Matrika Poudel

image

कतार दुतावासमा अलपत्र हुनेको ओइरो

दिपक पौडेल/दोहा । बैदेशिक रोजगार एजेन्टका कारण कतारमा लामो समयसम्म अलपत्र परेपछि ४२ जना नेपाली युवा उद्दारको याचना गर्दै सोमवार नेपाली दुतावासको शरणमा आएका छन् ।न्यू रैयनमा साफी मस्जिदनेरको एक क्याम्पमा बस्दै आएका ४२ जना युवाहरूलाई दोहामा कार्यरत धनुषा घर भएका एजेन्ट मोहम्मद नजामुद्धिनले विभिन्न समयमा विभिन्न आश्वासन दिएर कतारस्थित एक ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीको कामका लागि ल्याएका हुन् ।
Full story

नेपालकै सबैभन्दा ठूलो सिन्चाइ तयार

image
कृष्ण अधिकारी/नेपालगन्ज । नेपालकै सबै भन्दा ठुलो सिचाई आयोजनाको रुपमा रहेको सिक्टा सिचाई आयोजनाको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । आफ्नै देशको लगानीमा तीन बर्षपहिले बाके जिल्लाको अगैयामा निर्माण कार्य शुरु भएको आयोजनाको हेडबक्स निर्माणको ९५ प्रतिशत पुरा भएको छ । हेडबक्सको निर्माण पछि नहर निर्माणको कार्य शुरु भएको आयोजनाका सिनियर इन्जिनियर रबि श्रेष्ठले दिनु भएको छ ।बाके जिल्लाको करिब ३४ हजार हेक्टर जग्गामा सिचाई सुविधा पुर्‍याउने लक्ष्य सिचाई आयोजनाको कुल ५० किलो मिटर नहर मध्ये पहिलो चरणमा १५ किमी नहर निर्माणको कार्य भई रहेको छ ।...
Full story

मधेशीकरण विरुद्ध लेखीको उम्मेदवारी

image
नेपाल आदिवासी जनजाति महासंघको आगामी महाधिवेशनमा थारु कल्याणकारिणी सभाले महामन्त्री राजकुमार लेखीलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । महासंघको महाधिवेशन आगामी पुष २५, २६ र २७ गते काठमाडौंमा हुदैछ । थारु कल्याणकारिणी सभाको केन्द्रिय सचिवालय वैठकले लेखीलाई आदिवासी जनजाती महासंघको अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो । थारु कल्याणकारिणी सभाको सचिवालयले लेखीलाई उम्मेदवार बनाउने निर्णय गर्नुका साथै नेपालको आदिवासी आन्दोलनलाई पहाडी मधेशी ब्राम्हणवादी गठवन्धनबाट खतरा रहेको निष्कर्षपनि निकालेको छ । ...
Full story

गोरकशेपबाट विश्व समुदायलाई सन्देश

image
करीव एक महिनाअघिनै सगरमाथाको आधार शिविरमा हुने भनिएको मन्त्रिपरिषद बैठक आगामी शुक्रवार गोरकशेपमा बस्ने भएको छ । जलवायु परिवर्तनसम्बन्धी कोपेनहेगन सम्मेलन शुरु हुनुभन्दा तीन दिनअघि विश्वको सर्बोच्च शिखर सगरमाथाका आधारशिविर नजिकबाट नेपालले विश्व समुदायलाई सन्देश दिने भएको छ । गोरकशेप आधार शिविरभन्दा एक स्टेप तल रहेको छ । मंसिर १९ गते हुने बैठकले नेपालका हिमालहरु पग्लिदै गएको र हिमतालहरु खतरामा रहेको भन्दै यसले विश्वलाईनै खतरामा पारेको सन्देश दिने भएको छ । ...
Full story

कथित नयाँ बुद्धको तपस्याको भण्डाफोर

image
आफूलाई बुद्धको नयाँ अवतारका रुपमा स्थापित गर्न चाहने तपस्वी राम बम्जन असली तपस्वी नभएको र उनी निराहार पनि नरहेको पुष्टि भएको छ । बाराको गढीमाइ मेलामा कुनै पनि हालतमा पशुबली हुन दिन्न भनेर कसम खाएका बम्जन बली हुने दिनदेखि अचानक गायव भएपछि सन्चारकर्मीहरुले उनको असलियत खोज्ने क्रममा केही नयाँ तथ्यहरु फेला पारेका छन् । उनको तपस्यास्थलमा जुसका खाली खोल र बिस्कुट चाउ चाउका प्याकेटहरु भेटिएपछि उनी निराहार रहेको भन्ने हल्ला पनि गलत सावित भएको छ । साढे चार वर्षदेखि निराहार रहँदै आएका भनिएका रामबहादुर बम्जनको तपस्यास्थलमा फ्रुटी, बिस्कुटका खाली खोल र कोकाकोलाका खाली बोतल पाइएका छन्। ...
Full story

लेबनानमा नेपाली महिलालाई प्रतिबन्ध

image
नेपाल सरकारले खाडी मुलुक लेबनानमा महिला कामदारलाई जान रोक लगाएको छ । लेबनानमा महिला कामदार असुरक्षित रहेको जनाउँदै बुधवारदेखि रोक लगाइएको श्रम तथा रोजगार प्रबर्द्धन विभागले जनाएको छ । पूर्व स्वीकृती लिएर अन्तिम स्वीकृतिको पर्खाइमा रहेका महिलाले भनें लेबनान जान पाउने बिभागले जनाएको छ । पछिल्लो समयमा लेबनानमा घरमालिकले दिएको यातना सहन नसकेर २ जना नेपाली महिलाले आत्महत्या गरेका थिए । बैदेशिक रोजगार व्यवसायीहरुले कामदारको सुरक्षाका लागि सेफ सेन्टर स्थापना गर्ने भने पनि त्यो प्रतिबद्धता पूरा नगरेकाले महिला कामदारलाई रोक लगाइएको हो । लेबनानमा पुरुष भन्दा बढि महिला नेपाली कामदार कार्यरत छन् । ...
Full story

राष्ट्रपति र प्रचण्डको दोस्रो हस्त मिलन

image
राष्ट्रपति डाक्टर रामवरण यादवले राष्ट्रपति संस्थालाई विवाद र अपमानमा नपारी वर्मान राजनीतिक संकटको निकास खोज्न माओवादी नेतृत्वलाई सुझाव दिनुभएको छ । विहीवार सा“झ राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति यादवले माओवादी अध्यक्ष प्रचण्डलाई यस्तो सुझाव दिनुभएको भेटमा सहभागी माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाली टिभीलाई बताउनुभयो ।...
Full story

करिमालाई कारवाही गर्न प्रम लाचार

image
प्रधानमन्त्री माधवकुमार नेपालले सिडिओ कुट्ने सहायकमन्त्री करिमा बेगममाथि कारवाही भइसकेको दावी गर्नुभएको छ । कैलालीको धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री नेपालले बेगमले माफी मागिसकेकाले अहिलेको अवस्थामा त्यो भन्दा बढी कारवाही गर्न नसकिने लाचारी समेत व्यक्त गर्नुभयो । उहाँले त्यसो भनिरहँदा उपप्रधानमन्त्री एबं बेगमको पार्टी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार पनि सँगै हुनुहुन्थ्यो ।...
Full story

'म रिमोट कन्ट्रोलबाट चल्ने मानिस होइन'

image
मनोरन्जन शर्मा/भैरहवा । आफू अध्यक्ष र कुलपति रहेका संस्थाहरुको बैठकमा भाग लिने क्रममा प्रधानमन्त्री माधवकुमार नेपाल विहिवार लुम्बिनी विकास कोषको बैठकको अध्यक्षता गर्न लुम्बिनी पुग्नुभएको छ । शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित लुम्बिनी विकासको कोषको बैठकमा अध्यक्षको हैसियतमा प्रधानमन्त्री नेपाल लुम्बिनी जानुभएको हो । विकास कोष स्थापना भएको करीव ४० वर्षो इतिहासमा प्रधानमन्त्रीले बैठकमा भाग लिएको सम्भवतः यो पहिलो पटक हो ।...
Full story

