Matrika Poudel
नेपाललाई पदकको पहिलो खाता
बंगलादेशमा जारी ११ औं दक्षिण एसियाली खेलकुद -साग) को तेस्रो दिन आइतबार नेपालले पदकको खाता खोलेको छ ।
नेपाल-भारत सीमामा बज्यो दुवै देशको राष्ट्रिय गीत
नेपाल र भारतका सिमाबर्ती क्षेत्रका जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउन नागरिकस्तर बाटै पहल शुरु भएको छ । दुबै देशका नागरिक समाजका अगुवाहरुले नेपालगन्ज रुपैडिया सीमाबर्ति क्षेत्रमा एक कार्यक्रमको आयोजना गरी राजनीतिक पार्टीले संचालन गरेको कार्यक्रमका कारण हजारौ बर्षपुरानो समबन्धमा कुनै असर नपर्ने बताएका छन । ...नेपाली विद्यार्थी बेलायत जान नपाउने
बेलायतले विद्यार्थी भिसाका लागि काठमाडौंमा आवेदन लिने काम सोमबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने भएको छ । ...उपप्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रधानमन्त्रीको आपत्ति
सरकार सञ्चालनमा एमालेले एकलौटि गरेको भन्ने उपप्रधानमन्त्री सुजाता कोइरालाको भनाई प्रति प्रधानमन्त्री माधबकुमार नेपालले आपत्ती जनाउनु भएको छ । सरकार सञ्चालनको लागि छलफल गर्न आइतबार बसेकोे सत्तारुढ १० दलको बैठकमा प्रधानमन्त्री नेपालले उपप्रधान मन्त्री कोइरालालगायत सबै मन्त्रीहरुलाई भ्रमपर्ूण्ा अभिव्यक्ति नदिन निर्देशन पनि दिनुभयो ।...लिफ्टबाट खसेका खेलाडी अस्पतालमै
मनोरन्जन शर्मा/ढाका, लिफ्ट खसेर घाइते भएका ३ नेपाली जुडो खेलाडीले दक्षिण एसियाली खेलकुद् सागमा सहभागीता नजनाउने लगभग पक्का भएको छ । घाइतेमध्ये खुट्टामा गहिरो चोट लागेका ओलम्पियन देबु थापा, कालुमान तामाङ्ग र रमेश मगरले सहभागीता नजनाउने सम्भावना बलियो रहेको नेपाली जुडो प्रशिक्षक तिलक राउतले जानकारी दिनुभयो । उनीहरुसंगै बंगबन्धुस्थित होटल इम्पेरियलको लिफ्टबाट खसेका जुडोका, राधादेबि राइ, पर्शराम चौधरी, देब कृष्ण श्रेष्ठ, र भारत्तौलनका ज्ञान बहादुर र गोपाल बहादुर श्रेष्ठको अवस्था भने सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । ...घर घरबाट स्वस्थानी माताको बिदाइ
हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज सम्पन्न भएको छ।आज व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने १०८ रोटी, १०८ पान, १०८ कुड्का सुपारीलगायतका सामग्रीमध्ये आठ-आठवटा रोटी, सुपारी र पानलगायतका सामग्री आफ्ना श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मीतछोरालाई दिने र मीतछोरा पनि नभए मेरो इच्छा पुरा होस् भनी गङ्गामा लगेर विसर्जन गरी बाँकी व्रतालु स्वयंले खाने प्रचलन छ।...सुजाताद्धारा प्रधानमन्त्रीको आलोचना
प्रधानमन्त्री माधवकुमार नेपालले बुटवलमा वर्तमान सरकारको विकल्प नभएको बताउनुभएको केही दिनपछि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले सोही ठाउँबाट नेपाल नेतृत्वको वर्तमान सरकारको विकल्प खोज्नु पर्ने बताउनुभएको छ ।कोइरालाले भन्नुभयो “अहिलेको सरकार साझा सरकार जस्तो भएन, एमालेले सरकारलाई एकलौटी ढंगले अगाडी वढाइरहेको छ, यसको विकल्प खोज्नु आवश्यक वनेको छ ।”...कमलरीद्वारा शिक्षा कार्यालयमा धर्ना
कृष्ण अधिकारी नेपालगन्ज १५ माघ । कमलहरीको पुनर्स्थापनाका लागि सरकारले घोषणा गरेका कार्यक्रम कार्यान्यनको माग गर्दै बाकेका कमलहरीहरुल जिल्ला शिक्षा कार्यालय बाकेमा धर्ना दिएका छन । "छोरीहरु शिक्षा चाहन्छन, दासता होइन" भन्ने मूल नारा लेखिएको व्यानरकासाथ कमलरीहरुले जिल्ला शिक्षा कार्यालयको मुल गेटमा एक घन्टा धर्ना दिएका छन । अभिभावकले लिएको ऋण तिर्नका लागि न्युन ज्यालामा अरुको घरमा कष्टपूर्ण काम गर्न बाध्य किशोरीहरुलाई कमलहरी भनिन्छ । ...सागमा नेपालको सुखद शुरुवात
ढाकाबाट मनोरन्जन शर्मा . दक्षिण एसियाली खेलकुद सागको ११ औं संस्करण बंगलादेशको राजधानी ढाकामा शुक्रवारदेखि शुरु भएको छ । दक्षिण ढाकाको बंगबन्धु रंगशालामा शुरु भएको प्रतियोगिताको बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदले एक भब्य समारोहबिच उद्घाटन गर्नुभएको हो । यसअघि आयौजित मार्चपासमा नेपालको नेतृत्व भलिवल खेलाडी भरत शाहले गरेका थिए । उद्घाटन समारोहलाई भब्य बनाउन १६ हजार विद्यार्थी र एक हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । ...कम्युनिष्ट भिड्दा संयन्त्रमा समस्या
उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठकले शुक्रबार राज्य पुर्नसंरचना आयोग तत्काल गठन गरेर त्यसको प्रतिवेदन संविधानसभामा बुझाइ छलफल गराउने निर्णय गरेको छ । संविधानसभाको राज्य पुर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको अबस्थामा संयन्त्रले आयोगको गठन गर्ने निर्णय गरेको हो । ...गैरआवासीयलाई विशेष परिचयपत्र तयार
गैरआवासीय नेपालीहरुलाई सरकारले विशेष परिचयपत्र दिने कार्य शुरु गरेको छ । परिचयपत्र दिने सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गैरआवासीय नेपाली सम्बन्धी ऐन तथा नियमावलीमा व्यवस्था भए अनुसार परराष्ट्र मन्त्रालयले यस्तो तयारी गरेको हो । मन्त्रालयले विहिवार एक विज्ञप्ति जारी गरि परिचयपत्र लिन चाहने गैरआवासीय नेपाली नागरिकलाई विदेशस्थित नेपालका सम्पर्क कार्यालय र दूतावासहरुमा सम्पर्क राखी परिचयपत्र लिन अनुरोध गरेको छ । ...बाकेमा हतियारधारीको बिगबिगी
कृष्ण अधिकारी नेपालगन्ज १४ माघ । बाँकेको हिरमनिया गाबिसबाट बुधबार साझ हतियार सहित पक्राउ परेका ५ जना लाई जिल्ला प्रहरी कार्यालय वाँकेले र्सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरी बाके भवानीयापुरका सहेक कालम शेष ,रज्जव शाई, राम साह नेपालगञ्जका गुड्डु साहलाई र्सार्वजनिक गरेको हो । र्सार्वजनिक गरिएका पाँचै जनालाई थप अनुसन्धान गरिने प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो । ...अरबको यौन पीडा सुनाउदै पीडित युवती
नेपाल सरकारले घरेलु कामदारको रुपमा महिलालाई रोक लगाएको खाडी मुलुक साउदी अरेबियामा पुगेर समस्यामा परेका ६ जना युवती हालै स्वदेश फर्किएका छन् । उनीहरुले त्यहाँ शारिरीक र मानिसक शोषण खेप्नुपरेको र काम गर्न बसेको ठाउँमा यौन दुर्व्यवहार सहनुपरेको बताएका छन् । काठमाडौं आइपुगेपछि केही दिनसम्म बोल्न समेत नसकेका उनीहरु हाल आएर आफूले साउदीमा भोग्नपरेको पीडा खोल्न थालेका छन् । ...प्रचण्डको विरोधमा रुपैडिया बन्द
