Matrika Poudel
स्वस्थानी ब्रतकथा शुरु,शालीनदीमा भीड
हिन्दु धर्मालम्बीहरुको भक्ति र श्रद्धाको पर्व श्री स्वस्थानि ब्रत विहीवारदेखि शुरु भएको छ । एक महिनासम्म घरघरमा स्वस्थानि परमेश्वरीको व्रतकथा पढेर सुनाउने गरिन्छ । एक महिनासम्म चल्ने स्वस्थानि ब्रत बिहान नुहाएर मध्यान्ह पूजा अर्चना गरिन्छ । सत्य युगमा बिष्णुको सुझावअनुसार पार्वतीलेे कठोर ब्रत बसी स्वस्थानीको पूजाअर्चना गरेपछि मनोकांक्षाअनुसार महादेव पति पाएको धार्मिक विश्वास छ ।
कतारमा नेपाली कामदारको तलब बढ्ने
दीपक पौडेल/दोहा- कतारका लागि नेपाली नियोगले नयाँ बर्षो पहिलो दिनबाटै कार्यान्वयन हुने गरी नेपाली श्रमिक -अदक्ष कामदार) हरुको न्युनतम मासिक पारिश्रमिकको नयाँ सिमा तोकेको छ ।बैदेशिक रोजगारीका सिलसिलामा कतारमा पुग्ने नेपाली श्रमिकको न्युनतम मासिक पारिश्रमिकको सिमा यसअघि खानाखर्च सहित कतारी रियाल ६ सय रहेकोमा अव खानाखर्चसहित ८ सय कतारी रियाल हुनेछ ।...तराइमा पनि चीसो, जनजीवन कष्ठकर
नेपालगन्ज र आसपासका क्षेत्रमा आज विहानै देखि लागेको बाक्लो हुस्सुका कारण चिसो अत्याधिक बढेको छ । बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण पश्चिम नेपालको जनजीबन प्रभाबित भएको छ । हुस्सुका कारण सडकमा हिड्दा ५० मिटरको दुरी सम्म पनि नदेखिने भएपछि सवारी साधन चलाउन समेत अप्ठेरो भएको छ । जाडोका कारण सडकमा सवारी साधन पनि कमै गुडेका छन् । पैदल हिड्ने यात्रुको संख्या पनि अत्यन्तै न्युन छ । ...बाबुराम अनमिनको म्याद थप्ने पक्षमा
संयुक्त राष्ट्रसंघीय राजनीतिक मिसन अनमिन प्रमुख करिन ल्याण्डग्रेनले एकीकृत नेकपा माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईसंग भेटवार्ता गर्नुभएको छ ।अनमिनको म्याद थप गर्ने विषयमा माओवादीको धारणा बुझ्न करिनले शान्तिनगरस्थित भट्टराई निवासमा डा. भट्टराईसंग भेटवार्ता गर्नुभएको हो । ...पक्षघात पिडीतलाई कम्प्युटर सहयोग
मोटरसाईकल दुर्घटनामा मेरुदण्ड पक्षघातबाट पिडीत एक युबालाई बेलायतमा बस्ने नेपालीले कम्प्युटर सहयोग गरेका छन पर्वतको शिवालय ४ घर भई बेलायतमा बस्ने पुरन गिरी र नारायण ...ल्होसारमा प्रधान सेनापतिको सम्मान
तमु ल्होसार पर्वको अवसर पारेर सेनापति गुरुङ दम्पत्तीलाई सम्मानित गरिएको हो । लोसारको अवसर पारेर मिलुङ तमु सेवा समाज, तनहु काठमाडौंले बुधबार नेपाली सेनाका प्रधानसेनापति छत्रमानसिंह गुरुङलाई सम्मान गरेको छ । समाजका अध्यक्ष देवबहादुर गुरुङले प्रधानसेनापति गुरुङलाई सम्मान गरी तमु गुरुङका दुःखसुखमा साथ दिनका निम्ति वि. सं. २०६४ मा संस्था गठन गरेर लोककल्याणको क्षेत्रमा संस्थाले कार्य गर्दै आएको बताए ।...युवासंघको अध्यक्षमा महेश निर्वाचित
नेकपा एमालेको युवा सङ्गठन युवा सङ्घ नेपालको अध्यक्षमा महेश बस्नेत विजयी हुनुभएको छ । सिराहाको लहानमा जारी सङ्घको १७ औं राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा प्रत्यासी इन्द्रलाल सापकोटालाई ९० मतले पछि पार्दै बस्नेत विजयी हुनुभएको हो ।बस्नेत एमाले नेता केपी ओली निकट र सापकोटा झलनाथ खनाल निकट मानिन्छन् ।...फ्रेन्डस् र पुलिस क्वार्टरमा