कर्णालीबासीलाई नेताहरुको ठेंगा

image
संविधान लेख्ने जिम्मा पाएका नेताहरुलेनै नयाँ संविधान लेख्न नदिने षडयन्त्र भइरहेको आरोप लगाएका छन् । देशका प्रमुख राजनीतिक दलका शीर्ष तहकै नेताहरुको निराशाजनक कुरा आएपछि नयाँ संविधानले केही देला भन्ने आशा गरेर बसेका कर्णालीबासीहरु भनें निराश बनेका छन् । नयाँ संविधानमा समावेश गर्नुपर्ने कर्णाली क्षेत्रका सवालका बारेमा बोल्न निम्त्याइएका नेताहरुमध्ये कतिपयले स्वायत्त कर्णाली प्रदेशनै अस्वीकार गरिदिए भनें कतिपयले संविधाननै नबन्ने बताइदिए ।...
Full story

काजकिरया नहुँदै गोल्छाको जग्गा कव्जा

image
कृष्ण अधिकारी/नेपालगन्ज । एकीकृत माओवादी कार्यकर्ताहरुले बाँकेको कोहलपुर नजिकै सुर्खेत रोडमा रहेको उद्योगपति स्वर्गीय महेन्द्र गोल्छाको १२ विघा जग्गा कब्जा गरेका छन् । नेपालगन्ज कोहलपुर सडक खन्डमा रहेको उक्त वर्षौंदेखि खाली थियो । माओवादीको थारुवान राज्य समिति अन्तर्गत अखिल नेपाल सुकुम्वासी संघको नेतृत्वमा रहेका माओबादी कार्यकर्ताहरुको समुहले कोहलपुरस्थित उद्योगपति गोल्छा र ऐलानी गरी करिब २१ बिघा जग्गा उनीहरुले कब्जा गरेको हो । गोल्छाको निधन भएको एक साता पनि पुगेको छैन । ...
Full story

जब प्रधानमन्त्रीलाई चड्कन हान्न मन लाग्छ

image
अनुहार र बोली व्यवहार हेर्दा प्रधानमन्त्री माधवकुमार नेपाललाई कसैले पनि आक्रमक व्यक्तिका रुपमा लिदैनन् । तर प्रधानमन्त्री आफैंले आफूलाई कति बेला चरम रिस उठेर मान्छेलाई गालामा चड्काउँ जस्तो लाग्छ भन्ने बारेमा खुलासा गर्नुभएको छ । बुधवार अपरान्ह राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री नेपालले महिलामाथि हिंसा गर्ने, बाटोमा हिडिरहेका युवतीहरुलाई जिस्काउने जस्ता व्यक्तिलाई देख्दै चड्कन हान्न मन लाग्ने गरेको बताउनुभयो । ...
Full story

केएफसी र पिज्जाहटमा हाउसफूल

image
खानाका पारखीहरुका लागि विश्वमै प्रसिद्ध रहेको केएफसी र पिज्जाहट अब नेपालको राजधानी काठमाडौंमा पनि उपलव्ध भएको छ । अमेरीकी फास्टफुड सन्जाल केएफसी र पिज्जाहटको नेपाल शाखा राजधानीको दरवारमार्गमा बुधवारदेखि खुलेको हो । बुधवार खुलेको पहिलो दिनमै सयौं उपभोक्ताको भीड केएफसी रेष्टुरेन्ट र पिज्जाहटमा देखिएको थियो । नेपालमा अन्तर्राष्ट्रिय ब्राण्डको रेष्टुरेन्ट खुलेको यो पहिलो पटक हो । विश्वमै प्रसिद्ध केफएसी ब्राण्डको अर्थ केन्टकी फ्राइड चिकन हो ।...
Full story

संयन्त्र गठनमा अब तीनै नेता तयार

image
नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल उच्चस्तरीय राजनीतिक संयन्त्र छिट्टै गठन गर्न सहमत हुनुभएको छ । आज विहान कोइराला निवास महाराजगन्जमा भएको दुई नेताहरुको भेटमा शान्तिप्रक्रिया र संविधान निर्माणलाई छिटो टुङ्गोमा पुर्‍याउन संयन्त्र गठन गर्न सहमत हुनुभएको हो । अब उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न माओवादी अध्यक्ष प्रचण्डसँग दुवै नेताले वार्ता गर्ने सहमति पनि भएको छ । तीन दलका शीर्ष नेताहरु कोइराला, खनाल र प्रचण्ड बसेर अन्य दलसँग पनि छलफल गरि संयन्त्र निर्माण गरिने भएको छ । ...
Full story

गैंडा संरक्षण गर्न बेलायत चिन्तित

image
विश्वमै लोप भइसकेको र नेपालमा मात्र पाइने एक सिंगे गैंडा जोगाउने उपायका लागि लण्डनको चिडियाघरमा छलफल भएको छ । नेपालस्थित बेलायती दूतवासका अनुसार प्रकृति संरक्षण वर्ष२००९ लाई लक्षित गरि बेलायतले नेपाललाई आर्थिक सहयोग समेत बढाउने भएको छ । जुलोजिकल सोसाइटी अफ लण्डन र बेलायत प्रकृति संरक्षण कोषले आयोजना गरेको सेमिनारमा संकपूर्ण नेपालको बारेमा छलफल भएको दूतावासले जनाएको छ ।...
Full story

उच्चस्तरीय संयन्त्रबारे रोहितको प्रश्न

image
प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता साझेदार दलका शीर्ष नेताहरुसँगको भेटलाई तिब्रता दिनुभएको छ । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई भेटे लगत्तै प्रधानमन्त्री नेपालले मंगलवार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेसँग वार्ता गर्नुभएको छ । भक्तपूरस्थि बिजुक्छे निवासमा भएको भेटमा राजनीतिक सहमति खोज्ने उपायका बारेमा छलफल भएको थियो । भेटमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने लगायतका बिषयमा छलफल भएको थियो । ...
Full story

भारतीय जेलमा नेपाली चेलीको बिजोग

image
कृष्ण अधिकारी/बहराइच भारत, अबैध रुपमा लागु पदार्थ चरेश ओसार पसार गरेको अभियोगमा भारतको बहराइच जिल्लामा कैदी जीबन बिताउने नेपालीहरुको अवस्था दयनीय बनेको छ । त्यहाँ ४४ जना नेपाली कैदीमध्य ९ जना महिला छन । हिन्दी भाषा राम्रो संग बोल्न सम्म नजान्ने नेपालका दुर्गम जिल्लाका ती महिलाहरुको अबस्था अन्य कैदीहरुको भन्दै निक्कै दयनिय छ । रोल्पा थबाङकी ३२ बषिर्य भुमासरा थापा तीन बर्षदेखि बहर्राईच जेलमा कैदी जीबन बिताइ रहेकी छिन । जेल परेको तीन बर्षबिति सके पनि थापालाई उनका आफन्तहरुले सम्म भेटेका छैनन । ...
Full story

संघीयताः भारतले रोपेको विषवृक्ष

image
मनोरन्जन शर्मा/भैरहवा, राष्ट्रिय जनमोर्चाका महासचिब डिलाराम आचार्यले संघीयता गएमा नेपाल स्वतन्त्र देश नरहने दावी गर्नुभएको छ । उहाले अन्य दलहरुले पनि माओबादीका लहैलहमा लागेर संधियताको माग गरेको आरोप लगाउनुभएको छ । रुपन्देही जिल्ला प्रशासन घेराउपछि आयोजित कोणसभामा महासचिव आचार्यले संघीयता भारतले नेपालमा रोपेको विषबृक्ष हो भन्नुभयो । महासचिब आचार्यले संघियता बिभाजनकारी ब्यबस्था भएको र नेपाल जस्तो सानो मुलुकले आर्थिक रुपमा समेत धान्न नसक्ने भएकाले आफुहरुले संघियताको बिरोध गर्दै आएको बताउनु भयो ।...
Full story

५ महिनापछि संसद सुचारु, सरकारलाई माओवादीको चेतावनी

image
बिगत करीव ५ महिनादेखि अवरुद्ध हुँदै आएका व्यवस्थापिका संसद सोमवारदेखि तीन दिनका लागिमात्र सुचारु भएको छ । बजेट पारित गर्नका लागि माओवादीले तीन दिन संसद ...
Full story

एमाले पोलिटव्युरोमा स्टालिनको प्रवेश

image
नेकपा एमालेको पोलिटव्युरो बैठकको शुरुकै दिन अध्यक्ष झलनाथ खनाल पक्ष विरुद्ध केपी ओली पक्षले मोर्चा खोलेको छ । पोलिटव्युरो बैठकको पहिलो दिनमै ओली पक्षका नेताहरुले पार्टीमा स्टालिनबादी शैलीबाट चलाएको आरोप अध्यक्ष ख्नाल, उपाध्यक्ष अशोक र्राई र महासचिव इश्वर पोखरेलमाथि लगाएका थिए । ६ महिनापछि बसेको बैठकमा अध्यक्ष खनालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । केन्द्रीय कमिटीपछिको शक्तिसाली निकाय पोलिटव्युरोले पार्टीको विवादित बिधानको टुंगो लगाउने नेताहरुले बताएका छन् । ...
Full story

