Matrika Poudel
बाल्यकालको इच्छा पूरा गरि स्वदेश फिर्ता
नेपालको तीन दिने धार्मिक भ्रमण पूरा गरि श्रीलंकाका राष्ट्रपति महिन्दा राजापक्ष आज विहान स्वदेश फर्किनुभएको छ । श्रीलंकन एयरको विशेष विमानमा राष्ट्रपति राजापाक्ष विहान साँढे सात बजे श्रीलंका फर्किनुभएको हो । उहाँले आफ्नो यसपालीको भ्रमण विशुद्ध धार्मिक भ्रमण भएको भन्दै भगवान बुद्धको जन्मस्थल लुम्बिनी घुम्ने बाल्यकालदेखि आफ्नो इच्छा पूरा भएको प्रतिक्रिया दिनुभएको छ । राष्ट्रपति राजापाक्षले लुम्बिनीको विकासका लागि आफ्नो व्यक्तिगत खल्तिबाटै १० हजार अमेरीकी डलर अर्थात करीव ७५ लाख रुपैया सहयोगको घोषणा गर्नुभएको छ ।
माओवादीलाई परास्त गर्ने खाँडको दावी
सिचाईंमन्त्री बालकृष्ण खांणले एकीकृत नेकपा माओवादीलाई परास्त गर्ने दाबी गर्नुभएको छ । शुक्रवार रिपोर्र्टर्स क्लबको साक्षात्कारमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका खाँडले आन्दोलनका नाममा माओवादीले अराजकता मच्चाउन खोजेकाले शक्ति प्रयोग गरेर परास्त गर्ने चेतावनी दिनुभएको हो । खाणंले माओवादीसंग मुकाबिला गर्न सरकार तयार रहेको समेत सो अवसमरा स्पष्ट पार्नुभयो । हतियारको बलमा सत्ता कब्जा गर्न खोज्नेहरु समाप्त भएको उल्लेख गर्दै माओवादी अहिलेको शैलीमा अगाडि बढ्न खोजे समाप्त हुने उहाँको दावी थियो । ...माओवादीको हालत ज्ञानेन्द्रकै जस्तो हुने
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान निर्माणका बेला आन्दोलन गरेर प्रजातन्त्रको विरुद्धमा उत्रिएमा माओवादीको हालत पनि पूर्व राजा ज्ञानेन्द्रको जस्तो हुने चेतावनी दिनुभएको छ । आन्दोलनलाई शक्ति प्रयोग गरेर दमन गरिए सरकारमा सहभागी दलहरूको हालत पूर्व राजाको जस्तो हुने माओवादीले चेतावनी दिएको भोलिपल्ट नेता देउवाको यस्तो धारणा सार्वजनिक भएको हो ।...संविधानसभा विघटन गर्ने षडन्त्र हुदैछ
मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादबले सरकारमा रहेका दलहरु संविधानसभा बिघटन गर्ने षडयन्त्रमा सामेल रहेको आरोप लगाउनुभएको छ । सरकारमा रहेका दलहरुनै संबिधान सभालाई भंग गर्ने षणयन्त्र अनुरुप अहिलेका गतिबिधि भइरहेको उहाँको दावी छ । पार्टीद्धारा विहिवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादबले संबिधानसभा बिघटनको षडयन्त्र भइरहेको बताउनुभयो । ...माओवादीबादी बैधानिक बाटो आऊ
प्रधानमन्त्री माधब कुमार नेपालले बैधानिक बाटोबाट बहुमत पुर्याएर सरकार बनाउन एकीकृत माओवादीलाई चुनौति दिनुभएको छ । नेकपा एमाले संसदीय दलको बैठकलाई सिंहदरबारमा विहान सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘माओवादीलाई सरकार नै चाहिएको भए बहुमत पुर्याएर सरकार बनाए हुन्छ ।’ प्रधानमन्त्री नेपालले राष्ट्रपतिको विवाद संविधान संसोधन गरेर समाधान गर्न सकिने भन्दै उहाँले सहमतिमा आउन एकीकृत माओवादीलाई आग्रह गर्नुभयो । ...ठूली एकादशीमा चार नारायण मेला
आज हरिबोधिनी एकादशी अर्थात ठूली एकादशी । हिन्दू धर्मनुसार वर्षा पर्ने २४ वटा एकादशी मध्ये सबैभन्दा महत्वपूर्ण एकादशी भएकाले यसलाई ठूली एकादशी भनिएको हो । आषाढ शुक्ल एकादशीको दिन आ आफ्नो घरको आँगनमा रोपिएको तुलसीको आज विवाह गरि हरिबोधनी एकादशी मनाइएको छ । यस दिन गरिने स्नान, दान, ध्यान, तप आदि सबै कार्य फलदायी हुने धार्मिक विश्वास रहि आएको छ । आजको दिन काठमाडौं उपत्यकाका चार नारायण अर्थात चारओटा बिष्णु मन्दिरमा विशेष मेला लागेको छ ।...देउवामाथि आक्रमणपछि सरकार गम्भिर
एकीकृत नेकपा माओवादीले मंगलवार अपरान्ह चितवनमा कांग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवाथिा गरेको आक्रमणलाई सरकार र नेपाली कांग्रसेले गम्भिर रुपमा लिएका छन् । देउवा, सिन्चाइमन्त्री बालकृष्ण खाँड र कांग्रेसका युवा नेता एबं सभासद गगन थापामाथि माओवादीले ज्यान लिने उद्धेश्यले हमला गरेको आरोप कांग्रेसले लगाएको छ । सोहि विषयमा छलफल गर्न बुधवार विहानै प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस नेताहरु पुगेका थिए । छलफलमा माओवादीको सामना गरेर जाने विषयमा पनि कुराकानी भएको स्रोतले जनाएको छ । छलफलमा सभामुख सुवास नेम्वाङ र अर्थमन्त्री एबं एमाले नेता सुरेन्द्र पाण्डे पनि सहभागी हुनुभएको थियो । ...माओवादीले काठमाडौं नाकाबन्दी गर्ने