नेपाल पुलिस क्लबले ब्रिटिश गोर्खा कपमा मंगलबार सामसुङ जावलाखेल युथ २-० ले हराएको छ। जावलाखेलको हारसँगै पूर्वाञ्चलमाथि ५-१ को जित हासिल गरेको एनआईबिएल फ्रेन्ड्स पुलिससँगै ...दुइ प्रधानमन्त्रीबीच सम्झौता
चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री माधवकुमार नेपाल र चिनियाँ प्रत्रानमन्त्री वीन जियाबाओबीच आर्थिक सहयोग बढाउने सहमति सहित भेटवार्ता सकिएको छ । आज दिउसो बेइजिङको ग्रेटहल अफ दी पिपुलमा भएको भेटवार्तामा भेटवार्तामा नेपाललाई १५ करोड युयानको आर्थिक तथा प्राविधिक सहयोग १ करोड युयान दिने सहमति भएको छ । ...मनका राजालाई जन्मदिनको श्रद्धान्जली
नेपालमा राजतन्त्रको अन्त्य भए पनि नेपाली जनताको मन मनमा बस्न सफल राजा वीरेन्द्रको सम्झना भनें मेटिएको रहेनछ । पूर्व राजा वीरेन्द्र वीर विक्रम शाहदेवको जन्म दिनको अवसर पारेर पुस १४ गते सर्वसाधारणले स्वस्फूर्त रुपमा वीरेन्द्र जयन्ती मनाएका छन् । ...सभासद टोली सीमाना अनुगमनमा
कृष्ण अधिकारी नेपालगन्ज १४ पुस । संबिधानसभाको अन्तराष्टि«य सम्बन्ध तथा मानवअधिकार समितिको टोली मुलुकको दक्षिणी सीमाको स्थलगत अध्यनकाका क्रममा नेपालगन्ज आईपुगेको छ । भारतले बिभिन्न स्थानमा सीमा मिचेको भन्दै देशब्यापी बिरोध भैरहेका बेला संबिधानसभाको समितिले स्थलगत अध्ययन र अनुगमन थालेको हो ।...माओवादीले भारत विरोधी आन्दोलन गर्ने
चौथो चरणको आन्दोलनलाई राष्ट्रियताको आन्दोलन बनाउनुपर्नेमा एकीकृत नेकपा माओवादीको पोलिटब्यूरो सदस्यहरुले जोड दिएका छन् । पार्टी कार्यालय पेरिसडांडामा मंगलबार बसेको बैठकले अध्यक्ष प्रचडको “वर्तमान राजनीतिक परिस्थितिको समीक्षात्मक प्रस्ताव”मा धारणा राख्ने अधिकांश पोलिटब्यूरो सदस्यहरुले आन्दोलनलाई सशक्त र ठोस निष्कर्षमा पुर्याउन राष्ट्रियताको आन्दोलन बनाउनुपर्नेमा जोड दिएका हुन् ।...नेपालगन्जमा मोहर्रमको रमझम
कृष्ण अधिकारी, नेपालगन्ज÷ मुस्लिम समुदायको दोस्रो ठुलो चाड मोहर्रम नेपालगन्जका मुस्लीम समुदायले हर्षोल्लासका साथ मनाएका छन् । अरबी क्यालेण्डर अनुसार नयाँ बर्ष १४३१ को उपलक्ष्यमा मुस्लिम समुदायले १० दिन सम्म सहिदको सम्झना गर्दै मोहर्रम मनाउने गर्छन । उनीहरुले घर घरमा ताजिया राखेर इस्लामिक घर्मका प्रबद्र्धक मोहमद र उनका नातीहरु इमाम हुसैन र इमाम अहसनको पुजा अर्चना गर्दछन । ...तिरंगा फाल्दा प्रचण्डलाई गलपासो
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहेको एक कार्यक्रममा भारतीय झण्डालाई अपमान गर्दै फालिएको विषयलाई भारतले गम्भीरताका साथ लिएको छ ।नागरिक सर्बोच्चताका लागि माओवादीले घोषणा गरेको तेस्रो चरणको आन्दोलनअन्तर्गत नेवाः स्वायत्त गणराज्य घोषणा गर्न बसन्तपुरमा आयोजित कार्यक्रममा भारतीय झण्डालाई अपमानपूर्वक फालिएको थियो । भारतीय झण्डाको अपमान गरिएको भिडियो यतिबेला दिल्ली पुगीसकेको छ । ...डाक्टर हड्तालमा, विरामी अलपत्र