विश्वकै सबैभन्दा ठूलो बली मेला शुरु

image
विश्वमै सम्भवतः सबैभन्दा बढी पशु बली दिईने गढीमाइ मेला सोमवारदेखि औपचारिक रुपमा शुरु भएको छ । बारा जिल्लाको बरियारपुर गाबिसस्थित प्रसिद्ध गढिमाइ मन्दिरमा प्रत्येक पाच वर्षा गढीमाई मेला धुमधामसाथ मनाउने गरिन्छ । प्रत्येक ५ बर्षा लाग्ने गढिमाई मेलाको चहलपहल अहिले बारा जिल्लामा मात्रै नभई छिमेकी जिल्लाहरुमा समेत बढेको छ । कसैले सपना देखेको भरमा पशुबली दिन थालिएको यो मेला यसपाली इतिहासमै पहिलो पटक विवादमा तानिएको छ । तर पशुबली रोक्छु भन्ने तपस्वी राम बम्जननै बेपत्ता भएपछि गढीमाइमा पशुबली निर्वाध रुपमा हुने भएको नेपाली टिभीका संवाददाता राजु श्रेष्ठले जनाएका छन् । ...
Full story

कोइराला र पचण्डबीच फेरि सहमति

image
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीच उच्चस्तरीय राजनीतिक संयन्त्र तत्काल गठन गर्ने सहमति भएको छ । कोइरालालाई भेट्न सोमवार अपरान्ह कोइराला निवास पुग्नुभएका प्रचण्डले यस्तो जानकारी दिनुभएको हो । भेटमा सत्ता समिकरणबारे कुरा नभएको पनि उहाले बताउनुभयो । सोमबार अपरान्ह भएको भेटमा कोइरालाले सरकार ढाल्ने सहमति भएको भन्ने प्रचण्डको भनाइप्रति ध्यानाकर्षण गराउनुभएको थियो ।...
Full story

माओवादीको महाधिवेशन फेरि सर्‍यो

image
एकीकृत नेकपा माओवादीको राष्ट्रिय महाधिवेशन एक वर्षा लागि पछाडि सरेको छ । काठमाडौंमा जारी माओवादी केन्द्रीय समिति बैठकले तयारी नपुगेको भन्दै आसन्न महाधिवेशन एक वर्षछि गर्ने निर्णय लिएको हो । यसअघि साउनमा बसेको माओवादी बैठकले माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । माओवादी पार्टीको महाधिवेशन विगत १८ वर्षेखि एक पटक पनि भएको छैन । महाधिवेशन नभएको कारण विगत करीव २२ वर्षेखि माओवादीमा पुष्पकमल दाहालले एकछत्र नेतृत्व गर्दै आउनुभएको छ ।...
Full story

गिरिजाबाबुको स्वास्थ्यमा सुधार

image
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजा कोइराला एक साता लामो उपचार पछि आइतबार स्वदेश फर्किनु भएको छ । स्वास प्रस्वासको समस्याबाट पिडित कोइराला एक साता अघि स्वाथ्य उपचारका क्रममा सिंगापुर जानु भएको थियो । स्वदेश फिर्ता हुने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै कोइराला पुत्री एवं उपप्रधानमन्त्री सुजाता कोइरालाले कोइरालाको स्वास्थ्य पूर्ण रुपमा स्वस्थ रहेको बताउदै एक महिनापछि पुनः स्वास्थ्य परिक्षणको लागि सिंगापुर लगिने बताउनुभयो ।...
Full story

भोलि बजेट पारित गर्ने बालुवाटार सहमति

image
चार महिना लामो माओवादी अवरोधपछि आज पहिलो पटक संविधानसभा व्यवस्थापिका संसदको बैठक बस्ने भएको छ । माओवादीले बजेट पारित गर्नका लागि तीन दिन संसद खोल्ने भएपछि मंगलवारै बजेट पारित गर्ने सहमति सत्तारुढ दलहरुले गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले बजेट भोलिनै पास गर्ने निर्णय गरेको हो । बैठकले बजेट बहुमतबाट पारित गर्न आ आफ्ना सभासदहरुलाई अनिवार्य उपस्थित हुन हृवीप जारी गर्ने निर्णय पनि गरेको छ । ...
Full story

बाबाद्धारा उपचारको नाममा यौनशोषण

image
कृष्ण अधिकारी/नेपालगन्ज । तन्त्रमन्त्र र झारफुकबाट उपचार गर्ने नाममा एक भारतिय बाबाले नेपाली महिलालाई यौन शोषण गर्ने गरेको खुलासा भएको छ । नेपालगन्ज देखि करिब १५ किलो मिटर टाढा पर्ने भारतको नानपारा बजार स्थित चिनी मील नजिकै आश्रम बनाएर बसेका हस्मत बाबाले सन्तान नभएकाहरुको सन्तान हुने , प्यारालाइसिस लगायत जटिल रोग लागेकाहरुलाई ठिक पारी दिने बताउदै नेपाली महिलाहरुलाई उपचारका लागि आफ्नै आश्रममा राख्दै आएका थिए । ...
Full story

'शान्ति सम्झौता माओवादीलाई लिस्नो'

image
विस्तत शान्ति सम्झौता भएको तीन वर्ष पुगेकै भोलिपल्ट सरकारका एक बरिष्ठ मन्त्रीले शान्ति सम्झौता म्ााओवादीका लागि बाँदरलाई लिस्नु भएको भन्दै पुनरावलोकनको प्रस्ताव अघि सार्नुभएको छ । रक्षामन्त्री विद्यादेवी भण्डारीले ६ महिनाका लागि गरिएका शान्ति सम्झौता तीन वर्षम्म चलिसकेको भन्दै अब यसलाई परिमार्जन गर्नुपर्ने बताउनुभएको हो ।...
Full story

सिंगापुर र हस्तिनापुर होइन कान्तिपुर

image
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राजनीतिक सहमति सिगापुर र हस्तिनापुरमा नभइ कान्तिपुरमै हुने बताउनुभएको छ । सिंगापुर र हस्तीनापुर दौडेर कुनै उपलव्धी हासिल नहुने कुरा माओवादीले नबुझेको आरोप लगाउदै अध्यक्ष खनालले सबै पार्टी देशभित्रै पलेंटी कसेर वार्ता गरेमात्र निकास निस्कने दावी गर्नुभयो । सुनसरीको इटहरीमा आयोजित जिल्ला अधिवेश उदघाटन गर्न जानेक्रममा बिराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष खनालले जारी गतिरोध छिट्टै अन्त्य हुने जानकारी पनि दिनुभएको छ ।...
Full story

अयोध्याबाट जन्ति आए, सीताको विहे

image
आज विवाहपञ्चमी, समस्त हिन्दुहरुले भक्तिपूर्वक रामजानकीको पूजा आराधना गरी मनाउँदै छन् । आज बिहानैदेखि जनकपुरमा ठूलो मेला लागेको छ । त्यहाँ धुमधामसँग रामसीताको विवाह हुँदैछ । रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा हिँजो मिथिला परम्पराअनुसार मटकोर कार्यक्रम भएको थियो । जनकपुरको गंगा सागरबाट ल्याईएको माटोबाट निर्मित मण्डपमा बिहे गराउने परम्परा छ ।...
Full story

तीन वर्षमै शान्ति लुकाउन गाह्रो भयो

image
मंसिर ५ गते नेपालको इतिहासमा एउटा युगान्तकारी दिन हो । ठिक तीन वर्षघि अर्थात २०६३ साल मंसीर ५ गते आजकै दिन नेपालबाट दश वर्षलामो सशस्त्र युद्धको अन्त्य भएको घोषणा गरिएको थियो । २०५२ साल फागुन १ गतेदेखि तत्कालिन नेकपा माओवादीले शुरु गरेको सशस्त्र जनयुद्धको अन्त्य ठिक तीन वर्षघि मंसिर ५ गते भएको थियो । हाल संविधानसभा बसेको वीरेन्द्र अन्तर्राष्ट्रि सम्मेलन केन्द्रबाट तत्कालिन नेपाल सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष प्रचण्डले युद्ध अन्त्य भएको घोषणा गर्नुभएको थियो ।...
Full story

