Click below for latest TV News
Nepali TV

Log in
Featured author

सोलुखुम्बुमा सूदलाई अवरोध

नेपालका लागि भारतीय राजदूत राकेश सुद बिहीबार चौंरीखर्क गाविसको फाक्दिनबाट स्याङबोचे जाने कार्यक्रम रहेको छ । सोलुखुम्बुको खुम्जुङमा भारतीय लगानिमा सञ्चालन हुन लागेको खानेपानी आयोजनाको शिलान्यास गर्न बुधबार सोलुखुम्बु आएका सूद सदरमुकाम सल्लेरीबाट हिजो नै यती एयरको प्लाटसबाट लुक्ला हुदै फाक्दिन पुगेका हुन् । राजदूत सुदले हिजो चौंरीखर्कको महेन्द्रज्योथि मावि चौंरीखर्क पुगि आँखा शिविरको उद्घाटन गरेका थिए ।
image
Newsletter
Email:
Poll: Like Our New Look?
Do you like our new look & feel?

कांग्रेसले शर्त छाडे चाडो निकास निस्कने श्रेष्ठको दावी

image
माओवादी उपाध्यक्ष नारायणकाजि श्रेष्ठले नया सरकार निर्माणका लागि कांग्रेसले राखेको शर्त हलो अड्काएर गोरु चुट्ने जस्तो कुरा मात्रै भएको आरोप लगाउनुभएको छ । मंगलवार विहान भरतपूरको ग्लोवल होटलमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उहाले कांग्रेसको शर्त पुरानै अडानको पुनरावुत्ति भएको वताउनुभयो । उहाले कांग्रेसका प्रधानमन्त्रीका प्रत्यासी रामचन्द्र पौडेलले उम्मेदवारी कायम राखे त्यो गैर जिम्मेवारीपूर्ण कदम हुने र त्यसले मुलुकमा सकट उत्पन्न गराउने आरोप लयाउनुभयो । निर्वाचनको जारी प्रकृयावाट प्रधानमन्त्री चयन नहुने वताउनुभएका माओवादी उपाध्यक्ष श्रेष्ठले देशमा सरकार विहीनताको अवस्था कायम नराख्न र प्रतिक्रान्तिको दिशा तर्फ देशलाइ लैजानवाट रोक्न कांग्रेसले नचाहने आरोप पनि लगाउनुभयो । ...
Full story

अफगानिस्तान विष्फोटनमा मारिने गोर्खा सैनिक पोखराका सुरज गुरुङ भएको पुष्टि

image
अफगानिस्तानको हेलमण्ड प्रान्तमा गस्तीमा गएको बेला भएको विष्फोटमा परी मारिएका नेपालीको पहिचान बेलायती सेनाले र्सार्वजनिक गरेको छ । दी रोयल गोर्खाज राइफल्सका राइफलम्यान सुरज गुरुङले शाहदात प्राप्त गरेको बिबिसीले जनाएको छ । पोखरा घर भएका २२ वषिर्य सुरजले केही महिनाअघिमात्र प्रमिला गुरुङसँग दाम्पत्य जीवन शुरु गरेका थिए । बेलायती सेनाका मेजर डेभिड जोन्सले सुरजको मृत्यु भएको जानकारी दिएका छन् भनें काठमाडौंस्थित बेलायती दूतावासले गोर्खालीहरुको बहादूरीको उच्च प्रशंसा गरेको छ । ...
Full story

संविधानको सांचो माओवादीको हातमा - प्रधानमन्त्री

image
प्रधानमन्त्री माधवकुमार नेपाललेदशै अगाडी नया प्रधानमन्त्री चयन हुन नसक्ने वताउनुभएको छ । पहिला जे भयो भोलिको निर्वाचनमा पनि त्यहि हुने मंगलवार प्रेस चौतारी मोरङ्गले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री नेपालले वताउनुभयो । उहाले प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेललाए अहिलेकै स्थितिमा उम्मेदवारी फिर्ता लिन एमालेले नभनेको भन्दै उहाले सहमति भएपछि मात्रै उम्मेदवारी फिर्ता लिन सकिने वताउनुभयो । शान्ति प्रकृया र संविधानको ताल्चाको सांचो माओवादी र सरकारको सांचो कांग्रेससंग रहेको वताउदै उहाले सांचो जसको हातमा छ उसैले ताल्चा खोल्नुपर्ने प्रधानमन्त्रीको धारणा थियो ।...
Full story

