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनाल मुख्य तीन दलका सर्वोच्च नेता भएकाले यसलाई समग्र पावर सेन्टर भन्नु उपयुक्त हुने धारणा राखे । ...
Full story

बेलायतको फुटबल क्लवमा नेपाली

image
नेपाली मूलका व्यवसायी बलराम चाइनराई बिहीबार बेलायती फुटबल क्लब 'पोर्टसमाउथ' को नयाँ मालिक बनेका छन् । हङकङमा व्यवसाय गरिरहेका उनले बेलायती पासपोर्ट लिएका छन् । उनले आजैबाट सो क्लवको जिम्मेवारी लिएको बेलायती पत्रिका दि टेलिग्राफले जनाएको छ । बेलायतको पहिलो श्रेणीको फुटबल क्लबको मालिक बन्ने उनी नेपाली मूलका पहिलो हुन् ।...
Full story

सागमा नेपाललाइ हालसम्म ९ काश्य मात्र

image
मनोरन्जन शर्मा, ढाका । बंगलादेशमा जारी ११ औ दक्षिण एसियाली खेलकुद प्रतियोगीता सागको सातौ दिन सम्म आईपुग्दा नैपालले ९ काश्य पदक मात्र जित्न सक०को छ । नेपालले जुडोमा ४,ब्याडमिन्टन र कपर्दीमा २। २ र सुटिंगमा एक काश्प मात्र जितेको छ । उता नेपालले आज पनि खराब प्रदर्शनलाइ निरन्तरता दिएको छ । प्रतियोगीताको सातौं दिन नेपालले आज हृयाण्डबल, स्क्वास र गल्फमा समेत कुनै पदक जित्न सकेन । हृयाण्डबलको सेमिफाइनलमा नेपालले आज पाकिस्तानसंग पराजय ब्यहोर्दै स्वर्णको दौडबाट बाहीरीएको छ । ...
Full story

बेलायतमा नेपाली राजदूतको कार्यभार शुरु

image
बेलायतका लागि नेपालका नव नियुक्त राजदुत डा सुरेशचन्द्र चालिसेले आफ्नो ओहदाको प्रमाणपत्र बेलायतका परराष्ट्र मन्त्रालयका भाइस मार्शल सिमोन मार्टिनलाई बुझाउनुभएको छ । सो अवसरमा चालिसे र मार्टिनबीच द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो । नेपाली राजदूतावासका उप नियोग प्रमुख श्री झविन्द्र प्रसाद अर्याल पनि उक्त समारोहमा उपस्थित हुनुहुन्थ्यो । अर्कोतर्फराजदुत चालिसेले बेलायतका उच्च सैनिक मानपदवी भिक्टोरिया क्रस विजेताद्वय लच्छिमान गुरुंग र तुल बहादुर पुनसंग परामर्श गर्नुभएको छ ।...
Full story

त्रिशुलीमा बस खस्दा ७ जनाको मृत्यु, १५ घाइते

image
काठमाडौंबाट तीर्थयात्री लिएर सुनसरीकेा बराह क्षेत्र जान लागेको एक यात्रुवाहक बस गए राती त्रिशुली नदीमाखस्दा सात जना तीर्थयात्रीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि १५ जना तीर्थयात्री घाइते भएकोप्रहरीले जनाएको छ । राती एक बजे मुग्लिङ नारायणगढ सडक खण्डको जलवीरे भन्ने स्थानमा बस दुर्घटनाभएको पनि प्रहरीले जनाएको छ ।...
Full story

मोटरसाइकल दुर्घटनामा नायिकाको मृत्यु

image
मोटरसाइकल दुर्घटनामा परि नेपाली चलचित्रकी एक नवनायिकाका आज विहानै मृत्यु भएको छ । काभ्रे जिल्लाको मंगलटारमा अधिकार नामक नेपाली कथानक चलचित्रको छायाँकन सकेर मोटरसाइकलमा र्फकने क्रममा दुर्घटनामा परि नायिका महिमा पोखरेलको मृत्यु भएको हो । नेपालगन्जको धम्बोजीचोक स्थायी घर भएकी महिमा पछिल्लो समयमा काठमाडौंको कालोपूलमा डेरा गरि बसेकी थिइन् । ...
Full story