कृष्ण अधिकारी नेपालगन्ज १४ माघ । एकिकृत माओबादीको पोस्टरमा भारतको राष्टि«य झन्डा तिरंगा र अशोक स्तम्भलाई जुत्तामा अंकित गरेको बिरोधमा भारतको रुपैडिया बजारका ब्यापारीहरुले विहिवार सिमाबर्ति रुपैडिया बजार बन्द गरेर बिरोधमा उत्रिएका छन । रुपैडियाका ब्यापारीहरुले बुधवार नेपाल भारत सिमावर्ति रुपैडिया वजारमा विरोध प्रर्दशन गर्नुका साथै माओबादी अध्यक्ष प्रचण्डको पुत्ला जलाएका थिए । ...बेलायतका एकसय बढि कलेज निलम्बित नेपाली विद्यार्थीमाथि प्रत्यक्ष असर
नवीन पोखरेल लन्डन । युके बोर्डर एजेन्सी (युकेबीए) ले डेढ सातायता नियम उल्लंघन गर्ने करिब एकसय बढि कलेज ‘निलम्बन’ गरिदिएपछि ति कलेजमा अध्ययनरत हजारौं नेपाली प्रत्यक्ष मारमा पर्ने भएका छन् । ...संविधानअघि सेना समायोजन अमान्य
एकीकृत नेकपा माओवादीले नयाँ संविधान निर्माणअघि सेना समायोजन हुन नसक्ने ठहर गरेको छ । बुधवारदेखि काठमडौंमा शुरु भएको माओवादी स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा सेना समायोजन र नयाँ संविधान सँगै हुने उल्लेख गरिएको छ । सरकार र अन्य राजनीतिक दलहरुले भनें सेना समायोजनपछि मात्र नयाँ संविधान जारी हुने शर्त राख्दै आएका छन् । ...फोरम र थरुहट अचानक मिले
मधेसको सवालमा फरक धार रहेका मधेसी जनअधिकार फोरम र थरूहट संयुक्त सङ्घर्ष समितिले तराईका सम्पूर्ण भू-भागलाई स्वायत्त एक प्रदेश बनाईनुपर्ने माग राख्दै संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका छन् । यो सम्झौतासँगै फोरमले एक मधेश एक प्रदेशको अडान त्यागेको छ भनें थरुहटले पनि थरुहट स्वायत्त प्रदेशको माग छाडेको छ । राजधानीमा बुधबार पत्रकार सम्मेलनमार्फत् उनीहरूले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर सम्म तथा उत्तरमा चुरे श्रृँखलादेखि दक्षिणमा भारतीय सीमावर्ती सम्मको भू-भागलाई आत्मनिर्णयको अधिकारसहितको स्वायत्त प्रदेश बनाउनुपर्नेमा फोरम र थरुहट सहमत भएका छन् ।...सचिव हत्यापछि सरकारी कामकाज बन्द
कृष्ण अधिकारी नेपालगन्ज १३ माघ । भुमिगत शसस्त्र समुहद्धारा सितापुर गाबिसका सचिबर् इन्द्र बहादुर श्रेष्ठको हत्या भएको घटनाको बिरोधमा बुधवार बाँकेका सरकारी कार्यालयको कामकाज बन्द गरिएको छ । निजामती कर्मचारीहरु सम्बद्ध संगठनहरुले हत्याराको खोजी गरी कडा कारबाही गर्नु पर्ने, मृतक श्रेष्ठलाई राष्ट्रसेबक शहिद घोषणा गर्नु पर्ने, मृतकका परिवारलाई उचित क्षतिपुर्ती तथा छोराछोरीलाई निशुल्क शिक्षाको ब्यबस्थाको माग गर्दै सरकारी कार्यालय बन्द गरेका हुन । ...बेलायती दूतावासको भीसा बन्द हुने
नेपालस्थित ब्रिटिश एम्बेसीले माघ महिनाको अन्तिम सातादेखि भिसा आबेदन संकलन र वितरण रोक्ने भएको छ । एम्बेसीले आज बिज्ञप्ति जारि गरी भारतको नयाँदिल्लीस्थित भिसा सेक्सनमा केहि सुधार गर्नुपर्ने भन्दै माघ २६ गतेदेखि तीन दिनका लागि भिसा आवदेन संकलन र वितरण रोकिने जनाएको छ ।...भारतमा प्रचण्डको पुत्ला दहन
भारतीय नागरिकहरुले एकीकृत नेकपा माओबादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डको मंगलबार पुत्ला दहन गरेका छन् । माओबादीले प्रकाशीत गरेको सिमा क्षेत्रको पोष्टरको बिरोधमा उनिहरुले ...माओवादी लडाकुको जिम्मा संयन्त्रलाई
माओवादी सेनाका कति हजार लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने भन्ने बारेमा उच्चस्तरीय राजनीतिक संयन्त्रले निर्णय गर्ने भएको छ । त्यस्तै सेनामा समायोजन हुने लडाकुहरुको मापदण्ड पनि संयन्त्रलेनै तोक्ने भएको छ । सेना समायोजन विशेष समितिको मंगलवार बसेको बैठकले समायोजन हुने सेनाको संख्या र मापदण्डको बारेमा उच्चस्तरीय संयन्त्रले गर्ने निर्णयनै समितिलाई मान्य हुने ठहर गरेको हो । ...हत्याका आरोपी माओवादीबाट निश्कासित
काठमाडौंको गोठाटार गोलीकाण्डका मुख्य अभियुक्त रत्न लामालाई माओवादीले पार्टीबाट निलम्बन गरेको छ । दब वर्षीय सन्तोष कार्कीको हत्याका अभियुक्त लामा माओवादीको जिल्ला कमिटी काभ्रेका सल्लाहकार सदस्य हुन् । घटनामा पार्टीको नाम जोडेको प्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै पार्टीको संलग्नता नभएको माओवादीले बताएको छ । ...हाईटीका पीडितलाई नेपालीको राहत
नेपालगन्ज १२ माघ । हाईटीमा गएको शक्तिशाली भुकम्पमा परी घरबार बिहिन भएका नागरिकहरुलाई राहात उपलब्ध गराउनका लागि नेपालगन्जमा सहयोग रकम संकलन गरिएको छ । प्राकृतिक प्रकोपका कारण समस्यामा परेका बेला मानबिय सहयोग उपलब्ध गराउनु हरेक सचेत नागरिकको जिम्मेबारी भएकाले हाईटीका भुकम्प पिडितहरुलाई राहात उपलब्ध गराउन अभ्रि्ररित गर्ने उद्देश्यले नेपालगन्जका चिकित्सक, संचारकर्मी एब र्सब साधारणले दश हजार सात सय रुपैया संकलन गरेका छन । ...प्रचण्डलाई कोइरालाको आग्रह
नेपाली कांग्रेसका सभापति एबं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक गिरिजाप्रसाद कोइरालाले माओवादी अध्यक्ष प्रचण्डलाई नयाँ संविधान जारी गर्नेतिर ध्यान केन्द्रित गर्न आग्रह गर्नुभएको छ । कोइराला निवास महाराजगन्जमा मंगलवारबार विहान भएको भेटमा कोइरालाले यस्तो आग्रह गर्नुभएको हो । ...काँग्रेसको महाधिवेशन सर्ने सम्भावना
नेपाली कांग्रेसको विभिन्न जिल्ला समितिमा रहेको विवादका कारण क्रियाशील सदस्यता वितरण कार्य सुरु हुन नसकेपछि पार्टीको बाह्रौं महाधिवेशनको तिथि प्रभावित हुने भएको छ । कांग्रेसमा देशभर क्रियाशील सदस्यताको वितरण र नवीकरण गर्ने निर्धारित समय सकिनु चार दिनअघिसम्म विवादले गर्दा १५ जिल्लामा केन्द्रले सदस्यता फारम नै पठाउन नसकेका कारण महाधिवेशनको तिथि प्रभावित हुने भएको हो । ...प्रचण्ड फेरि भारततिर ढल्किए
माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूले भारतसँग चीनभन्दा फरक ढंगको नयाँस्तरको सम्बन्ध विस्तार गर्न चाहिरहेको बताउनुभएको छ । अध्यक्ष दाहालले भारतीय समाचार संस्था पीटीआईलाई अन्तर्वार्ता दिदै नेपालको मामिलामा भारत र चीनको समान भूमिका हुन नसक्ने बताउनुभयो । ...५ हजार माओवादी लडाकु समायोजन हुने
माओवादी सेनाका लडाकुहरुलाई अब एउटै चेन अफ कमाण्ड अन्तर्गत ल्याउने तयारी भएको छ । सेना समायोजन विशेष समितिको बैठकमा यसबारेमा छलफल भएको हो । अब माओवादी लडाकुहरुको परिचालन माओवादीले नभई विशेष समितिले गठन गरेको सचिवालयबाट गरिने गरिनेछ । ...लिवियामा ४ सय नेपाली अलपत्र