डाक्टरहरुको अनिश्चितकालिन हड्तालका कारण आज देशभरका सरकारी अस्पतालहरुमा उपचार सेवा ठप्प भएको छ । नेपाल चिकित्सक संघको आव्हानमा आज विहानैदेखि देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका अन्य सेवाहरु ठप्प भएका हुन् । डाक्टरहरुनै आन्दोलनमा उत्रिएपछि उपचारका लागि अस्पताल पुगेका विरामीहरु अलपत्र परेका छन् । सरकारसँग विगतमा भएका मागको कार्यन्वयन, डाक्टरको सुरक्षा र पेशागत माग राखेर संघले अस्पताल बन्द गराएको हो । ...विवादका बीच तोरणले लगाए फुली
प्रधानसेनापति छत्रमान सिंह गुरुङ्गले हालै रथीमा बढुवा भएका उपरथी तोरणजंगबहादुर सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।जंगीअड्डामा आईतबार आयोजित एक कार्यक्रमकावीच सिंहलाई सेनापति गुरुङ्गले दर्ज्यानीचिन्ह प्रदान गर्नुभएको हो । गत पुस ९ गते बसेको मन्त्रिपरिषदको बैठकले उपरथी सिंहलाई बलाधिकृत रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।...लुटपाट गर्ने ज्वालाका कार्यकर्ता पक्राउ
कृष्ण अधिकारी/नेपालगन्ज । बाँके प्रहरीले ले अपहरण र लुटपाटमा संलग्न तर्राई जनतान्त्रिक ज्वालासिह समुहका दुइ जना कार्यकर्ताहरुलाई हतियार सहित पक्राउ गरी र्सार्बजनिक गरेको छ । पक्राउ पर्नेमा पप्पु यादब भनिने रमेश र केशब गडरीया रहेका छन । ती दुबै जना लामो समय देखि बाकेमा अपहरण हत्या र लुटपाट, हतियार ओसार पसार र बम बिस्फोटमा सलग्न रहेको जानकारी बाकेका प्रहरी नायब उपरिक्षक राजकुमार बैदवारले दिनु भएको छ । ...कतारका नेपालीलाई पुस्तकालय
दिपक पौडेल, दोहा/ 'भाषाको उत्थान नेपालीको पहिचान' भन्ने भावनाकासाथ नवोदित साहित्यिक वाचनालयले विगत लामो समयदेखि दोहामा रहेका नेपालीहरुलाई विभिन्न प्रकारका पुस्तकहरु अध्ययनका लागि उपलब्ध गराउँदै आएको छ । प्रत्येक शुक्रवार विभिन्न कार्यक्रममा होस या जैद्ध पार्कमा बसेर होस किताव अध्ययन गर्ने नेपालीजनलाई पुस्तकालयको सेवा दिंदै आईरहेको छ ।...भारतीय राजदूत प्रचण्ड निवासमा
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र भारतीय राजदूत राकेश सूदबीच आज बिहान भेटवार्ता भएको छ । सूद आज दिल्ली जानु अघि प्रचण्डसंग भेटवार्ता गर्नुभएको हो । राजदूत सूद बिहान पौने बजे दाहाल निवास नयाँ बजार पुग्नुभएको थियो । करिब एक घन्टा भेटवार्ता चलेको थियो । सूद नियमित ब्रिफिङका लागि दिल्ली जाँदैहुनुहुन्छ । ...प्रधानमन्त्रिले संजीवनी बुटी खोल्ने
प्रधानमन्त्रि माधबकुमार नेपालले राजनीतिक गतिरोध अन्त्य गर्न आफूसँग सन्जिवनी बुटी भएको बताउनुभएको छ . डेनर्माकको राजधानी कोपनहेगनमा भएको जलवायु परिबर्तन सम्बधी अन्तराष्ट्रिय सम्मेलनमा सहभागि भएर आज स्वदेश र्फकनु भएका प्रधानमन्त्री नेपालले राजनीतिक गतिरोध निकासका लागि आफूसंग सन्जिवनी बुटी भएकाले छिट्टै सहमति हुने विश्वास ब्यक्त गर्नुभयो ।प्रमुख प्रतिपक्षी एकीकृत माओबादी लगायत सत्तारुढ दलहरुसँग आजैबाट परार्मश थाल्ने भन्दै प्रधानमन्त्री नेपालले मुलुकको निकासकालागि सहमति र सम्बाद भन्दा अर्को बिकल्प नरहेको बताउनु भयो । ...माओवादी हड्तालमा झडप र तोडफोड