विश्व शिक्षक दिवस आज मनाइदै

image
सुधार शिक्षकहरुवाट भन्ने नाराका साथ मंगलवार विश्व शिक्षक दिवस नेपनलमा पनि विभिन्न कार्यक्तमहरु आयोजना गरी मनाइदै छ । सन् १९९४ पछि हरेक वर्ष अक्टोवर २५ तारिखका दिन शिक्षक दिवसको रुपमा मनाइदै आइकएको छ । यस दिवसको अवसरमा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न चार वटा प्रमुख अन्तर्राष्ट्रिय निकायले शिक्षकका लागि लगानी गर्न विकासका लागि लगानी गर्न विकासका साझेदार र विकासोन्मुख मुलुकहरुलाइ आग्रह गरेका द्धन् । ...
Full story

शक्तिशाली विस्फोटमा अफगानिस्तानमा नेपालीको ज्यान गयो

image
अफगानिस्तानमा शान्ति र स्थिरता ल्याउन वेलायती र गोर्खा सैनिकसंगै काम गरिरहेका वेलायती सेनामा कार्यरत एक नेपाली अफगानिस्तानमा गस्तीको क्रममा शनिवार मारिएका छन् । ती सैनिकको पहिचान खुल्न नसकिएपनि उनी रोयल गोर्खा राइफल्सको फस्ट वटालियनमा कार्यरत रहेको खुलासा भएको छ । उनी हेल्मण्ड प्रान्तको नाहर ए सराजमा शक्तिशाली विस्फोटमा मारीएका हुन् । यसका साथै सन् २००१ वाट अफगानिस्तानमा मारीएका वेलायती सेनाको संख्या ३३९ पुगेको छ । अफगानिस्तानमा छोटो समयमा मारीने उनी छैठौ वेलायती सैनिक हुन् । ...
Full story

एसीसी यु १९ महिला क्रिकेटमा नेपालको विजयी शुरुवात

image
नेपालले एसीसी यु १९ महिला क्रिकेटमा विजयी शुरुवात गरेको छ । सिंगापूरमा आजवाट शुरु प्रतियोगिताको पहिलो खेलमा डिफेन्डिङ्ग च्याम्पियन नेपालले हङ्गकङ्गलाइ ७९ रनले पराजित गरेको हो । १ सय ५० रनको लक्ष्य पछ्याएको हङ्गकङ्ग १६ ओभर ३ वलमा ४४ रन वनाएर आफनो सवै विकेट गुमाएको थियो । नेपालका लागि गीता चुडालले २ तथा सोनम खड्का , रुविना क्षेत्री र नेरी थापाले १ १ विकेट लिएका थिए । हङ्गकङ्गका पाच जना खेलाडी रन आउट भएका थिए । यसअघि टस हारेर व्याटीङ्ग गरेको नेपालले निर्धारित २५ ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन वनाएको थियो ।...
Full story

कामचलाउ सरकारको कामचलाउ वजेट आउने प्रधानमन्त्रीको भनाइ

image
प्रधानमन्त्री माधवकुमार नेपालले राजनैतिक गतिरोधको अन्त्य अव चाडै हुने वताउनुभएको छ । विराटनगर विमानस्थलमा आज संचार्रर्मीहरुसंग कुरा गर्दै उहाले सवै राजनैतिक दलहरुसंगको अवधारणामा छलफल गरि शक्ति वाडफाडको लागि साझा सहमति निकाल्ने प्रयास भइरहेको वताउनुभयो । सहमतिको आधारमा अव केही दिनमै राजनैतिक गतिरोधको अन्त्य हुने उहाको दावी थियो । ...
Full story

मलेसियामा माओवादी अध्यक्षको नालीवेली

image
माओवादी अध्यक्ष् पुष्पकमल दाहालले भदौ २० गते सम्ममा नेपाली कँंग्रेसका नेता रामचन्द्र पौडेलले प्रधाानमन्त्री पदका लागि दिएको उम्मेदवारी फिर्ता लिनेमा आफू आशावादी रहेको वताउनसभएको छ । नेपाल पत्रकार महासंघ मलेसिया शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै उहाले नेपालमा राजनैतिक नेतृत्वको अभाव भएकाले अन्य धेरै कुरामा परिवर्तन आए पनि नेपालमा आर्थिक र सास्कृतिक रुपमा परिवर्तन हुन नसकेको वताउनुभयो । उहा पत्नी सीता छोरा प्रकाश, माओवादी विदेश विभाग प्रमुख कृष्ण वहादूर महरा साथै एक जना सहयोगीको साथमा मलेसिया जानुभएको हो ।...
Full story