वैदेशिक रोजगारीको त्रmममा लिविया पुगेका झण्डै ४ सय नेपाली अलपत्र परेका छन् । काठमाण्डौ तीनकुने, सुविधानगरमा अवस्थित जस्मिन म्यानपावर कम्पनीले दुई महिना अगाडि लिविया पठाएका ४ सय नेपाली यूवाहरु अलपत्रमा परेका हुन् । अलपत्रमा पर्नेहरुमा स्याङ्गजा, कास्की, तनहुँ, रोल्पा, मोरङ्ग, झापा, पाँचथर, बर्दिया, काठमाण्ठौ, कपिलवस्तु, पाल्पा, कास्की, धनुषा, खोटाङ्ग, उदयपुर, ईलाम, रुकुम र नवलपरासी जिल्लाका यूवाहरु रहेका छन् ।...मगर विद्यार्थीको सम्मेलन पाल्पामा
नेपाल मगर विद्यार्थी संघको छैठौ राष्टिय महाधिवेशन पाल्पा सदरमुकाम तानसेनमा सुरु भएको छ । महाधिवेशनको नेपाल मगर संघका अध्यक्ष झकबहादुर थापामगरले उद्घाटन गर्दै मुलुकको हरेक परिवर्तनको काल खण्डमा मगर लगायत आदिवासी जनजातिहरुले योगदान र ज्यानको आहुति समेत दिएको तर मुलुकको राज्य संयन्त्रमा एकात्मक, केन्द्रिकृत र सामान्ती प्रवृतिको हावीले उनीहरुले उठाएको जायज माग जहिले पनि ओझेलमा परेको दावी गनुभयो । ...आमन्त्रित बन्न प्रधानमन्त्री तयार
प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालबीच शनिवार विहान भेटघाट भएको छ । कोइराला निवास महाराजगन्जमा भएको भेटमा उच्चस्तरीय राजनीतिक संयन्त्रको सहमतिका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराइएको एमाले अध्यक्ष झलनाथ खनालले बताउनुभयो ।...माओवादीद्धारा आमहड्ताल स्थगन
एकीकृत नेकपा माओवादीले माघ १० गतेदेखिको अनिश्चितकालिन आम हड्ताल फिर्ता लिएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भएको सहमति अनुरुप माओवादीले शुत्रmवार साँझ हड्ताल स्थगित गरेको हो । ...बन्दबाट मुक्ति देऊ हे भगवान
कृष्ण अधिकारी नेपालगन्ज ८ माघ । पटक पटक हुने बन्द हड्तालबाट दिक्क बनेका नेपालगन्जका नागरिक समाजका अगुवा र स्थानिय बासिन्दाले बन्द हड्तालबाट मुक्ति पाउन भजन किर्तन गर्दै भगवानलाई गुहारेका छन । हिन्दु मुस्लिम, शिख लगायत बिभिन्न धर्मका धर्म गुरुहरु एकै ठाउमा भेला भएर बन्दबाट मुक्ति देऊ भन्दै सामुहिक रुपमा भगवानको पुकार गरेका थिए ।...झाँक्रीद्धारा रक्षामन्त्रीको राजिनामा माग
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष रामकुमारी झाँक्रीले आफ्नै पार्टीकी रक्षामन्त्रीलाई सरकारमा बस्ने अधिकार नभएको भन्दै तत्काल राजीनामा दिनुपर्ने बताएकी छिन्। "प्रधानमन्त्रीसँग फरक मत राख्ने र नानाथरी बोल्दै हिंड्नेलाई सरकारमा बस्ने हक छैन।" उनले भनिन, "प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले नै भनेको नमान्ने उनले कसले भनेको मान्ने हुन् त?"...मर्यादाभित्र बस्न विद्यालाई निर्देशन
प्रधानमन्त्री माधवकुमार नेपालले रक्षामन्त्री विद्यादेवी भण्डारीलाई आफ्नो पदीय मर्यादामा बस्न र शान्ति प्रत्रिmयासँग सम्बन्धित विषयका विपक्षमा अभिव्यक्ति नदिन निर्देशन दिनुभएको छ । नेकपा एमाले निकट युवा संघ नेपालको राजधानीमा जारी बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले रक्षामन्त्री भण्डारीलाई पदीय मर्यादा रहन र जिम्मवार बन्न आग्रह गर्नुभयो । ...नयाँ नेपालको संघीय नक्सा पारित
संविधानसभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले १४ प्रदेशको प्रस्ताव बहुमतले पारित गरेको छ । जातीय भाषिक आधारमा पिछडिएका जाति समुदायलाई प्रदेश अन्तर्गत सिर्जना हुने विशेष संरचनामा दुई निर्वाचन अवधिसम्म उनीहरुकै नेतृत्व स्थापित हुने गरी राजनीतिक अग्राधिकार दिने प्रस्ताव पनि बहुमतले पारित गरेको छ । प्रदेशमा पनि यस्तो अग्राधिकार रहनेछ । ...भारतीय सेनापति आजबाट नेपालका पनि
भारतीय सेनाका प्रधान सेनापति दिपक कपुर आजबाट नेपाली सेनाको पनि मानार्थ प्रधान सेनापति बन्दै हुनुहुन्छ । राष्ट«पति रामवरण यादवले आज साँझ राष्ट«पति भवन शितल निवासमा आयोजना हुने विशेष समारोहमा कपुरलाई नेपाली सेनाको मानार्थ सेनापतिको दज्र्यानी चिन्हबाट विभुषित गर्ने कार्यत्रmम रहेको छ ।...रक्षामन्त्री भण्डारी सरकारमै आलोचित
सरकारले सेना समायोजन विशेष समितिले गरेको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । सेना समायोजन सम्बन्धि रक्षामन्त्रीको अभिव्यक्ति व्यक्तिगत भएको सरकारले स्पष्ट पारेको छ । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकपछि सचांरकर्मीहरुसंग कुरा गर्दैै सरकारका प्रवक्ता एवं सूचना तथा सचांरमन्त्री शंकर पोखरेलले बृहत शान्ति सम्झौता र अन्तरिम संविधानप्रति सरकार प्रतिवद्ध रहेको बताउनुभयो । ...सेना समायोजनपछिमात्र संविधान जारी
नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अस्थायी शिविरमा रहेका माओवादी जनसेनाको व्यवस्थापन र समायोजन पछि मात्र नयाँ सबिधान जारि गरिने बताउनुभएको छ । उहाँले त्यसका लागि प्रत्रिmया थालनि भई सकेको पनि जानकारी दिनुभयो । नेपाल भ्रमणमा रहनु भएका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिला सम्बन्धी उपसहायकमन्त्री पेटि«क मुनसँग बुधबार आफ्नै निवास महाराजगञ्जमा भएको भेटमा सभापति कोईरालाले सो जानकारी दिनुभएको हो ।...प्रचण्डद्धारा टिष्टा र काँगडा दावी
माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतसँग अब पूरानो आधारमा सम्बन्ध राख्न नसकिने खुलासा गर्नुभएको छ । अथक स्रष्टा शत्तिm लम्सालको अभिनन्दन समारोहलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका दाहालले सन् १९५० को सन्धी खारेज गरि नयाँ आधारमा सम्बन्धको शुरुवात गर्नुपर्ने बताउनुभयो । उहाँले त्यसो गर्दा नेपालले सुगौली सन्धीअघिको पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्मको भूभाग दावी गर्नुपर्ने बताउनुभयो ।...विद्या भण्डारीलाई तत्काल बर्खास्त गर
रक्षामन्त्री विद्यादेवी भण्डारी र भारतीय सेनापति दिपक कपुरको सेना समायोजन विरोधी भनाई नियोजित रुपमै आएको दावी गर्दै एकीकृत नेकपा माओवादीले उनीहरुको अभिव्यत्तिmले नेपालमा युद्धको नगरा बजाएको ठहर गरेको छ । माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले बुधवार आयोजित पत्रकार सम्मेलनमा सेना समायोजनको विरोधमा रक्षामन्त्रीको अभिव्यत्तिmले स्वयं प्रधानमन्त्री माधव नेपाल,सरकार र नेकपा एमालेको धारणालाई समेत खण्डित गरेको बताउनुभयो ।...ज्ञान र विद्याकी देवीको पूजा