पूर्व राजाले पाए रातो पासपोर्ट

image
पूर्व राजा ज्ञानेन्द्र शाहले गद्धीच्युत भएको करीव डेढ वर्षपछि कुटनीतिक राहदानी अर्थात रातोपासपोर्ट पाउनुभएको छ । परराष्ट्र मन्त्रालयले मन्त्रालयस्तरीय निर्णय गरी पूर्व राजा ज्ञानेन्द्र शाहका नाममा मंगलबार रातो पासपोर्ट जारी गरेको हो । पूर्व राजाको हैसियतमा उहाँलाई विदेश आवत जावत गर्न रातो पासपोर्ट उपलव्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । पूर्व राष्ट्र प्रमुखलाई रातो पासपोर्ट दिइनु सामान्य भएको भन्दै परराष्ट्रले यसमा शंका गरिरहन नपर्ने जनाएको छ ।...
Full story

प्रधानमन्त्रीको दौडधूप बाक्लियो

image
एकीकृत नेकपा माओवादीले दिएको अल्टिमेटम सकिनै लाग्दा प्रधानमन्त्री माधवकुमार नेपालले उच्चस्तरमा राजनीतिक छलफल तीब्र बनाउनुभएको छ । प्रधानमन्त्री नेपालले आज विहानै राष्ट्रपति डाक्टर रामवरण यादवसँग भेटी माओवादीका मागमा सरकारको धारणा स्पष्ट पार्नुभएको थियो । दुइ जना मन्त्रीहरु सहित राष्ट्रपति भवन पुग्नुभएका प्रधानमन्त्रीले राष्ट्रपतिलाई अपमान गर्ने कुनै पनि कुरामा सरकार लचिलो नहुने स्पट पार्नुभएको थियो । ...
Full story

मध्यपश्चिममा सबै पक्षबाट ६१ को हत्या

image
कृष्ण अधिकारी, विस्तृत शान्ति संझौता पछि पनि मध्य पश्चिममा मध्यपश्चिम क्षेत्रमा मात्र शान्ति सम्झौतापछिको तीन वर्षो अवधिमा विभिन्न घटनामा विभिन्न पक्षको संलग्नतामा ६१ को मृत्यु भएको इन्सेकले जनाएको छ । मृत्यु हुनेहरूमा राज्य पक्षबाट १३, एनेकपा -माओवादी) बाट सात, जनतान्त्रिक तर्राई मुक्ति मोर्चा -ज्वालासिंह) समूहबाट सात, अज्ञात समूहबाट १९, विस्फोटन पदार्थको कारण १० र मधेस आन्दोलनका क्रममा भएको दोहोरो झड्पमा पाँच जना रहेका छन् ।...
Full story

प्रचण्डवाणीको सुजाताद्धारा खण्डन

image
सिंगापुरबाट फर्किए लगत्तै माओवादी अध्यक्ष प्रचण्डले नयाँ सरकार गठन हुन लागेको दावी गरे पनि उपप्रधानमन्त्री सुजाता कोइरालाले भनें नयाँ सरकार गठनको सम्भावनलाई अश्वीकार गर्नुभएको छ । प्रचण्ड र गिरिजाप्रसाद कोइरालाबीचको वार्तामा सहभागी हुनुभएकी उपप्रधानमन्त्री कोइरालाले उहाँहरुबीच उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने मात्र सहमति भएको स्पष्ट पार्नुभएको छ । ...
Full story

हिउको ढिक्का फेरि जम्यो,आशा अझै

image
सहमतिको टुंगो लगाउन आज बसेको तीन दलीय कार्यदलको बैठक निष्कर्षविहीन टुंगिएको छ । दलहरुबीच सहमति नभएपछि बैठक निष्कर्षविहीन टुंगिएको हो । कार्यदलको बैठक भोलिमात्र बस्ने कार्यदलका सदस्य एमाले सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । तीन दलीय कार्यदलको बैठक निष्कर्षविहीन भएपछि आज बस्ने भनिएको तीन दलका शीर्ष नेताहरुको बैठक नबस्ने भएको छ ।सिंहदरबारमा बसेको एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त बैठकमा साझा संकल्प प्रस्तावको खाका तयार पार्न गठित तीन दलीय कार्यदलले सहमतिको खाका प्रस्तुत गर्ने कार्यक्रम थियो । ...
Full story

प्रचण्डद्धारा सिंगापुर सहमतिको खुलासा

image
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अप्राकृतिक ढंगले बनेको अहिलेको सरकार केही दिनमै ढल्ने दावी गर्नुभएको छ । सिंगापुर गएर कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग वार्ता गरि फर्किनुभएका अध्यक्ष प्रचण्डले आफू र गिरिजाबाबुबीच भएको वार्ताको फल केही दिनमै देखिने खुलासा समेत गर्नुभयो ।...
Full story

एमालेले बुझायो नयाँ नेपालको नक्सा

image
नेकपा एमालेलेले सात जातीय राज्य सहितको राज्य पुनर्संरचनाको खाका पेश गरेको छ। राज्य पुनर्संरचना कार्यदलका सदस्य परशुराम नेघी गुरूङले संविधानसभाको समितिमा दर्ता गरेको पुनर्संरचना ढाँचामा १५ वटा प्रदेश बनाउन प्रस्ताव गरिएको छ। एमालेका तर्फबाट सोमबार 'राज्य पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समिति' मा दर्ता गरिएको प्रस्तावमा राज्यपुनर्संरचनाको लागि जातीय र पहिचानको आधारलाई मुख्य मानिएको समितिका सदस्य मंगलसिद्धि मानन्धरले जानकारी दिए। मानन्धरका अनुसार, बुधबार बस्ने समितिको बैठकमा दलका तर्फबाट आफूले प्रस्तुत गर्नेछन्। ...
Full story

पूर्व राजकुमारीलाई धम्क्याउने पक्राउ

image
पूर्व ज्ञानेन्द्र शाहकी छोरी पूर्व अधिराजकुमारी प्रेरणाला सिंहलाई धम्क्याएर एक करोड रुपैया असुल्न खोज्ने दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्व अधिराजकुमारी प्ररणाकै निजी सचिव प्रतिक्षा शाह र उनका प्रेमी राजेश हमाल रहेको प्रहरीले जनाएको छ । प्रेरणालाई बितेको एक साताको अवधिमा दुइ पटक एसएमएसमार्फ १ करोड रुपैया माग गर्दै धम्की दिइएको थियो । ...
Full story

माओवादीप्रति लचिलो बन्न प्रधानमन्त्रीलाई संविधानसभा अध्यक्षको आग्रह

image
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संसदको गतिरोध अन्त्यका लागि लचिलो बन्न प्रधानमन्त्री म्ााधवकुमार नेपाललाई आग्रह गर्नुभएको छ । एक सातासम्म विरामी परेर कसैसँग भेटघाट नगर्नुभएका प्रधानमन्त्री ...
Full story

सिंगापुरमा शीर्ष नेताको सहमति

image
नेपाली राजनीतिका र्सवाधिक प्रभावशाली दुइ पूर्व प्रधानमन्त्रीहरुबीच सिंगापुरमा भेटवार्ता भएको छ । स्वास्थ्य उपचारको लागि सिंगापुर पुग्नुभएका कांग्रेस सभापति एबं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालबीच सिंगापुरस्थित ग्लेनिगल्स अस्पतालमा भेटवार्ता भएको हो । उहाँहरुबीच चाँडै स्वदेश फर्किएर उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर अघि बढ्ने सहमति भएको बताइएको छ । ...
Full story

पुर्व युवराज पारस पनि सिंगापुर प्रस्थान

image
पूर्व युवराज पारस शाह पनि सोमवारै अपरान्ह सिंगापुरतर्फप्रस्थान गर्नुभएको छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएपछि पूर्व युवराज पारस अधिकांश समयम सिंगापुरमै बस्दै आउनुभएको छ । उहाँले सिंगापुरमा घर किन्नुभएको बताइएको छ । केही समयअघि पत्नी हिमानीसँग झगडा परेपछि पारस र हिमानी अलग अलग बस्दै आउनुभएको स्रोतले जनाएको छ । सिंगापुर जानुअघि मुस्ताङमा गएर पारसले तिव्वती निर्वासित नेता दलाई लामाका विशेष दूतसँग गोप्य वार्ता गर्नुभएको थियो ।...
Full story

