Featured Music Videos


नयां बर्ष २०६९को शुभकामना


नयां बर्ष २०६९को सुखद उपलक्षयमा समस्त दर्शक महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।    ...

View Video Now!
introimage
NRNA UK Meeting::This is the description of the image.
NRNA UK Meeting::This is the description of the image.
NRNA UK Meeting::This is the description of the image.
NRNA UK Meeting::This is the description of the image.
NRNA UK Meeting::This is the description of the image.

समसामयिक समाचार - Latest News

2012-05-17 Latest News सिरियामा सरकारी सेनाबाट गोलाबारी, २१ जनाको मृत्यु ।    सिरियामा सरकारी सेनाको पछिल्लो गोलाबारीमा २१ जनाको मृत्यु भएको छ । सिरियाली सेनाले उत्तर पश्चिमी शहर खान सेखऔमा गोलीबारी गरेको बताइइको छ । मृतकको अन्तिम संस्कारका लागि भेला भएका मानिसको भीडमा सेनाले आक्रमण गरेको थियो । यता, सिरियाकै इद्लीव शहरमा राष्ट्रसंघका पर्यवेक्षकको टोलीले भ्रमण गरिरहंदा गोलाबारी भएपनि टोलीका सदस्यहरू शकुसल रहेका छन् । राष्ट्रसंघका पर्यवेक्षको टोलीले प्रयोग गरेको ३ वटा कारमा भने क्षति पुगेको छ । सिरियामा १४ महिना अघि राष्ट्रपति बसर अल असदविरुद्ध सुरु भएको प्रदर्शनका क्रममा ९ हजार भन्दा बढीको मृत्यु भएको छ । राष्ट्रसंघको मध्यस्थतामा युद्धविरामा भएपनि हिंसाका घटना भने जारी छ ।   

सिरियामा सरकारी सेनाबाट गोलाबारी, २१ जनाको मृत्यु ।

  सिरियामा सरकारी सेनाको पछिल्लो गोलाबारीमा २१ जनाको मृत्यु भएको छ । सिरियाली सेनाले उत्तर पश्चिमी शहर खान सेखऔमा गोलीबारी गरेको बताइइको छ । मृतकको अन्तिम संस्कारका लागि भेला भएका मानिसको भीडमा सेनाले आक्रमण गरेको थियो । यता, सिरियाकै इद्लीव शहरमा राष्ट्रसंघका पर्यवेक्षकको टोलीले भ्रमण गरिरहंदा गोलाबारी भएपनि टोलीका सदस्यहरू शकुसल रहेका छन्   

2012-05-17 Latest News राष्ट्रिय अखण्डताका लागि जातीय सद्भाव राष्ट्रिय संघर्ष समितिबाट अनिश्चितकालीन आमहड्ताल, आमहड्तालको सामान्य प्रभाव ।  राष्ट्रिय अखण्डताका लागि जातीय सद्भाव संघर्ष समितिले गरेको अनिश्चितकालिन आमहड्तालका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । रोल... वैशाख २९ गते सरकारसँग भएको वार्तामा हिजोसम्ममा मागको सुनुवाई गर्ने सहमति भए पनि कुनै सुनुवाई नभएपछि बन्द गर्नुपरेको संघर्ष समितिले जनाएको छ । विहान दश जोड दुईको परीक्षामा असर नपरोस् भन्दै बन्द खुकुलो बनाइएको र आम सर्वसाधारणलाई किनमेलमा सहजताका लागि साँझ ५ बजे सम्ममात्रै बन्द गरिने संघर्ष समितिले जनाएको छ । बन्दका कारण यातायातका साधन छिटफुट मात्रामा चलेका छन् भने बजार तथा शिक्षण संस्था बन्द छन् । सवारी साधन नचल्दा सर्वसाधारण हिडेरै आफ्नो गन्तव्यमा लागेको देखिन्छन् । बन्दको कुनै अप्रिय घटना हुन नदिन चोक–चोकमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि पनि संघर्षसमितिले ब्रहमण, क्षत्री, दशनामी ठकुरी, दलित, रानाभाट, राजपुत, भुमिहारलगायत आदिवासीमा सूचिकृत गर्न र जातीय राज्य नबनाउन माग गर्दै बन्द आह्वान गरेको थियो । संघर्ष समितिले कसैको प्रलोभनबाट तीन दलका शीर्ष नेताहरूले ब्राह्मण, क्षेत्री र जातजातिलाई उचालेर सद्भाव खल्बल्याउन लागेको आरोप लगाउदै नेपाल र नेपालीको पहिचान रक्ष्ाँका लागि एक हुन आग्रह पनि गरेको छ ।