एकीकृत नेकपा माओवादीले कात्तिक १६ गतदेखि सशक्त आन्दोलन थाल्ने निर्णय गरेको छ । माओवादीद्धारा गठित राष्ट्रिय जनआन्दोलन नेपालको मंगलवार बसेको बैठकले आन्दोलनका कार्क्रमहरु समेत तय गरेको छ । प्रारम्भिक जानकारी अनुसार कात्तिक १६ गत सिंहदरवारलाई चारैतिरबाट घेराउ गरिनेछ भनें जिल्ला सदरमुकामहरुमा पनि सिडिओ कार्यालयहरु घेराउ गरिनेछ । यस क्रममा धर्ना जुलुस र चक्काजामका साथै जनअवज्ञाका कार्यक्रमहरु घोषणा गर्ने माओवादीले जनाएको छ । आन्दोलनका क्रममा सरकारलाई दबाब दिन काठमाडौं उपत्यकालाई नाकाबन्दी गरिने माओवादीले जनाएको छ । ...माओवादीलाई गच्छदारको धम्की
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संसद अवरोध गरेर सरकार परिवर्तन गरेमा मधेशवादी दलहरुले फेरि सदन अवरुद्ध गरेर माओवादी नेतृत्वको सरकार ढाल्ने चेतावनी दिनुभएको छ । मंगलवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री गच्छदारले इंटको जवाफ पत्थरले दिने बताउनुभयो । उहाँले सदन अवरोध गरेर अहिलेको सरकार गिराउन खोजे त्यस्तै माओवादीलाई त्यस्तै गर्ने चेतावनी दिनुभयो । अलोकतान्त्रिक ढंगवाट सरकार परिवर्तन गरिए त्यो सरकारलाई कुनै पनि हालतमा टिक्न नदिइने स्पष्ट पार्दै उहाँले मधेश ठप्प पार्ने चेतावनी दिनुभयो । ...माओवादीसँग कांग्रेस\एमाले आम्ने साम्ने
संविधानसभाका २५ मध्ये २२ राजनीतिक दलहरुले माधवकुमार नेपाललाईनै प्रधानमन्त्रीमा र्समर्थन जारी राख्ने प्रतिबद्धता जनाएका छन् । माओवादीले संसद खुलाउनका लागि वर्तमान सरकार परिवर्तनको प्रस्ताव ल्याएपछि सरकारलाई र्समर्थन गर्दै आएका २२ दलले यहि सरकारलाई निरन्तरता दिने स्पष्ट पारेका हुन् । प्रधानमन्त्रीको समेत उपस्थितीमा सिंहदरवारमा बसेको बैठकले माओवादीको मागलाई अनुचित ठहर गरेको छ । सत्तारुढ प्रमुख दुइ दल नेपाली कांग्रेस र नेकपा एमालेले माओवादीको मागलाई अस्वीकार गर्ने बरु उसको आन्दोलनको सामुहिक प्रतिवाद गर्ने निर्णय गरेका थिए ।...माधव नेपाल त विषालु र्सप पो रहेछन्
एकीकृत नेकपा माओवादीका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब देशमा तेस्रो जनआन्दोलन हुने दावी गर्नुभएको छ । माओवादीको काठमाडौं क्षेत्र नम्बर ७ कमिटीद्धारा नेपाल सम्बतको अवसरमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सहमतिको सम्भावना टरेकाले अब तेस्रो जनआन्दोलनको तयारीमा माओवादी लागेको खुलासा गर्नुभयो । उहाँले दोस्रो जनआन्दोलनले राजतन्त्र बढारे जस्तै तेस्रो जनआन्दोलनले कांग्रेस एमाले लगायतका संसवादीहरुलाई बढारेर फाल्ने दावी गर्नुभयो । अध्यक्ष प्रचण्डले तेस्रो जनआन्दोलनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।...माओवादीलाइ पेलेरै बजेट पारित गर्ने
सरकारका प्रवक्ता एबं सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले माओवादीले सहज रुपमा बजेट पारित गर्न नदिए सरकारले अन्य विकल्प खोज्ने बताउनुभएको छ । आइतवार दाङमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले माओवादीको अवरोधका बीच बहुमतको आधारमा बजेट पारित गर्न सकिने बताउनुभयो । अर्को विकल्पका रुपमा अध्यादेशबाट बजेट ल्याउन सक्ने पनि उहाँले बताउनुभयो । मन्त्री पोखरेलले माओवादीको आन्दोलनको उद्धेश्य सत्ता प्राप्तिका लागि हो भन्ने प्रष्ट भइसकेकाले सरकार अब कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनुभयो ।आतंकवादीको सूचीबाट माओवादी हट्ने
संयुक्त राज्य अमेरिकाका लागि नेपालका नवनियुक्त राजदूत डाक्टर शंकर शर्माले एकीकृत नेकपा माओवादीलाई अमेरिकी सरकारको आतंककारीको सूचीबाट हटाउन विशेष पहल गर्ने बताउनुभएको छ । आइतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजदूत शर्माले आतंककारीको सूचीबाट हटाउनका लागि गर्नुपर्ने सबै पहलका लागि आफू तयार रहको बताउनुभयो । अमेरिकी सरकारले आतंककारी सूचीबाट हटाउनेबारे यसअघि पनि छलफल अगाडि बढाएकाले आफूले त्यसलाई गति दिने उहाँले बताउनुभयो ।...'उपेन्द्र यादव पहाडे लखेट्ने षडयन्त्रमा'
उपप्रधानमन्त्री एबं मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले उपेन्द्र यादवले मधेशीका नाममा सत्ताको दलाली गरेकाले पार्टी फुटाउनुपरेको दावी गर्नुभएको छ । फोरमद्धारा आइतवार भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले उपेन्द्र यादव लगायतका केही मधेशी दलका नेताहरुले मधेशमा बस्ने पहाडेहरुलाई असुरिक्षत बनाएको आरोप लगाउनुभयो । मधेशवादीका नाममा वर्षौंदेखि तराइमा बसिरहेका पहाडे समुदायलाई लखेट्ने कार्यमा उपेन्द्र यादव सामेल रहेको उहाँको आरोप थियो । ...माओवादीले माग फेर्यो,एमाले झसंग