बेगमलाई बिजयमार्फत नसियतको तयारी

image
पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई कुटेर चर्चामा आएकी कृषि राज्यमन्त्री करिमा बेगमले र्सार्वजनिक रुपमा माफी मागेकी छिन् । बेगमले मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफूले सिडिओलाई हात हालेर गल्ति गरेको बताएकी हुन् । यद्यपी सिडिओले आफूलाई यौनजन्य तरिकाले हेरेको र हात समातेकाले सो घटना भएको उनको दावी छ । ...
Full story

आन्दोलन गुरिल्ला सर्बोच्चताका लागि

image
रक्षामन्त्री एबं नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले माओवादीको आन्दोलन नागरिक सर्बोच्चताका लागि नभई गुरिल्ला सर्बोच्चताका लागि भएको दावी गर्नुभएको छ । नेकपा एमाले काठमाडौं महानगरपालिका ७ नम्बर वडा कमिटीद्धारा शनिवार आयोजित चियापान कार्यक्रममा बोल्दै रक्षामन्त्री भण्डारीले माओवादीको सात दिने अल्टिमेटमसामु सरकार नझुक्ने बताउनुभयो । उहाँले बैधानिक बाटोबाट सरकार ढाल्न नसकेपछि माओवादी सडकमा गएको आरोप लगाउनुभयो । ...
Full story

बेलायतद्धारा नेपाललाई ६ अर्ब सहयोग

image
बेलायत सरकारले जलवायु परिवर्तनसँग जुध्न र गरिब जनताको जीवनस्तर उकास्न नेपालमा ६ अर्ब रुपैयाँ (८ करोड अमेरिकी डलर) खर्च गर्ने घोषणा गरेको छ। बेलायतको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिफिड) द्वारा आगामी १० वर्षसम्म उक्त रकम खर्च गरिनेछ। जलवायु परिवर्तनका कारण गरिब सबभन्दा प्रभावित हुने उल्लेख गर्दै डिफिडले तिनीहरूको सम्भावित जोखिम कम गर्न रकम खर्च हुने जनाएको छ।...
Full story

बेगमबाट कुटिएका प्रजिअ भण्डारी काठमाडौंमा झिकाइए

image
राज्यमन्त्री करिमा बेगमबाट कुटिएका पर्साका प्रजिअ दुर्गाप्रसाद भण्डारी गृह सचिव गोविन्द कुसुमको आदेशमा शुक्रवार दिउसो काठमाडौं आईपुग्नु भएको छ । निजामति कर्मचारीसंग आवद्ध बिभिन्न कर्मचारी संघ संगठनहरुले जिल्ला प्रशासन कार्यालयमा विरोध कार्यक्रमको बारेमा छलफल भईरहेको बेला पर्साका प्रजिअ भण्डारीले अहिलेको समस्याको सामाधानकै लागि आफु मन्त्रालय जान लागेको बताउनु भएको थियो ।...
Full story

हवाइ एम्बुलेन्सबाट कोइराला सिंगापुर

image
नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइरालालाई उपचारका लागि शनिवार विहान सिङ्गापुर लगिएको छ । लामो समयदेखि निमोनिया र फोक्सोको संक्रमणबाट पीडित कोइरालाको उपचार नेपालमा सम्भब नभएपछि सिङ्गापुर लगिएको हो । कोइरालालाई सिंगापुर लैजाने बेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टिभी सहित केही सिमित सन्चारमाध्यमका पत्रकारहरुलाई मात्र प्रवेश दिइएको थियो । कोइरालालाई सिङ्गापुरको टि्रपलवान समरसेटस्थित ग्लेनिगल्स अस्पतालमा उपचार गर्राईने कोइरालाको पारिवारिक स्रोतले जानकारी दिएको छ । ...
Full story

माओवादीलाई राष्ट्रपतिको आग्रह

image
राष्ट्रपति रामवरण यादवले जोरजबर्जस्तीले मुलुक नचल्ने बताउँदै हतियार र जबर्जस्तीलाई कुनै पनि ठाउँ छैन भन्नुभएको छ । उहाँले समुन्नत राष्ट्र निर्माणका लागि बलजफ्ती होइन सभ्य संस्कार आवश्यक रहेको बताउनुभएको छ । झापाको अनारमनी गाविसमा निर्मित मेची आँखा अस्पतालको उद्घाटन गर्दै राष्ट्रपति यादवले आफूले संविधनको उल्लंघन नगरेको दावी गर्नुभयो ।...
Full story

मंसिर ५ गतेसम्मको अन्तिम अल्टिमेटम

image
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेका केही नेताहरुको योजनामा संबिधानसभा बिघटन गर्ने षडयन्त्रमा सामेल भएको आरोप लगाउनुभएको छ । उहाँले कांग्रेसले संविधानसभा विघटनको औपचारिक प्रस्ताव राखेको समेत दावी गर्नुभएको छ । सिंहदरवार घेराउको दोस्रो दिन आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको आन्दोलनमा माओवादीले नजितेमा संबिधानसभा बिघटन हुने बताउनुभयो ।...
Full story

रंगीला मन्त्रीलाई समात्न निर्देशन

image
पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकरी दुर्गाप्रसाद भण्डारीलाइ हातपात गर्ने कृषि राज्यमन्त्री करिमा बेगमलाई प्रक्रउ गर्न उपत्यकका सबै प्रहरी युनिटलाई प्रहरी प्रधान कार्यलयले निर्देशन दिएको छ। पर्सा प्रहरीको अनुरोधमा प्रधान कार्यलयले यस्तो निर्देशन दिएको हो। प्रहरी प्रवक्ता विज्ञान राज शर्माले भने पर्सा प्रहरीको अनुरोधमा प्रक्राउ गर्न निर्देशन दिएको हो।...
Full story

सिंहदरवार आज पनि माओवादी घेरामा

image
एकीकृत नेकपा माओवादीले आज दोस्रो दिन पनि देशको मुख्य प्रशासनिक हेडक्वार्टर सिंहरवारलाई घेराउ गरेको छ । घोषित कार्यक्रम अनुसार माओवादी नेता कार्यकर्ताहरुले आज विहान आठ बजेअघिनै सिंहदरवार घेराउ गर्न पुगेका थिए । माओवादी कार्यकर्ताहरु सिंहदरवार घेराउ गर्न जानुपूर्वनै गृहमन्त्री भीम रावल सहित अधिकांश मन्त्रीहरु सिंहदरवार प्रवेश गरिसक्नुभएको थियो ।...
Full story

रंगीला मन्त्रीबाट पर्साका सिडिओ कुटिए

image
कुनै न कुनै घटना गराएर चर्चामा आइरने मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी नेतृ एबं कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगम सिडिओ कुटेर फेरि चर्चामा आएकी छिन् । राज्यमन्त्री बेगमले मंगलवार पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि हातपात र दुर्व्यवहार गरेकी छिन् । काठमाडौंबाट गृह जिल्ला पर्सा पुगेकी बेगमले आफूलाई सिडिओले पूरानो गाडी दिएको भन्दै कुटपीट गरेकी हुन् ।...
Full story

गिरिजाबाबु गंगालाल अस्पताल भर्ना

image
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई उपचारका लागि सिंगापुर लैजान निर्णय तत्काल रद्ध गरिएको छ । कोइरालाको अवस्था नाजुक बन्दै गएकाले विदेश लैजानभन्दा स्वदेशमै उपचार गर्नु उपयुक्त हुने सल्लाह चिकित्सकले दिएका छन् । यसैबीच सभापति कोइरालालाई आज विहानै बाँसबारीस्थित गंगालाल हृदयरोगकेन्द्रमा उपचारका लागि लगिएको छ । कोइरालालाई विदेश लैजाने योजना रद्ध गरि स्वदेशमै उपचार गर्न लागिएको कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवाले बताउनुभयो । ...
Full story

माओवादीद्धारा आन्दोलनको समिक्षा

image
एकीकृत नेकपा माओवादीले दोस्रो चरणको आन्दोलन सफल भएको निष्कर्षनिकालेको छ । माओवादीका केन्द्रीय पदाधिकारीहरुको मंगलवार बसेको बैठकले आन्दोलनमा जनताको र्समर्थन पाइएको ठहर गरेको हो । बैठकले माओवादी आन्दोलनलाई सरकारले उपेक्षा गरेको निष्कर्षनिकालेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो । उहाँले सरकारले माओवादीको संयमतालाई कमजोरी ठानेमा अब हुने आन्दोलनले भीषण आँधी सिर्जना गर्ने चेतावनी दिनुभयो । ...
Full story