आज बसन्त पञ्चमी । विद्याकी देवी शरस्वतीको पूजा आरधना सहित बिभिन्न कार्यत्रmम गरेर आज बसन्त पन्चमी मनाइदैछ । विद्या र ज्ञानकी देवी सरस्वतीको तिथीका रुपमा बसन्त पन्चमीलाई लिने गरिन्छ । आजको दिनबाट शिशिर ऋतु समाप्त भई बसन्त ऋतुको आगमन भएको अर्थमा समेत लिइने गरिन्छ । आज देशभरका सरस्वती मन्दिरहरुमा विद्यार्थीहरुको भीडा लाग्ने गर्छ । ...उच्च संयन्त्रमा प्रधानमन्त्री स्वीकृत
उच्चस्तरीय राजनीतिक संयन्त्रको पहिलो बैठकले प्रधानमन्त्री माधवकुमार नेपाललाई आमन्त्रित सदस्यका रुपमा स्वीकार गरेको छ । मंगलवार विहान संयन्त्रका संयोजक एबं कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निवासमा बसेको बैठकमा प्रधानमन्त्री नेपाल पनि सहभागि हुनुभएको थियो । ...भारतीय सेनापति कपुर काठमाडौंमा
भारतीय स्थल सेनाका प्रधान सेनापति दिपक कपुर मंगलवार अपरान्ह काठमाडौं आइपुग्नुभएको छ । भारतीय वायु सेनाको विशेष विमानबाट ६ सदस्यीय टोलीको नेतृत्व गरि आउनुभएका कपुरलाई त्रिभुवन विनमास्थलको अति विशिष्ठ कक्षमा नेपाली सेनाका बलाध्यक्ष रथी तोरणजंग वहादुर सिंहले स्वागत गर्नुभएको थियो । कपुर विमानस्थलबाट बाहिर निस्कदा माओवादी कार्यकर्ताहरुले कालोझण्डा देखाएका थिए । ...युएइका तामाङले मनाए सोनाम ल्होसार
खेमनाथ पौडेल, युएइ युएइको दुवइस्थित अष्तोरिया होटलमा तामाङ्ग समाज यूएइले वृहत सास्कृतिक कार्यक्रम सहित २८४६ औं सोनाम ल्होसार मनाएको छ ।नेपाली कांग्रेसका नेता भिम बहादुर तामाङ्गको प्रमूख आथित्यमा सम्मपन्न उक्त कार्यक्रमको सभापतित्व तामाङ्ग समाजका अध्यक्ष छत्र लामाले गरेका थिए । कार्यक्रममा नेपाली राजदूतावास अबुधावीका राजदूत अर्जुन बहादुर थापाको विषेश आथित्य रहेको थियो । ...सत्ताका लागि भारत गुहार्नु लज्जास्पद
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफ्नो देशको सरकार परिवर्तन गर्न बाहिरियाहरुलाई गुहार माग्नु लज्जास्पद घटना हो भन्दै माओवादी अध्यक्ष प्रचण्डमाथि प्रहार गर्नुभएको छ । भारतको हरिद्धारमा योग गुरु रामदेवको सामिप्यमा रहि योग उपचार गरेर सोमवार स्वदेश फर्किनुभएका अध्यक्ष खनालले सरकार वरिवर्तनका लागि विदेशी गुहार्ने कार्य गलत हो भन्नुभयो ।...१२ वर्षमा खोला होइन उनीहरु फर्किए
मात्रिका पौडेल/पनौति, माघको कठांग्रिने जाडोमा तलाउको चीसो पानीमा नुहाउन कसलाई रहर हुन्छ र ? त्यसमा पनि खुल्ला आकाश मुनि अर्धनग्न भएर नुहाउनु महिलाहरुका लागि त लाजकै मर्नु हुन्छ । तर सबै ठाउँमा यस्तो कहाँ हुन्छ र ? नपत्याए काभ्रेको पनौतिस्थित उत्तर प्रयागमा जानुस न ।माघको चीसो पानीमा मानिसहरु डबुल्की मारेर नुहाउन पालो पर्खिरहेका छन् अनि महिलामा पनि कुनै लाज सरम छैन । छ त केबल आस्था र विश्वास ...जुनसुकै सहयोग गर्न अमेरिका तयार
नेपालको तीनदिने भ्रमणमा आउनुभएका अमेरिकी उपविदेशमन्त्री प्याटि«क मुनले प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी नेपालको शान्ति प्रत्रिmया र संविधान निर्माणमा आवश्यक हरेक सहयोग गर्न अमेरिका तयार रहेको आश्वासन दिनुभएको छ । भारतीय विदेशमन्त्री एसएम कृष्णाको भ्रमण लगत्तै अमेरिकी उपविदेशमन्त्री मुनको भ्रमणले माधव नेपाल नेतृत्वको सरकारलाई थप बल पुगेको चर्चा पनि राजनीतिक वृत्तमा हुन थालेको छ । ...तामाङ्गले बहराइनमा ल्होछार मनाए
२८४६ औं ताक ल्होछार पर्व १५ जनवरी २०१० का दिन गुदेबीया स्थित साउथपार्क रेष्टुरेष्ट बहराइनमा तामाङ्गहरुले सफलतापर्ूवक ल्होछार मनाए । भरखरै स्थापना गरीएको यो संस्थाको विधिपर्ूवक उद्दघाटन यसै दिन गरीएको थियो । लामागुरुहरु भक्त बहादुर लामा र धमल लामाहरु बाट लामापाठ गरी सञ्चालन गरीएको उक्त कार्यक्रमा सहभागी सबैले भगवान गौतम बुद्धको पुजागरी प्रसाद ग्रहण गर्नु भएको थियो । ...भारतको आशंका नेम्वाङको निवारण
भारतका विदेशमन्त्री एसएम कृष्णाले भारतले माओवादी र अन्य दलसँग समान व्यवहार गर्ने बताउनु भएको छ । तीन दिने नेपाल भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किने त्रmममा त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कृष्णाले भारतको नजरमा माओवादी पनि अन्य संसदवादी दलजस्तै भएको टिप्पणी गर्नुभयो । भारतीय विदेशमन्त्रीलाई शनिबार भेटेर माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनादेशको कदर गर्न आग्रह गर्नुभएको थियो । कृष्णाले आफ्नो भ्रमण उपलब्धिमूलक भएको उल्लेख गर्नुभयो ।...ब्रिटिश गोर्खा कपको उपाधी थ्री स्टारलाई
नबिल थ्रिस्टार क्लवले राजधानीमा जारी ब्रिटिस गोर्खा कप फूटवल प्रतियोगिताको उपाधि जितेको छ । नबिल थ्रिस्टारले आइतबार दशरथ रंगशालामा मनाङ मस्र्याङ्गदी क्लबलाई २–शुन्यले हराएको हो । खेलको ५९ औं मिनेटमा सन्तोष साउखल र इन्जुरी समयको तेस्रो मिनेटमा प्रदीप महर्जनले गोल गरेपछि थ्रि स्टारले ब्रिटिस गोर्खा कपको उपाधि उचालेको छ ।...हात मिलाउदै घर फर्किए लडाकुहरु
माओवादी जनसेनाको तेश्रो डिभिजन अन्तर्गत चितवनमा रहेका २ सय ५८ जना अयोग्य जनसेनाको आज विदाई गरिएको छ । डिभिजनमा आज एक कार्यक्रमकावीच राष्ट्रसंघ, सरकार, एकीकृत नेकपा माओवादी, मानअधिकारकर्मी, पत्रकार लगायतका प्रतिनिधीहरुको सहभागितामा उनिहरुको वहिर्गमन गरिएको हो ।सन् २००७ को अनिमनको प्रमाणिकरणमा अयोग्य ठहरिएका ५ सय ८७ मध्ये ३ सय २९ जनाले यसअघि नै शिविर छाडेका थिए भने केहि घर विदामा बसेका थिए ।...राष्ट्रपति फागुन २ गते भारत जाने
नेपालका राष्ट्रपति डा. रामबरण यादबले फागुन ३ गतेदेखि छिमेकी मुलुक भारतको भ्रमण गर्नुहुने भएको छ । नेपाल भ्रमणमा रहेका भारतीय बिदेशमन्त्री एसएम कृष्णाले आज राष्ट्रपति डा. यादवसंग भेट गरि भारत भ्रमणको औपचारिक निम्तो दिएका हुन् । भेटवार्ताका अबसरमा राष्ट्रपतिले फागुन ३ देखि ५ गतेसम्म भारतको तीन दिने औपचारिक भ्रमण गर्ने तय भएको बताइएको छ ।...तामाङ बस्तीमा ल्होसारको मस्ती
नेपालका आदिवासी तामाङ्ग समुदायले सोनाम ल्होछार अर्थात बाघ वर्षशनिबार हर्र्सोलासपर्ूवक मनाएका छन् । सोनाम ल्होछार तामाङ्ग समुदायको नया वर्षहो । यस दिन नया लुगा लगाउने, मीठो परिकार खाने गरिन्छ । राजधानीको टुडिखेलमा सोनाम ल्हाछारको अवसरमा भव्य कार्यक्रमको आयोजना गरि तामाङहरुले सामुहिक रुपमा ल्होसार मनाए ।...'मालिकसँगै' वार्ता गर्ने प्रचण्ड चाहना पूरा