नागरिक सर्बोच्चताको लागि आन्दोलन गरिरहेको माओवादीले सरकार परिवर्तन भए सबै कुरा प्याकेजमा मिल्ने प्रस्ताव अघि सारेको छ । नेकपा एमालेका नेताहरुसँगको गोप्य वार्तामा माओवादीले माधव नेपाल नेतृत्वको सरकार परिवर्तन गर्ने प्रस्ताव राखेको हो । माओवादीको यो प्रस्तावपछि एमाले झस्किएको छ । माओवादी प्रस्ताव लगत्तै कांग्रेस र एमालेका नेताहरुबीचको वार्तामा यो विषयमा छलफल भएको थियो । नागरिक सर्बोच्चताको आवरणमा माओवादीको सत्तालिप्सा झल्किएको भन्दै कांग्रेस र एमालेले मागेर सत्ता नपाउने जवाफ दिएका छन् । ...मसाल निकटका प्रवासी नेपालीहरुको अन्तर्राष्ट्रिय सम्मेलन
अन्तर्राष्ट्रिय नेपाली एकता समाजको दोस्रो अन्तर्राष्ट्रिय भेला कार्तिक ७ गते काठमाडौंमा सम्पन्न भएको छ। भेलामा विभिन्न देशका प्रतिनिधिको सहभागिता रहेको थियो। सहभागी प्रतिनिधिहरुले सम्बन्धित देशका ...प्रधानसेनापति गुरुङ अमेरिका प्रस्थान
प्रधानसेनापति छत्रमानसिंह गुरुङ एक साता लामो भ्रमणका क्रममा शनिवार संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकामा सोमबारदेखि हुने विभिन्न देशका सेनापतिहरुको सम्मेलनमा भाग लिन प्रधान सेनापति गुरुङ त्यसतर्फजानुभएको हो । सम्मेलनमा हाल बिश्वले सामना गरीरहेका सुरक्षा चुनौति तथा त्यसमा सेनाको भुमिका बिषयमा छलफल हुने छ । प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गौचरमा नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरुले हार्दिक विदाई गरेका थिए ।...माओवादी लडाकु वाइसिएल भइसके
एमाले स्थायी समिति सदस्य केपी शर्मा ओलीले माओवादीले संघीयताका नाममा जातिय दंगा फैलाउने र सेना समायोजनका नाममा देशमा अराजकता मच्चाउने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले माओवादीका बास्तविक लडाकुहरु कोही पनि शिविरमा नरहेको दावी गर्नुभयो । उहाँले वास्तविक लडाकुहरु पहिलेनै वाइसिएल बनाएर चुनाव बेला बुथ कव्जा गर्नका लागि माओवादीले लगेको आरोप लगाउनुभयो । ...माओवादी सरकारमा आए दिपक बोहोरा मन्त्री छाड्न तयार
वनमन्त्री दिपक बोहराले एकीकृत नेकपा माओवादीलाई सदनमा अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाल्न चुनौती दिनुभएको छ । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा शनिवार राप्रपा महामन्त्री समेत रहनुभएका ...विवाद मिलाउने जिम्मा झलनाथलाई
नेकपा एमालेभित्र उत्पन्न विवाद मिलाउन तीन शीरष नेताहरु असफल भइरहेका बेला शनिवार स्थायी कमिटी बैठकमा छलफल भएको छ । अध्यक्ष झलनाथ खनाल, प्रधानमन्त्री माधवकुमार नेपाल र स्थायी समिति सदस्य केपी शर्मा ओलीबीच होटल सोल्टीमा भएको गोप्य वार्ताको लगत्तै बसेको स्थायी कमिटी बैठकमा विवाद समाधानका बारेमा छलफल भएको स्रोतले जनाएको छ । बैठकले विभिन्न जिल्लामा देखा परेका समानान्तर सङ्गठनलाई मिलाउन अध्यक्ष खनाललाई जिम्मा दिएको छ । ...महान पर्व छठ आज समापन
तर्राई बासी नेपालीहरुको महान पर्व छठ आज उदाउदो सुर्यलाई अर्घ दिई बिदा गरीएको छ । तलाउ , कुण्ड , नदि लगायतका स्थानमा सजाईएका घाटमा जम्माभएर उदाउदो सुर्यलाई आज बिहान अर्घ दिई छठ पर्वलाई बिदाई गरीएको छ । राजधानीको रानीपोखरी , बागमति लगायतका स्थानमा जम्म भएका श्रद्धालुले आज बिहान उदाउदो सुर्यलाई अर्घ दिएर तिन दिनको भक्तिअनुष्ठना पुरागरेको भक्तालुहरुले जनाएका छन् । पुर्वी तर्राईका महोत्तरी , धनुषा , सप्तरी , सुनसरी लगायतका जिल्लामापनि आज बिहान उदाउदो सुर्यलाई अर्घ दिई छठको बिदाई गरीएको छ । तिन दिन सम्म धार्मिक महिमा अनुसार मनाईने पर्व पछिल्लो समयमा बिभिन्न जातजातिमा पनि प्रचलीत रहेको छ । ...इराकमा उनीहरु मारिए,म यसरी बाँचे
सुखद भविष्यको सपना देख्दै अमेरिका जाने सपना देखेका बुद्धिलाल गुरुङ इराक पो पुगे। त्यो पनि त्यस्तो समयमा जतिबेला इराकी विद्रोही समूहले १२ नेपालीको घाँटी रेटी हत्या गरेका थिए। केही सेकेन्डको मात्रै फरक। नत्र उनको पनि उही हालत हुनसक्थ्यो। बिहीबार राष्ट्रसंघीय मानवअधिकार उच्चायोगद्वारा न्युयोर्कमा आयोजित कार्यक्रममा गुरुङले करुण आग्रह गरे- म जस्तो मानवतस्करको फन्दामा परेकाहरुलाई बचाउनुस्। राष्ट्रसंघका महासचिव बान की मुनद्वारा उदघाटन गरिएको कार्यक्रममा गुरुङले सबै सामु आफ्नो व्यथा पोखेका थिए। ...नागरिक सर्बोच्चता देखाउने दाँत मात्र