बिजयादशमीको टिकाको साइत असोज ३१ गते आइतवार विहान पौने ११ बजे

image
यस वर्षबिजयादशमीको टिकाको साइत असोज ३१ गते आइतवार विहान दश बजेर ४३ मिनेटमा परेको छ । नेपाल पन्चाङ्ग निर्ण्ाायक समितिका अनुसार असोज २२ गते शुक्रवार विहान नौ बजेर ४१ मिनेटका साइतमा घटस्थापना गरि जमरा राख्नु उपयुक्त हुनेछ । त्यस्तै असोज २६ गते मंगलवार पचली भैरव यात्रा र २८ गते विहीबार फुलपाती एब. साँढे ११ बजे तुलजा भवानीको यात्राको साइत रहेको छ । ...
Full story

प्रधानसेनापति गुरुङ्ग भ्रमणका क्रममा वेलायत प्रस्थान

image
वेलायती सेनाध्यक्षको निमन्त्रणामा प्रधानसेनापति छत्रमान सिंह गुरुङ्ग दश दिने भ्रमणको लागि आज सपत्नी वेलायत प्रस्थान गर्नुभएको छ । उहा आज विहान नौ वजे कतार एयरवेजको उडानवाट वेलायत प्रस्थान गर्नुभएको हो । उहाको साथमा उपरथी नेत्रवहादूर थापा र प्रंमुख सेनानी शिवशंकर गुरुङ्ग पनि हुनुहुन्छ । दश दिने भ्रमणको क्रममा प्रध्ानसेनापति गुरुङ्ग सोमवार सांझ वेलायती सेनाधयक्ष सर पिटर वालले आयोजना गरेको रात्रिभोजमा सामेल हुने कार्यक्रम रहेको छ । ...
Full story

राष्ट्रपतिद्घारा कलंक लगाउने काम नहुनेमा डा. भट्टराइ विश्वस्त

image
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा वावुराम भट्टराइले प्रतिकृयावादी शक्तिहरु मिलेर राष्ट्रपति शासनको नाममा फौजी शासन लगाउन खोजेको आरोप लगाउनुभएको छ । प्रतिकृयावादीहरु जतिसुकै सकृय भएपनि राष्ट्रपतिवाट आफूमाथि कलंक लाग्ने काम नहुनेमा आफू विश्वस्त रहेको उहाको भनाइ थियो । क्रान्तिकारी पत्रकार संघ मकवानपुरद्घारा हेटौडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष भट्टराइले कामचलाउ सरकारले वजेट प्रस्तुत गर्न नसक्ने वताउदै संसारमा कहि नभएको प्रचलन गर्न खोज्नु वर्तमान सरकारको कुर्सीमा टासिइरहने चाहनामात्र भएको उहाको धारणा थियो ।...
Full story

माओवादीले मुलुकलाइ अस्थिरतामा धकेलेको कांग्रेस सभापतिको आरोप

image
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले माओवादीले मुलुकलाइ अस्थिरतामा धकेलेर आफ्नो स्वार्थ पूरा गर्ने षड्यन्त्र गरेको आरोप लगाउनुभएको छ । महाराजगंजस्थित आफ्नै निवासमा आज विहान रिपोर्टस क्लवले आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै उहाले शान्ति प्रकृया र संविधान निर्माणलाइ अल्झाएर माओवादी सत्ताको खिचातानीमा लागेको वताउनुभयो । उहाले सरकारमा पुग्नका लागि माओवादीले कांग्रेसलाइ प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता गर्न दवाव दिएको दावी समेत गर्नुभयो । अहिलेको अवस्थामा कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिए मुलुक शुन्यतामा जाने भन्दै कोइरालाले प्रधानमन्त्री निर्वाचन वाट कांग्रेस नवाहिरीने वताउनुभयो ।...
Full story