एकीकृत माओवादीको घोषित तीन दिने आमहड्तालको पहिलो दिन देशको विभिन्न स्थानमा तोडफोड एवं झडप भएको छ । आमहड्तालका क्रममा राजधानी लगायत मुलुकका विभिन्न स्थानमा जबरजस्ती बजार बन्द गराउंदै हिंड्ने र सवारी साधान तोडफोड् गर्न प्रयास गर्ने पांच दर्जन भन्दाबढी माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता विज्ञान शर्माले जानकारी दिनुभयो । माओवादीको प्रदर्शनको क्रममा राजाधानीको नयांबानेश्वर, गौशाला लगायतका स्थान दिनभर तनावग्रस्त बनेको थियो । ...डेनमार्कमा नेपाली विद्यार्थीको गुनासो
डेनमार्कमा बस्दै आएका गैर आवासीय नेपाली र विशेष गरि विद्यार्थीहरुले यहाँ बसोअबास गर्ने आफ्ना नागरिकको हितमा डेनमार्क सरकार संग आवश्यक पहल गरिदिन प्रधानमन्त्री मधकुमार नेपाल समक्ष माग राखेका छन् . जलवायु परिवर्तन सम्बन्धि १५औ विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्न मंगलवार डेनमार्कको राजधानी कोपेन्हागेना आइ पुग्नु भएका प्रधानमन्त्री समक्ष नेपाली विद्यार्थीहरुले यस्तो माग राखेका हुन् . नेपाली दुतावासमा आयोजित कार्यक्रममा गैर आवासीय नेपाली संघ डेनमार्क र नेपाली विद्यार्थी फोरम डेनमार्कक पदाधिकारी र विद्यार्थीहरुले आ आफ्ना समस्याहरु राखेका थिए . ...प्रधानमन्त्री जम्बो टोलि सहित डेनमार्कमा
ज लवायु परिवर्तनसम्वन्धि पक्ष राष्टहरुको सम्मेलन (कन्फ्रेन्स अफ द पार्टिज, कोप १५)मा भाग लिन प्रधानमन्त्री माधवकुमार नेपाल मंगलवार कोपनहेगन आइपुग्नु भएको छ . । काठमाडौंबाट थाई एअरवेज हुँदै मंगलवार विहान उहा कोपनहेगन आइपुगेका हुन् । काठमाडौंबाट उनी सोमवार दिउँसो बैंकक उडेका थिए । सम्मेलनमा भाग लिन अन्य विभिन्न देशका राष्ट प्रमुखहरु पनि कोपनहेगन आउनेक्रम जारी छ । ७ डिसेम्बरदेखि जारी कोप १५ मा एक सय ९३ मुलुक सहभागी छन् । १८ डिसेम्बरसम्म सम्मेलन चल्नेछ । ...बस दुर्घटनामा १३ को ज्यान गयो
कास्कीको सराङकोटमा सोमबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने तीस भन्दा बढी घाइते भएका छन् ।५ जनाको घटनास्थलमा र ८ जनाको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ६ महिला र ७ जना पुरुष रहेका छन् । कास्कीकोटबाट पोखरातर्फ आउँदै गरेको ना ३ ख ६२८६ नम्बरको यात्रुबाहक बस सराङकोट गाविसको साउनेपानी- १ मा दुर्घटनाग्रस्त भएको थियो । बस सडकबाट झण्डै १ सय ५० फिट खोंचमा खसेको छ । ...डेनमार्क जानुअघि राष्ट्रपतिको आशिर्वाद
जलबायु परिवर्तनसम्वन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिन जान लाग्नुभएका प्रधानमन्त्री माधवकुमार नेपाल र राष्ट्रपति डा. रामवरण यादववीच भेटवार्ता भएको छ ।साँझ ६ बजेपछि राष्ट्रपति निवास शितलनिवासमा भएको भेटवार्तामा प्रधानमन्त्रीले भ्रमण र नेपालले तय गरेका एजेण्डाबारे जानकारी गराउनुभएको बताइएको छ ।सो अबसरमा राष्ट्रपतिले माओवादीले आजदेखि सुरु गरेको गणराज्य घोषणा र त्यसले पार्ने प्रभावबारे प्रधानमन्त्रीसंग जानकारी लिनुभएको शितलनिवास स्रोतले जनाएको छ । आफुले प्रचण्डलाई गणराज्य घोषणा फिर्ता लिन आग्रह गरेपनि उनले नमानेको प्रधानमन्त्रीले स्पष्टीकरण दिनुभएको थियो ।...सेनापति गुरुङको दोस्रो विदेश भ्रमण