राष्ट्रिय अखण्डताका लागि जातीय सद्भाव राष्ट्रिय संघर्ष समितिबाट अनिश्चितकालीन आमहड्ताल, आमहड्तालको सामान्य प्रभाव

  राष्ट्रिय अखण्डताका लागि जातीय सद्भाव संघर्ष समितिले गरेको अनिश्चितकालिन आमहड्तालका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । रोल...   वैशाख २९ गते सरकारसँग भएको वार्तामा हिजोसम्ममा मागको सुनुवाई गर्ने सहमति भए पनि कुनै सुनुवाई नभएपछि बन्द गर्नुपरेको संघर्ष समितिले जनाएको छ । 

2012-05-17 Latest News   संचारमाध्यमले राज्यको सिमांकनलाई तोडमोड गरेको माओवादीको आरोप, आजसम्ममा निर्णय नसच्याइए सरकारबाट बाहिरिने मधेशी मोर्चाको चेतावनी । यता, ११ संघीय प्रदेश बनाउने प्रमुख तीन दलको निर्णयप्रति असहमति जनाएको मधेशी मोर्चाले आजसम्ममा निर्णय नसच्याइए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । सिंहदरबारमा हिजो बसेको मोर्चाको बैठकमा मोर्चा घटक सद्भावना पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सरकारबाट बाहिरिएर आन्दोलनको तयारी गर्न प्रस्ताव गर्नुभएको हो । तर, मोर्चाबीच सहमति भने भई नसकेको बताइएको छ । प्रमुख दललाई निर्णय तत्काल सच्याउन माग गर्दै मोर्चाले आज माओवादीसंग वार्ता गरेपछि यसबारे टुंगो लगाउने भएको छ । मोर्चाको अर्को बैठक आज फेरि बस्दैछ । यसैबीच सरकारमा रहेर पनि समग्र मधेश एक प्रदेशको माग समावेश गर्न नसकेको भन्दै मोर्चासम्बद्ध कार्यकर्ताले सिंहदरबारभित्रै नाराबाजी गरेका थिए ।  प्रमुख दलको मंगलबार भएको सहमतिमा मधेशमा चार प्रदेश राख्ने सहमति भएको थियो ।      

आजसम्ममा निर्णय नसच्याइए सरकारबाट बाहिरिने मधेशी मोर्चाको चेतावनी

  यता, ११ संघीय प्रदेश बनाउने प्रमुख तीन दलको निर्णयप्रति असहमति जनाएको मधेशी मोर्चाले आजसम्ममा निर्णय नसच्याइए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । सिंहदरबारमा हिजो बसेको मोर्चाको बैठकमा मोर्चा घटक सद्भावना पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सरकारबाट बाहिरिएर आन्दोलनको तयारी गर्न प्रस्ताव गर्नुभएको हो । तर, मोर्चाबीच सहमति भने भई नसकेको बताइएको छ ।   