अनेरास्ववियूको वन्दसत्र आजवाट शुरु

image
हिजै हुने भनिएको जनकपूरमा जारी अनेरास्ववियूको २० औ राष्टिय सम्मेलनको वन्दसत्र आज विहान ११ वजेपछि मात्र शुर भएको छ । केन्दि्र, अञ्चल र जिल्ला कमिटीहरुलाइ तोकिएकोलेवी वुझाउन कतिपयले आनाकानी गरेपछि विवाद भएको थियो। दुइ हजार वढी प्रतिनिधी सहभागी वन्दसत्रमा राजनीतिक तथा सांगठनिक, विधान संसोधन र आर्थिक प्रतिवेदनमा छलफल गर्ने र आजै पारित गर्ने राष्ट्रिय सम्मेलन प्रचार विभाग प्रमुख रचना खड्काले जानकारी दिनुभयो । राजनीतिक तथा सांगठनिक प्रतिवेदन रामकुमरी झाक्रिले, विधान मस्यौदा प्रतिवेदन माधव ढुंगेलले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष नरवहादूर धामीले प्रस्तुत गर्नेछन् ।...
Full story

सीके लालको चेतावनी

image
चर्चित राजनीतिक विश्लेषक सीके लालले सत्तामा रहेकाहरुले तर्राई मधेसमा शासन नभइ शोषण भइरहेको आरोप लगाउनुभएको छ । मधेसमा कायम अशान्तिको अवस्था अन्त्य गर्न नसकिए निकट भविष्यमै अझ ठूलो विनाश निम्तिन सक्ने चेतावनी पनि दिनुभएको छ । अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा सत्याग्रह नामक संस्थाले आज पर्साको वीरगंजमा आयोजना गरेको तराइमा न्याय र शान्तिका लागि अहिंसक प्रयोग विषयम प्रयोग एवम् प्रश्नोत्तर कार्यंक्रममा उहाले यस्तो चेतावनी दिनुभएको हो । ...
Full story

उम्मेदवारी फिर्ताभन्दा सहमति महत्वपूर्ण भएको प्रधानमन्त्रीको भनाइ

image
प्रधानमन्त्री माधवकुमार नेपालले नेपालीकांग्रेसलाइ वेवास्ता गरेर नेकपा एमाल अगाडी वढ्न नसक्ने वताउनुभएको छ । प्रेस चौतारी मकवानपूरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री नेपालले एमाले कांग्रेसलाइ मात्र हैन , माओवादी, मधेसवादी तथा साना दलहरु सवैलाइ मिलाएर अघि वढ्न चाहने वताउनुभयो । सहमतिको राजनीतिको विकल्प नभएको उल्लेख गर्दै उहाले राजनीतिक जटीलताको सहज निकासका लागि सकारात्मक पहल भइरहेको उहाले वताउनुभयो । उहाले उम्मेदवारी फिर्ताभन्दा पनि सहमति प्रमुख र महत्वपूर्ण कुरा भएको वताउदै सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा वल्ल त्यसपछि आउने वताउनुभयो । ...
Full story

मुलुकलाइ शुन्यताको स्थितमा छोड्न नसकिने कांग्रेस महामन्त्रीको स्पष्टोक्ति

image
नेपाली कांग्रेसका नवसिनर्वाचित महामन्त्री प्रकाशमान सिंहले पार्टीमा समय परिवर्तन संगै शान्ति , संविधान र संगठन सुदृढीकरणलाइ विरोष महत्व दिएर अगाडी वढ्ने वताउनुभएको छ । पर्वत काडमाण्डौ सम्पर्क माचले आज काठमाण्डौमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा महामन्त्री सिंहले शान्ति स्थापना र संविधान निर्माणका लागि कांग्रेसले तालिका सहितको कार्ययोजना ल्याउने वताउनुभयो । उहाले मुलुक र जनताका लागि सहमतिलाइ अक्षरस पालना गरेर अघि वढ्नुपर्ने वताउदै कांग्रेसले प्रधानमन्त्री निर्वाचनमा यथावत राखेको उम्मेदवारी समस्या नभइ समाधानको पाटो भएको वताउनुभयो ।
Full story

रामचन्द्र पौडेल वाधक वन्न नहुने प्रधानमन्त्रीको भनाइ

image
प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सहमतिका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल वाधक वन्न नहुने वताउनुभएको छ । उहाले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिएर पौडेलले राष्ट्रिय सहमतिका लागि भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो । ललितपूरमा आज समावेशी मुद्दाहरु विषयको उद्घाटनपछि संचारकर्मीसंग कुरा गर्दै उहाले एमाले र माओवादीले सहमतिमा कांग्रेस पनि सहमत हुनुपर्ने वताउनुभयो ।
Full story