भारतीय सेनाको मानार्थ सेनपाति पदवी ग्रहण गर्न प्रधानसेनापति छत्रमानसिंह गुरुङ भारत भ्रमणमा जानुभएको छ ।भारतका स्थल सेनाध्यक्ष दीपक कपुरको निमन्त्रणामा नेपाली सेनाको नौ सदस्यीय टोलीको नेतृत्व गर्दै गुरुङ आज भारत प्रस्थान गर्नुभएको हो । सेनापति गुरुङ शनिवार भारतको देहरादुनस्थित इन्डियन मिलिटरी एकेडेमी (आइएमए) मा आयोजना हुने पासिङ आउट परेडको रिभ्युइङ अफिसर चिफ गेस्टका रुपमा सहभागी हुनुका साथै नवनियुक्त अधिकृतहरुको दज्र्यानी चिहृन प्रदान तथा सपथ कार्यक्रममा सहभागी हुनुहुनेछ ।...कालापत्थरदेखि कोपेन्हागेनसम्मको यात्रा
मात्रिका पौडेल, कोपेन्हागेन \ कोपेन्हागेनमा भेला भएका संसारका ५० हजार भन्दा वढी मान्छेहरुका लागि शुक्रवार सम्म नेपाल कुनै महत्वको टपिक थिएन. तर जब चन्द्र सुर्य अङ्कित नेपालको रष्ट्रिय झन्डा डेनिस संसद अगाडिको सडकमा फहरायो, एकाएक संसारले एकपटक नेपालतिर नजर नलागे सुखी पाएन. सुरक्षाको हिसाबले डेनिस संसद अगाडिको क्रिश्चिहंबर्ग सडक सबैभन्दा संवेदनशील भाग हो. विरलै मात्र जुलुस हुने यस्तो ठाउमा एकाएक गोर्खाली हरुको जुलुस निस्कियेपछी एकछिन त डेनिस हरु पनि चकित भए. ...आफूलाई मार्ने षडयन्त्र भएको प्रचण्डको दावी
माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारले केही माओवादी नेताहरुलाई मार्ने षडयन्त्र गरेको र त्यो षडयन्त्र अहिले उत्कर्ष विन्दुमा पुगेको दावी गर्नु भयो ।...कहिले आउला अबरोधको पालो ?
सभामुख सुभाषचन्द्र नेम्वाङ्गले लामो समयदेखि अबरुद्ध व्यवस्थापिका संसद सुचारु हुन नपाउँदै अन्यदलहरु पनि संसद अवरुद्ध गर्न पालो कुरेर बसिरहेको बताउनुभएको छ । विभिन्न दलहरुसँगको भेटमा अवरुद्ध संसद सुचारु गर्न बिषयमा भन्दा पनि आफनो पालो कहिले आउने भनेर आफुलाई सोधने गरेको सभामुख नेम्वाङ्गको भनाई थियो । शुत्रmबार काठमाडौंमा भ्रष्टाचारविरुद्धको कार्यत्रममा सभामुख नेम्वाङ्गले यस्तो बताउनुभएको हो । उहाँले व्यवस्थापिका संसद अवरुद्ध हुँदा जनताको आवाज नै अवरुद्ध हुने भएकोले तत्काल दलहरुलाई अवरुद्ध संसद सुचारु गर्न आग्रह गर्नुभयो ।...बिश्व्वभरका वातारणप्रेमिहरुको माहामेला
जलवयु परिवर्तन सम्वन्धी १५औ राष्ट्र्सङ्घिय विश्व सम्मेलन डेनमार्कको राजधानी कोपेनहगेनमा शुरु भएको छ । कोपेनहगेनको मध्यभागमा अबस्थित बेल सेण्टरमा शुरु भएको जलवयु परिवर्तनको यस कुम्भमेलामा बिश्व्वभरका वातारणप्रेमिहरुको माहामेला लागेको छ । बेलासेन्टरको कारीब ४ सय हेक्टर क्षेत्रफल्मा फैलिएको नवनिर्मित सम्मेलनस्थला अहिले विश्वका फरक फरक मानिसहहरुको सङ्गम बनेको छ । बिश्व्का ५० हजारभन्दा बढी मानिशहरउको जम्घट्ले डेनमर्कमा बस्ने ठाउको समेत कमी भएको छ । ...प्रधान न्यायाधिशमा शर्मा अनुमोदन
स्थापिका संसदको संसदीय विशेष सुनुवाई समितिले संबैधानिक परिषदले सर्वोच्च अदालतका लागि प्रस्ताव गरेका प्रधानन्यायधिश अनुपराज शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ । संबैधानिकपरिषदले गरेको प्रस्ताव पछि आज भएको सुनुवाईपछि समितिले सर्वसम्मत अनुमोदन गरेको हो ।सुनुवाईमा भाग लिदै प्रस्तावित प्रधानन्याधीसले न्याय प्रणालीलाई पारदर्शी सर्वसुलभ र जनउत्तरदायी वनाउन ऐन कानुन परीमार्जनको आवश्यकता रहेको औंल्याउनुभयो ।...सम्झौता उल्लंघन भएको ठहर