2012-05-17 Latest News धादिङको जोगिमारामा जीप दुर्घटना, पाँच जनाको मृत्यु, एक जना घाइते ।    धादिङको जोगिमारामा कार दुर्घटना हुंदा पाँच जनाको मृत्युभएको छ ।  दुर्घटनामा धादिङ चैनपुर वडा नम्बर ८ का कृष्ण ढुवाडी, रविन्द्र ढुवाडी, संजीव ढुवाडी, धादिङ बेनीघाट वडा नम्बर ५ का राजकुमार श्रेष्ठ र कास्की लेखनाथ वडा नम्बर ४ का रमेशप्रसाद दुंगनाको मृत्युभएको हो । दुर्घटनामा धादिङ ढोला बस्ने दिपक गुरूङ घाइते भएका छन् । गएराति पोखराबाट काठमाडौ आउंदै गरेको ग. १ ज ४८७४ नम्बरको कार अनियन्त्रित भई त्रिशुली नदीमा खसेको थियो । 

धादिङको जोगिमारामा जीप दुर्घटना, पाँच जनाको मृत्यु, एक जना घाइते ।

  धादिङको जोगिमारामा कार दुर्घटना हुंदा पाँच जनाको मृत्युभएको छ ।  दुर्घटनामा धादिङ चैनपुर वडा नम्बर ८ का कृष्ण ढुवाडी, रविन्द्र ढुवाडी, संजीव ढुवाडी, धादिङ बेनीघाट वडा नम्बर ५ का राजकुमार श्रेष्ठ र कास्की लेखनाथ वडा नम्बर ४ का रमेशप्रसाद दुंगनाको मृत्युभएको हो । दुर्घटनामा धादिङ ढोला बस्ने दिपक गुरूङ घाइते भएका छन् । गएराति पोखराबाट काठमाडौ आउंदै गरेको ग. १ ज ४८७४ नम्बरको कार अनियन्त्रित भई त्रिशुली नदीमा खसेको थियो ।  

2012-05-16 Latest News सिरहाको औरहीका आगलागी पीडितहरूलाई तत्काल प्रतिपरिवार २५ हजार उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा, उचित राहत नपाएको पीडितको गुनासो ।     सिरहाको ‘सुब्बा औरही’ मा हिजो भएको आगलागीबाट पीडित प्रतिपरिवारलाई सरकारले तत्काल २५ हजार रूपैया“ उपलब्ध गराउने भएको छ । आगलागी स्थलको निरीक्षण गर्न आज औरही पुग्नुभएका प्रधानमन्त्री डाक्टर भट्टराईले आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै प्रतिपरिवार २५ हजार उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै, स्थानीय दैवी प्रकोप उद्दार समितिले प्रतिपरिवार ५ हजार रूपैया र जिल्ला विकास समितिले प्रतिपरिवार एक हजार उपलव्ध गराउने भएको छ । मंगलबार दिउ“सो भएको भीषण आगलागीबाट १५ सय परिवारका करीव ४ हजार ५ सय घर तथा गोठहरू जलेर नष्ट भएका छन् । आगलागीबाट करीव एक अर्ब बरावरको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीमा परी एक बालकको मृत्यु भएको छ । ३ महिला र २ बालक गरी ५ जना घाइते भएका छन् । आगलागीबाट ‘सुब्बा औरही’ गाविसको वडा नम्बर २, ३, ४, ५, ६ र ७ का सवै घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै वडा नम्बर. १ र ८ को आधा वस्ती जलेको छ । आगलागी पिडितहरू खुला आकास मुनी बस्न बाध्य भएका छन् । तत्काल उचित राहत सामग्री पाउन नसक्दा पीडितहरू आक्रोशित भएका छन् । केही संघसंस्थाले वितरण गरेको दही र च्युरा लिनसमेत बालबालिकाहरू घण्टौ लाइनमा बस्न बाध्य छन् ।

आगलागी पीडितहरूलाई राहत उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा

सिरहाको ‘सुब्बा औरही’ मा हिजो भएको आगलागीबाट पीडित प्रतिपरिवारलाई सरकारले तत्काल २५ हजार रूपैया“ उपलब्ध गराउने भएको छ । आगलागी स्थलको निरीक्षण गर्न आज औरही पुग्नुभएका प्रधानमन्त्री डाक्टर भट्टराईले आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै प्रतिपरिवार २५ हजार उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै, स्थानीय दैवी प्रकोप उद्दार समितिले प्रतिपरिवार ५ हजार रूपैया र जिल्ला विकास समितिले प्रतिपरिवार एक हजार उपलव्ध गराउने भएको छ । 