वर्तमान सरकार र सत्तारुढ दलहरुलाई भारतका नोकर भन्दै मालिकसँगै वार्ता गर्ने अडानमा रहनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको चाहना पूरा भएको छ । नेपालको तीन दिने भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री एसएम कृष्णासँग अध्यक्ष प्रचण्डले शनिवार साँझ एक घण्टा भन्दा बढि समय गम्भिर वार्ता गर्नुभयो ।...सुरुङ खनेर जेल तोडे कैदीले
कपिलबस्तु कारागारबाट ८ जना कैदी गएराती फरार भएका छन् । जिल्ला सदरमुकाम तौलीहवाको वडा नम्बर ४ मा जिबनगाडीया टोलमा रहेको कारागारको ७ नम्बर कोठाबाट २० मिटर लामो सुरुंग खनी कैदीहरु फरार रहेका हुन् । फरार हुन सफल कैदीहरुमा तर्राईमा शशस्त्र आन्दोलन गरीरहेका भुभिगत संगठन तर्राई संयुक्त जनतान्त्रिक मोर्चाका कमाण्डरहरु राम प्रसाद मौर्य,प्रभु तेली,श्रवण कुमार मुराउ रहेका छन् ।...राष्ट्रसंघ महासचिवलाई कोइरालाको चुनौति
नेपाली कांगे्रसका सभापति गिरिजाप्रसाद कोइरालाले राष्ट्र संघीय महासचिव वानकी मुनको नेपालसम्बन्धी पछिल्लो प्रतिवेदन मुलुकको बास्तविकतामा आधारित नभएको दाबी गर्नुभएको छ । दलहरुबीच असहमतिका कारण शान्ति ...थारु बस्तीमा माघीको मस्ती
कृष्ण अधिकारी नेपालगन्ज १ माघ । माघे संक्रान्ति अर्थात माघी । पश्चिम नेपालका आदीबासी थारु जातीको प्रमुख चाड । थारु जातीले नयाँ बर्षो रुपमा माघी पर्बलाई हर्षर उल्लासका साथ मनाउदै छन । थारु समुदायले आ - आफ्नो गाँउमा सामुहिक रुपमा मासुको ब्यबस्था गरी ढ्रि्री र जाँड खादै नाच्दै गाउदै माघी पर्बलाई रमाईलो संग मनाई रहेका छन । ...सेनाले हतियार भित्र्याएको आरोप
नेपाली सेनाले हतियार तथा युद्धका बन्दोबस्ती सामान नेपाल भित्र्याएको एकीकृत नेकपा माओवादीले दावी गरेको छ । नेपाल भारत सीमा नाका सुनौलीबाट बिहीबार राति ३० गाडी इन्सास र गलिल राइफल, ५० वटा गाडी, १२ वटा जीप, एउटा क्रेन, २ वटा एम्बुलेन्स र एउटा दमकल नेपाली सेनाले भित्राएको माओवादीको दावी छ ।...नेपाल बारमा एक दशकपछि लोकतन्त्रवादीको बिजय
कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिमा एक दशकपछि कांग्रेस निकट लोकतान्त्रिक समुहले विजयी हाँसिल गरेको छ । २२ औं कार्यसमितिका लागि शनिबार भएको ...पैसा कमाउन डेनमार्क आउनुसः चुँडाल
डेनमार्कबाट फर्किएर मात्रिका पौडल । विश्वकै समृद्धशाली मुलुकहरुमध्ये पाँचौ नम्बरमा आउने डेनमार्क आम नेपालीहरुका लागि सपनाको शहर हो । डेनमार्कको राजधानी कोपेनहागेनको सेन्टर स्टेशन नजिकै एउटा अत्याधुनिक क्याफे छ, जसको नामको क्याफे सिरफ । क्याफे सिरफमा छिर्नासाथ हामीलाई नमस्कार सहित स्वागत गरिदा अचम्मित भयौं । नमस्कारको अभिवादन गर्ने व्यत्तिmनै त्यस क्याफेका व्यवस्थापक रहेछन् । उनी हुन् दिपेन्द्र चुडाल । ...घर फर्किनका लागि दूतावासको शरणमा
दिपक पौडल, दोहा- मुलुक फकाईदिन आग्रह गर्दै बाँके र बर्दियाका ११ जना युवा दोहास्थित नेपाली दुतावासको शरणमा पुगेका छन् । एक स्थानीय पेन्टि्रङ सम्बन्धि कम्पनीमा कार्यरत ती युवाहरू कम्पनीले घर पठाउनमा कुनै चासो नदेखाएपछि दुतावासको शरणमा आएका हुन् ।...नेपालको शान्ति प्रक्रिया धरापमा
दलहरुवीचको अबिश्वास र असहमतिका कारण नेपालको शान्ति प्रकृया भंग हुने खतरा बढेको भन्दै राष्ट्रसंघले चिन्ता जनाएको छ ।महासचिव बान कि मूनले राष्ट्रसंघीय सुरक्षा परिषद्मा गएराती पेश गरेको नेपालसम्बन्धी ताजा प्रतिबेदनमा गएका तीन महिनादेखि शान्ति प्रकृयाको गति ठप्प रहेको उल्लेख छ । ...कोइराला भेट्नासाथ प्रचण्डको बोली फेरियो ,प्रधानमन्त्री संयन्त्रमा रहने
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मनाउन फेरि एक पटक सफल हुनुभएको छ । यसअघि उच्चस्तरीय संयन्त्रमा प्रधानमन्त्री माधवकुमार नेपाललाई सामेल गराउनै नहुने अडानमा रहनुभएका प्रचण्ड विहिवार विहान कोइरालासँग भेटेपछि एक सय असी ड्रि्री परिवर्तन हुनुभयो ।...पूर्व राजा ज्ञानेन्द्र स्वदेश फिर्ता
पुर्वराजा ज्ञानेन्द शाहा झण्डै एक महिना लामो भारत बसाई सकेर आज स्वदेश फर्कनु भएको छ । जेटएयरको बिमान बाट पुर्वराजा ज्ञानेन्द्र आज दिउसो तीन बजे काठमाण्डौ आउनु भएको हो । भारतको उडिसा राज्यमा रहेका आफन्तको बिवाहमा सरिक हुन जानुभएका ज्ञानेन्द्र शाहाले त्यहाँ स्थीत बिभिन्न राजनीतिक दलका नेताहरुसंग पनि भेटबार्ता गर्नु भएको थियो ।...माओवादी नेताको हत्याःवीरगन्ज बन्द
एकीकृत नेकपा माओबादीका पर्सा क्षेत्र नम्बर २ का सचिव राजेश मण्डलको हत्याको विरोधमा सो पार्टीले बुधवार गरको भोजपुरा बन्दको कारण पर्सा, बारा र रौतहटको जनजीवन प्रभावित भएको छ । पर्सा जिल्लाको लालपर्सा १ निवासी मण्डलको मंगलवार सा“झ करिव सवा ८ बजेतिर आफनो साला मोहन महतोको साथमा मोटरसाईकलमा चढी घरतर्फ जादै गर्दा बाराको नितनपुरमा हतियारधारी समूहले गाली हानी हत्या गरेको थियो । मृतक राजेश माओबादी भोजपुरा उपराज्य समितिका सदस्य समेत रहेको पर्सा सेत्रmेटरी अनिलले बताउनु भएको छ ।...एमाले अध्यक्ष बाबा रामदेवको शरणमा
नेकपा एमालेका एमाले अध्यक्ष खनाल योगगुरु रामदेवलाई भेट्न भारतको हरियाणा प्रस्थान गर्नुभएको छ । ढाड र घाँटीको रोगबाट पीडित अध्यक्ष खनाल चर्चित योगगुरु बाबा रामदेवको नजिकमा रहेर प्राकृतिक उपचार गर्न त्यसतर्फ जानुभएको हो । अध्यक्ष खनाल योगा गरेर माघ ३ गते फर्किने एमालेले जनाएको छ । खनालले राजनीतिक भेट भनें भारतमा गर्नु हुने छैन । ...हाइटीमा विनाशकारी भुकम्प, शान्ति मिसनामा गएका नेपाली सेना सुरक्षित
हैटिमा हालसम्मकै सबैभन्दा शक्तिशाली भुकम्प जाँदा ठूलो क्षति पुगेको छ । हैटीमा शान्ति सेनामा कार्यरत नेपाली सेनाहरु भने सुरक्षीत रहेको सैनिक जनसम्पर्क निर्देशनालयका प्रवक्ता रमीन्द्र क्षेत्रीले जानकारी दिनुभयो । राजधानी प्रोटोप्रीन्समा महासेनानी रतिन्द्र खत्रीको नेतृत्वमा दुईवटा शान्तिसेनाका पल्टन कार्यरत छन् । संयुक्त राष्ट्रसंघको भवनलगायतका भौतिक संरचनाहरु ध्वस्त भएका छन् । राष्ट्रसंघका सयौं कर्मचारी सम्पर्कविहीन भएको विविसिले जनाएको छ । ...गिरिजाको बाटोमा गए कांग्रेस समाप्त हुने