नेपाली कांग्रेसले माओवादीको नागरिक सर्बोच्चता सत्ता प्राप्तिको हतियारमात्र भएको ठहर गरेको छ । कांग्रेसले माओवादीको हालको मागमा कुनै पनि हालतमा सहमति हुन नसक्ने समेत स्पष्ट पारेको छ । कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघले आयोजना गरेको चियापानमा सहभागी भएका कांग्रेसका शीर्ष नेताहरुले माओवादीले भनिरहेको नागरिक सर्बोच्चता देखाउने दाँतमात्र भएको आरोप लगाएका थिए । ...बिबादस्पद जर्नेल कार्यवाहक सेनापति
सरकारले बरिष्ठ उपरथी तोरणजंग वहादुर सिंहलाई नेपाली सेनाको कार्यवाहक प्रधानसेनापतिमा नियुक्त गरेको छ । प्रधानसेनापति छत्रमान सिंह गुरुङ शनिवारदेखि एक साताका लागि प्रधानसेनापतिहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन अमेरिका जाने भएकाले उहाँको अनुपस्थितीमा सिंहलाई कार्यवाहक दिइएको हो । सैनिक इतिहासमा उपरथीलाई निमित्त सेनापति बनाइएको सम्भवतः यो पहिलो घटना हो । ...माओवादी लडाकुले धान लुटेको आरोप
नेकपा एमालेले कैलालीका आफ्ना कार्यकर्ता शंकर बोहोरा सहितका सर्वसाधारणको धान लुट्न अस्थायी शिविरका माओवादी लडाकुहरु सामेल भएको आरोप लगाएको छ । एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले नेकपा एमाले, कैलालीका पूर्व जिल्ला कमिटी सदस्य शङ्करमान बोहोराको खेतबाट धान लुटेका थिए । बुधवार बेलुका माओवादी कार्यकर्ताहरुले दुइ बिघा क्षेत्रमा लगाइएको एमाले कार्यकर्ता बोहोराको धानबाली काटेर लगेका हन् । धान लाट्नका लागि माओवादीको सातौं डिभिजनका लडाकुहरु पनि गएको प्रत्यक्षदर्शीले जनाएका छन् । ...माओवादीले कात्तिक १५सम्म पर्खिने
एकिकृत नेकपा माओवादीले १५ गतेभित्र राजनीतिक सहमति नभए शशक्त आन्दोलन थाल्ने भएको छ । शुक्रवार बसको स्थायि समिति बैठकले १५ गतेसम्म सहमतिका लागि प्रयास गर्ने र त्यसवेला सम्म सहमति नभए शशक्त आन्दोलन गर्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको बैठकमा सहमतिको संभावना क्षिण हुदै गएको ठहर गरेपनि अझै केहि दिन सहमतिका लागि प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले बताउनुभयो । ...मन्त्री र सभासदको तलब भत्ता रोकियो
बजेट पारित नहुदा मन्त्रीहरुले तलब नपाइरहेका बेला अर्थमन्त्री सुरेन्द्र पाण्डेले केही दिनभित्र सदनबाटै बजेट पारित हुने दाबी गर्नुभएको छ । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै अर्थमन्त्री पाण्डले असन्तुष्टीका विषयलाई केही दिन थाती राखेर भएपनि माओवादीले बजेट पारितमा सघाउ पुर्याउनेबारे सहमति बन्न लागेको खुलासा गर्नुभयो । अर्थमन्त्री पाण्डेले बजेट पारित नहुदा मन्त्रीको तलब भत्ता रोकिइसकेको र केही दिनभित्रै सभासद र माओवादी लडाकुहरुको तलब पनि रोकिने बताउनुभयो । ...रक्षामन्त्री विद्या भण्डारीको आलोचना
रक्षामन्त्री विद्यादेवी भण्डारी माओवादी लडाकुलाई सेनामा समायोजन नगर्ने र शान्ति सम्झौतानै पुनरावलोकन गर्नुपर्ने भनी दिएको अभिव्यक्तिप्रति राष्ट्रसंघीय शान्ति मिसन अनमिनले अशन्तुष्टि जनाएको जनाएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अनमिन प्रमुख करिन ल्याण्डग्रेनले विहिवार प्रधानन्त्री माधवकुमार नेपालसँग भेटी यस्तो प्रतिक्रिया जनाउनुभएको हो । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको भेटमा मिसन प्रमुख करिनले शान्ति सम्झौता अनुरुप सरकारका मन्त्रीहरुले बोली र व्यवहार मिलाउनुपर्ने बताउनुभएको स्रोतले जनाएको छ । ...माओवादी लडाकुलाई पीडा नदिऔं
गृहमन्त्री भीमवहादुर रावलले सरकार माओवादी लडाकुहरुलाई अनिश्चितकालसम्म अस्थायी शिविरमा राखेर लडाकु र उनीहरुका परिरवालाई पीडा दिने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ । उहाँले तत्काल उनीहरुको समायोजन र पुनर्स्थापना हुनुपर्ने बताउनुभएको छ । प्रहरी दिवसका अवसरमा विहिवार नेपाल प्रहरी हेडर्क्वाटरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रावलले शान्ति सम्झौताभन्दा एक इन्च पनि दाया बायाँ गर्न नहुने बताउनुभयो ।...इराकमा मनाए नेपालीले तिहार
तिहार औपचारिक रुपमा मंगलवारदेखिनै बिदाइ भए पनि प्रवासी नेपालीहरुको तिहारका बिभिन्न पक्षहरु प्राप्त भइरहेका छन् । दिपावलीको पावन अवसरमा इराकको जोईन्ट बेस बलाद स्थित कुलाक क्याम्पमा नेपालीहरुले विशेष कार्यक्रम गरेका छन् । भाइटिकाको दिन पारेर गरिएको उक्त कार्यर्क्रममा नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा ३ जना नेपाली चेलीहरुको उपस्थितीले कार्यक्रमलाई नेपालकै तिहारको आभाष दिलाएको इराकबाट रामप्रसाद पन्तले जनाएका छन् ।...एमालेका शीर्ष नेताको गोप्य वार्ता