सुन्दरीको कुम्भमेलामा जेनिशाको पोज

image
विश्वकै सबैभन्दा सुन्दरी युवतीहरुको कुम्भमेला आगामी मंसिर २७ गते दक्षिण अफि्रकाको राजधानी जोहानेशवर्गमा हुने भएको छ । मिस वर्ल्ड प्रतियोगितालाई ग्ल्यामरको दुनियामा सुन्दरीहरुको कुम्भमेलाका रुपमा विश्वभर लिने गरिएको छ । यस कुम्भमेलामा नेपालबाट तीन वर्षछि प्रतिनिधित्व हुने भएको छ ।अघिल्लो वर्षमाओवादी अवरोधका कारण मिस नेपाल प्रतियोगिता हुन नसकेपछि मिस वर्ल्डमा प्रतिनिधित्व हुन सकेको थिएन । ...
Full story

नेताको भाषणले मुग्लानेको चुल्हो बलेन

image
कृष्ण अधिकारी/नेपालगन्ज । दशै तिहार मनाउन घर फर्किएका नेपालीहरु कामको खोजीमा फेरी भारत र्फकन थालेका छन । पेटभरी खान र एकसरो कपडा लगाउने उपाय नभए पछि कामको खोजीमा मुग्लान पस्नु पर्ने बाध्यता छ उनीहरुलाई । पश्चिम नेपालमा गरिबी र बेरोजगारी बढदो छ । दश बर्ष शसस्त्र दन्दको पीडा र चरम खाद्यान्न संकटले उनीहरुलाई नराम्ररी गाजेको छ । 'बर्षभरी खेतीपाती गर्दा पनि ६ महिना खान पुग्दैन । गाउघरमा कुनै काम पाईदैन अनि के गर्ने - जाजरकोट साल्माका २७ वषिर्य खड्कवहादुर बुढाको यो प्रश्नले उनीहरुको वास्तविकता झल्काउछ । ...
Full story

पहिले माधव नेपाललाई बाइ बाइ गरौं

image
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले एक हप्ताभित्र राजनीतिक सहमति निर्माण हुने बताएका बताउनुभएको छ । आइतवार रिपोर्र्टर्स क्लब नेपाल वीरगन्ज शाखाको साक्षात्कारमा बोल्दै अध्यक्ष प्रचण्डले सहमतिका लागि सकारात्मक पहल भइरहेको बताउनुभयो । साक्षात्कारमा प्रचण्डले माधवकुमार नेपाल नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नै नसक्ने बताउनुभयो । ...
Full story

हामीले भनेको विदेशी प्रभु भनेको भारत हो

image
एकीकृत नेकमा माओबादीका स्थायी समिति सदस्य एब पश्चिम ब्युरोर् इन्चार्ज लिलामणी पोख्रेलले भारत नेपालमा जारी शान्ति पकृया भाँड्ने षडयन्त्रमा लागेको आरोप लगाउनु भएको छ । क्रान्तिकारी पत्रकार संघ बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पोख्रेलले आफ्नो पार्टीले भन्ने गरेको बिदेशी प्रभु भारत भएको खुलासा गर्नु भयो । ...
Full story

गौरीशंकर संरक्षण क्षेत्र घोषणा हुने

image
हिमाल बचाउन विश्व समुदायको ध्यान तान्न सगरमाथा आधार शिविरमा हुने मन्त्री परिषदको बैठकबाट गौरिशंकर संरक्षण क्षेत्रको घोषणा हुने भएको छ । प्रधानमन्त्री माधव कुमार नेपालले जलवायु परिवर्तन विरुद्ध संरक्षणको सन्देश दिन आधार शिविरको मन्त्रिपरिषद बैठकपछि गौरीशंकर संरक्षण क्षेत्र घोषणा गर्ने कार्यक्रम तय गरिएको स्रोतले जनाएको छ । ...
Full story

राजधानी काठमाडौंबाट अन्यत्रै सार्न आर्किटेक्ट कमरेडको प्रस्ताव

image
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष एबं पर्ूव अर्थमन्त्री डाक्टर बाबुराम भट्टर्राईले नेपालको राजधानी काठमाडौंबाट अन्यत्रै सार्नु उपयुक्त हुने प्रस्ताव राख्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देशको समानुपातिक विकासका लागि राजधानी सार्नुपर्ने प्रस्ताव गर्नुभएको हो । आर्किटेक्ट इन्जिनियर समेत रहनुभएका माओवादी उपाध्यक्ष भट्टर्राईले काठमाडौंको साटो चितवन वा दाङलाई राजधानी बनाउन सकिने प्राबिधिक तर्क समेत अघि सार्नुभयो । ...
Full story

अनमिनको अशन्तुष्टि न्यूयोर्कमा पोखियो

image
संयुक्त राष्ट्रसंघीय नियोग अनमिनले नेपालको शान्ति प्रक्रियामा जारी गतिरोध अन्त्य गर्न न्यून प्रगति भएको भन्दै असन्तुष्टि जनाएको छ । राष्ट्रसंघीय सुरक्षा परिषद्मा नेपालसम्बन्धी प्रतिवेदनमाथि नेपाली सयम अनुसार गएराति भएको न्यूयोर्क स्थित राष्ट्रसंघीय मुख्यालयमा सुरक्षा परिषद्लाई ब्रिफिङ्ग गर्दै ल्याण्डग्रेनले पछिल्ला केही महिनामा विश्वासको तह घट्दै गएको उल्लेख गर्नु भएको छ । उहाँले तत्काल तनाव मत्थर पारी शान्ति प्रक्रिया अघि बढाउने खाका पत्ता लगाउनु अत्यावश्यक भएको औल्याउनु भएको छ । ...
Full story

माओवादीसँग भारत नकारात्मकःखनाल

image
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादीलाई वर्तमान सरकारमा सहभागी गराउने वा उनीहरुको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने बाहेक अरु विकल्प नरहेको बताउनुभएको छ । भारत विश्व सम्बन्ध परिषदद्वारा नयां दिल्लीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष खनालले सहमतिका लागि माओवादी अहिलेको सरकारमा आउनु उत्तम विकल्प हुने बताउनुभयो । ...
Full story

ऋषि धमलालाई दिल्ली पुलिसको चड्कन

image
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषी धमला भारतीय प्रहरीबाट कुटिएका छन् । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको भारत भ्रमणको सिलसिला मै धमला दुई दिन अघि नयाँदिल्ली पुगेका थिए ।विहीबार नयाँदिल्लीस्थित विज्ञान भबनमा भारतीय अधिकारीहरुलाई भेट्न गएका फोरम अध्यक्ष यादवसँगै रहेका धमलालाई भारतीय सुरक्षाकर्मीले मर्यादा उल्लङ्घन गरेपछि दुई चड्कन लगाएका थिए ।...
Full story

संविधानको नाम र प्रस्तावनामै विवाद

image
नयाँ नेपालको नयाँ संविधानको नाम के राख्ने भन्ने विषयमै संबिधानसभाका सदस्यहरुबीच विवाद उत्पन्न भएको छ । संबिधानसभा संवैधानिक समितिको शुक्रवारको बैठक पनि संबिधानको नाम र प्रस्तावनामै अल्भिmएको छ । संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीले संबिधानको नाम जनताको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान राखिनुपर्ने प्रस्ताव गरेको छ । त्यस्तै नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान राख्नुपर्ने प्रस्ताव गरेको छ । ...
Full story

पर्वतमा स्वाइन फ्लू,विद्यालय बन्द

image
दुर्गा शर्मा/पर्वत । पर्वत जिल्लामा डेढ साता यता माहामारीको रुपमा फैलिएको स्वाइन फ्लु नियन्त्रणका लागि थप एक हप्ता सदरमुकाम कुश्माबजारका बिद्यालय बन्द गर्ने निर्णय भएको छ । कात्तिक १० गते देखि स्वाइन फ्लु देखिएका कारण साता पहिलेबाटै बिद्यालयहरु बन्द भएका थिए । स्वाइन फ्लु देखिएपछि शुक्रवार दिउँसो बसेको सर्वपक्षिय बैठकले बढी भिडभाड हुने स्थल, सभा सम्मेलन, भेला गोष्ठी नगर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ । ...
Full story