एकीकृत नेकपा माओवादीले शान्ति सम्झौता उल्लंघन गरेकाले त्यसको अनुमगन गर्न सरकारले राष्टसंघीय मिसन अनमिन र संयुत्त राष्ट संघको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । माओवादीले शान्ति सम्झौता विपरीतका त्रियाकलाप जारी राखेको भन्दै सरकारले चिन्ता प्रकट गरेको छ । सरकारले त्यसका लागि गृह, रक्षा, परराष्ट« तथा अन्य सम्बन्धित पक्षलाई पनि ध्यानाकर्षण गराउनेछ ।...समयमै संविधान बनाऔं
प्रधानमन्त्री माधवकुमार नेपालले ६ महिना भित्र संविधान नबनेमा मुलुक दुर्घटनामा जाने बताउनु भएको छ । मदन आश्रित स्मृति प्राविधिक शिक्षालयमा मंगलवार आयोजित कार्यत्रmममा बोल्दै उहांले आगामी जेठ १४ गते सम्म संविधान बनाउनका लागि सबै दल सहमत हुनु पर्ने बताउनुभयो ।...जग्गा पाउने आशमा ज्यानै गयो
ढाडगाउँ-३ सुर्खेतका ४० वर्षीय कणंसिह मलाति अब बाचिदैन कि भन्ने चिन्तामा छन्। कैलालीको डुढेझारी जंगलमा माओवादीले 'सुकुम्वासी' लाई जमिन बाड्ने खवर पाएपछि मंसिर १० गते त्यहाँ पुगेका मलातिलाई शुक्रवारको भीडन्तमा गोली लागेकेा छ। गोली लागेपछि बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएका मलातिको शनिवार साँझसम्म दाया खुट्टामा लागेकेा गोली ननिकालिएका कारण मरिन्छ की भन्ने चिन्तामा छन्।...नेपाल र माल्दिब्सको खेल बराबरीमा
बंगलादेशको राजधानी ढाकामा सम्पन्न भएको समुह ए अन्तर्गत नेपाल र मालदिभ्सबीचको फुटबल १-१ गोल हुँदै बराबरी टुङगिएको छ । bangladesh-1ेलमा नेपालले महत्वपूर्ण अंक प्राप्त गरेपछि नेपाललको सेमिफाईन पुग्ने सम्भावना पनि बढेको छ । पहिलो हाफ गोल रहित बराबरी सकिएको खेलमा अग्रता भने माल्दिभ्सले लिएको थियो । माल्दिभ्सका लागि ६३ औा मिनेटमा अहमद तोरिक्युले गोल गर्दै अग्रता लिएपनि त्यसको पाँच मिनेटपछि योगेश श्रेष्ठले मिलाई दिएको पासलाई जुमानु राईले गोलमा परिणत गरेका थिए । जुमानु राईको गोलसागै नेपालले माल्दिभ्ससग महत्वपूर्ण अंक लिन सफल भएको हो ।...माओवादीको नेपाल बन्दमा तनाव
एकीकृत नेकपा माओवादीको आव्हानमा आज नेपाल बन्द भएको छ । माओवादी बन्दका कारण देशको जनजीवन ठप्प भएको छ । यातायात कलकारखाना र उद्योगधन्दाहरु ठप्प भएका छन् । माओवादी कार्यकर्ताहरु सडक चोकमा झण्डा सहित अवरोध सिर्जना गरेर बसेका छन् । प्रेस, एम्बुलेन्स र प्रहरीका गाडी बाहेक काठमाडौं लगायतका अन्य शहरका सडकहरुमा कुनै पनि सवारी साधन चलेका छैनन् । माओवादी कार्यकर्ताहरुले कैलाली हत्याकाण्डको विरोधमा नाराबाजी गरिरहेका छन् । बन्दका क्रममा केही ठाउँमा सवारी साधान तोडफोड भएका छन् भनें चितवनमा एमाले कार्यकर्ता र माओवादीबीच झडप भएको छ । ...प्रहरी सुकुम्बासी भिडन्तमा ६ को मृत्यु
वन अतिक्रमणकारी र प्रहरीबीच भएको भिडन्तमा कैलालीमा एक प्रहरी सहित कम्तिमा ६ जनाको मृत्यु भएको छ । झडपका कारण कैलाली तनावग्रस्त बनेको छ । एकीकृत नेकपा माओवादीले घटनाको विरोधमा कैलाली बन्द आव्हान गरेको छ । वन अतिक्रमणकारीले गए राति एक दर्जन सवारी साधन जलाएका छन् । शनिवार पनि प्रशासनले टहरा हटाउने तयारी गरेकोले तनाव चर्किएको छ । दीपायल, धनगढी र नेपालगन्जबाट समेत थप प्रहरी बल मगाइएको छ ।...अर्थलाई जानकारी छैन