बेलायती सेना प्रमुख आज नेपाल आउदै

image
प्रधानसेनापति महारथी छत्रमानसिंह गुरुङको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणको लागि बेलायतको सेनाका अध्यक्ष डेभिड जुलियन रिचार्ड आज नेपाल आउदै हुनुहुन्छ । उहाँ राति सवा १० बजे नेपाल आइपुग्ने नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।६ दिने नेपाल भ्रमणका क्रममा रिजार्डले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री माधबकुमार नेपाल, रक्षामन्त्री विद्यादेवी भण्डारी र प्रधानसेनापति छत्रमान सिंह गुरुङसँग भेटवार्ता गर्नुहुनेछ ।...
Full story

सभासदबाटै बिधवाको ज्यान जोखिममा

image
कृष्ण अधिकारी नेपालगन्ज २० माघ । बाकेका सभासद बादशाह कुर्मीको दुरव्यहारबाट पीडित बन्दै आएकी बिधवा महिला निर्मला कुर्मीले बाँकेका प्रहरी र प्रशासनका प्रमुखलाई भेटेर सभासद कुर्मी र उनका मानिसहरुबाट पटक-पटक आक्रमण भइरहेको भन्दै सुरक्षाका लागि माग गरेकी छिन । निर्मलाले आफु जोखिममा रहेकोले घरमा बस्ने बातावरण नभएको भन्दै सुरक्षित स्थानमा राखिदिन आग्रह गरेकी छिन । पिडित निर्मलाका कुराहरु सुने पछि प्रमुख जिल्ला अधिकारी बानियाले न्याय दिलाउने आश्वासने दिनु भएको छ । ...
Full story

जेठ १५ गते अब गणतन्त्र दिवस

image
नेपालको राष्ट्रिय दिवस अब जेठ १५ गते हुने भएको छ । ऐतिहासिक संविधानसभाको पहिलो बैठकमा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको दिनलाई सरकारले गणतन्त्र दिवसका रुपमा मनाउने निर्णय गरेको हो । मन्त्रिपरिषदको बुधवार साँझ अबेर सम्पन्न बैठकले जेठ १४ गतेलाई गणतन्त्र दिवसका रुपमा मनाउने निर्णय गरेको हो । २०६५ जेठ १५ गते नेपालबाट शाहबंशीय राजतन्त्रको बिधिवत अन्त्य भई गणतन्त्र स्थापनाको घोषणा गरिएको थियो । ...
Full story

अखिल अध्यक्ष रामकुमारी बेहुली बन्ने

image
अनेरास्ववियु अध्यक्ष रामकुमारी झाँक्रीको बिहेको साइत जुरेको छ । विद्यार्थी आन्दोलनकी नेत्री झाँक्रीले सरकारी जागिरे पशुपति पुरीलाई जिवनसाथी रोजेकी छिन् । रामकुमारी र पशुपतिको ६/७ वर्षदेखि चिनजान थियो । पछिल्ला केही वर्षयता उनीहरुबीच प्रेम चलेको थियो । २९ माघमा प्रज्ञाप्रतिष्ठानमा उनीहरुको बिहे हुँदैछ ।पशुपति जिल्ला विकास समिति, ललितपुरमा योजना अधिकृत छन् । उनी बढुवा हुन उपसचिबको परीक्षा दिने तयारीमा छन् ।...
Full story

एक वर्षपछि एमाले विवाद समाधान

image
पार्टी विधान र राजनीतिक प्रतिवेदनलाई लिएर आठौं बुटवल महाधिवेसनदेखि एमालेभित्र देखिएको विवादको अन्त्य ११ महिनापछि भएको छ ।पार्टीको बिधान र राजनीतिक प्रतिवेदनबारेको बिबाद मिलाउन गठित कार्यदलले बुधबारको पोलिटब्यूरो बैठकमा पेश गरेको प्रतिवेदन पारित गरेपछि ११ महिनापछि विवाद अन्त्य भएको छ ।...
Full story