मन्त्रिपरिषद बैठक सगरमाथा आधार शिविरमा,पाङबोचे पनि सम्भाव्य स्थल

image
जलवायु परिवर्तनले नेपाल जस्ता हिमाली देशहरुको अस्थित्व संकटमा परेको कुरा विश्व समुदायलाई जानकारी गराउन नेपाल सरकारले सगरमाथाबाट नयाँ सन्देश दिने भएको छ । विश्वकै अग्लो हिमशिखर सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषदको बैठक राखेर नेपाल सरकारले विश्वको ध्यानाकर्षा गराउने भएको छ । ...
Full story

स्वायत्त गणराज्य घोषणा कार्यक्रम फिर्ता

image
एकीकृत नेकपा माओवादीले स्वायत्त गणराज्य घोषणा गर्ने पूर्व निर्धारित आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । नागरिक सर्बोच्चताका लागि घोषित दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत एकीकृत नेकपा माओवादीले यहि कात्तिक २३ गते स्वायत्त गणराज्य घोषणा गर्दै साइनबोर्ड राख्ने कार्यक्रम तय गरेको थियो । क्रान्तिकारी पत्रकार सङ्घ ईलामले आज विहान ईलाम सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले स्वायत्त गणराज्य घोषणा गर्ने कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिनुभयो । ...
Full story

एमाले अध्यक्ष नयाँ दिल्लीमा व्यस्त

image
भारतले दलहरुबीच सहमति र एकतामा जोड दिएको छ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसंगको भेटमा भारतीय नेताहरुले सहमतिबाटै शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याउन सुझाव दिएका हुन् ।भ्रमणको तेस्रो दिन खनालले भारतीय विदेशमन्त्री एस एम कृष्णा, गृहमन्त्री पी चिताम्बरम, भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव प्रकाश करांत र भारतीय कम्युनिष्ट पाटीका महासचिव ए वर्द्धनेससंग महत्वपूर्ण भेटघाट गर्नभयो । भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, दलहरुबीच बढेको असमझदारीको कारण, माओवादी आन्दोलनलगायतका विषयमा छलफल भएको थियो ।...
Full story

राष्ट्रसंघले हस्तक्षेप गर्योः२२ दल

image
प्रधानमन्त्री माधवकुमार नेपाललाई र्समर्थन गर्दै आएका सत्तारुढ २२ राजनीतिक दलहरुले कसैको धम्की र आन्दोलनसँग नझुक्न प्रधानमन्त्रीलाई ढाडस दिएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको २२ दलको बैठकले प्रधानमन्त्री नेपाललाई दिदै आएको र्समर्थनलाई अझ मजबुत बनाउने र षडयन्त्र विरुद्ध एकजुट हुने निर्णय गरेको छ । बैठकमा संयुक्त राष्ट्रसंघका महासचिवको पछिल्लो वक्तव्य र अनमिनको भूमिकाका बारेमा पनि गम्भिर छलफल भएको थियो । ...
Full story

नेपाली जनताका लागि भारतमा हडताल

image
कृष्ण अधिकारी/नेपालगन्ज . नेपाल भारतको सिमावर्ती रुपैडिया बजारका ब्यापारीहरुले नेपाली ग्राहकहरुलाई भारतीय भन्सार कर्मचारीहरुले दुःख दिएको भन्दै ब्यापार ब्यबसाय बन्द गरेका छन् । रुपैडिया बजारमा सामान किन्ने नेपाली उपभोक्ताहरुको सामान भन्सार कर्मचारीहरुले नियन्त्रणमा लिई अनेकौ बाहाना बनाई दुःख दिए पछि रुपैडियाको ब्यापार ब्यबसायमा प्रतिकुल प्रभाब परेको जनाउदै ब्यापार संघ रुपैडियाले बजार बन्द गरेर आन्दोलनमा उत्रिएको हो । ...
Full story

वाइसिएल युथफोर्स झगडा सहमतिमा टुंगियो, धनकुटामा तनाव अन्त्य

सर्वपक्षीय सहमतिपछि धनकुटाको दुई दिन लामो तनाव अन्त्य भएको छ। बुधबार धनकुटा जिल्ला प्रशासन कार्यालयमा माओवादी, एमाले, अन्य राजनीतिक दल, अधिकारकर्मी र सामाजिक संघसंस्थाका प्रतिनिधि सम्मिलित सर्वपक्षीय बैठक भएको थियो।एकीकृत माओवादीका कार्यकर्ताले धनकुटाको सिधुवा बजारमा युथफोर्स चढेको नौ मोटरसाइकल र एउटा मारुती भ्यान जलाइदिएपछि धनकुटामा तनाव सिर्जना भएको थियो। लगत्तै युथफोर्सले धनकुटा बजार बन्द गरी शक्ति प्रदर्शन गरेपछि मंगलबारदेखि स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो। ...
Full story

कांग्रेसमा कोइराला परिवार पराजित

image
नेपाली कांग्रेसको महासमिति बैठकले सभापति गिरिजाप्रसाद कोइरालाको अडान विपरित 'सामूहिक नेतृत्व'मा जाने निर्णय गरेको छ । चार दिनसम्मको छलफल पछि पार्टीको नेतृत्व सामुहीक हुने गरी विधान मस्यौदा पारित भएको हो । डेढ दशकदेखि सर्वशक्तिमान रहेदै आएका सभापति कोइराला बैठकको यो निर्णयसंगै पार्टी भित्र कमजोर सावित भएका छन । कोइरालाले अन्तिम समयसम्म सभापतिको अधिकार कटौति गर्न नहुने पक्षमा अडान लिएका थिए ।...
Full story

माओवादी आन्दोलन हिंसात्मक बन्दै गएकाले सेनालाई एलर्ट पारिएको गच्छदारको दावी

उपप्रधानमन्त्री विजयकुमार गच्छेदारले एकीकृत नेकपा माओवादीको आन्दोलन हिंसात्मक हुदै गएको भन्दै सेना परिचालन गरेर नियन्त्रण गर्ने चेतावनी दिनुभएको छ । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा उपप्रधामन्त्री ...
Full story

दालभातमात्र होइन दूध अण्डा र माछा मासु पनि खान प्रधानमन्त्रीको आव्हान

image
प्रधानमन्त्री माधवकुमार नेपालले खाद्यान्नका लागि अरु मुलुकसँग निर्भर हुने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । फुड भर इन्फरमेशन एण्ड एक्सन नामक संस्थाद्धारा बुधवार काठमाडौंमा आयोजित योजना तर्जुमा गोष्टीलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले कृषि प्रधान देश भएर पनि नेपाल अहिले खाद्यान्नका लागि अरु मुलुकसग निर्भर हुनुपरेको बताउनुभयो । ...
Full story

कतारमा पुगेर श्रममन्त्रीको खुलासा

image
दीपक पौडेल/दोहा बैदेशिक रोजगारमा जाने कामदारले तिरेको शुल्कबाट २४ करोड रुपैयाँ रोजगार प्रवर्दन बोर्डमा जम्मा भएको श्रम तथा यातायातमन्त्री मोहम्मद अफताब आलमले जानकारी दिनुभएको छ । सो रकम बैदेशिक रोजगारीमा जाने नेपालीकै हकहितमा लगानी गर्ने योजना रहेको समेत उहाँले बताउनुभयो । ग्रिसको एथेन्समा ४ नोभेम्बरबाट आयोजना हुने २ दिने एक सम्मेलनमा सहभागि हुन त्यसतर्फजाने क्रममा कतारवासी नेपालीको अवस्था बुझ्ने उद्देश्यले नेपाली दुातावासमा आयोजित एक अर्न्तर्कृयालाई सम्बोधन गर्दै मन्त्री आलमले सो जानकारी दिनुभएको हो ।...
Full story

प्रशासनमा आज पनि माओवादी धर्ना

image
एकीकृत नेकपा माओवादीले आज पनि देशभरका जिल्ला प्रशाशन कार्यालयहरु घेराउ गरेपछि दैनिक कामकाज ठप्प भएको छ । यसअघि हिँजो पनि एकीकृत माओवादीका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिँदा कामकाज ठप्प भएको थियो । प्रधान सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम असंबैधानिक भएको भन्दै त्यसलाई सच्याउन माग गर्दै दोश्रो चरणको आन्दोलनमा उत्रिएको एकीकृत नेकपा माओवादीले आज दोस्रो दिन पनि प्रशासन कार्यालयहरु घेराउ गर्दै नाचगानसहित धर्ना दिएको हो । ...
Full story