नेपाल बायु सेवा निगमद्वारा खरिद गर्न लागिएको २ वटा विमान खरिद प्रक्रियाबारे आफूलाई जानकारी नरहेको अर्थन्त्रालयले दावी गरेको छ । यसै बिषयलाई लिएर मन्त्रालयले निगमसँग बिभिन्न नौ वटा प्रश्न सोधेको जनाएको छ ...एकिकर्त माओवादीद्वारा चक्काजाम
तेस्रो चरणको संर्घष्ा कार्यक्रम अन्तर्गत एकीकृत नेकपा माओवादी निकट दलित र मुस्लिम मुक्ति मोर्चाले शुक्रबार काठमाडौमा दर्ुइ घण्टा चक्का जाम गरेका छन् । ...प्रधानमन्त्रीसहित सबै मन्त्री लुक्लामा
सगरमाथाको कालापत्थरमा हुने मन्त्रिपरिषद बैठकमा भाग लिन प्रधानमन्त्रीसहित सबै मन्त्री सगरमाथा आधार क्षेत्र पुगेका छन्। ५ हजार २ सय ४२ मिटर उचाइको कालापत्थरमा हुने बैठकमा भाग लिनु पूर्व त्यहाँको वातावरणमा घुलमिल हुन मन्त्रीहरु एक दिन अघि लुक्ला पुगेका हुन्। प्रधानमन्त्री तथा मन्त्रीहरु आज लुक्लामा बस्नेछन्। 'हाइअल्टिच्युड' लाग्ने सम्भावनालाई ध्यानमा राख्दै भोलि शुक्रबार मन्त्रीहरुको स्वास्थ्य परीक्षणपछि मात्र कालापत्थर लगिनेछ। मन्त्रिपरिषद बैठक २० मिनेट जति लामो हुने स्रोतले जनाएको छ।पूर्व राजा रानी भारत भ्रमणमा जाने
पूर्व राजा ज्ञानेन्द्र शाह पारिवारिक विवाह समारोहमा सहभागी हुन आइतबार भारत जानु हुने भएको छ । राजाबाट हटेपछि उहाँको यो दोस्रो भारत यात्रा हो । यसअघि गत वर्षपनि उहाँ विवाह समारोहमा सहभागी हुनका लागि भारतको दिल्ली जानुभएको थियो । आउँदो आइतबार पूर्व राजा नयाँ दिल्ली हुँदै उडिसा जाने कार्यक्रम रहेको निर्मल निवास निकट स्रोतले जनाएको छ । उडिसामा उहाँका फपूको छोराको विवाह कार्यक्रम रहेका छ । उहाँसँगै श्रीमती कोमल र निजी सचिव सागर तिमल्सिना पनि भारत जान लागेको बताइएको छ ।...प्रचण्डलाई प्रधानमन्त्री नेपालको ताकेता
प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल अनुपस्थित भएपछि संवैधानिक परिषद्को बैठक बुधवार पनि बस्न सकेन । बैठक पुनः आगामी आइतबारका लागि तय गरिएको छ । विपक्षी नेता दाहाललाई परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री माधवकुमार नेपालले आफै“ फोन गरी बैठकमा बोलाउनुभएको थियो । यसअघि सोमबार परिषद्को बैठक बस्दा पनि दाहाल अनुपस्थित हुनुहुन्थ्यो । प्रधानन्यायाधीशमा अनुपराज शर्मालाई सिफारिश गर्दा अनुपस्थित भए पनि दाहालले सा“झ निर्णय पुस्तिकामा भने हस्ताक्षर गर्नुभएको थियो ।...साकेला नाचेर मनाइयो उधौली पर्व
मंसिरे पूणिर्माका दिन किरात समुदायले यस दिनलाई उधौली पर्वका रुपमा धान नाच नाचेर मनाएका छन् । किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल हात्तीवनमा सोमबारदेखि किरात चाड याक्खाको चासुवा, सुनुवारको फोलस्यादर र र्राईको उधौली साकेला तथा लिम्बुको चासोक तङनामको शुभारम्भ गरिएको थियो । उपत्यकामा रहेका किराती समुदायले हात्तिवनमा जम्मा भएर सामुहिक रुपमा धान नाच र साकेला नाच नाचेका थिए । साकेल पर्वको अवसरमा सरकारले बुधवार राष्ट्रिय विवाद दिएको थियो । सरकारले मंगलवारै किरात धर्मगुरु फाल्गुणानन्द लिङदेनलाई राष्ट्रिय विभूती घोषणा गरेकोमा यस पर्वमा रौनक थपिएको थियो ।...बलात्कृत महिला प्रहरी संसदमा सार्वजनिक