फुटवलमा नेपाली चेलीले इतिहास रचे

image
मनोरन्जन शर्मा, ढाका । बंगलादेशको ढाकामा जारी एघारौ साग खेलकुदको पाचौ दिन सम्ममा नेपालले ८ काश्य पदक प्राप्त गर्न सफल भएको छ । मंगलवार पुरुष कबड्डीमा नैपालले काश्य पदक प्राप्त गरेको छ । हीला कबड्डीमा पहीलानै काश्य पदक प्राप्त गरीसकेको छ । नेपालले मंगलबार बिभिन्न एघार खेलमा प्रतिष्पर्धा गरेको थियो । खेलको सुरुवात ब्याडमिन्टनबाट गरेको नेपालले उल्लेखनिय प्रदर्शन गर्न सकेन् । ...
Full story

रक्त क्यान्सरबाट पीडित नेपाली विद्यार्थीलाई गैरआवासीय नेपालीहरुको सहयोग

image
रक्त क्यान्सरबाट पीडित एक नेेपाली विद्यार्थीलाई बेलायतमा बसोबास गर्ने गैरआवासीय नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । बेलायतमा अध्ययनरत कास्की हेम्जा गाविसका नवीन परियार रक्त क्यान्सरबाट पीडित भएपछि गैरआवासीय नेपालीहरुले सहयोग गरेका हुन । ...
Full story

क्लव मनाङ मर्स्याङ्दी आहा गोल्डकपको क्वाटर फाइनलमा

image
ए डिभिजन क्लव मनाङ मर्स्याङ्दी पोखरामा जारी आहा गोल्डकप फुटवल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । ...
Full story

संविधान नबनेसम्म यहि सरकारले निरन्तरता पाउने देउवाको भनाइ

image
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संवैधानिक प्रक्रियाबाट सरकारको परिवर्तन गर्न स्वाभाविक भएपनि वर्तमान सरकारले संविधान निर्माण नगरुञ्जेलसम्म निरन्तरता पाउने बताउनु भएको छ ।...
Full story

स्वामी रामदेव नेपाल आउनु हुने

image
भारतका योगगुरु स्वामी रामदेव आगामी चैतमा नेपाल आउने हुने भएको छ । उहाँ दुइ वर्षघि योग शिविर सञ्चालनका लागि पनि नेपाल आउनु भएको थियो । चैत १४ देखि १९ गतेसम्म काठमाडौँको टुँडिखेलमा उहाँले योगशिविर सञ्चालन गर्नु हुनेछ ।...
Full story

महालेखा परीक्षक तत्काल नियुक्त गर्न लेखाको निर्देशन

image
व्यवस्थापिका संसद अर्न्तर्गतको र्सार्बजनिक लेखा समितिले महालेखा परीक्षक तत्काल नियुक्त गर्न सरकारलाई निर्देशन दिएको छ । सरकारका मुख्य सचिव माधब घिमिरे र विभिन्न मन्त्रालयका सचिवहरुसँग मंगलबार छलफल गरेपछि समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।...
Full story

शान्ति प्रक्रियालाई निष्कर्षमा नपुर्‍याइ संविधान लेख्न सकिदैन प्रधानमन्त्री

image
प्रधानमन्त्री माधवकुमार नेपालले कार्ययोजनाका साथ सरकार अघि बढेकाले निर्धारित समयमै शान्ति प्रक्रिया टुंगोमा पुग्ने विश्वास ब्यक्त गर्नुभइको छ ।...
Full story

बेलायती पर्वतेद्धारा स्कूललाई युरोगार्ड

image
दुर्गा शर्मा, पर्वत । बिद्यार्थीलाई शुद्ध पानीको ब्यबस्था गर्न बेलायतमा बस्ने नेपालीहरुले पर्वतको एक बिद्यालयलाई युरोगार्ड बितरण गरेका छन । बेलायतमा बस्ने पर्वत जिल्लाका बासिन्दाहरुको संस्था पर्वत वेलफेयर युकेको सहयोगमा लायन्स क्लब अफ शिवालयले सोमबार चार विद्यालयलाई युरो गार्ड तितरण गरेको हो । क्लबले सदरमुकामस्थित नारायण उच्चमावि शिवालय उच्च मावि, बाल मन्दिर प्रावि र ज्ञादीको र्सार्वजनिक माबिलाई युरो गार्ड सहयोग गरिएको हो ।...
Full story