'दुश्मनको' निवासमा कमरेडको रात्रीभोज

image
माओवादीले एक नम्बर दुश्मन ठानेका नेकपा एमालेका स्थायी समिति सदस्य केपी शर्मा ओलीले मंगलवार साँझ अध्यक्ष प्रचण्ड सहितका शीर्ष नेताहरुलाई रात्रीभोज दिनुभएको छ । ओली निवास भक्तपुर बालकोटमा भएको रात्रिभोजन बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल, अध्यक्ष प्रचण्ड, कांग्रेस नेताहरु शेरवहादुर देउवा, रामचन्द्र पौडेल, एमाले महासचिव इश्वर पोखरेल सहितका नेताहरु सामेल हुनुहुन्थ्यो । रात्रीभोजमा माओवादीका तीनजना उपाध्यक्षहरु मोहन वैद्य, बाबुराम भट्टर्राई र नारायणकाजी श्रेष्ठ पनि सामेल हुनुभएको थियो ।...
Full story

सदन खुलाउन सभामुखको सक्रियता

image
राष्ट्रपति डाक्टर रामवरण यादवले अवरुद्ध संसद खुलाउने बारेमा दलहरुसँग छलफल गर्नुहुने भएको छ । मंगलवार अपरान्ह राष्ट्रपतिलाई भेट्न राष्ट्रपति भवन शीतल निवास पुग्नुभएका संबिधानसभा अध्यक्ष सुवास नेम्वाङसँग राष्ट्रपति यादवले सो जानकारी दिनुभएको हो । निरन्तर संसद अवरोधबाट बजेट तथा संबिधान लेखन समेत अवरुद्ध भएकोले उपयुक्त कदम चाल्ने विषयमा राष्ट्रपति र सभाध्यक्षबीच छलफल भएको थियो । छलफलका क्रममा बजेट संसदबाटै पारित गर्नुपर्नेमा आफूले जोड दिएको बैठकपछि सभाध्यक्ष नेम्वाङले बताउनुभयो । राष्ट्रपति शासनको हल्ला चलिरहेको बेला नेम्वाङले सो हल्ला निराधार हो भन्नुभयो ।

ओलीको प्रयासले सरकारको बोली फेरियो

image
सरकारले माओवादीसँग नयाँ शीराबाट वार्ता गर्ने निर्णय गरेको छ । माओवादी नेताहरुसँग मंगलवार साँझ एमाले नेता केपी ओली निवासमा भएको रात्रीभोज बैठकपछि सहमतिको सम्भावना देखिएका ठहर गर्दै सरकार लचिलो बनेको हो । मंगलवार अपरान्हमात्रै माओवादी आन्दोलन शान्ति सम्झौता विपरित रहेको ठहर गर्दै सेनालाई उच्च र्सतर्कतामा रहन निर्देशन दिएको सरकारले त्यसको भोलिपल्टै माओवादीसँग वार्ता गर्ने निर्णय गरेको हो ।...
Full story

उपेन्द्र यादवको बोली फेरियो, प्रधानमन्त्रीको राजिनामा बारे मौन

मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकार गठन गनुपर्ने बताउनुभएको छ । यसअघि प्रधानमन्त्रकिो राजिनामा माग्दै आउनुभएका यादवले सोमवार आयोजित ...
Full story

माओवादीद्धारा धनकुटा नगरपालिका कब्जा, आफै जनप्रतिनिधि घोषणा

शान्ति सम्झौताको उल्लंघन गर्दै एकीकृत नेकपा (माओवादी)ले सोमबार धनकुटा नगरपालिका कार्यालय कब्जामा लिई नगर प्रमुखसहित सम्पूर्ण जनप्रतिनिधिको नाम घोषणा गरेको छ। नाराजुलुससहित नगरपालिका कार्यालय पुगेका ...
Full story

कांग्रेसको बन्दसत्रमा होहल्ला र नाराबाजी

image
आइतवारदेखि शुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा बिधान संशोधन प्रस्तावलाई लिएर होहल्ला र नाराबाजी भएको छ । महासमिति बैठकको बन्द सत्र शुरु भएलगत्तै बरिष्ठ नेताहरुबीचमै बिभाजन र विवाद शुरु भएको बैठकका सहभागीहरुले बताएका छन् । विधान तयारी समितिका संयोजक कृष्ण सिटौलाले बन्द सत्रमा विधान पेश गरेलगत्तै केन्द्रीय सदस्य नरहरि आचायले उठेर पदाधिकारीको निर्वाचन गराउनुपर्ने र विगतका कमजोरीलाई सुधार गर्नुपर्ने भनाइ राखेपछि विवाद शुरु भएको थियो ।...
Full story

स्वायत्त राज्य र नाकाबन्दी अस्वीकार्य

image
सूचना तथा संचारमन्त्री शंकर पोखरेलले माओवादीले शान्ति सम्झौता भंग गर्ने उद्धेश्यले नाकाबन्दी र स्वायत्त राज्य घोषणा गर्न लागेको भन्दै सरकार कडाइका साथ प्रस्तुत हुन लागेको बताउनुभएको छ । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा सरकारका प्रवक्ता पोखरेलले कुनै हालतमा नाकाबन्दी र स्वायत्त राज्य घोषणा हुन नदिने प्रष्ट पार्नुभयो । सरकारले संविधानको रक्षाका लागि चाल्ने कदमबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी माओवादीले लिनुपर्ने मन्त्री पोखरेलको भनाइ थियो ।...
Full story

प्रधानमन्त्री विराटनगर जाँदा एमाले माओवादी झडप

प्रधानमन्त्री माधवकुमार नेपाललाई कालो झण्डा देखाउने क्रममा विराटनगरमा माओवादीसँग झडप भएको छ। झडपमा केही घाइते भएका छन्। झडप सुरक्षाकर्मी तथा एमाले कार्यकर्तासँग भएको थियो। मोरङको ...
Full story

देशभरका स्थानीय निकायहरु ठप्प

image
नागरिक सर्बोच्चताको आफ्नो माग पूरा नभएको भन्दै आइतबारबाट आन्दोलन थालेको एकीकृत नेकपा माओवादीले सशक्त आन्दोलन शुरु गरेको छ । माओवादीले आज देशभरीका स्थानीय निकायहरुमा घेराउ र जनसभाको कार्यक्रम जारी राखेको छ । आज बिहानैदेखि देशभरका गाविस र नगरपालिका अगाडि भेला भएका माओवादी कार्यकर्ताहरुले सरकारी कामकाज ठप्प पारेका छन् । काठमाडौँमा बागदरबारमा रहेको काठमाडौँ महानगरपालिका कार्यालय अगाडि बिहान साढे आठ बजेदेखिनै माओवादी कार्यकर्ताहरुले नाराबाजी गरि घेराउ गरेका छन् ।...
Full story

कतारमा 'नेपाली सुपरस्टार नाइट'

image
दिपक पौडेल/दोहा विश्वभरिका मुस्लिम सम्प्रदायको महान पर्व इद उल अधाको अवसरमा कतारमा हरेक वर्षनेपालीहरूले सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना गर्दै आएका छन् ।यस बर्षनि सोही अवसरमा प्राप्त र्सार्वजनिक विदालाई नेपालीहरूले सांस्कृतिक एवं मनोरञ्जनात्मक आनन्दकासाथ मनाउन पाउने भएका छन् । कहिले संघसंस्था त कहिले ब्यक्तिगत पहलमा कतारमा नेपाली कलाकारहरुकासाथ रम्न पाइने अवसर जुराउने काममा यसपटक उद्यम ब्यवसायी तेजेन्द्र महत अघि सरेका छन् । नेपाली ब्यवसायी संघका महासचिव महतले 'नेपाली सुपरस्टार नाइट-२००९' को आयोजना गर्न लागेको राजधानी अन्तरराष्ट्रिय साप्ताहिकसंगको कुराकानीमा बताएका छन् ।...
Full story

'माओवादीलाई आन्दोलनबाट फर्काउछु'

image
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीलाई सहमतिमा ल्याएरै छाड्ने दावी गर्नुभएको छ । आइतवारदेखि शुरु भएको कांग्रेस महासमिति बैठकलाई सम्बोधन गर्दै सभापति कोइरालाले माओवादी सहमतिमा आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सहमतिमा आउन सोही समारोहबाट आग्रह समेत गर्नुभयो । देशमा हिंसाको अन्त्य गरेर सहमतिको राजनीति आफूलेनै शुरु गरेको बताउँदै उहाँले माओवादीलाई फेरि पनि आन्दोलनबाट सहमतिमा ल्याउने दृढता व्यक्त गर्नुभयो । ...
Full story