नेकपा एमालेभित्र अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीबीचको विवादले समानान्तर जिल्ला कमिटीहरु बन्न थालेपछि प्रधानमन्त्री माधवकुमार नेपालको पहलमा मिलन बिन्दूको खोजी गरिएको छ । पार्टीभित्र गम्भिर समस्या देखिएपछि प्रधानमन्त्रीको पहलमा बुधवार साँझ तीन बरिष्ठ नेताहरुबीच गोप्य वार्ता भएको छ । राजधानीको पाँचतारे होटल सोल्टीमा भएको वार्तामा अध्यक्ष खनाल,प्रधानमन्त्री नेपाल र नेता ओली सहभागी हुनुभएको स्रोतले जनाएको छ । ...मोहन वैद्य सहमतिको विपक्षमा उभिए
माओवादी अध्यक्ष प्रचण्डले आन्दोलन होइन सहमतिबाटै निकास खोज्ने बताएको लगत्तै सो पार्टीका बरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले भनें अब सहमतिको सम्भावना नरहेको बताउनुभएको छ । जनसन्चार अभियानद्धारा बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यक्ष बैद्यले एक दुइ दिनभित्रै स्थायी समिति बैठक बसेर संर्घष्ाका कार्यक्रम घोषणा गर्ने बताउनुभयो । उहाले अब वार्ता र सहमति होइन जनआन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो । ...राजतन्त्र फर्किने बामदेवको दावी
राजाबादी दलका नेताहरुले राजतन्त्र फर्किने कुरा गर्नु स्वभाविक हो । तर पछिल्लो समयमा गणतन्त्रवादी दलका नेताहरुले समेत राजतन्त्र फर्किने सम्भावना व्यक्त गर्न थालेका छन् । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अब सात महिनाभित्र संबिधान नबनेमा राजतन्त्र फर्किन सक्ने चेतावनी दिनुभएको छ । काठमाडौंमा बुधवार आयोजित राजनीतिक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले सात महिनाभित्र संबिधान नबनेको खण्डमा देशमा सेना, प्रहरी र प्रशासनमात्र बा“की रहने बताउनुभयो । ...आजको दिन खुलेर नाक कोट्याउँ
आज अन्तरराष्ट्रिय नाक कोट्ट्याउने दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । सभा समारोह वा अन्य औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमा आफ्नो नाक कोट्याएर बसीरहने प्रवृत्ति प्रति व्यङ्ग्य गर्दै सन् १९ ७९ अक्टुबर २१ का दिन अमेरिकी नागरिक जेम्स टिफिन नोजाकले नाक कोट्उने दिवस मनाउन प्रस्ताव गरेका थिए । ...मुक्तिनाथ मन्दिर भत्किने खतरा
रासस । नेपालबाट मात्रै होइन विश्वको कुनाकुनामा समेत चर्चा पाउन सफल मुक्तिनाथ मन्दिर मर्मत सम्भार र संरक्षणको अभावमा भत्कने अवस्थामा पुगेको छ । यस मन्दिरको निर्माण वि.सं. १८७१ अर्थात् करिब दुई सय वर्ष अगाडि भएको हो । मन्दिर जीर्ण हुँदै जानु साथै मन्दिरमुनि बगिरहने भूमिगत जलप्रवाहलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न नसकेको कारण यो खतरा दिनानुदिन बढ्दैगएको हो । ...आन्दोलन नगर्ने माओवादी संकेत
एकीकृत नेकपा माओवादीले तिहारपछि गर्ने भनिएको नागरिक सर्वोच्चताको आन्दोलन नगर्ने संकेत गरेको छ । अध्यक्ष प्रचण्डको साता लामो चीन भ्रमणको समीक्षा गर्न बसेको केन्द्रीय समिति बैठकले राष्ट्रपतिको कदमका बारेमा कुनै न कुनै रुपमा छलफल भए सहमति गर्ने निर्णय गरेको छ । राष्ट्रपतिको कदमका बारेमा संकल्प प्रस्तावमा कहिं उल्लेख भए संसद अवरोध नगर्ने निष्कर्षमा माओवादी पुगेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । ...माओवादी चियापानमा प्रधानमन्त्री र कोइराला अनुपस्थित
एकीकृत नेकपा माओवादीले शुभदिपावली तथा नेपाल संवतको नयाँ वर्षो अवसर पारेर मंगलवार आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला अनुपस्थित हुनुभयो । माओवादीको चियापानमा सहभागीहरुबीच नेपाल र कोइरालाको अनुपस्थिती चर्चा र चासोको विषय बन्न पुगेको थियो । भृकुटी मण्ड प्रांगणमा आयोजित चियापान कार्यक्रममा कांग्रेस र एमालेका अन्य शीर्ष नेताहरु भनें सहभागी भएका थिए ।...प्रचण्डको चीन भ्रमण ऐतिहासिक
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक सहमतिका लागि आफूले अन्तिम पटक प्रयास गर्ने तर त्यति गर्दा पनि दलहरु सहमत नभए जनतामा जाने बताउनुभएको छ । नौ दिन लामो चीन भ्रमण पूरा गरि सोमवार स्वदेश फर्किनुभएका अध्यक्ष प्रचण्डले त्रिभुवन बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै वार्ताबाटै सहमति खोज्ने प्रयास जारी रहेको बताउनुभयो । उहाँले रक्षामन्त्री विद्या भण्डारीले माओवादी सेनालाई नेपाली सेनामा समायोजन नगर्ने भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो । ...'चन्द्र सूर्य अंकित झण्डा प्यारो छ'