विष्फोटनमा परेकी बालिका अलपत्र

image
नेपालगन्ज १८ माघ । बेवारिसे अवस्थामा फालिएको बम खेलाउदा र्घाईते भएकी हुम्ला राया गाविसकी ७ वर्षीया बसन्ती बोहरा बोहराको आर्थिक अभाबका कारण राम्रो संग उपचार हुन सकेको छैन । घरनजिक रहेको बालशिक्षाको भवन नजिकै वेवारिसे अवस्थामा फालिएको सकेट बम खेलौना सम्झेर चलाउँदा गत शुक्रबार घाइते भएकी बोहरा थिइन । जिल्ला अस्पताल सिमीकोटमा प्रारम्भीक उपचार पछि उनलाई उपचारका लागि नेपालगन्जको भेरी अञ्चल अस्पतालमा ल्याइएको थियो । ...
Full story

माओवादीमा बाबुराम लाइन पारित

image
अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताले 'जनविद्रोह' मा जोड दिँदै आए पनि त्यसलाई थाती राखी माओवादीले शान्ति र संविधान निर्माणको कार्यनीतिलाई पहिलो प्राथमिकतामा राखेको छ । जारी स्थायी समिति बैठकमा अधिकांश नेताले तत्कालको कार्यनीति शान्ति र संविधान हुनुपर्ने धारणा राखेपछि कार्यनीति परिमार्जन नगर्ने निष्कर्ष निकालेको हो । संविधानसभा भंग गर्ने षड्यन्त्र भएमा भने विद्रोहको विकल्प नरहेको ठहर बैठकले गरेको छ । ...
Full story

तनावकै बीच कबड्डीमा काश्य पदक

image
ढाकामा जारी एघारौ सागमा नेपाली कबड्डी टीमले कम्तीमा काश्य पदक निश्चित गरेको छ । तनाबै तनाब बिच खेल्न बाध्य बनाईएका नेपाली खेलाडीहरुको प्रदर्शन राम्रो नभए पनि महीला कबड्डी तर्फ४ मुलुकको मात्र सहभागीता रहेकाले काश्य पदक निश्चीत भएको हो । पहीलो खेलमा नेपाल बंगलादेस संग ३३-१०को भारी अन्तरले पराजित हुन पुग्यो । तनाबै तनाबका बिच खेलेको नेपाली पुरुष कबड्डी टोली पनि आयोजक बंगलादेशसंग ४१-२० ले पराजित हुन पुग्यो । ...
Full story

संयन्त्रमा सरकार परिवर्तनको प्रस्ताव

image
एकीकृत नेकपा माओवादीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सरकार परिवर्तनको प्रस्ताव राखेको छ । आज विहानै बसेको संयन्त्रको बैठकमा माओवादीले माधव नेपाल नेतृत्वको सरकार हटाउने प्रस्ताव राखेको हो । संयन्त्रका संयोजक एबं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निवासमा भएको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक गतिरोध अन्त्यका लागि अहिलेको सरकार बाधक रहेको आरोप लगाउनुभएको स्रोतले नजाएको छ । ...
Full story

माओवादी लडाकु अब सरकार माताहत

image
तीन वर्षदेखि शिविरमा बस्दै आएका माओवादी लडाकुहरू अब सरकार मातहत आएका छन् । माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको आइतबारको बैठकले 'चेन अफ कमान्ड' सम्बन्धी कार्यविधि पारित गरेपछि उनीहरू सरकार मातहत आएका हुन् । 'सैद्धान्तिक रूपमा जनसेना सरकार मातहत आएका छन् । समितिले अर्काे बैठकमा कमान्ड सचिवालय गठनसम्बन्धी विषयलाई अन्तिम रूप दिनेछ...
Full story