2012-05-16 Latest News राज्य पुनर्संरचना र शासकीय स्वरुपमा हिजो भएको सहमति सच्याउन विभिन्न राजनीतिक दल तथा संघसंगठनको आग्रह, सहमतिविरुद्ध आन्दोलनको घोषणा ।  यसैबीच, मधेशी जनअधिकार फोरम नेपालले तीन दलबीच भएको नामांकन र सिमांकनबिनाको ११ प्रदेशको विरोध गरेको छ । फोरम नेपालले आज सिंहदरबारमा पत्रकारसम्मेलन गरी मधेशलाई टुक्रा–टुक्रा पार्ने सहमति फिर्ता लिन माग गर्दै फिर्ता नलिए कडा आन्दोलनमा जाने चेतावनी दिएको छ । फोरम नेपालका महासचिव रामसहाय प्रसाद यादवले तीन दलका केही नेताले गरेको निर्णय मधेशी जनताले नमान्ने जिकिर गर्दै मधेसीलाई मधेसमै कमजोर पारेर विस्थापित गर्ने षड्यन्त्रको विरोधमा उत्रिने बताउनुभयो । महासचिव यादवले ११ प्रदेशको सहमति अन्तरिम संविधानविपरित भएको दाबी गर्दै विभिन्न चरणमा भएको मधेशी दलहरूस“गको सहमतिलाई सम्बोधन गर्न पनि माग गर्नुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादव अनुपस्थित हुनुहुन्थ्यो । आदिवासी जनजातिहरूले मुख्य तीन दलले सहमति गरेको ११ प्रदेशप्रति असहमति जनाउंदै आन्दोलनको घोषणा गरेका छन् । आदिवासी जनजातिको मानवअधिकार तथा अधिवक्ताहरूको समूह ‘लाहुर्निप’ले आज काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा जनजाति नेताहरूले संविधानसभामा प्रस्तुत प्रतिवदेनमा उल्लेख गरिएको १४ प्रदेश नै कायम गरिनुपर्ने माग राखेका छन् । उनीहरूले दलहरू उत्पीडितहरूको अधिकार सुनिश्चित गरी संविधान नल्याउने षड्यन्त्र गरिरहेको पनि आरोप लगाएका छन् । कार्यक्रममा उनीहरूले सुदूरपश्चिममा झडपको स्थिति ल्याउनमा प्रशासन दोषी रहेको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन् ।  तराई–मधेशका २२ जिल्लालाई पा“च प्रदेशमा विभाजन गर्ने तीन दलले सहमति गरेलगतै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सरकार छाड्न तिव्र दबाब परेको छ । सिंहदरवारस्थित तराई–मधेश लोकतान्त्रिक पार्टीको संसदीय दलको कार्यालय आज बसेको बैठकमा मोर्चाका नेताहरूले आफ्नो नेतृत्वलाई सरकार छाडेर संघर्Èको कार्यक्रम ल्याउन दबाब दिएपछि मोर्चा सरकारमा रहने नरहने भन्ने अन्योलतामा पुगेको हो । बैठकमा नेताहरुले संघीय संरचना सम्बन्धमा मोर्चाको अडान र मागलाई तीन दलले सम्बोधन नगरेको भन्दै नेतृत्वको आलोचना र ११ प्रदेशको प्रस्ताव फिर्ता लिन माग पनि गरेका थिए । बैठकपछि सद्भावना अध्यक्ष तथा स्वास्थ्यमन्त्री राजेन्द्र महतोले तीन दलले ल्याएको ११ प्रदेशको ढाँचा मान्य नहुने जिकिर गर्दै सरकार छाडेर सडकमा उत्रिने विÈयमा पनि छलफल सुरू भएको बताउनुभयो । नेताहरुले बोल्नेक्रम नसकिएपछि मोर्चाको बैठक सा“झ सम्मका लागि सरेको छ । सरकारमा रहने नरहने र मोर्चाको भावि रणनीति कस्तो तय गर्ने भन्ने अन्तिम टुंगो साझ“ पुनः बस्ने बैठकले लगाउने पनि बताइएको छ ।  यता, थरूहट राज्यको माग गर्दै थारू संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दको तेस्रो दिन पूर्वी तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।  काठमाडौंबाट पूर्वतर्फ गएका बसहरूलाई बन्दकर्ताहरूले पूर्वपश्चिम राजमार्गअन्तर्गत झुम्का सडकखण्डमा रोकेका बेला ना. ३ ख ७३७५ नम्बरको बसमा सवार एक व्यक्तिको ज्यान गएको छ । काठमाडौंबाट झापाको राजगढ हिडेका ६२ वर्षीय गम्भीरमान नेपालीको मृत्युभएको हो ।  बसमा सवार व्यक्तिको मृत्यु पश्चात् आक्रोशित यात्रु र बन्दकर्ताबीच केही समय विवाद हु“दा झुम्का तनावग्रस्त भएको थियो । पूर्वको झापादेखि सिरहासम्मका ६ जिल्लालाई पूर्वी थारुवान–थारुहट कोचिला स्वायत्त प्रदेश, पर्सादेखि धनुषासम्म मध्य तराई सिर्मौनगढ प्रदेश र चितवनदेखि कञ्चनपुरसम्म थरुहट स्वायत्त प्रदेशको माग गर्दै थारूसम्बद्ध संघसंस्थाहरुले बन्द आह्वान गरेका हुन् । 