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व गृहमन्त्री खुमबहादुर खड्काले गिरिजाप्रसाद कोइरालाको बाटोमा गए काँग्रेस समाप्त हुने वताउनुभएको छ । नेपाली काँग्रेसमा नयाँ उर्जा दिनुपर्ने आवश्यकता रहेको खाँचो औल्याउँदै नेता खड्काले माओबादीलाई काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पुल्पुलाएकै कारण वर्तमान अवस्था आएको वताउनुभयो ।...रिपोर्टर्स क्लबका अध्यक्ष धमलासहित चार जनाको मुद्दा खारेज
काठमाडौं जिल्ला अदालतले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासहित चारजना माथि लगाइएको सबै मुद्दा फिर्ता लिने सरकारी निर्णयलाई मंगलबार सदर गरेको छ । अतिरित्तm जिल्ला ...उच्चस्तरीय संयन्त्र गफ गर्ने अखडा
मधेसी जनअधिकार फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादबले आफनो पार्टीको आगामी माघ २ गतेबाट हुने संघर्षलाई समानता र शान्तिको संघर्षको रुपमा बुझिदिन आग्रह गर्नु भएको छ । फोरमले मंगलवार बीरगंजमा आयोजना गरेको मधेसी मुस्लिम फोरम नेपाल मेहमान नवाजी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो आग्रह गर्नु भएको हो । उहाले जबसम्म मुलुकमा विभेदकारी नीति र असमानता रहन्छ तबसम्म मुलुकमा शान्ति नआउने र समयभित्रै संविधान पनि नबन्ने दावी गर्नुभयो ।...‘सिमानामा दौडिएर राष्टि«यता बच्दैन’
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले माओवादीको आन्दोलनले राष्टि«य स्वाधिनताको रक्षा गर्न नसक्ने ठोकुवा गर्नु भएको छ । एमाले कास्कीको आठौं अधिवेशनको मंगलवार पोखरामा उद्घाटन गर्दै अध्यक्ष खनालले यस्तो ठोकुवा गर्नु भएको हो । माओवादीले भारतद्वारा अतित्रmमित नेपालको भूमि अवलोकन गर्नुको कुनै तुक नरहेको खनालको जिकिर छ । एक्लो पार्टी विशेषबाट सीमा विवाद नसुल्झने भन्दै खनाले सरकारीस्तर र कुटनीतिक हिसावले सीमा विवाद अन्त्य गर्नुपर्ने बताउनुभयो । ...बादललाई भारतीय सिमानामा अवरोध
चौथो चरणको आन्दोलन अन्तर्गत सीमा क्षेत्रको अवलोकनका गर्न रुपन्देहीको खुर्दलोटन पुगेका माओवादी महासचिव रामबहादुर थापा सहितको टोलीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले त्यस क्षेत्रको निरीक्षण गर्न रोक लगाएको छ । एसएसबीले रोक लगाएपछि थापा सहितको टोली नेपाली भूमिबाटै खुर्दलोटन बाँधको अवलोकन गरेर फर्किएको छ । बाँ...बेलायती अदालतमा गोर्खालीको पराजय
बेलायतको रक्षाका लागि दुई सय वर्षदेखि लडिरहेका गोर्खालीहरुले पुनः एक पटक ब्रिटिश अदालतबाट पराजय भोग्नुपरेको छ । सेवा निवृत्त भूपू गोर्खालीलाई समान पेन्सन दिनुपर्ने माग सहित ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर टिकेन्द्रदल देवान तथा सुवर्ण अधिकारीका तर्फबाट उच्च अदालतमा दायर गरेको मुद्दा पराजित भएको छ । ...‘म बाँचे तर देशले वीर सिपाही गुमायो’
अमित अग्रवाल÷वीरगन्ज , अज्ञात समुहद्वारा चलाएको गोली लागी पर्साका साहायक प्रमुख जिल्ला अधिकारीका अगंरक्षक प्रहरी जवान अनन्तराज खडकाको घटनास्थलमै मृत्यु भएको छ । आफूलाई बचाउँदा जीवन उत्सर्ग गर्ने प्रहरी जवानलाई सम्झिएर सहायक प्रजिअ बलवहादुर मल्ल अझै पनि बक्षिप्त बनिरहेको समाचार प्राप्त भएको छ । ‘मलाई बचाउदा उसले वीरगति प्राप्त ग¥यो । आज म बिचलित अवस्थामा छु । देशले एक वीर सिपाही गुमाएको छ’ मल्लले भन्नुभयो । ...प्रचण्डको भनाइमा प्रधानमन्त्रीको आपत्ति
प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी अध्यक्ष प्रचण्डले जननेता मदन भण्डारीको हत्यालाई आफ्नो निहित राजनीतिक स्वार्थस“ग जोडेको भन्दै आपत्ति जनाउनुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले सोमवार विज्ञप्ति जारी गरि सो दुस्प्रचारप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको जनाएका छन् । ...पृथ्वी, वीरेन्द्र र मदन सम्झिदै प्रचण्ड
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट« निर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान आफ्नो नेतृत्वको १० वर्षे जनयुद्ध उस्तै हुन् भन्नुभएको छ । यसअघि पृथ्वीनारायण शाहको विरोध गर्दै आउनुभएका माओवादी अध्यक्ष प्रचण्डले पृथ्वी जयन्तीकै दिन बडामहाराजाधिराजको खुलेरै प्रशंसा गर्नुभयो । सोमवार महेन्द्रनगरमा आयोजित सिमा जागरण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पृथ्वीनारायणको लडाइ र जनयुद्धबीच समानता रहेको दावी गर्नुभयो । ...श्रीपेच बिनाका पृथ्वीनारायणको प्रतिक्षा
मात्रिका पौडेल । भनिन्छ इतिहास जित्नेहरुको हो । हार्नेहरु त जित्नेले दिएको दयाका पात्र मात्र बन्छन् इतिहासका पानाहरुमा । कुनै बेला यस्तो थियो, शाहबंशीय राजतन्त्रनै नेपाल र नेपालीको एकताको आधार मानिन्थ्यो । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले उचालेको चोर औंलाले सबैलाई खबरदारी गरिरहेको मानिन्थ्यो । तर अब समय परिवर्तन भएको छ । शाहबंशीय राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनासँगै राजाहरुले गरेका सकारात्मक योगदानलाई समेत एकपछि अर्को गरि मेटाउने प्रयास भइरहेको छ । ...चुरे दक्षिणलाई अलग्गै मधेश राज्य बनाउने
मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेशको बिरुद्धमा पटक पटक षढयन्त्र हुने गरेको जनाउदै आत्म निर्णय सहितको स्वायत्त मधेशमाथि पुन षडयन्त्र भएमा चुरे पर्वतदेखि दक्षिणको भुभागमा मधेशको घोषणा गरेर झण्डा गाडिने चेतावनी दिनुभएको छ ।...जनमोर्चामाथि प्रतिबन्ध लगाउने चेतावनी
एकीकृत नेकपा माओवादीकी पोलिटव्युरो सदस्य हिसिला यमीले राष्ट्रिय जनमोर्चालाई प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ । आइतवार रिपोर्र्टर्स क्लवमा आयोजित कार्यक्रममा यमीले संघीयता विरोधी राष्ट्रिय जनमोर्चालाई अफगानिस्तानमा अलकायदा जस्तै प्रतिबन्ध लगाउनुपर्ने बताउनुभयो । संघीयताविरोधी बन्दको जनताले भण्डाफोर गर्नु स्वाभाविक भएको र त्यस क्रममा झडप हुनु सामान्य भएको उहाको भनाइ थियो । ...कतारमा नेपाली सुपरस्टार नाइट
नेपाली सुपरस्टार नाइटका लागि कतार पुगेका ९ जना कलाकारले गत शुत्रmवार दोहा सिनेमा हलमा लगातार २ शो आ–आफ्ना प्रस्तुतीमार्फत कतारवासीलाई मनोरञ्जन दिएका छन् । कलाकारका सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतीमा दर्शकले पनि संगै गाए, संगै नाचे पनि संगै आनन्द बटुले । कलाकारले पनि नयाँ बर्ष खाडीको कतारका ३ लाख नेपालीविच मनाउन पाएकोमा हर्ष ब्यत्तm गर्दै कलासंगितका पारखीहरूमाझ शुभकामना साटासाट गरे ।...यो माघीमा कमलरी हटाउँ अभियान