सयौँ वर्षदेखि प्रचलनमा रहेको नेपालको राष्ट्रिय झण्डा परिवर्तन गर्न नहुने नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बताएका छन्। 'यो नेपालको पहिचान समाप्त पार्ने खेल हो, यसको प्रतिकारमा सबै नेपाली लाग्नुपर्छ', पौडेलले सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा बताए। पौडेल राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले थिमिमा आयोजना गरेको नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा मार्ल्यापण कार्यक्रममा बोल्दै थिए। ...नेपाल संवतको रौनकमा उपत्यका रंगियो
राज्यले राष्ट्रिय संवतका रुप्मा घोषणा गरिसकेको नेपाल संवतको नयाँ वर्षसोमवार अर्थात भाइटीकाको दिनदेखि शुरु भएको छ । नेपालको आफ्नै मौलिक संवत नेपाल संवत ११ सय २९ पूरा भई भाइटीकाको दिनदेखि नेपाल संवत ११ सय ३० शुरु भएको छ । नयाँ वर्षो अवसरमा काठमाडौं उपत्यकामा सोमवार विहानैदेखि बिभिन्न कार्यक्रमहरु आयोजना गरिएका थिए । नेपाल संवतको नयाँ वर्षा अवसरमा बिहान ७ बजे बसन्तपुरबाट निस्किएको सांस्कृतिक जुलुस नगर पर्रि्रमापछि सभामा परिणत भयो ।...गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिमा नयाँ नेतृत्व
मुलुकको आर्थिक सामाजिक विकासका लागि १९ बुँदे घोषणापत्र जारी गर्दै चौथो विश्व सम्मेलन सम्पन्न भएको छ । गैर आवासीय नेपाली, निजी क्षेत्र र सरकारको सहकार्यबाट ...नेपाली सेनालाई माओवादी सेनासँग तुलना गर्नु अपमानः विद्या भण्डारी
रक्षामन्त्री विद्यादेवी भण्डारीले नेपाली सेनालाई कमजोर बनाउने कुनै पनि शर्त र सम्झौताहरु आफूलाई मान्य नहुने बताउनुभएको छ । दिपावलीको अवसरमा काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई ...कतारमा फेरि अर्की चेली अलपत्र परिन्
दिपक पौडेल/कतार खाडीमुलुकमा घरेलु सहायककारुपमा नेपाली महिलाहरुलाई पठाउन नेपाल सरकारले लगाएको प्रतिबन्धका बाबजुद स्थानिय तथा खाडीमा एजेन्टको रुपमा काम गर्ने दलालले विभिन्न प्रलोभन देखाई चोर बाटोबाट खाडीतर्फपठाउने क्रम पछिल्लो समयमा बढ्दै गएको देखिएको छ । हालै २ नेपाली युवती दुतावासको शरणमा आएका छन् । ५ महिना अगाडि दोहा पुगेकी मोरङ मघुमल्लाकी २० बषिर्या कुमारी जोशी श्रेष्ठ गत विहीवार देखी दूतावासको शरणमा छिन् । मेडिकल फेल भए पनि उनलाई काममा लगाइएकी ती युवतीले समयमा तलव त परै जाओस् घरेलु हिंसाको शिकारसमेत बनिन् ।...देउवा पनि सुजाताको बिरोधमा खुले
सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाइएको घटनाले कांग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवालाई पनि आक्रोशित बनाएको छ । पछिल्लो समयमा सभापति गिरिजाप्रसाद कोइरालाले जे गरे पनि सहमति जनाउदै आउनुभएका बरिष्ठ नेता देउवाले सुजातालाई उपप्रधानमन्त्री बनाउनु गलत हो भन्नुभएको छ । एक साता लामो दिल्ली भ्रमण पूरा गरि शनिवार स्वदेश फर्किनुभएका बरिष्ठ नेता देउवाले पार्टीका बरिष्ठ नेताहरुलाई पन्छाएर कनिष्ठ सुजातालाई अघि बढाउनु नेताहरुको अपमान हो भन्नुभयो । ...प्रधानमन्त्री नेपाल सैनिक मुख्यालयमा
प्रधानमन्त्री माधव कुमार नेपालले आइतबार प्रधानमन्त्री भएको पहिलो पटक सैनिक मुख्यालयको निरीक्षण गर्नु भएको छ । नेपाल सरकारका केही मन्त्रीहरु सहित प्रधानमन्त्री नेपालले सैनिक मुख्यालय भद्रकालीको निरीक्षणमा पुग्नु भएको हो । निरीक्षण्मा प्रधानमन्त्री नेपालले नेपाली सेनाको अवस्था ,संरचना तथा कार्य विवरण लगायतका विषयमा जानकारी लिनु भएको सैनिक जनसर्म्पर्क निर्देशनलयले जनाएको छ । ...आयोग्य लडाकुको पुनःस्थापना सुरु
सरकारले माओवादी लडाकुका शिविरबाट अयोग्यहरुलाई पुनःस्थापना गर्ने कार्यको प्रकृया आइतबारदेखि सुरु गरेको छ । सिन्धुलीको दुधौलीस्थित प्रमुख शिविरबाट पुनःस्थापना प्रकृयाको थालनी गरिएको हो । शान्ति मन्त्री रमक चेम्जोङ, अनमिन प्रमुख करिन ल्याण्डग्रेन र माओवादी डिपुटी कमाण्डर चन्द्र खनालसहित १८ जनाको टोली दुधौलीस्थित माओवादी शिविरमा प्रकृया सुरु गर्न पुगेका छन् ।...मातृभूमीमा एनआरएनको चहलपहल
गैरआवासीय नेपाली संघ एनआरएनको चौथो विश्व सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंमा विस्तारै प्रवासीहरुको च्हलपहल हुन थालेको छ । विश्वका कुना कुनामा छरिएर बसेका प्रवासी नेपालीहरु विश्व सम्मेलनमा भाग लिन मातृभूमी फर्किएपछि काठमाडौंमा उनीहरुको चहलपहल बढेको हो । असोज २७ गतेदेखि औपचारिक रुपमा शुरु हुने एनआरएन चौथो विश्व सम्मेलनको पुर्वसन्ध्यामा उनीहरु बिभिन्न सामाजिक काममा सक्रिय भइरहेका छन् । ...नेपाली नेल्सन मण्डेला अस्पताल भर्ना