सहमतिविरुद्ध आन्दोलनको घोषणा

  यसैबीच, मधेशी जनअधिकार फोरम नेपालले तीन दलबीच भएको नामांकन र सिमांकनबिनाको ११ प्रदेशको विरोध गरेको छ । फोरम नेपालले आज सिंहदरबारमा पत्रकारसम्मेलन गरी मधेशलाई टुक्रा–टुक्रा पार्ने सहमति फिर्ता लिन माग गर्दै फिर्ता नलिए कडा आन्दोलनमा जाने चेतावनी दिएको छ । फोरम नेपालका महासचिव रामसहाय प्रसाद यादवले तीन दलका केही नेताले गरेको निर्णय मधेशी जनताले नमान्ने जिकिर गर्दै मधेसीलाई मधेसमै कमजोर पारेर विस्थापित गर्ने षड्यन्त्रको विरोधमा उत्रिने बताउनुभयो ।

Our Latest Offers


Welcome to Nepali TV

Introduction

Nepali TV was established in 2005 with the aim of providing quality Nepalese language TV programs for Nepalese Diasporas living outside Nepal. We are proud to say that....to read more please click on ->Welcome to Nepali TV

Site Maintenance

We are currently performing maintenance of this site. Thank you very much for your kind patience.

Most Popular

thumbnail

Barsik Rashifal 2069

Rashiphal - राशिफल

2255 views
thumbnail

Chahalpahal 11 April 2012

Chahal Pahal - चहल पहल

1334 views

Advertisements

Visitors Counter

0035310
Today
Yesterday
This Week
Last Week
This Month
Last Month
All days
797
2442
17332
2948
30310
0
35310

Your IP: 38.107.179.241
Server Time: 2012-05-18 06:18:58

Contact Us for free offers

Nepali Television

 

44 Plumstead High Street

Plumstead, London SE18 1SL

United Kingdom

Tel: 020 7993 5917

Mobile: 07735544793

Website: www.nepalitv.com

E-mail:  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

 

Contact Technician :

 

London  Area:

Rajeev  : 07852187943

Shree   : 07944556880

 

Folekstone, Ashford and Maidstone  Area: 

Krishna Rai: 07889254793

 

Aldershot, Farnborough, Reading Area:

PurnaGurung : 07897143009

 

© 2012 nayaju.com / Nayaju Traders. All Rights Reserved.