अभिभावकले लिएको ऋण तिर्नका लागि न्युन ज्यालामा अरुको घरमा कष्टपुर्ण काम गर्न बाध्य किशोरीहरुको संख्या ४ हजार ६ सय ९५ जना रहेको एक अध्ययनबाट देखिएको छ । संञ्चारकर्मी र पुर्ब कमलरी बिचको अन्र्तक्रिया कार्यक्रममा बोल्दै मुत्तm कमलरी अभियानकी अध्यक्ष विष्णु कुमारी चौधरीले आफू मालिकको यौन शोषणमा परेको खुलासा गरेकी थिइन् । उनी धनगढीको सुवास अग्रवालको घरमा विगत ११ महिनादेखि कमलरीको रुपमा काम गर्दै आएकी थिईन ।...जनमोर्चाको बन्दमा माओवादी आक्रमण
नेपाललाई संघीय शासनमा लगेर देशलाई बिखण्डन गर्न खाजेको भन्दै त्यसको विरोधमा राष्टि«य जनमोर्चाले आयोजना गरेको बागमती बन्द तनावग्रस्त बन्न पुगेको छ । नेकपा मसालको बैधानिक मोर्चा राजमोद्धारा आइतवार आयोजित बागमती बन्दको प्रतिकारमा माओवादी सम्बद्ध वाइसिएल र नेवाः मुत्तिmमोर्चाका कार्यकर्ताहरुले ठाउँ ठाउँमा आत्रmमण गरेका छन् । ...सुजातालाई कमल थापाको साथ
राप्रपा नेपालका अध्यक्ष कमल थापाले दलहरु संविधान बनाउनभन्दा त्यसको म्याद र्सार्न लागिपरेको आरोप लगाउनुभएको छ । रिपोटर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै राप्रपा नेपालका अध्यक्ष थापाले प्रमुख भनिएका तीन दल सकेसम्म संविधानसभा विघठन गर्न र नभए जेठ १४ गते नै संविधान बनाउन भन्दा असंवैधानिक तरिकाले त्यसको म्याद बढाउन लागि परेको आरोप लगाउनुभयो । ...सरकारको नेतृत्व प्रचण्डलेनै गर्ने निर्णय
काठमाडौं । एकीकृत नेकपा माओवादीले पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्थामा आएमा प्रधानमन्त्री अध्यक्ष प्रचण्डनै बन्ने निर्णय गरेको छ । मंगलवार अकस्मात सम्पन्न माओवादी केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । माओवादी उपाध्यक्ष बाबुराम भट्टर्राईलाई प्रधानमन्त्री बनाउन भारतले दबाब दिएको भन्ने अध्यक्ष प्रचण्डको भनाइ सार्जनिक भए लगत्तै माओवादीको बैठकले प्रचण्डलाईनै प्रधानमन्त्री बनाउने निर्णय गरेको हो । ...सेनापतिको भनाइबारे दूतावासको दावी
नेपालस्थित भारतीय राजदूताबासले माओवादी लडाकुको समायोजन सम्बन्धमा भारतीय सेनाध्यक्ष दीपक कपूरले व्यक्त गरेको धारणालाई सञ्चार माध्यमले बङ्ग्याएर प्रकाशित गरेको आरोप लगाएको छ। भारतीय दूताबासले सोमबार वक्तव्य जारी गर्दै कपुरको भनाइ भनी प्रचार गरिएको वक्तव्य भारत सरकारको आधिकारिक धारणा नभएको पनि उल्लेख गरेको छ।...पैसा तिरेपछि पशुपतिमा सहज प्रवेश
तपाइसँग पैसा छ भनें अब पशुपतिनाथको दर्शन गर्न लाइन बसिरहनु पर्दैन । विश्वका हिन्दूहरुका आराध्यदेव पशुपतिनाथको दर्शन गर्नका लागि अब दुइ खाले व्यवस्था हुने भएको छ । एकथरीले लाइन बसेर दर्शन गर्नेछन भनें अर्काथरीले पैसा तिरेर लाइन नबसी दर्शन गर्नेछन् । पशुपति क्षेत्र विकास कोषले शुल्क तिरेर लाममा नबसी पशुपतिनाथको दर्शन गर्न पाउने व्यवस्था गर्ने भएको छ । कोषका सदस्यसचिब सुशील नाहटाका अनुसार महाशिवरात्री पर्वदेखि यस्तो व्यस्था सँधैका लागि लागू गरिनेछ ।...वीर अस्पतालमा उपचार होइन हड्ताल
बीर अस्पतालमा आजदेखि सबै सेवा पूर्णरुपमा ठप्प भएका छन् । काम गर्ने वातावरण नभएको भन्दै रजिष्ट्रार र कन्सल्टेन्ट चिकित्सकहरुले पनि आजदेखि काम नगरेपछि अस्पतालका सबै सेवा ठप्प भएका हुन् । आवासीय चिकित्सकहरुले सेवा बहिस्कार गरेपनि अन्य चिकित्सकहरुबाट काम सुचारु हुँदै आए पनि रजिष्ट्रार र कन्सल्टेन्ट चिकित्सकहरुलेसमेत काम ठप्प पारेपछि सेवाग्राही थप मर्कामा परेका छन् ।...संविधान लेख्न सभासदलाई बारको दबाब
नेपाल बार एशोसियसनले निर्धारित समयभित्र संविधान निर्माण हुन नसक्ने परिस्थिती उत्पन्न भएको भन्दै संविधानसभाको ध्यानाकर्षा गराएको छ । २०६७ साल जेठ १४ गतेभित्र नयाँ संविधान जारी गरिसक्नुपर्ने समयसिमा रहेकोमा राजनीतिक दलहरु त्यसप्रति संवेदनशील हुन नसकेको आरोप बारले लगाएको छ । देशभरका कानुन व्यवसायीहरु संविधानसभा भवन अगाडि भेला भएर करीव एक घण्टा दबाबमूलक पर््रदर्शन समेत गरेका थिए ।...माओवादी विरुद्ध राष्ट्रपति समक्ष उजुरी
प्रधानमन्त्री माधवकुमार नेपालले आइतबार साँझ राष्ट्रपति डा. रामवरण यादवसँग भेट गर्नुभएको छ । प्रधानमन्त्री नेपालको यो नियमित भेट हो । भेटका अवसरमा प्रधानमन्त्री नेपालले आफ्नो हालै सम्पन्न चीन भ्रमणका बारेमा राष्ट्रपति डा. यादवलाई जानकारी गराउनुभएको थियो । चिनीयाँ उच्च राजनीतिक नेतृत्वसँग भएका कुराकानी र त्यस अवसरमा भएका समझदारीहरुका बारेमा त्यस अवसरमा कुराकानी भएको थियो । राष्ट्रपति डा. यादवलाई प्राप्त चीन भ्रमणको निम्ताका बारेमा पनि प्रधानमन्त्री नेपालले जानकारी गराउनुभएको थियो । ...'युनुस दाउद इब्राहिमका नेपाली एजेन्ट'
पूर्व मन्त्री सलिम मियाँ अन्सारीका छोरा युनुस अन्सारीलाई काठमाडौं जिल्ला अदालतले १० दिनका लागि हिरासतमा राख्न आदेश दिएको छ। नक्कली भारतीय रुपैयाँसहित शुक्रबार पक्राउ परेका उनलाई आइतवार अदालतमा पेश गरिएको थियो। उनलाई थप छानबिनका लागि हिरासतमा राख्न अनुमति दिएको हो। अन्सारी हाल परीक्षण प्रसारणमा रहेको नेशनल न्यूज टेलिभिजनका अध्यक्ष समेत हुन् । ...कांग्रेसको निर्णयमा झलनाथको खेद
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले काग्रेस दक्षिणपन्थी राजनैतिक शक्ती भएको र सामन्तबादलाई छोडन नसकेको बताउदै काग्रेस संसदिय दलको निर्णय प्रति खेद ब्यक्त गर्नु भएको छ । बाक्लो हुस्सुका कारण हवाई उडान हुन नसके पछि काठमान्डौबाटै टेलिफोन मार्फ एमाले बाँकेको छैठौ जिल्ला अधिबेशनलाई सम्बोधन गदै खनालले काग्रेस संसदिय दलको निर्णय प्रति टिप्पणी गर्दै काग्रेसले अझै पनि सामन्तबादसंग नाता तोड्न नचाहेको बताउनु भयो । ...माओवादीलाइ एमाले महासचिवको प्रहार
नेपालगन्ज १६ पुस । नेकपा एमालेका महासचिव र्इश्वर पोख्रेलले माओवादीको अतिवादी विचार, अराजक त्रिmयाकलाप र हिंसाको धङ्गधङ्गी नै सहमतीका लागि बाधक भएको बताउनु भएको छ । पे्रस चौतरी बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेललेे शान्तिलार्इ टुंगोमा पुर्याउन र नयाँ संविधान जारी गराउनको लागि सहमतिको बिकल्प नभएको बताउनु भयो ।...प्रधानमन्त्रीद्धारा सुजातासँग जवाफ माग