नेपाली नेल्सन मण्डेलाका नामले चर्चित कम्युनिस्ट नेता मोहनचन्द्र अधिकारी अस्पतालको सैयामा छटपटाइरहनुभएको छ । नेपालका नेताहरुमा सबैभन्दा बढि १७ वर्षम्म जेल बस्नुभएका नेकपा एमालेका नेता अधिकारी मधुमेह रोगबाट पीडित हुनुहुन्छ । मधुमेहले निकै च्यापेपछि अस्पताल भर्ना हुनुभएका अधिकारीको आर्थिक अवस्था समेत दयनीय रहेको एमालेले जनाएको छ । यसैबीच बरिष्ठ कम्युनिस्ट नेता अधिकारीको स्वास्थ्यस्थिती बारे जानकारी लिन प्रधानमन्त्री माधवकुमार नेपाल शनिवार अस्पताल जानुभयो । ...प्रधानमन्त्रीले देखे अनिष्टको खतरा
प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीको हठ र अदृष्य खेलका कारण देशमा अनिष्ठको खतरा बढिरहेको दावी गर्नुभएको छ । एकपटक मुलुक जटिलतामा फसेपछि फेरि पहिलेको अवस्थामा पुग्न गार्हो हुने भएकाले बेलैमा बुद्धि पुर्याउन उहाँले आग्रह गर्नुभएको छ । शनिवार विहान पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री नेपालले मुलुक जटिल संकटतर्फजान लागेको माओवादीले पनि बुझेकाले ऊ सहमति आउने विश्वास आफुलाई लागेको बताउनुभयो । ...ओबामालाई नोबेल शान्ति पुरस्कार
अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २००९ को नोवेल शान्ति पुरस्कार पाउने भएका छन् । नोवेल पुरस्कार कमिटीले ओबामाको असाधारण अन्तर्राष्ट्रि कुटनीतिक तथा सहयोगको भूमिकाको कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । नोवेल शान्ति पुरस्कारका लागि यस बर्ष०५ जना छनोट भएका थिए । नोवेल पुरस्कार कमिटीका अनुसार पुरस्कारका लागि ओबामासहित जिम्बाबेका प्रधानमन्त्री पनि छनौटमा थिए । ...गिरिजाबाबुको निर्देशन अस्वीकार
नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको विपक्षमा उभिएको छ । केन्द्रीय कार्य समितिको शुक्रवारको बैठकले सभापति कोइरालाको निर्देशन अस्वीकार गर्दै महासमिति बैठक कात्तिक १५ गते काठमाडौंमा राख्ने निर्णय गरेको छ । कांग्रेसमा सभापति गिरिजाप्रसाद कोइरालाको इच्छा विपरित निर्णय भएको यो पहिलो पटक हो । ...माओवादीका सभासदलाई लगाम
एकीकृत नेकपा माओवादीले आफूखुशी विदेश जान आफ्ना पार्टी नेताहरुलाई बन्देज लगाएको छ । शुक्रवार बसेको संविधानसभा दलको बैठकले नेता तथा सभासदहरु आफूखुसी विदेश भ्रमणमा गएको भन्दै उनीहरुलाई नियन्त्रण गर्न सो बन्देज लगाएको हो । विदेश भ्रमणका लागि अबसर आए सो को सम्पूर्ण डकुमेन्ट पेश गरि संसदीय बोर्डबाट अनिवार्य स्वीकृत गराउनु पर्ने उपनेता नारायणकाजी श्रेष्ठले बताउनुभयो । ...प्रधानमन्त्रीमाथि माओवादी आक्रमण
केन्द्रमा प्रधानमन्त्री र माओवादीका शीर्ष नेताहरुबीच चियापान र वार्ता चलिरहेका बेला जिल्लामा भनें माओवादीहरुले प्रधानमन्त्री विरुद्ध कालोझण्डा देखाउने र ढुंगामुढा गर्ने कार्य रोकेका छैनन् । एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले प्रधानमन्त्री माधवकुमार नेपाललाई काभ्रे र पोखरामा कालो झण्डा देखाउदै ढुंगा प्रहार गरेका छन् । ...दिउँसै सपना नदेख्न माओवादीलाइ गच्छदारको आग्रह
उपप्रधान एब भौतिक योजना तथा निर्माण मन्त्रि बिजय कुमार गच्छदारले बर्तमान सरकार ढलेर आफ्नो नेतृत्वमा सरकार बनाउने भन्ने कुरा माओवादीको दीवा सपना मात्रै हो भन्नुभएको ...नेवार बिग्रे भोजले, देश बिग्रियो मोजले
प्रधानमन्त्री माधवकुमार नेपालले अनावश्यक भोजभतेर र सरकारी विदाको संस्कृतिलाई बन्द नगरी नयाँ नेपाल बन्न नसक्ने बताउनुभएको छ । नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिन र नेपाल संवतको नयाँ वर्षा दिन र्सार्वजनिक विदा हुनुपर्ने माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेवारी समुदायका अगुवाहरुलाई उहाँले विदाको पछि नलाग्न आग्रह गर्नुभएको हो । उहाँले पूरानो उखानको प्रसंग निकाल्दै नेवार बिग्रियो भोजले, नेपाल बिग्रियो सरकारी विदाको मोजले भन्दा हाँसो गुन्जिएको थियो । ...ट्रोइकासँग प्रचण्ड र झलनाथको वार्ता
नेपाल भ्रमणमा रहेको युरोपेली संघको ६ सदस्यीय प्रतिनिधि मण्डल ट्रोइकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनाललाई अलग अलग भेट गरेको छ । होटल द्धारिकामा भएको भेटमा नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र नेपालको शान्ति प्रक्रियाका लागी युरोपियन युनियनले गर्ने सहयोगका विषयमा छलफल भएको भेटपछि माओवादी अध्यक्ष प्रचण्डले जानकारी दिनु भयो । ...सहमतिको गीत गाउदैछन शीर्ष नेताहरु