अछाम जिल्ला प्रहरी कार्यालयभित्रै आफ्नै सहकर्मीहरुबाट बलात्कृत भएकी प्रहरी हवल्दार सुन्तली धामी मंगलवार पहिलो पटक र्सार्वजनिक भएकी छिन् । दशैंको नवमीका दिन बलात्कृत भएकी भनिएका सुन्तली धामी संसदको महिला, बालबालिका र समाजकल्याण समितिमा र्सार्वजनिक भएकी हुन् । समितिको मंगलवारको बैठकमा पीडित महिला प्रहरी धामी र उनको पक्षमा वकालत गरेपछि सरुवा भएकी प्रहरी नायव महानिरीक्षक डिआइजी पार्वती थापा मगरले अछाम बलात्कार घटनाको जानकारी गराएका हुन् ।...माओवादी विरुद्ध कांग्रेस एमाले गठबन्धन
राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणालीबारे सहमति हुन नसकेपछि मंगलवार भएको निर्वाचनमा कुनै पनि दलले बहुमत पाउन नसकेपछि समिति निर्णयविहीन बनेको छ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने माओवादीको प्रस्तावमा १८ मत परेको थियो भनें विपक्षमा कांग्रेस र एमालेको २० मत परेको थियो । ४२ सदस्यीय समितिमा बहुमत कुनै पनि दलको नपुगेकाले अब के गर्ने भन्ने बारेमा पुनः छलफल भएको छ ।...प्रचण्डमाथि भित्री र बाहिरी प्रचण्ड दबाब
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई स्वायत्त गणराज्यहरुको घोषणा गर्नबाट रोक्न बाहृय दबाब जति आइरहेको छ, त्यो भन्दा ठूलो दबाब आन्तरिक विवादले दिइरहेको छ । माओवादीले संविधासनभाको राज्य पुनर्संरचना समितिमा पेश गरेको प्रतिवेदन अनुसार १३ ओटा स्वायत्त गणराज्य र २ उपराज्य सहितका स्वायत्त गणराज्यहरु सडकबाट घोषणा गर्ने तयारी गरेको छ । तर ती गणराज्यको सिमाना छुट्याउने विषयमा माओवादीकै जातीय क्षेत्रिय मोर्चाबीच विवाद उत्पन्न भएपछि अध्यक्ष प्रचण्ड दबाबमा पर्नभएको हो । ...एड्स रोक्न प्रधानमन्त्रीद्धारा राजदूत चयन
'एच.आइ.भी र एड्सको सेवामा सबैको पहुँच बढाऔं मानवअधिकार सुनिश्चित गरौं भन्ने नाराका साथ विश्वभरि एड्स दिवस मनाइएको छ । विश्वव्यापी रुपमा एचआइभी एड्सको महामारी फैलिरहेको अवस्थामा नेपालमा पनि एड्स संक्रमितहरुको संख्या बढिरहेको छ । सन् १९८८ मा पहिलो पटक देखा परेको यस महामारीबाट २ दशकभन्दा कम अवधिमा नेपालमा गरिएको रक्तपरीक्षण अनुसार १४ हजार ३ सय २० जना ग्रस्त भइसकेका छन् । तर, यो रोग लागेका सबै मानिस रगत जचाउन आएका छैनन् ।...अन्तर्राष्ट्रिय हात्तीपोलो बर्दियामा शुरु
कृष्ण अधिकारी/नेपालगन्ज । अन्तर्राष्ट्रियस्तरमै चासोको खेल मानिएको २८ औं हात्ति पोलो अन्तर्राष्ट्रिय प्रतियोगिता बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारामा सोमबार देखि शुरु भएको छ । टाइगर टोप्स कर्णाली लजद्वारा आयोजना गरिएको हात्ति पोलो प्रतियोगिताको उद्घाटन हात्ति पोलो विज्ञ जेम्स माइन कर्लकले गरेका थिए । आयोजक टार्इगर्स टप्सका अनुसार देश र विदेशका गरि १२ टिमले हात्तिपोला प्रतियोगितामा भाग लिएका छन् ।...Author info
Matrika Poudel