संघियता विरोधी अभिव्यक्ति दिएकी उपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालासँग प्रधानमन्त्री माधबकुमार नेपालले आज स्पष्टिकरण लिनु भएको छ । संवैधानिक समितिको बैठकमा सहभागी हुन सिंहदरबार पुग्नु भएका प्रधानमन्त्री नेपालले सञ्चारकर्मीकै अगाडि उपप्रधानमन्त्री कोइरालासँग सार्बजनिक रुपमा स्पष्टिकरण लिनु भएको हो ।...ऐतिहासिक जनआन्दोलनका घाइते महर्जनको निधन
जनआन्दोलन २०६२/६३ का घाइते योद्धा बिष्णुलाल महर्जनको उपचारकै क्रममा शनिवार राजधानीस्थित मोडल अस्पतालमा निधन भएको छ । काठमाडौंको सतुंगल गाविस वडा नम्बर निवासी महर्जन जनआन्दोलनमा ...खनालको भनाइप्रति कांग्रेसको आपत्ति
नेपाली कांग्रेसले कांग्रेसको कारण राजनीतिक सहमति हुन नसकेको भन्ने नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको आरोपको खण्डन गरेको छ । कांग्रेस संसदीय दलको शनिवार बसेको बैठकले खनालको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । बैठकले दलहरुको सहमतिले शान्ति प्रक्रिया टुंगोमा पुर्याउनुपर्ने र निर्धारित समयमा संविधान बनाउनुपर्ने चुनौति रहेको बेला एक अर्कालाई दोष नलगाउन आग्रह पनि गरेको छ । ...जोली यो दशककै कामुक सुन्दरी घोषित
हलिउड अभिनेत्री एन्जलिना जोली दशककै सुन्दर आइकन भएकी छिन्। 'सुपर ड्रग' नामक संस्थाले गरेको सर्वेक्षणमा उनी एक नम्बरमा परेकी हुन्। ब्राड पिटकी पूर्व पत्नी जेनिफर एनिस्टन भने दोस्रो स्थानमा परेकी छिन्। ३० हजार मानिसबीच गरिएको सर्वेक्षणमा एन्जलिनाले अत्याधिक मत हासिल गरेकी थिइन्। ...उपप्रधानमन्त्रीद्धारा जनमतसंग्रह माग
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सुजाता कोइराला संघीय राज्य प्रणालीको विपक्षमा उभिनुभएको छ । अन्तरिम संविधानलेनै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिसकेको अवस्थामा सोही संविधान अनुसार उपप्रधानमन्त्री बन्नुभएकी कोइरालाको यस अभिव्यक्तिले सरकार र नेपाली कांग्रेसलाई समेत अप्ठेरोमा पार्ने देखिएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा कोइरालाले संघीयताबारे जनमत संग्रह गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो । ...स्वाधीनताको लागि कि बार्गेनिङ मात्र ?
मात्रिका पौडेल\ काठमाडौं, १८ पुस । एकीकृत नेकपा माओवादीले भारतीय हस्तक्षेप विरुद्ध राष्ट्रिय स्वाधीनताको लागि आन्दोलन गर्नुपर्ने निष्कर्ष निकालेको छ । माओवादीको काठमाडौंमा सम्पन्न भएको पोलिटव्युरो बैठक र त्यसको लगत्तै शुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमा नागरिक सर्बोच्चता र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई सँगै लैजानुपर्ने विश्लेषण गरिएको छ ।...तीन दलले शक्ति बाँडफाँड गर्ने
राष्टपतिको कदमविरुद्ध प्रमुख प्रतिपक्ष एकीकृत माओवादीले चौथो चरणको आन्दोलन जारी राखेको बेला प्रमुख तीन दल आपसी विश्वास बढाउँदै सहमति जुटाउन छलफलका ६ वटा विषय तय गरेका छन्। सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीच दूरी बढिरहेको बेला शुक्रबार राजधानीमा सम्पन्न तीन दलीय वार्ता टोलीको बैठकले छलफलका विषय तय गरेको हो। यसलाई छिटै बस्ने शीर्ष नेताका बैठकले टुंगो लगाएपछि वार्ता टोलीले मूर्तरुप दिने छ। ...'सेनालाई उकासेर कु गर्ने षडयन्त्र'
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले विदेशीहरुको आडमा केही राजनीतिक दलले नेपाली सेनालाई उकासिरहेको र त्यसले लोकतन्त्रमा गम्भिर खतरा पैदा भएको दावी गर्नुभएको छ । उहाँले सरकारमा रहेका केही दलहरुले सेना लगाएर राजनीतिक कु गर्ने षडयन्त्र गरिरहेको र त्यसमा केही विदेशी शक्तिले पनि साथ दिएको आरोप लगाउनुभएको छ ।...बाक्लो हुस्सुले सबै उडान अवरुद्ध
बाक्लो हुस्सुका कारण पश्चिम नेपालको नेपालगंज र सुर्खेत बिमानस्थलबाट शुत्रवार पनि कुनै उडान हुन सकेनन् । बाक्लो हुस्सुका कारण बिहिबार देखि बिमान स्थल नखुलेका कारण नेपालगन्जबाट राजधानी लगायत मध्य पश्चिमका दुर्गम जिल्लाहरुमा हुने कुनै पनि उडान नभएको उड्डयन कार्यालय नेपालगन्जलले जनाएको छ । नेपालगन्ज र सुर्खेत बिमान नखुलेका कारण उडान हुने आशामा बिमा स्थल पुगेका सयौ यात्रुहरु बिहानदेखि अलपत्र परेका छन । ...शान्ति र संविधानका लागि ओलीको दौड
शान्ति प्रक्रिया र संविधान लेखनप्रति मूलधारका राजनीतिक दलको शीर्ष नेतृत्वभन्दा फरक लाइन बोकेर हिड्नुभएका नेकपा एमालेका नेता केपी शर्मा ओलीले शान्ति तथा संविधानको पक्षमा म्याराथन दौडको नेतृत्व गर्नुभएको छ । ओली निकट एमाले नेता कार्यकर्ताहरुको बाहुल्यता रहेको मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा शुक्रवार दशरथ रंगशालाबाट शुरु भएको पिस म्याराथनका नेतृत्व ओलीले गर्नुभएको हो ।...डाक्टर निर्दयी भएपछि विरामी अलपत्र
चिकत्सक संघको आन्दोलन फिर्ता भएर अस्पतालहरु सुचारु भए लगत्तै देशकै सबैभन्दा ठूलो र पूरानो सरकारी अस्पताल वीर अस्पतालमा शुक्रवारदेखि आकस्मिक सेवा समेत बन्द भएको छ । वीर अस्पतालका आवासीय डाक्टरहरुले आफ्ना माग पूरा गराउन अस्पतालको इमरजेन्सी सेवा समेत बन्द गरेका हुन् । डाक्टरहरुको यो गैरजिम्मेवारीपूर्ण हर्कतले गर्दा गरीव र निमुखा विरामीहरु मर्कामा परेका छन् । ...प्रधानमन्त्रीद्धारा अनमिनको ध्यानाकर्षण
प्रधानमन्त्री माधवकुमार नेपालस“ग नेपालस्थित राष्ट्रसंघीय मिसन -अनमिन) प्रमुख करिन ल्यान्डग्रेनले शुक्रबार विहान भेट गर्नुभएको छ । भेटका अवसरमा नेपालको वर्तमान शान्ति प्रक्रिया, अनमिनको म्याद, भूमिकालगायतका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री नेपालले शान्ति सम्झौताका पालना र कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहे पनि माओवादी पक्षबाट त्यसको उल्लंघन भइरहेको तर्फअनमिनको ध्यानाकर्षा गराउनुभएको थियो । ...नयाँ वर्षलाई नेपाल बन्दबाट स्वागत
नयाँ वर्ष २०१० लाई विश्वभरी आतिसबाजी र हर्षोल्लासका साथ स्वागत भइरहेका बेला नेपालमा भनें नयाँ वर्षको स्वागत नेपाल बन्दबाट गरिएको छ । नयाँ वर्षको पहिलो दिनमै नेपाल बन्द गरेर विश्वलाई निराशाजनक र नकारात्मक सन्देश दिइएको छ । बन्दका कारण नयाँ वर्ष उल्लासका साथ मनाउने आशा लिएकाहरुलाई निराशमात्र बनाएको छैन, बिभिन्न पार्क र रमणीयस्थलहरुमा गएर बनभोज सहित नयाँ वर्ष मनाउने तयारी गरिरहेकाहरु घरभित्रै थन्किन बिबश भएका छन् । ...Author info
Matrika Poudel