असोज २१ गतेभित्रै राजनीतिक सहमति जुटाउने प्रतिबद्धता पूरा नभए पनि शीर्ष नेताहरुले सहमतिको गीत गाउन भने छाडेका छैनन् । विहिवार पनि माओवादी अध्यक्ष प्रचण्ड र ...बिन्दूलाइ बचाउने सहयोगी हातहरु
रक्त क्यान्सरले पीडित प्युठानको बिजुवार टिकुरीकी पत्रकार बिन्दू परियारको उपचारका लागि आर्थिक संकलन शुरु भएको छ । पत्रकार परियारको उपचारका लागि प्युठानका सभासदहरु नारायण प्रसाद अधिकारी र दिपक केसीले आवश्यक सहयोग गर्ने भएका छन् । त्यस्तै बिभिन्न संस्थाहरुबाट हालसम्म ३२ हजार रुपैया संकलन भएको नेपाल पत्रकार महासंघ प्युठान शाखाले जनाएको छ ।...दुर्घटनामा कम्तिमा दश जनाको मृत्यु
मनोरन्जन शर्मा । लुम्बिनी अञ्चलका ४ जिल्ला पाल्पा नवलपरासी,रुपन्देही र कपिलबस्तुमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ९ जनाको ज्यान गको छ भने कम्तिमा ५७ र्घाईते भएका छन् । बुधवार दिउसो करीब साढे १ बजे पाल्पाको चिदिपानीमा बस दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ । पाल्पा सदरमुकाम तानसेनबाट पुर्वी पाल्पाको रामपुर तर्फजादै गरेको लु १ ख ५२७१ नम्बरको बस चिदिपानी गाबिसको शौभाग्य माध्यमिक बिद्यालय नजिकै सडक बाट करीब २ सय मिटर तल खसेर दुर्घटना हुदा घटनास्थलमै ४ जनाको मृत्यु भएको थियो ...सभासदहरुलाई सैनिक व्यारेकमा निम्तो
रक्षामन्त्री विद्यादेवी भण्डारीले नेपाली सेना लोकतान्त्रिकरण भइसकेको दावी गर्नुभएको छ । व्यवस्थापिका संसद अर्न्तर्गतको राज्य व्यवस्था समितिमा बुधवार उपस्थित हुनुभएकी रक्षामन्त्री भण्डारीले नेपाली सेना देशको शक्ति भएकाले यसलाई राजनीतिकरणबाट टाढा राख्नुपर्ने बताउनुभयो । उहाँले सेना विस्तृत शान्ति सम्झौताप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको दावी समेत गर्नुभयो । ...पाल्पामा बस दुर्घटनामा परि ५ जनाको मृत्यु
पाल्पाको चिदिपानीमा बस दुर्घटना हुदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधवार दिउसो करीब साढे १ बजेको समयमा बस दुर्घटना भएको हो । पाल्पा ...गिरिजाबाबु पहिलो पटक अल्पमतमा
नेपाली कांग्रेसमा महासमिति बैठक राख्ने नि नराख्ने भन्ने बारेमा विवाद बढ्दै जाँदा शक्तिसाली सभापति गिरिजाप्रसाद कोइराला अल्पमतमा पर्नुभएको छ । महासमिति बैठक रोक्ने सभापति कोइरालाको निर्देशनलाई पार्टीका अधिकांश नेताले अस्वीकार गरेका छन् । बुधवार विहान आफ्नै निवासमा जम्मा भएका पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई कोइरालाले महासमिति बैठक रोक्न निर्देशन दिनुभएको थियो । कोइरालाले यसअघि पनि महासमिति बैठक रोक्न मौखिक निर्देशन दिइसक्नुभएको थियो ।...बेमौसमको पहिरोमा ४२ को ज्यान गयो
बेमौसममा परेको अविरल वर्षाका कारण पश्चिम र सुदुरपश्चिमान्चलका एक दर्जन जिल्लामा जनधनको ठूलो क्षति भएको छ । पहिरोमा परि अछाम, डडेलधुरा, पर्वत, बझाङ लगायतका जिल्लामा कम्तिमा ४२ जनाको ज्यान गएको छ । बाढी पहिरोको प्रकोपमा परी ती जिल्लाका २ हजार घर परिवार बिस्थापित भएका छन् । पहिरोबाट अछाममा ६४ घर धरापमा परेका छन भनें पर्वत, बेनी र मुस्ताङ सम्पर्क बिच्छेदमा परेका छन् । ...क्रिकेट मैदानमा हारे शीर्ष नेता
नेताहरुले भात खान्छन् कि घुस खान्छन - यो प्रश्न मंगलवार किर्तिपुरको घा“से मैदानमा जम्मा भएका दर्शकहरुले गरे । नगरुन पनि कसरी, नेताका भु“डी देख्दै डरलाग्दो । सधैं राजनीतिक मैदानमा भाषण र बैठकको रस्साकस्सी गर्ने नेताहरु त्यस दिन किर्तिपुरको क्रिकेट मैदानमा बलिङ गर्न पुगेका थिए । नेता र व्यवासायीहरु घुस लिने र दिनेका रुपमा परिचित भए पनि मंगलवार भनें पक्ष विपक्षमा उभिएर क्रिकेट खेल्दै थिए । ...आफैं समाचार बनिन् पत्रकार बिन्दू
रोग र भोकबाट पीडितहरुको कथा व्यथालाइ समाचार बनाएर समाजलाइ सचेत गराउने एकजना पत्रकार अहिले आफैं प्राणघातको रोगको शिकार भएर समाचारको विषय बनेकी छिन । रक्त क्यान्सर रोगबाट पीडित पत्रकार बिन्दू परियार उपचार गर्ने पैसा अभाबमा बिस्तारामै मृत्युसँग पैठेजोरी खेल्न बाध्य हुनुभएको छ । प्युठानको बिजुवार-१ टिकुरी घर भएकी परियार सामुदायीक रेडियो माण्डबि ९७ मेगाहर्ज प्युठानमा कार्यरत हुनुहुन्छ । ...राष्ट्रिय सहमतिका लागि माओवादीको नेतृत्वमा सरकार बन्नुपर्ने प्रचण्डको भनाइ
एकीकृत नेकपा माओवादीका अध्यक्ष एब पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीले उठाउदै आएका मुद्धालाई संवोधन नगरे अथवा राष्ट्रपतिको कदमलाई संसदमा छलफल गर्ने नदिए तिहार पछि ...Author info
Matrika Poudel
